कसरी सम्भव भयो ह्वाइट हाउसमा ट्रम्पको पुनरागमन ?

काठमाडौं । डोनल्ड ट्रम्पले फेरि निर्वाचन जितेर देखाइदिएका छन्। आठ वर्षअघि हिलरी क्लिन्टनलाई अनपेक्षित रूपमा पराजित गरेको र चार वर्षअघि उनलाई जो बाइडनले विस्थापित गरेकोमा पूर्वराष्ट्रपति ट्रम्प पुनः ह्वाइट हाउस फर्कने निश्चित भएको छ। ब्याटलग्राउन्ड स्टेट्स भनिने महत्त्वपूर्ण राज्यहरूमा प्राप्त ठूलो विजय र लगभग अमेरिकाभरि नै पहिलेको दाँजोमा उनलाई प्राप्त सुधारिएको मत सङ्ख्याको आडमा उनले… Continue reading कसरी सम्भव भयो ह्वाइट हाउसमा ट्रम्पको पुनरागमन ?

प्रधानमन्त्रीले दिए ट्रम्पलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । ट्रम्प निर्वाचित भएको घोषणा भएपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिंदै कार्यकाल सफलताको शुभकामना दिएका हुन् । प्रधानमन्त्री ओलीले ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।… Continue reading प्रधानमन्त्रीले दिए ट्रम्पलाई बधाई

छठको मूख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा आराधना

काठमाडौं । सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन हो । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् । आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ । छठको मुख्य दिन भएकाले आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । काठमाडौं उपत्यकासहित तराई… Continue reading छठको मूख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा आराधना

अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ’ : ट्रम्प

काठमाडौं । फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै डोनल्ड ट्रम्पले उनीहरूले भविष्यमा आजको दिनलाई फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्त्वपूर्ण दिनमध्ये एक मान्ने’ बताए। “अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ,” उनले सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण पुनर्स्थापित भएको तर्फ इँगित गर्दै भने। अब सीमा व्यवस्थापन गर्ने, देशलाई (विभाजनको पीडाबाट) अघि… Continue reading अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ’ : ट्रम्प

फक्सको घोषणा : ट्रम्प विजयी

अमेरिकी समाचार संस्था फक्स न्युजले अमेरिकी निर्वाचनबाट डोनाल्ड ट्रम्प राष्ट्रपति पदमा विजयी भएको घोषणा गरेको छ । यद्यपि धेरै स्थानको मतगणना जारी छ । ट्रम्पको निर्वाचन अभियानको मुख्यालयमा कार्यकर्ता र समर्थकको भिड लागेको छ । मत गणनाको रुझान विजयका लागि आवश्यक २७० इलेक्टोरल कलेज मत को नजिकै पुग्ने देखिएको छ । ट्रम्पले फ्लोरिडामा सम्बोधनको तयारी… Continue reading फक्सको घोषणा : ट्रम्प विजयी

काठमाडौको ८ ठाउँमा छ्ठ मनाइदै

काठमाडौं । तिहारको समापनसँगै छठ पर्वको हर्षेल्लाष शुरू भएको छ । छठ पर्व सूर्यदेवको अनुष्ठान हो । हरेक मानवले जन्मदेखि मृत्युपर्यन्त देख्ने विशालकाय शक्ति अनि उर्जा केन्द्र सूर्यसँगको मानवको सहअस्तित्वसँगै सांस्कृतिक पृष्ठभूमि पनि जोडिएको छ छठसँग । तराईको केहि क्षेत्र केन्द्रित मनाइने छठ पर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलित हुँदै आएको छ… Continue reading काठमाडौको ८ ठाउँमा छ्ठ मनाइदै

अमेरिकी निर्वाचन : ट्रम्पको सुरुवाती अग्रता

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक मत गणनामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् । ट्रम्पले ९९ स्थानमा र डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले २५ स्थानमा अग्रता लिएकी छन् । राष्ट्रपति निर्वाचनका लागि मंगलबार मतदान भएको थियो । बीबीसीका अनुसार प्रारम्भिक नतिजामा डोनाल्ड ट्रम्पले इण्डियाना, वेष्ट भर्जिनिया, केन्टकी, मिसौरी, ओक्लोहामा, अल्बामा, अर्कानास, टेनिसी, फ्लोरिडा, साउथ… Continue reading अमेरिकी निर्वाचन : ट्रम्पको सुरुवाती अग्रता

