१६ साउन, वीरगञ्ज । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगञ्ज महानगरका अगुवाले अमलेखगञ्जको भावर क्षेत्रमा पानीको स्रोतको खोजी गर्दै स्थलगत निरीक्षण गरेका छन् । वीरगञ्ज आसपासमा खानेपानीको चर्को समस्या भएसँगै समितिका अध्यक्ष डा किरण पौडेल र वीरगञ्ज महानगरकाका प्रमुख राजेशमान सिंहसहितको प्राविधिक टोलीले अमलेखगञ्जको भावर क्षेत्रमा पानीको भूसतह संरक्षण गरेर पानीको उपयोग गर्दै… Continue reading पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर
Category: फिचर
आज राति वाग्मती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान
१६ साउन, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती, गण्डकी प्रदेशलगायत देशका पहाडी भागका धेरै… Continue reading आज राति वाग्मती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान
अमेरिकी सेना र राष्ट्रपतिको अस्पतालमा बन्दूकधारी छिरेको हल्लापछि…
१६ साउन, काठमाडौं । अमेरिकी सैनिक र अमेरिकी राष्ट्रपतिको उपचार गर्ने वासिङ्टन बाहिरको वाल्टर रिड अस्पताल बिहीबार केही समयका लागि बन्द गर्नुपरेको छ । मेरिल्यान्डको मोन्टगोमरी काउन्टीमा रहेको प्रहरीले सामाजिक सञ्जालमा भनेको छ, “अधिकारीहरूले नक्कली बन्दुक बोकेका एक व्यक्तिलाई पक्राउ गरेपछि आपतकालीन अवस्था अन्त्य भएको छ।” यसअघि, कम्प्लेक्स सञ्चालन गर्ने नेभी युनिटले भनेको थियो, “सम्भावित… Continue reading अमेरिकी सेना र राष्ट्रपतिको अस्पतालमा बन्दूकधारी छिरेको हल्लापछि…
महानगरको आह्वान : पानी उमालेर मात्र पिउनुहोस
१५ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले बर्खामा पानीजन्य सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै उमालेको पानी मात्र प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । बर्खाको समयमा जताजतै पानी उपलब्ध हुने भएकाले उत्पादक कम्पनीले मापदण्डविपरीत बिक्री गर्नसक्ने भन्दै कामपाले उपभोक्तालाई उमालेर मात्रै पिउने पानी प्रयोग गर्न आग्रह गरेको हो । कामपाका कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि… Continue reading महानगरको आह्वान : पानी उमालेर मात्र पिउनुहोस
प्रधानमन्त्रीबाट ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ
१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फर स्कुल’ अभियानको आज शुभारम्भ गरेका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा दशरथ रङ्गशालामा आयोजित कार्यक्रममा उनले ‘फिफा’को सहयोगमा करिब एक हजार विद्यालयलाई निःशुल्क रुपमा फुटबल वितरण गरिने अभियानको शुभारम्भ गरेका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको समग्र खेल क्षेत्रको विकासलाई प्राथमिकता दिएको… Continue reading प्रधानमन्त्रीबाट ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ
निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइने
१५ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय गौरवको निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइने बताएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनले उक्त विमानस्थल निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए । “निजगढ राष्ट्रिय गौरवको आयोजना त हो तर अहिले पनि अन्योल नै छ, यसपटकको… Continue reading निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइने
‘झरीपछिको इन्द्रेणी’ चलचित्रको छायाङ्कन शुभारम्भ
१५ साउन, काठमाडौं । टेलिभिजन कार्यक्रम ‘भद्रगोल’ र ‘सक्किगोनि’ निर्देशन गर्नुभएका अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा ‘झरीपछिको इन्द्रेणी’ नामक चलचित्र बन्ने भएको छ। आज खीर खाने दिनको अवसर पारेर ललितपुरको धन्तेरी बाराही मन्दिरमा उक्त चलचित्रको छायाङ्कन सुरु गरिएको छ । चलचित्रका निर्देशक एवं हास्यकलाकार घिमिरेले आम मानिसको भोगाइलाई चलचित्रमा देखाइने बताए । उनले भने, “एउटा… Continue reading ‘झरीपछिको इन्द्रेणी’ चलचित्रको छायाङ्कन शुभारम्भ
सबै नेपालीले खुसीका साथ खीर खान पाउने वातावरण बनाउन लागौँः प्रधानमन्त्री
१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा आज आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा प्रधानमन्त्री ओलीले सबै नेपालीले यस दिनमा खुसीका साथ खीर खाने वातावरण निर्माणमा लाग्न सबैसँग आग्रह… Continue reading सबै नेपालीले खुसीका साथ खीर खान पाउने वातावरण बनाउन लागौँः प्रधानमन्त्री
विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले आयोजना गर्ने
१५ साउन, काठमाडौं । महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ । नेपालको काठमाडौँस्थित माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहने छ । जसलाई दुई समूहमा विभाजन गरेर खेल खेलाइने छ । उक्त प्रतियोगिताको खेल तालिका भने छिट्टै सार्वजनिक गर्ने अन्तरराष्ट्रिय क्रिकेट… Continue reading विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले आयोजना गर्ने
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरी
१५ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले लालवीर चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको छ । काठमाडौँमा सम्पन्न पार्टीको राष्ट्रिय भेलाले प्रतिनिधिसभा सदस्यसमेत रहेका लालवीरलाई सर्वसम्मत अध्यक्ष बनाउने निर्णय गरेको सो पार्टीका सांसद अरुणकुमार चौधरीले जानकारी दिए । उनका अनुसार पार्टीका केन्द्रीय सदस्यहरुको आह्वानमा काठमाडौँमा यही असार १४ र १५ गते पार्टीको राष्ट्रिय भेला आयोजना गरिएको… Continue reading नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरी
कागतीले बजार नपाउँदा निराश
१५ साउन, दमौली । तनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश भएका छन् । व्यावसायिक कागतीखेतीमा लाग्नुभएका उहाँ आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गर्छन् । मल्लले २० रोपनी क्षेत्रफलमा कागतीखेती गरेका छन् । कागती उत्पादनको अन्तिम अवस्थामा छ, तर बजार अभाव हुँदा बारीमै रहेको उनले बताए । मल्लले… Continue reading कागतीले बजार नपाउँदा निराश
‘पर्यटक बढेपछि गोठमै आम्दानी’
१५ साउन, गलकोट । बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आयआर्जनमा वृद्धि भएको छ । ढोरपाटन पुगेका केही पर्यटकहरू पदमार्गमार्फत बुकीपाटन पुग्ने गरेका छन् । बुकी पुग्ने पर्यटकका लागि खान–बस्नमा सघाउँदै आएका गोठालको आम्दानी बढ्न थालेको हो ।पदमार्ग आसपास र बुकीपानमा चिया–नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ । पाटन पुगेका पर्यटक गोठमै… Continue reading ‘पर्यटक बढेपछि गोठमै आम्दानी’
विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण
१५ साउन, तानसेन । तानसेन नगरपालिका–११ स्थित लिपीन्देवी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न वर्गका ३७ जना विद्यार्थीलाई पाल्पा जेसीजले पाठ्यसामग्रीसहित झोला वितरण गरेको छ । जेसीजले बुधबार विद्यार्थीलाई झोला, कपी, कलम वितरण गरेको हो । तानसेन नगरपालिकाका प्रमुख तथा जेसीजका पूर्वअध्यक्ष सन्तोषलाल श्रेष्ठ, जेसीजका अध्यक्ष जेसी विवेककाजी शाक्य, नगरपालिका प्रवक्ता तथा तानसेन–११ का वडाध्यक्ष यादवसिंह कार्की,… Continue reading विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण
रुसमा शक्तिशाली भूकम्पपछि प्रशान्त महासागरमा यस्तो देखियो सुनामी (फोटो फिचर)
१५ साउन, काठमाडौं । अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एउटा रुसको कम जनसङ्ख्या भएको सुदूर पूर्वमा बुधबार बिहान गएको छ । भूकम्पका कारण प्रशान्त महासागरमा चार मिटर (१२ फिट) सम्म सुनामी आएको छ । हवाईदेखि जापानसम्मका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजिएस) का अनुसार रुसको दुर्गम कामचटका प्रायद्वीपमा पेट्रोपाभ्लोभस्कबाट बिहान… Continue reading रुसमा शक्तिशाली भूकम्पपछि प्रशान्त महासागरमा यस्तो देखियो सुनामी (फोटो फिचर)
यस्तो छ आजको मौसम पूर्वानुमान
१५ साउन, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगमा साधारणतया आंशिक बदली हुनेछ भने सुदूरपश्चिमलगायत पहाडी भागका केही स्थानमा र लुम्बिनी… Continue reading यस्तो छ आजको मौसम पूर्वानुमान
वनमन्त्री शाही नर्वेमा : उच्चस्तरीय कार्यक्रममा सहभागी
१५ साउन, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी नर्वेको भ्रमणका क्रममा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनी नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले नर्वेमा चारदिने भ्रमणका क्रममा वातावरण संरक्षण, वन्यजन्तु व्यवस्थापन र शैक्षिक सहकार्यलगायत विषयमा भेटघाट र छलफल गरेको गरिरहेको छ । मन्त्री शाहीसँगै रहेका राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव डा नरेश सुवेदीले मन्त्री शाही… Continue reading वनमन्त्री शाही नर्वेमा : उच्चस्तरीय कार्यक्रममा सहभागी
आज साउन १५ : यस्तो छ खीरको महत्व
१५ साउन, काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत… Continue reading आज साउन १५ : यस्तो छ खीरको महत्व
कक्षमा पुग्ने असफल प्रयासमा १४ सेकेन्डको उडानपछि अस्ट्रेलियामा निर्मित पहिलो रकेट दुर्घटनाग्रस्त
एजेन्सी१५ साउन, काठमाडौं । देशको माटोबाट कक्षमा पुग्ने प्रयासमा अस्ट्रेलियामा निर्मित पहिलो रकेट बुधबार १४ सेकेन्डको उडानपछि दुर्घटनाग्रस्त भएको छ ।गिलमोर स्पेस टेक्नोलोजीद्वारा प्रक्षेपण गरिएको एरिस रकेट देशबाट उडान भर्ने पहिलो अस्ट्रेलियामा डिजाइन र निर्माण गरिएको परिक्रमा प्रक्षेपण यान थियो र साना उपग्रहहरूलाई कक्षमा लैजानका लागि डिजाइन गरिएको थियो । यसले बुधबार बिहान स्थानीय समयमा… Continue reading कक्षमा पुग्ने असफल प्रयासमा १४ सेकेन्डको उडानपछि अस्ट्रेलियामा निर्मित पहिलो रकेट दुर्घटनाग्रस्त
चीनमा बस दुर्घटनाः १० जनाको मृत्यु, चार जना अझै बेपत्ता
एजेन्सी१५ साउन, काठमाडौं । चीनको उत्तरी शान्सी प्रान्तमा आइतबार बिहान बेपत्ता भएको बसमा सवार १० जनाको मृत्यु पुष्टि भएको छ । सरकारी सञ्चार माध्यमका अनुसार, घटनाको खोजी तथा उद्धार कार्य जारी रहँदा अझै ४ जना हराइरहेका छन् । उक्त बस डाटोङ सहरमा मुसलधारे वर्षाको बीच हराएको थियो । सिन्ह्वा समाचार एजेन्सीका अनुसार, एक जनाको शव… Continue reading चीनमा बस दुर्घटनाः १० जनाको मृत्यु, चार जना अझै बेपत्ता
