काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गर्ने आश्वासन दिएका छन् । उनले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको समेत जानकारी गराए । कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित हुन नदिने उनको प्रतिवद्धता छ । संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागी हुन आइतबार न्युयोर्क आएका प्रधानमन्त्री… Continue reading न्यूयोर्कमा नेपाली पत्रकारसँग के भने प्रधानमन्त्रीले ?
Category: फिचर
आज हरितालिका तिज, शिव मन्दिरमा बिहानैबाट भिड
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तिज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो… Continue reading आज हरितालिका तिज, शिव मन्दिरमा बिहानैबाट भिड
आज विश्वकर्मा पूजा, के छ महत्व ?
काठमाडौं । आज हिन्दु धर्मावलम्बीले विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । हरेक साल कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउने चलन छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी पर्व मनाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई… Continue reading आज विश्वकर्मा पूजा, के छ महत्व ?
न्यूयोर्कमा प्रधानमन्त्री प्रचण्ड र युक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता
काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । उनीहरूबीच संयुक्त राष्ट्र संघको मुख्यालयमा भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच नेपालको शान्ति प्रक्रियाको बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास, आपसी सहकार्य र साझेदारी लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ… Continue reading न्यूयोर्कमा प्रधानमन्त्री प्रचण्ड र युक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता
एसिया कपको फाइनलमा श्रीलंकाको लज्जास्पद हार, भारत च्याम्पियन
काठमाडौं । एसिया कप २०२३ को उपाधी भारतले जितेको छ । श्रीलंकालाई सजिलै हराउँदै भारतले आठौँ पटक एशिया कपको उपाधि जितेको हो । भारतले श्रीलङ्कालाई १० विकेटले हरायो । आइतवार कोलम्बोको आर प्रेमदासा रङ्गशालामा भएको फाइनल खेलमा श्रीलङ्काले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। श्रीलङ्का १५.२ ओभरमा ५० रन बनाउँदा घरासायी बन्यो । प्रतिउत्तरमा भारतले… Continue reading एसिया कपको फाइनलमा श्रीलंकाको लज्जास्पद हार, भारत च्याम्पियन
विदेशबाट एक महिनामा भित्रियो कीर्तिमानी रेमिट्यान्स, साउनमा ११६ अर्ब
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा १ सय ्१६ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ। यो नेपालको इतिहासमा एक महिनामा भित्रिएको सर्वाधिक रकम हो । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक पहिलो महिनाको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनका अनुसार गत वर्षको साउनको तुलनामा रेमिट्यान्स २५.८ प्रतिशतले बढेको छ ।… Continue reading विदेशबाट एक महिनामा भित्रियो कीर्तिमानी रेमिट्यान्स, साउनमा ११६ अर्ब
तीनकुने हत्याकाण्ड : मोटरसाइकलले ठक्कर दिएको सामान्य निहुँमा तीन जना निर्दोषसहित चार जनाको हत्या
काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको सामूहिक हत्या प्रकरण मोटरसाइकलले ठक्कर दिएको सामान्य घटनापछि उत्पन्न भएको आक्रोसको परिणामका रुपमा घटेको पाइएको छ । प्रहरीले घटनाको आरोपीलाई सीसीटीभी फुटेजका आधारमा पक्राउ गरेको छ । शुक्रबार राति तीनकुनेस्थित दिव्य सःमिलमा चार जनाको हत्यापछि आरोपी युवक सञ्जय भण्डारी खुकुरीसहित दौडेर बाहिर निस्केको सीसीटीभी फुटेजमा देखिएको हो । भण्डारी दौडदै… Continue reading तीनकुने हत्याकाण्ड : मोटरसाइकलले ठक्कर दिएको सामान्य निहुँमा तीन जना निर्दोषसहित चार जनाको हत्या
नेप्सेमा उच्च अंकको गिरावट, सूचक फेरि २ हजार तल झर्यो
काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । गतसाता ७४ अंकले बढेको नेप्से आज एकैदिन ४२ अंकले घटेको छ । ठूला भनिएका वाणिज्य बैंकहरूले असोज महिनाका लागि निक्षेपको ब्याजदर बढाएसँगै सेयर बजार प्रभावित भएको हो । गत साता सरकारले स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिएसँगै प्रणालीमा थप तरलता सहज भएकाले… Continue reading नेप्सेमा उच्च अंकको गिरावट, सूचक फेरि २ हजार तल झर्यो
तीनकुने सामूहिक हत्या प्रकरण: थप एक जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार राति भएको सामूहिक हत्यामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले हत्याको मुख्य अभियुक्त हुन सक्ने आशंकामा आज उनलाई नियन्त्रणमा लिएको हो । हिजो प्रहरीले घटनाको बारेमा जानकारी गराउन ट्याक्सी चढेर गएका दीपेन्द्र राईलाई नै पक्राउ गरेर अनुसन्धान थालेको थियो । तर, घटना… Continue reading तीनकुने सामूहिक हत्या प्रकरण: थप एक जना पक्राउ
जिल्ला न्यायाधीशको परीक्षा २२१ जनाले दिँदा एक जना मात्रै पास
काठमाडौं । न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षामा जम्मा एकजना पास भएका छन् । न्याय सेवा अयाोगले साउन १६ देखि २० गतेसम्म जिल्ला न्यायाधीशका लागि आन्तरिक र खुला प्रतिस्पर्धा गराएको थियो । आन्तरिक खुला १५ सहित खुलातर्फ ७,महिला २, आदिवासी जनजाति २,मधेशी २ र दलित १ जनाको कोटामा लिइएको परीक्षामा… Continue reading जिल्ला न्यायाधीशको परीक्षा २२१ जनाले दिँदा एक जना मात्रै पास
अध्यक्ष तिमिल्सिनाले गरे नेम्वाङ निवास पुगेर समवेदना प्रकट
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान सभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको परिवारलाई निवासमै पुगेर समवेदना प्रकट गरेका छन्। अध्यक्ष तिमिल्सिना आइतबार बिहान बालुवाटारस्थित नेम्वाङ निवास पुगेर समवेदना प्रकट गरेका हुन्। अध्यक्ष तिमिल्सनाले परिवारका सदस्यहरुलाई राष्ट्रिय सभाका तर्फबाट समवेदनापत्र हस्तान्तरण समेत गरे। संविधान सभा अध्यक्ष एवं पूर्व सभामुख नेम्वाङको भदौ २६ गते हृदयाघातबाट निधन… Continue reading अध्यक्ष तिमिल्सिनाले गरे नेम्वाङ निवास पुगेर समवेदना प्रकट
चिनियाँ रक्षामन्त्री भ्रष्टाचार अभियोगमा बर्खास्तीमा परेको हुन सक्ने आशंका
काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले रक्षामन्त्रीलाई बर्खास्त गरेको आशंका अन्तर्राष्ट्रिय समुदायले गरेका छन् । रक्षामन्त्री ली साङ्फु दुई सातादेखि सार्वजनिक रूपमा नदेखिएपछि उनीमाथि भ्रष्टाचार मुद्दा लगाएर बर्खास्त गरिएको हुनसक्ने वालस्ट्रिट जर्नलले लेखेको छ । रक्षामन्त्री लीको अनुपस्थितिलाई लिएर एकजना वरिष्ठ अमेरिकी कूटनीतिज्ञले प्रश्न उठाएका छन् । जापानका लागि अमेरिकी राजदूत रहम इमानुएलले चिनियाँ सरकारमा… Continue reading चिनियाँ रक्षामन्त्री भ्रष्टाचार अभियोगमा बर्खास्तीमा परेको हुन सक्ने आशंका
३४ जनाको कैद मिनाहा गर्ने गृहको सिफारिसमा राष्ट्रपति कार्यालयको प्रश्न
काठमाडौं । राष्ट्रपति कार्यालयले संविधान दिवसका दिन ३४ जनालाई माफी मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयसँग आग्रह गरेको छ । माफी मिनाहका लागि प्रस्ताव गरिएका ३४ जनाकै व्यक्तिगत विवरण पठाउन समेत कार्यालयले भनेको छ । गृह मन्त्रालयले संविधान दिवस (असोज ३ गते) को अवसरमा ३४ जनालाई माफी मिनाहाका लागि राष्ट्रपति कार्यालयमा सिधै सिफारिस… Continue reading ३४ जनाको कैद मिनाहा गर्ने गृहको सिफारिसमा राष्ट्रपति कार्यालयको प्रश्न
माछा मार्ने क्रममा चितवनमा गोहीको आक्रमण, एक जनाको मृत्यु
काठमाडौं । चितवनको रत्ननगरमा गोहीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । गोहीको आक्रमणबाट चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलका ४४ वर्षीय फगुना महतोको ज्यान गएको हो । महतो हिजो बेलुका डुङ्गाघाट क्षेत्रमा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् । उनका अनुसार माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने… Continue reading माछा मार्ने क्रममा चितवनमा गोहीको आक्रमण, एक जनाको मृत्यु
तिजको दर खाने दिन आज
काठमाडौं । हरितालिका तिजको दर खाने दिन आज परेकोछ । यससँगै तिज पर्व शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ । भोलि व्रत बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि आडिलो परिकार खाने चलन छ । दर खाँदा आफ्नो स्वास्थ्यको ख्याल… Continue reading तिजको दर खाने दिन आज
हेटौडामा डाक्टर कुटिएपछि आजबाट देशैभरको आकस्मिक बाहेकको सेवा बन्द
काठमाडौं । हेटौँडाको सञ्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पताल र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू पूर्ण रूपमा बन्द गर्ने सङ्घले जनाएको छ । गएको २७ गते सञ्चो… Continue reading हेटौडामा डाक्टर कुटिएपछि आजबाट देशैभरको आकस्मिक बाहेकको सेवा बन्द
पाशुपत क्षेत्रमा मासु र मदिरा निषेध
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ । असोज १ गते तीजको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम,… Continue reading पाशुपत क्षेत्रमा मासु र मदिरा निषेध
टोखा–छहरे सुरुङ मार्ग बनाइदिन चिनियाँ सरकार सकारात्मक छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताएका छन् । लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले शनिबार आयोजना गरेको तीज शुभकामना कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भने, ‘यो परियोजनालाई अगाडि बढाउन मैले एक अर्ब रुपियाँ बजेट विनियोजन गरेको छु । यद्यपि यसका लागि धेरै पैसा लाग्छ ।… Continue reading टोखा–छहरे सुरुङ मार्ग बनाइदिन चिनियाँ सरकार सकारात्मक छ : अर्थमन्त्री
अमेरिका प्रस्थान गरे प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार प्रधानमन्त्री दाहाल न्युयोर्क प्रस्थान गरेका हुन् । प्रधानमन्त्री दाहालले असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । असोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् । न्युयोर्कमा रहँदा दाहालले संयुक्त राष्ट्रसंघको दिगो… Continue reading अमेरिका प्रस्थान गरे प्रधानमन्त्री
तिनकुने हत्याकाण्डको छानविन गर्न प्रहरीले गठन गर्यो समिति
काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ । उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रमुख राठौरको नेतृत्वमा जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका प्रहरी कार्यालयका अधिकृतहरु रहेको समिति बनाएका हुन् । समितिका सदस्यहरुमा जिल्ला प्रहरी… Continue reading तिनकुने हत्याकाण्डको छानविन गर्न प्रहरीले गठन गर्यो समिति
लिबियामा आँधीका कारण ज्यान गुमाउनेको संख्या ११ हजार माथि
काठमाडौं । लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या एघार हजार तीन सय पुगेको छ । पूर्वी सहर डेर्नामा यति धेरैले ज्यान गुमाएका लिबियाली रेडक्रसका एक अधिकारीले बताएका छन् । डेर्नामा मात्र अझै दश हजार एक सय जना हराइरहेका छन् भने देशका अन्य भागबाट दशौँ हजार बेपत्ता भएका तथा ५०… Continue reading लिबियामा आँधीका कारण ज्यान गुमाउनेको संख्या ११ हजार माथि
एन्टार्क्टिकमा किन मरे एकसाथ हजारौं पेङ्ग्विन ?
काठमाडौं । दक्षिणी ध्रुव अर्थात् एन्टार्क्टिक क्षेत्रमा बस्ने एम्परर पेङ्ग्विनका बचेराहरूको मृत्युको सङ्ख्या बढ्ने क्रम देखा परेको छ। त्यहाँ झण्डै १० हजार त्यस्ता कलिला पक्षीहरूको मृत्यु भएको अनुमान गरिएको छ। ती चल्लाहरूले समुद्रमा पौडी खेल्नका लागि आवश्यक पानीमा नभिज्ने प्वाँखहरू विकास गर्न सक्नु अघि नै मुनिको समुद्री बरफ पग्लिएपछि त्यस्तो अवस्था सिर्जना भएको हो। ती… Continue reading एन्टार्क्टिकमा किन मरे एकसाथ हजारौं पेङ्ग्विन ?
इयूले टिकटकलाई गरायो साढे ३४ करोड यूरो जरिवाना
काठमाडौं । युरोपेली सङ्घको एक नियामक निकायले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल टिकटकलाई ३४ करोड ५० लाख युरो जरिवाना सुनाएको छ ।टिकटकले बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा जरिबाना गरिएको समाचार संस्था एएफपीले जनाएको छ । आयरल्यान्डको तथ्याङ्क सुरक्षा आयोगले एक विज्ञप्ति निकालेर दुई वर्षको अनुसन्धानमा तथ्याङ्क चोरी गरेको फेला परेको जनाएको छ । आयोगले टिकटकलाई नियमअनुसार… Continue reading इयूले टिकटकलाई गरायो साढे ३४ करोड यूरो जरिवाना
प्रधानमन्त्री आज अमेरिका प्रस्थान गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका प्रस्थान गर्दैछन् । उनी साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट अमेरिकाको न्युयोर्क जानेछन्। १८ देखि २६ सेप्टेम्बरसम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिननेपालका प्रतिनिधिमण्डलको प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन्। भ्रमण टोलीमा प्रधानमन्त्रीको सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता हुनेछ। प्रधानमन्त्रीको सचिवालयबाट स्वकीय सचिव… Continue reading प्रधानमन्त्री आज अमेरिका प्रस्थान गर्ने
काठमाडौंको गैह्रीगाउँमा चार जनाको सामुहिक हत्या
काठमाडौं । मुलुकको संघीय राजधानी काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको विभत्स हत्या भएको छ । गैह्रीगाउँको दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ । हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल… Continue reading काठमाडौंको गैह्रीगाउँमा चार जनाको सामुहिक हत्या
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएको भन्दै शुक्रबार बसेको निगम व्यवस्थापनको बैठकले पेट्रोल प्रतिलिटर १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो । मूल्यवृद्धिसँगै अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १८३ र डिजेलरमट्टितेल प्रतिलिटर १७३ पुगेको छ । बढेको मूल्य शनिबार बिहान १ बजेदेखि लागू… Continue reading पेट्रोलियम पदार्थको मूल्य बढ्यो
यो वर्ष विभुषण नबाड्ने सरकारको निर्णय
काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले राष्ट्रपतिबाट प्रदान गर्ने विभूषण वितरण कार्य स्थगित भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। विगतका वर्षमा संविधान दिवसको अवसरमा विभूषित हुनेको नामावली सार्वजनिक हुँदै आएको थियो। ‘‘संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको… Continue reading यो वर्ष विभुषण नबाड्ने सरकारको निर्णय
कर प्रणालीबारे अध्ययन गर्न समिति गठन
काठमाडौं । सरकारले विद्यमान कर प्रणालीको सुधारका लागि अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा समिति गठन गरेको हो । आगामी माघसम्म आफ्नो प्रतिवेदन बुझाउने गरी एक उच्चस्तरीय समिति गठन गरिएको हो । चालु आर्थिक वर्षको बजेटमा सरकारले यस्तो घोषणा गरेका थियो । मल्लिक पूर्वअर्थ सचिव… Continue reading कर प्रणालीबारे अध्ययन गर्न समिति गठन
पशुपतिको गर्भगृहको तस्वीर खिचे २ हजार जरिवाना हुने
काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ । कोषले यस वर्षको हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्न लागिएको हो । तीजको तयारीका लागि शुक्रबार कोषले आयोजना गरेको छलफलमा कोटेश्वर–तीन कुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि… Continue reading पशुपतिको गर्भगृहको तस्वीर खिचे २ हजार जरिवाना हुने
मेयर हर्क साम्पाङको पत्र- डीएसपी मल्लले भनेको टेरेनन्, तुरुन्त सरुवा गरिदिनू’
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पत्र लेखेका छन्। इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नवराज मल्लले आफूले भनेकने नटेरेको भन्दै तत्काल सरुवा गरिदिन माग गरेका हुन्। बुधबारको मितिमा आवश्यक कारवाही शीर्षकमा पठाइएको पत्रमा उनले मल्लले स्थानीय सरकारले भनेको नटेरेको उल्लेख गरेका छन् । पत्रमा ‘इलाका प्रहरी कार्यालय, धरानमा कार्यरत प्रहरी… Continue reading मेयर हर्क साम्पाङको पत्र- डीएसपी मल्लले भनेको टेरेनन्, तुरुन्त सरुवा गरिदिनू’