काठमाडैं । सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीबाट आगामी पुस १० भित्र विद्युत् उत्पादन गर्ने गरी मर्मतसम्भार तालिका तय गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ११ र १२ असोजमा परेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा… Continue reading तामाकोशी जलविद्युत आयोजना १० पुस भित्र सञ्चालनमा ल्याउने तयारी
Category: फिचर
अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै
काठमाडौं । अमेरिकाका सहायक विदेशमन्त्री नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । अमेरिकी विदेश मन्त्रालयले जनाए अनुसार अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउन लागेका छन् । मङ्गलबारदेखि साताव्यापी दक्षिण एसिया भ्रमणमा निस्किएका लु अर्को साता नेपाल आइपुग्ने जनाइएको छ । नेपाल भ्रमणका क्रममा उनले शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने… Continue reading अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै
दक्षिण कोरियाली राष्ट्रपतिको घोषणा संसदले उल्टायो, अब के हुन्छ ?
काठमाडौं । दक्षिण कोरियामा राष्ट्रपति यून सुक यउलले देशलाई उत्तर कोरियाका कम्युनिस्टहरूबाट जोगाउन र राज्यविरोधी तत्त्वहरूलाई निर्मूल पार्न भन्दै मङ्गलवार राति सङ्कटकालीन मार्शल ल घोषणा गरेका थिए । त्यसलगत्तै संसद् भवनमा भेला भएका सत्तारूढ र विपक्षी दलका सांसदहरूले मतदानमार्फत् राष्ट्रपतिको उक्त कदमलाई रोक्ने निर्णय गरेका छन्। संसद्बाहिर राष्ट्रपतिको घोषणाविरुद्ध प्रदर्शन भइरहेको छ। दक्षिण कोरियाको राष्ट्रिय… Continue reading दक्षिण कोरियाली राष्ट्रपतिको घोषणा संसदले उल्टायो, अब के हुन्छ ?
राष्ट्रपति पौडेल अस्पताल भर्ना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। भट्टराईका अनुसार प्रोस्टेटको उपचारका लागि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरिएको हो। त्रिवि शिक्षण अस्पताल महाराजगन्जका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा. धनश्याम गुरूङले पनि विज्ञप्ती जारी गरेर राष्ट्रपति पौडेल… Continue reading राष्ट्रपति पौडेल अस्पताल भर्ना
नेपाल र चीनको संयुक्त वक्तव्यमा के के बुँदा समेटिए ?
नेपाल र चीनले सबैभन्दा बढी प्राथमिकता दिएको बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर हुन सकेन । बीआरआईमा हस्ताक्षर नगरी नेपाल(चीन संयुक्त वक्तव्य जारी भएको छ । नेपाल चीनको एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको, चीन नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताप्रति प्रतिबद्ध रहेको कुरा बक्तब्यमा दोहोरिएको छ । नेपालले राष्टिय एकता पुनःप्राप्त गर्ने चीनको प्रयासलाई समर्थन गर्ने र ताइवान स्वतन्त्रताको… Continue reading नेपाल र चीनको संयुक्त वक्तव्यमा के के बुँदा समेटिए ?
प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मन्तव्य दिँदै
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा मन्तव्य दिँदै छन् । उनले नेपाल–चीन समबन्धका विविध आयाम’ शीर्षकमा मन्तव्य दिन लागेका हुन् । प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ… Continue reading प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मन्तव्य दिँदै
राहुल गान्धीलाई किन उत्तर प्रदेश प्रवेशमा रोक लगाइदैछ ?
काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई उत्तर प्रदेश राज्य प्रवेशमा रोक लगाउने निर्णय स्थानीय प्रशासनले गरेको छ । उनलाई उत्तर प्रदेशमा प्रवेश नदिन मातहतका प्रहरी कार्यालयलाई प्रशासनले सर्कुलर गरेको छ । लोक सभाका प्रतिपक्ष दलका नेता राहुल गान्धी बुधबार उत्तर प्रदेशको सम्भल भन्ने जिल्लामा जाँदैछन् । शाही जामा मस्जिद सर्भेको क्रममा गत नोभेम्बर २४… Continue reading राहुल गान्धीलाई किन उत्तर प्रदेश प्रवेशमा रोक लगाइदैछ ?
