काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसलाई कामबाटै जवाफ दिने बताएका छन् । उनले आज संसद बैठकबाट निस्किने क्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले कांग्रेस दूधले नुहाएको पार्टी हो कि होइन भन्ने जनताले बुझेका छन् । हामीले कामले जवाफ दिने बताए । संसद अवरोध गर्ने र संसदीय समितिको माग गर्ने कांग्रेसको अधिकारको कुरा भएको… Continue reading ‘हामी कामले जवाफ दिन्छौं, कांग्रेसले चार वर्ष संसद अवरूद्ध गरोस्’
Category: फिचर
झिनो अंकले घट्यो नेप्से, ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ विन्दुमा पुगेको हो । यसदिन ३०७ कम्पनीको ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५५४ रुपैयाँ बराबरको ९४ लाख ७८ हजार ९३३ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये… Continue reading झिनो अंकले घट्यो नेप्से, ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, लाहोर दोस्रोमा
काठमाडौं । काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर बनेको छ । एक्यूआइ अर्थात एअर कण्डिशन इन्डेक्स जारी गरेको मंगलबार दिउँसो १ः४५ बजेको लाइभ अपडेटअनुसारको रिपार्टलेले काठमाडौं विश्वमै तेस्रो प्रदूषित सहरमा परेको देखाएको हो । काठमाडौंको अति सूक्ष्म कण अर्थात् पार्टीकुलेट म्याटर (पीएम) को रेटिङ १५८ रहेको छ । सबैभन्दा प्रदूषित थाइल्याण्डको च्याङ माइ सहर रहेको आईक्यू… Continue reading काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, लाहोर दोस्रोमा
प्रधानमन्त्रीको जवाफ-‘सहकारीको बचत हिनामिनामा रविको कुनै संलग्नता छैन’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृहमन्त्री लामिछानेको विषयमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। ‘हालसम्मको अनुसन्धानले कहीँकतै उहाँ (रवि लामिछाने) सहकारी ठगी प्रकरणमा जोडिएको देखाएको छैन’, उनले भने, ‘सूर्यदर्शन सहकारीका बचतकर्ताले दिएको उजुरीमा… Continue reading प्रधानमन्त्रीको जवाफ-‘सहकारीको बचत हिनामिनामा रविको कुनै संलग्नता छैन’
संसदमा आज प्रधानमन्त्रीले जवाफ दिँदै
काठमाडौं । प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँदैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि तय भएको छ ।कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको १५ दिनको पाक्षिक कार्यतालिका अनुसार आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर… Continue reading संसदमा आज प्रधानमन्त्रीले जवाफ दिँदै
सत्तारुढ दलले न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दै
काठमाडौं । सत्ता साझेदार दलहरूले न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने भएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डले कार्यदलले तयार पारेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गर्ने कार्यक्रम छ । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका दुई-दुई जना नेता सदस्य रहेको कार्यदलले न्यूनतम… Continue reading सत्तारुढ दलले न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दै
साहित्यकार परशु प्रधानको निधन
काठमाडौं । साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । सोमबार राति बानेश्वरस्थित निवासमा उनको निधन भएको हो । प्रधानको पार्थिव शरीर आज बिहान ९ बजेसम्म बानेश्वरस्थित राधामोहन मार्ग २० मा श्रद्धाञ्जलीका लागि राखिएको छ । आजै ९ः३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परशु प्रधानका छोरा एवम् बाह्रखरी अनलाइनका प्रधान… Continue reading साहित्यकार परशु प्रधानको निधन
बागलुङ दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्यो- सबैको सनाखत
काठमाडौं । बागलुङको निसीखोलामा गाउँपालिका ६ जाउलेपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको प्रहरीले जनाएको छ । २८ जना घाइते भएका छन् । बागमती प्रदेश ०१(००६ख३८७९ नम्बरको बस मंगलबार साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीमा दुर्घटनामा परेको हो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा… Continue reading बागलुङ दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्यो- सबैको सनाखत
श्रम मन्त्रीले मागे विदेशी जेल र अस्पतालमा रहेका नेपालीको विवरण
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दीगृहमा रहेका तथा अस्पतालमा उपचाररत नेपाली श्रमिकको अवस्थाको बारेमा खोजखबर थाल्न निर्देशन दिएका छन् । गन्तब्य मुलुकमा रोकिएका श्रमिकको शवको पनि तथ्याङ्क उपलब्ध गराउन वैदेशिक रोजगार बोर्डलाई मन्त्री अर्यालले निर्देशन दिए । सोमबार वैदेशिक रोजगार बोर्डसँगको छलफलमा मन्त्री अर्यालले वैदेशिक… Continue reading श्रम मन्त्रीले मागे विदेशी जेल र अस्पतालमा रहेका नेपालीको विवरण
आइसीसी अध्यक्ष बार्क नेपाल भ्रमणमा, के के छन् कार्यक्रम ?
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल भ्रमणका सिलसिलामा काठमाडौं अवतरण गरेका छन् । सोमबार ४ बजे नेपाल आइपुगेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरे । नेपाली क्रिकेट विकास गर्न सहयोग गर्ने उनले बताए । उनी चैत ८ सम्म नेपालमा बस्ने… Continue reading आइसीसी अध्यक्ष बार्क नेपाल भ्रमणमा, के के छन् कार्यक्रम ?
बागलुङमा बस दुर्घटना, कम्तिमा ७ जनाको मृत्यु
काठमाडौं । रुकुमपूर्वबाट काठमाडौंका लागि छुटेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । गाडीमा ३२ जना यात्रु थिए… Continue reading बागलुङमा बस दुर्घटना, कम्तिमा ७ जनाको मृत्यु
१५ लाख धरौटीमा छुटे पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ
काठमाडौं । १४ किलो सुन प्रकरणमा छानबिनका लागि पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा छुटेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरूङलाई १५ लाख धरौटी छोड्न आदेश दिएको हो । उनी प्लाटिनम कलेजका सञ्चालकसमेत हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन तस्करी गरी ल्याएको घटनामा प्रहरीले उनलाई १४ फागुनमा… Continue reading १५ लाख धरौटीमा छुटे पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ
सर्वोच्च अदालतबाट दुर्गा प्रसाईंका बडीगार्ड हतियारसहित पक्राउ
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका व्यक्तिगत सुरक्षा गार्ड पक्राउ परेका छन् । सर्वोच्च अदालत परिसरबाट दीपक खड्का र रामकुमार धिमाललाई प्रहरीले पक्राउ गरेको हो । प्रसाईंको मुद्दा सुनुवाइका क्रममा अदालतमा प्रवेश गर्न खोज्ने क्रममा प्रहरीले जनाएको छ । उनीहरूको साथबाट हतियार एक थान, म्याग्जिन साना–ठूलोे दुई–दुई थान, म्याक्जिन होल्डर एक थान, गोली १०० राउन्ड… Continue reading सर्वोच्च अदालतबाट दुर्गा प्रसाईंका बडीगार्ड हतियारसहित पक्राउ
मन्त्री बने दीपक मनाङे, पाए भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी
काठमाडौं । एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पुर्वाधार मन्त्री नियुक्त गरेका हुन् । समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गरेका मनाङेलाई समेत समेटेर मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । भौतिक पूर्वाधारमा यसअघि माओवादी केन्द्रकी रेशम जुग्जाली मन्त्री थिए… Continue reading मन्त्री बने दीपक मनाङे, पाए भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी
गगनको प्रश्न-‘जो मुछिएको छ, उसले अनुसन्धान गर्छ भन्ने कसरी विश्वास गर्ने’ ?
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी ठगीमा जोडिएका गृहमन्त्रीबाट निष्पक्ष छानबिन हुन्छ भन्नेमा विश्वास नभएको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले सहकारी ठगीलगायत विभिन्न भ्रष्टाचारका प्रकरणमा जस्तोसुकै ठूला व्यक्ति भए पनि निष्पक्ष अनुसन्धान भई कानुनी कारबाही हुनुपर्नेमा जोड दिए । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीसम्बन्धी विवादमा मुछिनुभएकाले उहाँ पदमा… Continue reading गगनको प्रश्न-‘जो मुछिएको छ, उसले अनुसन्धान गर्छ भन्ने कसरी विश्वास गर्ने’ ?
कपिलवस्तुबाट पक्राउ परेका माओवादी उपाध्यक्ष महरालाई काठमाडौं ल्याइयो
काठमाडौैं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा मुछिएका महरालाई कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । उपप्रधान तथा गृहमन्त्री रवि… Continue reading कपिलवस्तुबाट पक्राउ परेका माओवादी उपाध्यक्ष महरालाई काठमाडौं ल्याइयो
विराटनगरमा नर्सको हत्या आरोपित युवकले आत्महत्या गरेको भेटियो
काठमाडौं । विराटनगरको नोवेल टिचिङ अस्पतालकी स्टाफ नर्सको हत्या प्रकरणमा संलग्न भनिएका युवक मृत फेला परेका छन् । उनको हत्या २२ वर्षीय शिवशंकर दासले गरेको प्रहरी अनुसन्धानमा देखिएको बताइएको थियो । अस्पतालको अर्थो विभागमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दास चार दिनअघि मृत फेला परेकी थिइन् । शिवशंकर २७ फागुनमा मलेसियाबाट काठमाडौँ फर्किएका थिए… Continue reading विराटनगरमा नर्सको हत्या आरोपित युवकले आत्महत्या गरेको भेटियो
गाजामा थप आक्रमणको योजनामा इजरायल
काठमाडौं । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजराइली सैनिकले दक्षिणी गाजाको रफामा योजनाबद्ध स्थल आक्रमणको योजना रहेको बताएका छन् । यसबाट थप ठूलो मात्रामा नागरिक मारिने आशङ्का बढेको छ । “हमासलाई समाप्त पार्न, हाम्रा सबै बन्धकलाई रिहा गर्न र गाजाबाट इजराइलविरुद्ध खतरा सिर्जना नहोस् भन्ने सुनिश्चित गर्न कुनै पनि अन्तर्राष्ट्रिय दबाबले हामीलाई युद्धका सबै लक्ष्य साकार… Continue reading गाजामा थप आक्रमणको योजनामा इजरायल
साउदी अरबमा गैरकानूनी रुपमा बसेका नेपालीलाई एक्टिज भिसाले राहत
काठमाडौं । साउदी अरबमा गैरकानूनी रुपमा बसेका नेपालीले दूतावासको सिफारिसमा बहिर्गमन (एक्जिट) भिसा पाउन थालेका छन् । विभिन्न कारणले गैरकानुनी बनेकाहरूलाई रियादस्थित नेपाली दूतावासले स्वदेश फर्कने भिसा प्राप्त गर्न आवश्यक पहल गरेको बताएको छ । सन् २०२३ मा मात्र दुई हजार जनाभन्दा बढी नेपाली नागरिकहरूले रियादस्थित नेपाली दूतावासको पहलमा त्यस्तो भिसा पाएका छन्। सन् २०२४… Continue reading साउदी अरबमा गैरकानूनी रुपमा बसेका नेपालीलाई एक्टिज भिसाले राहत
बढ्न थाल्यो गर्मी, कुन शहरमा कति पुग्यो तापक्रम ?
काठमाडौं । देशभर गर्मी बढ्न सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रिमनसुन शुरु भएसँगै तापक्रम बढ्छ । मार्च पहिलो साता अर्थात फागुन अन्तिमबाट तापक्रम बढ्न थालेको हो । तराईका धेरै ठाउँको तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको छ । आइतबार जनकपुरको तापक्रम ३५ दशमलव २ डिग्री सेल्सियस, धरानको ३४ डिग्री सेल्सियस, विराटनगरको ३३… Continue reading बढ्न थाल्यो गर्मी, कुन शहरमा कति पुग्यो तापक्रम ?
लालिगा : एथ्लेटिक माथि सानदार जित, बार्सिलोना दोस्रो स्थानमा उक्लियो
काठमाडौं । एथ्लेटिक मड्रिडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस लालिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। गएराति एथ्लेटिकोलाई ऊसकै घरमा ३–० गोलले पराजित गर्दै बार्सिलोनाले अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो। बार्सिलोनाको जितमा जोआओ फेलिक्स ३८ औं मिनेटमा, ४७ औं मिनेटमा रोबर्ट लेवान्डोस्की र फेर्मिन लोपेजले ६५ औं मिनेटमा गोल गरे। दोस्रो स्थानको बार्सिलोनाले २९ खेलबाट ६४… Continue reading लालिगा : एथ्लेटिक माथि सानदार जित, बार्सिलोना दोस्रो स्थानमा उक्लियो
पुटिन पुनः राष्ट्रपति बन्ने निश्चित
काठमाडौं । रुसको राष्ट्रपतिमा पुनः भ्लादिमिर पुटिन आउने निश्चित बनेको छ । चुनावी सर्वेक्षणमा उनले ८८ प्रतिशतभन्दा बढी मतसहित चुनाव जित्ने देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् । रुसमा राष्ट्रपति पदका लागि गत शुक्रबारदेखि आइतबारसम्म तीन दिन चुनाव भइसकेको छ । सीएनएनका अनुसार पोलस्टर पब्लिक ओपिनियन फाउन्डेसन (एफओएम)को एक एग्जिट पोलमा पुटिनले ८७.८ प्रतिशत भोट… Continue reading पुटिन पुनः राष्ट्रपति बन्ने निश्चित
युक्रेनले सार्वजनिक गर्यो ५ नेपाली युद्धबन्दी
काठमाडौं । युक्रेनले रुसी सेनामा भर्ती भएका नेपालीसहित ८ युद्धबन्दी सार्वजनिक गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार थुनामा रहेका युद्धबन्दीमध्ये शुक्रबार ५ नेपाली क्युबा, सोमालिया र सियरा लियोनका एक–एक गरी ८ जनालाई सार्वजनिक गरेको हो। उनीहरूलाई सार्वजनिक गर्दै युक्रेनी सेनाले रूसी सेनामा भर्ती हुनबाट आफ्ना नागरिकहरूलाई रोक्न आग्रह गरेको छ। ‘अन्य देशले आफ्ना नागरिकहरूलाई विदेशी… Continue reading युक्रेनले सार्वजनिक गर्यो ५ नेपाली युद्धबन्दी
श्रम स्वीकृति एक घण्टा भित्र दिन श्रम मन्त्रीको निर्देशन
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिएका छन् । आइतबार फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र मन्त्रालयको सूचना प्रविधि परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले आगामी शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिन सकिने गरी… Continue reading श्रम स्वीकृति एक घण्टा भित्र दिन श्रम मन्त्रीको निर्देशन
एकीकृत समाजवादी त्यागेको दीपक मनाङ्गेको घोषणा
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका छन् । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए । आइतबार मनाङेले आफूले एकीकृत समाजवादी पार्टी परित्याग गरेको भन्दै गण्डकी प्रदेशसभा सचिवालयमा पत्र बुझाएका छन् । एकीकृत समाजवादीमा प्रवेश… Continue reading एकीकृत समाजवादी त्यागेको दीपक मनाङ्गेको घोषणा
प्रसूति गृहबाट बच्चा चोर्नेलाई धरौटीमा छाड्न आदेश
काठमाडौं । थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरेको आरोप लागेकी महिलालाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बच्चा चोरीमा संलग्न आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई १ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश गरेको हो । फागुन ११ गते राती मानकुमारी भक्तपुरबाट पक्राउ परेकी थिइन्।… Continue reading प्रसूति गृहबाट बच्चा चोर्नेलाई धरौटीमा छाड्न आदेश
प्रेम अस्वीकार गर्दा बाटो ढुकेर सुष्माको हत्या
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीरमा मृत फेला परेकी सुष्मा लामाको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै सुष्माको हत्या आरोपमा गोकर्णेश्वर ३ का २१ वर्षीय रूपेन्द्र लामालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। पक्राउ परेका लामाले युवतीलाई एकतर्फी मन पराएको र… Continue reading प्रेम अस्वीकार गर्दा बाटो ढुकेर सुष्माको हत्या
दोहोरो अंकले घट्यो नेप्से, शिवम् सिमेन्टको सर्वाधिक कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७०.२५ विन्दुमा झरेको हो । यसदिन ३०४ कम्पनीको ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३८४ रुपैयाँ बराबरको ८४ लाख ६ हजार ७६ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये… Continue reading दोहोरो अंकले घट्यो नेप्से, शिवम् सिमेन्टको सर्वाधिक कारोबार
पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा
काठमाडौं । पोखरा शहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गरिएको छ । आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा प्राकृतिक, सांस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक, सांस्कृतिक साहसिक क्षेत्रको दृष्टिले अनुपम विश्वमा शीर्ष पर्यटकीय गन्तव्यको रूपमा ख्याति… Continue reading पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा
भोजपुरमा आगलागीमा परी ३ बालबालिकाको मृत्यु
काठमाडौं । भोजपुरको हतुवागडी गाउँपालिका ७ मा आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईका अनुुसार स्थानीय रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस तथा केदार कार्कीका ५ वर्षीय छोरा प्रनिशको मृत्यु भएको हो । खेलिरहेका बालबालिकाहरु गोठबाट सल्किएको आगोको चपेटामा परेका थिए… Continue reading भोजपुरमा आगलागीमा परी ३ बालबालिकाको मृत्यु