वार्सा, २८ असार (रासस–एएफपी) । दोस्रो विश्वयुद्धमा ‘युक्रेनी राष्ट्रवादी’ समूहद्वारा गरिएको ‘नरसंहार’ मा शाहदत भएका पोल्याण्डका नागरिकहरूको सम्झनामा नयाँ स्मारक निर्माण गर्ने घोषणा गरेको छ । दोस्रो विश्वयुद्धमा ‘युक्रेनी राष्ट्रवादी’ समूहद्वारा गरिएको ‘नरसंहार’ मा ज्यान गुमाउने नागरिक लागि नयाँ स्मारक निर्माण गर्ने घोषणा पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले शनिबार गरेका हुन् । “वार्सामा सम्झनाको पर्खाल खडा… Continue reading पोल्याण्डले ‘युक्रेनी नरसंहार’ मा मारिएकाहरूको सम्मानमा स्मारक बनाउने
Category: फिचर
म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि सामान्य जनजीवन प्रभावित
क्याउकटाव, म्यान्मा, २८ असार (रासस–एएफपी) । देशको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक बर्षापछि बाढी आएको बताउँदै म्यान्माका उद्धारकर्मीहरूले शनिबार नदी र होचा समथर भूभागमा पानीको सतह बढ्दै गएको चेतावनी दिएका छन् । जातीय अल्पसंख्यक विद्रोही समूह अराकान आर्मीको मानवीय सेवाले बिहीबार जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढीमा कम्तीमा तीन जनाको मृत्यु भएको छ। “विशेष गरी… Continue reading म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि सामान्य जनजीवन प्रभावित
विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल
लस एन्जलस, २८ असार (रासस–एएफपी) । स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र आफ्नो देशले विश्वकप जितेमा आफूले गोल गर्न नसकेको कुरालाई कसैले पनि मतलब नगर्ने स्पेनी सुपरस्टार लामिने यामालले बताएका छन् । बिहीबार बेल्जियमविरुद्ध २–१ को क्वार्टरफाइनल जितमा उनले गोल गर्न नसकेपछि सञ्चारकर्मीले गरेको प्रश्नको जवाफमा फुटबलमा सामूहिक प्रदर्शनबाट राम्रो नतिजा निकाल्ने प्रयास… Continue reading विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी व्यक्तिको मृत्यु
गुसाउ, नाइजेरिया, २८ असार (रासस–एएफपी) । नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको कारबाहीमा अपहरण तथा गाई चोरी गर्ने गिरोहका ३०० भन्दा बढी सदस्यहरू मारिएको अधिकारीले शनिबार बताएका छन् । सेनाले गुम्मी जिल्लामा दुई दिनसम्म चलेको कारबाहीमा ‘३०० भन्दा बढी आतङ्ककारीहरूको सफाया’ गरेको जाम्फारा राज्यका सूचना आयुक्त महमुद मुहम्मद दान्तावासाले जारी गरेको विज्ञप्तिमा उल्लेख… Continue reading नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी व्यक्तिको मृत्यु
जारी विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन
जोहानेसबर्ग, २८ असार (रासस–एएफपी) । अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका ‘मिडफिल्डर’ जेडेन एडम्सको शनिबार निधन भएको छ । खेलकुद मन्त्री गेटन म्याकेन्जीले उनको निधनको पुष्टि गरे । तर निधन हुनुको कारण भने बताएनन् । खेलकुद मन्त्री म्याकेन्जीले एक विज्ञप्तिमा जारी गर्दै भनेका छन्, “जेडेन एडम्सको निधनको खबरले मलाई स्तब्ध बनाएको… Continue reading जारी विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
तेहरान, २८ असार । रासस–एएफपी) । इरानका सर्वोच्च नेता मोक्तबा खामेनीले शनिबार आफ्ना बुबा तथा पूर्व सर्वोच्च नेता अलि खामेनीको अमेरिका–इजरायलद्वारा हत्या गरिएको घटनाको बदला लिने चेतावनी दिएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हत्या गर्ने कुनै पनि प्रयासविरुद्ध चेतावनी दिएका थिए । यो हप्ता भएको हवाइ आक्रमणपछि दुवै पक्षको बयानबाजी बढेको छ,… Continue reading बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अर्जेण्टिना सेमिफाइनलमा
२८ असार, काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना सातौंपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेल र लाउटारो मार्टिनेजले गोल गरे । खेलको १०औं मिनेटमा… Continue reading स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अर्जेण्टिना सेमिफाइनलमा
इङल्यान्ड विश्वकपको सेमिफाइनलमा
काठमाडौँ, २८ असारः इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको क्वार्टरफाइनलमा इङल्यान्डका जुड बेलिङघमले नर्वेविरुद्ध दुई गरका हुन् । यससँगै आठ वर्षपछि इङल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ । पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको नर्वे प्रतियोगिताबाट बाहिरिएको छ । खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल… Continue reading इङल्यान्ड विश्वकपको सेमिफाइनलमा
वनफूलले सिँगारिएको ढोरपाटन…
राससढोरपाटन (बागलुङ), २८ असारः समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै पहेँला, गुलाबी त कतै बैजनी रङका फूलले यतिबेला यो ढोरपाटन उपत्यका चिटिक्क सिँगारिएको छ । चारैतिर अग्ला पहाडले घेरिएको उपत्यका बर्खायाममा निकै मनमोहक देखिन्छ । फूलैफूलले ढाकिएको ढोरपाटनसँग साइनो गाँस्न दिनहुँ आन्तरिक पर्यटक ढोरपाटन आउने गरेका छन् । नेपालको एकमात्र सिकार आरक्ष… Continue reading वनफूलले सिँगारिएको ढोरपाटन…
मनसुन सक्रियः केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं, २८ असारः देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भूभाग नजिक रहेको… Continue reading मनसुन सक्रियः केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
एक वर्षयता एक करोड महिला तथा बालिकाहरूले मानवीय सहायतामा पहुँच गुमाए
जेनेभा, २७ असार (रासस–एएफपी) । सन् २०२५ जनवरीभन्दा पछि विदेशी सहायता खर्चमा भएको ठूलो कटौतीका कारण कम्तीमा एक करोड महिला र बालिकाहरूले अत्यावश्यक मानवीय सहायतामा पहुँच गुमाएका संयुक्त राष्ट्रसङ्घले शुक्रबार चेतावनी दिएको छ । एउटा नयाँ रिपोर्टमा युन वुमेनले आवश्यकता बढिरहेको बेला महिला सङ्गठनहरू खारेज भएकोमा दुख व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले… Continue reading एक वर्षयता एक करोड महिला तथा बालिकाहरूले मानवीय सहायतामा पहुँच गुमाए
चीनद्वारा पुनः प्रयोग गर्न मिल्ने रकेटलाई सफलतापूर्वक अवतरण
बेइजिङ, २७ असार (रासस–एएफपी) । चीनले शुक्रबार पहिलोपटक पुनः प्रयोग गर्न मिल्ने रकेट सफलतापूर्वक अवतरण गरेको चीनको अन्तरिक्ष निकायले जनाएको छ । यो चीनका लागि अन्तरिक्ष महत्वाकाङ्क्षा र प्रक्षेपण लागत घटाउने दिशामा ठूलो उपलब्धि हो। यो सफलतापछि एसियाली महाशक्ति अमेरिकाको पुनः प्रयोग योग्य रकेट क्षेत्रमा रहेको प्रभुत्वलाई चुनौती दिन सक्ने अवस्थामा पुगेको छ । हालसम्म… Continue reading चीनद्वारा पुनः प्रयोग गर्न मिल्ने रकेटलाई सफलतापूर्वक अवतरण
घातक आँधीपछि चीनमा टाइफुनको खतरा
बेइजिङ, २७ असार (रासस–एपी) । एक सातायता आएको भीषण आँधी र बाढीका कारण कम्तीमा ५० जनाको ज्यान गइसकेको चीनमा शक्तिशाली टाइफुन ‘बवी’ पूर्वी तटतर्फ अघि बढेपछि उच्च सतर्कता अपनाइएको छ । अधिकारीहरूले हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारेका छन् भने उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ । प्रतिघण्टा १६२ किलोमिटरको अधिकतम निरन्तर गतिमा बहिरहेको टाइफुन ‘बवी’… Continue reading घातक आँधीपछि चीनमा टाइफुनको खतरा
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ
काठमाडौँ, २७ असारःवैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीका ३६ वर्षीय कुनसाङ लामा, बर्दियाका ४२ वर्षीय धनबहादुर शाही, ताप्लेजुङका उमेश लिम्बु, तनहुँकी २१ वर्षीया सचिता परियार र खोटाङका ४१ वर्षीय निरोज राईलाई पक्राउ गरिएको हो ।… Continue reading वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
काठमाडौँ, २७ असारः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेहरूबाट खैरो हेरोइन, गाँजा, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नोर्फिन, डाइजेपाम, फेनारगन, ट्रामाडोल, स्पास्पेन र प्रेगाब्लिनलगायत विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको छ । उनीहरूलाई काठमाडौँ, पर्सा, दाङ, सङ्खुवासभा, कैलाली, उदयपुर, ललितपुर,… Continue reading देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
नेपालमा आत्मदाहको लगातार दोस्रो घटना, व्यवसायी रावतको निधन
काठमाडौँ, २७ असारः बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा निजको मृत्यु भएको हो । अस्पतालको डा. केडी जोशी जलन उपचार केन्द्रका प्रमुख डा. अपार लामिछानेका अनुसार ७० प्रतिशत शरीर जलेको अवस्थामा अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । “हामीले उहाँलाई बचाउन हरसम्भव प्रयास गर्यौँ… Continue reading नेपालमा आत्मदाहको लगातार दोस्रो घटना, व्यवसायी रावतको निधन
बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते
महेन्द्रनगर, २७ असारः बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सात जना गम्भीर घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त जिल्लाको केदारस्यूँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिकाको चुहावनतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र सात जना गम्भीर घाइते भएका हुन् । जिल्ला… Continue reading बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते
भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा
अकल्यान्ड, न्यूजिल्यान्ड, २७ असार (रासस–एएफपी) । दुई देशबीच व्यापार, लगानी र रणनीतिक साझेदारी द्रुत गतिमा मजबुत हुँदै गइरहेको समय करिब ४० वर्षपछि प्रधानमन्त्री नरेन्द्र मोदीको न्यूजील्यान्ड भ्रमण जारी छ । हालै भएको स्वतन्त्र व्यापार सम्झौताले दुवै देशको आर्थिक सम्बन्धलाई नयाँ गति दिने अपेक्षा गरिएको छ । भारतीय प्रधानमन्त्रीका हैसियतमा भएको प्रधानमन्त्री नरेन्द्र मोदीको न्यूजील्यान्डको भ्रमण… Continue reading भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा
युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी, इरानले चाहेमा वार्ता जारी रहने
वासिङ्टन, २७ असार (रासस–एएफपी) । अमेरिका–इरानबीचको युद्धविराम अब समाप्त भइसकेको तर इरानले कुराकानी जारी राख्न चाहेमा वार्ता जारी रहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले श्क्रबार बताएका छन् । अमेरिका र इरानबीच बढ्दै गएको तनाव बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, “अमेरिका–इरानबीच लागू युद्धविराम अब समाप्त भइसकेको छ तर इरानले अमेरिकासँग कुराकानी जारी राख्न चाहेको खण्डमा हामी… Continue reading युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी, इरानले चाहेमा वार्ता जारी रहने
‘रोनाल्डो आएमा स्वागत गरिने’ पुर्चुगलका नयाँ प्रशिक्षकको भनाइ
ओइरास, पोर्चुगल, २७ असार (रासस–एएफपी) । पोर्चुगलले शुक्रबार जर्ज जेससलाई आफ्नो नयाँ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । मुख्य प्रशिक्षक नियुक्त भएपछि पहिले प्रतिक्रिया दिँदै उनले पोर्चुगलका ‘सुपरस्टार’ क्रिस्टियानो रोनाल्डोलाई उपलब्ध भएमा टोलीमा बोलाउने बताएका छन् । उनले आफूका लागि रोनाल्डो कहिल्यै समस्या नहुने बताए । पूर्व प्रशिक्षक रोबेर्टो मार्टिनेजको नेतृत्वमा यस ग्रीष्ममा… Continue reading ‘रोनाल्डो आएमा स्वागत गरिने’ पुर्चुगलका नयाँ प्रशिक्षकको भनाइ
आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
काठमाडौँ, २७ असारः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा… Continue reading आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी
म्याग्दी, २७ असारः प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका साथ म्याग्दीको धवलागिरि गाउँपालिकामा मुदी–गुर्जा–रुघाचौर–जलजला जोड्ने नयाँ पदमार्ग सञ्चालनको तयारी गरिएको छ । हालसम्म पर्यटकका लागि नखुलेको यस ‘भर्जिन रुट’लाई आगामी हिउँदे यामदेखि सञ्चालनमा ल्याउने योजना बनाइएको छ । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पर्यटन विभागको सहयोगमा… Continue reading मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
