सोलुखुम्बुको थामे गाउँ बाढीले बगाएको छ । सोमबार पासाङ ल्ह्यामु गाउँपालिका स्थित यो गाउँ सगरमाथा नजिकको गाउँ हो । शुक्रबार करिव १ बजे तिर आएको बाढी हिमताल फुटेर आएको अनुमान गरिएको छ । स्थानीय प्रहरी प्रशासनले जनाएअनुसार अहिलेसम्म १२ वटा घर बगेको आशङ्का छ । मानवीय क्षतिको विवरण आएको छैन । सामाजिक सन्जालमा आएका भिडियोमा… Continue reading सोलुखुम्बुको थामे गाउँ बाढीले बगायो
Category: फिचर
अफ्रिका बाहिर पहिलो पटक स्वीडेनमा देखियो एमपक्स
काठमाडौं । अफ्रिका बाहिर पहिलो पटक यूरोपमा मङ्कीपक्स (एमपक्स)को संक्रमण पुष्टी भएको छ । अफ्रिका भ्रमण गरेका एक व्यक्तिमा सो संक्रमण पुष्टी भएको अधिकारीहरुले जनाएका छन् । विश्व स्वास्थ्य संगठनले एमपक्सलाई विश्वव्यापी आपतकाल घोषणा गरिसकेको छ । यससँगै अब यो संक्रमण अन्तर्राष्ट्रिय चिन्ताको विषय बनेको छ । अफ्रिकी देश कङ्गोमा यसको संक्रमणबाट ४५० भन्दा माथिको… Continue reading अफ्रिका बाहिर पहिलो पटक स्वीडेनमा देखियो एमपक्स
इजरायलको आक्रमणबाट प्यालेस्टाइनमा अहिलेसम्म ४० हजार माथि हताहत
काठमाडौं । इजरायलले प्यालेस्टाइमा गरेको पछिल्लो आक्रमणमा ज्यान गुमाउनेको संख्या ४० हजार नाघेको छ । हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयका अनुसार करिब दश महिना लामो इजरायली आक्रमणमा बिहीबारसम्म ४० हजार ५ जनाले ज्यान गुमाएका हुन् । मारिएका मध्ये अधिकांश महिला र बालबालिका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेको संख्या प्यालेस्टाइनको कूल जनसंख्याको १।७ प्रतिशत हो… Continue reading इजरायलको आक्रमणबाट प्यालेस्टाइनमा अहिलेसम्म ४० हजार माथि हताहत
युक्रेनलाई ५१ डलर चन्दा दिँदा १२ वर्ष जेल सजाय
काठमाडौं । रुसको एक अदालतले युक्रेनलाई चन्दा सहयोग गर्ने एक महिलालाई १२ वर्षको जेल सजाय तोकेको छ । अदालतले ३३ वर्षीया केसेनिया करेलिनालाई देशद्रोहको आरोपमा दोषी ठहर गरेको हो । अमेरिका र रुसको दोहोरो नागरिकता भएकी करेलिनाले युक्रेनलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई ५१ अमेरिकी डलर सहयोग गरेकी थिइन् । पछिल्लो समय अमेरिकाको लस एन्जलस… Continue reading युक्रेनलाई ५१ डलर चन्दा दिँदा १२ वर्ष जेल सजाय
अमेरिकी उपराज्यमन्त्री बर्मा नेपाल भ्रमणमा आउँदै
काठमाडौं । अमेरिकाको व्यवस्थापन र स्रोत सम्बन्धी उपराज्यमन्त्री रिचार्ड आर. बर्माले नेपाल र भारतको भ्रमण गर्ने भएका छन् । उनी शुक्रबार नेपाल भ्रमणमा आउन लागेका हुन् । अमेरिकी विदेश मन्त्रालयको प्रवक्ताद्वारा बिहीबार जारी गरेको वक्तव्यअनुसार बर्माले भदौ १ देखि ६ गतेसम्म नेपाल र भारतको भ्रमण गर्न लागेका हुन् । उनी पहिला नेपाल आएर भारत भ्रमणमा… Continue reading अमेरिकी उपराज्यमन्त्री बर्मा नेपाल भ्रमणमा आउँदै
गठ्ठाघर दुर्घटनाको छानविन गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निर्देशन दिएका छन् । गठ्ठाघरमा भएको दुर्घटनाबारे दुःख व्यक्त गर्दै मन्त्री लेखकले भनेका छन्, ‘गठ्ठाघरको दुर्घटना हुनुमा कसैको गल्ती छ कि ? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस्… Continue reading गठ्ठाघर दुर्घटनाको छानविन गर्न गृहमन्त्रीको निर्देशन
सञ्चालनमा आयो ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन
काठमाडौं । धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारदेखि सञ्चालनमा (चार्ज) ल्याइएको छ । धनुषा र महोत्तरीको विद्युत् आपूर्ति प्रणाली सुधार, बढ्दो विद्युत् माग व्यवस्थापन र विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सरकार र नेपाल… Continue reading सञ्चालनमा आयो ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन
पेट्रोलियम पदार्थको भाउ घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य घटाएको हो । निगमका काठमाडौं उपत्यकामा अब पेट्रोल प्रति लिटर १६५ रुपैयाँ तथा डिजेल र… Continue reading पेट्रोलियम पदार्थको भाउ घट्यो
मन्त्रीहरुका १ सय दिने योजनाबारे प्रधानमन्त्रीले लिए व्रिफिङ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो १०० दिनभित्र मन्त्रालयहरूले गर्ने मुख्यमुख्य कामबारे छलफल गरेका छन् । सरकारले गत आर्थिक वर्ष २०८०–८१ को प्रगति समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट र कार्यक्रम कार्यान्वयन योजनाबारे छलफल गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सबै मन्त्रालयका… Continue reading मन्त्रीहरुका १ सय दिने योजनाबारे प्रधानमन्त्रीले लिए व्रिफिङ
सार्वजनिक यातायात सुरक्षित बनाउन सरकारले व्यवसायीलाई यस्तो दियो निर्देशन
काठमाडौं । सरकारले यातायात व्यवसायीहरूलाई सवारी र यात्रु सुरक्षामा केन्द्रित भएर १२ वटा निर्देशन दिएको छ । गृह मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सहितका व्यवसायीका संघ–महासंघलाई पत्राचार गर्दै निर्देशन दिएको हो । २८ असारमा नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर–२९, सिमलतालमा गएको पहिरोले दुईवटा यात्रुवाहक बस त्रिशूली नदीमा खसालेर बेपत्ता पारेको घटनाबारेको अध्ययन प्रतिवेदनका विषयहरू कार्यान्वयन… Continue reading सार्वजनिक यातायात सुरक्षित बनाउन सरकारले व्यवसायीलाई यस्तो दियो निर्देशन
परराष्ट्र मन्त्री देउवा भारत भ्रमणमा जाने
काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन् । उनी आउँदो हप्ता भारत जाने तय भएको परराष्ट्र मन्त्रालय स्रोतलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । भारतका विदेश सचिव बिक्रम मिस्रीको निम्तोमा राणा दिल्ली भ्रमणमा जान लागेकी हुन् । ‘भारतका विदेश सचिवले भारत भ्रमणको निम्तो दिएका थिए । आइतबारदेखि मंगलबारसम्म भारतको भ्रमण… Continue reading परराष्ट्र मन्त्री देउवा भारत भ्रमणमा जाने
विश्व बैंकले बजेटरी सहायता बढाउने
काठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहायता वृद्धि गर्ने जानकारी दिए । उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वुद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिए । विश्व बैंकबाट… Continue reading विश्व बैंकले बजेटरी सहायता बढाउने
गठ्ठाघर दिनभर तनावग्रस्त, ट्रकले स्कुटरलाइ ठक्कर दिदा एक जनाको मृत्यु
काठमाडौं । भक्तपुरको गठ्ठाघर आज दिनभर तनावग्रस्त रह्यो । यहाँ ट्रकले ठक्कर दिदा एक महिलाको ज्यान गएको छ । घटनापछि स्थानीयले ट्रकका आगजनी गरेका थिए । साथै ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि आक्रमण गरेका थिए । मृतकको सनाखत भइसकेको छैन । उनलाइ बीभत्स तरिकाले ट्रकले किचेपछी स्थानीय आक्रोशित बनेका थिए । आक्रोशित भिडलाइ नियन्त्रणमा लिन प्रहरीले… Continue reading गठ्ठाघर दिनभर तनावग्रस्त, ट्रकले स्कुटरलाइ ठक्कर दिदा एक जनाको मृत्यु
अफ्रिकामा फैलियो मन्कीपक्स, आपतकाल घोषणा
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अफ्रिकी मुलुकहरुमा मङ्कीपक्स (एमपक्स)को संक्रमण बढेसँगै स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।बुधबार बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य निमामकको आपतकालीन कमिटीको बैठकमा सदस्यहरुको सुझावपछि डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य आपतकाल घोषणा गरे । कुनै रोगको संक्रमण तीव्ररुपमा फैलिने जोखिम देखेमा विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय कानुन अनुसार आपतकाल घोषणा गर्दछ ।… Continue reading अफ्रिकामा फैलियो मन्कीपक्स, आपतकाल घोषणा
जब अमेरिकी सैनिकले चीनलाई सैन्य सूचना बिक्रि गरेको स्वीकार गरे
काठमाडौं । संयुक्त राज्य अमेरिकाको सेनामा कार्यरत एक विश्लेषकले गोप्य सैन्य सूचनाहरू चीनलाई बिक्री गरेको दोष स्वीकार गरेको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ। सङ्घीय जाँच ब्यूरो एफबीआई र अमेरिकी सेनाको प्रतिगुप्तचरी निकायले गरेको एउटा अनुसन्धानपछि सार्जन्ट कोर्बेन शूल्ट्स गत मार्च महिनामा पक्राउ परेका थिए। सुरक्षासम्बन्धी दर्जनौँ संवेदनशील जानकारीका लागि उनले ४२,००० अमेरिकी डलर लिएको आरोप… Continue reading जब अमेरिकी सैनिकले चीनलाई सैन्य सूचना बिक्रि गरेको स्वीकार गरे
संविधान उल्लघंन गरेको आरोपमा थाइल्याण्डका प्रधानमन्त्री पदमुक्त
काठमाडौं । थाईल्यान्डमा एक अदालतले संविधान उल्लङ्घन गरेको आरोपमा प्रधामन्त्री सेटा टवीसिनलाई पदमुक्त गरेको छ । टवीसिनले पहिला जेल परेका एक पूर्ववकिललाई मन्त्री नियुक्त गरेर अवज्ञापूर्ण व्यवहार देखाएको र नैतिकताको नियम उल्लङ्घन गरेको ठहर थाईल्यान्डको संवैधानिक अदालतको छ।सतसट्ठी वर्षीय सेटा प्रधानमन्त्री बनेको एक वर्ष पनि पूरा भएको छैन। उक्त अदालतले १६ वर्षको अवधिमा उनीसहित तीन… Continue reading संविधान उल्लघंन गरेको आरोपमा थाइल्याण्डका प्रधानमन्त्री पदमुक्त
यती एयरलाइन्सले पायो उत्कृष्ट हवाई सुरक्षा कायम गरी प्रमाणपत्र
काठमाडौं । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले ‘इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन’ (आएटा) को ‘आईएसएसए’ (आएटा स्ट्यान्डर्ड सेफ्टी एसेसमेन्ट) कार्यक्रमको मापदण्ड हासिल गरेको छ । उड्डयन क्षेत्रमा आईएसएसएको यो प्रमाणपत्र उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने वायुसेवालाई मात्र प्रदान गरिन्छ । यस विषयमा यतीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुभाष सापकोटाले आईएसएसएको प्रमाणपत्र प्राप्त गर्न पाउँदा धेरै नै… Continue reading यती एयरलाइन्सले पायो उत्कृष्ट हवाई सुरक्षा कायम गरी प्रमाणपत्र
यूईएफए सुपर कपको उपाधि रियललाई
काठमाडौं । स्पानिस क्लव रियल मड्रिडले इटालियन क्लब एटलान्टालाई २–० ले हराउँदै यूईएफए सुपर कपको उपाधि हात पारेको छ । पोल्याण्ड वार्सा नेसनल स्टेडियममा गतरात सम्पन्न खेलमा रियलका लागि फेडरिक भेलभेर्डले र केलिएन एमबाप्पेले एक–एक गोल गरे । एटालान्टाले पहिलो हाफमा रियललाई गोलरहित बराबरीमा रोकेपनि रियलले दोस्रो हाफमा दुई गोल गरेको हो । ५८औं मिनेटमा… Continue reading यूईएफए सुपर कपको उपाधि रियललाई
वैदेशिक रोजगार सम्बन्धी सेवा अब पोखरा र भैरहवामा समेत बिस्तार गर्ने निर्णय
काठमाडौं । सरकारले दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल रहेका सहर पोखरा र भैरहवामा वैदेशिक रोजगारसँग सम्बन्धित सबै सेवा विस्तार गर्ने निर्णय गरेको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको पहलमा सरोकारवाला संघसंस्था र कार्यालयका प्रतिनिधि बैठकले यस्तो निर्णय गरेको मन्त्रालयका उपसचिव कविराज उप्रेतीले जानकारी दिए । उनका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट… Continue reading वैदेशिक रोजगार सम्बन्धी सेवा अब पोखरा र भैरहवामा समेत बिस्तार गर्ने निर्णय
पाँच प्रदेशमा क्यान्सरको उपचार सेवा बिस्तार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने भएको छ। यससम्बन्धी मन्त्रालयले कार्यविधि नै बनाएको छ। मन्त्री प्रदीप पौडेलले बुधबार क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गरेका हुन्। ‘मन्त्रालयको कार्यभार सम्हालेलगत्तै क्यान्सर रोगका बिरामीलाई केही राहत दिन सकिन्छ भनेर क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेको थिएँ। मन्त्रालय सम्हालेको… Continue reading पाँच प्रदेशमा क्यान्सरको उपचार सेवा बिस्तार
नेताहरुले जनयुद्ध शब्द नबोल्दा किन बिच्किए प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुले माओवादी जनयुद्ध शब्द प्रयोग गर्न हिचकिचाएको भन्दै असन्तुष्टि जनाएका छन् ।टीआरसी विधेयकमाथि संसदमा भएको छलफलमा भाग लिँदै बुधबार माओवादी अध्यक्ष प्रचण्डले अहिले पनि नेताहरुले बोल्दा हिंसात्मक द्वन्द्व भन्ने गरेको बताए । ‘माओवादी जनयुद्ध शब्द प्रयोग गर्यो भने जात नै जाला जस्तो गर्नुहुन्छ’, उनले अगाडि भने ।… Continue reading नेताहरुले जनयुद्ध शब्द नबोल्दा किन बिच्किए प्रचण्ड
टीआरसी विधेयकले सबैलाई न्याय गर्छ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकले संक्रमणकालीन न्यायका सबै आधारभूत मान्यतालाई बोकेको बताएका छन् । बुधबार प्रतिनिधि सभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’को प्रतिवेदन माथिको छलफलमा बोल्दै उनले यो विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले स्वागत गर्ने विश्वास व्यक्त… Continue reading टीआरसी विधेयकले सबैलाई न्याय गर्छ : देउवा
टीआरसी विधेयकमा प्रधानमन्त्री के भन्छन् ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा देखिएको लोकतन्त्र विरोधी प्रवृत्तिप्रति सरकार सजग रहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानको रक्षा र परिपालनामा सरकारको तर्फबाट कुनै कमी नहुने बताए । अहिले लोकतन्त्रका विरुद्ध केही प्रवृत्ति देखा पर्न थालेको भन्दै उनले भने, ‘कहाँ पुग्ने थाहा छैन, के बनाउने थाहा छैन,… Continue reading टीआरसी विधेयकमा प्रधानमन्त्री के भन्छन् ?
