काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफ्ना सांसदलाई ‘ह्वीप’ जारी गरेका हुन् । यही फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै छन् । कांग्रेससँगको गठबन्धन तोडेर नयाँ सहकार्य गरेपछि उनले विश्वासको मत… Continue reading ‘प्रचण्ड’को विपक्षमा मतदान गर्न कांग्रेसको ‘ह्वीप’
Category: फिचर
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता, कांग्रेसलाई लोसपाको साथ
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका सांसद युवराज शर्मा र माओवादीको तर्फबाट नारायण दाहालले उम्मेदवारी दर्ता गरेका छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार बिहान शर्माले उम्मेदवारी दर्ता गरेका हुन्। शर्माको प्रस्तावक कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ छन्। कांग्रेसलाई राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिने भएको… Continue reading राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता, कांग्रेसलाई लोसपाको साथ
राष्ट्रिय सभा अध्यक्षमा आज उम्मेदवारी दर्ता
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनअन्तर्गत् आज उम्मेदवारी दर्ता हुँदैछ। संघीय संसद् सचिवालयले मंगलरबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ। जसअन्तर्गत् आज उम्मेदवारी दर्ता हुन लागेको हो। उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय छुट्टयाइएको छ। आजै दिउँसो साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुनेछ। सत्ता गठबन्धनमा माओवादी केन्द्रले राष्ट्रिय सभाको… Continue reading राष्ट्रिय सभा अध्यक्षमा आज उम्मेदवारी दर्ता
उपनिर्वाचनमा उम्मेदारीबारे निर्णय गर्न रास्वपाको केन्द्रिय समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने छ । तिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाको बझाङ क्षेत्र नम्बर १ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको तयारीको विषयमा बैठकमा छलफल हुने बताइएको छ । चार वटा मन्त्रालयसहित सरकारमा… Continue reading उपनिर्वाचनमा उम्मेदारीबारे निर्णय गर्न रास्वपाको केन्द्रिय समिति बैठक बस्दै
ओस्कारमा ‘ओपेनहाइमर’को वर्चस्व
काठमाडौं । ९६ औं ओस्कार अवार्डमा ‘ओपेनहाइमर’ले धुम मच्चाएको छ । आणविक बमका आविष्कारक भौतिकशाष्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले ७ विधामा जित हाँसिल गर्यो । फिल्मले सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायांकन, बेस्ट स्कोरसहित अवार्ड जित्यो । क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बन्दा किलियन मर्फीले अभिनेता विधामा बाजी मारे । रोबर्ट डाउने… Continue reading ओस्कारमा ‘ओपेनहाइमर’को वर्चस्व
शासन व्यवस्थाको सुदृढिकरण आजको कार्यभार : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण अहिलेको प्रमुख कार्यभार भएको बताएका छन् । नेपालीको राष्ट्रिय पर्व ‘ग्याल्पो ल्होछार’ का अवसरमा आज शुभकामना दिँदै उनले आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्नु राष्ट्रिय कार्यभार भएको… Continue reading शासन व्यवस्थाको सुदृढिकरण आजको कार्यभार : प्रधानमन्त्री
शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होछार आज, देशभर सार्वजनिक बिदा
काठमाडौं । शेर्पा र उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले नयाँ वर्षको रुपमा आज ग्याल्पो ल्होछार मनाउँदैछन् । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होछार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् बताउँछन्… Continue reading शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होछार आज, देशभर सार्वजनिक बिदा
एमसीसी परियोजना समयमै सक्न अमेरिकाको आग्रह
काठमाडौं । अमेरिकी राजदूत डिन थम्पसनले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) परियोजना समयमै सक्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।नेपालका लागि अमेरिकी राजदूत थम्पसनले नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई आइतबार मन्त्रालयमा शिष्टाचार भेट गरेर ध्यानाकर्षण गराएका हुन् । भेटमा उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र एमसीसी परियोजनाबारे चासो राखेका थिए । अमेरिकाले नेपालको शान्ति प्रक्रियाका बाँकी निष्कर्षमा पुर्याउन… Continue reading एमसीसी परियोजना समयमै सक्न अमेरिकाको आग्रह
राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दाहाललाई उठाउने
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ । एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भइसकेको छ । नेपाली कांग्रेसले भने युवराज शर्मालाई उम्मेदवार… Continue reading राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दाहाललाई उठाउने
क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा ८ जना भारतीय पक्राउ
काठमाडौं । राजश्व अनुसन्धान विभागले ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विभागको टोलीले १८ फागुनमा उनीहरुलाई पक्राउ गरेर मोबाइल जाँचका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । उनीहरु क्रिप्टोकरेन्सी कारोबारमा जोडिएको आशंका छ । उनीहरु हाल क्रिप्टोकरेन्सी कारोबारमा फरार रहेका हुण्डी कारोबारी विमल पोद्दारसँग पनि जोडिएको बताइएको छ । पक्राउ परेकामध्ये अमिरुदिन नामक… Continue reading क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा ८ जना भारतीय पक्राउ
नेपाली विदेश जाँदा बाहिरियो १ खर्ब ५ अर्ब, पर्यटकबाट आम्दानी ४५ अर्ब
काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा नेपालीले विदेश भ्रमणबापत १ खर्ब ५ अर्ब रुपैयाँ खर्च गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशत बढी हो। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विवरणअनुसार नेपालले भ्रमण आयस्वरूप ४५ अर्ब ४० करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा ३१ अर्ब ४१ करोड… Continue reading नेपाली विदेश जाँदा बाहिरियो १ खर्ब ५ अर्ब, पर्यटकबाट आम्दानी ४५ अर्ब
उपत्यकामा घट्यो महँगी, सबैभन्दा बढी पहाडमा
काठमाडौं । चालू वर्षमा महँगी क्रमशः घट्दै गएको देखिएको छ । माघमा महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ । यो सरकारको सीमाभन्दा तल हो । सरकारले चालु आवमा मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेका छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा… Continue reading उपत्यकामा घट्यो महँगी, सबैभन्दा बढी पहाडमा
२१ प्रतिशत बढ्यो रेमिट्यान्स, ७ महिनामा ८ खर्ब ३९ अर्ब भित्रियो
काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा ८ खर्ब ३९ अर्ब रुपैयाँ विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आवको ७ महिना तथ्यांक अनुसार विप्रेषण आप्रवाह २१ .६प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि… Continue reading २१ प्रतिशत बढ्यो रेमिट्यान्स, ७ महिनामा ८ खर्ब ३९ अर्ब भित्रियो
वर्षाले नेपाल र हङकङबीचको खेल नतिजाविहीन
काठमाडौं । वर्षाका कारण टी-२० त्रिदेशीय शृंखलामा नेपाल र हङकङबीचको खेल बिनानतिजा टुंगिएको छ । हङकङस्थित मिसन रोड मैदानमा शुरु भएको खेलमा निरन्तर पानी परेको कारण खेल सम्भव नभएकाले बिनानतिजा टुंगिएको हो । टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले आठ ओभरमा दुई विकेट गुमाएर ६५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । त्यसअघि, हङकङले… Continue reading वर्षाले नेपाल र हङकङबीचको खेल नतिजाविहीन
सुनको मूल्यमा दिनदिनै रेकर्ड, तोलाको १ लाख २६ हजार पुग्यो
काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज थप १ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख २६ हजार रूपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मै उच्च मूल्य हो । शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रूपैयाँमा… Continue reading सुनको मूल्यमा दिनदिनै रेकर्ड, तोलाको १ लाख २६ हजार पुग्यो
‘प्रचण्ड’ ले गरे मन्त्रिपरिषद् विस्तार, उपप्रधानमन्त्रीको संख्या ४ पुग्यो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । जसपाबाट उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री र नवकिशोर शाह वनमन्त्री नियुक्त भएका हुन् । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए । यो सँगै प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा चार उपप्रधानमन्त्री बनेका छन् । यसअघि… Continue reading ‘प्रचण्ड’ ले गरे मन्त्रिपरिषद् विस्तार, उपप्रधानमन्त्रीको संख्या ४ पुग्यो
ब्रिटिश प्रधानमन्त्रीकी सासु भारतमा बनिन् सांसद
काठमाडौं । ब्रिटिश प्रधानमन्त्री ऋषि सुनककी सासूलाई भारतीय संसद्को माथिल्लो सदनकी सदस्यका रूपमा मनोनयन गरिएको छ। त्रिहत्तर वर्षीया सुधा मूर्तिले प्रविधि कम्पनी इन्फोसिसका सह-संस्थापक तथा अर्बपति एनआर नारायण मूर्तिसँग बिहे गरेकी थिइन्। उनकी छोरी अक्षताले सुनकसँग सन् २००९ मा बिहे गरेकी हुन्। सुनक सन् २०२२ देखि ब्रिटेनका प्रधानमन्त्री छन्। भारतीय संसद्को माथिल्लो सदन राज्यसभामा अधिकांश… Continue reading ब्रिटिश प्रधानमन्त्रीकी सासु भारतमा बनिन् सांसद
पाकिस्तानको राष्ट्रपतिमा जरदारी विजयी
काठमाडौं । पाकिस्तानको राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी भारी मतका साथ विजयी भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले जनाए अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभा लगायत सबै निर्वाचक मण्डलबाट ४११ मत ल्याएर विजयी भएका हुन् । जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २५५ मत प्राप्त गरेका छन्… Continue reading पाकिस्तानको राष्ट्रपतिमा जरदारी विजयी
माओवादीले कसलाई बनाउँदैछ राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार ?
काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठकले मंगलबार हुने राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्ने छ । राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा हालकी उपसभामुख उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहाल दाबेदार छन् । शनिबार बसेको पार्टी संसदीय दलको बैठकमा दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल… Continue reading माओवादीले कसलाई बनाउँदैछ राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार ?
जसपा आज सरकारमा जाँदै
काठमाडौं । जनता समाजवादी पार्टी आज सरकारमा सहभागी हुन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुँदै छ । यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री सम्हाल्ने छन् । जसपाका अर्का नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ… Continue reading जसपा आज सरकारमा जाँदै
हङकङ र नेपालबीच आज पनि खेल
काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा आज घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा मोकं कोकमा सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ । नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामीलगायतका पहिलो रोजाइका खेलाडी विना नै… Continue reading हङकङ र नेपालबीच आज पनि खेल
अष्ट्रेलियाली आरोही पेपरले बीना अक्सिजन ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्ने
काठमाडौं । अस्ट्रेलियाकी महिला पर्वतारोही तथा पूर्व गाइड एली पेपरले यही वसन्त ऋतुमा नेपालको अन्नपूर्ण–१ हिमाल आरोहण गर्ने भएकी छिन् । उनले २०२६ भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल अक्सिजनको प्रयोग नगरि आरोहण गर्ने लक्ष्य रहेको बताइन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एली पेपरले विश्वको १० औँ अग्लो आठ हजार ९१… Continue reading अष्ट्रेलियाली आरोही पेपरले बीना अक्सिजन ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्ने
राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता बने सिटौला
काठमाडों । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता पदमा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेका छन्।शनिबार देउवाले सिटौलालाई राष्ट्रिय सभामा कांग्रेसका संसदीय दलको नेतामा मनोनयन गरेको निजी सचिव केशवराज जोशीले जानकारी दिए। देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित २०७४)को धारा १२ को उपधारा १ बमोजिम सिटौलालाई चयन गरेका हुन्।… Continue reading राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता बने सिटौला
हङकङसँग हार्यो नेपाल
काठमाडौं । हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल ७३ रनले पराजित भएको छ । घरेलु मैदानमा हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदा अलआउट भयो । नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । २२ बल… Continue reading हङकङसँग हार्यो नेपाल
कालिकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु
काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालुमा शनिबार बिहान घरनजिकै पोल ढल्दा करेन्ट लागेर नरहरिनाथ–८ लालुका ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंग थापाको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । घरनजिकै पोल ढलेर तारले छोएर… Continue reading कालिकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु
सुनसरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । मृतक दुवै काका भतिजा हुन् । विराटनगरबाट इटहरीतर्फ आउँदै… Continue reading सुनसरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
भारतमा एक बालकले जब चितुवालाई कोठा भित्र थुने
काठमाडौं : भारतमा एक बालकले चितुवालाई कोठा भित्र थुनेर आफु भाग्न सफल भएका छन् । यसको भिडियो भाइरल भएको छ । भारतको महाराष्ट्रस्थित नाशिक जिल्लामा एक बालकले चितुवालाई कोठाभित्र थुनेको दृश्य अहिले ‘भाइरल’ भएको हो । साई सेलब्रेशन लनको कार्यालयको एक कोठामा चितुवा पस्दा १२ वर्षे मोहितविजय अहिरे ढोका नजिकै रहेको सोफामा बसेर मोबाइलमा खेलिरहेका… Continue reading भारतमा एक बालकले जब चितुवालाई कोठा भित्र थुने
कास्कीमा चार रेक्टर स्केलको भूकम्पको धक्का
काठमाडौं । कास्की जिल्लाको पर्चे केन्द्रविन्दू भएर भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर ३० मिनेट जाँदा पर्चे आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको हो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्रमा भूकम्प जाने क्रम जारी छ। नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको… Continue reading कास्कीमा चार रेक्टर स्केलको भूकम्पको धक्का
नेपाल र हङकङबीच आज टी–२० आई खेल
काठमाडौं । नेपालले आज एकमात्रै टी-२० आई खेलमा घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा मोंग कोकमा सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनुअघि यो खेल खेल्न लागेको हो । नेपाल युवा टोलीको साथ हङकङ गएको छ । नेपालका दीपेन्द्रसिंह ऐरी, कुशल… Continue reading नेपाल र हङकङबीच आज टी–२० आई खेल
भारतीय पर्यटकले नेपालमा अब क्यूआर मार्फत भुक्तानी दिन सक्ने
काठमाडौं । अब नेपालमा आउने भारतीयहरुले क्यूआर भुक्तानी गर्न पाउने भएका छन् । भारतको यूपीआई प्रयोग गरिरहेका भारतीयहरुले नेपालको फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न पाउने भएका हुन् । भारतको पेमेन्ट्स कर्पोरेन अफ इन्डिया (यूपीसीआई) अन्तर्गतको अन्तर्राष्ट्रिय भुक्तानी सेवा दिने कम्पनी एनआईपीएल र नेपालको फोनपे पेमेन्ट सर्भिस लिमिटेडले शुक्रबार युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत नेपाल–भारत क्रसबोर्डर… Continue reading भारतीय पर्यटकले नेपालमा अब क्यूआर मार्फत भुक्तानी दिन सक्ने