अन्नपूर्ण केवलकार पुग्न पोखराका विभिन्न स्थानबाट निःशूल्क बस सेवा शुरु

काठमाडौं । पोखरास्थित अन्नपूर्ण केबलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ । बिहान ५ बजेदेखि सेवा सुरु गरेको केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सुरु गरेको हो । केवलकार स्टेसन रहेको सेदीबगरसम्म पुग्न कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याएको हो । केवलकारमा यात्रा गर्ने स्वेदशी तथा विदेशी… Continue reading अन्नपूर्ण केवलकार पुग्न पोखराका विभिन्न स्थानबाट निःशूल्क बस सेवा शुरु

नेपालमा ३२ जनामा कोरोना संक्रमण पुष्टी, सक्रिय संक्रमितको संख्या २१७ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५०४ जनाको पीसीआर परीक्षण गर्दा २९ जना र १ हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ३ गरी ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८… Continue reading नेपालमा ३२ जनामा कोरोना संक्रमण पुष्टी, सक्रिय संक्रमितको संख्या २१७ पुग्यो

स्वतन्त्र उम्मेदवार बालेनमाथि केशव स्थापितले लगाए अर्को गम्भीर आरोप

Setopati

काठमाडौं । काठमाडौं महानगरपालिकाका उम्मेदवारहरु एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्ने क्रम बढेको छ । आरोप–प्रत्यारोप लगाउने क्रममा काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयरका अर्का उम्मेदवार बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् । मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित कार्यक्रममा नेकपा एमालेका मेयरका उम्मेदवार स्थापितले आफ्ना प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि महिला हिंसाको आरोप… Continue reading स्वतन्त्र उम्मेदवार बालेनमाथि केशव स्थापितले लगाए अर्को गम्भीर आरोप

भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश

काठमाडौं । अभिनेता भुवन केसी र अत्रिनेत्री स्वेता खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गरेका केसी, खड्कालगायत कलकारहरूलाई पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले टीका लगाएर स्वागत गरेका थिए । यसअघि नेकपा एमालेमा रहेका केसी आज बिहान कांग्रेस प्रवेश गरेका हुन् । २०७० सालको संविधानसभा चुनावमा भुवन एमाले प्रवेश गरेका थिए ।… Continue reading भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश

अमेरिकाले युक्रेनमा आफ्नो दूतावास यसै महिना पुनर्स्थापना गर्ने

REUTERS/Gleb Garanich

काठमाडौं । रुस र युक्रेनको युद्धका कारण विस्थापन भएको युक्रेनस्थित अमेरिकी दूतावास यसै महिनाबाट पुनः संचालनमा ल्याइने भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाए अनुसार अमेरिकाले यसका लागि तयारी गरिरहेको छ । अमेरिकाले युक्रेनमा मे महिनाको अन्त्यसम्म आफ्नो दूतावास पुनर्स्थापना गर्ने जनाएको छ । क्रेनको राजधानी किभमा अमेरिकाले आफ्नो दूतावास पुनःर्स्थापना गर्ने छ । फेब्रुअरीमा रूसले… Continue reading अमेरिकाले युक्रेनमा आफ्नो दूतावास यसै महिना पुनर्स्थापना गर्ने

राष्ट्रपतिबाट श्रष्टाहरु सम्मानित, कसले के पाए ?

तस्वीर स्रोत : गोरखापत्र

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट कलाकार तथा श्रष्टाहरुलाई सम्मानित गरिएको छ । सोमबार नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोहमा उपस्थित भई राष्ट्रपति भण्डारीले उनीहरुलाई सम्मानित गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले कलाकारहरु सभ्यताका वाहक र सिर्जना राष्ट्रका अमूल्य निधि तथा सम्पदा रहेको बताइन् । राष्ट्रपति भण्डारीले कुनै पनि समाजको सभ्यताको स्तरलाई कला,… Continue reading राष्ट्रपतिबाट श्रष्टाहरु सम्मानित, कसले के पाए ?

