काठमाडौं । पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम चलिरहेका बेला मङ्गलबार राती फेरि लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ । मंगलबार दिनभर भासिएको सडक मर्मतको काम भए पनि नसकिएपछि बुधबार बिहानैदेखि मर्मत गर्ने गरी सडक एकतर्फी सञ्चालन गरेर छोडिएको थियो । तर… Continue reading नारायणघाट–बुटवल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
Category: फिचर
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास नै रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। अहिले बिहान देशभर साधारणतया बदली रहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।… Continue reading कस्तो रहनेछ आजको मौसम ?
पृथ्वी राजमार्ग पहिरोले अवरुद्ध
काठमाडौं । मंगलबार राति आएको वर्षासँगै पहिरोले पृथ्वी राजमार्ग अबरूद्व बनेको छ चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग बिहान ७ बजेदेखि अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो गएको स्थानमा सडक एकतर्फी बनेको छ । यस्तै इच्छाकामना गाउँपालिका ३ कै चुम्लिङटारमा ढुङ्गा खसेपछि राजमार्ग दुईतर्फी अरूद्व बनेको छ । राजमार्ग खुलाउने… Continue reading पृथ्वी राजमार्ग पहिरोले अवरुद्ध
नेपालमा सुनको भाउ डेढ लाख माथि, के हो कारण ?
काठमाडौं । सुनको भाउले निरन्तर नयाँ नयाँ कीर्तिमान बनाइरहेको छ । सोहीक्रममा मंगलबार सुन प्रतितोला १ लाख ५० हजार ८ सय नाघेको छ । डेढ सयको आंकडा नाघेको यो पहिलो पटक हो । सोमबारको तुलनामा सुनको भाउ २१०० रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपालमा समेत मूल्य बढेको हो । रुस युक्रेन… Continue reading नेपालमा सुनको भाउ डेढ लाख माथि, के हो कारण ?
संसदमा गगनको सन्तुलित भाषण, प्रधानमन्त्री र मन्त्रीहरुलाई बनाए सचेत
काठमाडौं । एमालेसँग मिलेर सरकार बनाएको एक महिनापछि कांग्रेस महामन्त्री गगनकुमार थापाले मंगलबार विशेष समय लिएर संसदमा सन्तुलित भाषण गरेका छन् । २० मिनेट लामो सम्बोधनका क्रममा थापाले संविधान निर्माण, सुशासन र विकास निर्माणमा सरकारले कसरी काम गरोस् भन्ने चाहेको छ भन्ने बारे खुलाएका छन् । उनले प्रधानमन्त्रीलाई खबरदारी गर्दै भने, ‘डन्ट टेक अस फर… Continue reading संसदमा गगनको सन्तुलित भाषण, प्रधानमन्त्री र मन्त्रीहरुलाई बनाए सचेत
युवालाई उद्यमशील बनाउने कार्यक्रम बन्दैछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा उनलेधेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति बढाउन सरकार क्रियाशील रहेको बताए । देशमा रोजगारीका अवसर नहुँदा युवा वर्ग बिदेसिने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै… Continue reading युवालाई उद्यमशील बनाउने कार्यक्रम बन्दैछ : प्रधानमन्त्री
प्रधानमन्त्रीलाई कतारमा आयोजना हुने एसीडी सम्मेलनमा निमन्त्रणा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन को(अपरेसन डायलग’ (एसिडी) सम्मेलनमा सहभागी हुन कतारका राजाका तर्फबाट निमन्त्रणा प्राप्त भएको छ। कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले मंगलबार सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरी उक्त निमन्त्रणा हस्तान्तरण गरेका हुन्। उक्त एसिडी मञ्चमा नेपालससिहत ३५ मुलुक आबद्ध छन्। मञ्चको १९औं मन्त्रीस्तरीय बैठक २०२४… Continue reading प्रधानमन्त्रीलाई कतारमा आयोजना हुने एसीडी सम्मेलनमा निमन्त्रणा
नेपाल प्रवेश गर्न खोजेका दुई बंगलादेशी नागरिक भारत फिर्ता
काठमाडौं । नेपाल प्रवेश गर्न लागेका दुई बंगलादेशी नागरिकलाई मोरङको नाकाबाट नेपाली सुरक्षाकर्मीको टोलीले फिर्ता गरेको छ । मोरङको विराटनगर महानगरपालिका १५ हुलास चोकमा रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म (प्रसीसु) गुल्म रानीबाट खटिएको सशस्त्र प्रहरीको ५ जनाको टोलीले नेपाल प्रहरीको संयुक्त टोलीले दुई बंगलादेशी नागरिकलाई मंगलबार फिर्ता गरेको हो । उपचारको बहाना बनाएर नेपाल प्रवेश… Continue reading नेपाल प्रवेश गर्न खोजेका दुई बंगलादेशी नागरिक भारत फिर्ता
एएफसी च्यालेन्ज कप : भुटानको पारोसँग हार्यो नेपालको चर्च ब्वाइज
काठमाडौं । अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज युनाइटेड एएफसी च्यालेन्ज कप प्लेअफ खेलमा भुटानको पारो एफसीसँग २–१ ले पराजित भएको छ । खेलअघि पानी परेपछि हिलाम्मे बनेको दशरथ रंगशालामा भएको खेलमा लकेन लिमणबुको गोलमा चर्च ब्वाइजले सुरुवाती अग्रता लिएको थियो । तर किङ्गा वाङ्चुक र विलियम ओपोकुको गोलमा पारो एफसीले पुनरागमन जित निकाल्यो । जितपछि… Continue reading एएफसी च्यालेन्ज कप : भुटानको पारोसँग हार्यो नेपालको चर्च ब्वाइज
सांसद बोल्दाबोल्दै माइक काटिएपछि सभामुख विरुद्ध विपक्षी एकमत, त्यसपछि हंगामा
काठमाडौं । सांसदले विशेष समयमा बोल्दाबोल्दै माइक काटिएपछि प्रतिनिधि सभामा सभामुखविरुद्ध विपक्षी दलका सांसद एकजुट भएका छन् । त्यसपछि सभाुमख देवराज घिमिरे निर्णय फेर्न बाध्य भएका छन् । सभामुख र विपक्षी दलका सांसदबीच झण्डै आधा घण्टा वादविवाद भयो । सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोलेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालको माइक काटेका थिए… Continue reading सांसद बोल्दाबोल्दै माइक काटिएपछि सभामुख विरुद्ध विपक्षी एकमत, त्यसपछि हंगामा
नेपथ्यको सुरमा झुल्दै अमेरिका
काठमाडौं । अमेरिका भ्रमणमा रहेको लोकरक ब्यान्ड ‘नेपथ्य’ ले क्यालिफोर्निया राज्यमा आफ्नो दोस्रो प्रस्तुति दिएको छ । ब्यान्ड सानफ्रान्सिस्कोको प्रसिद्ध ‘वारफिल्ड हल’ मा दोस्रो पटक प्रस्तुत भएको हो । ‘नेपथ्य’ ले आठ वर्षअघि उक्त हलमा प्रस्तुति दिएको थियो । गायक अमृत गुरुङले ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट प्रस्तुति सुरु गरेका थिए । कार्यक्रममा ‘भेडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’, ‘लामपाते… Continue reading नेपथ्यको सुरमा झुल्दै अमेरिका
२०२८ को ओलम्पिक अमेरिकाले आयोजना गर्ने, कस्तो रह्यो पेरिस ओलम्पिक ?
काठमाडौं । ३४ औं ग्रीष्मकालीन ओलम्पिक अमेरिकाले आयोजना गर्ने भएको छ । पेरिस ओलम्पिकको समापनसँगै आगामी ओलम्पिकको आयोजनाको तयारीमा अमेरिका जुटेको हो । यस ओलम्पिकमा अमेरिका र चीनले समान ४० स्वर्ण जिते पनि रजत र कांस्यका आधारमा अमेरिका पहिलो स्थानमा रह्यो । कुल अमेरिकाले १२६ र चीनले ९१ पदक जिते । पेरिसमा ९१ राष्ट्रले कुनै न… Continue reading २०२८ को ओलम्पिक अमेरिकाले आयोजना गर्ने, कस्तो रह्यो पेरिस ओलम्पिक ?
भारतीय विदेश सचिवको नेपाल भ्रमणको अर्थ के हो ?
काठमाडौं । भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीको दुई दिने नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई अघि बढाउन थप मद्दत मिलेको प्रतिक्रिया दिएको छ । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा नेपालको दुई दिने भ्रमण सकेर हिजो बेलुका स्वदेश फर्किएपछि भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेको छ । विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई… Continue reading भारतीय विदेश सचिवको नेपाल भ्रमणको अर्थ के हो ?
माछा खाँदा बिरामी परेका तीन बालबालिकाको ज्यान गयो
काठमाडौं । बारामा माछा खाएर बिरामी भएका एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका ७ झवानीटोलका नरेश रामका तीनजना छोराछोरीको मृत्यु भएको हो । उनका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन रामको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।… Continue reading माछा खाँदा बिरामी परेका तीन बालबालिकाको ज्यान गयो
विश्व चर्चित जापानीज खेलाडी होण्डा आज नेपालमा खेल्दै, चर्च ब्वाइज युनाइटेडविरुद्ध प्रतिस्पर्धा
काठमाडौं । एएफसी च्यालेन्ज लिग प्लेअफमा आज नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले भुटानको लिग च्याम्पियन पारो एफसीको सामना गर्दैछ । पारो टोलीमा जापानिस स्टार केसुके होन्डा मूख्य आकर्षण छन् । उनी तीन पटक विश्वकप खेलिसकेका जापानका विश्वचर्चित स्टार हुन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । खेलको विजेता एएफसी च्याल्नेज… Continue reading विश्व चर्चित जापानीज खेलाडी होण्डा आज नेपालमा खेल्दै, चर्च ब्वाइज युनाइटेडविरुद्ध प्रतिस्पर्धा
खाडी मुलुकबाट धेरै नेपाली हुन्छन् डिपोट, अमेरिकाबाट कति ?
पछिल्लो तीन वर्षमा चार हजार नेपाली विदेशबाट फर्काइएको तथ्यांक सार्वजनिक भएको छ । वैदेशिक रोजगार, अध्ययन लगायत विभिन्न कामका लागि विदेश पुगेका नेपालीमध्ये सन् २०२१ देखि २०२४ अगस्टसम्म तीन हजार ९३७ जनालाई नेपाल फिर्ता पठाइएको छ । अध्यागमन विभागका अनुसार अध्यागमनबाट प्रवेश अस्वीकार हुनु वा गैरकानुनी क्रियाकलापका कारण नेपालीलाई यतै फर्काउने गरिएको छ । हरेक… Continue reading खाडी मुलुकबाट धेरै नेपाली हुन्छन् डिपोट, अमेरिकाबाट कति ?
रुसको भू-भागमै छिरेर युक्रेनले थाल्यो आक्रमण
काठमाडौं । रुसी आक्रमणविरुद्ध प्रत्याक्रमण गरिरहेको युक्रेनी सेना रुसी भूभागमा ३० किलोमिटर भित्रसम्म प्रवेश गरेको छ। रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरे यता युक्रेनी सेना रुसी भूभागमा सबैभन्दा भित्रसम्म पुगेको यो पहिलो घटना हो। रुसको रक्षा मन्त्रालयले आफ्नो फौज र युक्रेनी सेनाबीच टोल्पिनो र ओब्बेस्चे कोलोडेज् गाउँमा लडाइँ भइरहेको जनाएको छ। रुसको कुर्स्क… Continue reading रुसको भू-भागमै छिरेर युक्रेनले थाल्यो आक्रमण
उपनिर्वाचन मंसिरमा गर्न आयोगको सुझाव
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबिच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे सोमबार छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मङ्सिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ । प्रधानमन्त्री ओलीले जाडो समय… Continue reading उपनिर्वाचन मंसिरमा गर्न आयोगको सुझाव
प्राकृतिक विपत्तिका कारण २ महिनामा १७३ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाका कारण २ महिनामा बाढीपहिरो लगायतका विपद्मा परी १७३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना… Continue reading प्राकृतिक विपत्तिका कारण २ महिनामा १७३ जनाको मृत्यु
हिमालय एयरलाइन्सले कुवेतमा पुनः नियमित उडान गर्ने
काठमाडौं । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले कुवेतमा काठमाडौंबाट सिधा उडान गर्ने भएको छ । २० अगस्ट २०२४ देखि कुवेतमा आफ्नो सिधा उडान सुरु गर्ने कम्पनीले जनाएको छ । कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीको अधिक माग सम्बोधन गर्दै हिमालयले पुनः उडान सुरु गर्न लागेको बताएको छ । कम्पनीले कुवेतका लागि जनरल सेल्स एजेन्टका रूपमा… Continue reading हिमालय एयरलाइन्सले कुवेतमा पुनः नियमित उडान गर्ने
एनसेलको सेवामा देशैभर समस्या
काठमाडौं । सोमबार निजि लगानीको टेलिकम सेवा प्रदायक एनसेलको सेवामा समस्या आएको छ । एनसेलबाट हुने कल, एसएमस र इन्टरनेट सेवा अवरुद्ध भएको छ । आफ्नो सेवामा समस्या आएपछि एनसेलले क्षमा माग्दै अवरुद्ध सेवा यथाशिघ्र सुचारु गर्नका लागि तदारुकताका साथ काम भईरहेको जनाएको छ ।एनसेलका अनुसार दिउँसो ३ः४८ बजेबाट यस कम्पनीले प्रवाह गर्दै आएका सेवाहरु… Continue reading एनसेलको सेवामा देशैभर समस्या
सेयर बजारमा नयाँ रेकर्ड
सेयर कारोबार रकममा अघिल्लो दिन बनेको उच्च रेकर्ड सोमबार तोडिएको छ । यस दिन २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो आइतबार २५ अर्ब २७ करोडको कारोबार भएको थियो । कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा सोमबार नेप्से परिसूचक ७०.८१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २९३१ अंकमा कायम… Continue reading सेयर बजारमा नयाँ रेकर्ड
काठमाडौं–भियतनाम सिधा चार्टर्ड उडान हुँदै
काठमाडौं । सिधा उडान सम्पर्क नभए भियतनाम र नेपालबीच पर्यटक आदानप्रदान गर्ने उद्देश्यले दुइटा चार्टर उडान हुने भएका छन् । काठमाडौंको हात्तीसारस्थित रुप्से होलिडेजले दशैंलगत्तै असोज ३० गते नेपालबाट कम्तीमा एक सय ५० पर्यटकलाई भियतनाम लैजाने भएको छ । त्यसै दिन भियतनामबाट १ सय ५० हाराहारी पर्यटक नेपाल आउने भएका छन् । रुप्से होलिडेजका प्रबन्ध… Continue reading काठमाडौं–भियतनाम सिधा चार्टर्ड उडान हुँदै
आज साउने अन्तिम सोमबार, शिवालयमा घुइंचो
काठमाडौं । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन… Continue reading आज साउने अन्तिम सोमबार, शिवालयमा घुइंचो
आज पनि देशैभर वर्षाको सम्भावना
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पनि मनसुनको न्यूनचापीय रेखा सरदरस्थानमै रहेको छ। अहिले कोशी, बागमती र गण्डकीमा साधारणदेखि आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। त्यस्तै बागमती प्रदेशको काभ्रे र मकवानपुरमा हल्का वर्षा भइरहेको छ । सोमबार दिउँसो सबै प्रदेशमा हल्का… Continue reading आज पनि देशैभर वर्षाको सम्भावना
ग्लोबल टी–२० लिगको उपाधि रोहित आवद्ध टीमले जित्यो
काठमाडौं । क्यानडामा सम्पन्न ग्लोबल टी–२० लिगको उपाधि नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेशनल्सले हात पारेको छ ।आइतबार राति सम्पन्न फाइनलमा टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले हराउन सफल भयो । ९७ रनको सामान्य लक्ष्य लक्ष्य ३० बल बाँकी हुँदै मात्र दुई विकेट गुमाएर पूरा गरेको हो । टोरोन्टोका लागि आन्द्रिस… Continue reading ग्लोबल टी–२० लिगको उपाधि रोहित आवद्ध टीमले जित्यो
पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका प्रथम, चीन अन्तिम दिन पछि पर्यो
काठमाडौं । पेरिस ओलम्पिक २०२४ चीनलाई पछि पार्दै अमेरिका प्रथम बनेको छ । दुई सातासम्म चलेको ओलम्पिकमा अमेरिका र चीन को अगाडि रहने भन्ने प्रतिस्पर्धा चलिरहेको थियो । अन्तिम दिन अमेरिकाले बाजी मार्न सफल भयो । पेरिस ओलम्पिकको अन्तिम दिन अमेरिकाले महिला बास्केटबलमा रोमाञ्चक स्वर्ण जितेपछिपछि पदक तालिकामा चीनलाई पछि पारेको हो । रोमाञ्चक खेलमा… Continue reading पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका प्रथम, चीन अन्तिम दिन पछि पर्यो
आज अन्तर्राष्ट्रिय युवा दिवस, विश्वभर मनाईंदै
काठमाडौं । २५ औं अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि मनाइँदै छ । ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नारासहित नेपालमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको आयोजनामा राष्ट्रपति रामचन्द्र पौडेलको सहभागितामा मूल समारोह हुँदै छ । त्यसअघि… Continue reading आज अन्तर्राष्ट्रिय युवा दिवस, विश्वभर मनाईंदै
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । शिष्टाचार भेटका लागि नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन् । प्रधानमन्त्री ओलीसमक्ष नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरे ।… Continue reading भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
कुलमानले प्राधिकरण सम्हालेको ८ वर्षमा आधा घट्यो विद्युत चुहावट
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत चुहावटलाई आधा घटाएको छ।आर्थिक वर्ष २०७२–७३ मा प्रणालीबाट २५.७८ प्रतिशत भइरहेको विद्युत चुहावटलाई यस अवधिमा आधा घटाएर गत आर्थिक वर्ष २०८०–८१ मा १२.७३ प्रतिशतमा सीमित गरिएको छ। विद्युत चुहावटमध्ये प्रसारण लाइनतर्फ ३.३३ प्रतिशत र वितरणतर्फ ९.४० प्रतिशत रहेको छ। आठ… Continue reading कुलमानले प्राधिकरण सम्हालेको ८ वर्षमा आधा घट्यो विद्युत चुहावट