Category: फिचर

  • ओडिसा काण्ड : कलेजले दियो नेपाली विद्यार्थीलाई दोष-घटना ढाकछोप गर्ने प्रयास

    ओडिसा काण्ड : कलेजले दियो नेपाली विद्यार्थीलाई दोष-घटना ढाकछोप गर्ने प्रयास

    काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी-टेक पढिरहेकी नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएपछि कलेजले घटनाको ढाकछोप गर्न खोजेको छ । छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु र त्यसअघि उनले निरन्तर भोगिरहेको दुर्व्यवहारबारे केआईआईटीले विज्ञप्ति जारी गरेर भनेको छ, ‘ हाम्रो प्रशासनले नेपाली विद्यार्थीको मृत्युको घटनालाई लिएर १० घण्टादेखि शान्तिपूर्वक धेरै पटक परामर्श गर्न खोज्यो, शान्तिपुर्वक सम्झाउन खोज्यो । तर नेपाली विद्यार्थीहरूले कानुनलाई उल्लंघन गर्दै कलेजमा तनाव सिर्जना खोजे। उनीहरूले सार्वजनिक सडकमा पनि १ घण्टा अवरूद्ध गरेर थप तनाव दिए ।’

    भारतको ओडिसामा नेपाली छात्राको शंकास्पद मृत्यु

    यतिमात्रै होइन कलेजले मृत्युको घटनालाई सहज र पूर्वाग्रहरहीत तरिकाले अनुसन्धानलाई निरन्तरता दिन नेपाली विद्यार्थीलाई घर जान सल्लाह दिएको बताएको छ । ‘ घटनाको बारेमा निष्पक्ष भएर छानबिन नहुँदासम्मका लागि हामीले नेपाली विद्यार्थीलाई तत्काल स्थानीयहरूको सहयोगमा घर जान सल्लाह दिएका हौं।’

    यसका साथै कलेजले विद्यार्थीहरूको एकेडेमिक कक्षा चाँडै सञ्चालन हुने र यसमा विशेष ध्यान दिइने पनि बताएको छ । यसका लागि कलेजले होस्टेलमा बसेका र अस्थायी रुपमा निकालिएका विद्यार्थीहरूको निलम्बन फिर्ता लिएको जनाएको छ । ‘कलेजले चाँडै विद्यार्थीहरूको कक्षा सञ्चालन गर्नेछ र होस्टेलबाट निकालिएका विद्यार्थीहरूको निलम्बन फिर्ता गरिएको छ । यसअघि गरिएको कारबाही केवल शान्ति र न्यायका लागि लिइएको थियो ।’

  • ओडिसा काण्ड : नेपाली विद्यार्थीले प्रदर्शन गरेपछि प्रशासनको दमन

    ओडिसा काण्ड : नेपाली विद्यार्थीले प्रदर्शन गरेपछि प्रशासनको दमन

    काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी नेपाली विद्यार्थीको न्यायको माग गर्दै नेपाली विद्यार्थीले प्रदर्शन गरेका छन् । उनीहरुमाथि कलेज प्रशासनले दमन गरेको छ । कलेजको होस्टलमा मृत फेला परेकी बुटवलकी प्रकृति लम्सालबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै प्रदर्शन गरेका नेपालीमाथि कलेजले निकाला समेत गरेको छ ।

    यो कलेजमा करिब १५ सय नेपाली विद्यार्थी अध्ययतरत् रहेको बताइएको छ ।
    लम्सालले कलेजमा पढ्ने एक युवकले आफूलाई लामो समयदेखि दुर्व्यवहार गर्दै आएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध अफिसर (आईआरओ) लाई निवेदन पनि दिएकी थिइन् । तर, प्रशासनले गम्भीरतापूर्वक लिएको थिएन ।

    भारतको ओडिसामा नेपाली छात्राको शंकास्पद मृत्यु

    आइतबार उनी कलेजको होस्टलभित्र मृत अवस्थामा फेला परेपछि विद्यार्थीहरुले कलेजविरुद्ध प्रदर्शन थालेका थिए । कलेजले उनले आत्महत्या गरेको दाबी गर्दै विज्ञप्ति जारी गरेको छ । यद्यपि, मृत्युको यकिन कारण पोष्टमार्टम जाँचपछि मात्र थाहा हुनेछ । शवलाई पोष्टमार्टमका लागि क्यापिटल अस्पताल पठाइएको छ । ‘सामाजिक सञ्जालमा प्रदर्शन गर्ने विद्यार्थीहरुमाथि दमन गरिएको भिडियोहरु भाइरल भइरहेका छन् ।

  • भारतको ओडिसामा नेपाली छात्राको शंकास्पद मृत्यु

    भारतको ओडिसामा नेपाली छात्राको शंकास्पद मृत्यु

    काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् एक जना नेपाली विद्यार्थी होस्टलमा मृत अवस्थामा भेटिएसँगै तनाव बढेको छ । ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी हुन् । कलेजले उनले आत्महत्या गरेको भन्दै विज्ञप्ति जारी गरेको छ । ‘उनी केआईआईटीमै अध्ययनरत एक विद्यार्थीसँग प्रेम सम्बन्धमा थिइन् भन्ने शंका छ’, समाचारमा विज्ञप्ति उल्लेख गर्दै भनिएको छ, ‘त्यहीसँग सम्बन्धित केही कारणले आत्महत्या गरेको हुनसक्छ ।’

    दिल्लीमा भूकम्पको ठूलो धक्का

    कलेजले उनी मृत भेटिएलगत्तै प्रहरीलाई खबर गरिएको भनेको छ । तर, ओडिसाको पत्रिका संवादको अंग्रेजी संस्करणले भने उनी आफ्नो पुरुष साथीबाट दुर्व्यवहारमा परेको उल्लेख गर्दै मृत्युको यकिन कारण खुलिनसकेको उल्लेख गरेको छ । यही बीचमा सामाजिक सञ्जाल एक्समा एउटा थ्रेड भाइरल भएको छ, जसमा उनलाई एक जना व्यक्तिले दुर्व्यवहार गरेर शहर छाडेर भाग्न लागेको भनिएको छ ।

    ‘उनले आफूलाई जोगाउन खोजेकी थिइन्, केही महिना पहिले उनी सहयोग माग्दै कलेजका अन्तर्राष्ट्रिय सम्बन्ध अफिसर (आईआरओ) लाई भेट्न पनि पुगेकी थिइन्’, थ्रेडमा भनिएको छ, ‘उनले त्यहाँ दुर्व्यवहारबारे खबर गरेकी थिइन्, मानसिक दुर्व्यवहार र सहन नसकिने दुःखहरुबारे ।’

    तर, कलेजले केही नगरेका कारणले यस्तो घटना भएको त्यसमा उल्लेख गरिएको छ । ‘एउटा जिन्दगी एक व्यक्तिको टक्सिसिटीले गरेर मात्र सकिएन, कलेजको लापरबाहीले पनि सकियो’, उनले भनेका छन्, ‘अहिले जिम्मेवारी लिन छाडेर कलेजले घटनालाई ट्वीस्ट गर्न खोजिरहेको छ । सत्यलाई छोपेर आफ्नो साख मात्र जोगाउन खोजिरहेको छ ।’

    अहिले प्रदर्शन गर्न खोज्ने विद्यार्थीहरुलाई समेत सुरक्षागार्ड र होस्टलका वार्डेनहरु प्रयोग गरेर दबाउन खोजिएको भनिएको छ । प्रदर्शन बढ्दै गएपछि कलेजमा प्रहरी परिचालन गरेर स्थितिलाई साम्य पारिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । लम्सालको शवलाई पोष्टमार्टमका लागि क्यापिटल अस्पताल पठाइएको छ । यो घटनापछि कलेजमा पढिरहेका नेपाली विद्यार्थीहरुसँग प्रशासनले छलफल गरेको छ । र, उनीहरुलाई परिस्थिति सामान्य नभएसम्म बिदा बस्न भनेको छ ।

  • डेनमार्कको मुद्रा अब नचल्ने, फागुन मसान्तसम्म साटिसक्न सूचना

    डेनमार्कको मुद्रा अब नचल्ने, फागुन मसान्तसम्म साटिसक्न सूचना

    काठमाडौं । डेनमार्कको केन्द्रीय बैंकले डेनिस क्रोनरको कानुनी मान्यता खारेज गरेको छ । योसँगै डेनिस क्रोनर नोट चल्ने छैनन् । यता, नेपाली नागरिकले आफूसँग भएका डेनिस क्रोनर फागुन मसान्तसम्म साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको छ ।

    राष्ट्र बैंकका अनुसार यस अवधिभित्र केन्द्रीय बैंकको बैकिङ विभाग, प्रदेश कार्यालय, अन्य बैंक तथा वित्तीय संस्था र मनिचेन्जरबाट साट्न सकिने भएको छ । यस अवधिपछि भने केन्द्रीय बैंक यी नोट साट्न बाध्य नहुने समेत राष्ट्र बैंकले सचेत गराएको छ । कानुनी मान्यता खारेज गरिएका बैंक नोटबारे विस्तृत जानकारी डेनमार्कको केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको समेत राष्ट्र बैंकले जनाएको छ ।

    भूमि अध्यादेशबाहेक अन्य अगाडी बढाउने तयारी

  • रुस-युक्रेन युद्ध अन्त्य गर्न साउदीमा वार्ता हुने, तर युक्रेनलाई छैन निम्ता

    रुस-युक्रेन युद्ध अन्त्य गर्न साउदीमा वार्ता हुने, तर युक्रेनलाई छैन निम्ता

    काठमाडौं\एजेन्सी । रुस र युक्रेनबीच लामो समयदेखिको युद्ध अन्त्य गर्न साउदी अरेबियामा वार्ता हुँदैछ । तर, यो वार्तामा युक्रेनलाई निम्ता नदिइएको युक्रेनियन सरकारका एक मन्त्रीले बताएका छन् । बीबीसीका अनुसार यसअघि युक्रेनस्थित अमेरिकी विशेष राजदूत केथ कलाङ्गले यस वार्तामा युक्रेन समेत सहभागी हुने बताएका थिए ।

    अमेरिकी राष्ट्रपति र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता, के भयो कुराकानी ?

    तर, वार्तामा कुनै पनि प्रतिनिधिमण्डल युक्रेनको तर्फबाट सहभागी नहुने समाचारमा उल्लेख छ । ह्वाइट हाउसका मध्यपूर्व प्रतिनिधि स्वीव विटकम्फ भने आइतबार साउदी यात्रामा लागेको समाचारमा लेखिएको छ । अमेरिका र रुसबीच यस्तो भेट पहिलो पटक हुन लागेको हो, जसको उद्देश्य युक्रेन र रुसबीचको युद्ध रोक्नु रहेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्तामा युद्ध अन्त्यका विषयमा कुराकानी भइसकेको छ ।

  • काठमाडौंमा आजबाट अन्तर्राष्ट्रिय महिला फूटबल, चार मुलुक सहभागी

    काठमाडौंमा आजबाट अन्तर्राष्ट्रिय महिला फूटबल, चार मुलुक सहभागी

    काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरू हुँदैछ । नेपालले आज आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुकी ६ बजे शुरू हुनेछ । त्यसअघि दिउँसो २ बजे म्यानमार र लेबनानबीच खेल हुनेछ । प्रतियोगितामा नेपाल, कीर्गिस्तान, म्यानमार र लेवनान सहभागी छन् ।

    नेपाली फुटबल टिमकी कप्तान एन्जिलाले ग्रिसमा व्यवसायिक फुटबल खेल्ने

    प्रतियोगिताका लागि विदेशमा रहेका खेलाडीहरु एन्जिला र रेखा आइसकेका छन् भने सावित्रा भण्डारी साम्बा आज आइपुग्ने नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताएका छन् । अहिलेसम्म उपाधी जित्न नसकेको नेपाल यस पटक घरेलु मैदानमा आफैले आयोजना गरेको प्रतियोगितामा उपाधी उचाल्ने लक्ष्यका साथ मैदान उत्रिँदैछ ।

  • हलेसी आगलागीमा तीन घर जले

    हलेसी आगलागीमा तीन घर जले

    काठमाडौं । खोटाङको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घन्टापछि निभाइएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर सुरू भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११ः०० बजे निभाइएको हो।

    आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन्। सुक्खाग्रस्त क्षेत्र हलेसीमा भएको आगो निभाउन पानी अभाव भएकाले समस्या भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए।

    ‘आगलागीबाट दुईवटा घर पूर्ण तथा एउटामा आंशिक क्षति भएको छ। आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ,’ उनले भने। आगलागीबाट तीनवटा घर, एउटा लघुवित्तको कार्यालय, हार्डवेयर तथा ग्यास पसलमा क्षति भएको छर सबैमा भएको क्षतिको विवरण हेर्दा करिब एक करोड बढीको क्षति भएको अनुमान गरिएको उनले बताए।

    खोटाङको हलेसीमा भीषण आगलागी

    आगो निभाउन जिल्लाबाट तीनवटै सुरक्षा निकायका टोली हलेसी पुगेको थियो। पदम राईको घरमा बेलुकाको खाना पकाउने क्रममा ग्यास सिलिण्डर लिक भएर सुरू भएको आगो दमकल अभावमा तत्कालै निभाउन नसक्दा ठूलो क्षति भएको स्थानीय सयन्द्र राईले जानकारी दिए। रासस

  • दिल्लीमा भूकम्पको ठूलो धक्का

    दिल्लीमा भूकम्पको ठूलो धक्का

    काठमाडौं । भारतको नयाँदिल्लीमा भूकम्प आएको छ । सोमबार बिहान ५ बजेर ३६ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र जमिनभित्र करिब पाँच किलोमिटर गहिराइमा थियो । भूकम्पले दिल्ली हल्लिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई सुरक्षा सावधानी अपनाउन अपिल गरेका छन् । साथै सुरक्षा अधिकारीहरुलाई निगरानी बढाउन पनि उनले निर्देशन दिएका छन् ।

    नयाँ दिल्लीमा रेल्वे स्टेशनमा भाग दौड, कम्तिमा १८ जनाको मृत्यु

    दिल्ली प्रहरीले भूकम्पबाट सबै सुरक्षित रहेको विश्वास व्यक्त गर्दै आपत्कालीन सहायता चाहिएमा ११२ नम्बरमा डायल गर्न भनेको छ । दिल्लीकी पूर्वमुख्यमन्त्री आतिशी सिंहले दिल्लीमा ठूलो धक्का महसुस भएको भन्दै सबै सुरक्षित होउन् भनेर भगवानसँग प्रार्थना गरेको एक्समा लेखेकी छन् ।

  • प्रधानमन्त्री आज दाङ जादैं, लुम्बिनी प्रदेश सभामा सम्बोधन

    प्रधानमन्त्री आज दाङ जादैं, लुम्बिनी प्रदेश सभामा सम्बोधन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ जाने भएका छन् । उनी बिहान नेपाली सेनाको हेलिकोप्टरबाट ओली दाङ जानेछन् । उनले आज मध्याह्न दाङ देउखुरीस्थित लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सदरमुकाम घोराहीमा आयोजित जनसभालाई पनि उनले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।

    संसदको प्रश्नोत्तरमा प्रधानमन्त्री : विपक्षी सांसदसँग झर्किए

    जनसभा शहीदमञ्चमा दिउँसो २ बजे कार्यक्रम राखिएको छ । उनले तुलसीपुरमा होटल उदघाट्न गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाङ आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । दाङमा रहँदा प्रधानमन्त्री ओलीले कार्यकर्ता र व्यापारी व्यवसायीसँग पनि भेटघाट गरी त्यहाँका समस्या सुन्ने भएका छन् ।

  • संसदको प्रश्नोत्तरमा प्रधानमन्त्री : विपक्षी सांसदसँग झर्किए

    संसदको प्रश्नोत्तरमा प्रधानमन्त्री : विपक्षी सांसदसँग झर्किए

    काठमाडौं । आफ्नो भारत भ्रमणबारे सोधिएको प्रश्नको जबाफ नदिई प्रधानमन्त्री केपी ओलीले संसद्‌मा प्रश्नोत्तर सकाएका छन्। आइतवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर राखिएको थियो। पूर्वनिर्धारित कार्यसूची अनुसार १० जना सांसदहरूले दर्ता गराएका प्रश्नको जबाफ दिन प्रधानमन्त्री ओली रोष्ट्रममा उक्लिएका थिए। प्रधानमन्त्रीलाई प्रश्न सोध्ने अन्तिम पालो आम जनता पार्टीका सांसद प्रभु साहको थियो।


    साहले वैदेशिक रोजगारीमा रहेका युवाहरूको समस्या देखि राजधानी जोड्ने सडकमार्गको दुरावस्था लगायतका विषयमा आठ वटा प्रश्न प्रधानमन्त्रीलाई सोधेका थिए। उनको पाँचौँ प्रश्न प्रधानमन्त्रीको भारत भ्रमणबारे थियो। ‘तपाईँले सार्वजनिक रूपमा भारत भ्रमणमा जाँदै छु भन्नुभएको थियो, त्यो जाँदै छु भनेको कहिले हो ? निम्तो नै नआईकन किन जान्छु भन्नुभयो ? यसले देशको प्रतिष्ठामा आँच आएको अनुभूति हुँदैन ? साहले प्रधानमन्त्री ओलीलाई सोधे।

    गत असारमा प्रधानमन्त्री भएका ओली उत्तरी छिमेकी चीन भ्रमणमा गए पनि दक्षिणी छिमेक भारतको भ्रमणमा गएका छैनन्। यसबारे राजनीतिक वृत्तमा चर्चा चलिरहँदा गएको मङ्सिर २३ गते दमकमा सरकारी लगानीमा बनेको व्यापारिक कम्प्लेक्स उद्घाटनका लागि पुगेका ओलीले आफ्नो भारत भ्रमणको योजना सुनाएका थिए। तर आइतवार ‌ओलीले सांसद साहले सोधेका भारत भ्रमणसहित कुनै पनि प्रश्नको जबाफ दिएनन्।

    ूउहाँका प्रश्नहरू उहाँको मनमा रहेका विरोध, घृणा आक्रोश आदिले अपमानजनक समेत रहेका छन्। संसद्जस्तो गरिमामय ठाउँमा यस्तो भाषा‘, ओलीले भने। ‘उहाँले गर्नुभएका प्रश्नहरूमा खासै जबाफ दिइरहनु पर्ने छैन। सबैको उत्तर आफैँ प्रश्नमा बोकेर आउनुभएको छ। त्यसकारण मैले उत्तर दिइरहनु परेन। यहाँलाई धन्यवाद छ।’

    प्रधानमन्त्रीले आफ्नो विषयमा टिप्पणी गरेपछि सांसद साह उठेर बोल्न समय मागेका थिए। तर सभामुख देवराज घिमिरेले प्रतिप्रश्न नहुने भन्दै उनलाई रोकेपछि प्रश्नोत्तर कार्यक्रम सकिएको थियो। साहको पार्टीबाट प्रतिनिधिसभामा उनी एक्ला सांसद हुन्। पूर्वमन्त्री समेत रहेका उनी गएको निर्वाचनमा रौतहटबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए। त्यसअघि उनी नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा अलग हुँदा ओली नेतृत्वको नेकपा एमालेमा आबद्ध थिए।


    प्रधानमन्त्री ‌ओलीलाई सत्ता र प्रतिपक्षमा रहेका सांसदहरूले सरकारका काम कारबाहीबारे प्रश्न सोधेका छन्। आज सत्तारुढ दलका प्रश्नमा नरम सुनिएका प्रधानमन्त्री विपक्षी दलका नेताले सोधका प्रश्नमा निरन्तर झर्किएका थिए । उल्टो प्रतिप्रश्न तेस्राएका थिए । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले अर्थतन्त्रमा देखिएको शिथिलताबारे प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए। यसअघिका अर्थमन्त्री समेत रहेका पुनका प्रश्नमा जवाफ दिँदै ओलीले अघिल्लो सरकारका पालामा भन्दा राम्रो काम भइरहेको दाबी गरे।

  • परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशङ्करबीच भेटवार्ता, के भयो कुराकानी ?

    परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशङ्करबीच भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच आइतबार ओमनको राजधानी मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरुबीच आज साँझ भेट भएको हो । सो भेटका क्रममा दुवैजनाबीच नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी हित, साझा चासो र पारस्पारिक लाभका विविध विषयमा कुराकानी भएको थियो । त्यस भेटका क्रममा पछिल्लो समय दुई देशबीचका द्विपक्षीय भेटवार्ता, भ्रमण आदानप्रदान तथा आपसी सहकार्यका विषयमा कुराकानी भएको जानकारी मन्त्री डा देउवाको सचिवालयले दिएको छ ।

    हालै काठमाडौँमा सम्पन्न वाणिज्य सचिवस्तरीय तथा भारतको नयाँदिल्लीमा भएको ऊर्जासम्बन्धी बैठक र तिनको प्रगतिका विषयमा पनि उनीहरुबीच कुराकानी भएको थियो । भेटमा मन्त्री डा देउवाले भारतसँग भएको ऊर्जा व्यापारसम्बन्धी सम्झौताले नेपालबाट भारत तथा भारत भएर बङ्गलादेश विद्युत् निर्यात प्रवद्र्धनमा सहयोग पु¥याएको भन्दै भारत सरकारलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । साथै पछिल्लो समयमा दुई देशबीचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएको प्रगतिबारेमा उनीहरुबीच कुराकानी भएको थियो ।

    नेपाल–भारत बङ्गलादेशबीचको त्रिपक्षीय विद्युत् व्यापार सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि ठूलो उपलब्धि रहेको उल्लेख गर्दै त्यसका लागि भारतले प्रदान गरेको सहजीकरण उल्लेखनीय रहेको मन्त्री डा देउवाको भनाइ थियो ।

    भेटमा क्रसबोर्डर विद्युत् व्यापार निर्माणको ‘मोडालिटी’का विषयमा भएको प्रगतिका बारेमा पनि कुराकानी भएको थियो । साथै नेपाल–भारतबीचको व्यापार सन्धिको पुनरावलोकन, गत जनवरी महिनामा काठमाडौँमा भएको नेपाल–भारत इन्टर गभर्मेन्टल कमिटी बैठकमा धेरै क्षेत्रमा भएका उत्पादनमूलक छलफल र निर्णयका साथै धम्रा तथा मुन्द्रा थप बन्दरगाहको सञ्चालनका विषयमा पनि कुराकानी भएको थियो ।

    साथै सो भेटका क्रममा भारतीयतर्फबाट अतिरिक्त बन्दरगाह सञ्चालनका लागि भएको प्रगति र यसले सीमा पूर्वाधारको विकास तथा व्यापार प्रवर्द्धन र दुई देशबीचको कनेक्टिभिटीमा सुधार ल्याउने उल्लेख गर्दै मन्त्री डा देउवाले प्रशंसा गरेकी थिइन् । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनासँग सम्बन्धित प्रमुख प्राविधिक समस्या समाधान भइसकेको तथा हालै भएको दुवै देशको मन्त्रिस्तरीय बैठकबाट यसलाई सकारात्मक रुपमा अघि बढाउने समझदारी भएको विषयमा समेत उहाँहरुबीच छलफल भएको थियो ।

    सो भेटका क्रममा माथिल्लो अरुण परियोजना अघि बढेकामा भारतीय विदेशमन्त्रीले धन्यवाद व्यक्त गरेका थिए । साथै विदेशमन्त्री डा जयशङ्करले बिम्स्टेक सङ्गठनलाई सबै मिलेर अगाडि बढाउनुपर्ने धारणा कुराकानीका क्रममा राखेका थिए । मन्त्री डा देउवाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझाहितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको भारतीय विदेशमन्त्रीसमक्ष बताएको जानकारी पनि सचिवालयले दिएको छ ।

  • खोटाङको हलेसीमा भीषण आगलागी

    खोटाङको हलेसीमा भीषण आगलागी

    काठमाडौं । खोटाङको हलेसी बजारमा आगलागी नियन्त्रणको प्रयास जारी छ । आइतबार साँझ एउटा हार्डवेयर पसलबाट निस्किएको आगो छेउमा रहेका दुईवटा टहरा र एउटा पक्की घरमा पनि पुगेको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताएका छन् ।

    उनका अनुसार दमकल नहुँदा आगलागी नियन्त्रणमा समस्या भएको छ । अहिले ट्यांकर र जेसीबीको सहयोगमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र स्थानीय युवाहरू मिलेर आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

  • रेटिङमा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’

    रेटिङमा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । योसँगै प्राधिकरणले लगातार तेस्रो पटक ‘डबल ए प्लस’ रेटिङ पाएको छ । प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिम विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा वाह्य वातावरणीय तत्व लगायत विश्लेषण गरी रेटिङ गरिएको हो ।

    डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै बहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ । क्रेडिट रेटिङ मार्फत कुनै व्यक्ति वा संगठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्यांकन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ । यसमा संस्थाको ऋण दायित्व भुक्तान गर्ने क्षमता सम्बन्धमा निहित जोखिमबारे सरल र बुझ्न सकिने सांकेतिक सूचकका रूपमा राय दिइन्छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रेटिङमा तीन वर्षदेखि निरन्तर डबल ए प्लस रेटिङ प्राप्त गर्न सफल भएको र यसबाट संस्थाको वित्तीय स्वास्थ्य राम्रो एवं ऋण तिर्न सक्ने क्षमतामा सक्षमता देखिएको बताए । प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग बहन गर्न सक्ने क्षमतामा देखिएको घिसिङले उल्लेख गरेका छन् ।

    प्राधिकरणको चुक्ता पूँजी करिब ३ खर्ब रुपैयाँ कायम गरी त्यसको बढीमा २० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरीे आईपीओ निष्कासन प्रस्ताव गरिएको छ । सर्वसाधारणलाई सेयर निष्कासनका लागि महत्त्वपूर्ण मापदण्डका रूपमा रहेको संस्थाको रेटिङ सम्पन्न भइसकेको छ, संस्थाको वास्तविक सम्पत्ति मूल्यांकन गरिसकेका छौं,’ घिसिङले भने, ‘सरकारबाट स्वीकृति पाउनासाथ सेयर निष्कासन प्रक्रिया अगाडि बढाउन सकिने छ । सेयर निश्कासनबाट संकलन गरिएको रकम ठूला जलविद्युत आयोजना निर्माणमा लगानी गर्ने योजना बनाएका छौं ।’

    उनले विद्युत् उत्पादनतर्फका आयोजना निर्माण र विद्युत् आपूर्ति थप भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रणाली सुधार तथा विस्तारका लागि आवश्यक ठूलो पूँजी संस्थाले कमाएको नाफा र सेयर निष्कासनबाट प्राप्त हुने रकमबाट पूरा गर्ने योजना रहेको उल्लेख गरे ।

    प्राधिकरणको चुक्ता पूँजी करिब ३ खर्ब रुपैयाँ कायम गरी त्यसको बढीमा २० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरीे आईपीओ निष्कासन प्रस्ताव गरिएको छ । प्रिमियम सहित प्रतिकित्ता करिब ३ सय रुपैयाँ कायम गरी सेयर निष्कासन प्रस्ताव गरिएको हो । प्राधिकरणको वार्षिक आम्दानी १ खर्ब १६ अर्ब र सम्पत्ति ७ खर्ब रुपैयाँभन्दा बढीको छ ।

    विद्युत् उत्पादन, प्रसारण र वितरण सक्षम, भरपर्दो र सर्वसुलभ गरी विद्युत् आपूर्ति समुचित व्यवस्था गर्न सरकारको पूर्णस्वामित्वमा प्राधिकरण स्थापना गरिएको हो । प्राधिकरणले देशभित्र विद्युत् उत्पादन, प्रसारण र वितरण अतिरिक्त आन्तरिक तथा सीमापार विद्युत् व्यापार पनि गरिरहेको छ ।

    सरकारले विद्युत् विकासका आफ्ना कार्यक्रम कार्यान्वयन गर्न वार्षिक रूपमा बजेट विनियोजन, सेयरमा लगानी (नगद वा ब्याज–साँवा पूँजीकरण) र अन्य आवश्यक रकमरसञ्चालन मार्फत प्राधिकरणमा लगानी गर्दै आएको छ । प्राधिकरण सरकारको पूर्णस्वामित्वमा रहेको, विद्युत् प्रसारण, वितरण र मुलुकभित्र तथा बाहिरी मुलुकसँग विद्युत् खरिद–बिक्रीको एकाधिकार प्राप्त तथा सरकारको रणनीतिक संस्था हो ।

    धनुषाधाम विद्युत चोरीमुक्त नगरपालिका घोषणा

    प्राधिकरणले स्वदेशी तथा विदेशी लगाीकर्ताले निर्माण गर्ने जलविद्युत् आयोजनासँग झन्डै ११ हजार मेगावाटको दीर्घकालीन विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ । रेटिङको नतिजाले त्यस्ता आयोजनाको रकम भुक्तानी गर्न प्राधिकरणसँग उच्चस्तरको वित्तीय क्षमता रहेकाले लगानी जोखिम नरहेको देखाएको छ । प्राधिकरणले गत आव २०८०–८१ मा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो ।

    २०७२–७३ मा ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणले सफलता हात पारेको छ ।

    आर्थिक वर्ष २०७२–७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेकोमा २०७३–७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउँदै प्राधिकरणले नाफाको इतिहास सुरु गरेको थियो । प्राधिकरणले गत आव २०८०–८१ मा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो ।

    २०७२–७३ मा ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । प्राधिकरणले गत आव प्रणालीको विद्युत् चुहावट करिब १२.७३ प्रतिशतमा झारेको थियो । २०७२–७३ मा प्रणालीबाट २५.७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो ।

  • अर्थमन्त्री र पोखराका मेयरलाई भेट्न कीर्तिपुर अस्पतालमा भीआइपीको लर्को

    अर्थमन्त्री र पोखराका मेयरलाई भेट्न कीर्तिपुर अस्पतालमा भीआइपीको लर्को

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुर अस्पताल पुगेका छन् । पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन विस्फोट भएर घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेट्न प्रधानमन्त्री ओली कीर्तिपुर अस्पताल पुगेका हुन् ।


    प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सकेर प्रधानमन्त्री ओली कीर्तिपुर अस्पताल पुगेका हुन् । शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्ष कार्यक्रमको उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए । उनीहरूलाई तत्काल पोखरामै प्राथमिक उपचार गराएर थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उनीहरूको थप उपचार भइरहेको छ ।

    यसअघि आजै राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे लगायतले पनि कीर्तिपुर अस्पताल पुगेर उनीहरूको स्वास्थ्यबारे जानकारी गराएको थियो ।
    अस्पतालले भने भिडभाडसँगै संक्रमणको पनि जोखिम बढेकाले भेटघाटका कार्यक्रम बन्द गरेको थियो ।

    ‘हाललाई अवस्था सामान्य भएतापनि संक्रमण हुने भएको हुदाँ हाललाई भेटघाट अर्को सूचना नआएसम्म पूर्ण रुपमा बन्द गरिएको छ,’ आइतबार अस्पतालले विज्ञप्तिमार्फत बताएको थियो । यद्यपि प्रधानमन्त्री ओलीले उनीहरूलाई भेटेर स्वास्थ्यअवस्थाबारे जानकारी लिएका छन् । तर, अस्पतालमा भीआईपी धाउने क्रम भने रोकिएको छैन ।

  • नयाँ दिल्लीमा रेल्वे स्टेशनमा भाग दौड, कम्तिमा १८ जनाको मृत्यु

    नयाँ दिल्लीमा रेल्वे स्टेशनमा भाग दौड, कम्तिमा १८ जनाको मृत्यु

    नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा रेल्वे स्टेशनमा भएको भागदौडमा परी कम्तिमा १८ जनाको ज्यान गएको छ । नयाँ दिल्ली रेल्वे स्टेशनमा यस्तो घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । रक्षामन्त्री राजनाथ सिंहले समेत घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

    दिल्लीमा २७ वर्षपछि भाजपाको सरकार बन्ने निश्चित

    घटना रातको समयमा भएको त्यसमध्ये स्टेशनमा निकै भिड देखिएको समेत बताइएको छ । रेल मन्त्रालयका प्रवक्ता दिलिप कुमारका अनुसार प्रयागराज एक्सप्रेस र मगध एक्सप्रेसका लागि यात्रुको अधिक भिड थियो । सबै यात्रुले त्यहाँ रहेको रेल नै अन्तिम मानेर भागदौड मच्याउँदा घटना भएको उनले बताएका छन् ।

  • संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

    संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

    काठमाडौं । प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाइएको छ । सांसदहरूले राखेको प्रश्नमा प्रधानमन्त्री ओलीले रोस्टमबाट जबाफ दिने कार्यक्रम छ । आजको बैठकमा अरू तीन कार्यसूची पनि छन्।

    सुरूमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको ब्यहोर पढेर सुनाउनेछन्। त्यसपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम र त्यसपछि गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक,२०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

    रासायनिक मलको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

    आजकै बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। सरकारले ल्याएका अध्यादेश स्विकृतका लागि निर्णयार्थ प्रस्तुत गर्ने विषय आजको बैठकको कार्यसूचीमा पनि चढेको छैन।

  • डिजेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

    डिजेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ । पेट्रोलको मूल्य बढाएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य घटाएको छ । ३ फागुनको मध्यरातबाट लागू हुने गरी निगमनले इन्धनको मूल्य समायोजन गरेको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ । डिजेल तथा मट्टितेलको मूल्य भने ४ रुपैयाँ घटेको छ ।

    काठमाडौंमा सवारी साधनले फैलाइरहेका छन् प्रदूषण, ५४ प्रतिशत फेल

    इन्डियन आयल कर्पोरेशनबाट शनिबार १५ फेब्रुअरी २०२५ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा ५८ पैसा वृद्धि भएको छ भने डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएको छ । सोहीअनुसार नयाँ मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • भूमि अध्यादेशबाहेक अन्य अगाडी बढाउने तयारी

    भूमि अध्यादेशबाहेक अन्य अगाडी बढाउने तयारी

    काठमाडौं । सरकारबाट जारी ६ मध्ये पाँचवटा अध्यादेश मात्रै स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाइने भएको छ । सत्ता गठबन्धनका दलहरूबीच शनिबार भएको बैठकमा भूमिसम्बन्धी अध्यादेशमा बहुमत जुटाउन असमर्थ रहेको निष्कर्षसहित बाँकी पाँच वटा अध्यादेश अघि बढाउने निर्णय भएको छ । भूमिसम्बन्धी अध्यादेशमा सहमतिको बिन्दु पहिल्याउन कार्यदल गठन गर्ने बैठकले निर्णय गरेको छ । बैठकमा सहभागी नेताहरुका अनुसार बैठक चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई टेलिफोन गरी अध्यादेशमा सघाउन आग्रह गरेका थिए ।

    सरकारले अब आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, सुशासन प्रबद्र्धन

    दुई तिहाईको सरकारलाई अध्यादेशमा विपक्षी दलको घेराबन्दी, बहुमत जुटाउनै सकस

    तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निर्णार्थ प्रस्तुत गर्नेछ ।

  • कस्तो छ अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको स्वास्थ्य ?

    कस्तो छ अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको स्वास्थ्य ?

    काठमाडौं । आगोको लप्काले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको कीर्तिपुर अस्पतालमा उपचार सुरु भएको छ । अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई सघन कक्ष (आईसीयू)मा भर्ना गरेर उपचार गरिरहेको अस्पतालका निर्देशक किरणकिशोर नकर्मीले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

    पोखरा भ्रमण वर्षमा बेलुन पड्कियो, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

    ‘आज २०८१ फागुन ३ गते शनिबार पोखराबाट जलन घाइते भई यस कीर्तिपुर अस्पतालमा दिउँसोको ३ः३० बजे उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य उपचारार्थ सघन उपचार कक्षमा भर्ना हुनुभएको छ, विज्ञप्तिमा लेखिएको छ, उहाँहरूको प्रारम्भिक मूल्यांकनअनुसार ५, ६ प्रतिशत जलेको तर अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ ।


    उनीहरूको उपचारमा प्रा डा बीडी झा, डा. प्रवीण गिरी लगायतको सघन उपचार कक्षको टोली, प्रा. डा. शंकरमान राई, डा. विशाल कार्की, डा. मनीष यादवलगायतको जलन विशेषज्ञहरू, डा. प्रयुस अर्याल लगायत आकस्मिक उपचार टोली र रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायत नर्सिङ टोली संलग्न रहेको विज्ञप्तिमा उल्लेख छ ।

    पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा शनिबार रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको लप्काले बेलुन पड्किएको थियो । आगोका झिल्का उनीहरुको शरीरमा लागेको थियो । दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुर अस्पतालमा ल्याइएको हो ।

  • पोखरा भ्रमण वर्षमा बेलुन पड्कियो, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

    पोखरा भ्रमण वर्षमा बेलुन पड्कियो, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

    काठमाडौं । पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् । पोखरा रंगशालामा भइरहेको कार्यक्रममा बेलुन उडाएर उद्घाटन गर्ने क्रममा उक्त दुर्घटना भएको हो । इलेक्ट्रिक स्विच थिचेर बेलुन उडाउने क्रममा फुटेको र आगोको लप्काले लागेर मेयर आचार्य र अर्थमन्त्री पौडेलको गाला जलेको स्रोतले जनाएको छ ।

    उनीहरु दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ । पर्यटनमन्त्री बद्री पाण्डे र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा अहिले उद्घाटन कार्यक्रम भइरहेको छ । सन् २०२५ मा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा महानगरले पर्यटन वर्ष मनाउन लागेको हो ।

  • प्यूठान कांग्रेस सूर्य थापासँग किन बिच्कियो ?

    प्यूठान कांग्रेस सूर्य थापासँग किन बिच्कियो ?

    काठमाडौं । नेपाली कांग्रेस प्युठानले प्युठानले नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाका व्यवहार र गतिविधिको विरोध गरेको छ।
    कांग्रेसका प्युठान जिल्ला सभापति विष्णु गिरीले विज्ञप्ति जारी गरी सांसद थापाको व्यवहारको विरोध गरेका हुन्।

    गिरीले सांसद थापामाथि फागुन १ गते झिमरुक गाउँपालिका – ५ मा भएको नेपाल टेलिकमको टु जी र फोर जी विस्तार कार्यक्रम प्रतिनिधिसभा सदस्य थापा र लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीले संयुक्त रुपमा उद्घाटन गर्ने भनेर लेखेको ब्यानर कार्यक्रमस्थलमा टाँस्न नदिएको, टेलिकमका कर्मचारीलाई थर्काएको, सरुवाको धम्की दिने जस्ता अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्नुको साथै हेट स्पिच दिएको आरोप लगाएका छन्।

    त्यस्तै गत पुस ११ गते जिल्ला समन्वय समितिको सभामा थापाले समावेशी समानुपातिक प्रणालीविरूद्ध अभिव्यक्ति दिएको, त्यो भन्दा पहिला कार्यक्रमस्थलमै पुगेर माइन्युट च्यात्न लगाएको, कांग्रेसबाट प्रदेशमा मन्त्री भएका व्यक्ति इंगित गरी ‘क्याटवाक् गर्दै हिँडेर विकास हुन्छ,’ भन्ने जस्ता अभिव्यक्ति दिएको आरोप पनि थापामाथि लगाइएको छ।

    ‘जनप्रतिनिधि गाउँ जाने वा आफ्ना मतदातालाइ भेट्ने र मतदातासँग के बोल्ने भन्ने कुरा सूर्य थापासँग अनुमति लिनुपर्ने होरु,’ विज्ञप्तिमा भनिएको छ। गिरीले गठबन्धनको गरिमालाई बिखण्डन गर्ने हेटस्पिच बन्द गर्न तथा जितको उन्माद नराख्न ध्यानाकर्षकण गराएका छन्।

    जिल्ला सभापति गिरीले एमाले सांसद थापामाथि अनपेक्षित जीतको उन्मादमा फरक विचार राख्ने व्यक्ति र जनप्रतिनिधिलाई पदीय मर्यादाविपरीत चरित्र पर्दशन गरेको तथा वहुदलीय सिद्धान्तलाई अनदेखा गरी निरन्तर असमावेशी स्वभाव पर्दशन गर्ने गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

  • हमासले बन्धक बनाएका युवतीलाई खाना पकाउने र भाडा धुने काममा लगाइयो, सूर्यको मुख देख्न दिइएन

    हमासले बन्धक बनाएका युवतीलाई खाना पकाउने र भाडा धुने काममा लगाइयो, सूर्यको मुख देख्न दिइएन

    काठमाडौं । हमासले अहिले निश्चित संख्यामा बन्दीहरु छाड्दै गएको छ । सो क्रममा छुटेका युवती बन्दीहरुले आफुसँग हमासले गरेको व्यवहार आफ्ना अविभावकसँग बताएका छन् । हमासले अघिल्लो साता चार इजरायली युवतीहरुलाई छाडेको थियो । उनीहरु इजरायली सेनामा आवद्ध थिए । बीबीसीका अनुसार युवतीहरुले आफुहरुलाई जबर्जस्ती खाना बनाउन लगाइएको र भाडा धुने काममा लगाएको बताएका छन् ।

    हमासले उनीहरुलाई भूमिगत सुरुङ र भवनमा राखिएको थियो । उनीहरुलाई कुटपिट समेत भएको र पोर्पोगाण्डा भिडियोमा समेत काम लगाइएको युवतीहरुले बयानमा भनेका छन् । रिहा भएसँगै उनीहरु कुनै पनि मिडियामा आएका छैनन् । कतिपय कुरा उनीहरुले अझै पनि अविभावकसँग भन्न डराइरहेको समेत उनीहरुले बताएका छन् ।

    https://vishwanews.com/post/66506

    साथै उनीहरुले यो मान्छन् की यदि त्यहाँ हुने सबै व्यवहार सार्वजनिक गर्यो भने गाजामा रहेका थप बन्दीलाई जोखिम पनि हुन्छ । हमासले यी युवतीहरुलाई ७ अक्टोवर २०२३ मा कब्जामा लिएका थिए । उनीहरुलाई आर्मी बेसबाटै हमासले नियन्त्रणमा लिएको थियो ।

    सोही दिन हमासले इजरायलमा इतिहासकै घातक आक्रमण गरेको थियो । उनीहरुलाई १५ महिना बन्धक बनाइयो । हमासले बन्दीहरुलाई एक स्थानबाट अर्को स्थानमा हिडाइरहने गरेको समेत बताइएको छ । त्यस दौरान सूर्यको किरण देख्न नपाएको समेत उनीहरुले बताएका छन् ।

  • अदानी ग्रुप श्रीलंकामा गर्ने ठूलो लगानीको योजनाबाट किन भयो फिर्ता ?

    अदानी ग्रुप श्रीलंकामा गर्ने ठूलो लगानीको योजनाबाट किन भयो फिर्ता ?

    कोलम्बो । भारतीय अदानी समूह अन्तर्गतको ग्रिन इनर्जी श्रीलंकामा १ अर्ब डलर बराबरको योजनाबाट पछि हटेको छ । यस परियोजना अन्तर्गत हावाबाट बिजुली निकाल्ने योजना थियो । बिहीबार कम्पनीले एक बयान जारी गर्दै योजनाबाट पछि हटेको बताएको हो । जरुरी अनुमति पाइसकेको भए पनि यो कम्पनीले श्रीलंकामा वातावरणीय प्रभाव सम्बन्धी अनुमति पाउन ढिला भएको थियो । साथै यो मामला श्रीलंकाको अदालतसम्म पुगेको अवस्था समेत थियो ।

    गौतम अडानी बने एसियाकै धनी, एकैदिनमा बढ्यो साढे ७ अर्ब डलर सम्पत्ति

    कम्पनीले श्रीलंकाको सम्प्रभुता र फैसलाको सम्मान गर्दै यो परियोजना फिर्ता लैजाने घोषणा गरिएको ग्रुपले उल्लेख गरेको छ । यो परियोजनाबाट ४८४ मेगावाट बिजुली निकाल्ने योजना थियो । मन्नार र पुनेरिनमा यस्तो योजना बनाउने तयारी थियो । साथै २२० केभि र ४ सय केभि प्रसारण लाइन बिस्तारको योजना समेत रहेको थियो । अघिल्लो वर्ष श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएसँगै यो परियोजना जाँचको घेरामा आएको थियो । उनले चुनावी अभियानका दौरान आयोजनामा व्यापक भ्रष्टाचार भएको आरोप लगाएका थिए ।

  • अध्यादेशमा अझै सकसमा दलहरु, आज पनि बैठक बस्ने

    अध्यादेशमा अझै सकसमा दलहरु, आज पनि बैठक बस्ने

    काठमाडौं । आज सत्ता साझेदार दलहरूको बैठक बस्दैछ । अध्यादेशका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।

    उनका अनुसार बैठकमा अध्यादेशसँगै संविधान संशोधनका विषयमा पनि छलफल हुनेछ । संविधान संशोधनका लागि कार्यदल बनाउने, संविधान संशोधनको लागि बन्ने कार्यदलले प्रदेश र जिल्लामा अन्तर्क्रिया गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

  • डिपेन्डेन्ट भिसामा यूके लैजाने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

    डिपेन्डेन्ट भिसामा यूके लैजाने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

    काठमाडौं । डिपेन्डेन्ट भिसामा यूके लैजाने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रेका १९ वर्षीय मनिष भुजेल र २१ वर्षीय निशान पहारी छन् । उनीहरूलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

    फेसबुकमा नेहा गुरुङ नाम गरेको नक्कली आईडी बनाएर उनीहरूले विभिन्न युवकहरूसँग कुरा गर्दैै डिपेन्डेन्ट भिसामा यूके लाने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरूले ६ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोप छ । पक्राउ परेका दुवै जनालाई आपराधिक विश्वासघातको कसुरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ

  • बाइकबाट उछिट्टिएर त्रिशूली नदीमा एक युवा वेपत्ता

    बाइकबाट उछिट्टिएर त्रिशूली नदीमा एक युवा वेपत्ता

    काठमाडौं । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका ५मा रहेको ३ नम्बर पुलबाट फागुन शुक्रबार बिहान मोटरसाइकलसहित त्रिशूली नदीमा हराएका व्यक्तिको खोजी गर्न गोताखोर परिचालन भएको छ । नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल आज बिहान करीब ११ः४० बजेको समयमा दुर्घटना भएको थियो ।

    दूर्घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमान्डमा ६ जना गोताखोरसहितको सुरक्षा फौज परिचालन गरेर खोजीकार्य भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

  • हमासले शनिबार तीन बन्दी छाड्दै

    हमासले शनिबार तीन बन्दी छाड्दै

    काठमाडौं । इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीपछि हमासले शुक्रबार तीनजना बन्धकको नाम सार्वजनिक गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शनिबार रिहा हुने बन्धकहरूमा इजरायली–रूसी साशा ट्रुपानोभ, इजरायली–अमेरिकी सागुई डेकेल–चेन र इजरायली–अर्जेन्टिनाका यायर हर्न रहेको जनाएको छ ।

    प्यालेस्टिनी लडाकू समूह हमासले यस हप्ताको अन्त्यमा तीन जीवित बन्धकहरूलाई रिहा गर्ने वा गाजामा पुनः युद्ध सुरु गर्नेमध्ये एक विकल्प रोज्नुपर्ने इजरायली चेतावनीपछि हमासले थप तीन बन्धकको रिहाइका लागि सहमति जनाएको हो । यसअघि, हमासले युद्धविरामको स्पष्ट उल्लङ्घन भएको भन्दै रिहाई रोक्ने बताएको थियो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्र अमेरिकाले कब्जा गर्ने प्रस्ताव गरेपछि गाजामा १५ महिनादेखि जारी युद्ध अन्त्यका लागि जनवरी १९ मा भएको युद्धविराम सम्झौता पालनाका लागि प्यालेस्टिनी समूहलाई चर्को दबाब परेको छ । इजरायली सञ्चारमाध्यमका अनुसार युद्धविराम र ‘निर्धारित समयतालिकाअनुसार’ अर्को आदानप्रदान गर्ने प्रतिबद्धता दोहो¥याउँदै शनिबार रिहा हुने तीन बन्धकको नाम सार्वजनिक गर्ने तयारी हमासले गरेको हो ।

    हमासका प्रवक्ता अब्देल लतिफ अल–कानौले भने, “हामी यसलाई (युद्धविराम) कार्यान्वयन गर्न इच्छुक छौँ र यसलाई पूर्णरूपमा पालना गर्न कब्जामा रहेका बन्धकको सहारा लिन बाध्य छौँ ।” हमासले शनिबार ‘तीन जना जीवित बन्धक’ लाई रिहा गर्न इजरायलले दवाब दिएको हो ।

    सरकारका प्रवक्ता डेभिड मेन्सरले भने, “यदि हमासले हाम्रा कम्तीमा तीन बन्धकहरूलाई शनिबारअघि फिर्ता गर्ने प्रक्रिया अघि बढाएन भने शनिबार मध्याह्नसम्म युद्धविराम अन्त्य हुनेछ।” हमासले यसअघि इजरायलले युद्धको भग्नावशेष हटाउन आवश्यक पर्ने भारी मेशिनरीको आपूर्ति रोकेको आरोप लगाएको थियो भने गाजासँग जोडिएको इजिप्टको राफा सीमा क्षेत्रमा ‘बुलडोजर’को लाइन लागेको थियो । रासस, एएफपी

  • कक्षा १२ को परीक्षा १२ वैशाखबाट

    कक्षा १२ को परीक्षा १२ वैशाखबाट

    काठमाडौं । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षा देशभर एकैसाथ सञ्चालन हुनेछ। वैशाख २२ गतेसम्म चल्ने परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ। परीक्षा सुरु भएको १५ मिनेटपछि आउने परीक्षार्थीलाई परीक्षामा सहभागी हुन नदिइने बोर्डले जनाएको छ।

    विस्तृतमा..

    https://neb.gov.np/detail/24

  • सानदार मःम आगलागी : घाइतेमध्ये थप एकको मृत्यु

    सानदार मःम आगलागी : घाइतेमध्ये थप एकको मृत्यु

    काठमाडौं । काठमाडौं कमलपोखरीस्थित शानदार मःमको भवनमा आगलागीबाट घाइते थप एक जनाको मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

    मृतक उदयपुर गढी गाउँपालिका ७ घर भई कमलपोखरी बस्दै आएका २२ वर्षीय प्रदीप तामाङ छन्। यो सँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ। यसअघि सोमबार रविन राई र मंगलबार भीमबहादुर घलेको मृत्यु भएको थियो। माघ २३ गते शानदार मस्ममा ग्यास लिक भएर आगलागी भएको थियो। आगलागीबाट ११ जना कामदार घाइते भएका थिए।

  • भारतीय प्रधानमन्त्रीसँग ट्रम्पले भने : बंगलादेशको सत्ता परिवर्तनमा हाम्रो हात छैन

    भारतीय प्रधानमन्त्रीसँग ट्रम्पले भने : बंगलादेशको सत्ता परिवर्तनमा हाम्रो हात छैन

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बंगलादेशमा भएको सत्ता परिवर्तनमा अमेरिकाको हात नरहेको दावि गरेका छन् । उनले मोदीसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनका दौरान यस्तो बताएका हुन् ।

    बंगलादेशमा शेख हसिनाको सत्ता उल्टाउने गरी ठूलो हिंसात्मक आन्दोलन भएको थियो । हसिनालाई अहिले भारतले शरण दिइरहेको छ । बंगलादेशमा अहिले मोहम्मद यूनुसको सरकार छ । यस सरकारका तर्फबाट हसिनालाई बंगलादेशमा हस्तान्तरणको माग भइरहेको छ ।