सार्वजनिक यातायातभित्र ‘ब्याड टच’ गर्नुहुन्छ ? पर्नुहोला ‘सेफ्टी पिन क्याम्पियन’को फन्दामा

काठमाडौं । सार्वजनिक स्थान, कार्यालय, यातायातका साधनलगायतमा महिला तथा बालबालिकालाई हुने यौन दुर्व्यवहार र चोरी नियन्त्रणमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले ‘सेफ्टी पिन क्याम्पियन’लाई तीव्रता दिएको छ। सर्वसाधारणबाट सार्वजनिकस्थलमै यौन दुर्व्यवहारका घटना भएको गुनासो बढेपछि त्यसलाईरोक्न सूक्ष्म निगरानी गरी त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन उपत्यका प्रहरीले उक्त अभियानमा सादा पोसाकमा प्रहरी कर्मचारी खटाइरहेको छ। उपत्यकाका विभिन्न… Continue reading सार्वजनिक यातायातभित्र ‘ब्याड टच’ गर्नुहुन्छ ? पर्नुहोला ‘सेफ्टी पिन क्याम्पियन’को फन्दामा

सीआईबीकी प्रमुख बज्राचार्यलाई कारवाहीको सिफारिस

काठमाडौं । सुन तस्करीसम्बन्धी अनुसन्धानमा कतिपय व्यक्ति जोगाउन पदको दुरुपयोग गरेको ठहर गर्दै छानबिन आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यलाई कारवाही सिफारिस गरेको छ । मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोपमा आयोगले बज्राचार्यलाई समेत कारबाहीको सिफारिस गरेको हो । एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको… Continue reading सीआईबीकी प्रमुख बज्राचार्यलाई कारवाहीको सिफारिस

सुन तस्करीमा पूर्वसभामुख महराको संलग्नता देखिएको ठहर, मुद्दा चलाउन सिफारिस

काठमाडौं । सुन तस्करीमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता देखिएको छानबिन समितिले ठहर गरेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महराको संलग्नता देखिएको भन्दै मुद्दा चलाउन सिफारिस गरेको हो । बिहीबार आयोगले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । इलेक्ट्रिक चुरोट ‘भेप’ मार्फत् भएको सुन तस्करीमा महराको नाम… Continue reading सुन तस्करीमा पूर्वसभामुख महराको संलग्नता देखिएको ठहर, मुद्दा चलाउन सिफारिस

अब जन्म दर्तासँगै राष्ट्रिय परिचय पत्र बाँडिने, अमेरिकासहित एक दर्जन मुलुकबाट पनि लिन पाइने

काठमाडौं । अब जन्मदर्ता गर्दा नै राष्ट्रिय परिचय नम्बर (एनआईएन) दिइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्मदर्ता गर्दा नै दिन स्थानीय तह र नेपाली कुटनीतिक नियोगहरुलाई परिपत्र गरेको छ । विभागले नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरका व्यक्तिको जन्मदर्ता गर्दाको बखत राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ताको प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्न… Continue reading अब जन्म दर्तासँगै राष्ट्रिय परिचय पत्र बाँडिने, अमेरिकासहित एक दर्जन मुलुकबाट पनि लिन पाइने

नेपाल र मलेसियाबीच आज मैत्रीपूर्ण फूटबल

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज मलेसियासँग उतैको मैदानमा मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपालले सन् २०२६ को विश्वकप छनोट खेलको तयारीमा लागि मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोली बुधवार नै मलेसिया गइसकेको छ । नेपाली टोली मलेसियासँग मैत्रीपूर्ण खेल र केही अभ्यास खेलपछि विश्वकप छनोट खेल्न बहराइन… Continue reading नेपाल र मलेसियाबीच आज मैत्रीपूर्ण फूटबल

धितो मूल्यांकन भन्दा कममा ऋण दिएको अभियोगमा पक्राउ १० बैंकर कुन शर्तमा भए रिहा ?

काठमाडौं । धितो मूल्यांकनभन्दा कममा ऋण दिएको भन्दै केही समयअघि पक्राउ परेका सेञ्चुरी कमर्सियल बैंक (हालका प्रभु बैंक)का तत्कालीन १० जना कर्मचारी थुनामुक्त भएका छन् । प्रहरी अनुसन्धान ब्युरो सिआइबीका प्रवक्ता होविन्द बोगटीका अनुसार दैनिक हाजिरी जमानीमा उनीहरूलाई थुनामुक्त गरिएको हो । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रमुख कार्यकारी अधिकृत रहेका मनोज न्यौपानेसँगै पूर्वप्रमुख कार्यकारी… Continue reading धितो मूल्यांकन भन्दा कममा ऋण दिएको अभियोगमा पक्राउ १० बैंकर कुन शर्तमा भए रिहा ?

प्रतिनिधिसभाको आजको बैठकमा के छन् एजेण्डा ?

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने तय भएको छ। आजको बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रबर्द्धन सम्बन्धी केही ऐनलाई संसोधन गर्ने विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ। त्यस्तै… Continue reading प्रतिनिधिसभाको आजको बैठकमा के छन् एजेण्डा ?

चक्रपथ सुधार आयोजनाको सडकका होर्डिङ बोर्ड हटाउनु पर्ने

काठमाडौं । काठमाडौं चक्रपथ सुधार आयोजनाले सडकमा राखेको होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको छ। बिहीबार सूचना प्रकाशन गरेर स्विकृतिविना सडक सिमाभित्र होर्डिङ बोर्ड राखिएको भेटिएकोले तीन दिनभित्र हटाउन भनेको हो। ‘‘सुरु मिति २०१२ डिसेम्बर १८ र सक्नु पर्ने मिति २०१५ अप्रिल उल्लेख गरी सडक विभागको पुर्ब स्वीकृतिविना नै सडक सिमा भित्र यो काठमाडौं महानगरपालिका मातहत… Continue reading चक्रपथ सुधार आयोजनाको सडकका होर्डिङ बोर्ड हटाउनु पर्ने

आगामी वर्ष ‘शान्ती कोष’मा बजेट राखिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१–८२ को बजेटमा शान्ति कोषका लागि रकम विनियोजन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले यसबारे बिहीबार जानकारी गराएका हुन् । स्वीस राजदूत डेनिएल मेउलीसँगको भेटमा अर्थमन्त्री पुनले आगामी आवमा संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंगो लाग्ने जानकारी पनि दिए । आफू १५ वर्षभन्दा अघिदेखि नै संक्रमणकालीन न्यायसम्बन्धी काममा… Continue reading आगामी वर्ष ‘शान्ती कोष’मा बजेट राखिने

कुवेतमा सडक पार गर्दा तीन नेपालीको मृत्यु

काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान ५ बजेतिर भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौं सानो भर्‍याङ्गका सुजन कार्की, पन्चदेवल विनायक-५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछाने मगर रहेका छन् । नेपाली राजदूतावास कुवेतका प्रथम… Continue reading कुवेतमा सडक पार गर्दा तीन नेपालीको मृत्यु

रुसी सेनामा थप ७ जना नेपालीको मृत्यु

काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु पुष्टि गरेको छ । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धका क्रममा उनीहरूको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर… Continue reading रुसी सेनामा थप ७ जना नेपालीको मृत्यु

सुन तस्करी जाँचबुझ आयोगले गृहमन्त्री लामिछानेलाई बुझायो प्रतिवेदन

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ। बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर ४ सय ८५ पृष्ठ लामो प्रतिवेदन गृहमन्त्रीसमक्ष बुझाइएको हो । करिब ५ महिनाको छानबिनपछि आयोगले बनाएको प्रतिवेदनमा १३ अनुच्छेद र ९ अनुसूची रहेको छ । ९ वटा भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको… Continue reading सुन तस्करी जाँचबुझ आयोगले गृहमन्त्री लामिछानेलाई बुझायो प्रतिवेदन

धरानबाट भोजपुर जाँदै गरेको जीप दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । धरानबाट भोजपुरका लागि छुटेको को. १ ज २५९३ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । बिहीबार बिहान करिब ११ बजे उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । बोलेरो सडकबाट निकै तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। चालक मानबहादुर बस्नेतबाहेक अन्य… Continue reading धरानबाट भोजपुर जाँदै गरेको जीप दुर्घटना, ६ जनाको मृत्यु

विश्व मिर्गौला दिवसमा ओलीको सन्देश : बिग्रेपछिको जिवन ज्यादै कष्टकर हुन्छ

काठमाडौं । विश्व मिर्गौला दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला बिग्रेपछि जीवन ज्यादै कष्टकर हुने भएकाले सुरुमै सजगता अपनाउन आम नागरिकलाई आह्वान गरेका छन् । दुईपटक मिर्गौला प्रत्यारोपण गराएका ओलीले आज बिहान सामाजिक सञ्जालमार्फत मिर्गौला जोगाउन आम नागरिकलाई आग्रह गरेका हुन्। उनले लेखेका छन्, ‘आज विश्व मिर्गौला दिवस । मिर्गौला… Continue reading विश्व मिर्गौला दिवसमा ओलीको सन्देश : बिग्रेपछिको जिवन ज्यादै कष्टकर हुन्छ

गुल्मीको रेसुङ्गा विमानस्थलमा अब साताको तीन उडान हुने

काठमाडौं । गुल्मीको रेसुंगा स्थित विमानस्थलमा अब साताको तीन उडान हुने भएकोछ । अहिले नेपाल एयरलाइन्सले सातोको दुई उडान गर्दै आएको छ । आगामी सोमबार ृचैत ५ गते देखि हप्तामा तीन पटक उडान हुने भएको हो । यस विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले हप्तामा तीन पटक उडान भर्ने सहमति भएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले… Continue reading गुल्मीको रेसुङ्गा विमानस्थलमा अब साताको तीन उडान हुने

शरतसिंह भण्डारीले श्रममा गरेका अलोकप्रिय निर्णय उल्टिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालले अघिल्ला श्रममन्त्री शरतसिंह भण्डारीले गरेका अलोकप्रिय निर्णयमाथि पुनर्विचार गर्ने भएका छन्। यसअघि भण्डारीले गरेका कतिपय निर्णयहरू श्रमिकको हित विपरीत भएको भन्दै चौतर्फी आलोचना भएको थियो। उनले वैदेशिक रोजगारीमा जानुअघि श्रमिकलाई दिइने अभिमुखीकरण तालिम शुल्क सात सय रूपैयाँबाट बढाएर २८ सय (परीक्षा शुल्क समेत) रूपैयाँ पुर्‍याएका… Continue reading शरतसिंह भण्डारीले श्रममा गरेका अलोकप्रिय निर्णय उल्टिने

टिकटकको स्वामित्व अमेरिकाले नपाए प्रतिबन्ध लगाउने तयारी

काठमाडौं । चिनियाँ नागरिकको स्वामित्वमा रहेको टिकटक अमेरिकालाई नबेचे सो एप देशभर प्रतिबन्ध लगाउने विधेयक अमेरिकन हाउस अफ रिप्रेजेन्टेटिभले पास गरेको समाचारहरुमा उल्लेख छ । चिनियाँको स्वामित्वमा रहेको टिकटक अमेरिकाका लागि सुरक्षा चुनौती भएको भन्दै बुधबार अमेरिकी हाउसले यस्तो विधेयक पास गरेको हो। द न्यूयोर्क टाइम्सका अनुसार यो विधेयक अब सिनेटमा जानेछ। सिनेटले यो विधेयक… Continue reading टिकटकको स्वामित्व अमेरिकाले नपाए प्रतिबन्ध लगाउने तयारी

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा बल्ल छलफल हुने

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१–८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा आजदेखि छलफल सुरु हुने भएको छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा आर्थिक वर्ष २०८१–८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव… Continue reading विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा बल्ल छलफल हुने

सहकारी पिडितको आज काठमाडौंमा प्रदर्शन

काठमाडौं । काठमाडौंमा भेला भएका सहकारी पीडितले आज प्रदर्शन गर्ने भएका छन् । देशका विभिन्न स्थानबाट राजधानीमा भेला भएका पीडितहरुले विभिन्न पाँच केन्द्रविन्दुबाट प्रदर्शन गर्दै भृकुटीमण्डपमा जम्मा भएर कोणसभा गर्ने कार्यक्रम तय गरेका छन् । प्रदर्शन गर्न कालिमाटी, गोंगबु नयाँबसपार्क नजिकको बिजी मल, शंखपार्क, सिफल चौर र जावलाखेल केन्द्रविन्दु तोकिएको छ । ती पाँच स्थानबाट… Continue reading सहकारी पिडितको आज काठमाडौंमा प्रदर्शन

प्रधानमन्त्रीलाई १५ महिनामा तेस्रो पटक विश्वासको मत, कति घट्यो समर्थन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। मंगलवार भएको मतदानमा पक्षमा १५७ र विपक्षमा ११० मत खसेको थियो। मत दिन्नमा एक मत खसेको छ। सत्ता गठबन्धनमा आएको फेरबदलका कारण प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिनामा तेस्रोपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन् । यस सरकारको नेतृत्व गरेपछि पहिलोपटक २०७९ सालको १०… Continue reading प्रधानमन्त्रीलाई १५ महिनामा तेस्रो पटक विश्वासको मत, कति घट्यो समर्थन

रेशमको निर्देशन नागरिक उन्मुक्ति पार्टीका सांसदले टेरेनन्, ४ जनाले नै दिए विश्वासको मत

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसदहरुले संस्थापक रेशम चौधरीको निर्देशन विरुद्ध उभिएर पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका छन् । पार्टीकी अध्यक्ष एवं संसदीय दलकी नेतृ रञ्जिता श्रेष्ठले प्रचण्डलाई विश्वासको मत दिनह्विप जारी गरेपछि ४ जना सांसदले नै मत दिएका हुन् । रन्जिताका श्रीमानसमेत रहेका पार्टीका संरक्षक चौधरीले प्रचण्डलाई मत नदिने बताइरहँदा अध्यक्ष रन्जिताले… Continue reading रेशमको निर्देशन नागरिक उन्मुक्ति पार्टीका सांसदले टेरेनन्, ४ जनाले नै दिए विश्वासको मत

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभाका १५७ सांसदको विश्वास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। मंगलवार भएको मतदानमा पक्षमा १५७ र विपक्षमा ११० मत खसेको थियो। मत दिन्नमा एक मत खसेको छ। मतदान प्रक्रियामा २६८ सांसदको उपस्थित थियो। प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो।

अमेरिकी राष्ट्रपति निर्वाचनमा फेरि बाइडन र ट्रम्प भिड्ने पक्का, यस्ता छन् चुनावी एजेन्डा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन र पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आगामी निर्वाचनमा उम्मेदवार हुन उनीहरूको दलबाट आवश्यक प्रतिनिधिहरूको समर्थन जुटाउन सफल भएका छन्। कैयौँ राज्यहरूमा भएका प्राइमरी चुनावहरूबाट उनीहरू दुवै जनाले मङ्गलवार आवश्यक प्रतिनिधि सङ्ख्या जुटाएका हुन्। ट्रम्पको रिपब्लिकन पार्टीका उम्मेदवारले कम्तीमा १,२१५ जना पार्टी प्रतिनिधिको समर्थन जुटाउन आवश्यक छ भने बाइडनको डेमोक्र्याट पार्टीका उम्मेदवारले… Continue reading अमेरिकी राष्ट्रपति निर्वाचनमा फेरि बाइडन र ट्रम्प भिड्ने पक्का, यस्ता छन् चुनावी एजेन्डा

नेपाललाई ८६ रनले हराउँदै पीएनजीले जित्यो त्रिदेशीय शृंखलाको उपाधि

Photo by Panda Man Chung Yan / Takumi Images. All rights reserved.

काठमाडौं । नेपाली टोली हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिबाट चुकेको छ । नेपाली टोली फाइनलमा बुधबार पपुवा न्युगिनी (पीएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो । हङकङमा पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ३ बलमा ८५ रनमा समेटिएको हो । नेपालका लागि सन्दीप जोराले १७, आरिफ शेखले… Continue reading नेपाललाई ८६ रनले हराउँदै पीएनजीले जित्यो त्रिदेशीय शृंखलाको उपाधि

प्रचण्डमाथि पाण्डेको आक्रोश-‘विष पिएर हामी तपाईंका साथमा थियौं, बाटामा छाडेर किन हिँड्नुभयो’ ?

काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा पाण्डेले ‘प्रचण्ड’ ले नयाँ समीकरण बनाउँदा आफ्नो पार्टीलाई छाडेर बनाएकोमा असन्तुष्टि जनाए । पाण्डेले भने, ‘एकीकृत समाजवादीको तर्फबाट संविधान रक्षाका लागि पार्टीभित्र जन्मेको व्यक्तिवादका विरूद्धमा उत्रेर हामी बिद्रोह गरेर आएको शक्ति… Continue reading प्रचण्डमाथि पाण्डेको आक्रोश-‘विष पिएर हामी तपाईंका साथमा थियौं, बाटामा छाडेर किन हिँड्नुभयो’ ?

‘रास्वपाले जोखिम मोलेर प्रधानमन्त्रीलाई साथ दिएका छ’- स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राष्ट्र हितको सवालमा दरिलो बनाउनलाई पार्टीले जोखिम मोलेरै साथ दिएको बताएका छन्। प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि बुधबारको प्रतिनिधि सभा बैठकमा राखेको प्रस्तावमाथि छलफलमा भाग लिँदै वाग्लेले प्रधानमन्त्रीको लेगेसीलाई फराकिलो बनाउने प्रयासमा रास्वपाले साथ दिएको बताएका हुन्। सांसद वाग्लेले अगाडी… Continue reading ‘रास्वपाले जोखिम मोलेर प्रधानमन्त्रीलाई साथ दिएका छ’- स्वर्णिम वाग्ले

उपाधि जित्न नेपाललाई पीएनजीले दियो १७२ रनको लक्ष्य

Photo by Panda Man Chung Yan / Takumi Images. All rights reserved.

काठमाडौं । हङकङमा जारी टी-२० सिरिज क्रिकेटको फाइनलमा पीएनजीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको हो । पीएनजीको तर्फबाट टोनी उराले ६१ रनको योगदान दिए। कुशल भुर्तेलबाट आउट हुनुअघि उनले ३७ बल खेल्दै ४ छक्का र ५ चौका… Continue reading उपाधि जित्न नेपाललाई पीएनजीले दियो १७२ रनको लक्ष्य

विश्वप्रकाशको प्रश्न-‘प्रधानमन्त्री ज्यू ! तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए के हुन्छ’ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्डलाई तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए के हुन्छ ? भन्दै प्रश्न गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने- पोहोर एमाले विपक्षमा रहेको अहिले कांग्रेस विपक्षमा रहेको पालैपालो विपक्षमा रहेकाहरूको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र ? पालैपालै विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिए भने पनि धोका… Continue reading विश्वप्रकाशको प्रश्न-‘प्रधानमन्त्री ज्यू ! तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए के हुन्छ’ ?

कांग्रेसलाई ओलीको प्रश्न-‘अघिल्लो पटक हौसियर समर्थन गर्ने, अहिले किन नगर्ने’ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो पटक हौसियर प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको कांग्रेसलाई अहिले पनि समर्थन गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा अध्यक्ष ओलीले भने, ‘पोहोर साल पनि यस्तै अवस्था थियो । नेपाली कांग्रेस भोट नै नमागिकन, हतारिएर, हौसिएर, उत्साहित भएर नयाँ बेटरी हालेजस्तो थियो । समर्थन गरेको थियो… Continue reading कांग्रेसलाई ओलीको प्रश्न-‘अघिल्लो पटक हौसियर समर्थन गर्ने, अहिले किन नगर्ने’ ?

विश्वासको मत माग्दै प्रचण्डले भने- ‘यो आफैँमा उथलपुथल हो, मैले मात्रै गरेको होइन हामी सबै सहभागी छौँ ‘

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले फेरि एकपटक आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आह्वान गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले गठबन्धन परिवर्तन भएकाले आफूलाई पुनः विश्वासको मत चाहिएको बताए। उनले भने- अहिले फेरि नयाँ राजनीतिक परिस्थिति बन्यो। म तेस्रो पटक विश्वासको मत लिन उपस्थित भएको छ। मेरो उथलपुथल शब्दसँग अहिले पनि कुरा उठाउनुभयो। पहिलो र दोस्रो… Continue reading विश्वासको मत माग्दै प्रचण्डले भने- ‘यो आफैँमा उथलपुथल हो, मैले मात्रै गरेको होइन हामी सबै सहभागी छौँ ‘