काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव) २०८०–८१ को दोस्रो त्रैमास (साउन–पुस) मा ४ प्रतिशतले आर्थिक वृद्धि भएको प्रारम्भिक अनुमान गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार २०७९–८० को दोस्रो त्रैमासको तुलनामा यस वर्ष आर्थिक वृद्धिदर ४ प्रतिशतले बढ्ने देखिएको हो । यस त्रैमासमा अर्थतन्त्र वृद्धि हुनुमा धान लगायत अन्नबाली र… Continue reading दोस्रो त्रैमासमा ४ प्रतिशत आर्थिक वृद्धि
Category: फिचर
माओवादी पूर्वकमाण्डर कालीबहादुर खाम पक्राउ
काठमाडौं । माओवादी केन्द्रका नेता कालीबहादुर खाम विविध पक्राउ परेका छन् । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या आरोप लागेका उनलाई ठमेलबाट पक्राउ गरिएको हो । उनी १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए । खाम माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा सुरक्षा विभागका उपप्रमुख हुन् । सुरक्षा विभागको नेतृत्वमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा छन् ।
६२ खर्ब पुग्यो बैंकको निक्षेप, चालु वर्षमै थपियो ४ खर्ब बढी
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिने क्रम बढेको छ । आर्थिक संकुचनका कारण उल्लेख्य रूपमा कर्जाको माग नबढ्दा र रेमिट्यान्स आप्रवाहमा उच्च वृद्धि हुँदा निक्षेप ह्वात्तै बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६२ खर्ब नाघेको छ । चैत १७ गतेसम्म बैंक तथा वित्तीय संस्थामा ६२ खर्ब… Continue reading ६२ खर्ब पुग्यो बैंकको निक्षेप, चालु वर्षमै थपियो ४ खर्ब बढी
क्याम्बोडियामा जबर्जस्ती अनलाइन ठगीमा लगाइएका २ सय भारतीयको उद्दार
काठमाडौं । भारत सरकारले क्याम्बोडियामा जबर्जस्ती अनलाइन ठगीमा लगाइएका आफ्ना २५० जना नागरिकको उद्धार गरेको जनाएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार उनीहरूलाई अन्य काम दिने बहानामा क्याम्बोडिया पुर्याइएको भए पनि त्यहाँ साइबरसम्बन्धी गैरकानुनी काम गर्न बाध्य पारिएको थियो। क्याम्बोडियामा यसरी जबर्जस्ती काममा लगाइएका भारतीयहरूको सङ्ख्या पाँच हजारभन्दा बढी रहेको समाचारहरूमा बताइएको छ। संसारको अन्य भागका… Continue reading क्याम्बोडियामा जबर्जस्ती अनलाइन ठगीमा लगाइएका २ सय भारतीयको उद्दार
जर्मनीमा गाँजाले पायो वैधानिकता
काठमाडौं । जर्मनीले सन् २०२४ को एप्रिल १ देखि गाँजा प्रयोगलाई कानुनी मान्यता दिएको छ। उता, प्रहरी सङ्गठनहरूले भने त्यसले नोक्सान पुर्याउन सक्ने चेतावनी दिइरहेका छन्। एप्रिल फूल अर्थात् १ एप्रिलका दिन कानुनमा परिवर्तन भएको भए पनि यो ठट्टा भने होइन। गाँजालाई कानुनी नबनाएर अपराध मान्दा समेत दशौँ लाखले गाँजा सेवन गर्ने गरेका थिए ।… Continue reading जर्मनीमा गाँजाले पायो वैधानिकता
नेपाल र बरोडाबीच आज खेल
काठमाडौं । नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कपमा नेपालले आज बरोडासँग खेल्दैछ । खेल दिउँसो पौने ३ बजे शुरु हुनेछ । नेपाल र बरोडाले आज आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । अस्ति भएको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो । त्यस्तै हिजोको खेलमा गुजरातले बरोडालाई ५ विकेटले हरायो ।… Continue reading नेपाल र बरोडाबीच आज खेल
आइपीएल : मुम्बईको लगातार तेस्रो हार
काठमाढौं । हार्दिक पान्ड्याको कप्तानीमा पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा सुरुवाती ३ खेलमा पराजित भएको छ । सोमबार राति मुम्बइ राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भयो । जारी आईपीएलमा जितविहीन हुनेमा मुम्बइ एक्लो टोली हो । जितको लागि १२६ रनको लक्ष्य राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो… Continue reading आइपीएल : मुम्बईको लगातार तेस्रो हार
बागमतीका मूख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेका हुन् । मत विभाजनका क्रममा उनको प्रस्तावको पक्षमा ५६ मत खसेको छ । विपक्षमा ३७ जना सांसदले मत दिए । १५ जना सांसद तटस्थ बसे । एक सय १० सदस्यीय… Continue reading बागमतीका मूख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
लगानी सम्मेलनमा अमेरिकी चेम्बरका लगानीकर्ता आउने
काठमाडौं । अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएको छ । सोमबार अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्दै नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले यस्तो जानकारी गराएका हुन् । लगानी सम्मेलन सफल पार्न आफूहरुको तर्फबाट सहयोग हुने उनको भनाइ छ । भेटमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो ।… Continue reading लगानी सम्मेलनमा अमेरिकी चेम्बरका लगानीकर्ता आउने
केन्द्रीय कार्यालयमै रेशम-रञ्जिता पक्षबीच कुटाकुट
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको विवाद उत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र रेशम चौधरीबीचको विवादले पार्टी विभाजनको संघारमा पुगिसकेको छ । पार्टी केन्द्रीय कार्यालय अनामनगरमा बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षबीच कुटाकुट भएको छ ।रञ्जिता सरकारमा सहभागी हुनुपर्ने पक्षमा थिइन् भने रेशम पक्षले प्रतिपक्षमा बस्नुपर्ने अडान लिएको थियो । सुदूरपश्चिममा… Continue reading केन्द्रीय कार्यालयमै रेशम-रञ्जिता पक्षबीच कुटाकुट
केजरीवाललाई थप १५ दिन हिरासतमा राख्न आदेश
काठमाडौं । भारतको राजधानी सहरसमेत रहेको दिल्ली प्रान्तीय सरकारको मदिरा नीति घोटाला आरोपमा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले अप्रिल १५ सम्म न्यायिक हिरासतमा पठाएको छ। दिल्लीको राउज एभिन्यू अदालतले सोमबार यस्तो आदेश दिएको हो। यसअघि अरविन्द केजरीवाल प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा थिए। केजरीवालका वकील रमेश गुप्ताले अदालतसँग जेलमा के ३ वटा किता गीता,… Continue reading केजरीवाललाई थप १५ दिन हिरासतमा राख्न आदेश
पर्यटक आवगमनमा उल्लेख्य वृद्धि, एक महिनामै आए सवा १ लाख
काठमाडौं । यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८.९ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार ७४१ ले वृद्धि भएको हो । गत वर्षको मार्चमा कुल ९९ हजार ४२६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको सोही अवधिमा १… Continue reading पर्यटक आवगमनमा उल्लेख्य वृद्धि, एक महिनामै आए सवा १ लाख
झिनो अंकले घट्यो नेप्से, सर्वोत्तम सिमेन्टको सर्वाधिक कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ विन्दुमा झरेको हो । यसदिन ३१५ कम्पनीको २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३०५ रुपैयाँ बराबरको ७२ लाख ९० हजार २०० कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये २… Continue reading झिनो अंकले घट्यो नेप्से, सर्वोत्तम सिमेन्टको सर्वाधिक कारोबार
अमेरिकामा नेपालकी एरिकाले जितिन् स्वर्ण पदक
काठमाडौं । नेपालकी कराँते स्टार एरिका गुरुङले युएस ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् । एरिकाले अमेरिकाको टेक्ससमा जारी प्रतियोगितामा यु–२१ इलाइट महिला ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । फाइनलमा उनले आयोजक अमेरिकाको खेलाडीलाई पराजित गरेकी हुन् । चीनमा गत असोजमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाललाई ऐतिहासिक… Continue reading अमेरिकामा नेपालकी एरिकाले जितिन् स्वर्ण पदक
पश्चिम बंगालमा आँधी, कम्तिमा ४ जनाको मृत्यु