एनपीएल : आज पनि दुई खेल हुँदै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आज चौथो दिन पनि दुई खेल हुनेछन् । पहिलो खेल कर्णाली याक्स र काठमान्डु गर्खाज तथा दोस्रो खेल विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच हुनेछ । दुवै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । कर्णाली र काठमान्डुबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । दुवै टोलीले यसअघि पहिलो… Continue reading एनपीएल : आज पनि दुई खेल हुँदै
एसीसी यु १९ एसिया कप : नेपालको सान्त्वना जित
काठमाडौं । एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानमाथि सान्त्वना जित निकालेको छ । यसअघिनै समूह चरणबाट बाहिरिएको नेपालले आफ्नो अन्तिम खेलमा मङ्गलबार अफगानिस्तानलाई एक विकेटले हरायो । संयुक्त अरब इमिरेट्स (युएई) स्थित शारजाह क्रिकेट स्टेडियममा जितका लागि अफगानिस्तानले दिएको एक सय २४ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा नौ विकेटको क्षतिमा पूरा गरेको हो ।… Continue reading एसीसी यु १९ एसिया कप : नेपालको सान्त्वना जित
दक्षिण कोरियामा सैनिक कानून घोषणा, गहिरिँदै राजनीतिक संकट
काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलेले मंगलबार इमरजेन्सी मार्सल ल (सैनिक कानून) घोषणा गरेका छन्। विपक्षी पार्टीलाई विद्रोहको योजना बनाएको र स्वतन्त्र लोकतन्त्र ढाल्ने प्रयास गरेको आरोप लगाउँदै उनले आपतकालीन मार्सल ल घोषणा गरेका हुन् । द न्यूयोर्क टाइम्सका अनुसार दक्षिण कोरियामा सन् १९८० को दशकको अन्त्यमा सैन्य तानाशाही समाप्त भएपछि पहिलोपटक कुनै… Continue reading दक्षिण कोरियामा सैनिक कानून घोषणा, गहिरिँदै राजनीतिक संकट
चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङ र समकक्षी ली छ्याङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई आग्रह गरेका हुन् । राष्ट्रपति रामचन्द्र… Continue reading चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता
चिनियाँ राष्ट्रपतिले गरे नेपाललाई ९ अर्ब अनुदानको घोषणा
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई ५० करोड चिनियाँ युआन (करिब ९ अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा राष्ट्रपति सीले यस्तो घोषणा गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिएका छन् । तर, यो सहयोग रकम नेपाल र चीनबीच मंगलबार नै भएका आर्थिक तथा प्राविधिक सहयोग,… Continue reading चिनियाँ राष्ट्रपतिले गरे नेपाललाई ९ अर्ब अनुदानको घोषणा
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत
बेइजिङ, १८ मङ्सिर । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा आज आयोजित स्वागत गरेका छन् ।प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरु पनि सहभागी थिए । प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यहरुलाई परिचय… Continue reading प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत
नेपाल र चीनबीच यी विषयमा भयो समझदारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई देशबीच ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार निम्न विषयमा सहमति समझदारी पत्रमा हस्ताक्षर भएको छ । टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र नौ तले बसन्तपुर दरबार… Continue reading नेपाल र चीनबीच यी विषयमा भयो समझदारी
त्रिभुवन विमानस्थल बिस्तार : मध्यराती मन्त्रीले गरे अवलोकन
काठमाडौं । काठमाडौँ, १८ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गरेका छन् । गत राती पर्यटनमन्त्रीसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धि अन्तर्गत भइरहेका कामको अवलोकन गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा… Continue reading त्रिभुवन विमानस्थल बिस्तार : मध्यराती मन्त्रीले गरे अवलोकन
अमेरिकी राष्ट्रपति बाइडेनले छोरालाई कुन मुद्दामा दिएका हुन आममाफी ?
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले दुईवटा फौजदारी मुद्दामा सजाय खेपिरहेका आफ्ना छोरा हन्टरलाई औपचारिक माफी दिएका छन् । बाइडेनले एक विज्ञप्ति जारी गर्दै आफ्ना छोरालाई एक्ल्याइएको दाबी गरेका छन् । राष्ट्रपति बाइडेनले आफ्ना छोरा हन्टरविरुद्धका मुद्दालाई उनले न्यायको पतनको संज्ञा दिएका छन् । जसका कारण आफूले माफी दिनुपर्ने अवस्था उत्पन्न भएको बाइडेनको दाबी छ… Continue reading अमेरिकी राष्ट्रपति बाइडेनले छोरालाई कुन मुद्दामा दिएका हुन आममाफी ?
फुटबल खेलका दौरान गुएनामा भागदौड, कम्तिमा ५६ को ज्यान गयो
काठमाडौं । रेफ्रीको विवादास्पद निर्णयपछि उत्पन्न विवादबीच भएको भागदौडमा परेर दक्षिणपूर्वी गुएनामा ५६ को मृत्यु भएको सरकारले सोमबार पुष्टि गरेको छ । गुएनाको दोस्रो ठूलो सहर एनजेरेकोरेमा दुई प्रतिद्वन्द्वी टिमका समर्थकबीचको झपडमा यति ठूलो हताहत भएको हो भने मृत्यु हुनेमा बच्चाहरूसमेत रहेका छन् । गुएना सरकारका अनुसार घटना आइतबार एक फुटबल खेलका क्रममा भएको थियो । सैनिक नेता… Continue reading फुटबल खेलका दौरान गुएनामा भागदौड, कम्तिमा ५६ को ज्यान गयो
चीनमा प्रधानमन्त्रीले आज उच्चस्तरीय भेटघाट गर्दै
काठमाडौं । चार दिने भ्रमणमा बेइजिङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उच्चस्तरीय भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री ओलीले आज राष्ट्रपति, प्रधानमन्त्री र चिनियाँ जनकांग्रेसका अध्यक्षसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सुरुमा प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग भेटवार्ता गर्ने छन् । त्यसपछि चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता हुने छ । यी बेग्लाबेग्लै हुने यी भेटवार्तापछि… Continue reading चीनमा प्रधानमन्त्रीले आज उच्चस्तरीय भेटघाट गर्दै
एनपीएल : आज दुई खेल हुँदै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर र सुदूरपश्चिम भिड्रदैछन् । दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेल ९ बजे र दोस्रो खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो १ बजे सुरु हुनेछ । सोमबारको पहिलो खेलमा काठमाडौंलाई ५ विकेटले हराएको… Continue reading एनपीएल : आज दुई खेल हुँदै
कीर्तिपुरमा कांग्रेस विजयी, माओवादी दोस्रो
काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन् । उनले पाँच हजार ३३४ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रा.डा शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत प्राप्त गरे । यहाँ नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धर तेस्रो भए । सुरुदेखि दोस्रो स्थानमा रहेका… Continue reading कीर्तिपुरमा कांग्रेस विजयी, माओवादी दोस्रो
एकै पटक साढे दुई लाख महिलाको पाठेघरको मुखको क्यान्सर सम्बन्धी परीक्षण गरिँदै
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई लाख ५० हजार जना महिलामा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण गर्ने भएको छ । मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गर्ने भएको हो । फागुन महिनाभर देशैभर एकैसाथ महिलाहरुमा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको महाशाखा प्रमुख डा. विवेककुमार… Continue reading एकै पटक साढे दुई लाख महिलाको पाठेघरको मुखको क्यान्सर सम्बन्धी परीक्षण गरिँदै
कांग्रस-एमालेको गठबन्धन हराउँदै माओवादी रुकुममा विजयी
काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन् । कांग्रेस–एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई पराजित गर्दै बुढा निर्वाचित भएकी हुन् । बुढाले ३६२७ मत ल्याउँदा एमालेकी तुलाचनले २१२८ मत पाइन् । एमालेकी तुलाचन कांग्रेसको चुनाव चिह्न रुख लिएर प्रतिस्पर्धामा थिइन् । यसअघि २०७९ मा माओवादीबाट निर्वाचित भूपेन्द्रा बुढाको दुर्घटनामा निधन… Continue reading कांग्रस-एमालेको गठबन्धन हराउँदै माओवादी रुकुममा विजयी
