उपनिर्वाचन मंसिरमा गर्न आयोगको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबिच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे सोमबार छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मङ्सिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ । प्रधानमन्त्री ओलीले जाडो समय… Continue reading उपनिर्वाचन मंसिरमा गर्न आयोगको सुझाव

प्राकृतिक विपत्तिका कारण २ महिनामा १७३ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण २ महिनामा बाढीपहिरो लगायतका विपद्‍मा परी १७३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना… Continue reading प्राकृतिक विपत्तिका कारण २ महिनामा १७३ जनाको मृत्यु

हिमालय एयरलाइन्सले कुवेतमा पुनः नियमित उडान गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले कुवेतमा काठमाडौंबाट सिधा उडान गर्ने भएको छ । २० अगस्ट २०२४ देखि कुवेतमा आफ्नो सिधा उडान सुरु गर्ने कम्पनीले जनाएको छ । कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीको अधिक माग सम्बोधन गर्दै हिमालयले पुनः उडान सुरु गर्न लागेको बताएको छ । कम्पनीले कुवेतका लागि जनरल सेल्स एजेन्टका रूपमा… Continue reading हिमालय एयरलाइन्सले कुवेतमा पुनः नियमित उडान गर्ने

एनसेलको सेवामा देशैभर समस्या

काठमाडौं । सोमबार निजि लगानीको टेलिकम सेवा प्रदायक एनसेलको सेवामा समस्या आएको छ । एनसेलबाट हुने कल, एसएमस र इन्टरनेट सेवा अवरुद्ध भएको छ । आफ्नो सेवामा समस्या आएपछि एनसेलले क्षमा माग्दै अवरुद्ध सेवा यथाशिघ्र सुचारु गर्नका लागि तदारुकताका साथ काम भईरहेको जनाएको छ ।एनसेलका अनुसार दिउँसो ३ः४८ बजेबाट यस कम्पनीले प्रवाह गर्दै आएका सेवाहरु… Continue reading एनसेलको सेवामा देशैभर समस्या

सेयर बजारमा नयाँ रेकर्ड

सेयर कारोबार रकममा अघिल्लो दिन बनेको उच्च रेकर्ड सोमबार तोडिएको छ । यस दिन २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो आइतबार २५ अर्ब २७ करोडको कारोबार भएको थियो । कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा सोमबार नेप्से परिसूचक ७०.८१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २९३१ अंकमा कायम… Continue reading सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं–भियतनाम सिधा चार्टर्ड उडान हुँदै

काठमाडौं । सिधा उडान सम्पर्क नभए भियतनाम र नेपालबीच पर्यटक आदानप्रदान गर्ने उद्देश्यले दुइटा चार्टर उडान हुने भएका छन् । काठमाडौंको हात्तीसारस्थित रुप्से होलिडेजले दशैंलगत्तै असोज ३० गते नेपालबाट कम्तीमा एक सय ५० पर्यटकलाई भियतनाम लैजाने भएको छ । त्यसै दिन भियतनामबाट १ सय ५० हाराहारी पर्यटक नेपाल आउने भएका छन् । रुप्से होलिडेजका प्रबन्ध… Continue reading काठमाडौं–भियतनाम सिधा चार्टर्ड उडान हुँदै

आज साउने अन्तिम सोमबार, शिवालयमा घुइंचो

काठमाडौं । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन… Continue reading आज साउने अन्तिम सोमबार, शिवालयमा घुइंचो

आज पनि देशैभर वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पनि मनसुनको न्यूनचापीय रेखा सरदरस्थानमै रहेको छ। अहिले कोशी, बागमती र गण्डकीमा साधारणदेखि आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। त्यस्तै बागमती प्रदेशको काभ्रे र मकवानपुरमा हल्का वर्षा भइरहेको छ । सोमबार दिउँसो सबै प्रदेशमा हल्का… Continue reading आज पनि देशैभर वर्षाको सम्भावना

ग्लोबल टी–२० लिगको उपाधि रोहित आवद्ध टीमले जित्यो

काठमाडौं । क्यानडामा सम्पन्न ग्लोबल टी–२० लिगको उपाधि नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेशनल्सले हात पारेको छ ।आइतबार राति सम्पन्न फाइनलमा टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले हराउन सफल भयो । ९७ रनको सामान्य लक्ष्य लक्ष्य ३० बल बाँकी हुँदै मात्र दुई विकेट गुमाएर पूरा गरेको हो । टोरोन्टोका लागि आन्द्रिस… Continue reading ग्लोबल टी–२० लिगको उपाधि रोहित आवद्ध टीमले जित्यो

पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका प्रथम, चीन अन्तिम दिन पछि पर्यो

काठमाडौं । पेरिस ओलम्पिक २०२४ चीनलाई पछि पार्दै अमेरिका प्रथम बनेको छ । दुई सातासम्म चलेको ओलम्पिकमा अमेरिका र चीन को अगाडि रहने भन्ने प्रतिस्पर्धा चलिरहेको थियो । अन्तिम दिन अमेरिकाले बाजी मार्न सफल भयो । पेरिस ओलम्पिकको अन्तिम दिन अमेरिकाले महिला बास्केटबलमा रोमाञ्चक स्वर्ण जितेपछिपछि पदक तालिकामा चीनलाई पछि पारेको हो । रोमाञ्चक खेलमा… Continue reading पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका प्रथम, चीन अन्तिम दिन पछि पर्यो

आज अन्तर्राष्ट्रिय युवा दिवस, विश्वभर मनाईंदै

काठमाडौं । २५ औं अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि मनाइँदै छ । ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नारासहित नेपालमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको आयोजनामा राष्ट्रपति रामचन्द्र पौडेलको सहभागितामा मूल समारोह हुँदै छ । त्यसअघि… Continue reading आज अन्तर्राष्ट्रिय युवा दिवस, विश्वभर मनाईंदै

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । शिष्टाचार भेटका लागि नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन् । प्रधानमन्त्री ओलीसमक्ष नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरे ।… Continue reading भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

कुलमानले प्राधिकरण सम्हालेको ८ वर्षमा आधा घट्यो विद्युत चुहावट

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत चुहावटलाई आधा घटाएको छ।आर्थिक वर्ष २०७२–७३ मा प्रणालीबाट २५.७८ प्रतिशत भइरहेको विद्युत चुहावटलाई यस अवधिमा आधा घटाएर गत आर्थिक वर्ष २०८०–८१ मा १२.७३ प्रतिशतमा सीमित गरिएको छ। विद्युत चुहावटमध्ये प्रसारण लाइनतर्फ ३.३३ प्रतिशत र वितरणतर्फ ९.४० प्रतिशत रहेको छ। आठ… Continue reading कुलमानले प्राधिकरण सम्हालेको ८ वर्षमा आधा घट्यो विद्युत चुहावट

पेरिस ओलम्पिकमा पनि पदकविहिन नेपाल

काठमाडौं । पेरिस ओलम्पिक २०२४ को अन्तिम दिन महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठ ७९ स्थानमा रहन पुगिन् । आइतबार सम्पन्न महिला म्याराथनमा सन्तोषी भन्दा पछाडी एक जना मात्र धावक रहिन् । ११ जना धावकले भने दौड बीच बाटोमै छाडेका थिए । संतोषिले २ घन्टा ५५ मिनेट ६ सेकेन्डमा दौड पूरा गरिन् । उनकै नाममा २… Continue reading पेरिस ओलम्पिकमा पनि पदकविहिन नेपाल

मिनरल वाटरमा भेटियो किरा, किम्ची रेष्टुरेन्टलाई जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेस्टुरेन्ट एन्ड फास्ट फुडलाई २ लाख जरिबाना तिराएको छ । गत शुक्रबार रेस्टुरेन्टको हलमा महानगरपालिकाले ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयमा महिला सञ्जाल संयोजक, वडा सदस्य, वडा सचिव र न्यायिक सहजकर्तालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको थियो । सोही क्रममा सिलबन्द प्रशोधित पानीको बोतल खोलेर गिलासमा खन्याइ पिउन थालेपछि… Continue reading मिनरल वाटरमा भेटियो किरा, किम्ची रेष्टुरेन्टलाई जरिवाना

स्वास्थ्य बीमाको रकम ५ लाख पुर्याउने स्वास्थ्य मन्त्रीको प्रस्ताव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको रकम ५ लाख पुर्याउने प्रस्ताव गरेका छन् । स्वास्थ्य क्षेत्रमा सुधारका योजना प्रस्तुत गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । स्वास्थ्य बीमामा सबै नागरिक नसमेटिएका, उपचार लिन जाँदा सास्ती ब्यहोर्नुपरेको बताए । मन्त्री पौडेलले स्वास्थ्य बीमालाई परिमार्जन गर्ने बताए । अहिले स्वास्थ्य बीमा मार्फत बीमितले १… Continue reading स्वास्थ्य बीमाको रकम ५ लाख पुर्याउने स्वास्थ्य मन्त्रीको प्रस्ताव

हवाई सुरक्षाबारे रक्षामन्त्री र नेपाली सेनाले के दिए सुझाव ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधारका विषयमा रक्षामन्त्री मानवीर राई, कामु प्रधान सेनापति अशोक सिंग्देलसँग छलफल तथा अनुभव आदानप्रदान गरेका छन् । छलफलका क्रममा नेपाली सेनाका अधिकारीहरुले तालिम र व्यवस्थापन,अवलम्बन गरेका असल अभ्यासका विषयमा छलफल भएकाे हाे। त्यस्तै भौगोलिक विविधता र मौसमी कारणले हुने दुर्घटनाको अन्त्य गर्नका लागि… Continue reading हवाई सुरक्षाबारे रक्षामन्त्री र नेपाली सेनाले के दिए सुझाव ?

अर्थमन्त्री र सचिवहरुबीच कार्य सम्पादन सम्झौता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्य सम्पादन करार सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा. रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबीच छुट्टा-छुट्टै कार्य सम्पादन करार सम्झौता भएको हो ।कार्य सम्पादन सम्झौतामा चालु आर्थिक वर्षमा गरिने कार्यक्रमहरु, लक्ष्यहरु र समयसीमा… Continue reading अर्थमन्त्री र सचिवहरुबीच कार्य सम्पादन सम्झौता

शरणार्थी शिविरबाट ओलम्पिक खेलेकी अफगानी खेलाडी किन घोषित भइन् अयोग्य ?

A cyclists rides on the Olympic rings during the Paris 2024 Olympic Games at La Concorde in Paris on August 5, 2024. (Photo by JEFF PACHOUD / AFP)

काठमाडौं । शरणार्थी ओलम्पिक टोलीका सदस्य अफगानिस्तानकी ’ब्रेकडान्सर’ मनीजा तलासलाई “अफगानी महिलालाई स्वतन्त्र गर’’ लेखिएको पहिरन प्रदर्शन गरेपछि पेरिस ओलम्पिकमा अयोग्य घोषित गरिएको छ । विश्व डान्सस्पोर्ट महासङ्घले शनिबार यसको जानकारी गराएको हो । २१ वर्षीया बी–गर्ल तलास नेदरल्यान्ड्सको इन्डिया सार्डजो विरुद्धको पहिलो प्रतिस्पर्धाको ठिक अघि शुक्रबार नारा सहितको निलो पहिरन पहिरिएर प्रस्तुत भएकी थिइन्… Continue reading शरणार्थी शिविरबाट ओलम्पिक खेलेकी अफगानी खेलाडी किन घोषित भइन् अयोग्य ?

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल वाग्मती र गण्डकी प्रदेशमा साधारणतय देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको तथा देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली… Continue reading कस्तो रहनेछ आजको मौसम ?

पेरिस ओलम्पिक : नेपाली खेलाडी संतोषीले आज म्याराथनमा प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाली म्याराथन धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक २०२४ मा आज महिला म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् । नेपालबाट यसपटक ओलम्पिकमा सहभागी ७ खेलाडीमध्ये एथ्लेटिक्सकी सन्तोषी चुनौती प्रस्तुत गर्ने अन्तिम नेपाली खेलाडी हुन् । सन्तोषी युनिभर्सियालिटी कोटाबाट पहिलोपटक ओलम्पिकमा सहभागी भएकी हुन् । दश दिनअघि नै पेरिस पुगेकी सन्तोषीले त्यहाँको वातावरणमा घुलमिल हुँदै अभ्यास गरेकी छन्… Continue reading पेरिस ओलम्पिक : नेपाली खेलाडी संतोषीले आज म्याराथनमा प्रतिस्पर्धा गर्दै

भारतीय विदेश सचिव आजबाट नेपाल भ्रमण गर्दै

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणमा आज काठमाडौं आउँदै छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री नेपाल आउन लागेका हुन् । नेपालमा कांग्रेस–एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो । विदेश सचिव बनेलगत्तै मिश्रीले पहिलो भ्रमण भने भुटानमा गरेका थिए । नेपाल भ्रमणका क्रममा उनले नेपाल(भारतको सम्बन्ध… Continue reading भारतीय विदेश सचिव आजबाट नेपाल भ्रमण गर्दै

गायक प्रकाश तिमिल्सिना मृत फेला

काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । उनी ललितपुर महानगरपालिका १८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको ललितपुर प्रहरीले जनाएको छ । तिमिल्सिना शनिबार राति ९ बजेतिर बेडमा मृत भेटिएका हुन् । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ ‘, ‘तिम्रो हातको… Continue reading गायक प्रकाश तिमिल्सिना मृत फेला

नेपाली र हिन्दी मिश्रित गीत अमेरिकाको टाइम्स स्क्वायरबाट सार्वजनिक

काठमाडौं । नेपाली र हिन्दी भाषा मिश्रित म्युजिक भिडियो झ्याइँ न्यूयोर्कको टाइम्स स्क्वायरबाट सार्वजनिक गरिएको छ । दुई ठूला स्क्रिन नास्दग र मिडटाउनबाट शनिबार उक्त म्युजिक भिडियो सार्वजनिक गरियो । अमेरिकी प्रडक्सन कम्पनी ‘एटमुन’ले नेपाली कलाकार र बलिउडका चर्चित प्रोडक्सन टिमसँगको सहकार्यमा बनाएको म्युजिक भिडियो निर्माणमा करिब १० करोड रुपैयाँ खर्च गरिएको छ । यो… Continue reading नेपाली र हिन्दी मिश्रित गीत अमेरिकाको टाइम्स स्क्वायरबाट सार्वजनिक

आन्दोलनपछि बंगलादेशमा प्रधानन्यायाधीशले समेत दिए राजिनामा

daily star

काठमाडौं । बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन्। उनको राजीनामा माग्दै आन्दोलनकारीहरू सर्वोच्च अदालत परिसर घेरेपछि प्रधानन्यायाधीश हसनले राजीनामा दिएका हुन्। शनिबार बिहानदेखि सयौंको संख्यामा सर्वोच्च अदालत परिसर पुगेका आन्दोलनकारीहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए। आन्दोलनकारीहरूले उनलाई राजीनामा गर्नका लागि दिउँसो १ बजेसम्मको अल्टिमेटमसमेत दिएका थिए। अल्टिमेटमअघि नै अदालत परिसरमा उपस्थित भएका… Continue reading आन्दोलनपछि बंगलादेशमा प्रधानन्यायाधीशले समेत दिए राजिनामा

प्रधानमन्त्री भन्छन् : मलाई राज्यबाट केही लिनु छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राष्ट्रको सम्पत्ति दुरुपयोग नगर्ने बताएका छन् । शनिबार लायन्स क्लबले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले आफ्नो उद्देश्य मुलुकको गरिबी घटाउने र सुव्यवस्था दिनेमा रहेको बताए । नेपालका २० प्रतिशत मानिसहरु अझै गरिबीको रेखामुनि रहेको र उनीहरुले आफ्नो छोराछोरीलाई पेटभरि खान दिन नसक्ने अवस्था रहेको ओलीले बताए । ती… Continue reading प्रधानमन्त्री भन्छन् : मलाई राज्यबाट केही लिनु छैन

काठमाडौंमा घरको छतबाट हाम फालेका २१ वर्षिय युवकको ज्यान गयो

काठमाडौं । त्रिवि शिक्षण अस्पतालसँगैको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हाम फालेका एक युवकको ज्यान गएको छ । सेन्टरको छैटौं तलामा रहेको एस क्याफेको छतबाट हामफाल्दा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षका स्वरुपराज आचार्यको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हामफालेपछि घाइते भएको उनको मनमोहन कार्डियो सेन्टरमा नै उपचार गरिएको… Continue reading काठमाडौंमा घरको छतबाट हाम फालेका २१ वर्षिय युवकको ज्यान गयो

नेपालको लैङ्गिक अनुपात चीनसरह पुग्यो, भविश्यमा हुन सक्न बेहुली नपाउने समस्या

काठमाडौं । नेपालमा पछिल्लो लैङ्गिक अनुपात खतराउन्मुख जाँदा अर्को पुस्तामा समस्या देखिने चेतावनी दिइएको छ । अर्को पुस्ताले विवाहका लागि बेहुली नै नपाउन सक्ने समस्या सम्म भोग्नु पर्नेछ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार राष्ट्रिय जनगणनाको बालबालिका सम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । जसअनुसार हाल देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका (० देखि १७… Continue reading नेपालको लैङ्गिक अनुपात चीनसरह पुग्यो, भविश्यमा हुन सक्न बेहुली नपाउने समस्या

इजरायल र लेवनानमा रहेका नेपालीलाई सतर्क रहन आह्वान

File : REUTERS\BBC

काठमाडौं । इजरायल र लेबनानका हिजबुल्लाह समूहबिच तनाव बढ्दै गएपछि दुवै देशमा रहेका नेपाली श्रमिकलाई सचेत रहन सम्बन्धित देशका नेपाली दूतावासले अनुरोध गरेका छन् । इजरायलस्थित नेपाली दूतावास र लेबनान हेर्ने इजिप्टको कायरो दूतावासले इजरायल र लेबनान पक्षबिच हुन सक्ने युद्धलाई ध्यानमा राख्दै सुरक्षित हुन त्यहाँ रहेका नेपालीलाई अनुरोध गरेको हो । गत अक्टोबरमा हमासले… Continue reading इजरायल र लेवनानमा रहेका नेपालीलाई सतर्क रहन आह्वान

ब्राजिलमा यात्रुबाहक जहाज दुर्घटना, ६१ जनाको मृत्यु

AP

काठमाडौं । ब्राजिलमा यात्रुवाहक जहाज दुर्घटनामा परी ६१ जनाको मृत्यु भएको छ। ब्राजिलको साओ पाउलो नजिक विन्हेडो सहरमा शुक्रबार स्थानीय समयअनुसार दिउँसो साढे १ बजे वोयपास एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटनामा परेको हो । त्यसमा सवार सबै यात्रुको मृत्यु भएको छ । जहाजमा ५७ यात्रु र चालक दलका ४ सदस्य रहेको एयरलाइन्सलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले… Continue reading ब्राजिलमा यात्रुबाहक जहाज दुर्घटना, ६१ जनाको मृत्यु