डब्लुएचओको सहकार्यमा पाकिस्तानमा क्यान्सर उपचारमा ठूलो राहत
१५ साउन, काठमाडौं । पाकिस्तानको स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बीच एक सहमति भएको छ, जसअनुसार अब हरेक वर्ष क्यान्सर भएका करिब आठ हजार बालबालिकालाई निःशुल्क औषधी उपलब्ध हुने भएको छ । यो सहमति अनुसार पाकिस्तानले बालबालिकाको क्यान्सर उपचारका लागि बनाइएको एक विशेष अन्तर्राष्ट्रिय योजना (कार्यक्रम) मा सहभागी भएको छ । यस योजना… Continue reading डब्लुएचओको सहकार्यमा पाकिस्तानमा क्यान्सर उपचारमा ठूलो राहत
अस्ट्रेलियाको बालमैत्री नीतिः युट्युब प्रयोगमा नयाँ सीमा लागू हुँदै
एजेन्सी१५ साउन, काठमाडौं । अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकाहरुको सुरक्षाका लागि सामाजिक सञ्जालमा ‘युट्युब’ लाई पनि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्रधानमन्त्री एन्टोनी अल्बानेज र सञ्चार मन्त्री अनिका वेल्सले बुधबार क्यानबेर्रामा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिए । यस प्रतिबन्धले आगामी डिसेम्बर १० देखि प्रभाव पार्नेछ । पहिला युट्युबलाई यसको शैक्षिक र स्वास्थ्यसम्बन्धी सामग्रीका कारण… Continue reading अस्ट्रेलियाको बालमैत्री नीतिः युट्युब प्रयोगमा नयाँ सीमा लागू हुँदै
मधेस प्रदेशका पूर्वप्रमुख झा पुर्पक्षका लागि थुनामा
१४ साउन, काठमाडौं । जिल्ला अदालत काठमाडौँले मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’ लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।न्यायाधीश पिताम्बर शर्माको इजलासले आज यौन दुव्र्यवहार कसुरमा पक्राउ परेका झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । अदालतको उक्त आदेशसँगै अहिराजलाई डिल्लीबजार कारागार चलान… Continue reading मधेस प्रदेशका पूर्वप्रमुख झा पुर्पक्षका लागि थुनामा
साङ्घाईमा आँधीका कारण करीव तीनलाख मानिसलाई सुरक्षित स्थलमा सारियो
१४ साउन, काठमाडौं । शक्तिशाली आँधी को–मेका कारण बुधबार भारी वर्षा र तीव्र हावा आएपछि साङ्घाइ सहरका लगभग दुई लाख ८३ हजार मानिसहरूलाई सुक्षित स्थानमा स्थानान्तरण गरेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । ‘साङ्घाई सेन्ट्रल मेट्रोलोजिकल अब्जर्भेटरी’ले बुधबार दिउँसो वर्षाका कारण जोखिम आउनसक्ने खतराको चेतावनीलाई कमजोर हुँदै गएको बताएको छ । को–मेले पूर्वी झेजियाङ प्रान्तमा बुधबार… Continue reading साङ्घाईमा आँधीका कारण करीव तीनलाख मानिसलाई सुरक्षित स्थलमा सारियो
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतमाथि २५ प्रतिशत आयशुल्क घोषणा
एजेन्सी१४ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार घोषणा गर्दै भारतबाट आयात हुने वस्तुहरूमा २५ प्रतिशत आयशुल्क (ट्यारीफ) लगाइने बताएका छन् । भारतले रुसबाट ठूलो परिमाणमा हतियार र ऊर्जा खरीद गरिरहेकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसबारे थप कदम चालिने संकेत पनि दिएका छन् ।ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत आफ्नो सन्देश सार्वजनिक गर्दै भने,… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतमाथि २५ प्रतिशत आयशुल्क घोषणा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक भैरहवामा बस्यो, के गर्यो निर्णय ?
१४ साउन, भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज भैरहवामा सम्पन्न भएको छ । भैरहवाको रमादा होटलमा बसेको बैठकमा पार्टीका कार्यवाहक अध्यक्ष डिपी अर्याल, पार्टीका प्रमुख सचेतक सन्तोष परियारलगायत १५ जना सांसदहरू नियमित बैठकमा सहभागी थिए । संसद्को चालु अधिवेशनको समीक्षा, कुलिङ अफ् पिरियड, संवैधानिक निकायको काम कारबाहीलगायत विषयमा छलफल गर्न भैरहवामा बैठक… Continue reading राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक भैरहवामा बस्यो, के गर्यो निर्णय ?
घर भत्किँदा किचिएर बालकको मृत्यु
१४ साउन, बरहथवा । सर्लाहीको चन्द्रनगर गाउँपालिका–६, कामद टोलमा आज एक घर भत्किँदा किचिएर एक बालकको मृत्यु भएको छ । आज दिउँसो ४ः३० बजेको समयमा नवीन सिंहको पुरानो दुई तले पक्की घर अचानक भत्किएको थियो । आँगनमा खेलिरहेका स्थानीय गौतम माझीका ६ वर्षीय छोरा अरुण माझीको किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले… Continue reading घर भत्किँदा किचिएर बालकको मृत्यु
रसुवागढी क्षेत्रमा पुनः बाढीको वितण्डा
१४ साउन, काठमाडौं । आज बुधबार बिहान अन्दाजी २ बजे आएको बाढीले रसुवागढी क्षेत्रको भौतिक संरचनामा पुनः ठूलो क्षति गरेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा आएको बाढीले स्याफ्रुबेसी–रसुवागढी सडक पुनस् अवरुद्ध भएको छ । २४ असारमा आएको बाढीले यो सडक खण्ड दुई साता अवरुद्ध भएको थियो । त्यसपछि अस्थायी सञ्चालनमा आएको… Continue reading रसुवागढी क्षेत्रमा पुनः बाढीको वितण्डा
नेपालमा चार महिनामा एक हजारभन्दा बढी आगलागीका घटना
१४ साउन, काठमाडौं । गत वैशाखदेखि हालसम्म एक हजार ११ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन भएको छ भने १४४ जना घाइते भएका छन् । त्यसबाट एक हजार १२४ घर परिवार प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि हालसम्म विपदजन्य दुई हजार ४५६… Continue reading नेपालमा चार महिनामा एक हजारभन्दा बढी आगलागीका घटना
कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन हुँदै
१४ साउन, बागमती । नेपाली कांग्रेस बागमती प्रदेशमा बहादुरसिंह लामाले संसदीय दलका नेताको हैसियत गुमाएपछि संसदीय दलमा आज नयाँ नेता चयन हुने भएको छ । संसदीय दलका नेता चयन गर्न आज बिहान १०ः०० देखि ११ः०० बजेसम्म उम्मेदवारी दर्ता र अपराह्न २ः०० देखि ३ः०० बजेसम्म मतदान हुने कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले राससलाई जानकारी… Continue reading कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन हुँदै
रुसमा ८.७ रेक्टर स्केलको भूकम्प, अमेरिका र जापानसम्म सुनामीको चेतावनी
१४ साउन, काठमाडौं । रुसमा ८.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । समाचार एजेन्सीहरुका अनुसार अमेरिका देखि जापानसम्म सुनामीको चेतावनी जारी भएको छ । यूएस जीओलोजिकल सर्वेका अनुसार रुसको पूर्वी तटीय क्षेत्रमा सो भूकम्प आएको हो । यसले प्रशान्त महासागरमा सुनामी आउने चेतावनी जारी गरिएको छ । भूकम्पको केन्द्र कमचट प्रायदिपस्थित पेट्रोपावलोव्स्कबाट १३६ किलोमिटर… Continue reading रुसमा ८.७ रेक्टर स्केलको भूकम्प, अमेरिका र जापानसम्म सुनामीको चेतावनी