मारिऊपोलस्थित स्टिल उद्योगमा फसेकाको उद्धार नहुँदै पुनः आक्रमण भएको युक्रेनको दावि

काठमाडौं (बीबीसी) । युक्रेनका एक अधिकारीले मारिऊपोलस्थित स्टिल उद्योगमा फसेका अझै सयौँ सर्वसाधारणलाई अन्यत्र लैजान बाँकी रहे पनि त्यहाँ रुसले पुनः हमलाहरू थालेको बताएका छन्। न्याश्नल गार्डका कमाण्डर डेनिस श्लेगाले सोमवार एजोभस्टाल स्टिल उद्योगमा सबै किसिमका अस्त्रहरूले आक्रमण गरिएको बताएका हुन्। आइतवार उक्त उद्योगमा आश्रय लिएर बसेका थुप्रै सर्वसाधारण त्यहाँबाट अन्यत्र जान सफल भएका थिए।… Continue reading मारिऊपोलस्थित स्टिल उद्योगमा फसेकाको उद्धार नहुँदै पुनः आक्रमण भएको युक्रेनको दावि

चन्द्रागिरिमा दुई घरमा बाढी पस्दा लाखौंको क्षति

File

काठमाडौं । काठमाडौंको चन्द्रागिरिका दुई घरमा बाढी पस्दा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ । सो क्रममा आठ लाख रूपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । सोमबारको वर्षाका कारण चन्द्रागिरि नगरपालिका-४ पानीघाटस्थित हिमचुल खोलामा आएको ढुंगा माटोसहितको बाढी दुई घरमा पसेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। बाढी पस्दा आठ… Continue reading चन्द्रागिरिमा दुई घरमा बाढी पस्दा लाखौंको क्षति

आज ईदउल फित्र , देशभर सार्वजनिक बिदा

काठमाडौं । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज विश्वभर मुस्लिम समुदायले विशेष नमाज पाठ र ठूलाबडाबाट आशीर्वाद थाप्दै ईदउल फित्र पर्व मनाउँदै छन् । आज नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद थाप्ने प्रचलन रहेको छ । यस… Continue reading आज ईदउल फित्र , देशभर सार्वजनिक बिदा

बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

RSS

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाका दिन नेपाल भ्रमणमा आउने भएका छन् । उनी १६ मे (२ जेठ)का लागि नेपाल भ्रमणमा आउन लागेको भारतीय पत्रिका द हिन्दूमा मंगलबार समाचार छापिएको छ । समाचार अनुसार सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।मोदी बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने… Continue reading बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

केशव स्थापित र ओरेकलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकामा प्रमुख पदका नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । उनले यही वैशाख १५ गते धुम्रबाराहीस्थित नेशनल कलेजमा काठमाडौँ महानगरपालिका र नागार्जुन नगरपालिकाका विभिन्न दल र स्वतन्त्रतर्फसमेतका प्रमुख पदका उम्मेदवारहरुसँगको कार्यक्रममा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएको पाइएकाले सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको… Continue reading केशव स्थापित र ओरेकलाई २४ घण्टे स्पष्टीकरण

स्थानीय तहमा देशभर ३५३ जना निर्विरोध निर्वाचित

काठमाडौं । स्थानीय तह निर्वाचनमा मनोनयनपत्र दर्ता गराएकामध्ये विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन भने वैशाख ३० मा तोकिएको छ । आयोगको कार्यतालिकाअनुसार वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ताको समय दिइएकामा जाँचबुझ र फिर्ता लिने समय सकिएपछि यही १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो । आयोगको… Continue reading स्थानीय तहमा देशभर ३५३ जना निर्विरोध निर्वाचित

