काठमाडौं । आईसीसी टी-२० विश्वकपमा सहआयोजक अमेरिकाले पाकिस्तानविरुद्ध सनसनीपूर्ण जित निकालेको छ। टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १५९ रन बनाएको थियो। सन् २००९ को विश्वकप विजेताविरुद्ध सुपर ओभरमा अमेरिकाले पाँच रनको जित निकाल्दै सनसनी मच्चाएको हो । उत्कृष्ट प्रदर्शन गरेको अमेरिकाले २० ओभरमा ३ विकेट क्षतिमा १५९ रन नै… Continue reading टी-२० विश्वकप : सुपर ओभरमा पाकिस्तानविरुद्ध अमेरिकाको सनसनीपूर्ण जित
Category: फिचर
फिफा विश्वकप छनोट : पाँच खेलमा नेपाल अंकबिहीन, खायो १८ गोल
काठमाडौं । फिफा विश्वकप २०२६ दोस्रो चरण छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो लेगमा पनि नेपाली राष्ट्रिय फुटबल टोली पराजित भएको छ। बिहीबार साउदी अरेबियाको प्रिन्स मोहम्मद बिन फाद रंगशालामा सम्पन्न खेलमा यूएईलाई जित दिलाउन हरिब अब्दल्लाह अलमुसारखले दुई गोल गरे । अलि सलेह र हजिम मोहम्मद अब्दुल्लाह अब्बासले एक गोल थपे । नेपाल… Continue reading फिफा विश्वकप छनोट : पाँच खेलमा नेपाल अंकबिहीन, खायो १८ गोल
१० वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताएका छन् । ‘डिजिटल’ रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनले आज आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उनले बजेटमार्फत १० वर्षमा रु ३० खर्बको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात… Continue reading १० वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल
सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाको १ लाख ४५ हजार पुग्यो
काठमाडौं । सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ४५ हजार रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।नेपाली बजारमा यो अहिलेसम्मकै धेरै हो । यसअघि हिजो छापावाल सुनको मूल्य सर्वाधिक १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी… Continue reading सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाको १ लाख ४५ हजार पुग्यो
सर्वोच्चको आदेश-‘दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिनू’
काठमाडौं । सर्वोच्च अदालतले झापाको बीएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन निर्देशनात्मक आदेश दिएको छ । न्यायाधीश डा.कुमार चुडाल र सारंगा सुवेदीको संयुक्त इजलासले काठमाडौं विश्वविद्यालय काभ्रेपलाञ्चोक र चिकित्सा शिक्षा आयोग, भक्तपुरका नाममा परमादेश जारी गरेको हो । गत चैत १२ गते भएको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै यस्तो आदेश दिएको हो । “…राष्ट्रिय चिकित्सा… Continue reading सर्वोच्चको आदेश-‘दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिनू’
सरकारले बोलायो भारत, अमेरिका, बेलायतसहित ११ देशका राजदूत फिर्ता
काठमाडौं । सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीवारको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका बेलायतलगायत देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। सत्ता गठबन्धनभन्दा बाहिरका दलको कोटामा राजदूत बनेकाहरुलाई फिर्ता बोलाइएको छ। भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, स्पेन, मलेसिया, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।… Continue reading सरकारले बोलायो भारत, अमेरिका, बेलायतसहित ११ देशका राजदूत फिर्ता
मुद्रा कोषले विस्तारित कर्जा सुविधा अन्तर्गत नेपाललाई ५ अर्ब ५९ करोड दिने
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को मिसन टोलीले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेको छ । कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा. टिडियान किन्डा नेतृत्वको मिसन टोलीले मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटेको हो । भेटमा कोषले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको चौथो किस्ता उपलब्ध गराउने विषयमा छलफल… Continue reading मुद्रा कोषले विस्तारित कर्जा सुविधा अन्तर्गत नेपाललाई ५ अर्ब ५९ करोड दिने
झिनो अंकले घट्यो नेप्से, एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ विन्दुमा झरेको हो । यसदिन ३२२ कम्पनीको ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रुपैयाँ बराबरको ८८ लाख १३ हजार ३७४ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ वटा… Continue reading झिनो अंकले घट्यो नेप्से, एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार
थानकोट-चित्लाङ सडकखण्ड असार २० गतेसम्म बन्द हुने
काठमाडौं । गणेशमान मार्गअन्तर्गत थानकोट–चित्लाङ सडकखण्ड आजदेखि आगामी असार २० गतेसम्म बन्द हुने भएको छ । सडक निर्माण कम्पनीले सडकको ‘ग्रेड’ उच्च रहेको र चौडाइ कम भएका स्थानमा ‘ब्रेकर’ प्रयोग गरी ‘ब्याक कटिङ’ र ‘ग्रेड डाउन’ गर्न लागिएको जनाउँदै बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सो सडकखण्ड बन्द हुने चन्द्रागिरि नगरपालिकाले जनाएको छ । नगरपालिकाका… Continue reading थानकोट-चित्लाङ सडकखण्ड असार २० गतेसम्म बन्द हुने
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १८ सयले बढ्यो
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले अहिलेसम्म कायम सबै मूल्यलाई उछिन्दै छापावाल सुन तोलामा १ लाख ४४ हजार रुपैयाँ कायम भएको हो । छापावाल सुनको मूल्य एकैदिन तोलामा १८ सय रुपैयाँले बढेर कारोबार भएको हो । बुधबार छापावाल सुन… Continue reading सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १८ सयले बढ्यो
नेपाल र यूएईबीच फिफा विश्वकप छनोटको खेल हुँदै
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका पौने १० बजे साउदी अरबको दम्माममा प्रिन्स मोहमद विन फहद स्टेडियममा शुरु हुनेछ । दशरथ रंगशालामा विश्वकप छनोटका खेल हुन अयोग्य भन्दै दुबै खेल साउदी अरबमा हुने भएको हो । नेपालले खेल आयोजना गर्न नसक्ने भएपछि साउदी अरबले… Continue reading नेपाल र यूएईबीच फिफा विश्वकप छनोटको खेल हुँदै
प्रचण्ड र मोदीबीच टेलिफोन वार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। भारत सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री प्रचण्डले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा संक्षिप्त कुराकानी भएको काठमाडौंस्थित भारतीय राजदूतावासले… Continue reading प्रचण्ड र मोदीबीच टेलिफोन वार्ता
आज कस्तो रहनेछ मौसम ?
काठमाडौं । काठमाडौं उपत्यकामा आज दिउँसो सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको तथा कोशी र बागमती प्रदेशका केही स्थान र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र… Continue reading आज कस्तो रहनेछ मौसम ?
६९ लाख स्रोत नखुलेको रकमसहित ४ चिनियाँ पक्राउ
काठमाडौं । प्रहरीले स्रोत नखुलेको रकमसहित ४ जना चिनियाँ नागरिकलाई भक्तपुरको जगातीबाट पक्राउ गरेको छ । भक्तपुरमा चेकजाँचका क्रममा उनीहरूलाई स्रोत नखुलेको ६९ लाख ५ हजार रुपैयाँसहित प्रहरीले बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा चीन घर भई हाल काठमाडौंमा बस्ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ हाओरान, २४ वर्षीय क्यूओ हाओरान र ३६… Continue reading ६९ लाख स्रोत नखुलेको रकमसहित ४ चिनियाँ पक्राउ
सफा हिमाल अभियान : ५ वर्षमा १२ शव निकालियो
काठमाडौं । नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट पाँच वर्षको अवधिमा सर्वोच्च शिखर सगरमाथा सहित प्रमुख हिमालबाट १२ शव र १०८ मेट्रिक टन फोहोर सङ्कलन गरिएको छ । नेपालमा रहेका हिमालको स्वच्छता कायम राख्ने उद्देश्यले सन् २०१९ देखि सुरु भएको अभियानका क्रममा हालसम्म चारवटा अस्थिरपञ्जर सङ्कलन गरिएको सेनाले जनाएको छ । सन् २०२४ मा… Continue reading सफा हिमाल अभियान : ५ वर्षमा १२ शव निकालियो
काठमाडौं महानगरले भन्यो-‘सबै अस्पतालहरुले १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्नू’
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र पर्ने सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न महानगरको निर्देशन दिएको छ । महानगरपालिकाको स्वास्थ्य विभागले बुधबार एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित अस्पतालहरुलाई अनिवार्य रुपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको हो। महानगरपालिका क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरूको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र… Continue reading काठमाडौं महानगरले भन्यो-‘सबै अस्पतालहरुले १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्नू’
झिनो अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब ९९ करोडमा सीमित
काठमाडौं । शेयर बजारमा सामान्य गिरावट आएको छ । मंगलबार करिब ४ अंकले बढेको नेप्से आज साढे ५ अंकले घटेको हो । बुधबार नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ बिन्दुमा आइपुगेको छ । सूचकसँगै आज कारोबार रकममा पनि झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा करोबार रकम ९ करोड घटेर आज ३ अर्ब ९९… Continue reading झिनो अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब ९९ करोडमा सीमित
भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिसमक्ष राजीनामा दिएका छन् । भारतीय मिडियाका अनुसार राष्ट्रपति द्रौपदी मुर्मुलाई भेट गरेर राजीनामा बुझाएका हुन् । टाइम्स अफ इन्डियाका अनुसार राष्ट्रपतिलाई भेटेर उनले राजीनामा दिएका हुन् । मोदीले आगामी जुन ८ मा भारतका प्रधानमन्त्रीको रूपमा तेस्रो पटक शपथ लिन सक्ने जनाइएको छ । हालै सम्पन्न लोकसभा चुनावमा मोदी… Continue reading भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा
अमेरिकामा कन्सर्टबाट उठेको रकम अनाथ आश्रमलाई
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा रहेको नेपाली महिला विश्व सञ्जाल, लस एन्जलस च्याप्टरको समन्वयमा ललितपुरको तुलसालय अनाथ आश्रमका लागि सात लाख २४ हजार चार सय ८५ सहयोग उपलब्ध गराइएको छ । च्याप्टरका अध्यक्ष सपना सेढाई थपलियाले तुलसालयका अध्यक्ष सरूँ सुवेदीलाई सहयोग चेकमार्फत सहयोग रकम हस्तान्तरण गरेकी हुन् । ललितपुरको नख्खुडोलस्थित आश्रममा आश्रित बालबालिका, ज्येष्ठ नागरिक र… Continue reading अमेरिकामा कन्सर्टबाट उठेको रकम अनाथ आश्रमलाई
मोदीले गरे नेहरुसँग बराबरी
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित भएको छ । उनको दल भाजपा नेतृत्वको गठबन्धनले बहुमत पाएको छ । मोदी सन् २०१४ देखि २०१९सम्म र २०१९ देखि २०२४सम्म लगातार दुई कार्यकाल सरकारको नेतृत्व गरिसकेका छन् । अब उनी तेस्रो कार्यकालका लागि सरकारको नेतृत्वमा हुनेछन् । भारतीय जनता पार्टीका अध्यक्ष… Continue reading मोदीले गरे नेहरुसँग बराबरी
भारतमा मोदीको लोकप्रियता घट्यो, तर गठबन्धनले पायो बहुमत
काठमाडौं । भारतमा १८ औं लोक सभा निर्वाचनको मतगणना सम्पन्न हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता घटेको देखिएको छ । निर्वाचन आयोगका अनुसार भाजपा नेतृत्वको सत्ता गठबन्धन (एनडीए)ले २९३ सिट जितेको छ । जुन सरकार बनाउने सहज बहुमत हो । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३१ सिट जित्न सफल भयो । भाजपा एक्लैले बहुमत हासिल… Continue reading भारतमा मोदीको लोकप्रियता घट्यो, तर गठबन्धनले पायो बहुमत
बलियो टोली इंल्याण्डविरुद्ध स्कटल्याण्डको सानदार प्रदर्शन, तर वर्षा बाधक
काठमाडौं । आईसीसी टी–२० पुरुष क्रिकेट विश्वकपअन्तर्गत इंग्ल्याण्ड र स्कटल्याण्डबीचको खेल रद्ध भएको छ । बार्बाडोसस्थित केनसिङ्गटन ओभलमा भएको खेल सुरु भएपनि नतिजा आउन नसकेपछि दुवै टोलीले १–१ अंक पाए । वर्षाका कारण निर्धारित समयमभन्दा आधा घण्टा ढिला सुरु भएको खेलमा स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गरेको थियो । स्कटल्याण्डले ६।२ ओभरमा कुनै विकेट नगुमाई… Continue reading बलियो टोली इंल्याण्डविरुद्ध स्कटल्याण्डको सानदार प्रदर्शन, तर वर्षा बाधक
विश्वकपमा नेपाल नेदरल्याण्ड्ससँग पराजित, फ्यानले देखाए अपार माया
काठमाडौं । आईसीसी टी२० विश्वकप २०२४ अन्तर्गत समूहको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले हारेको छ । नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्न सफल भयो । नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओ’डाउडले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए । ४८ बल खेलेका उनले ४ चौका र १ छक्का… Continue reading विश्वकपमा नेपाल नेदरल्याण्ड्ससँग पराजित, फ्यानले देखाए अपार माया
विश्वकपमा जुरुक्कै उचालियो काठमाडौं
काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा नेपाल र नेदरल्याण्ड्सको खेल अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा जारी छ । १० वर्षपछि विश्वकप खेल्दा नेपाली क्रिकेट समर्थन पनि निकै उत्साहित छन् । रंगशालामा १० हजार बढी नेपाली दर्शक छन् । नेपालमा पनि टुँडिखेल, हाँडीगाउँ र तीनकुनेमा ठूलो पर्दामा प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था मिलाइएको छ । नेपालले विश्वकप खेलेको… Continue reading विश्वकपमा जुरुक्कै उचालियो काठमाडौं
सुनले बनायो नयाँ रेकर्ड, मूल्य हालसम्मकै उच्च
काठमाडौं । मंगलबार सुनले फेरी नयाँ रेकर्ड बनाएको छ। आज सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको छ। सोमबारको तुलनामा यो १ हजार ७ सय रुपैयाँ बढेको हो। सोमबार प्रति तोला १ लाख ४१ हजार… Continue reading सुनले बनायो नयाँ रेकर्ड, मूल्य हालसम्मकै उच्च
क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठक पुगे रास्वपाका सांसद
काठमाडौं । टी-२० विश्वकपका लागि नेपाली टीमको समर्थनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका छन् । टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा उनीहरूले जर्सी लगाएका हुन्। बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो खिचाएका थिए। समूह ‘डी’को पहिलो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ।
यस वर्षको मनसुनले १८ लाख जनसंख्या प्रभावित हुने
काठमाडौं । यस वर्षको मनसुन जेठ ३१ देखि असोज १७ सम्म रहने देखिएको छ । त्यस अवधिमा १८ लाख जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । मनसुन अवधिमा अत्यधिक वर्षाका कारण बाढीपहिरो र डुबानबाट देशभर चार लाख १२ हजार घरपरिवारका १८ लाखभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण… Continue reading यस वर्षको मनसुनले १८ लाख जनसंख्या प्रभावित हुने
अमेरिकामा शाहसिक प्रदर्शनको अपेक्षामा नेपाल, आजबाट यात्रा सुरु
काठमाडौं । नेपाल आईसीसी टी–२० विश्वकप २०२४ मा सरप्राइज प्रदर्शनको तयारीमा छ । किनकी नेपाल भएको समूहमा बलियो नेदरल्यान्ड्ससँगै टेष्ट राष्ट्र दक्षिण अफ्रिका, श्रीलका र बंगलादेश छन् । यी खेलमा नेपालले जित्ने हरेक खेल महत्वपूर्ण हुनेछ । आज नेपालले पहिलो खेल नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ : १५… Continue reading अमेरिकामा शाहसिक प्रदर्शनको अपेक्षामा नेपाल, आजबाट यात्रा सुरु
खोलाले जिप बगाउँदा कम्तिमा २ जनाको मृत्यु
काठमाडौं । रतुवा खोलामा आएको बाढीले बोलेरो जीप बगाउँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ । सोमबार बेलुका इलामको चुलाचुली गाउँपालिका ५ चपेटीस्थित दमक लारुम्बा भित्री कच्ची सडकखण्डमा दमकबाट माङ्सेबुङतर्फ जाँदै गरेको जीप रतुवा खोला तर्ने क्रममा एक्कासी आएको बाढीले बगाएको थियो । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बाढीले जीप बगाउँदा इलामको माङ्सेबुङ गाउँपालिका… Continue reading खोलाले जिप बगाउँदा कम्तिमा २ जनाको मृत्यु
भारतमा निर्वाचनको मतगणना सुरु, मोदीलाई ह्याट्रिक मत आउला ?
काठमाडौं । भारतको १८औं लोक सभा निर्वाचनको मतगणना आजबाट सुरु हुँदै छ । मतगणना स्थानीय समय अनुसार बिहान ८ बजेदेखि सुरु गभएको छ । लोक सभामा कुल ५४२ सिट छन् । लोक सभा निर्वाचनमा भाजपा नेतृत्वको एनडीए गठबन्धन र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन मुख्य प्रतिस्पर्धामा छन् । निर्वाचन सकिएलगत्तै सार्वजनिक भएका मत सर्वेक्षणमा यसपटक पनि… Continue reading भारतमा निर्वाचनको मतगणना सुरु, मोदीलाई ह्याट्रिक मत आउला ?