अमेरिकी निर्वाचनको विज्ञापन खर्च झण्डै १५ खर्ब

काठमाडौं । अमेरिकी चुनावका लागि डेमोक्रयाट्स र रिपब्लिकन्स दुवै दलका उम्मेदवारहरूले कुल १० अर्ब ५० करोड डलर (करीव १४ खर्ब ७० अर्ब रुपैयाँ) विज्ञापनमा खर्च गरेको पाइएको छ । डेमोक्य्राक्ट्सले ५.१ अर्ब डलर र रिपब्लिकन्सले ४.१७ अर्ब डलर खर्च गरेका छन् । बाँकी १.३६ अर्ब डलर स्वतन्त्र समूहहरूले चुनावी विज्ञापनमा खर्च गरेका छन् । रेडियो,… Continue reading अमेरिकी निर्वाचनको विज्ञापन खर्च झण्डै १५ खर्ब

हिमाल आइरनले विद्युत महसुलबारे दायर गरेको रिट खारेज, महसुल तिर्नुपर्ने

काठमाडौं । हिमाल आइरन एनड स्टिल प्रालिले डेडिकेटेड र ट्रंकलाइन मार्फत विद्युत् उपभोग गरेको रकम नतिर्न पर्ने आदेश माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । रिट खारेजीसँगै हिमाल आइरन एन्ड स्टिल प्रालिले अब नेपाल विद्यत् प्राधिकरणले तोकेको डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकम तिर्नुपर्ने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधिस प्रकाशमान सिंह… Continue reading हिमाल आइरनले विद्युत महसुलबारे दायर गरेको रिट खारेज, महसुल तिर्नुपर्ने

नेपाल-भारत विद्युत सम्झौताको विरुद्धमा परेको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले नेपाल र भारतबीच भएको विद्युत व्यापार सम्झौताविरुद्धको रिट निवेदन खारेज गरेको छ । सूर्यनाथ उपाध्यायको रिट सुनुवाइ गर्दै सर्वोच्चले खारेज हुने ठहर गरेको हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको पूर्ण इजलासले नेपाल(भारत विद्युत व्यापार सम्झौता खारेजीको माग गर्दै दायर रिट खारेजको आदेश… Continue reading नेपाल-भारत विद्युत सम्झौताको विरुद्धमा परेको रिट खारेज

प्रधानमन्त्री अस्वस्थ, नियमित भेटघाट बन्द

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएपछि उनले नियमित भेटघाट कार्यक्रम स्थगित गरेका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार सामान्य ज्वरो आएका कारण मङ्गलबार अत्यावश्यकबाहेक अन्य भेटघाट र कार्यक्रम प्रधानमन्त्रीले स्थगित गरेका छन् । उनी अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुावटारमा आराम गरिरहेका छन् । उनको रगतको परीक्षण भइरहेको बताइएको छ ।

अमेरिकामा राष्ट्रपति छान्न मतदान जारी

File Photo Source : CTV news

काठमाडौं । विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु भएको छ । अमेरिकी समय अनुसार मङ्गलवार बिहान ६ः३० बजेदेखि साँझ ७ः३० सम्म मतदान गर्ने समय तोकिएको छ । सोमवार साँझसम्म करिब आठ करोड मतदाताले स्वयं उपस्थित भएर वा हुलाकमार्फत अग्रिम मतदान गरिसकेका छन् । निर्वाचनअघि नै यति धेरै प्रतिशत मतदान भएको यो दोस्रो… Continue reading अमेरिकामा राष्ट्रपति छान्न मतदान जारी

रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अनुमति

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ । दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी म्याद थप भएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेमाथि… Continue reading रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अनुमति

दीपक मनाङ्गे ज्यान मार्ने उद्योगमा दोषि ठहर

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको हो। तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । दीपक… Continue reading दीपक मनाङ्गे ज्यान मार्ने उद्योगमा दोषि ठहर

अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना कसरी हुन्छ ?

File Photo Source : CTV news

काठमाडौं । संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति छान्न मङ्गलवार नोभेम्बर ५ का दिन मतदान हुँदै छ। प्रतिस्पर्धा कति कसिलो हुन्छ त्यसका आधारमा मतदान सकिएको केही घण्टा, दिन वा कहिलेकाहीँ कैयौँ दिनसम्म पनि विजेता को भएको छ भन्ने छुट्ट्याउन गाह्रो हुन सक्छ। डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस र रिपब्लिकन पार्टीका डोनल्ड ट्रम्पबीच निकै कडा प्रतिस्पर्धा हुने देखिएको… Continue reading अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना कसरी हुन्छ ?

हिमाली भेगमा हिमपात सुरु, कस्तो रहनेछ आजको मौसम ?

