रसुवागढी क्षेत्रमा पुनः बाढीको वितण्डा

ज्ञानेन्द्र न्यौपाने\रासस

१४ साउन, काठमाडौं । आज बुधबार बिहान अन्दाजी २ बजे आएको बाढीले रसुवागढी क्षेत्रको भौतिक संरचनामा पुनः ठूलो क्षति गरेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा आएको बाढीले स्याफ्रुबेसी–रसुवागढी सडक पुनस् अवरुद्ध भएको छ । २४ असारमा आएको बाढीले यो सडक खण्ड दुई साता अवरुद्ध भएको थियो । त्यसपछि अस्थायी सञ्चालनमा आएको… Continue reading रसुवागढी क्षेत्रमा पुनः बाढीको वितण्डा

नेपालमा चार महिनामा एक हजारभन्दा बढी आगलागीका घटना

१४ साउन, काठमाडौं । गत वैशाखदेखि हालसम्म एक हजार ११ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन भएको छ भने १४४ जना घाइते भएका छन् । त्यसबाट एक हजार १२४ घर परिवार प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि हालसम्म विपदजन्य दुई हजार ४५६… Continue reading नेपालमा चार महिनामा एक हजारभन्दा बढी आगलागीका घटना

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन हुँदै

१४ साउन, बागमती । नेपाली कांग्रेस बागमती प्रदेशमा बहादुरसिंह लामाले संसदीय दलका नेताको हैसियत गुमाएपछि संसदीय दलमा आज नयाँ नेता चयन हुने भएको छ । संसदीय दलका नेता चयन गर्न आज बिहान १०ः०० देखि ११ः०० बजेसम्म उम्मेदवारी दर्ता र अपराह्न २ः०० देखि ३ः०० बजेसम्म मतदान हुने कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले राससलाई जानकारी… Continue reading कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन हुँदै

रुसमा ८.७ रेक्टर स्केलको भूकम्प, अमेरिका र जापानसम्म सुनामीको चेतावनी

१४ साउन, काठमाडौं । रुसमा ८.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । समाचार एजेन्सीहरुका अनुसार अमेरिका देखि जापानसम्म सुनामीको चेतावनी जारी भएको छ । यूएस जीओलोजिकल सर्वेका अनुसार रुसको पूर्वी तटीय क्षेत्रमा सो भूकम्प आएको हो । यसले प्रशान्त महासागरमा सुनामी आउने चेतावनी जारी गरिएको छ । भूकम्पको केन्द्र कमचट प्रायदिपस्थित पेट्रोपावलोव्स्कबाट १३६ किलोमिटर… Continue reading रुसमा ८.७ रेक्टर स्केलको भूकम्प, अमेरिका र जापानसम्म सुनामीको चेतावनी

नेपालमा फस्टाउँदो योग पर्यटन, योगा सिक्न हजारौं पर्यटक

ज्ञानमणि न्यौपाने१४ साउन, काठमाडौं चिकित्सा विज्ञान थप आधुनिकतातर्फ मोडिदा योगाभ्यासको प्रचलन पनि बढ्दै गएको छ । योग पहिलो पटक नेपालबाट शुरु भएको हो । यो नेपाल र भारतको आध्यात्मिक प्रक्रिया हो, जसले शरीर, मन र विचारलाई एकसाथ प्रभावित पार्छ । यसलाई बौद्ध, हिन्दु, जैन लगायत धर्मसँग जोडेर हेर्ने गरिन्छ । योग शब्द नेपालबाट उत्पन्न भएर… Continue reading नेपालमा फस्टाउँदो योग पर्यटन, योगा सिक्न हजारौं पर्यटक

गण्डकी प्रदेशमा आज भारी वर्षाको पूर्वानुमान

१४ साउन, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका धेरै स्थान तथा बाँकी प्रदेशका साथै तराई भागका केही स्थानमा मेघगर्जन… Continue reading गण्डकी प्रदेशमा आज भारी वर्षाको पूर्वानुमान

भोटेकोसीमा भीषण बाढी, सतर्क रहन आग्रह

१४ साउन, त्रिशूली । आज बिहान ३ः०० बजेदेखि भोटेकोसीमा भीषण बाढी आएको छ । बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ । रसुवा र नुवाकाटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ ।… Continue reading भोटेकोसीमा भीषण बाढी, सतर्क रहन आग्रह

गाजामा ‘अनिकालको सबैभन्दा खराब अवस्था’

Naima Abu Ful poses for a photo with her 2-year-old malnourished child, Yazan, at their home in the Shati refugee camp in Gaza City, Wednesday, July 23, 2025. (AP Photo/Jehad Alshrafi)

एजेन्सी१४ साउन, काठमाडौं । “अनिकालको सबैभन्दा खराब अवस्था हाल गाजा पट्टीमा भइरहेको छ”, खाद्य सङ्कटसम्बन्धी अग्रणी अन्तर्राष्ट्रिय प्राधिकरणले मङ्गलबार तत्काल कारबाही नगरेमा ‘व्यापक मृत्यु’ हुने भविष्यवाणी गर्दै नयाँ चेतावनीमा भनेको छ । अझै पनि औपचारिक अनिकाल घोषणा गर्न बाँकी रहेको यो चेतावनीले गाजामा कमजोर भएका बालबालिकाहरूको तस्बिर र लगभग २२ महिनाको युद्धपछि भोकमरीका कारण दर्जनौँको… Continue reading गाजामा ‘अनिकालको सबैभन्दा खराब अवस्था’

रूसी आक्रमणमा युक्रेनमा २५ जनाको मृत्यु, शान्ति प्रक्रियामा विश्वास घट्दै

Russian President Vladimir Putin speaks with Sberbank CEO German Gref during their meeting at the Kremlin in Moscow, Russia, Tuesday, July 29, 2025. (Mikhail Metzel, Sputnik, Kremlin Pool Photo via AP)

एजेन्सी१४ साउन, काठमाडौं । एकातिर युक्रेनका विभिन्न क्षेत्रहरूमा भीषण हवाई आक्रमण गर्दै कम्तीमा २५ जनाको ज्यान लिएको केही घण्टामै, रुसले शान्ति प्रक्रिया प्रतिको प्रतिबद्धता जनाएको छ । मृतकमध्ये २३ वर्षीया गर्भवती महिला र १६ जना कैदीसमेत परेका छन् । यी आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युद्ध अन्त्य गर्न नयाँ समयसीमा तोकेपछि सुरु भएका थिए… Continue reading रूसी आक्रमणमा युक्रेनमा २५ जनाको मृत्यु, शान्ति प्रक्रियामा विश्वास घट्दै

नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न

१३ साउन, काठमाडौं । नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक आज नयाँ दिल्लीमा सम्पन्न भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस. मकवानाले गरेका थिए । बैठकले अगस्ट २०१९ मा देहरादूनमा आयोजित छैटौँ बैठकको नतिजाको कार्यान्वयनको समीक्षाका साथै सोही वर्षको सेप्टेम्बरमा… Continue reading नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न

नारायणी नदीको पुलबाट हामफालेर दुई बेपत्ता

File : THT

१३ साउन, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हामफालेर दुई जना बेपत्ता भएका छन् । एक जना आज बिहान पुलबाट र अर्को साँझतिर हामफालेर बेपत्ता भएका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालकाअनुसार आज साँझ ७ः४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हामफालेर बेपत्ता भएकी… Continue reading नारायणी नदीको पुलबाट हामफालेर दुई बेपत्ता

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक काठमाडौँ, १३ साउनः राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाको उपस्थितिमा छलफल हुँदै । तस्बिरः किरणराज विष्ट÷रासस

१३ साउन, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले चालु आर्थिक वर्षमा १२१ वटा नयाँ कानुन बनाउने लक्ष्य रहेको बताएका छन् । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उनले आवश्यक विधेयक पहिचान गरी आफ्नो मन्त्रालयले सङ्घीय संसद्मा विधेयकको सूची पेस गरेको जानकारी दिए । “सरकारको नीति तथा कार्यक्रम, बजेट, आवधिक… Continue reading चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

प्रधानमन्त्रीबाट रानी-जमरा कुलरिया थप सिँचाइ र जलविद्युत उद्घाटन

१३ साउन, कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्गतर्गत थप सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको आज उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले १४ हजार ३०० हेक्टर सुविधाको सिँचाइ आयोजना र चार दशमलव ७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको उद्घाटन गरेका हुन् । कैलालीको जानकी गाउँपालिका–९ कटासेस्थित सिँचाइ नहरबाट उत्पादित विद्युत् ३३… Continue reading प्रधानमन्त्रीबाट रानी-जमरा कुलरिया थप सिँचाइ र जलविद्युत उद्घाटन

करेन्ट लागेर एकको मृत्यु

१३ साउन, भरतपुर । चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज भरतपुर महानगरपालिका– १८ गुन्जनगरका शेरबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको हो । स्थानीय जुना नेपालीको खेतमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा सोही ठाउँका ५० वर्षीय थापा करेन्ट लागेर घाइते भएका थिए ।उनलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएकामा चिकित्सकले… Continue reading करेन्ट लागेर एकको मृत्यु

गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल

१३ साउन, काठमाडौं । गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् रुसको नयाँ कार्यसमिति अध्यक्षमा सीताराम कट्टेल निर्वाचित भएका छन् । मस्कोमा सम्पन्न १२औँ साधारणसभाबाट उनी निर्वाचित भएका हुन् । खोटाङमा जन्मिएका ३३ वर्षीय कट्टेल प्रारम्भिक तथा माध्यमिक शिक्षा नेपालमै पूरा गरेपछि सन् २०१२ मा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा रूसको राजधानी मस्को पुगेका थिए ।… Continue reading गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल

देश विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

१३ साउन, सुदूरपश्चिम । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देश विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् । कैलालीको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणमा निर्माण पूरा भएको सिँचाइ प्रणाली र विद्युत्गृहको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा परिर्वतन ल्याउन योगदान गरेका दुई ठूला दलको अहिलेको सरकार स्थिरता, स्थायित्व कायम… Continue reading देश विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

‘भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्छ’

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक काठमाडौँ, १३ साउनः प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्तासँग छलफल’ हुँदै । तस्बिरः किरणराज विष्ट\रासस

१३ साउन, काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सुकुम्वासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासलाई उस्तै समस्याको रूपमा लिन नहुनेमा जोड दिइएको थियो । सांसद प्रतिमा गौतमले वन क्षेत्रभित्र पर्ने खाली… Continue reading ‘भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्छ’

न्यूयोर्कमा गोली चल्यो, प्रहरीसहित ४ जना मारिए

१३ साउन, न्यूयोर्क । अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको गोलीकाण्डमा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु भएको छ । गोली चलाउने २७ वर्षीय युवकले आफैंलाई पनि गोली हानेका छन् । ती युवक लासभेगासका रहेको प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक गरेको फोटोमा उनी लामो बन्दुक बोकेर भवनभित्र छिर्दै गरेको देखिन्छ । प्रत्यक्षदर्शीका अनुसार उनी भवनको लबीमा… Continue reading न्यूयोर्कमा गोली चल्यो, प्रहरीसहित ४ जना मारिए

ईयुद्वारा १५ प्रतिशत अमेरिकी कर स्वीकार

१३ साउन, काठमाडौं । ईयूको निर्यातमा १५ प्रतिशत कर लगाइने गरी आइतबार संयुक्त राज्य अमेरिका र युरोपेली संघ (ईयू) बीच व्यापार सम्झौता भएको छ । यो सम्झौता ट्रान्सएट्लान्टिक भन्सार शुल्क विवादलाई समाधान गर्न गरिएको हो । यसअघि उक्त भन्सार विवादका कारण अमेरिका र ईयूबीच व्यापारिक युद्ध हुन सक्ने जोखिम देखिएको थियो । स्कटल्यान्डस्थित आफ्नै गल्फ… Continue reading ईयुद्वारा १५ प्रतिशत अमेरिकी कर स्वीकार

मधेशमा आज पनि छैन ठूलो वर्षाको सम्भावना

१३ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र लुम्बिनीलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा तराई… Continue reading मधेशमा आज पनि छैन ठूलो वर्षाको सम्भावना

यस्तो बन्यो नागढुंगा सुरुङमार्ग

१३ साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दहालले नागढुङ्गा सुरुङको पछिल्लो अवस्थाका बारेमा स्थलगत अनुगमन गरी जानकारी लिएका छन् । मंगलबार बिहान सडक विभागका अधिकारीहरू सहित उनले सुरुङ मार्गको निरीक्षण गरेका हुन् । त्यसक्रममा उनले बाँकी काम छिटो सकेर संचालनको तयारी गर्न निर्देशन दिए । सडक विभागका महानिर्देशक विजय जैशीले सुरुङ मार्गको संरचना… Continue reading यस्तो बन्यो नागढुंगा सुरुङमार्ग

चाडबाडको याम सुरु, आज नाग पञ्चमी

१३ साउन, काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने… Continue reading चाडबाडको याम सुरु, आज नाग पञ्चमी

कति हो नेपालले धान्न सक्ने बाघको संख्या ?

१३ साउन, काठमाडौं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले आज विश्व बाघ दिवस मनाइँदै छ । हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तरराष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै ‘विश्व बाघ दिवस’ मनाउन थालिएको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो ।… Continue reading कति हो नेपालले धान्न सक्ने बाघको संख्या ?

थाइल्याण्डमा गोली चल्दा पाँच जनाको मृत्यु

१२ साउन, काठमाडौं । थाइल्याण्डको राजधानी बैंककस्थित एक खाद्य बजारमा सोमबार दिउँसो भएको सामूहिक गोलीकाण्डमा पाँच सुरक्षाकर्मीको ज्यान गएको छ भने तीन जना अन्य घाइते भएका छन् । प्रहरीका अनुसार घटनास्थल बैंककको बाङ सुए जिल्लामा रहेको ‘ओर तो कोर’ बजार हो, जहाँ आक्रमणकारीले दिउँसो १२ः३१ बजे बन्दुक प्रहार गरेका थिए । गोली प्रहार गरेपछि आक्रमणकारीले… Continue reading थाइल्याण्डमा गोली चल्दा पाँच जनाको मृत्यु

टिमुरे सुक्खा बन्दरगाहमा १ अर्बको क्षति, नयाँ विकल्प खोज्न सुझाव

ज्ञानेन्द्र न्यौपाने\रासस

१२ साउन, काठमाडौं । रसुवमा निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहमा २४ असारको बाढीले १ अर्ब रुपैयाँ बराबरको क्षति भएको पाइएको छ । यो परियोजना निर्माण गरिरहेको तिब्बत फुली कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर याङ ली र नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलबीचको छलफलमा उक्त जानकारी गराइएको हो। म्यानेजर लीका अनुसार भोटेकोशी नदीतर्फ लगाइएको रिटेन्सन पर्खाल… Continue reading टिमुरे सुक्खा बन्दरगाहमा १ अर्बको क्षति, नयाँ विकल्प खोज्न सुझाव

सिन्धुलीबाट वेपत्ता होयु परिवार पोखरामा रहेको पुष्टी

१२ साउन, काठमाडौं । सिन्धुलीबाट बेपत्ता एकै परिवारका १६ जनामध्ये १२ जना पोखरामा रहेको पुष्टी भएको छ । स्थानीय संचारमाध्यमले यसको पुष्टी गरेका छन् ।सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट एकै परिवारका १६ जना बेपत्ता भएका थिए । १२ जना पोखरामा सम्पर्कमा आएको आफन्त बच्छु हायूलाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् । गोलन्जोर गाउँपालिका६ स्थित छेत्पा नजिक… Continue reading सिन्धुलीबाट वेपत्ता होयु परिवार पोखरामा रहेको पुष्टी

सिन्धुलीमा भैँसीको मासु प्रशोधन गर्ने उद्योग खोल्न २० अर्ब एफडीआई स्वीकृत

१२ साउन, काठमाडौं । सिन्धुलीमा भैँसीको मासु प्रशोधन गर्ने उद्योग खुल्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी दिएका हुन् । उनका अनुसार उद्योग विभागबाट उक्त उद्योग स्थापना गर्न २० अर्ब रुपैयाँ लगानीको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ । चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मरिण गाउँपालिका–४… Continue reading सिन्धुलीमा भैँसीको मासु प्रशोधन गर्ने उद्योग खोल्न २० अर्ब एफडीआई स्वीकृत

मुग्लिनमा ट्याङ्‍करसँग ठक्कर खाँदा मोटरसाइकलमा सवार एकको मृत्यु

१२ साउन, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको दासढुङ्गा नजिकै तेल ट्याकंरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् । सोमबार दिउँसो ४ः४० बजेतिर नारायणगढ बाट मुग्लिङ तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १३६६ नम्बरको तेल ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ३८२९ नम्बरको मोटरसाइकललाई ठक्कर… Continue reading मुग्लिनमा ट्याङ्‍करसँग ठक्कर खाँदा मोटरसाइकलमा सवार एकको मृत्यु

सिन्धुलीमा एकै घरका १६ जना वेपत्ता, दिनभरको खोजीमा पनि परेनन् फेला

१२ साउन, काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएका छन् । रहस्यमयी तरिकाबाट हराएका उनीहरुका आज दिनभर खोजतलास गरिएको छ । तर, यो समाचार तयार पार्दासम्म फेला पार्न नसकिएको प्रहरीले जानकारी दिएको छ । गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको… Continue reading सिन्धुलीमा एकै घरका १६ जना वेपत्ता, दिनभरको खोजीमा पनि परेनन् फेला

प्रतिकूल मौसमका कारण गोसाइकुण्डबाट दुई युवकको शव ल्याउन कठिन

१२ साउन, काठमाडौं । मौसम प्रतिकूलताको कारण रसुवाको गोसाइकुण्ड गाउँपालिका–५ स्थित गोसाइकुण्डमा भेटिएका दुईजनाको शव काठमाडौ ल्याउन सकिएको छैन। लगातार वर्षाको कारण उक्त क्षेत्रमा हेलिकप्टर जान र ल्याण्ड गर्न असम्भव भएपछि उनीहरुको शव तीर्थ यात्री बस्न बनाईएको पाटीपौवामा राखिएको छ। सो स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल नं. २० गुल्म रसुवा र नेपाल प्रहरीको… Continue reading प्रतिकूल मौसमका कारण गोसाइकुण्डबाट दुई युवकको शव ल्याउन कठिन