कांग्रेसको पक्षमा उत्साहजनक देखिएन जनमत
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस उपनिर्वाचनको नतिजाबाट निरास बनेको छ । उसले अघिल्लो पटक जितेका क्षेत्र समेत जोगाउन सकेन । एक्लै प्रतिस्पर्धा गर्ने नीति लिएको कांग्रेसले पालिका पदाधिकारीतर्फ ५ स्थानको नतिजा आउँदा कतैपनि जितिसकेको छैन । कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार अगाडी छन् । जबकी उपचुनाव भएका ८ पालिका पदाधिकारी मध्ये ६ ठाउँमा यसअघि… Continue reading कांग्रेसको पक्षमा उत्साहजनक देखिएन जनमत
बेइजिङ पुगे प्रधानमन्त्री
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेइजिङमा स्वागत गरिएको छ । प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट चीन प्रस्थान गरेका थिए । भ्रमणका क्रममा मंसिर १८ गते चिनियाँ समकक्षी… Continue reading बेइजिङ पुगे प्रधानमन्त्री
मोरङमा कांग्रेसको बिरासत भत्काउँदै माओवादी विजयी
काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् । माझी ६ हजार ९ सय ६९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारूले ५ हजार ३ सय ३३ मत प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा रहेका तुलसी राम विश्वासले ४ हजार १ सय… Continue reading मोरङमा कांग्रेसको बिरासत भत्काउँदै माओवादी विजयी
भिआइपीको स्वागत र बिदाईमा अब लामो लर्को नलाग्ने व्यवस्था गरिँदै
काठमाडौं । अति विशिष्ट व्यक्ति (भिभिआइपी) ले विदेश भ्रमण गर्दा हुने बिदाइ र स्वागतका क्रममा हुने विशिष्ट व्यक्तिको उपस्थिति घटाइएको छ । गृह मन्त्रालयले अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरेर सो व्यवस्था गरेको हो । संशोधित व्यवस्था अनुसार अब राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा बिदाइका क्रममा प्रतिनिधि सभाका सभामुख तथा राष्ट्रिय… Continue reading भिआइपीको स्वागत र बिदाईमा अब लामो लर्को नलाग्ने व्यवस्था गरिँदै
एनपीएलमा आज दुई खेल हुँदै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् । काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य… Continue reading एनपीएलमा आज दुई खेल हुँदै
प्रधानमन्त्रीको के के छ चीनमा कार्यक्रम ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चीनको औपचारिक भ्रमण सुरु गर्दैछन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ जान लागेको हो । बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रस्थान गर्ने ओली स्थानीय समयअनुसार साँझ ६ः१० बजे चीनको राजधानी बेइजिङ पुग्ने छन् । भ्रमण टोलीमा… Continue reading प्रधानमन्त्रीको के के छ चीनमा कार्यक्रम ?
आज चीन भ्रमणमा जाँदै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चीनको औपचारिक भ्रमण सुरु गर्दैछन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ जान लागेको हो । बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रस्थान गर्ने ओली स्थानीय समयअनुसार साँझ ६ः१० बजे चीनको राजधानी बेइजिङ पुग्ने छन् । भ्रमणका क्रममा… Continue reading आज चीन भ्रमणमा जाँदै प्रधानमन्त्री
दैलेखको महाबुमा एमालेका शाही विजयी
काठमाडौं । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेले खोसेको हो । यससँगै कर्णालीमा एमालेले स्थानीय तहमा एक सिट थपेको छ । एमालेका शाहीले ३१२७ मत ल्याएर विजयी हुँदा कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मत ल्याएर दोस्रो भए भने माओवादीका जंगबहादुर बरालमगरले… Continue reading दैलेखको महाबुमा एमालेका शाही विजयी