दोहा, ९ जेठ (रासस–सिन्ह्वा) । कतारी अमिर शेख तमिम बिन हमाद अल थानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग क्षेत्रीय विकासक्रमबारे छलफल गर्नुभएको अमिरको प्रशासनिक कार्यालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ। टेलिफोन वार्ताको क्रममा उनीहरुबीच यस क्षेत्रमा थप तनाव रोक्न र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न पाकिस्तानको नेतृत्वमा कूटनीतिक प्रयासहरूको समर्थनमा केन्द्रित भएको विज्ञप्तिमा भनिएको छ।… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्प र कतारी अमिर अल थानीबीच टेलिफोन वार्ता
Category: फिचर
पाँचथरमा बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति
पाँचथर, १० जेठः अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन् । पहिरोले घर जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले घर बगाएपछि याङवरक–१ लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गङ्गाप्रसाद बेघाको परिवार विस्थापित भएको हो । मोहनलाल र कबिरको परिवारका सात जना आफन्त… Continue reading पाँचथरमा बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति
आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर
काठमाडौँ, १० जेठः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा शनिबार वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी… Continue reading आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर
व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १० कट्ठा जमिन
भजनी (कैलाली), १० जेठः जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माणको काम थालेको छ । गाउँपालिकाभित्र सार्वजनिक जग्गा नहुँदा जग्गा प्राप्तिमा समय लागेपछि गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि एक दशक कुर्नु परेको हो । एक बिघा १०कट्ठा जमिन इँट्टा व्यवसायी तेजप्रताप राणाले गाउँपालिकालाई दान गरेपछि प्रशासनिक भवनको काम सुरु भएको गाउँपालिकाका इन्जिनियर योगेन्द्र… Continue reading व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १० कट्ठा जमिन
कंचनपुरमा कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण
कञ्चनपुर, १० जेठः धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा मौज्दात रहेको रासायनिक मल वितरणको प्रक्रिया अगाडि बढाइएको छ । शाखाले मौज्दात मलको पुनः कोटा निर्धारण गरी सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको छ । हाल शाखाको गोदाममा एक हजार मेट्रिक टन युरिया, ५०० मेट्रिक टन डिएपी र १५०… Continue reading कंचनपुरमा कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
काठमाडौँ, १० जेठः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३४, आलु रातो (गोलो) प्रतिकिलो रु २८ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ ।… Continue reading यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पोखरा उपत्यका नगर विकास समितिद्वारा पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन
गण्डकी, १० जेठः पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना १५ दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ । समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रक्रियामा सहजीकरण गर्न व्यवसायीहरुलाई सूचित गरेको… Continue reading पोखरा उपत्यका नगर विकास समितिद्वारा पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन
डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा
काठमाडौँ, १० जेठः नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा फोरजी सेवा सुरु गरेको छ । समुन्द्री सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सो सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमका प्रवक्ता डा कमल लामिछानेले जानकारी दिए । यससँगै नेपाल टेलिकमको फोरजी सेवा पुगेका स्थानीय तहको सङ्ख्या… Continue reading डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा
विटुमिनको मूल्य बढ्दा एसियन राजमार्ग कालोपत्र ढिलासुस्ती
बेलबारी (मोरङ), १० जेठः सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ अन्तर्गत काँकरभिट्टाबाट लौकही सडकखण्डमा विटुमिन (अलकत्रा) को अभाव भएपछि कालोपत्र गर्न ढिलासुस्ती भएको छ । विटुमिन अभाव साथै गुणस्तरिय नपाएको कारण कालोपत्र गर्न ढिलासुस्ती भएको आयोजनाअन्तर्गत पश्चिमखण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताए । उनका अनुसार दुई महिना अघिसम्म… Continue reading विटुमिनको मूल्य बढ्दा एसियन राजमार्ग कालोपत्र ढिलासुस्ती
किओच काठमाडौँ बाल अस्पतालको भवन हस्तान्तरण
काठमाडौँ, ९ जेठः काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को बाल अस्पतालको नवनिर्मित पश्चिमतर्फको भवन हस्तान्तरण गरिएको छ । बूढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटमा रहेको अस्पतालको उक्त भवन समाजसेवी मीनबहादुर गुरुङ र सावित्री गुरुङ तथा पहलमान गुरुङ र सरला गुरुङले निर्माण गरिदिएका हुन् । आज यहाँ आयोजित कार्यक्रममा जगत्गुरु शङ्कराचार्य श्री विधुशेखर भारतीले सो भवनको समुद्घाटन… Continue reading किओच काठमाडौँ बाल अस्पतालको भवन हस्तान्तरण
अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा
कोलकाता, १० जेठ (रासस–एएफपी) । अमेरिकी विदेशमन्त्री मार्को रुबियो शनिबार पहिलो पटक भारत भ्रमणमा आएका छन् । चीनसँग भएको शिखर सम्मेलनको एक हप्ता पछि उनी भारत आएका छन् । रुबियोले भारतको कोलकाताबाट आफ्नो चार दिने, भारत भ्रमण सुरु गर्नु भएको छ । जहा उनले स्वर्गीय मदर टेरेसाको मिसनरीज अफ च्यारिटीको मुख्यालयको भ्रमण गर्ने कार्यक्रम तय… Continue reading अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा
क्यालिफोर्नियामा रासायनिक ट्याङ्की चुहावटका कारण हजारौँ विस्तापित
लस एन्जलस (अमेरिका), १० जेठ (रासस–एएफपी) । अमेरिकाको क्यालीफेर्नियामा एउटा रासायनिक ट्याङ्की चुहावट हुन थाले पछि दशौं हजार मानिसहरूलाई आफ्नो घर छोड्न आदेश दिइएको जनाइएको छ । ट्याङ्कीमा २६ हजार लिटर मिथाइल मेथाक्रिलेट जनाइएको छ । जुन प्लास्टिक बनाउन प्रयोग हुने अस्थिर र ज्वलनशील तरल पदार्थ हो । अग्निन नियन्त्रकहरूले स्थिति गम्भीर रहेको चेतावनी दिएका… Continue reading क्यालिफोर्नियामा रासायनिक ट्याङ्की चुहावटका कारण हजारौँ विस्तापित
चिनको कोइला खानीमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८२ जना पुग्यो, नौ अझै बेपत्ता
ताइयुवान, ९ जेठ (रासस–सिन्ह्वा) । ताइयुवानको आपतकालीन व्यवस्थापन ब्युरोका अनुसार उत्तरी चीनको साङ्सी प्रान्तमा भएको कोइला खानी दुर्घटनामा ८२ जनाको मृत्यु भएको छ भने अन्य नौ जना अझै बेपत्ता छन् । स्रोतका अनुसार ताइयुआन काउन्टीको लिउसेनयु कोइला खानीमा ग्यास विस्फोट भएर दुर्घटना भएको थियो । प्रान्त सरकारले उद्धारकर्ता र चिकित्सा कर्मचारीसहित ७५५ जनालाई घटनास्थलमा उद्धारका… Continue reading चिनको कोइला खानीमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८२ जना पुग्यो, नौ अझै बेपत्ता
इबोला सङ्क्रमित मुलुकबाट अमेरिका प्रवेशमा कडाइ
लस एन्जलस (अमेरिका), ९ जेठ (रासस–सिन्ह्वा) । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले कानुनी मान्यता प्राप्त स्थायी बासिन्दाहरू (ग्रीन कार्ड धारकहरू) लगायत अमेरिका प्रवेश गर्ने मानिसहरुलाई पूर्वी र मध्य अफ्रिकामा चलिरहेको इबोला प्रकोपका कारण अस्थायी प्रवेशमा कडाइ हुने जनाएको छ । विस्तारित प्रतिबन्ध अन्तरगत अमेरिकी मावन स्वास्थ्य विभागद्वारा जारी गरिएको अन्तरिम नियमको पालना… Continue reading इबोला सङ्क्रमित मुलुकबाट अमेरिका प्रवेशमा कडाइ
चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन
फुङ्लिङ (ताप्लेजुङ्र), ९ जेठः ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ । फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ्गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो । कोभिड–१९ को महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएकामा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए… Continue reading चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन
आज पनि जारी रह्यो एमाले सचिवालय बैठक, अध्यक्षको पक्षमा मिश्रित प्रतिक्रिया