सांकेतिक तस्वीर

काठमाडौं । आज पनि देशका थोरै ठाउँमा वर्षा भइरहेको छ । पहाडी भू–भागका एक–दुई स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेश देशका पहाडी भू–भागका थोरै र बाँकी… Continue reading हिमाली भेगमा हिमपात सुरु, कस्तो रहनेछ आजको मौसम ?

सर्लाहीमा पोखरीमा डुब्यो कार, दुई जनाको मृत्यु

काठमाडौं । सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार आज बिहान सर्लाहीकै ईश्वरपुर नगरपालिका २ मियाँखोरस्थित पोखरीमा डुबेको छ । डुबेको कारमा गौशाला नगरपालिका १० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका ८ का ३७ वर्षीय रामाकान्त ठाकुर सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी… Continue reading सर्लाहीमा पोखरीमा डुब्यो कार, दुई जनाको मृत्यु

मुस्ताङ जाने सडक बन्द

file

काठमाडौं । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी राजकुमार केसीले सोमबार दिउँसोदेखिको वर्षातका कारण सडकमा पहिरो खसेर सवारी साधन आवत–जावत रोकिएको जानकारी दिए… Continue reading मुस्ताङ जाने सडक बन्द

छठ पर्व आजबाट सुरु

काठमाडौं । सूर्यदेवको उपासना गर्दै चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्व आजबाट विधिवत् रुपमा प्रारम्भ भएको छ । पहिलो दिन आज (मंगलबार) नहाय खाय मनाइँदै छ । आजको दिन ब्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने गर्छन् । पारिवारिक सुख(समृद्धि एवं सन्तानको कल्याणका लागि मनाइने यस पर्वको दोस्रो दिन बुधबार खरना परेको छ । बुधबार… Continue reading छठ पर्व आजबाट सुरु

नेपाल र स्कटल्याण्डबीचको खेल रद्द, अंक बाँडे

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल रद्द भएको छ । आँधीहुरीको सम्भावनापछि खेल रद्द गरिएको हो । वर्षाका कारण प्रभावित बनेको खेल ढिला सुरु भएको थियो । जहाँ खेल रोकिनुअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाएर २६ रन बनाएको थियो । डालासस्थित ग्राण्ड प्रेरी… Continue reading नेपाल र स्कटल्याण्डबीचको खेल रद्द, अंक बाँडे

अमेरिकामा राष्ट्र्पति पदको निर्वाचनमा आज मतदान

काठमाडौं । अमेरिकामा राष्ट्रपति चयन गर्न मतदान हुँदैछ । कमला ह्यारिस र डोनाल्ड ट्रमपबीच राष्ट्रपति चयनका लागि आज मतदान हुनेछ । पूर्वराष्ट्रपति ट्रम्प रिपब्लिकन हुन् । उपराष्ट्रपति कमला डेमोक्रेट हुन् । उनीहरूबीच उम्मेदवार चयन भएसँगै कडा प्रतिस्पर्धा हुँदै आएको छ । आज मतदान भएसँगै यो प्रतिस्पर्धा निष्कर्षमा पुग्नेछ । आज मतदान हुने भएपछि दुवै उम्मेदवारले… Continue reading अमेरिकामा राष्ट्र्पति पदको निर्वाचनमा आज मतदान

त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, १ वेपत्ता

काठमाडौं । सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका ४ स्थित त्रियुगा नदीमा डुबेर सोमबार दुई बालिकाको मृत्यु भएको छ। एकजना बेपत्ता भएका छन्।स्थानीय श्रवण महतोकी नौ वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी आठ वर्षीया छोरी जितनी सदाको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार रायले बताए । उनका अनुसार कञ्चनरुप नगरपालिका ४ जगतपुरस्थित… Continue reading त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, १ वेपत्ता

अर्घाखाँचीमा भैलो खेलिरहेको समूहलाई बसले ठक्कर दियो, २ जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र र घाइतको सङ्ख्या १८ पुगेको छ ।वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो । बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक… Continue reading अर्घाखाँचीमा भैलो खेलिरहेको समूहलाई बसले ठक्कर दियो, २ जनाको मृत्यु

डीभी भर्ने समय दुई दिन थप

काठमाडौं । अमेरिकाले डाइभर्सिटी भिसाको २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गरेको छ । यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको समयावधि दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको नेपाल स्थित अमेरिकी राजदूतावासले जनाएको छ । अमेरिकी दूतावासका अनुसार असोज १६ गते बुधबार राति ९:४५ बजेदेखि डीभी कार्यक्रममा आवेदन खुलला गरिएको थियो ।… Continue reading डीभी भर्ने समय दुई दिन थप

अमेरिकी निर्वाचन : २४ करोड मतदाता, कुन-कुन राज्य हुन स्वीङ स्टेट ?

planetware

काठमाडौं । २४ करोड अमेरिकी यस पटक राष्ट्रपतीय निर्वाचनमा मतदान गर्न योग्य छन्। सम्भवतस् तिनीहरूमध्ये तुलनात्मक रूपमा सानो सङ्ख्याले आउँदो राष्ट्रपति को बन्ने छ भन्ने प्रश्नको जबाफ निर्धारण गर्ने सञ्चारमाध्यमले लेखेका छन् । औँलामा गन्न सकिने राज्यहरूमा मात्रै डेमोक्र्याट् उम्मेदवार कमला ह्यारिस वा रिपब्लिकन्सका डोनल्ड ट्रम्पमध्ये जसले पनि जित हासिल गर्न सक्ने स्थिति रहेको बीबीसीले… Continue reading अमेरिकी निर्वाचन : २४ करोड मतदाता, कुन-कुन राज्य हुन स्वीङ स्टेट ?

यसरी सरल भाषामा बुझौ अमेरिकी निर्वाचन प्रक्रिया

AFP (Photo by KENA BETANCUR/Afp/AFP via Getty Images)

काठमाडौं\बीबीसी । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मङ्गलवार राती निर्वाचन हुँदैछ । मतदानलाई विश्वभरिका मानिसहरूले नजिकबाट नियालिरहेका छन्। अमेरिकी मतदाताले देशको राष्ट्रपतिसँगै कङ्ग्रेस भनिने त्यहाँको संसद्‌का सदस्य पनि चयन गर्दैछन् । जसले देशका नागरिकहरूको जीवनमा प्रभाव पार्ने महत्त्वपूर्ण कानुन पारित गर्न उल्लेख्य भूमिका निर्वाह गर्छन्। अमेरिकी राष्ट्रपतीय निर्वाचन नोभेम्बर ५ मा हुँदैछ। नेपाली समय अनुसार… Continue reading यसरी सरल भाषामा बुझौ अमेरिकी निर्वाचन प्रक्रिया

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा को अगाडी ?

Getty images

काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनको पछिल्लो सर्वेक्षण अनुसार कमला ह्यारिसले ट्रम्पमाथि थोरै अग्रता कायम राखेको देखिएको छ । एबीसी न्यूजको नयाँ तथ्यांकलाई हवाला दिंदै बीबीसीले कमला ह्यारिस र ट्रम्पबीच केवल १ प्रतिशतको अन्तर रहेको लेखेको छ । कमलालको पक्षमा ४८ प्रतिशत मतदाता रहँदा ट्रम्पको पक्षमा ४७ प्रतिशत छन् । कमला ह्यारिस जुलाईको अन्त्यमा चुनावी दौडमा… Continue reading अमेरिकी राष्ट्रपतीय निर्वाचनमा को अगाडी ?

स्पेनका राजालाई जब बाढी पिडितले गरे दुर्व्यवहार

काठमाडौं । स्पेनका राजा फिलिप छैटौंलाई बाढीग्रस्त क्षेत्र भ्यालेन्सिया क्षेत्रको भ्रमणको क्रममा रुष्ट बाढी पीडितले दुर्व्यवहार गरेकोखबर सार्वजनिक भएको छ ।बीबीसीका अनुसार बाढीबाट नराम्ररी प्रभावित उक्त क्षेत्रको भ्रमणमा पुगेका राजा फिलिपलाई रुष्ट भिडले ‘हत्यारा’ र ‘लाच पचाएको’ भन्दै माटो फ्याँकेका छन् । बाढी प्रभावित क्षेत्रमा आउन राजाले ढिला गरेको पनि प्रदर्शनकारीले बताएका छन् । क्रोधित… Continue reading स्पेनका राजालाई जब बाढी पिडितले गरे दुर्व्यवहार

विश्वकप लिग टु : आज नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेल स्कटल्याण्डसँग खेल्दैछ । नेपाल र स्कटल्याण्डबीचको खेल डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । स्कटल्याण्डविरुद्ध यसअघिको पहिलो खेल ५ विकेटले जितेको नेपाल त्यो प्रदर्शनलाई कायम राख्न चाहन्छ । तर घरेलु… Continue reading विश्वकप लिग टु : आज नेपाल र स्कटल्याण्ड भिड्दै

विश्वकप लिग २ : अमेरिकासङ्ग हार्यो नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ । यसअघि पहिलो खेलमा पनि अमेरिकासँग नेपाल ३ विकेटले पराजित भएको थियो । जितका लागि २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २४४ रन बनाउँदै अल आउट भयो । ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२… Continue reading विश्वकप लिग २ : अमेरिकासङ्ग हार्यो नेपाल