एजेन्सी२ भदौ, काठमाडौं । गाजाको नागरिक सुरक्षा विभागले आइतबार इजरायली हवाई आक्रमण र गोलीबारीमा कम्तीमा १८ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ । प्रवक्ता महमुद बास्सालका अनुसार, गाजा सिटीको एक अस्पतालको आँगनमा ड्रोन आक्रमण हुँदा सात जनाको ज्यान गएको हो । ती मृतकहरू हमासका सदस्य रहेको जनाइएको छ, जो खाद्यान्न वितरण र सुरक्षाको जिम्मेवारीमा… Continue reading गाजामा इजरायली आक्रमण स् १८ प्यालेस्टिनीको मृत्यु
Category: फिचर
युक्रेनबारे ट्रम्पसँग हुने वार्ताका लागि जेलेन्स्कीसँगै युरोपेली नेताहरू पनि अमेरिका जाँदै
एजेन्सी२ भदौ, काठमाडौं । युक्रेनमा रुसी आक्रमण अन्त्यका लागि दबाब दिन युरोपेली नेताहरू सोमबारसम्ममा वासिङ्टनको भ्रमण गर्ने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको शिखर वार्तापछि राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग युक्रेन युद्ध अन्त्य गर्ने सम्बन्धमा सोमबार भेटवार्ता हुने कार्यक्रम छ। राष्ट्रपति ट्रम्पले रूसी समकक्षी नेता पुटिनसँग गत शुक्रबार… Continue reading युक्रेनबारे ट्रम्पसँग हुने वार्ताका लागि जेलेन्स्कीसँगै युरोपेली नेताहरू पनि अमेरिका जाँदै
एयर क्यानडाको अवरूद्ध उडान सेवा पुनः सञ्चालन हुने
एजेन्सी१ भदौ, काठमाडौं । एयर क्यानडाको औद्योगिक सम्बन्ध समितिले १० हजार उडान कर्मचारी (फ्लाइट अटेन्डेन्ट) सहभागी रहेको भनिएको हडताल अन्त्य गर्न निर्देशन दिएको छ । निर्देशनपछि एयर क्यानडाले आइतबारदेखि उडान सुरु गर्ने जनाएको छ । समितिले एयर क्यानाडालाई १७ अगस्ट २०२५ मा दिउसो १४ः०० बजेभित्र आफ्नो काम सुरु गर्न र सबै एयर क्यानाडा र एयर… Continue reading एयर क्यानडाको अवरूद्ध उडान सेवा पुनः सञ्चालन हुने
हिन्दुकुश हिमालय संसदीय बैठकको तयारी पूरा, उद्घाटन सोमबार
रासस१ साउन, काठमाडौं । ‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद र समन्वयका हुन लागेको ‘हिन्दुकुश हिमालय संसदीय बैठक’ सोमबारदेखि सुरु हुँदैछ । सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा यही भदौ २ र ३ गते काठमाडौँमा हुने बैठकको तयारी पूरा भएको समितिले जनाएको छ । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र… Continue reading हिन्दुकुश हिमालय संसदीय बैठकको तयारी पूरा, उद्घाटन सोमबार
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको शिष्टाचार भेट, के भयो कुराकानी ?
१ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका भारतका विदेशसचिव विक्रम मिश्रीले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा राष्ट्रपति पौडेलले निकटको छिमेकी भारतले गरेको प्रगतिबाट नेपालले लाभ लिएको र अझ बढी लाभान्वित हुन चाहेको बताए । “एउटा उदाउँदो अन्तरराष्ट्रिय शक्तिका रुपमा भारतले सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा गरको प्रगतिबाट… Continue reading राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको शिष्टाचार भेट, के भयो कुराकानी ?
प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा
१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेश सचिव विक्रम मिस्रीले औपचारिक भ्रमणको निमन्त्रणा दिएका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुग्नुभएका सचिव मिस्रीले आज सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग गरेको भेटका क्रममा निमन्त्रणा दिएको भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले सो जानकारी दिए । भेटका अवसरमा दुई… Continue reading प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा
ट्राफिक प्रहरीद्वारा चोरी भएका ४१ सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण
१ भदौ, काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थान र मितिमा चोरी भएका ४१ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । यहाँ आयोजित कार्यक्रममा १९ मोटरसाइकल र २२ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले सवारी धनीको… Continue reading ट्राफिक प्रहरीद्वारा चोरी भएका ४१ सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण
भब्य बन्यो बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा
१ भदौ, म्याग्दी । प्रदेश अस्पताल बेनीले अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा नयाँ भवनबाट थालिएकोे छ । करिब आठ वर्ष अस्थायी भवनको साँघुरा भवनका कोठाबाट सञ्चालन हुँदै आएको उपचारकक्ष नयाँ भवनमा स्थानान्तरण भएपछि बिरामीको उपचार सहज भएको छ । प्रदेश अस्पतालका प्रमुख डा रविरञ्जन प्रधानले नयाँ भवनको भुइँतलामा बहिरङ्ग र पहिलो तलामा अन्तरङ्ग सेवा सञ्चालन… Continue reading भब्य बन्यो बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा
गाजामा दूषित पानी पिउन बाध्य परिवारहरू, स्वास्थ्य संकट बढ्दै
एजेन्सी१ भदौ, काठमाडौं । गाजाको केन्द्रमा रहेको मुवासी शिविरमा बसोबास गरिरहेका सयौं हजार विस्थापितहरू चर्को गर्मी, पानीको अभाव र रोगसँग जुधिरहेका छन् । बिहानै घाम चर्किनुअघि पानीको लाइनमा उभिन बाध्य आमाहरू धमिलो, प्रदूषित पानी लिएर फर्किन्छन् र त्यो नै आफ्ना साना छोराछोरीलाई पिउन दिन्छन् । “हामीसँग अर्को विकल्प छैन,” उनले भने, “यही पानीले हामी र… Continue reading गाजामा दूषित पानी पिउन बाध्य परिवारहरू, स्वास्थ्य संकट बढ्दै
चीनका उच्च कूटनीतिज्ञ वाङले सीमा वार्ताका लागि आगामी हप्ता भारत भ्रमण गर्ने
एजेन्सी१ भदौ, बेइजिङ । चीनका उच्च कूटनीतिज्ञले आफ्नो साझा सीमाका बारेमा वार्ताका लागि आगामी साता भारत भ्रमण गर्ने बेइजिङको विदेश मन्त्रालयले शनिबार जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले दिल्लीको निमन्त्रणामा सोमबारदेखि बुधबारसम्म चीन–भारत सीमा विवादमा २४औँ विशेष प्रतिनिधिको बैठकका लागि भारत भ्रमण गर्नुहुनेछ । हिउँले ढाकिएको, अग्लो हिमाली सीमा पार गरेर हुने दुई छिमेकीबीचको… Continue reading चीनका उच्च कूटनीतिज्ञ वाङले सीमा वार्ताका लागि आगामी हप्ता भारत भ्रमण गर्ने
कन्काई घाटमा अब विद्युतीय शवदाह गृह, दुई करोड ३० लाख लागतमा बन्यो संरचना
१ भदौ, बनियानी । झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो । विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको रु दुई करोड, नगरपालिकाको रु… Continue reading कन्काई घाटमा अब विद्युतीय शवदाह गृह, दुई करोड ३० लाख लागतमा बन्यो संरचना
करेन्ट लागेर पिपरामा दम्पतिको निधन
१ भदौ, राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–५स्थित पिपरामा विद्युत प्रवाह चुहावट (करेन्ट) भएर आज विहान एक दम्पतिको निधन भएको छ । निधन हुनेमा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । उहाँका अनुसार कञ्चनरुप–५ पिपराका महेन्द्र सरदारले हात्तीबाट धानबाली जोगाउन… Continue reading करेन्ट लागेर पिपरामा दम्पतिको निधन
इरानका राष्ट्रपति अर्मेनिया र बेलारुस भ्रमणमा जाँदै
१ भदौ, तेहरान । इरानका राष्ट्रपति मसूद पेजेस्कियान अर्मेनिया र बेलारुसको दुईदिने भ्रमणका लागि सोमबार साँझ त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । इरानका राष्ट्रपतिका राजनीतिक सल्लाहकार मेहदी सानाईले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै उक्त भ्रमणको घोषणा गरेका छन् । सानाईले अर्मेनिया र बेलारुससँग विशेष गरी व्यापारिक क्षेत्रमा द्विपक्षीय सम्बन्ध सुधार गर्ने र सहयोगका दस्तावेजमा… Continue reading इरानका राष्ट्रपति अर्मेनिया र बेलारुस भ्रमणमा जाँदै
युएई सरकारले दियो १२० नेपालीलाई आममाफी
१ भदौ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको हो ।
वैशाखदेखि हालसम्म नेपालमा विपद्का दुई हजार ८५३ घटना
१ भदौ, काठमाडौं । गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर एक सय २६ जनाको निधन भएको छ । यस्तै पाँच सय ८५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर २३ जना बेपत्ता हुँदा पाँच… Continue reading वैशाखदेखि हालसम्म नेपालमा विपद्का दुई हजार ८५३ घटना
कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा आज भारी वर्षाको सम्भावना
१ भदौ, काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । मधेसलगायत कोशी र बागमती प्रदेशका तराई र पहाडी भूभाग तथा… Continue reading कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा आज भारी वर्षाको सम्भावना
सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
१ भदौ, भरतपुर । सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो… Continue reading सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
रसियाको कारखानामा भीषण आगलागी, मृतक संख्या ११ पुगेको पुष्टि
१ भदौ, काठमाडौं । रसियाको पश्चिमी रायजान क्षेत्रमा रहेको एउटा औद्योगिक कारखानामा लागेको आगलागीमा हालसम्म ११ जनाको ज्यान गएको र करिब १३० जना घाइते भएको रसियाली आपतकालीन व्यवस्थापन मन्त्रालयले शनिबार जानकारी दिएको छ । मन्त्रालयले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत जानकारी दिँदै भनेको छ, “मलबा हटाउने क्रममा थप दुई शव फेला परेको छ । यसरी कुल मृतकको… Continue reading रसियाको कारखानामा भीषण आगलागी, मृतक संख्या ११ पुगेको पुष्टि
देशभर यसरी मनाइयो कृष्णाजन्माष्टमी (फोटो फिचर)
आज देशभर कृष्णाजन्माष्टमी मनाइएको छ । यस अवधिमा देशभरीका कृष्ण मन्दिरमा भक्तजनको ठूलो भीड देखियो । आज ललितपुरको पाटनमा अधिक भीड लाग्ने गर्छ र राष्ट्रपति रामचन्द्र पौडेल समेत सो मन्दिरमा सरीक भएर पूजा पाठ गरेका छन् । यस्तो छ देशभरीका कृष्ण मन्दिरमा आज देखिएको माहोल
जेलेन्स्की ट्रम्पसँग भेट्न अमेरिका जाँदै, युद्धविराम प्राथमिकता
३१ साउन, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी सोमबार अमेरिका भ्रमण गर्ने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनमा जारी ‘युद्ध तथा हिंसा’ अन्त्यका उपायहरूबारे महत्वपूर्ण छलफल गर्ने बताएका छन् । शनिबार जारी एक आधिकारिक वक्तव्यमा जेलेन्स्कीले भने, “म सोमबार वाशिङ्टन, डी.सी. मा राष्ट्रपति ट्रम्पसँग भेटघाट गर्नेछु र युद्ध तथा हत्या रोक्नका लागि आवश्यक सबै… Continue reading जेलेन्स्की ट्रम्पसँग भेट्न अमेरिका जाँदै, युद्धविराम प्राथमिकता
भारतका विदेश सचिव आइतबार नेपाल आउँदै
३१ साउन, काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आइतबार नेपाल आउने भएका छन् । भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यहाँ रहँदा भारतका विदेश सचिवले नेपालका… Continue reading भारतका विदेश सचिव आइतबार नेपाल आउँदै
रवि लामिछानेलाई नक्खु कारागार ल्याइयो
३१ साउन, काठमाडौं । कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नक्खु कारागारमा सरुवा गरेको छ । अहिले साँझ उनलाई जहाजमार्फत त्रिभूवन विमानस्थल ल्याइएको र त्यहाँबाट नक्खु कारागार लगिएको विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले जानकारी दिए । कारागार सरुवाका लागि सभापति लामिछानले दिएको निवेदनका आधारमा… Continue reading रवि लामिछानेलाई नक्खु कारागार ल्याइयो
एयर क्यानडाका उडान सहायकको हडतालले सेवा ठप्प, यात्रु प्रभावित
३१ साउन, काठमाडौं । एयर क्यानडाका करिब १० हजार उडान सहायक कर्मचारीहरूले पारिश्रमिक तथा कामको उचित मूल्याङ्कनको माग गर्दै शनिबारदेखि राष्ट्रव्यापी हडताल सुरु गरेका छन् । हडताल सुरु भएपछि एयर क्यानडाले सबै उडानहरू स्थगित गर्दै यात्रुहरूलाई विमानस्थल नजान आग्रह गरेको छ ।क्यानाडियन युनियन अफ पब्लिक इम्प्लोइज (सीयुपीइ)का अनुसार शनिबार बिहान १२ः५८ बजेबाट आन्दोलन औपचारिक रूपमा… Continue reading एयर क्यानडाका उडान सहायकको हडतालले सेवा ठप्प, यात्रु प्रभावित
पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित
३१ साउन, कराँची । पाकिस्तानमा लगातारको भारी मनसुन वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण पछिल्लो ४८ घण्टामा कम्तीमा ३२० जनाको ज्यान गएको छ । सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको हो, जहाँ १८० जनाको मृत्यु भएको छ । पाकिस्तानअधीन कश्मीरमा नौ जना र गिलगित–बाल्टिस्तान क्षेत्रमा पाँच जनाको ज्यान गएको छ । बाढी र पहिरोका… Continue reading पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित
युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
३१ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्काको एंकोरेजमा वार्ता गरेपछि युक्रेन युद्धविराम सम्बन्धी अन्तिम निर्णय युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हातमा रहेको बताएका छन् । फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफू, पुटिन र जेलेन्स्कीबीच चाँडै एक संयुक्त बैठक हुने जानकारी दिए । यद्यपि बैठकको मिति र स्थानबारे विस्तृत विवरण… Continue reading युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ
३१ साउन, बनियानी । सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक जना फरार कैदी आज बिहान झापाको बिर्तामोडबाट पक्राउ परेका छन् । जबर्जस्ती करणी अभियोगमा सजाय भोगिरहेका खोटाङ दिप्रुङचुचुमा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेललाई बिर्तामोड नगरपालिका–१० स्थित विराटपोखरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । पौडेल गत… Continue reading सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ
मनसुन कमजोर, छैन ठूलो वर्षाको सम्भावना
३१ साउन, काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागलगायत बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा… Continue reading मनसुन कमजोर, छैन ठूलो वर्षाको सम्भावना
सर्लाहीमा गोली प्रहारबाट एक जनाको मृत्यु
३१ साउन, मलङ्गवा । सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । यादवलाई शुक्रबार साँझ आफ्नै घरको आँगनमा बसेर छरछिमेकीसँग गफ गरेर बसिरहेका बेला अज्ञात व्यक्ति… Continue reading सर्लाहीमा गोली प्रहारबाट एक जनाको मृत्यु
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै
३१ साउन, काठमाडौं । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन… Continue reading आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै
ट्रम्प–पुटिन वार्ताको ऐतिहासिक क्षण : १० तस्वीरमा
३१ साउन, अलास्का । अमेरिका र रूसबीच २०२५ अगस्ट १५ मा अलास्काको एंकोरेज सहरमा शिखर बैठक सम्पन्न भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बैठक ‘अत्यन्तै फलदायी’ भएको बताए । बैठकमा युक्रेन युद्ध समाधानका लागि अपेक्षित ठोस सहमति भने भइसकेको छैन । वार्ता झन्डै तीन घण्टा चल्यो । वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प… Continue reading ट्रम्प–पुटिन वार्ताको ऐतिहासिक क्षण : १० तस्वीरमा