अप्रिलमा कोरोना महामारीयताकै धेरै पर्यटक नेपाल आए, अमेरिकाबाट मात्र ६ हजार ९५४

काठमाडौं । कोरोना भाइरसको महामारी शुरु भएयता अप्रिल २०२२ मा नेपालमा सबैभन्दा धेरै संख्यामा पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको पर्यटक आगमनको तथ्यांक अनुसार यो महिनामा ५८ हजार ३८४ पर्यटक नेपाल आएका छन् । यो ११ चैत २०७६ मा नेपालमा लकडाउन भएयताको सबैभन्दा उच्च संख्या हो । मार्चमा ४२ हजार ६… Continue reading अप्रिलमा कोरोना महामारीयताकै धेरै पर्यटक नेपाल आए, अमेरिकाबाट मात्र ६ हजार ९५४

जन्ती बोकेको जिप दुर्घटनामा परि गोरखामा तीन जनाको मृत्यु

काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटे स्थित फिरफिरे भन्ने स्थानमा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ । प्रहरीका कअनुसार यस घटनामा तीन जनाको मृत्यु भएको छ । सोमवार चितवनको जिरौनाबाट जन्ती आएको बा १४ च ७८१ नम्वरको स्करपिओ जिप रोकिराखेको अवस्थामा एक्कासी गुडेर दुर्घटनामा परेको हो । दुर्घटनामा काठमाडौं महानगरपालिका–१६ का कमलप्रसाद न्यौपाने, गोरखाको सिरानचोक… Continue reading जन्ती बोकेको जिप दुर्घटनामा परि गोरखामा तीन जनाको मृत्यु

जिम्बाब्वेसँगको खेलमा सोमबार पनि वर्षा बाधक

काठमाडौं । नेपाल र जिम्बाब्वेबीचको खेलमा सोमबार समेत वर्षा बाधक बनेको छ । नेपाल भ्रमण रहेको जिम्बावे ‘ए’ र नेपाली राष्ट्रिय क्रिकेट टिमबीचको दोस्रो टी–२० खेल वर्षाका कारण रद्द भयो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ४.३ ओभरमा ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो। जिम्बाबेले २ विकेटको क्षतिमा ४३ रन… Continue reading जिम्बाब्वेसँगको खेलमा सोमबार पनि वर्षा बाधक

फास्ट ट्रयाकमा लोडर दुर्घटनामा तीन चिनियाँ कामदारको मृत्यु

File

काठमाडौं । फास्ट ट्रयाकमा लोडर दुर्घटनामा परी तीन जना चिनियाँ नागरिकको मृत्यु भएको छ। मकवानपुरको बकैया गाउँपालिका(११ भेटेपाखास्थित फास्ट ट्रयाकको निर्माणस्थलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवाललाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । सोमबार साँझ करिब ५ लोडर ब्याक गर्ने क्रममा ५० मिटर तल खसेको थियो। त्यसमा सवार… Continue reading फास्ट ट्रयाकमा लोडर दुर्घटनामा तीन चिनियाँ कामदारको मृत्यु

नेपालमा ९ जनामा कोरोना पुष्टी, १८ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा मृत्‍यु भने शून्य छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३३३ जनाको पीसीआर परीक्षणमा ०८ जना र ९२२ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १८… Continue reading नेपालमा ९ जनामा कोरोना पुष्टी, १८ जना निको भए

राहुल गान्धी सुटुक्क काठमाडौंमा

काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी सुटुक्क काठमाडौं आएका छन् । उनको नेपाल यात्रा बारे खुलाइएको छैन । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार उनी भिस्तारा एयरलाइन्सको नियमित उडानबाट सोमबार करीव ५ बजे काठमाडौं अवतरण गरेका हुन् । उनको यो भ्रमण निजी रहेको र बिदा मनाउन नेपाल आएको मानिएको छ । नेपालमा उनी… Continue reading राहुल गान्धी सुटुक्क काठमाडौंमा

