ब्राजिलका फूटबल स्टार रोबिन्होमाथि बलात्कार अभियोग पुष्टी, ९ वर्षको जेल सजाय

काठमाडौं । ब्राजिलका पूर्व फुटबल स्टार रोबिन्होलाई बलात्कार अभियोग पुष्टी भएको छ । स्थानीय अदालतले उनलाई ९ वर्षको जेल सजाय सुनाएको सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१३ मा २२ वर्षीया अल्बानियाई महिलालाई इटलीमा सामूहिक बलात्कार गरेको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो । यसअघि सन् २०१७ मा इटलीको अदालतले पनि उनलाई दोषी ठहर गर्दै… Continue reading ब्राजिलका फूटबल स्टार रोबिन्होमाथि बलात्कार अभियोग पुष्टी, ९ वर्षको जेल सजाय

केजरीवाल पक्राउले भारतमा हंगामा

काठमाडौं । प्रवर्तन निर्देशनालय (ईडी)को टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेसँगै भारतमा हंगामा सुरु भएको छ । विपक्षी दलले निर्वाचनको अगाडी भएको यो गिरफतारीलाई राजनीतिक दाउपेचका रुपमा सरकारको आलोचना गरेका छन् । केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो । दुई घन्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय… Continue reading केजरीवाल पक्राउले भारतमा हंगामा

नेपाल बहराइनसँग फराकिलो अन्तरले हार्यो

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग ५–० ले हारेको छ । रिफास्थित नेसनल स्टेडियममा भएको खेलमा बहराइनले तीन गोल पहिलो हाफमा गर्न सफल भयो । नेपालले घरेलु मैदान विश्वकप छनोटका खेल खेलाउन लायक नभएपछि होम म्याच नै बहराइन आएर खेल्नुपरेको हो ।… Continue reading नेपाल बहराइनसँग फराकिलो अन्तरले हार्यो

अफगानिस्थानमा आत्मघाती विष्फोट, कम्तिमा २१ जना मारिए

Photo Source : inews.co.uk

काठमाडौं । अफगानिस्तानको कान्धार सहरमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार आज बिहान ८ बजेतिर भएको विस्फोटमा तालिबान सरकारले भने तीन जनाको ज्यान गएको बताएको बीबीसीले जनाएको छ । सिटी सेन्टरमा रहेको एक निजी बैंकमा भएको विस्फोटको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन । अफगानिस्तान सरकारका कर्मचारी तलब… Continue reading अफगानिस्थानमा आत्मघाती विष्फोट, कम्तिमा २१ जना मारिए

राष्ट्रिय भुमी आयोग खारेज गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो । ३० भदौ २०७८मा सरकारले कांग्रेससम्बद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको थियो । त्यसअघि तत्कालीन सरकारले एमाले नेता देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो ।… Continue reading राष्ट्रिय भुमी आयोग खारेज गर्ने सरकारको निर्णय

सभामुखसहित सांसदको टोली स्विट्जरल्याण्ड प्रस्थान

काठमाडौं । सभामुख देवराज घिमिरे नेतृत्वको टोली स्विट्जरल्याण्ड प्रस्थान गरेको छ । संघीय संसद सचिवालयका अनुसार उनीहरु अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४८औं महासभामा सहभागी हुन बिहीबार स्विट्जरल्याण्ड प्रस्थान गरेका हुन् । आईपीयू प्रधान कार्यालय स्विट्जरल्याण्डको जेनेभामा छ । टोलीमा सभामुख घिमिरे सहित सांसदहरु रमेश लेखक, महेशकुमार बर्तौला, हितराज पाण्डे, सन्तोष परियार र राष्ट्रिय सभा सदस्य… Continue reading सभामुखसहित सांसदको टोली स्विट्जरल्याण्ड प्रस्थान

शाखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर, २१ वर्षमा जोडे ३ करोड २१ लाख ‘अवैध सम्पत्ति’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कार्कीले २१ वर्षको अवधिमा तीन करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ गैरकानुनी सम्पति आर्जन गरेको ठहर गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । कार्की काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय,… Continue reading शाखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर, २१ वर्षमा जोडे ३ करोड २१ लाख ‘अवैध सम्पत्ति’

निर्वाचन आयोगले रास्वपाका ४ सांसदलाई गरेको कारबाही बदर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका चार सांसदलाई चुनाव खर्च सार्वजनिक नगरेको भनी गरेको कारबाही उच्च अदालत पाटनले बदर गरिदिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र टीकाराम आचार्यको इजलासले यस्तो फैसला गरेको हो ।निर्वाचन आयोगविरुद्ध रास्वपाका सांसदहरू सोविता गौतम, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र गणेश पराजुलीले च्च अदालत पाटनमा निवेदन दिएका… Continue reading निर्वाचन आयोगले रास्वपाका ४ सांसदलाई गरेको कारबाही बदर

गृहमन्त्रीको निर्देशनमा प्रहरीका पेट्रोल पम्प २४ सै घण्टा खुला

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका केही पेट्रोल पम्प २४ सै घण्टा खुला हुन थालेका छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा बुधबारदेखि प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पम्म २४सै घण्टा खुला गरिएको हो। तत्कालका लागि नेपाल प्रहरीको प्रधान कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र… Continue reading गृहमन्त्रीको निर्देशनमा प्रहरीका पेट्रोल पम्प २४ सै घण्टा खुला

सुनको भाउ हालसम्मकै उच्च, एकैदिन प्रतितोला २६ सय बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउने नयाँ रेकर्ड राखेको छ । केही समयदेखि लगातार बढीरहेको सुनको भाउ आज हालसम्मकै उच्च बिन्दुमा पुगेर रेकर्ड राखेको हो । यस दिन छापावाल सुनको मूल्य तोलामा २ हजार ६०० रुपैयाँले बढेर एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला एक लाख २७ हजार… Continue reading सुनको भाउ हालसम्मकै उच्च, एकैदिन प्रतितोला २६ सय बढ्यो

आप्रवासन सम्बन्धी टेक्सस राज्यको विवादास्पद कानून तत्काल कार्यान्वयन नगर्न अदालतको आदेश

GETTY IMAGES\BBC

काठमाडौं । संयुक्त राज्य अमेरिकाको एउटा सङ्घीय पुनरावदेन अदालतले आप्रवासनसम्बन्धी टेक्सस राज्यको एउटा विवादास्पद कानुन तत्काल कार्यन्वयन नगर्न आदेश दिएको छ। उक्त कानुनलाई कुनै पनि अमेरिकी राज्यले बनाएको सबैभन्दा कठोर कानुन मानिन्छ। सर्वोच्च अदालतले एसबीफोर नामक आप्रवासनसम्बन्धी उक्त कानुनको पुनरावेदन सकिएपछि त्यसलाई कार्यान्वयनमा लैजान बाटो खोलिदिएको थियो। त्यसको केही घण्टापछि पुनरावेदन अदालतको निर्णय आएको हो।… Continue reading आप्रवासन सम्बन्धी टेक्सस राज्यको विवादास्पद कानून तत्काल कार्यान्वयन नगर्न अदालतको आदेश

फिफा विश्वकप २०२६ छनोट : आज नेपाल र बहराइन भिड्दै

काठमाडौं । फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपालले आज बहराइनसँग खेल्दैछ। बहराइनको राष्ट्रिय स्टेडियममा आज राति १२ः४५ बजे घरेलु टिमविरूद्ध नेपालले विश्वकप छनोट अन्तर्गत एसियाको दोस्रो चरणको छनोट खेल्दै छ। यो खेल नेपालमै हुने तालिका थियो। तर देशको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालाको मैदान खराब भएपछि एसियाली फुटबल महासंघले खेल सञ्चालन हुन नसक्ने निर्णय गरेको थियो।… Continue reading फिफा विश्वकप २०२६ छनोट : आज नेपाल र बहराइन भिड्दै

हिउँदे वर्षा कुन स्थानमा धेरै ?

काठमाडौं । गत चौबिस घण्टामा धनकुटाको पाख्रिबास स्टेसनमा भारी वर्षा भएको रेकर्ड छ । पाख्रिबासमा ५२.४ मिलिमिटर वर्षा रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । इलामको राँकेमा ४६.२, सिन्धुलीको रानिबास ४५.८, सिरहाको गोलबजारमा ४३.८, खोटाङ बजारमा ४२, जनकपुर विमानस्थलमा ३७, सप्तरीमा ३५.४ र रौतहटको गौरमा २६.८ मिलिमिटर वर्षा भएको… Continue reading हिउँदे वर्षा कुन स्थानमा धेरै ?

कस्तो रहनेछ आजको मौसम ?

RSS

काठमाडौं । आज पनि देशका अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको ल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बुधबारबाट मौसम प्रतिकुल बनेको हो । बिहीबार समेत यो जारी रहने भएको छ । शुक्रबार मौसममा थोरै सुधार जस्तो देखिए पनि शनिबारदेखि फेरि बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम… Continue reading कस्तो रहनेछ आजको मौसम ?