काठमाडौं । भारतको पश्चिम बङ्गालको जलपाईगुडीमा भारी वर्षा, असिना र आँधीले जनधनमा ठूलो क्षति पुर्याएको छ । गर्मीको समयमा आउने काल वैशाखी नामको आँधीका कारण रुख ढल्दा लागेर चारजनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । आँधीमा परेर घाइते भएका तीनसय जनालाई अस्पताल भर्ना गरिएको छ । तीमध्ये २० जनाको अवस्था गम्भीर रहेको खबरमा उल्लेख… Continue reading पश्चिम बंगालमा आँधी, कम्तिमा ४ जनाको मृत्यु
आइपीएल : धोनीको उत्कृष्ट पारीले समेत रोक्न सकेन सीएसकेको हार
काठमाडौं । ४२ वर्षीय विकेटकिपर महेन्द्रसिंह धोनीले उत्कृष्ट खेल प्रदर्शन गरेको खेलमा चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग २०२४ मा दिल्ली क्यापिटल्ससँग २० रनले हारेको छ । चेन्नाईको पहिलो हार र दिल्लीको पहिलो जित हो । १९२ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाउन सक्यो । चेन्नाईका धोनी १६ बलमा… Continue reading आइपीएल : धोनीको उत्कृष्ट पारीले समेत रोक्न सकेन सीएसकेको हार
बागमती प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् । २३ फागुनमा नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिनुपर्थ्यो । त्यसैले गत शुक्रबार… Continue reading बागमती प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने
चीन भ्रमण पुरा गरी उपप्रधानमन्त्री आज स्वदेश फर्कने
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कंदै छन् । उनी आज बिहान साढे १० बजे काठमाडौं पुग्ने कार्यक्रम छ । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत १२ गते चीन भ्रमणमा गएका थिए । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष… Continue reading चीन भ्रमण पुरा गरी उपप्रधानमन्त्री आज स्वदेश फर्कने
२७ निर्माण व्यवसायीसँग सरकारले सोध्यो स्पष्टीकरण
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन सन्तोषजनक नभएका २७ निर्माण व्यवसायीहरुसँग सातदिने स्पष्टीकरण माग गरेको छ । सुरुमा ३० दिनभित्र स्पष्टीकरण दिन भन्दा पनि अटेर गरेपछि आज सार्वजनिक सूचना जारी गरी सात दिनभित्र लिखित स्पष्टीकरण माग गरिएको हो । स्पष्टीकरण माग गरिएका २७ निर्माण कम्पनीको सूचीमा भारतका दुई र… Continue reading २७ निर्माण व्यवसायीसँग सरकारले सोध्यो स्पष्टीकरण
नेपाल-ए र आयरल्याण्ड-ए बीच आज तेस्रो टी-२० खेल
काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो । सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ क्लिनस्वीप हुनबाट बच्न चाहन्छ । दुवै… Continue reading नेपाल-ए र आयरल्याण्ड-ए बीच आज तेस्रो टी-२० खेल
पेट्रोलको मूल्य बढ्यो, अन्यको यथावत
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलेका मूल्यमा प्रतिलिटर ४ रुपैयाँले बढेको निगमले जनाएको छ । जसअन्तर्गत पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १७२.५०, दोस्रो वर्ग १७४ र तेस्रो वर्गमा १७५ रुपैयाँ पुगेको छ । डिजेल, मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको भने मूल्य यथावत… Continue reading पेट्रोलको मूल्य बढ्यो, अन्यको यथावत
नेपालमा कर छलेको अभियोगमा अमेरिकी कम्पनीविरुद्ध अहिलेसम्मकै ठूलो मुद्दा
काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छलीको आरोपमा १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बराबरको मागदाबी गर्दै मुद्दा दायर गरेको छ । कोटिभिटी नेपाल प्रालिविरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ । विभागले यस कम्पनीविरुद्ध ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ बिगोर त्यति नै जरिबानाको दाबी गर्दै मुद्दा दायर गरेको… Continue reading नेपालमा कर छलेको अभियोगमा अमेरिकी कम्पनीविरुद्ध अहिलेसम्मकै ठूलो मुद्दा
तनहुँ हाइड्रोको मूख्य सुरुङको भयो ‘ब्रेक थ्रु’
काठमाडौं । तनहुँ ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सीमा भएर बग्ने सेती नदीको पानी प्रयोग गरी निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर सञ्चालक समिति अध्यक्ष कुलमान घिसिङले आइतबार… Continue reading तनहुँ हाइड्रोको मूख्य सुरुङको भयो ‘ब्रेक थ्रु’