बलिउड अभिनेत्री फर्नान्डिजको करोडौंको सम्पत्ति जफत, यस्तो छ कारण

मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको साढे ७ करोडको सम्पत्ति जफत भएको छ । भारतको पर्वतर्न निर्देशनालाय(ईडी)ले सम्पत्ति शुद्धीकरण मुद्दामा ७ करोड २७ लाख बराबरको सम्पत्ति जफत गर्ने निर्णय गरेको भारतीय संचारमाध्यमले लेखेका छन् । सम्पत्ति शुद्धीकरण प्रकरणमा सुकेश चन्द्रशेखरसँगको सम्बन्ध बाहिरिएपछि ज्याकलिन उक्त प्रकरणमा जोडिएकी हुन् । चन्द्रशेखरविरुद्ध चलिरहेको आपराधिक क्रियाकलापसम्बन्धीको मुद्दामा ज्याकलिनको नाम… Continue reading बलिउड अभिनेत्री फर्नान्डिजको करोडौंको सम्पत्ति जफत, यस्तो छ कारण

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरिक्षकको बिदाई गरियो

File

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) को बिदाइ गरेको छ। ३० वर्षे सेवा अवधिका कारण राति १२ बजेदेखि अनिवार्य अवकाश लिएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीलाई आइतबारु बिदाइ गरिएको हो। बिदाइ समारोहमा गृहमन्त्री बालकृष्ण खाणले आम नागरिकको जीवनरक्षामा हरतरहले खटिने प्रहरीको भूमिका महत्वपूर्ण… Continue reading नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरिक्षकको बिदाई गरियो

पदीय मर्यादा विपरित काम गर्ने तीन निर्वाचन अधिकृत फेरिए

काठमाडौं । तीन स्थानीय तहका निर्वाचन अधिकृत परिवर्तन भएको निर्वाचन आयोगले जनाएको छ । महोत्तरीको साम्सी गाउँपालिका, बाजुराको बुढीगंगा गाउँपालिका र रौतहटको मौलापुर गाउँपालिकाका निर्वाचन अधिकृत फेरिएका हुन् । साम्सीका निर्वाचन अधिकृत दिलिपकुमार प्रधान र बुढीगंगाका निर्वाचन अधिकृत निरञ्जन स्थापितलाई जिम्मेवारी पूरा नगरेको आरोपमा आयोगले कारबाहीको सिफारिससमेत गरेको छ । बुढीगंगाका निर्वाचन अधिकृत स्थापित समयतालिका… Continue reading पदीय मर्यादा विपरित काम गर्ने तीन निर्वाचन अधिकृत फेरिए

सोमबार बिहानैबाट वर्षा, तराईमा राहत

काठमाडौं । स्थानीय वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभावले नेपालमा वर्षा भएको छ । काठमाडौं उपत्यकासहित बागमती र मधेश प्रदेशमा आज वर्षा भएको हो । यसले तराई भेगमा बढ्दो तापमान रोक्न सहयोग पुगेको छ । मानिसहरुलाई राहत पुगेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली… Continue reading सोमबार बिहानैबाट वर्षा, तराईमा राहत

निर्वाचनको गरिमामा आँच आउने विषय सामाजिक संजालमा राखे कारवाही हुने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा आँच पुर्‍याउने प्रकृतिका कुनै पनि सामग्री सामाजिक सञ्जालमा राखे कारवाही हुने चेतावनी दिएको छ । आयोगले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएको हो । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको निर्देशन परिपालना नभए कानूनअनुसार कारवाही गरिने छ । स्थानीय तह सदस्य… Continue reading निर्वाचनको गरिमामा आँच आउने विषय सामाजिक संजालमा राखे कारवाही हुने

स्वतन्त्र युवा उमेदवार बालेन शाहमाथि केशव स्थापितको अभद्र टिप्पणी

Setopati

काठमाडौं । नेकपा एमालेका काठमाडौं महानगरपालिकाका उमेदवार केशव स्थापितले स्वतन्त्र युवा उमेदवार बालेन्द्र शाह (बालेन) माथि अभद्र टिप्पणी गरेका छन् । उनले बालेन अन्तर्राष्ट्रिय ठग भएको भन्दै जातीय टिप्पणी गरेका छन् । आइतबार राजधानीमा आयाजना भएको एक कार्यक्रममा स्थापितले भने, ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ, यो त अन्तर्राष्ट्रिय ठग रहेछ, युवाहरूले सुनौं है, मसँग… Continue reading स्वतन्त्र युवा उमेदवार बालेन शाहमाथि केशव स्थापितको अभद्र टिप्पणी