प्रधानमन्त्री र आइसीसी अध्यक्षबीच भेट, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार उहाँहरूबिच भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आइसिसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए । “नेपाल सरकारले क्रिकेट… Continue reading प्रधानमन्त्री र आइसीसी अध्यक्षबीच भेट, के भयो कुराकानी ?

ठमेल र दरबारमार्ग २४ सै घण्टा खुलाउने तयारी

file

काठमाडौं । ठमेल र दरबारमार्ग क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले २४ घण्टा ठमेल र दरबारमार्ग खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन काठमाडौंले यसको तयारी गरेको हो । ठमेल र दरबारमार्ग २४ सैं घण्टा खुल्ला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना समेत बनाउन सुरु गरेको छ ।… Continue reading ठमेल र दरबारमार्ग २४ सै घण्टा खुलाउने तयारी

बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा विनोद चौधरीमाथि अनुसन्धान जारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) विनोद चौधरीमाथि अनुसन्धान केन्द्रित गरेको छ । सीआइबीले सभामुखलाई पत्र लेखी नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि आफूहरुले अनुसन्धान गरिरहेको जानकारी गराएको छ । सीआईबीले सभाामुख देवराज घिमिरेलाई पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ । ‘‘बाँसबारी छाला जुत्ता… Continue reading बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा विनोद चौधरीमाथि अनुसन्धान जारी

समाजवादीले दीपक मनाङेसँग स्पष्टीकरण सोध्ने

काठमाडौं । स्वतन्त्र हैसियत मागेको भोलिपल्ट नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा गएका राजीव गुरुङ (दीपक मनाङे)लाई एकीकृत समाजवादीले स्पष्टीकरण सोध्ने भएको छ । एकीकृत समाजवादी पार्टीको सदस्य भएर पार्टीसँग सल्लाह नै नगरी मन्त्री भएकोबारे बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । मनाङेलाई मंगलबार… Continue reading समाजवादीले दीपक मनाङेसँग स्पष्टीकरण सोध्ने

‘सांसदले बोल्नुपर्ने सहकारी र सुनमात्र हो’ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले संसद्‌मा बोल्न नपाएको गुनासो गरेकी छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले आकस्मिक समय माग गरेकी थिइन् । सभामुख देवराज घिमिरेले आफूले समय नदिएपछि उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘नियमावली अनुसार संसद्‌मा ढ्यापढ्याप गरेर आकस्मिक समय माग… Continue reading ‘सांसदले बोल्नुपर्ने सहकारी र सुनमात्र हो’ ?

आयरल्यान्ड ‘ए’ र मैत्रीपूर्ण खेलका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले आयरल्यान्ड ‘ए’ ( आयरल्यान्ड वुल्भ्स) र एसएमएस फ्रेन्डसिप कपका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो । नेपालले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ सँग पाँच खेलको ट्वान्टी–२० र तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ ।नेपालले आयरल्यान्डसँग नेपालमा २… Continue reading आयरल्यान्ड ‘ए’ र मैत्रीपूर्ण खेलका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा

गुरुप्रसाद न्यौपाने ‘इन्साइडर ट्रेडिङ’ मा दोषी ठहर

काठमाडौं । रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपाने सेयरको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेकोमा दोषी ठहर भएका छन् । विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधिश टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गरेको हो । सेयरको… Continue reading गुरुप्रसाद न्यौपाने ‘इन्साइडर ट्रेडिङ’ मा दोषी ठहर

विश्वको सबैभन्दा खुसी देश फिनल्याण्ड, भारतभन्दा नेपाल अगाडि

काठमाडौं । फिनल्याण्डले लगातार सातौं वर्ष विश्वको सबैभन्दा खुसी देशको उपाधि जितेको छ । विश्वव्यापी चुनौतीहरूको बाबजुद फिनल्याण्डले लगातार खुसी देश बनेको हो । यसअघिका प्रतिवेदनमा अमेरिका र जर्मनी शीर्ष २० खुसी देशको सूचीमा परे पनि यसपटक भने सूचीबाट बाहिरिएका छन् । अमेरिका २३ औं स्थानमा छ । जर्मनी २४ औं स्थानमा छ । सूचीको… Continue reading विश्वको सबैभन्दा खुसी देश फिनल्याण्ड, भारतभन्दा नेपाल अगाडि

मोरङमा अर्को विभत्स घटना, श्रीमतीको हत्यापछि आत्महत्या

काठमाडौं । मोरङमा अर्को विभत्स घटना दोहोरिएको छ । जिल्लाको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेको प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेको समाचारमा उल्लेख छ । उनका छोरा भाग्न सफल भएका छन् ।… Continue reading मोरङमा अर्को विभत्स घटना, श्रीमतीको हत्यापछि आत्महत्या

नेपाली क्रिकेटलाई सहयोग गर्ने आइसीसी अध्यक्षको प्रतिवद्धता

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बारक्लेले नेपाल एसोसिएट राष्ट्रमा फेरि एक नम्बर बन्ने सम्भावना रहेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङसँग भेटवार्ता गर्दै आइसीसी अध्यक्ष बारक्लेले सीमित स्रोत र साधनका बाबजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको बताए । उनले नेपाली क्रिकेटको विकास र विस्तारमा सक्दो… Continue reading नेपाली क्रिकेटलाई सहयोग गर्ने आइसीसी अध्यक्षको प्रतिवद्धता

ज्याकलिन फर्नान्डिज नेपाल आउने

काठमाडौं । गहनासम्बन्धी रनवेमा सहभागी हुन बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आउने भएकी छन् । आगामी चैत १७ गते आरबी डायमण्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवको अवसरमा ज्वेलरी फेसन रनवे हुन लागेको हो । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार रनवेमा ज्याकलिन शो स्टपरको रुपमा देखिनेछिन् । सोही रनवेका लागि आउन लागेका मोडल किम गुडबर्नले पुरुष… Continue reading ज्याकलिन फर्नान्डिज नेपाल आउने

आज काठमाडौंसहित पूर्वी नेपालमा वर्षातको सम्भावना

काठमाडौं । बुधबार देशभर मौसम बदली भएको छ । कोशी र मधेश प्रदेशका केही स्थानमा वर्षा भएको छ । यस्तो अवस्था भोलिसम्म रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ । यो प्रभाव पूर्वी नेपालमा बढी र पश्चिम… Continue reading आज काठमाडौंसहित पूर्वी नेपालमा वर्षातको सम्भावना

रिडी–तमघास सडक आजबाट दैनिक १२ घण्टा बन्द

काठमाडौं । आजदेखि रिडी-तम्घास सडक २७ दिनका लागि दैनिक १२ घण्टा बन्द हुने भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत रिडीदेखि बलेटक्सारसम्मको २३ किलोमिटर क्षेत्रमा चट्टान फोर्न र ग्रेड मिलाउने कार्य भइरहेकोले आजदेखि ३० गतेसम्म सडक १२ घण्टा बन्द गरिएको हो । उक्त सडक बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४… Continue reading रिडी–तमघास सडक आजबाट दैनिक १२ घण्टा बन्द

अर्थमन्त्री र चिनियाँ राजदूतबीच भेट, के भयो कुराकानी ?

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले चिनियाँ सहयोग तथा लगानीमा निर्माणाधीन विकास आयोजनाका कामलाई तीव्रता दिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ । उनले प्रक्रियामा रहेका आयोजना अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । चीनले पछिल्लो दशकमा… Continue reading अर्थमन्त्री र चिनियाँ राजदूतबीच भेट, के भयो कुराकानी ?

१० महिनामा निर्यात १ खर्ब, आयात १० खर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को आठ महिना (फागुन)सम्म निर्यात १ खर्ब नाघेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन–फागुनसम्म १ खर्ब ६१ करोड रुपैयाँ बराबर निर्यात भएको छ । यो गत आव २०७९–८० को यसै महिनाको तुलनामा ३.९९ प्रतिशत कम हो । गत आव फागुनसम्म १ खर्ब ४ अर्ब ७९ रुपैयाँको निर्यात भएको… Continue reading १० महिनामा निर्यात १ खर्ब, आयात १० खर्ब

भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही गर्ने पाँच दलीय गठबन्धनको संकल्प

काठमाडौं । सत्तारुढ दलहरुले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छन् । कार्यदलका संयोजक विष्णु पौडेलले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् । जसमा कुनै पनि कालखण्डको भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि छानबिन गर्ने उल्लेख छ । कार्यदलका संयोजक पौडेललेले भने, ‘भ्रष्टाचार र अख्तियारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनैपनि कालखण्डमा… Continue reading भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही गर्ने पाँच दलीय गठबन्धनको संकल्प