काठमाडौँ, १२ जेठः सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान, वकपत्र गराउन सकिने आदेश गरेको छ । न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सीमानालाई संकुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान, वकपत्र गर्न सकिने आदेश गरेको हो । अदालतले विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनीतिक… Continue reading अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश
Category: फिचर
निर्वाचनसम्बन्धी दुई विधेयक पारित
काठमाडौँ, १२ जेठः प्रतिनिधिसभाको आजको बैठकमा निर्वाचनसम्बन्धी दुई विधेयक सर्वसम्मतिबाट पारित भएको छ । बैठकमा प्रधानमन्त्री, गृहमन्त्री एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गरेकी थिइन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि तत्कालीन सरकारले ल्याएका निर्वाचन कानुन संशोधनसम्बन्धी… Continue reading निर्वाचनसम्बन्धी दुई विधेयक पारित
‘निजी क्षेत्रमैत्री नीति लिएर सरकार अगाडि बढ्छ, निर्धक्क भएर व्यवसाय सञ्चालन गर्नुहोस्’
काठमाडौँ, १२ जेठः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकार निजी क्षेत्रमैत्री नीति लिई अघि बढिरहेकाले व्यवसायीहरूलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यदलले उद्योग, वाणिज्य एवं निजी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूसँग संविधान संशोधनका विषयमा आज सुझाव लिने क्रममा… Continue reading ‘निजी क्षेत्रमैत्री नीति लिएर सरकार अगाडि बढ्छ, निर्धक्क भएर व्यवसाय सञ्चालन गर्नुहोस्’
बजेट लेखन अन्तिम चरणमा
काठमाडौँ, १२ जेठः सरोकारवाला निकायको महत्त्वपूर्ण सुझावलाई समेटेर अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनलाई करिब अन्तिम चरणमा पुर्याएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्का दुवै सदनमा सांसदहरूले दिनुभएको सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले गत फागुन २१ को निर्वाचनमा व्यक्त गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्रलगायतका विषयलाई केन्द्रमा राखेर बजेट लेखन गरिरहेका छन् । यही… Continue reading बजेट लेखन अन्तिम चरणमा
भारतमा पुनः इन्धन मूल्य वृद्धि
नयाँदिल्ली, १२ जेठ (रासस–एएफपी) । मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन् । पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ । फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ ।… Continue reading भारतमा पुनः इन्धन मूल्य वृद्धि
इरानका अधिकारीहरू रोक्का कोष र शान्तिवार्ताका लागि छलफल गर्न कतारमा
दोहा, १२ जेठ (रासस–एएफपी) । शीर्ष वार्ताकार र केन्द्रीय बैङ्कका प्रमुखसहितको उच्चस्तरीय इरानी प्रतिनिधिमण्डल अमेरिकासँगको सम्झौता र रोक्का गरिएको कोषको रिहाइबारे छलफल गर्न सोमबार दोहामा पुगेको एक विश्वस्थ स्रोतले एएफपीलाई जानकारी गराएको छ । “द्वन्द्व अन्त्यका लागि जारी कूटनीतिक प्रयासबारे वार्ताका लागि इरानी सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची सोमबार दोहा आइपुग्नुभएको छ,”… Continue reading इरानका अधिकारीहरू रोक्का कोष र शान्तिवार्ताका लागि छलफल गर्न कतारमा
अब्राहम सम्झौताको म्याद थप्नुपर्नेमा राष्ट्रपति ट्रम्पको जोड
वासिङ्टन, १२ जेठ (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मध्यपूर्वको जटिल परिस्थिति र इरानसँगको वार्ताबीच अब्राहम सम्झौताको म्याद थप्नु समयको आवश्यकता भएको बताएका छन् । इरानसँग आणविक र कूटनीतिक वार्ताका विषयमा अन्तर्राष्ट्रिय छलफल तीव्र भइरहेका बेला राष्ट्रपति ट्रम्पको यो भनाइ आएको हो । उनले इरानसँगको सम्झौताले यस क्षेत्रको बृहत् शान्तिको ढाँचालाई बलियो बनाएमा मात्र यो… Continue reading अब्राहम सम्झौताको म्याद थप्नुपर्नेमा राष्ट्रपति ट्रम्पको जोड
विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार
मेक्सिको सिटी, १२ जेठ (रासस–एएफपी) । विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको मेक्सिकोले बताएको छ । मेक्सिकोलाई सन् २०२६ को विश्वकपका लागि इरानी टोली आतिथ्यमा कुनै समस्या नरहेको मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले सोमबार बताइन् । इरानले आफ्नो समूह मूल योजनाअनुसार टक्सन, एरिजोनामा नबस्ने तर यसको विकल्पमा मेक्सिकोको सीमावर्ती शहर तिजुआनामा बस्न चाहेको बताएको थियो… Continue reading विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
न्युयोर्क, १२ जेठ (रासस–एपी) । अमेरिका र इरानबीच शान्ति वार्ता अघि बढ्ने सम्भावनाको समाचारपछि अन्तर्राष्ट्रिय तेल बजारमा सोमबार नयाँ कारोबार सुरु हुँदा कच्चा तेलको मूल्य करिब ५ प्रतिशतले घटेको छ । मध्यपूर्व क्षेत्रमा तनाव कम हुने र आपूर्ति अवरोध घट्ने अपेक्षाले लगानीकर्ताहरूमा बिक्री दबाब बढेपछि बजारमा तुरुन्तै गिरावट देखिएको हो । जुलाई महिनामा आपूर्ति हुने… Continue reading मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह
मस्को, १२ जेठ (रासस–एएफपी) । रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै सोमबार त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई शहर छोड्न आह्वान गरेको छ । रुसले गत हप्ताको अन्त्यमा युक्रेनमा कैयौँ ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो जसमा चार जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका थिए । आक्रमणबाट किएभमा रहेका भौतिक संरचनामा पनि… Continue reading किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह
बङ्गलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
ढाका, १२ जेठ (रासस–एपी) । मध्य बङ्गलादेशमा प्रमुख राजमार्गमा सोमबार बिहान भएको भीषण ट्रक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । फलामको रड र अतिरिक्त यात्रु बोकेको उक्त ट्रक अनियन्त्रित भई पल्टिँदा ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ । दुर्घटना राजधानी ढाकाबाट करिब ८३ किलोमिटर उत्तर–पश्चिममा… Continue reading बङ्गलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
काभ्रेपलाञ्चोक, १२ जेठः जापानको सहयोगमा बिपी राजमार्गको पिप्लेदेखि बर्खेखोला सडकखण्डको आजदेखि पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रुपमा उक्त परियोजनाको शिलान्यास गरे । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सडकखण्डमा पर्ने तीन दशमलव दुई किलोमिटर सडकखण्डको पुनर्निर्माण सुरु… Continue reading जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
काठमाडौँ कलिङ साहित्य महोत्सव’ को चौथो संस्करण हुँदै
काठमाडौँ, १२ जेठ । चौथो संस्करणको ‘काठमाडौँ कलिङ साहित्य महोत्सव’ यही जेठ २३ र २४ आयोजना हुने भएको छ । ‘सीमाभन्दा परः परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ विषय रहेको दुईदिने महोत्सवमा दक्षिण एसियाका दर्जनौँ चर्चित लेखक, कलाकार, चलचित्रकर्मी, सङ्गीतकार, कूटनीतिज्ञ तथा बुद्धिजीवीको सहभागिता रहने महोत्सवकी निर्देशक रञ्जना निरौलाले जानकारी दिइन् । उनले भनिन्, “महोत्सवमा पहिचान,… Continue reading काठमाडौँ कलिङ साहित्य महोत्सव’ को चौथो संस्करण हुँदै
हुरीले घर भत्किँदा महिलाको मृत्यु
चन्द्रपुर (रौतहट), १२ जेठः रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक महिलाको ज्यान गएको छ । रौतहटको वृन्दावन नगरपालिका–७ धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको हो । फूलकुमारीको उपचारको क्रममा राति रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रोहितकुमार शर्मा बढईले जानकारी… Continue reading हुरीले घर भत्किँदा महिलाको मृत्यु
सार्वजनिक जग्गामा स्याउ बगैँचा
गलकोट (बागलुङ), १२ जेठः बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती विस्तार गरेको छ । गाउँपालिकाले २४ रोपनी सार्वजनिक जग्गामा रु ४० लाख खर्चेर स्याउ बगैँचा निर्माण गरेको हो । गाउँपालिकाले जग्गाको संरक्षण, तारबार, थोपा सिँचाइ प्रविधिसहित एक हजार ४०० स्याउका बिरुवा हुर्काइरहेको छ । गाउँपालिका–४ स्थित गोरदी र बयलीमा सार्वजनिक जग्गाको झाडी… Continue reading सार्वजनिक जग्गामा स्याउ बगैँचा
प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौँ, १२ जेठः प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । साथै बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान… Continue reading प्रतिनिधिसभाको बैठक आज बस्दै
आजको मौसम : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा
काठमाडौँ, १२ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित देशका केही भागमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी… Continue reading आजको मौसम : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा
चीनको नयाँ अन्तरिक्ष यात्रा
जियुकुआन (चीन), ११ जेठ (रासस–एपी) । चीनले आफ्नो अन्तरिक्ष महत्त्वाकांक्षालाई नयाँ चरणमा पुर्याउने प्रयासस्वरूप आइतबार राति शेनझोउ–२३ अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । तीन अन्तरिक्ष यात्री बोकेको यो मिसनमा एक जना सदस्यलाई अन्तरिक्ष स्टेशनमा पूरा एक वर्ष बसाउने योजना समावेश गरिएको छ । यसलाई लामो अवधिको मानव अन्तरिक्ष बसाइसम्बन्धी महत्त्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ ।… Continue reading चीनको नयाँ अन्तरिक्ष यात्रा
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
नयाँदिल्ली, ११ जेठ (रासस–एपी) । अमेरिकी विदेशमन्त्री मार्को रुबियोको भारत भ्रमणले वासिङ्टन र नयाँदिल्लीबीच पछिल्ला महिनामा देखिएको व्यापार तनावबीच पनि रणनीतिक, आर्थिक तथा सुरक्षा सहकार्यलाई पुनः सुदृढ गर्ने प्रयासलाई अघि सारेको छ । भारत–अमेरिका सम्बन्धमा देखिएका अस्थायी असहमतिका बीच दुवै देशले दीर्घकालीन साझेदारीलाई अझ मजबुत बनाउने सङ्केत दिएका छन् । आइतबार नयाँदिल्लीमा भएको उच्चस्तरीय भेटवार्तामा… Continue reading रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’
काठमाडौँ, ११ जेठः सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले आज पूर्वप्रधानमन्त्री देउवा र उहाँकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “माथिल्लो प्रकरण नं (८) मा उल्लेख र विश्लेषण… Continue reading सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’
नेपाली क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक
काठमाडौँ, ११ जेठः नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२६ का लागि ३८ पुरुष तथा २५ महिला क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ ।क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार खेलाडीको खेल प्रदर्शन र योगदानका आधारमा उनीहरुलाई विभिन्न श्रेणीमा विभाजन गरिएको हो । पुरुषतर्फको ‘ए’ प्लस श्रेणीमा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी तथा सन्दीप लामिछाने परेका… Continue reading नेपाली क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतहरुको शिष्टाचार भेट
काठमाडौँ, ११ जेठः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)मा आबद्ध विभिन्न मुलुकका राजदूतहरुले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज नेपालस्थित इयूको कार्यालयका डेपुटी हेड अफ मिसन थोमस मिलर तथा लिथुवानिया, साइप्रस, चेक रिपब्लिक, लक्जेम्बर्ग, रोमानिया, डेनमार्क र नेदरल्याण्डका गैरआवासीय राजदूतहरुले शिक्षामन्त्री पोखरेलसँग संयुक्त रुपमा भेटवार्ता गरेका हुन् । भेटमा द्विपक्षीय सम्बन्ध,… Continue reading शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतहरुको शिष्टाचार भेट
नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा डङ्गोल नियुक्त
काठमाडौँ, ११ जेठः सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डङ्गोललाई नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डङ्गोललाई क्यानको महानिर्देर्शक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले… Continue reading नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा डङ्गोल नियुक्त
विषाक्त खानाले एकै घरका चार बिरामी, एकको अवस्था गम्भीर
गाईघाट (उदयपुर), ११ जेठः त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी परेका छन् भने एकको अवस्था गम्भीर छ । साधना टोलका स्थानीय छिमेकी राधा बुढाथोकीका अनुसार विषाक्त खानाका कारण २३ वर्षीय हेमा बुढाथोकी, उनका ५ वर्षीय छोरा योगेश बुढाथोकी र नन्दहरु १४ वर्षीय यशोदा र अर्का ९ वर्षीय यासिका बुढाथोकी… Continue reading विषाक्त खानाले एकै घरका चार बिरामी, एकको अवस्था गम्भीर
वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
काठमाडौँ, ११ जेठः सङ्गीत क्षेत्रमा ख्याति कमाउनुभएका वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलाई भारतमा ‘कलाक्षेत्रम’ पुरस्कारबाट सम्मान गरिएको छ । राजोपाध्यायलाई महाराष्ट्रको पुणेमा अखिल लोककला कल्चरल अर्गनाइजेसनले आयोजना गरेको भारत उत्सव २०२६ मा पुरस्कार प्रदान गरेको हो ।अर्गनाइजेसनका महासचिव डा प्रमोद नानवरेका अनुसार भारत उत्सवमा भारतका विभिन्न राज्यका तीन हजार ५०० भन्दा बढी कलाकारले भारत नाट्यम, कत्थकलगायत… Continue reading वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
ऊर्जामन्त्री भन्छन् : जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा
काठमाडौँ, ११ जेठः ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कुलेखानी जलविद्युत् आयोजनाको अवलोकनपछि उनले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र समग्र आर्थिक रूपान्तरणका लागि अब जलाशययुक्त आयोजनालाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताए । मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशययुक्त आयोजनाको विकासमा केन्द्रित… Continue reading ऊर्जामन्त्री भन्छन् : जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा
एमाले केन्द्रीय सदस्यको कार्यविभाजनः अध्यक्ष र महासचिवले अन्तिमरूप दिने
भक्तपुर, ११ जेठः नेकपा एमालेको केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिमरूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई जिम्मेवारी दिइएको छ । एमालेले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनसमेतलाई ध्यान दिएर केन्द्रीय सदस्यलाई सथानीय तहकेन्द्रित र जनसङ्गठनको इञ्चार्जको जिम्मेवारी दिएको छ । एमालेका अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डुमा सम्पन्न सचिवालय बैठकमा प्रस्तुत सो प्रस्तावमाथि… Continue reading एमाले केन्द्रीय सदस्यको कार्यविभाजनः अध्यक्ष र महासचिवले अन्तिमरूप दिने
फिलिपिन्समा भवन दुर्घटना
मनिला, ११ जेठ (रासस–एपी) । फिलिपिन्सको राजधानी मनिलाको उत्तरमा रहेको एन्जलस सहरमा निर्माणाधीन नौ तले भवन आइतबार बिहान ढल्दा दर्जनौँ कामदार फसेको आशङ्का गरिएको छ । दुर्घटनापछि उद्धार अभियान तीव्र पारिएको छ भने कम्तीमा २२ जना कामदार जीवितै बाहिर निस्कन सफल भएका छन् । प्रहरीका अनुसार पम्पङ्गा प्रान्तस्थित एन्जलस सहरमा आँधीबेहरीका बीच बिहान सबेरै निर्माणाधीन… Continue reading फिलिपिन्समा भवन दुर्घटना
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
पेरिस, ११ जेठ (रासस–एएफपी) । ग्यालापागोस टापु नजिक गहिरो समुद्रमा वैज्ञानिकहरूले दुर्लभ नीलो रङको नयाँ अक्टोपस प्रजाति फेला पारेका छन् । समुद्री सतहबाट करिब एक हजार ८०० मिटर तल भेटिएको यो सानो समुद्री जीवले अनुसन्धानकर्ताहरूलाई केवल आफ्नो असामान्य रङका कारण मात्र नभई, शरीरको बनावट, बासस्थान र व्यवहारका सम्भावित विशेषताका कारण पनि आश्चर्यचकित बनाएको छ ।… Continue reading गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने
कास्की, ११ जेठः पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केको अतिक्रमण हटाउन सफल भएको छ । बजारको मध्यभाग भएर बग्ने यस खोलाको अतिक्रमण हटाउने योजना अघिल्लो कार्यकालकै जनप्रतिनिधिको थियो । तत्कालीन प्रमुख मानबहादुर जिसीले डोजर चलाएर सुरुआतसमेत गर्नुभएको थियो । तर त्यो काम एक दिनपछि अघि बढ्न सकेन । फिर्के मापदण्डको विरोधमा स्थानीयले न्यायालयसम्म गुहारेका… Continue reading पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने