विभागले दुई फर्मलाई तिरायो नगद जरिवाना

काठमाडौँ, १२ पुस । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग वा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले जुली केक एण्ड पेष्ट्री ललितपुर र जिरी खिम्ती होटल रेष्टुरेन्टलाई रु पाँच हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ १… Continue reading विभागले दुई फर्मलाई तिरायो नगद जरिवाना

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौँ, १२ पुस । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौँ महानगरपालिकाले २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलेको छ । पाशुपत क्षेत्र जयवागीश्वरी मन्दिरसँगै रहेको सुन्धाराको बन्द पानीको निकास खोलिएको हो । यही पुस ६ गते र ९ गते रातभरको प्रयास गरेपछि १० गते बिहान पाइप राखेर निकास खोलिएको वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गतले जानकारी… Continue reading खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

अलैँचीको निर्यात ६० प्रतिशत बढ्यो

भद्रपुर (झापा), १२ पुसः चालु आर्थिक वर्ष २०८२–०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु पाँच अर्व ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैची निर्यात भएको छ । पाँच महिनाको अवधिमा दुई हजार ६२२ दशमलव १० मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका… Continue reading अलैँचीको निर्यात ६० प्रतिशत बढ्यो

स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

काठमाडौँ, १२ पुस । नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा समाज सुधारका क्षेत्रमा विशेष योगदान पुर्‍याउनुभएका स्वामी परमानन्द सरस्वती महाराजको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन गरेको छ । हुलाक सेवा विभागले हुलाक टिकट प्रकाशन निर्देशिका, २०७० अनुसार विस्तृत अध्ययन, छलफल र मूल्याङ्कनपछि उक्त टिकट प्रकाशनका लागि सिफारिस गरेको थियो । सञ्चार तथा सूचना… Continue reading स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

आजको मौसम : तराईमा दिनभर हुस्सु, पहाडमा सफा

तस्बिर : सञ्जीतकुमार मण्डल / रासस

काठमाडौँ, १२ पुस । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु–कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु–कुहिरो रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही… Continue reading आजको मौसम : तराईमा दिनभर हुस्सु, पहाडमा सफा

निर्वाचन ६८ दिन बाँकी : प्रतिनिधिसभा सदस्यमा मतदान गर्ने यी हुन् अस्थायी मतदाता

रासस

काठमाडौँ, १२ पुस । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी अस्थायी मतदाताका रूपमा रहनेछन्… Continue reading निर्वाचन ६८ दिन बाँकी : प्रतिनिधिसभा सदस्यमा मतदान गर्ने यी हुन् अस्थायी मतदाता

मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने

काठमाडौँ, ११ पुस । सरकारले विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले डोटीको विपीनगर, ताप्लेजुङको श्रीचङ्घा, डोल्पाको धो, मुगुको खत्याग, कालिकोटको रास्कोट, बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेघौली र सङ्खुवासभाको हिदाङगढीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निण गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना… Continue reading मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा

काठमाडौँ, ११ पुस । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य गर्ने बताएका छन् । मन्त्रालयमा आज पदबहालीका क्रममा उहाँले कुनै किसिमको सहकार्य गर्नुपर्ने लाग्यो भने त्यसलाई सही तरिकाले उठाउने काम आफ्नो हुने उल्लेख गरे । मन्त्री शर्माले भने, “दुई छिमेकी र अन्य मित्र राष्ट्रहरू नवोदित राष्ट्रहरू हुन्… Continue reading छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ११ पुस । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ।आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल रू चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको… Continue reading आज पनि बढ्यो सुनचाँदीको मूल्य

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

rss

भक्तपुर, ११ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताएका छन् । आज गुन्डुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सञ्चारकर्मीलाई भेटबारे जानकारी दिदै उनले सो बताएका हुन् । मन्त्री… Continue reading सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

अध्यक्ष ओली र मन्त्री खरेलबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ, ११ पुस । निर्वाचनको वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेता सँगको संवादलाई वर्तमान सरकारले निरन्तरता दिएको छ । यसै सन्दर्भमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उनको गुण्डुस्थित निवासमा भेटवार्ता गर्नुभएको छ । राजनीतिक संवाद समितिका सदस्यसमेत रहनुभएका मन्त्री खरेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर… Continue reading अध्यक्ष ओली र मन्त्री खरेलबीच भेटवार्ता, के भयो कुराकानी ?

बालानन्द बने परराष्ट्र मन्त्री, भयो सपथ

काठमाडौँ, ११ पुस । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले शर्मालाई आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन्। मन्त्रिपरिषद् विस्तारसँगै कार्की नेतृत्वको सरकार १५ सदस्यीय भएको छ । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद… Continue reading बालानन्द बने परराष्ट्र मन्त्री, भयो सपथ

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर, ११ पुस । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै गएको छ । जङ्गली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि प्रदेशभर जनस्वास्थ्यमा ठूलो चुनौती थपिएको छ । धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार पछिल्लो २० दिनयता कम्तीमा १८ पशुको रेबिजका कारण मृत्यु… Continue reading सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

चार हजार ६०० को उचाई रहेको नेपाल–चीन सीमास्थित कोरोला नाकाबाट देखिएको नेपालतर्फको दृश्य । तस्बिरः धर्मेन्द्र झा/रासस

मुस्ताङ, ११ पुसः कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल–चीनस्थित कोरला नाकाबाट १० पुससम्ममा निकासी तथा पैठारी गरी उक्त मूल्य बराबरको वित्तीय कारोबार भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए । कोरला नाका… Continue reading मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

File तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ, ११ पुस । वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रुपमा छलफल सुरु गरेको छ । आज सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग महाराजगञ्जस्थित निवासमा छलफल गरिरहेका छन्… Continue reading कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

एकताबद्ध हुन संयोजक प्रचण्डको अपिल

File तस्बिरः प्रदीपराज वन्त /रासस

काठमाडौँ, ११ पुसः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपिल गरेका छन् । माओत्सेतुङको १३३ औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै संयोजक दाहालले माओले देखाएको आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण तथा जनताको वास्तविक लोकतन्त्र स्थापना गर्ने बाटोमा… Continue reading एकताबद्ध हुन संयोजक प्रचण्डको अपिल

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

११ पुस, काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था गरिएको छ । प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न… Continue reading विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव हुँदै

मुग्लिन (चितवन), ११ पुस । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुँदैछ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव हुन लागेको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने विश्वासका साथ महोत्सवको आयोजना गरिएको चितवन उद्योग सङ्घ इच्छाकामना समितिका… Continue reading मुग्लिनमा आजदेखि सुन्तला महोत्सव हुँदै

हुम्लामा आगलागी, पाँच घर जले, दुई घाइते

File कालीबहादुर थापा / रासस

११ पुस, हुम्ला । सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए । फडेराका अनुसार गए राति लैबा फडेरोको घरबाट अचानक सुरु भएको आगलागीमा परेर स्थानीय लैबा फेडेरा र बम्बु फडेर घाइते भएका छन् । घाइते दुवैजनालाई उपचारका लागि राति नै एम्बुलेन्सबाट… Continue reading हुम्लामा आगलागी, पाँच घर जले, दुई घाइते

पशुपतिनाथलाई जाडोबाट जोगाउन गरियो धनुर्मास पूजा

काठमाडौँ, ११ पुस । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा बिहीबार रातभर धनुर्मास पूजा आराधना गरिएको छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ । धनुर्मास पूजा गर्नुअघि बिहीबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको पशुपति… Continue reading पशुपतिनाथलाई जाडोबाट जोगाउन गरियो धनुर्मास पूजा

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी, ११ पुस । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत्रीले एक सय वर्षअघि भारतको कोलकाताबाट ल्याएको कोलमा हरेक वर्ष पुष र माघमा उखु पेल्ने चलन छ । रामबहादुरका छोरा नातिहरूले पनि हलगोरुको सहायतामा कोल घुमाउने पुरानो चलन र परम्परालाई निरन्तरता… Continue reading निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

निर्वाचन ६९ दिन बाँकी : कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौँ, ११ पुस । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुनकुन निकायलाई आचारसंहिता लाग्ला ? धेरैलाई जिज्ञासा रहेको हुनसक्छ । यद्यपि, नेपालमा यसअघि पटकपटक निर्वाचन भएकाले आचारसंहिता कुनकुन क्षेत्रमा लाग्छ भन्ने सामान्यता थाहा हुन्छ नै । निर्वाचन आयोगले तयार पारेको र हाल परामर्शका क्रममा रहेको निर्वाचन… Continue reading निर्वाचन ६९ दिन बाँकी : कसलाई लाग्छ आचारसंहिता ?

आज ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौँ, ११ पुस । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागिएको हो । विसं २०५१ पुस ११… Continue reading आज ज्येष्ठ नागरिक दिवस मनाइँदै

१७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती

TOPSHOT - Tarique Rahman (C), son of former prime minister Khaleda Zia and Bangladesh Nationalist Party (BNP)'s apparent heir waves to supporters after his arrival in Dhaka on December 25, 2025. Aspiring prime minister and political heavyweight Rahman was welcomed back to Bangladesh on December 25 by huge crowds of joyous supporters after 17 years in self-imposed exile. (Photo by Munir UZ ZAMAN / AFP)