गुजरातविरुद्ध नेपालको प्रभावशाली जित
काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप)मा प्रभावशाली जित निकालेको छ । पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराउँदै नेपालले विजयी सुरूवात गरेको हो । जितको लागि ९९ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा अनिल शाह ३५ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा नट आउट… Continue reading गुजरातविरुद्ध नेपालको प्रभावशाली जित
कास्कीमा जीप दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ भदौेरेमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएको पोखरा महानगरपालिका २३ का ५२ वर्षीय जयराम सुनार र ५५ वर्षीय लक्ष्मण सुनारको मृत्यु भएको हो । पोखरा बजारदेखि भदौरे जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप… Continue reading कास्कीमा जीप दुर्घटना, दुई जनाको मृत्यु
पानी माग्न गएका मेयर साम्पाङलाई अर्थमन्त्रीले भने, ‘तपाईंको अभियानमा म पनि सँगै हुनेछु’
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले धरानवासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् । आइतबार बधाई दिन मन्त्रालय पुगेका धरानका मेयर हर्क साम्पाङ राईसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताएका हुन् । मन्त्री पुनले खानेपानीको दुःखले कतिपय सर्वसाधारण धरानबाट बसाइँ सरेर अन्यत्र गएकोसमेत आफूले सुनेको उल्लेख गरे । सरकारले जनतालाई… Continue reading पानी माग्न गएका मेयर साम्पाङलाई अर्थमन्त्रीले भने, ‘तपाईंको अभियानमा म पनि सँगै हुनेछु’
दोहोरो अंकले घट्यो नेप्से, सर्वोत्तम सिमेन्टमा नेगेटिभ सर्किट
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन नेप्से परिसूचक १७.३० अंकले घटेर २०१८.३३ विन्दुमा झरेको हो । यसदिन ३१६ कम्पनीको ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३२४ रुपैयाँ बराबरको ७९ लाख ५७ हजार ६५९ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये १… Continue reading दोहोरो अंकले घट्यो नेप्से, सर्वोत्तम सिमेन्टमा नेगेटिभ सर्किट
नेपालले टस जित्यो, गुजरातलाई ब्याटिङको निम्तो
काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत गुजरातविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । भारत भ्रमणका क्रममा नेपाली टोलीले त्यहाँको राज्यस्तरका दुईवटा क्लबसँग टी-२० शृंखला खेल्ने कार्यक्रम रहेको छ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा… Continue reading नेपालले टस जित्यो, गुजरातलाई ब्याटिङको निम्तो
केजरीवाल पक्राउपछि दिल्लीमा आज विपक्षी दलको शक्ति प्रदर्शन
काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफतारीपछि आज दिल्लीमा विपक्षी दलहरुले विशाल शक्ति प्रदर्शनको तयारी गरेका छन् । भारतको राजधानी दिल्लीमा इण्डिया गठबन्धनमा आवद्ध २८ वछा दलका नेता सहभागी हुने भएका छन् । प्रदर्शनमा सोनिया गान्धी, राहुल गान्धी, लालू यादव, ममता बनर्जी, फारूक अब्दुल्ला, एमके स्टालिन, उद्धव ठाकरे, अखिलेश यादव समेत सहभागी हुने समाचारमा उल्लेख… Continue reading केजरीवाल पक्राउपछि दिल्लीमा आज विपक्षी दलको शक्ति प्रदर्शन
आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने प्रधानमन्त्रीको आश्वासन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने बताएका छन् । शनिवार साँझ माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विदेश स्थित नेपाली दूतावास मार्फत तदारुकताका साथ तयारीको कार्य भई रहेको छ,’ प्रधानमन्त्रीले भने। उनले गैरआवासीय नेपाली सङ्घमा देखिएको समस्या आगामी २… Continue reading आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने प्रधानमन्त्रीको आश्वासन