प्रतिनिधिसभाबाट पारित भयो टिआरसी विधेयक
काठमाडौं । सङ्क्रमणकालिन न्याय सम्बन्धि टिआरसि विधेयक संसदबाट पास भएको छ । कानुन, न्याय तथा संसदिय मामिला मन्त्री अजय कुमार चौरसियाले प्रस्तुत गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन,२०७१ लाई संसोधन गर्न बनेको विधेयकलाई सभाले पारित भएको हो । अबको १० दिन भित्र विधेयकलाई कानुनको रुप दिने तयारी सरकारको छ ।… Continue reading प्रतिनिधिसभाबाट पारित भयो टिआरसी विधेयक
कति बन्यो देशभर प्रसारण लाइन ?
काठमाडौं । विद्युत् आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल छ हजार सर्किट किलोमिटर पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्ष २०८०–८१ सम्ममा चार सय, २२०, १३२ र ६६ केभीका प्रसारण लाइनको लम्बाइ छ हजार ५०७ सर्किट किलोमिटर पुगेको हो । कुल प्रसारण लाइनमध्ये सबैभन्दा बढी… Continue reading कति बन्यो देशभर प्रसारण लाइन ?
पर्यटकलाई भारततर्फका सबै नाका खुला
काठमाडौं । कोरोना महामारीका बेला तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध हटेको छ । अध्यागमन विभागका सूचना अधिकारी प्रेमप्रसाद दाहालका अनुसार कोरोना महामारीका बेला स्वास्थ्य सर्तकता अपनाउने क्रममा नेपाल भारतबिचका सात वटा नाकामध्ये दुई वटा नाकाबाट मात्रै तेस्रो देशका नागरिकले भारत जाने गरेकामा साउन १६ गतेदेखि भारतसँग जोडिएका सात वटै नाकाबाट… Continue reading पर्यटकलाई भारततर्फका सबै नाका खुला
नारायणघाट–बुटवल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
काठमाडौं । पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम चलिरहेका बेला मङ्गलबार राती फेरि लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ । मंगलबार दिनभर भासिएको सडक मर्मतको काम भए पनि नसकिएपछि बुधबार बिहानैदेखि मर्मत गर्ने गरी सडक एकतर्फी सञ्चालन गरेर छोडिएको थियो । तर… Continue reading नारायणघाट–बुटवल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास नै रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। अहिले बिहान देशभर साधारणतया बदली रहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।… Continue reading कस्तो रहनेछ आजको मौसम ?
पृथ्वी राजमार्ग पहिरोले अवरुद्ध
काठमाडौं । मंगलबार राति आएको वर्षासँगै पहिरोले पृथ्वी राजमार्ग अबरूद्व बनेको छ चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग बिहान ७ बजेदेखि अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो गएको स्थानमा सडक एकतर्फी बनेको छ । यस्तै इच्छाकामना गाउँपालिका ३ कै चुम्लिङटारमा ढुङ्गा खसेपछि राजमार्ग दुईतर्फी अरूद्व बनेको छ । राजमार्ग खुलाउने… Continue reading पृथ्वी राजमार्ग पहिरोले अवरुद्ध
नेपालमा सुनको भाउ डेढ लाख माथि, के हो कारण ?
काठमाडौं । सुनको भाउले निरन्तर नयाँ नयाँ कीर्तिमान बनाइरहेको छ । सोहीक्रममा मंगलबार सुन प्रतितोला १ लाख ५० हजार ८ सय नाघेको छ । डेढ सयको आंकडा नाघेको यो पहिलो पटक हो । सोमबारको तुलनामा सुनको भाउ २१०० रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपालमा समेत मूल्य बढेको हो । रुस युक्रेन… Continue reading नेपालमा सुनको भाउ डेढ लाख माथि, के हो कारण ?