राज्यबाट सेवा सुविधा नपाएको उपसभामुखको गुनासो

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छिन् । भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो गुनासो गरेकी हुन् । राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकैकारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद् र अन्याय भएको उल्लेख गर्दै उपसभामुख रानाले… Continue reading राज्यबाट सेवा सुविधा नपाएको उपसभामुखको गुनासो

जथाभावी बाटो काट्नेलाई कैलालीमा मेयरले लगाइदिए खादा

काठमाडौं । कैलालीको धनगढीस्थित छ लेन सडकमा लगाइएको तारजाली नाघेर बाटो काट्नेलाई मेयर गोपाल हमालले खादा लगाइदिएका छन् । पैदलमार्ग भएकै ठाउँमा तारजाली नाँघेर बाटो काट्ने धनगढी उपमहानगरपालिका–१३ राजपुरका शिवराज पाध्याय मेयरको यस्तो अनौठो सम्मानमा परेका हुन् । उपमहानगरपालिकाले जथाभावी बाटो काट्न नदिन र मिडियनमा लगाइएको बोटविरुवाको सुरक्षाका लागि मिडियनको दुवैतिरबाट तारजाली लगाएको छ। तरपनि,… Continue reading जथाभावी बाटो काट्नेलाई कैलालीमा मेयरले लगाइदिए खादा

उपप्रधानमन्त्री श्रेष्ठ आज कतार जाने

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ कतारको दोहामा हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको नेतृत्व गर्दै सहभागी हुन त्यसतर्फ जाने भएका छन् । आइतबारदेखि मङ्गलबारसम्म हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसअघि मन्त्री श्रेष्ठ अति कम विकसित मुलुक समूहको शिखर सम्मेलनमा सहभागी… Continue reading उपप्रधानमन्त्री श्रेष्ठ आज कतार जाने

साइवर सुरक्षा सम्बन्धी नीति बनाउने तयारी

काठमाडौं । सरकारले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानुनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार गर्न उच्चस्तरीय समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा फागुन १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उच्चस्तरीय कार्यदल गठन गरिएको हो । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । सूचना प्रविधि विज्ञ जुद्धबहादुर गुरुङको संयोजकत्वमा रहेको… Continue reading साइवर सुरक्षा सम्बन्धी नीति बनाउने तयारी

स्ववियुको चुनावी प्रक्रिया आजबाट सुरु

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावी प्रक्रिया आजबाट सुरु हुँदैछ । चुनाव ५ चैतमा तोकिएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार चुनावमा भाग लिन चाहने विद्यार्थी सङ्गठनले आज दिउँसो ३ बजेभित्रमा नाम दर्ता गर्नु पर्ने भएको छ । फागुन २१ मा निर्देशनालयले मतदाताको नामावली… Continue reading स्ववियुको चुनावी प्रक्रिया आजबाट सुरु

एनओसी अब विद्यार्थी आफैले प्रिन्ट गर्न पाउने

काठमाडौं । अब विद्यार्थी आफैले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रिन्ट गर्न सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले यस्तो व्यवस्था ल्याएको हो । अबको केही हप्तापछि एनओसी लिन कार्यालय धाइरहनु नपर्ने गरी व्यवस्था हुँदैछ । अनलाइनमार्फत विद्यार्थीले दिएको आवेदन शाखाले प्रमाणि गरेपछि आफैंले प्रिन्ट गर्न सक्ने भएका छन् ।… Continue reading एनओसी अब विद्यार्थी आफैले प्रिन्ट गर्न पाउने

आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपाल र पीएनजी आज भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलाको आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनीको सामना गर्दैछ । दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान पौने १२ बजे खेल सुरु हुनेछ । नेपाल महत्वपूर्ण खेलमा बिहीबार युएईसँग ६८ रनले पराजित भएको थियो । लगातार पाँच खेलको जित शृखंलामा ब्रेक लागेको नेपाल पपुवा न्युगिनीविरुद्धको खेलमा… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपाल र पीएनजी आज भिड्दै

विश्वकप लिग टु: नेपाल यूएईसँग ६८ रनले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईविरुद्धको खेलमा नेपाल ६८ रनले पराजित भएको छ । २०८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ३१ ओभर ५ बलमा १३९ रन जोड्दा अलआउट भएको हो । नेपालका लागि कुशल मल्लले ६२, सन्दीप लामिछानेले अविजित २६ र आशिफ शेखले १७ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन… Continue reading विश्वकप लिग टु: नेपाल यूएईसँग ६८ रनले पराजित

यूएईलाई हराउँदै नेपाल यू–१९ क्रिकेट विश्वकपका लागि छनोट

काठमाडौं । आईसीसी यू- १९ विश्वकप छनोट अन्तर्गत अन्तिम खेलमा घरेलु टिम यूएईलाई पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको छ । निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको हो । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट… Continue reading यूएईलाई हराउँदै नेपाल यू–१९ क्रिकेट विश्वकपका लागि छनोट

‘केपी ओलीले संसद विघटन ठिक थियो भनेपछि विकल्प खोज्यौँ’-प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत २६ पुसमा बसेको प्रतिनिधिसभा बैठकमा संसद विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ विकल्प खोजेको जानकारी दिएका छन् । काठमाडौंमा बिहीबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले २६ पुसको प्रतिनिधिसभामा… Continue reading ‘केपी ओलीले संसद विघटन ठिक थियो भनेपछि विकल्प खोज्यौँ’-प्रधानमन्त्री प्रचण्ड

रेशम चौधरीको अडान,श्रीमतीलाई उपप्रधानमन्त्री र टीकापुरलाई छुट्टै जिल्ला

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठलाई उपप्रधान एवं सहरी विकास मन्त्रालय दिनुपर्ने माग गरेको छ। भोट माग्न डिल्लीबजार पुगेका राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलसहितका नेताहरूसँग टीकापुरलाई छुट्टै जिल्ला बनाउने पर्ने,सुदूरपश्चिम प्रदेशलाई खप्तड-थरुहट प्रदेश बनाउनुपर्ने र राजधानी धनगढी बनाउनुपर्ने माग गरेका हुन् । लुम्बिनीमा प्रदेशमा दुई मन्त्री र मधेस प्रदेशमा एक मन्त्री… Continue reading रेशम चौधरीको अडान,श्रीमतीलाई उपप्रधानमन्त्री र टीकापुरलाई छुट्टै जिल्ला

यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य, सन्दीपको उत्कृष्ट प्रदर्शन

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईबाट जितका लागि २०८ रनको लक्ष्य पाएको छ । ५० ओभर नै खेलेको युएईले ८ विकेट गुमाएर २०७ रन बनाएको हो। यूएईका लागि ओपनिङ गरेका आसिफ खानले सर्वाधिक ७२ रन बनाए । रोहन मुस्ताफाले अविजित ५२ रन बनाए । नेपालका लागि… Continue reading यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य, सन्दीपको उत्कृष्ट प्रदर्शन

भोट माग्दै रास्वपा कार्यालय पुगे सुवास नेम्वाङ

काठमाडौं । नेकपा (एमाले) तर्फबाट राष्ट्रपति उम्मेदवार बनेका सुवास नेम्वाङ बिहीबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगेका छन्। बसुन्धरास्थित रास्वपा पार्टीको कार्यालय पुगेका नेम्वाङले रास्वपा सभापति रवि लामिछानेलगायत नेताहरूसँग छलफल गरेका छन्। रास्वपाले राष्ट्रपतिमा कसलाई मत दिने भन्ने निर्णय गरिसकेको छैन। यसअघि नेम्वाङ नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा गएर मत मागेका थिए।

जनमतले माग्यो उपप्रधानसहित दुई मन्त्रालय

काठमाडौं । राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेका जनमत पार्टीका अब्दुल खानले आफूहरुले उपप्रधानसहित दुई मन्त्रालय पाउनु पर्ने दाबी गरेका छन् । उनले उपप्रधानमन्त्रीमा पार्टी अध्यक्ष डा.सिके राउत जाने सम्भावना रहेको बताए। उनले भने ‘गठबन्धनमा हामीले दुई मन्त्रालय पाउँछौं। उपप्रधानसहित उहाँहरुले पहिलाजस्तो झुक्याउनुहुन्न। अहिले उहाँहरु इमान्दारी राजनीतिमा आउनुभएको… Continue reading जनमतले माग्यो उपप्रधानसहित दुई मन्त्रालय

नेपालले यूएईलाई दियो १९२ रनको लक्ष्य, देव खनालको अर्धशतक

काठमाडौं । नेपाली यू १९ क्रिकेट टोलीले यूएईलाई १ सय ९२ रनको लक्ष्य दिएको छ। यूएईस्थित इडेन गाडेन ओभलमा सम्पन्न खेलमा घरेलु टोलीलाई नेपालले १९२ रनको चुतौती प्रस्तुत गरेको हो। कप्तान देव खनालले ८४ रनमा ५१ रन बनाएर आउट भए। उनले ३ चौका र १ छक्का प्रहार गरे। त्यसअघि ओपनरद्वय दीपक बोहोरा ‘ए’ १ बलमै… Continue reading नेपालले यूएईलाई दियो १९२ रनको लक्ष्य, देव खनालको अर्धशतक

कोभिड-१९ चिनियाँ प्रयोगशालाबाट बाहिरिएको हुन सक्ने एफबीआई प्रमुखको आशंका

काठमाडौं । एफबीआईका निर्देशक क्रिस्टोफर रेले कोभिड–१९ भाइरस सम्भवतः चिनियाँ सरकार नियन्त्रित प्रयोगशालामा बनेको हुनसक्ने विश्वास ब्यूरोले गरेको बताएका छन्। “एफबीआई लामो समय मौन रहे पनि महामारीको उत्पत्ति सम्भवतः प्रयोगशाला दुर्घटनाका कारण भएको अब मूल्याङ्कन गर्न सकिन्छ, उनले फक्स न्यूजसँग भनेका छन् । महामारी निम्त्याएको भाइरस कसरी देखा पर्‍यो भन्नेबारे एफबीआईले हालसम्म गोप्य राखेको जानकारी… Continue reading कोभिड-१९ चिनियाँ प्रयोगशालाबाट बाहिरिएको हुन सक्ने एफबीआई प्रमुखको आशंका

भोट माग्दै राष्ट्रपतिका दुई उम्मेदवार

Photo : Ekantipur

काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि आठ राजनीतिक दलको प्रचारप्रसार अभियान आजबाट सुरु हुँदै छ। आठ दलीय गठबन्धनले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूसँग अभिमुखीकरणसहित भेटघाट आज गर्दैछ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मनोनयन दर्ता गरेका छन् । नेपाली… Continue reading भोट माग्दै राष्ट्रपतिका दुई उम्मेदवार

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । प्रदेश १ को नाम कोशी राखिएको खुसियालीमा आज प्रदेशभर सार्वजनिक विदा दिइएको छ । मन्त्रिपरिषदको बैठकले फागुन १८ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ… Continue reading कोशी प्रदेशमा आज सार्वजनिक बिदा

यूएईमा आज सन्दीप मैदानमा उत्रने

काठमाडौं । सर्वोच्च अदलातले विदेश जान अनुमति दिएपछि स्पीनर सन्दीप लामिछाने टिममा फर्किएका छन् । उनी बुधबारै यूएई गइसकेका छन् । उनी आजको खेलमा मैदानमा उत्रने भएका छन् । पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका श्याम ढकालको घाइते भएकोले उनको स्थानमा सन्दीपलाई राखिएको बताइएको छ । अब नेपालले आज स्पीन बलिङमा जोड दिनेछ । अघिल्लो… Continue reading यूएईमा आज सन्दीप मैदानमा उत्रने

आईसीसी क्रिकेट विश्वकप लिग टु– आज यूएई र नेपाल भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईमा जारी शृङ्खलामा आज नेपालले घरेलु टोली यूएईको सामना गर्दैछ । खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान ११ः४५ मा सुरु हुनेछ। नेपालले लिग टु मा लगातार पाँच खेल जित्दै कीर्तिमान बनाएर उच्च लयमा छ । शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई हराएको हो ।… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग टु– आज यूएई र नेपाल भिड्दै

इटालियन प्रशिक्षकले सम्हाल्ने भए नेपाली राष्ट्रिय फूटबल टीम

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षकमा इटलीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त भएका छन् ।अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले इटलीका एनेसलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो । पदपूर्ति समितिले सिफारिस गरे अनुसार एनेसलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको एन्फाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एन्फाले मुख्य प्रशिक्षकका… Continue reading इटालियन प्रशिक्षकले सम्हाल्ने भए नेपाली राष्ट्रिय फूटबल टीम

दुई महिनामा अमेरिकाबाट नेपाल भित्रिए १४, ४४८ पर्यटक

काठमाडौं । सन् २०२३ को दुई महिनाको अवधिमा अमेरिकाबाट मात्र साढे १४ हजार पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ६ हजार ५६१ र फेब्रुअरीमा ७ हजार ८८७ जना पर्यटक अमेरिकाबाट आएका हुन् । अमेरिका भारतपछि धेरै पर्यटक आउने मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको छ । दुई महिनाको अवधिमा कुल पर्यटक आगमन… Continue reading दुई महिनामा अमेरिकाबाट नेपाल भित्रिए १४, ४४८ पर्यटक

भारतबाट बढेर आयाे ग्यासको मूल्य, पेट्रोल र डिजेलकाे घट्याे

काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार डिजेल प्रतिलिटर ५.५ रुपैयाँ र पेट्रोल लिटरमा १.२१ रुपैयाँले मूल्य घटेर आएको छ। यस्तै मट्टितेलमा प्रतिलिटर ३.४० रुपैयाँ… Continue reading भारतबाट बढेर आयाे ग्यासको मूल्य, पेट्रोल र डिजेलकाे घट्याे

प्रदेश १ को नाम ‘कोसी’ स्वीकृत

काठमाडौं । प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको छ । एमालेले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा ८२ जनाले हात उठाएका छन् । विपक्षमामा भने चार जनाले हात उठाएका थिए । दुईतिहाई भन्दा बढी सदस्यहरुले पक्षमा हात उठाएपछि उक्त प्रस्तावलाई अब मतदान प्रक्रियामा लाने संसद सचिवालयले जनाएको छ… Continue reading प्रदेश १ को नाम ‘कोसी’ स्वीकृत

प्रदेश १ नामाकरण विवाद: विराटनगरका केही स्थानमा निषेधित क्षेत्र घोषणा

काठमाडौं । जिल्ला प्रशासन कार्यलय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। प्रदेशसभामा नामकरण प्रस्ताव दर्ता हुने प्रक्रियामा रहेको बेला बुधबार ३ बजेदेखि अर्को सूचना जारी नगर्दासम्म सभा, विरोध र जुलुस गर्न निश्चित क्षेत्रमा निषेधको सूचना जारी गरिएको हो। सूचनामा प्रदेशसभा भवनको आसपास अस्पतालचौकदेखि देवकोटा चौकसम्म, जिल्ला प्रशासन कार्यलय परिसर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्… Continue reading प्रदेश १ नामाकरण विवाद: विराटनगरका केही स्थानमा निषेधित क्षेत्र घोषणा

रास्वपाको चुनाव चिह्न परिवर्तन, घण्टी बाहिरको गोलाकार हटाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्नमा सामान्य परिवर्तन गरिएको छ । रास्वपाको चुनावचिह्न यसअघि गोलाकारभित्रको घण्टी थियो । अहिले गोलाकार हटाइ घण्टी मात्र राखिएको छ । रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले बुधबार विज्ञप्ति जारी गर्दै चुनाव चिह्न परिवर्तन गरिएको जानकारी दिएका हुन् । घण्टी चुनाव चिह्न भएको रास्वपाले बाहिरको गोलाकार हटाइदिन निर्वाचन… Continue reading रास्वपाको चुनाव चिह्न परिवर्तन, घण्टी बाहिरको गोलाकार हटाइयो

रेसुंगा विमानस्थलमा हुने नेपाल एयरलाइन्सको उडान शुक्रवारलाई सर्‍यो

काठमाडौं । रेसुंगा विमानस्थलमामा बुधवार हुने भनिएको नेपाल एयरलाइन्सको उडान शुक्रवारको लागि सरेको छ । निगमले व्यावसायिक उडान थाल्नु पूर्व यहाँ परीक्षणका लागि उडान गर्दैछ । यो उडान बुधबार तोकिएको थियो । तर, नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति प्रक्रियामा रहेका कारण आजको उडान रोकिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताए । शुक्रबार उडान हुने… Continue reading रेसुंगा विमानस्थलमा हुने नेपाल एयरलाइन्सको उडान शुक्रवारलाई सर्‍यो

प्रतिनिधिसभाको बैठक चैत ५ गतेसम्मको लागि स्थगित

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठक चैत ५ गते आइतबार दिनको १ बजेसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयले विशेष कारणले स्थगित भएको बताएको छ। राष्ट्रपति निर्वाचन र आठ दलीय गठबन्धन लगायतका विविध कारणले प्रतिनिधिसभाको बैठक सारिएको बताइएको छ। अर्को बैठक फागुन २५ गतेको राष्ट्रपति र चैत… Continue reading प्रतिनिधिसभाको बैठक चैत ५ गतेसम्मको लागि स्थगित

प्रदेश १ को नाम ‘कोसी’ राख्न संसद सचिवालयमा प्रस्ताव दर्ता

काठमाडौं । प्रदेश नं १ को नाम ‘कोसी’ राख्न प्रस्ताव गरिएको छ । एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक बसेर प्रदेश १ को नाम ‘कोसी’ राख्ने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका हुन् । प्रस्तावमा भनिएको छ, ‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश नं. १ प्रदेश सभा (पहिलो संशोधन)… Continue reading प्रदेश १ को नाम ‘कोसी’ राख्न संसद सचिवालयमा प्रस्ताव दर्ता

प्रदेश १ को प्रस्तावित नाम संसदमा प्रस्तुत गर्ने तयारी

काठमाडौं । प्रदेश १ को नाम संसदमा प्रस्तुत हुने भएको छ । अनुसार प्रदेशसभामा आजै नामको विषय प्रवेश गराउने तयारी छ । दलहरुबीच सहमति भए आज नामको विषयले औपचारिक रुपमा प्रवेश पाउने भएको हो । आज दिउँसो संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । बैठकमा सहमति भए आजै नामको विषय टेबल हुने नेताहरुले बताएका… Continue reading प्रदेश १ को प्रस्तावित नाम संसदमा प्रस्तुत गर्ने तयारी