ढाका, १० पुस (रासस–एएनआई) । सत्र वर्ष लामो निर्वासनपछि बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमान बिहीबार स्वदेश फर्किनुभएको छ । पूर्व प्रधानमन्त्री शेख हसिनाको सत्ता पतनपछि उहाँको आगमनलाई बङ्गलादेशको राजनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।रहमान आफ्नी धर्मपत्नी जुबैदा रहमान र छोरी जाइमा रहमानसँग लन्डनबाट विमान बङ्गलादेश एयरलाइन्सको उडानमार्फत ढाका आइपुग्नुभएको हो… Continue reading १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

TOPSHOT - Acting Latin Patriarch of Jerusalem Pierbattista Pizzaballa leads a Christmas Midnight Mass at Saint Catherine’s Church in the Church of the Nativity in the Israeli-occupied West Bank city of Bethlehem on December 24, 2025. (Photo by MUSSA QAWASMA / POOL / AFP)

बेथलेहेम (प्यालेस्टिनी क्षेत्रहरू), १० पुस (रासस–एएफपी) । गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा बढी समयपछि बेथलेहेम सहरले पहिलो पटक क्रिसमस पर्व मनाएको छ । बुधबार राति येशू ख्रीष्टको जन्मस्थल मानिने ऐतिहासिक चर्च अफ द नेटिभिटीमा सयौँ श्रद्धालुहरू भेला भई सामूहिक प्रार्थनामा सहभागी भए । सन् २०२३ अक्टोबरमा इजरायलमा हमासको आक्रमणसँगै सुरु भएको… Continue reading बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग

rss

काठमाडौँ, १० पुस । नेपाली कांग्रेसले राष्ट्रियसभा अधिवेशन आह्वानको माग गरेको छ । कांग्रेसको राष्ट्रियसभा संसदीय दलको आजको बैठकले उक्त निर्णय गरेको प्रमुख सचेतक कृष्णबहादुर रोकायले जानकारी दिए । संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा भएको बैठकले प्रतिनिधिसभा नभएकाले अविलम्ब राष्ट्रियसभा बैठक आह्वान गर्न उक्त सभाका अध्यक्षसमक्ष माग गर्ने निर्णय गरेको हो । जनआवज उठाउने… Continue reading कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

कीर्तिपुर १० पुस । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज राजधानीमा सम्पन्न भएको छ । यस वर्ष विभिन्न तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीमध्ये १६ हजार ३८० जना दीक्षित भएका छन् । आज काठमाडौँमा आयोजित दीक्षान्त समारोहमा स्नातकदेखि विद्यावारिधिसम्मको शैक्षिक उपाधिसहित १६ हजार ३८० जना विद्यार्थी दीक्षित भएका हुन् । शैक्षिक उपाधि पाउनेमध्ये स्नातक… Continue reading त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

बालेनको तुफानी सक्रियता, एकै दिन दर्जनौं नेतासँग भेटवार्ता

१० पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले भेटवार्ता तीव्र बनाएका छन् । उनी बुधबार साँझदेखि नै आफ्ना सहयोगी कुमार बेनको घरमा थिए । रातीदेखि नै भेटघाट तिव्र बनाएका उनले आज बिहान करिब ८ बजेदेखि पुनः भेटवार्ता सुरु गरेका थिए । उनी साँझ करिब ८ बजे नै बारिए । त्यहाँ रहँदा दिनभर उनले… Continue reading बालेनको तुफानी सक्रियता, एकै दिन दर्जनौं नेतासँग भेटवार्ता

पूर्वगृहमन्त्री लेखक आयोगमा बयान दिन जाने

पाटन (ललितपुर), १० पुस । पूर्वगृहमन्त्री रमेश लेखक भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् । सानेपास्थित पार्टी कार्यालयमा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई उनले यही पुस १४ गते सोमबार आयोगमा बयान दिन जाने बताएका हुन् । “आयोगले मलाई बयानका लागि पुस ११ गते… Continue reading पूर्वगृहमन्त्री लेखक आयोगमा बयान दिन जाने

फ्रान्समा शटडाउन रोक्ने विधेयक पारित

Parliament members sit as France's National Assembly vote on a national health care budget that would suspend Macron's unpopular pension reform raising the retirement age, in Paris, France, Tuesday, Dec. 9, 2025. (AP Photo/Michel Euler)

पेरिस, १० पुस (रासस–एपी) । फ्रान्सको संसद्ले मङ्गलबार अमेरिकी शैलीको सरकारी शटडाउन हुन नदिन तयार पारिएको एक आपतकालीन विधेयक पारित गरेको छ । सन् २०२६ को बजेटबारे वार्ता जारी रहँदा अर्को हप्तादेखि सरकारी कामकाज अवरुद्ध हुने सम्भावना देखिएपछि यो विधेयक ल्याइएको हो । नयाँ वर्ष सुरु हुन केही दिन मात्र बाँकी रहँदा राष्ट्रपति इमानुएल म्याक्रोन… Continue reading फ्रान्समा शटडाउन रोक्ने विधेयक पारित