सुनसरीमा नेपाली सेनाको एकीकृत विपद् प्रतिकार्य

धरान (सुनसरी), ९ जेठः सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चौसठ्ठीबिघा (रास ताल)मा एकीकृत जिल्ला विपद् प्रतिकार्य ‘अभ्यास मनसुन–६’ सम्पन्न गरेको छ । मनसुनको समयमा कोशी प्रदेशमा हुनसक्ने सम्भावित प्राकृतिक विपद्लाई मध्यनजर गर्दै श्री नं २ बाहिनी अड्डाको आयोजनामा सम्पन्न अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न सरकारी र सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।… Continue reading सुनसरीमा नेपाली सेनाको एकीकृत विपद् प्रतिकार्य

हिमाल आरोही शेर्पा र कार्कीलाई सम्मान

काठमाडौँ, ८ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई सम्मान गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा आज एक कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले उनीहरुलाई सम्मान गरे । सोही अवसरमा… Continue reading हिमाल आरोही शेर्पा र कार्कीलाई सम्मान

रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता

गण्डकी, ८ जेठ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित गीतेन्द्रबाबु राई (जिवी) र छविलाल जोशीको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने आदेश गरेको छ । जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले सहकारी ठगीतर्फको अभियोग दाबी कायम रहने तर अन्य मुद्दा अभियोग दाबी कायम नरहने गरी संशोधन गरिएको कास्की जिल्ला अदालतका… Continue reading रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता

महोत्तरीमा डुबेर एकैदिन चार बालिकाको मृत्यु

जलेश्वर (महोत्तरी), ८ जेठ । महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज जिल्लाको मनरासिस्वा नगरपालिका–७ सरपल्लो गाउँको नदीमा तीन बालिका र गौशाला नगरपालिका–४ रजखोर गाउँमा एक बालिकाको डुबेर मृत्यु भएको हो । मनरासिस्वा नपा–७ सरपल्लोका वीरेन्द्र भण्डारीकी छोरीहरु १२ वर्षीया स्नेहाकुमारी र छ वर्षीया शिवानीकुमारी तथा अजिज नदाफकी… Continue reading महोत्तरीमा डुबेर एकैदिन चार बालिकाको मृत्यु

गर्मीले भारतमा बिजुली खपतको कीर्तिमान

A worker removes dead fish from the Sanjay Lake, which partially dried up amid a heatwave in New Delhi on May 22, 2026. Workers on May 22 scooped up dead fish floating on the surface of the Sanjay city park lake in Delhi, which died as the water shrank after days of relentless summer sun. (Photo by Arun SANKAR / AFP)

नयाँदिल्ली, ८ जेठ (रासस–एएफपी) । भारतमा बढ्दो गर्मीका कारण शीतलन उपकरणको प्रयोग तीव्र रूपमा बढेपछि देशको बिजुली मागले लगातार नयाँ कीर्तिमान बनाएको छ । भीषण गर्मीबीच ऊर्जा उत्पादकहरूले रेकर्ड स्तरमा विद्युत् उत्पादन गर्दै देशको अहिलेसम्मकै उच्च माग पूरा गरेका छन् । भारतको ऊर्जा मन्त्रालयका अनुसार बिहीबार लगातार चौथो दिन देशको चरम बिजुली मागले नयाँ सर्वकालिक… Continue reading गर्मीले भारतमा बिजुली खपतको कीर्तिमान

एमाले सचिवालय बैठक भोलि पुनः बस्ने, आज उठ्यो नेतृत्व परिवर्तनको विषय

file

भक्तपुर, ८ जेठ । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले समीक्षात्मक धारणा प्रस्तुत गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज ११ः०० बजे बसेको केन्द्रीय सचिवालय बैठकमा छ घण्टाभन्दा बढी पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा घनिभूत छलफल गरिएको छ । साँझ बैठकपछि सञ्चारकर्मीलाई बैठकबारे जानकारी दिँदै पार्टीका उपमहासचिव लेखराज… Continue reading एमाले सचिवालय बैठक भोलि पुनः बस्ने, आज उठ्यो नेतृत्व परिवर्तनको विषय

स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन अर्थलाई समितिको निर्देशन

अर्थ समिति बैठक काठमाडौँ, ८ जेठ : अर्थ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठक ।तस्बिर : गोपाल दाहाल/रासस

काठमाडौँ, ८ जेठ । प्रतिनिधिसभा, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न र विद्यमान कर तथा भन्सार महसुलको पुनरावलोकन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले उक्त निर्देशन दिएको हो । समिति सभापति रहबर अन्सारीले नेपाली उद्योगले लामो समयदेखि आफ्नो प्रतिस्पर्धात्मक क्षमता घट्दै गएको गुनासो गरिरहेको… Continue reading स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन अर्थलाई समितिको निर्देशन

विश्वकप क्रिकेट लिग–२ : अमेरिकाविरुद्ध नेपालको सानदार जित

८ जेठ, काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ दशमलव दुई ओभरमा १९५ रन बनाउँदा अलआउट भयो । अमेरिकालाई अलआउट गर्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए… Continue reading विश्वकप क्रिकेट लिग–२ : अमेरिकाविरुद्ध नेपालको सानदार जित

नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा सिसि क्यामरा जडान गरिने

file

काठमाडौँ, ८ जेठः काठमाडौँको चन्द्रागिरि नगरपालिकामा सिसि क्यामेरा जडान गर्न नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।काठमाडौँ उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने चन्द्रागिरि नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडक तथा वडा कार्यालय जाने बाटोमा सिसि क्यामरा जडान गर्न बिहीबार नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नगरपालिका क्षेत्रभित्रको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन सिसि… Continue reading नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा सिसि क्यामरा जडान गरिने

छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदै

मुस्ताङ, ८ जेठः छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको सहज पदयात्राका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले यहाँका पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति सुरु गरेको हो । एक्याप लोमान्थाङ र एक्याप जोमसोम कार्यक्षेत्र भित्र रहेका स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समिति (सिएमसी)ले बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि… Continue reading छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदै

पाकिस्तानी प्रधानमन्त्रीको सरिफको बेइजिङ भ्रमण तय

File : (260411) -- ISLAMABAD, April 11, 2026 (Xinhua) -- Pakistani Prime Minister Shehbaz Sharif (R) meets with Iranian Parliament Speaker Mohammad Bagher Ghalibaf in Islamabad, Pakistan, on April 11, 2026. (Xinhua)

बेइजिङ, ८ जेठ (रासस–एएफपी) । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ आगामी शनिबारदेखि मङ्गलबारसम्म चीनको राजधानी बेइजिङको औपचारिक भ्रमणमा जाने भएका छन् । यो भ्रमणलाई क्षेत्रीय कूटनीति र मध्यपूर्वको जारी तनावबीच रणनीतिक छलफलका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।चीन र पाकिस्तान दुवै देशले हाल मध्यपूर्वमा जारी द्वन्द्वलाई मध्यस्थतामार्फत समाधान गर्ने प्रयासमा सक्रिय भूमिका खेल्दै आएका छन्… Continue reading पाकिस्तानी प्रधानमन्त्रीको सरिफको बेइजिङ भ्रमण तय

अफ्रिकी राष्ट्रहरूमा इबोलाको प्रकोपपछि चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगित

FILE - A health worker sprays disinfectant on his colleague after working at an Ebola treatment center in Beni, eastern Congo, Sept 9, 2018. (AP Photo/Al-hadji Kudra Maliro, File)

नयाँदिल्ली, ८ जेठ (रासस–एएफपी) । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोपपछि भारत र अफ्रिकी सङ्घले अर्को हप्ता नयाँ दिल्लीमा हुने तय भएको शिखर सम्मेलन स्थगित गरेका छन्। “महाद्वीपमा फैलिँदो अवस्थामा रहेको इबोला सङ्क्रमणको प्रकोपलाई ध्यानमा राख्दै दुवै पक्ष चौथो भारत–अफ्रिका शिखर सम्मेलनलाई स्थगित गर्न सहमत भएका छन्,” भारतीय विदेश मन्त्रालयद्वारा दिइएको जानाकारीमा भनिएको छ। भारत–अफ्रिका… Continue reading अफ्रिकी राष्ट्रहरूमा इबोलाको प्रकोपपछि चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगित

स्पेसएक्सको ऐतिहासिक आइपिओ तयारी

CNN

न्युयोर्क, ८ जेठ (रासस–एपी) । एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपिओ) ल्याउने तयारी सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरिएको प्रोस्पेक्टसअनुसार कम्पनीले दर्जनौँ अर्ब डलर बराबरको सेयर बिक्री योजना अघि सारेपछि यसले विश्व वित्तीय बजारमा ठूलो चासो र बहस सिर्जना गरेको छ । फाइलिङले देखाएअनुसार स्पेसएक्सले गत वर्ष आठ… Continue reading स्पेसएक्सको ऐतिहासिक आइपिओ तयारी

श्रम सन्धिमा हडतालको अधिकार सुरक्षित’

द हेग, ८ जेठ (रासस–एएफपी) । संयुक्त राष्ट्रसङ्घको उच्च अदालत (आइसिजे) ले बिहीबार अन्तर्राष्ट्रिय श्रम सङ्गठनको एक प्रमुख सन्धिमा हडतालको अधिकारलाई सुरक्षित गरेको फैसला सुनाएको छ । यो निर्णयले विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभाव पार्न सक्छ । ‘महासन्धि (कन्भेन्सन) ८७’ भनेर चिनिने सन् १९४८ को आइएलओ सन्धिले श्रमिकहरूको हडताल गर्ने अधिकारलाई अन्तर्निहित रूपमा स्थापित गरेको… Continue reading श्रम सन्धिमा हडतालको अधिकार सुरक्षित’

मध्यपूर्व सङ्कट समाधानका लागि सबै मोर्चामा युद्ध अन्त्य गर्ने लक्ष्य : बाघाई

File TOPSHOT - Iranians react during a rally to commemorate the death of the country's slain supreme leader Ayatollah Ali Khamenei in Tehran on April 9, 2026. Thousands of Iranians paid tribute on April 9 to the late supreme leader Ali Khamenei, who ruled the country for nearly four decades until his killing in US-Israeli strikes at the start of the Middle East war. (Photo by AFP) /

तेहरान, ८ जेठ (रासस–एएफपी) । इरानले अमेरिकासँगको शान्ति वार्तामा आफ्नो प्राथमिकता सबै मोर्चामा युद्ध अन्त्य गर्नु रहेको बताएको छ । “अहिले हाम्रो प्राथमिकता लेबनानलगायत सबै मोर्चामा युद्ध अन्त्य गर्नु हो,” विदेशमन्त्रालयका प्रवक्ता बाघाईले भने। “तेहरानका मुख्य मागहरूमा रोक्का गरिएको इरानी सम्पत्तिको फुकुवा, समुद्री मार्गमा कथित अवरोधहरू हटाउने र इरानी जहाजहरूलाई लक्षित गर्ने कारबाही बन्द गर्ने… Continue reading मध्यपूर्व सङ्कट समाधानका लागि सबै मोर्चामा युद्ध अन्त्य गर्ने लक्ष्य : बाघाई

इरानी युरेनियमको भण्डार विदेशमा स्थानान्तरण गर्न नसकिने : सर्वोच्च नेता खामेनी

Milad telecommunication tower, right, and other buildings are seen during a cloudy sunset in Tehran, Iran, Sunday, April 5, 2026. (AP Photo/Vahid Salemi)

तेहरान, ८ जेठ (रासस–एएफपी) । इरानका सर्वोच्च नेता मोजतबा खामेनीले एक निर्देशन जारी गर्दै देशको संवर्धित युरेनियमको भण्डारलाई विदेशमा स्थानान्तरण गर्न नसकिने बताएका छन् । नाम नबताउने सर्तमा एक स्रोतले भन्यो, “सर्वोच्च नेताको निर्देशन र संवर्धित युरेनियमको भण्डारले देश छोड्नु हुँदैन भन्ने संस्थापनभित्रको सहमति हो।” स्रोतका अनुसार संवर्धित सामग्री विदेशमा पठाउँदा देश अमेरिका र इजरायलको… Continue reading इरानी युरेनियमको भण्डार विदेशमा स्थानान्तरण गर्न नसकिने : सर्वोच्च नेता खामेनी

इरानमा युद्धका लागि ’बलिदान’ गर्न तयार जोडीका लागि सामूहिक विवाह

File : People wave Iranian flags and chant slogans in a memorial for school children who were killed during a strike on a school in southern town of Minab on Feb. 28, in downtown Tehran, Iran, Tuesday, April 7, 2026. (AP Photo/Vahid Salemi)

तेहरान, ८ जेठ (रासस–एएफपी) । इरानका अधिकारीहरूले अमेरिका र इजरायलविरुद्धको युद्धमा आफ्नो जीवन बलिदान दिन तयार रहेको घोषणा गर्दै राज्य–प्रायोजित योजनामा हस्ताक्षर गरेका जोडीहरूका लागि तेहरानमा सामूहिक सार्वजनिक विवाह आयोजना गरेका छन् । सोमबार राति आयोजित समारोहमा राजधानीका धेरै प्रमुख चोकहरूमा सयौँ जोडीहरू सहभागी भएका थिएभने मध्य तेहरानको इमाम हुसेन स्क्वायरमा १०० भन्दा बढी जोडी… Continue reading इरानमा युद्धका लागि ’बलिदान’ गर्न तयार जोडीका लागि सामूहिक विवाह

‘विश्व स्वास्थ्य सङ्गठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध’

काठमाडौँ, ८ जेठः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयेससबीच भेटवार्ता भएको छ । स्वीटजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठनले आयोजना गरेको ७९औँ विश्व स्वास्थ्य सभाका क्रममा उनीहरुबीच भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । मन्त्री मेहताले विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोससँगको भेट… Continue reading ‘विश्व स्वास्थ्य सङ्गठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध’

ऋण खोजेर सुरु गरेको तरकारीखेतीले सोवितलाई दिलाएको पहिचान

सन्तोष गौतम–राससम्याग्दी, ८ जेठ । तीस वर्षअघि साथमा रु एक सय नभएर तरकारीको बीउ किन्न नसकेका बेनी नगरपालिका–२ खबराका ५० वर्षीय सोवित शर्माको जीवनमा माटोसँगको मित्रताले नाम, दाम र पहिचान दिलाएको छ । “ऋण खोजेर रु १५० को बीउ किनेर २०५२ साल असारमा धानको बदला बन्दा र काउली रोप्दा छिमेकीहरूले मति बिग्रिएको भने”, शर्मा सम्झन्छन्,… Continue reading ऋण खोजेर सुरु गरेको तरकारीखेतीले सोवितलाई दिलाएको पहिचान

लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

रासससिरहा, ८ जेठ । यहाँको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ तीव्रगतिमा अघि बढाइएको उक्त अस्पतालको भौतिक पूर्वाधार निर्माण करिब ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । नगरपालिका र निर्माण व्यवसायीबीच भएको सम्झौताअनुसार आगामी असार १५… Continue reading लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

आलुखेतीबाट आत्मनिर्भर बन्दै किसान

दशरथचन्द (बैतडी), ८ जेठः बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान केशव विष्ट यस वर्ष आलु राम्रो फल्ने आशामा छन् । वार्षिक आलुखेतीबाट आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका विष्ट उत्पादनसँगै आम्दानी पनि बढ्ने भएकाले दङ्ग छन् । “समयमै पानी परेका कारण उत्पादन राम्रो हुने आशामा छौँ । खेतहरू आलुखेतीले हरियाली भएका छन्”, विष्टले… Continue reading आलुखेतीबाट आत्मनिर्भर बन्दै किसान

कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खननमा तीन महिना रोक

कास्की, ८ जेठः कास्की जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि तीन महिना रोक लगाइने भएको छ । जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिको बिहीबार बसेको बैठकले आगामी असारदेखि भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले जानकारी दिए । अनुगमन समितिका संयोजकसमेत रहनुभएका पौडेलले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री… Continue reading कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खननमा तीन महिना रोक

मेची रङ्गशालामा ‘फ्लडलाइट’ जडानका लागि त्रिपक्षीय सम्झौता

झापा, ८ जेठ । भद्रपुरस्थित ऐतिहासिक मेची रङ्गशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालन गर्न फ्लडलाइट (उच्च क्षमताको प्रकाश प्रणाली) जडान कार्य अघि बढाइएको छ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ मा रु तीन करोड ५० लाख बजेट विनियोजन गरेसँगै यो प्रक्रियाले गति लिएको हो । झापाकै सबैभन्दा पुरानो खेलकुद मैदानका रूपमा परिचित मेची रङ्गशालामा… Continue reading मेची रङ्गशालामा ‘फ्लडलाइट’ जडानका लागि त्रिपक्षीय सम्झौता

आजको मौसमः पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा

काठमाडौँ, ८ जेठः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज… Continue reading आजको मौसमः पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा

उत्तर भारतमा भीषण गर्मीले जनजीवन प्रभावित

Commuters rest at a roadside cooling station set up by the government to provide relief for people from the intense summer heat in New Delhi, India, Wednesday, May 20, 2026. (AP Photo/Manish Swarup)

नयाँदिल्ली, ७ जेठ (रासस–एपी) । उत्तर भारतमा चर्किएको अत्यधिक गर्मीको लहरले दैनिक जनजीवन अस्तव्यस्त बनाएको छ । दिनको समयमा सडक र बजारहरू प्रायः सुनसान बनेका छन् भने किसानदेखि व्यापारीसम्मले असह्य तापक्रमबाट बच्न आफ्नो काम गर्ने समय नै राततर्फ सार्न बाध्य भएका छन् । तापक्रम निरन्तर बढ्दै जाँदा भारतका धेरै भागमा जीवनशैलीमै ठूलो परिवर्तन देखिएको छ… Continue reading उत्तर भारतमा भीषण गर्मीले जनजीवन प्रभावित

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ, ७ जेठः आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका लागि भारतीय गृहमन्त्री अमित साहले ४० किलो चन्दन अर्पण गरेका छन् । भारतीय गृहमन्त्रीले पठाएको चन्दन प्रतिनिधिसभा सदस्य सन्दीप रानाको संयोजनमा पशुपतिनाथका मूल अर्चक गणेश भट्टलाई हस्तान्तरण गरिएको हो । भारतबाट पशुपतिनाथको शिरमा श्रीयन्त्र पूजा गर्न प्रत्येक वर्ष विशेष प्रकारको चन्दन अर्पण हुने गरेको… Continue reading भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ, ७ जेठ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नौ विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाडाँै महानगरपालिका–२६ ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । ठमेल क्षेत्रमा हिँड्ने पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख दिइरहेको अवस्थामा… Continue reading ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

विपक्षीको विरोधका बीच सभामुखले पेलेरै चलाए संसद

काठमाडाैँ,७ जेठ । प्रतिनिधिसभाकाे बिहीबार बसेकाे बैठकमा विपक्षी दल नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपाका सांसदहरू वेलमा गएर नाराबाजीसहित विराेध गर्दै । तस्बिर ः रत्न श्रेष्ठ,रासस

काठमाडौँ, ७ जेठः प्रतिनिधिसभाको आजको बैठकबाट तीन वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । प्रमुख प्रतिपक्षी दलको विरोधबीच ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने… Continue reading विपक्षीको विरोधका बीच सभामुखले पेलेरै चलाए संसद

महिला फुटबल टोलीको प्रगति प्रशंसनीयः मन्त्री पोखरेल

काठमाडौँ, ७ जेठः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि सरकारले सक्दो प्रयास गर्ने बताएका छन् । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टीमका खेलाडीलाई आज मन्त्रालयमा बिदाइ गर्दै मन्त्री पोखरेलले सीमित स्रोतसाधनका बाबजुद खेलाडीको सम्मान र खेलकुद विकासलाई प्राथमिकता दिइने उल्लेख… Continue reading महिला फुटबल टोलीको प्रगति प्रशंसनीयः मन्त्री पोखरेल

हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सांसदहरुको माग

सांसद खनाल काठमाडौँ, ७ जेठः सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्नुहुँदै सांसद केपी खनाल । तस्बिरः किरणराज विष्ट÷रासस

काठमाडौँ, ७ जेठः सांसदहरुले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान गर्न सदन मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद जयपति रोकायाले सरकारले वार्ता र संवादको माध्यमबाट दुई जिल्लाबीचको सीमा विवादबारे तत्काल समाधान खोज्न माग गरे । “हुम्ला र बाजुरा क्षेत्रको विवादलाई लिएर कर्णाली राजमार्ग नै अवरुद्ध भएको छ, राष्ट्रिय… Continue reading हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सांसदहरुको माग