भक्तपुर, ९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठकमा नेताहरुले बोल्ने क्रम जारी रहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा आज बसेको दोस्रो दिनको बैठकमा पार्टीका महासचिव, तीन उपमहासचिव र पाँच सचिवसहित नौ जना नेताहरूले आफ्नो धारणा राख्नुभएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उनले पार्टीको आइतबार बस्ने बैठकमा… Continue reading आज पनि जारी रह्यो एमाले सचिवालय बैठक, अध्यक्षको पक्षमा मिश्रित प्रतिक्रिया
गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ
काठमाडौँ, ९ जेठ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा तथा सप्तरी राजविराज–१३ घर भइ हाल काठमाडौँ महानगरपालिका–३२ नरेफाँट बस्ने २२ वर्षीय ओमशङ्कर गुप्ता रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले राससलाई जानकारी… Continue reading गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ
अन्तरराष्ट्रिय महिला भलिबल : कीर्गिस्तानमाथि नेपालको जित
काठमाडौँ, ९ जेठः राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)महिला भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय भलिबल टोलीले कीर्गिस्तानका राष्ट्रिय महिला टोलीलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपालले कीर्गितानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यस जितसँगै सेमिफाइनल पुग्ने नेपालको सम्भावना जीवितै रहेको… Continue reading अन्तरराष्ट्रिय महिला भलिबल : कीर्गिस्तानमाथि नेपालको जित
‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वाथ्यमन्त्री मेहताको छलफल
काठमाडौँ, ९ जेठः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा खोपको प्रभावकारी उपलब्धताका बारेमा ‘खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)का उच्चस्तरिय टोलीसँग छलफल गरेकी छिन् । स्विट्जरल्यान्ड जेनेभामा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७९औँ विश्व स्वास्थ्यसभामा भाग लिनेक्रममा गाभीका उच्चस्तरीय टोलीसँगको छलफलमा उनले सङ्क्रमणकालमा खोप कार्यक्रमलाई प्रभावित हुन नदिन गाभीसँगको निरन्तर सहयोग अपरिहार्य रहेको बताइन् । उनले… Continue reading ‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वाथ्यमन्त्री मेहताको छलफल
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
सिद्धार्थनगर (भैरहवा), ९ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायत सरकारकी इन्डो–प्यासिफिक मामिलामन्त्री सिमा मल्होत्राबीच आज रूपन्देहीमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपाल र संयुक्त अधिराज्यबीच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी तथा लुम्बिनी प्रदेशको विकास प्राथमिकताबारे छलफल भएको थियो । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार दिगो, समावेशी तथा रोजगारीमुखी… Continue reading लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
तालिमका क्रममा बेहोस भएका प्रहरी भेट्न सुधन गुरुङ पुगे अस्पतालमा
९ जेठ, काठमाडौं । तालिमका क्रममा अचानक बेहोस भई उपचार गराइरहेका सशस्त्र प्रहरी जवानहरूको स्वास्थ्य स्थिति बुझ्न पूर्वगृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुधन गुरुङ र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेल नेपाल एपीएफ अस्पताल, बलम्बु पुगेका छन् । जेठ ८ गते बिहीबार अस्पताल पुगेर उनीहरुलले हाँबिरामी जवानहरूको उपचार प्रक्रिया र वर्तमान स्वास्थ्य अवस्थाबारे विस्तृत… Continue reading तालिमका क्रममा बेहोस भएका प्रहरी भेट्न सुधन गुरुङ पुगे अस्पतालमा
हिमाल आरोही सशस्त्र प्रहरीका दुई महिला कर्मचारीको एक तह बढुवा
काठमाडौँ, ९ जेठः विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिक्की शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई एक तह बढुवा गरिने भएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पालाई तत्काल बढुवा प्रक्रिया अगाडि बढाइएको छ भने सशस्त्र प्रहरी सहायक हबल्दार कार्कीलाई हालको दर्जाको न्यूनतम अवधि… Continue reading हिमाल आरोही सशस्त्र प्रहरीका दुई महिला कर्मचारीको एक तह बढुवा
बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
बागमती, ९ जेठः हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा आज दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको बा।प्र।०१–००६ ख ९६११ नम्बरको बसले घुम्तीमा विपरीत दिशातर्फ जाँदै गरेको ना.५९ प ३३४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक स्थानीय ५५ वर्षीय दोर्जेरत्न योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय… Continue reading बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
महोत्तरीमा चार महिनामा आमाको नामबाट नागरिकता लिनेको संख्या २०९
जलेश्वर (महोत्तरी), ९ जेठः विगत चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । गत २०८२ पुस ११ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता दिने व्यवस्था गरेको थियो भने पुस २१ गते नेपाल राजपत्रमा सूचना प्रकाशित भएलगत्तै सबै जिल्ला प्रशासन कार्यालयहरुमा परिपत्र गरी यो व्यवस्था कार्यान्वयनमा ल्याइएको… Continue reading महोत्तरीमा चार महिनामा आमाको नामबाट नागरिकता लिनेको संख्या २०९
सहिदको छोरी आकृतिको सपना देशको सेवा गर्ने
नारायणगढ (चितवन), ९ जेठ । भरतपुर महानगरपालिका–११ बसेनीस्थित जेनजी आन्दोलनका सहिद सारकुमार राईको घर (डेरा) मा आज केही समयका लागि पीडा भुलाउने वातावरण बन्यो । लामो समयदेखि शोक र पीडामा रहेको परिवारमा सहिद राईकी छोरी आकृति राईले माध्यामिक शिक्षा परीक्षा (एसइई)मा राम्रो अङ्कसहित उत्तीर्ण भएपछि खुसी छाएको हो । आकृतिको पढाइको जिम्मेवारी लिएका गोल्याण ग्रुपका… Continue reading सहिदको छोरी आकृतिको सपना देशको सेवा गर्ने
पाँचथरको याङवरकमा बाढीपहिरो, सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति
पाँचथर, ९ जेठः अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो क्षति पु¥याएको छ । याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा बाढी पहिरोले घरगोठहरु, सडक, झोलुङ्गे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पु¥याएको हो । याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार बाढी पहिरोले हालसम्म वडा नं १ मा दुई वटा घर र… Continue reading पाँचथरको याङवरकमा बाढीपहिरो, सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति
तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन जारी : सावधानी अपनाउन अनुरोध
काठमाडौँ, ९ जेठ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर ९लु०सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि सार्वजनिक अनुरोध गरेको छ । विभागले देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार शुक्रबार साँझ जारी बुलेटिनमा आगामी ३ दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८… Continue reading तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन जारी : सावधानी अपनाउन अनुरोध
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
काठमाडौं । ९ जेठः काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज (झोला_ ट्याग प्रणाली लागू गरिने भएको छ । यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागिएको हो । यस सम्बन्धमा शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी… Continue reading अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख
काठमाडौँ, ८ जेठ । अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले दुई सातामा रु पाँच करोड २५ लाख कमाइ गरेको छ । गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले जेठ ७ गते बेलुकीसम्ममा उक्त कमाइ गरेको निर्माण कम्पनी षट्कोण आटर््सले जनाएको छ । कम्पनीका प्रमुख म्याक्स दीपेश खत्रीका अनुसार… Continue reading दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख
शिक्षामन्त्री पोखरेल र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
काठमाडौं, ८ जेठ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहेकी बेलायतीमन्त्री सीमा मल्होत्राबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीचको लामो समयदेखिको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै शिक्षा तथा खेलकुद क्षेत्रमा रणनीतिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । समानता एवं इण्डो–प्यासिफिक हेर्ने बेलायतीमन्त्री… Continue reading शिक्षामन्त्री पोखरेल र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता