काठमाडौं । बोलिभियाका पूर्व राष्ट्रपति इभो मोरालेसले आइतबार आफ्नो कारमा गोली प्रहार गरिएको बताएका छन् । केन्द्रीय शहर कोचाबाम्बामा रेडियो अन्तर्वार्ताका लागि यात्रा गर्दा बन्दुकधारीले आफ्नो कारमा गोली प्रहार गरेको र चालक घाइते भएको उनले बताए । “म आइपुगेको कारमा १४ वटा गोली लागेका प्वाल छन्” मोरालेसले भने, “यो योजनाबद्ध थियो । इभोलाई मार्ने विचार… Continue reading बोलिभियाका पूर्वराष्ट्रपतिको कारमा गोली प्रहार
Category: फिचर
अमेरिकासँग हार्यो नेपाल
काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग पराजित भएको छ । डालासमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल तीन विकेटले पराजित भएको हो । नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ७ विकेटको क्षतिमा २ बल बाँकी हुँदा भेटायो । अमेरिकाका ओपनर शायन जहाजिंगरले सर्वाधिक १०४ रनको शतकीय इनिङ खेलेपछि अमेरिका जित दर्ता गर्न सफल… Continue reading अमेरिकासँग हार्यो नेपाल
तनावपूर्ण सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनल पुग्यो
काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ। आइतबार दशरथ रंगाशालामा भएको सेमिफाइनल खेलमा पेनाल्टी शुटआउटमा नेपालले भारतलाई पराजित गरेको हो। विवादले दुई पटकसम्म रोकिएको खेल एक–एक बराबरीमा खेल सकिएको थियो। पेनाल्टी शुटआउटमा नेपालले चार गोल गर्दा भारतले दुई गोलमात्रै गरेको हो। फाइनलमा नेपालले बुधबार बंगलादेशसँग खेल्नेछ। विवादका कारण… Continue reading तनावपूर्ण सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनल पुग्यो
नेपालमा अनुमति नलिई जहाज आएपछि थाई एयर एसियालाई तत्काल उडानमा रोक
काठमाडौं । अनुमति नलिई नेपाल आएको थाई एयर एसियालाई तत्कालका लागि नेपालमा उडान गर्न रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विनाअनुमति यात्रु बोकेर थाइल्यान्डको बैंककबाट काठमाडौं आएको थाई एयर एसियालाई तत्काल कुनै पनि उडान गर्न नदिने निर्णय गरेको हो । अर्को निर्णय नभएसम्म थाई एयर एसियाको नेपालका सबै उडान निलम्बन गरिएको प्राधिकरण स्रोतले… Continue reading नेपालमा अनुमति नलिई जहाज आएपछि थाई एयर एसियालाई तत्काल उडानमा रोक
राष्ट्रियताका विषयमा सम्झौता गर्दिन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी नगर्ने बताएका छन् । आइतबार नेकपा एमालेको भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आयोजना गरेको कार्यक्रममा उनले कांग्रेस–एमालेको सरकार राष्ट्रिय एकताको रक्षा र देशको हितका लागि प्रतिवद्ध रहेको बताए । ‘हामी अरुको हितमा असर नपार्ने र आफ्नो जायज हित नछाडने सङ्कल्पका साथ अघि बढेका… Continue reading राष्ट्रियताका विषयमा सम्झौता गर्दिन : प्रधानमन्त्री
१४ वर्ष मुनीका बालबालिकाको क्यान्सरको उपचार निःशूल्क
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् । मंसिर १ गतेबाट उपचार निःशुल्क… Continue reading १४ वर्ष मुनीका बालबालिकाको क्यान्सरको उपचार निःशूल्क
रेफ्रीले लगातार गलत निर्णय गरेपछि दशरथ रंगशालामा तनाव, नेपाल र भारतको खेल रोकियो
काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालविरुद्ध भारतले अग्रता लिएको छ । खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी हुन् । भारतले गोल गरेलगत्तै नेपाली खेलाडीहरुले पनि भारतको पोस्टमा गोल गरेका थिए । तर उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रंगशाला तनावग्रस्त भएको छ । रेफ्रीले सुरुमा गोल भएको संकेत गरेपनि गोल… Continue reading रेफ्रीले लगातार गलत निर्णय गरेपछि दशरथ रंगशालामा तनाव, नेपाल र भारतको खेल रोकियो
विश्वकप क्रिकेट लिग २ : आज नेपाल र अमेरिका भिड्दै
काठमाडौं । लगातारको हारले दवावमा रहेका नेपाल र अमेरिका जित्नै पर्ने महत्वपूर्ण सिरिज खेलिरहेका छन् । अमेरिकाविरुद्ध आइतबार डालासमा उत्रिँदा नेपाल विश्वकप क्रिकेट लिग २ मा थप दवावमा हुनेछ । यी दुई टोलीको खेल आज नेपाली समय अनुसार राती सवा ९ बजे सुरु हुँदैछ । नेपालले पछिल्लो दिनमा जित निकाल्न संघर्ष गरिरहेको छ । ८… Continue reading विश्वकप क्रिकेट लिग २ : आज नेपाल र अमेरिका भिड्दै
सुडानमा लडाकुको हिंसात्मक गतिविधि, कम्तिमा ५० जना मारिए
काठमाडौं । मध्य सुडानको एउटा गाउँमा अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले शुक्रबार गरेको आक्रमणमा ५० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै दुई सय भन्दा बढी घाइते भएका गैरसरकारी समूहहरुले जनाएका छन् । गेजिरा राज्यको राजधानी वड मदनीमा रहेको प्रतिरोध समितिले भनेको छ, “शुक्रबार बिहान, आरएसएफले अल कमलिन क्षेत्रको अलसेरिहा गाउँमा भारी गोलाबारी र बमबारी… Continue reading सुडानमा लडाकुको हिंसात्मक गतिविधि, कम्तिमा ५० जना मारिए
दोलखामा भूकम्पको धक्का महसुस
काठमाडौं । दोलखाको केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास थियो । भूकम्पले पुर्याएको क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
एल–क्लासिको : रियल आफ्नै घरमा बार्सिलोनासँग ४–० ले पराजित
काठमाडौं । जारी सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडमाथि ४–० को सानदार जित निकालेको छ । घरेलु मैदान सान्टियागो वर्नाबेउमै रियल मड्रिडले लज्जासपद हार व्यहोरेको हो । बार्सिलोनालाई फराकिलो जित दिलाउन लेवान्डोस्कीले दुई तथा लामिन यामल र फेरान टोरेसले समान एक गोल गरे । खेलको ३०औं मिनेटमा रियलका केलिएन एमबाप्पेले गोल गरेपछि भिएआरले मान्यता… Continue reading एल–क्लासिको : रियल आफ्नै घरमा बार्सिलोनासँग ४–० ले पराजित
एनआरएनएको ग्लोबल सम्मेलन आजदेखि
काठमाडौं । रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौंमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान साढे ९ बजे उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा नेपाल सरकारका मन्त्रीज्यूहरु, उच्च पदस्थ पदाधिकारीसहित स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने छ । साधारणसभामा सहभागी… Continue reading एनआरएनएको ग्लोबल सम्मेलन आजदेखि
साफ महिला फुटबल : आज सेमिफाइनलका खेल, नेपाल र भारत भिड्दै
काठमाडौं । काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियन्सिप २०२४ का सेमिफाइनल खेल आज हुँदैछन् । पहिलो सेमिफाइनल साविक विजेता बंगलादेश र भुटानबीच दिउँसो साढे १ बजे सुरु हुनेछ । दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपालले सर्वाधिक ५ पटकको च्याम्पियन भारतको सामना गर्नेछ । यो खेल साढे ६ बजे सुरु हुनेछ । समूह चरणमा दिनको दोस्रो खेल साढे… Continue reading साफ महिला फुटबल : आज सेमिफाइनलका खेल, नेपाल र भारत भिड्दै
विश्वकप लिग–२ : नेपाली टोलीको घोषणा
काठमाडौं । अमेरिकामा शनिबारदेखि सुरु भएको आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार साँझ रोहितकुमार पौडेलको कप्तानीमा दुई अतिरिक्तसहित १७ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । टोलीमा कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन… Continue reading विश्वकप लिग–२ : नेपाली टोलीको घोषणा
विश्वकप लिग–२ : स्कटल्याण्डसँग १० विकेटले हार्यो अमेरिका
काठमाडौं । आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिजमा घरेलु टोली अमेरिका स्कटल्यान्डसँग १० विकेटले पराजित भएको छ । टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा शनिबार बिहान भएको खेलमा अमेरिकाले लज्जास्पद हार खेपेको हो । अमेरिकाले दिएको एक सय ४५ रनको विजय लक्ष्य स्कटल्यान्डले २४.५ ओभरमा विना विकेटको क्षति पूरा गरेको थियो । स्कटल्यान्डका लागि आन्द्रे उमिदले अविजित… Continue reading विश्वकप लिग–२ : स्कटल्याण्डसँग १० विकेटले हार्यो अमेरिका
ज्ञानेन्द्रलाई भेटेको भन्ने आरोपको प्रचण्डले गरे खण्डन
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अब कसैसँग गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने बताएका छन् । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले विगतमा कांग्रेस, एमाले जस्ता दलसँग मिल्नु गल्ती भएकाले अब त्यसलाई सच्याउन चाहेको… Continue reading ज्ञानेन्द्रलाई भेटेको भन्ने आरोपको प्रचण्डले गरे खण्डन
सरकारप्रति माओवादीको खबरदारी, नसच्चिए विरोध थाल्ने चेतावनी
काठमाडौं । नेकपा माओवादी केन्द्रले शनिबार राजधानीमा खबरदारी सभा आयोजना गरेको छ । पार्टीका हजारौं कार्यक्रता सहभागी यस सभालाई शीर्ष नेताले सम्बोधन गरेका छन् । सो क्रममा नेताहरुले सरकारलाई खबरदारी गरेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मात्र पक्राउ गर्नु सरकारको व्यवहारप्रति आफूहरुको आपत्ति रहेको… Continue reading सरकारप्रति माओवादीको खबरदारी, नसच्चिए विरोध थाल्ने चेतावनी
इजरायलले थाल्यो इरानमा हमला
काठमाडौं । इजरेलले इरानी सैन्य स्थलहरूमा निशानाबद्ध हवाई हमला थालेको छ । ती हमलालाई इजरेलले आफूविरुद्ध इरान र उसको साथ पाएका समूहहरूले बारम्बार गरेका हमलाको जबाफ भएको बताएको छ। इजरेली सेनाले हमलाको काम पूरा भएको जनाउँदै भनेको छ, हाम्रा विमानहरू सुरक्षित रूपमा घर फर्किएका छन्। तर कुन–कुन ठाउँहरू प्रहार गरिएको हो र क्षतिको तह कस्तो… Continue reading इजरायलले थाल्यो इरानमा हमला
दाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु
काठमाडौं । दाङमा बोलेरो जिप दुर्घटनामा परेको छ । घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा जिपका चालक दाङको दंगीशरण गाउँपालिका ४ निवासी २२ बर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका ६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिए । उनका अनुसार… Continue reading दाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु
एएफसीयु १७ छनोट : नेपालको लगातार दोस्रो हार
काठमाडौं । एएफसी यु–१७ एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार व्यहोरेको छ । समूह एफ अन्तर्गत भएको आफ्नो दोस्रो खेलमा नेपाल कतारसँग ५-० ले पराजित भएको हो । दोहास्थित एस्पाइर एकेडेमी पिच मैदानमा भएको खेलमा कतारका लागि जेद फैसलले ह्याट्रिक गरे । उनले ४५औं, ५६औं र ८२औं मिनेटमा गोल गरे । हानी मोहमेदले २१औं… Continue reading एएफसीयु १७ छनोट : नेपालको लगातार दोस्रो हार
माओवादी केन्द्रको विरोध सभा आज काठमाडौंमा
काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा सरकारविरुद्ध खबरदारी सभा गर्दैछ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा… Continue reading माओवादी केन्द्रको विरोध सभा आज काठमाडौंमा
विश्वकप क्रिकेट लिग–२ : नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित शृङ्खला आजदेखि
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय एकदिवसीय शृङ्खला आजदेखि शुरू हुँदैछ । उद्घाटन खेलमा आज राति सवा ९ बजे डालासमा घरेलु टोली अमेरिका र स्कटल्यान्ड खेल्दैछन् । नेपालले पर्सि आइतवार अमेरिकासँग खेल्दै लिग–२ शृङ्खलाको शुरुआत गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा आउँदो मङ्गलवार स्कटल्यान्डसँग, तेस्रो खेलमा कात्तिक १७… Continue reading विश्वकप क्रिकेट लिग–२ : नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित शृङ्खला आजदेखि
पर्यटन प्रवर्द्धनमा नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबीच सहकार्य
काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्धनका लागि लोकप्रिय फ्री कलिङ तथा मेसेजिङ एप राकुटेन भाइबरसँग सम्झौता गरेको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी र व्यवसाय विकास प्रबन्धक र राकुटेन भाइबरका लागि नेपालका देश प्रतिनिधि क्षितु रिसालले बुधबार सहयोगका विषयमा सम्झौता गरेका हुन् । बोर्डको आधिकारिक भाइबर प्लेटफर्मः अन्तर्गगत पर्यटन उद्योग,… Continue reading पर्यटन प्रवर्द्धनमा नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबीच सहकार्य
विपक्षी दलले सडक आन्दोलन चर्काएपछि सत्तारुढ दल एक ठाउँमा उभिए
काठमाडौं । सत्ता साझेदार दलले सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन नसक्ने बताएका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्ता साझेदार दलको बैठकले सात बुँदे संयुक्त वक्तव्य जारी गर्दै सो कुरा बताएको हो । ‘सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य… Continue reading विपक्षी दलले सडक आन्दोलन चर्काएपछि सत्तारुढ दल एक ठाउँमा उभिए
मुस्ताङमा अमेरिकी र भारतीय पर्यटकको मृत्यु
काठमाडौं । मुस्ताङको छुट्टाछुट्टै स्थानमा शुक्रबार एक पर्यटक र एक तीर्थयात्री गरी दुई विदेशी नागरिकको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ थाङसारमा अमेरिकी नागरिक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले थाङसारको होलिडे क्याम्प होटलको शयन कक्षमा अचेत अवस्थामा भेटिएका अमेरिकाका ६३… Continue reading मुस्ताङमा अमेरिकी र भारतीय पर्यटकको मृत्यु
खिम्ती–लामोसाँघु प्रसारण लाइन ईआरएस टावर प्रयोग गरी सञ्चालनमा
काठमाडौं । असोज दोस्रो साताको भारी वर्षापछि तामाकोसी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनर्स्थापना प्रणाली (ईआरएस) टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता एवम् भारप्रेषण केन्द्रका निर्देशक चन्दनकुमार घोषले शुक्रबार दिउँसो १ः१५ बजे प्रसारण लाइनलाई चार्ज गरी सञ्चालनमा ल्याइएको बताए । तामाकोसी नदीमा आएको… Continue reading खिम्ती–लामोसाँघु प्रसारण लाइन ईआरएस टावर प्रयोग गरी सञ्चालनमा
अमेरिकी गप्तचरको चेतावनीपछि श्रीलंकामा बढाइयो इजरायली पर्यटकको सुरक्षा
काठमाडौं । श्रीलङ्काली प्रहरीले मुलुकमा भ्रमण गर्ने इजरायली पर्यटकमाथि सम्भावित आक्रमणको अमेरिकी गुप्तचर चेतावनीपछि तीन जनालाई पक्राउ गरेको छ । “हामीले तीन स्थानीय पुरुषलाई सोधपुछ गरिरहेका छौँ”, विदेशमन्त्री विजिता हेराथले कोलम्बोमा पत्रकारलाई भने, “हामीले अमेरिकी चेतावनीलाई गम्भीरतापूर्वक लिएका छौँ र सुरक्षा बढाएका छौँ ।” उनले ती पुरुषलाई मुलुकको पूर्वी भागमा रहेको एक यहुदी सामुदायिक केन्द्रलाई… Continue reading अमेरिकी गप्तचरको चेतावनीपछि श्रीलंकामा बढाइयो इजरायली पर्यटकको सुरक्षा
एमसीसी प्रमुख र अर्थमन्त्री पौडेलबीच अमेरिकामा भेट
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता भएको छ । उक्त भेटका अवसरमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत गत वर्षदेखि कार्यान्वयन भएको परियोजना तथा अन्तरदेशीय प्रसारण लाइनका बारेमा छलफल भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । अर्थमन्त्री पौडेलसँग अन्तर्राष्ट्रिय मुद्रा कोषका उपकार्यकारी निर्देशक बो… Continue reading एमसीसी प्रमुख र अर्थमन्त्री पौडेलबीच अमेरिकामा भेट
प्राधिकरणले काट्यो उद्योगको लाइन, सरकारले लिएन पहल
काठमाडौं । सरकारले कुनै पहल नलिएसँगै नेपाल विदुत प्राधिकरणले नियमानुसार उद्योगहरुको बिजुली काटेको छ । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको लाइन काट्न थालेको हो । बिहीवार साँझबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको छ । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना… Continue reading प्राधिकरणले काट्यो उद्योगको लाइन, सरकारले लिएन पहल
अमेरिकाबाट अर्थमन्त्रीको आह्वान : नेपालमा लगानी गर्नुहोस
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन् । अमेरिकी उद्योग वाणिज्य सङ्घले आज वासिङ्टन डिसीमा आयोजना गरेको छलफलमा उनले नेपालको भौतिक पूर्वाधार, पर्यटन, कृषि, ऊर्जालगायत क्षेत्रमा लगानी गरेर लाभ लिन… Continue reading अमेरिकाबाट अर्थमन्त्रीको आह्वान : नेपालमा लगानी गर्नुहोस