खोटाङ, २७ असारः खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुव अधिकारीको मृत्य भएपछि हत्या आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन् । घरायसी विवादमा बिहीबार खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि सोही ठाउँका ५७ वर्षीय तीलकबहादुर सार्की, उनकी श्रीमती ५२ वर्षीया भोटीमायाँ सार्की र छोरी २२ वर्षीया सीता सार्की पक्राउ परेका हुन्… Continue reading हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
मध्यविन्दु (नवलपरासी), २७ असारः गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो । गत वर्षसम्म सामान्य वर्षा, सडक निर्माण, पहिरो पन्छाउने काम तथा सवारीसाधन बिग्रिए… Continue reading दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
स्पेन फिफा विश्वकपको सेमिफाइनलमा
काठमाडौँ, २७ असारः बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोलले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक एक गोल सामेल थियो । खेलको ३०औँ मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई… Continue reading स्पेन फिफा विश्वकपको सेमिफाइनलमा
मर्यादित महिनावारी प्रवर्द्धनका लागि राष्ट्रिय कार्यविधि निर्माण अन्तिम चरणमा : मन्त्री सिता बादी
२७ असार, काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले मर्यादित महिनावारी प्रवर्द्धन, महिनावारीसम्बन्धी विभेद अन्त्य तथा महिला र किशोरीको सम्मानजनक जीवन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । राष्ट्रिय सभामा मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै मन्त्री सिता बादीले महिनावारी महिला तथा किशोरीमा हुने प्राकृतिक तथा जैविक प्रक्रिया… Continue reading मर्यादित महिनावारी प्रवर्द्धनका लागि राष्ट्रिय कार्यविधि निर्माण अन्तिम चरणमा : मन्त्री सिता बादी
सुकुम्बासीको होल्डिङ सेन्टर मध्यराती डुब्यो, कैयौं परिवारलाई सास्ती
२७ असार, काठमाडौं । कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर डुबानमा परेको छ। लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा शुक्रबार राति डुवान भएको हो । बिहानसम्म पनि सेन्टर जलमग्न छ । डुबानपछि सुरक्षाकर्मीले ५४ जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् । संयुक्त सुरक्षा टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४… Continue reading सुकुम्बासीको होल्डिङ सेन्टर मध्यराती डुब्यो, कैयौं परिवारलाई सास्ती
विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा
काठमाडौँ, २७ असारः विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद् हटलाइन नम्बर १२३४ लाई जिल्लास्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद् टोल–फ्री नम्बर ११४९ लाई रूपान्तरण गरी १२३४ नम्बर सञ्चालनमा ल्याइएको हो । नयाँ… Continue reading विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा
अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु
काठमाडौँ, २६ असारः गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका–८ माकलबारीका ४१ वर्षीय विष्णु थापाको मृत्यु भएको हो । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित पाँचपोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिन्डर र दुई वटा अग्नि नियन्त्रक यन्त्र ‘लोड’ भएको… Continue reading अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु
संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम
काठमाडौँ, २६ असार । कानुन न्याय तथा संसदीय मामिल मन्त्री सोविता गौतमले संबैधानिक निकाय प्रतिवेदनले दिएका सिफारिस कार्यान्वयका लागि सरकार प्रतिवद्ध रहेको बताएकी छिन् । राष्ट्रियसभाको आजको बैठकमा पहिलो पटक राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१–८२ को प्रतिवेदनमाथि भएको छलफलमा उनले छलफलमा उठेका विषवस्तु तथा सुझाव कार्यान्वयन गरिने बताइन् । प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट जवाफ… Continue reading संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम