काठमाडौं । संयुक्त राज्य अमेरिकाले बेइजिङको कृत्तिम बौद्धिकता (एआई)र उन्नत गणना क्षमतामा खलल पुर्याउने उद्देश्यले मङ्गलबार दर्जनौँ संस्थालाई व्यापार कालोसूचीमा राखेको वाणिज्य विभागले जनाएको छ । यो कारबाहीले चीन, संयुक्त अरब इमिरेट्स र इरानलगायत देशका ८० संस्थालाई प्रभावित पारेको छ र विभागले उनीहरूको ‘अमेरिकी राष्ट्रिय सुरक्षा र विदेश नीति विपरीतका गतिविधिहरू’ भनेको छ । ‘प्रतिबनध… Continue reading चीनलाई लक्षित गर्दै अमेरिकाले घोषणा गर्यो थप प्रतिवन्ध
Category: फिचर
हेटौडामा देवरले गरे भाउजुको हत्या, दाईलाई बनाए घाइते
काठमाडौं । हेटौँडा उपमहानगरपालिका १ स्थित चौकीटालमा देवरद्वारा आफ्नै भाउजूको हत्या भएको छ । राहुल भन्ने रमेश दासले बुधवार भाउजू गुडिया दासको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । निज रमेशले जेठी भाउजू वर्ष ३५ की गुडिया दासलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु… Continue reading हेटौडामा देवरले गरे भाउजुको हत्या, दाईलाई बनाए घाइते
दोस्रो त्रैमासमा ५.१ प्रतिशत आर्थिक वृद्धि
काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक अवधि (साउन–पुस) को राष्ट्रिय लेखा अनुमान सार्वजनिक गरेको छ । जस अनुसार यस त्रैमासमा ५.१ प्रतिशतले आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान छ। कार्यालयका अनुसार यातायात क्षेत्रमा भएको वृद्धि, निर्माण क्षेत्रमा विस्तार, कृषि उत्पादन वृद्धि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धि र वित्तीय… Continue reading दोस्रो त्रैमासमा ५.१ प्रतिशत आर्थिक वृद्धि
बझाङमा गाउँपालिका तत्कालिन अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । बझाङ्गको खप्तडछान्ना गाउँपालिका तत्कालीन अध्यक्ष र वडा नम्बर ४ का वडाध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सिम्लका घट्ट सिंचाई कुलो निर्माणमा आर्थिक वर्ष २०७६–७७ मा रकम विनियोजन गरी आर्थिक वर्ष २०७७–७८ मा कुनै पनि काम नगरी १४ लाख आठ हजार ८१७ रुपियाँ भुक्तानी लिइ अनियमितता गरेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले… Continue reading बझाङमा गाउँपालिका तत्कालिन अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कुलमान घिसिङ हटाउने निर्णयमा चित्त बुझ्न जवाफ नदिए माओवादी आन्दोलनमा जाने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्टीकरण चित्त नबुझे आन्दोलनमा जाने बताएका छन्। संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्डले कार्यकारी निर्देशक घिसिङ हटाउने विषयमा जालझेल, षड्यन्त्र भएको बताए । उनले… Continue reading कुलमान घिसिङ हटाउने निर्णयमा चित्त बुझ्न जवाफ नदिए माओवादी आन्दोलनमा जाने
अर्घाखाँचीको सुपादेउराली दर्शनमा गएको बस दुर्घटना, कम्तिमा चार जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीको सुपादेउरालीबाट फर्किंदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन जना महिला र एक पुरूष रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सञ्चार शाखाले जनाएको छ। मृत्यु हुनेमा बसका चालक रहेका छन्। यद्यपि उनीहरूको पहिचान खुलिसकेको छैन। सुपादेउराली दर्शनको लागि नवलपरासीबाट गएको लु २ ख ३०३ नम्बरको बस… Continue reading अर्घाखाँचीको सुपादेउराली दर्शनमा गएको बस दुर्घटना, कम्तिमा चार जनाको मृत्यु
माओवादी उपद्रो मच्याएर थाकेको शक्ति हो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रलाई उपद्रो मच्चाएर थाकेर बसेको शक्तिको संज्ञा दिएका छन् । राष्ट्रिय युवा संघ नेपालले बुधबार आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भने थोत्रो प्रणाली बोकेर हिँड्ने शक्तिको संज्ञा दिए । ‘ती हतियार उठाएर थाकेका क्रान्ति गर्छु भनेर अनेको उपद्रो मच्चाएर,… Continue reading माओवादी उपद्रो मच्याएर थाकेको शक्ति हो : प्रधानमन्त्री
आज पनि गयो भूकम्पको धक्का, काठमाडौंमा महसुस
काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अुनसार नेपाली समय साँझ ६ः२७ बजे ५.५ म्याग्निच्युडको भूकम्प गएको हो । नेपालको उत्तरपूर्वी सीमानजिकै सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको देखिएको छ । उक्त भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो । पछिल्लो समय पश्चिम नेपालमा… Continue reading आज पनि गयो भूकम्पको धक्का, काठमाडौंमा महसुस
बिहारमा रेल्वे स्टेशनमा गोलीबारी, तीन जनाको हत्या
काठमाडौं । भारतको बिहारमा रेल्वे स्टेशनमा गोली चलेको छ । सो घटनामा तीन जनाको ज्यान गएको बीबीसीले जनाएको छ । घटना बिहारको आरा रेल्वे स्टेशनमा भएको हो । मंगलबार भएको यो घटनाको कारण प्रेम प्रसंग रहेको पाइएको प्रहरीले बताएको छ । २४ वर्षको अमन कुमार नामक युवकले गोली चलाएको पाइएको छ । ती व्यक्तिले सुरुमा… Continue reading बिहारमा रेल्वे स्टेशनमा गोलीबारी, तीन जनाको हत्या
टर्कीमा किन भइरहेको छ विशाल प्रदर्शन ?
काठमाडौं । टर्कीको इस्तानबुलका मेयर एकरेम इमामोग्लुलाई पक्राउ गरिएपछि प्रदर्शन सुरु भएको छ । सो प्रदर्शन सातौं दिनसम्म पनि जारी छ । राष्ट्रपति रेसेप तैयप इर्दोगानले विपक्षी दलहरूलाई ‘हिंसात्मक आन्दोलन’ भड्काएको आरोप लगाएको सञ्चारमाध्यमले जनाएका छन् । टर्कीको मुख्य विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) ले प्रदर्शन मंगलबार सकिने बताएका थिए । तर पार्टीले आन्दोलनका… Continue reading टर्कीमा किन भइरहेको छ विशाल प्रदर्शन ?
ब्राजिलको पोष्टमा अर्जेण्टिनाको चार गोल, विश्वकपमा छनोट
काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिलमाथि ४–१ को सानदार जित निकालेको छ । बोलिभियाले उरुग्वेलाई गोलरहित बराबरीमा रोकेपछि यसअघि नै अर्को वर्ष नर्थ अमेरिकामा हुने फिफा विश्वकपमा स्थान पक्का गरिसकेको अर्जेन्टिनाले लिओनल मेसीविनै ब्राजिललाई हराएको हो । अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र जिउलियानो सिमीओनीले गोल गरे ।… Continue reading ब्राजिलको पोष्टमा अर्जेण्टिनाको चार गोल, विश्वकपमा छनोट
अमेरिकाको दावि : रुस र युक्रेन युद्धविरामका लागि सहमत
काठमाडौं । रुस र युक्रेन ब्ल्याक सीमा युद्धविराम गर्न सहमत भएको अमेरिकाले दावि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा यो सम्भव भएको समेत ह्वाइट हाउसको दावि छ । तीन वर्षभन्दा अगाडिदेखि रुस र युक्रेनबीच जारी लडाइँ ३० दिनसम्म रोक्ने सहमति भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार दुई देशबीच ऊर्जा संरचनामा आक्रमण नगर्ने सहमति… Continue reading अमेरिकाको दावि : रुस र युक्रेन युद्धविरामका लागि सहमत
प्रधानमन्त्रीको चिन्ता : कुलमान प्रकरणमा तिललाई पहाड बनाइयो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितको लागि इमान्दारसाथ काम गरिरहेको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता सुजाता कोइरालाद्वारा लिखित पुस्तक ुम र मेरो सानोबुवाु आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयप्रति लक्षित गर्दै तिललाई… Continue reading प्रधानमन्त्रीको चिन्ता : कुलमान प्रकरणमा तिललाई पहाड बनाइयो
कलंकी ग्याङ फाइट प्रकरण : १६ जना पक्राउ
काठमाडौं । प्रहरीले अभय भन्ने अबे तामाङ हत्या प्रकरणमा सङ्लग्न १६ जना पक्राउ गरेको छ । उनको सोमबार साँझ भएको ग्याङ फाइटमा ज्यान गएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार २०८१ चैत ११ गते बेलुका साढे सात बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं। १४ खड्कागाउँस्थित सडकखण्डमा दुई समूहबिच… Continue reading कलंकी ग्याङ फाइट प्रकरण : १६ जना पक्राउ
देउवा भन्छन् : ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाद्वारा लिखित पुस्तक म र मेरो सानोबुवा आत्मकथा लोकार्पण समारोहलाई सम्बोधन गर्दै देउवाले आफू र प्रधानमन्त्री ओली जेलमा सँगै बसेको त्यही बेलादेखिको साथी भएको बताए । ‘ओलीजी र हाम्रो पार्टीको बीचमा सहमति… Continue reading देउवा भन्छन् : ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ
कुलमान हटाउने निर्णयको विरोधमा माओवादी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णइ आपत्तिजनक रहेको प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको ठहर छ । माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले मंगलबार एक विज्ञप्ति जारी गर्दै घिसिङलाई हटाउने सरकारको निर्णयमा प्रश्न उठाएका हुन् । माओवादीले कुशल प्रशासकमाथि मनोवैज्ञानिक त्रास फैलाउनका लागि चालिएको कदम भएको भनेको छ ।… Continue reading कुलमान हटाउने निर्णयको विरोधमा माओवादी
सरकारविरोधी आन्दोलनमा अब रास्वपाको समेत साथ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अब सरकारको विरोधमा गरिने कार्यक्रमहरूमा सहभागी हुने भएको छ । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले मंगलबार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुनेछ।’ साथै रास्वपाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई… Continue reading सरकारविरोधी आन्दोलनमा अब रास्वपाको समेत साथ
राजतन्त्रको पक्षमा आन्दोलनमा होमियो राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्दोलनमा होमिएको छ । सो पार्टीले काठमाडौंमा चैत २६ गते प्रदर्शन र सभाको आयोजना गर्ने निर्णय गरेको छ।मंगलबार राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको राप्रपा मूल आन्दोलन परिचालन समितिको बैठकले उक्त निर्णय गरेको हो। लिङ्देनका अनुसार राज संस्था, हिन्दु राष्ट्र र संघीयता खारेजी पक्षमा जसले आन्दोलन गरे पनि शान्तिपूर्ण ढंगले आन्दोलनमा… Continue reading राजतन्त्रको पक्षमा आन्दोलनमा होमियो राप्रपा
कुलमान प्रकरणको विरुद्धमा देशभर प्रदर्शन : सरकारका प्रवक्ताको प्रतिक्रिया, सामान्य हो
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङको पक्षमा सडक र सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ । आज देशभर प्रदर्शन चर्कियो । बिरोधलाई सरकारले भने सामान्य भनेको छ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री समेत रहेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै यो सामान्य भएको बताए । सरकारले… Continue reading कुलमान प्रकरणको विरुद्धमा देशभर प्रदर्शन : सरकारका प्रवक्ताको प्रतिक्रिया, सामान्य हो
कुलमान हटाएर सरकारले नियुक्त गरेका शाक्यले गरे पदभार ग्रहण
काठमाडौं । सरकारले कुलमान घिसिङलाई हटाएर नियुक्ति दिएका नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो । उनको नियुक्तिको चौतर्फी आलोचना भइरहेको छ । शाक्यले मंगलबार राती प्राधिकरणको कार्यालयमा पदभार ग्रहण गरे । सरकारले कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको हो… Continue reading कुलमान हटाएर सरकारले नियुक्त गरेका शाक्यले गरे पदभार ग्रहण
कुलमान हटाउने निर्णयको रविले गरे साङ्केतिक विरोध, सामाजिक संजालमा भाइरल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने मन्त्रिपरिषद्को निर्णयप्रति प्रतीकात्मक विरोध जनाएका छन्। रास्वपा सभापति लामिछानेले फेसबुक लाइभमार्फत् बिजुली निभाउँदै मैन बत्ती सल्काएर साङ्केतिक रूपमा कुलमान घिसिङ हटाउने निर्णयको विरोध जनाए । उनको यो शैली अहिले सामाजिक संजालमा भाइरल भएको छ । उनले आफ्नो फेसबुक… Continue reading कुलमान हटाउने निर्णयको रविले गरे साङ्केतिक विरोध, सामाजिक संजालमा भाइरल
एएफसी एसियन कप २०२७ को छनोट : नेपाल र मलेसिया आज भिड्दै
काठमाडौं । एफसी एसियन कप २०२७ को छनोट चरणको तेस्रो चरणमा नेपालले मंगलबार आफ्नो पहिलो खेल मलेसियासँग खेल्दैछ। छनोटमा नेपाल समूह एफ मा छ। नेपालको समूहमा भियतनाम, लाओस र मलेसिया छन्। खेल नेपाली समयअनुसार राति ७ः४५ मा मलेसियाको जोहरस्थित सुल्तान इब्राहिम रंगशालामा हुँदैछ । यो खेल नेपालमा हुनु पर्ने थियो । तर दशरथ रंगशालालाई एसियाली… Continue reading एएफसी एसियन कप २०२७ को छनोट : नेपाल र मलेसिया आज भिड्दै
कालिमाटीमा ग्याङफाइट, एक जनाको ज्यान गयो
काठमाडौं । कालिमाटीमा ग्याङ फाइट भएको छ । जसमा एक युवकको ज्यान गएको छ । सोमबार साँझ होलिको विषयमा विवाद हुँदा कलंकी एलआएआई स्कुल नजिकै दुई समूहबीच भिडन्त भएको थियो । भिडन्तमा २२ वर्षीय अभय गोले गम्भीर घाइते भएका थिए । घाइते गोलेलाई तत्कालै उपचारका लागि शहिद मेमोरियल अस्पताल पुर्याइएको थियो । उनको त्यहाँ उपचारका… Continue reading कालिमाटीमा ग्याङफाइट, एक जनाको ज्यान गयो
कुलमान हटाउने निर्णयमा गगन र विश्वप्रकाशकै आपत्ति
काठमाडौं । सरकारले नेपाल विद्युत प्रािधकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेसत्तै सत्तारुढ दलभित्रबाटै कडा आलोचना सुरु भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्व प्रकाश शर्माले सामाजिक संजालमा स्टाटस लेख्दै सरकारको सो निर्णयको कडा शब्दमा विरोध गरेका छन् । कुलमानलाई हटाउनेबारे कांग्रृेस पदाधिकारी तहमा कुनै निर्णय नभएको विश्व… Continue reading कुलमान हटाउने निर्णयमा गगन र विश्वप्रकाशकै आपत्ति
सरकारको आलोचना गर्दै बालेनले लेखे कडा स्टाटस
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका छन् । शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत् मेयर शाहले सरकारकै दम्भका कारण विगत ३ महिनादेखि सरसफाइका कर्मचारीले तलब नपाएको बताएका छन् । ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत ३ महिनादेखी तलब पाको छैन, सरकारको दम्भले,’ मेयर शाहले भनेका… Continue reading सरकारको आलोचना गर्दै बालेनले लेखे कडा स्टाटस
कुलमान हटाउने निर्णयको प्रचण्डबाट कडा प्रतिवाद
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा आपत्ति व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सरकारको उक्त निर्णयप्रति निन्दा व्यक्त गरेका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ भने नयाँ कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त… Continue reading कुलमान हटाउने निर्णयको प्रचण्डबाट कडा प्रतिवाद
पदबाट हटाइए कुलमान
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए । सरकारले कुलमानलाई हटाउने उद्देश्यले पटक पटक स्पष्टीकरण सोधेको थियो । सोही आधारमा उनलाई पदबाट… Continue reading पदबाट हटाइए कुलमान
सुक्खायाम बढेसँगै पूर्ण क्षमतामा चलाइयो कुलेखानी
काठमाडौं । मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । कुलेखानी जलविद्युत् आयोजनाका अनुसार सुक्खायाम सुरू भएकाले कुलेखानी जलविद्युत् केन्द्रको प्रथम, दोस्रो र तेस्रो युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन् । कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले कुलेखानी जलविद्युत् प्रथमले ६० मेगावाट, दोस्रोले ३२ मेगावाट र तेस्रोले १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको… Continue reading सुक्खायाम बढेसँगै पूर्ण क्षमतामा चलाइयो कुलेखानी
नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक
काठमाडौं । नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्त्वपूर्ण रहेको विश्व बैंकले जनाएको छ । नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको विश्व बैंकले उल्लेख गरेको छ । यमसा रेमिट्यान्स (विप्रेषण) को ठूलो भूमिका रहेको समेत प्रतिवेदनमा छ । विश्व बैंकले सोमबार ‘नेपाल राष्ट्रगत आर्थिक परिदृश्य’ नामक प्रतिवेदन सार्वजनिक गरेको… Continue reading नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक
अमेरिकामा अर्को गोली काण्ड, कम्तिमा तीन जना मारिए
काठमाडौं । संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् । लास क्रुसेस प्रहरीको फेसबुक पोस्ट अनुसार, स्थानीय समय अनुसार राति १० बजेतिर भएको सशस्त्र आक्रमणमा दुई १९ वर्षीय र एक १६ वर्षीय किशोरको मृत्यु भएको छ । पीडितहरूको पहिचान अज्ञात… Continue reading अमेरिकामा अर्को गोली काण्ड, कम्तिमा तीन जना मारिए