भारतबाट इन्धनको लागत मूल्य बढेर आयो, पेट्रोल भन्दा डिजेल महंगो

काठमाडौं । इन्धनको खरिद लागत मूल्य वैशाख तेस्रो सातामा महँगो बनेको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल निगम (आईओसी)बाट ३ वैशाखमा प्राप्त मूल्य सूचीको तुलनामा १८ वैशाखमा प्राप्त नयाँ मूल्य सूचीले निगमलाई थप एक अर्ब ४५ करोड रुपैयाँ नोक्सान हुने भएको छ । १ वैशाखको मूल्यले ३ अर्ब ७४ करोड रुपैयाँ घाटा हुने… Continue reading भारतबाट इन्धनको लागत मूल्य बढेर आयो, पेट्रोल भन्दा डिजेल महंगो

एन्फालाई अल्मुताइरीको पत्र-‘बन्द प्रशिक्षण छाडेका १० खेलाडीलाई कारबाही नगर्नू, म माफी दिन्छु’

काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूमाथि आरोप लगाउने १० खेलाडीलाई माफी दिएको बताएका छन् । साथै उनले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेर ती खेलाडीहरुलाई कारबाही नगर्न समेत आग्रह गरेका छन् । प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै एएफसी एसियन कप छनोटको लागि बन्द प्रशिक्षणमा रहेका १०… Continue reading एन्फालाई अल्मुताइरीको पत्र-‘बन्द प्रशिक्षण छाडेका १० खेलाडीलाई कारबाही नगर्नू, म माफी दिन्छु’

टी-२० क्रिकेट सिरिज: नेपाल जिम्बावेसँग पराजित, सन्दीपले दिए ५० रन

काठमाडौं । टी-२० क्रिकेट सिरिजमा नेपाल जिम्बावेसँग पराजित भएको छ । किर्तिपुरस्थित टियू क्रिकेट खेलमैदानमा भएको खेलमा जिम्बावेले नेपाललाई ६ विकेटले पराजित गरेको हो । नेपालले टस हारेर निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन जोडेको थियो। नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावेले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि कुशल भुर्तेल… Continue reading टी-२० क्रिकेट सिरिज: नेपाल जिम्बावेसँग पराजित, सन्दीपले दिए ५० रन

वरियतामा मिच्दै नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंह नियुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीको आईजीपीमा धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उनीहरू दुवै आ–आफ्नो संगठनको एआईजी थिए । सरकारले उनीभन्दा झण्डै डेढ वर्ष ज्येष्ठतालाई उछिनेर सिंहलाई आईजीमा बढुवा गरेको हो। सिंहभन्दा डेढ वर्षअघि… Continue reading वरियतामा मिच्दै नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंह नियुक्त

गठबन्धनको निर्देशन-‘उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि समझदारी गर्नू,निर्णय पालना नगर्नेलाई कारबाही’

काठमाडौं । सत्ताठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले चुनावी तालमेल भएका तर उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि समझदारी गर्न निर्देशन दिएको छ। आइतवार बसेको स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । वैठकले पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने… Continue reading गठबन्धनको निर्देशन-‘उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि समझदारी गर्नू,निर्णय पालना नगर्नेलाई कारबाही’

निर्वाचन आयोगका भिडियो अपलोड गरि २० लाख दर्शक कटाएमा नगद पुरस्कार पाइने

काठमाडौं । निर्वाचन सम्बन्धी सन्देशमूलक भिडियो प्रचार गरेमा निर्वाचन आयोगले पुरस्कृत गर्ने निर्णय गरेको छ । चुनावी सन्देशमूलक भिडियो टिकटक बनाएर वा पहिलेकै स्वरुपमा वैशाख २९ गतेभित्र फेसबुक, युट्युब, टिकटकमा पोस्ट गरी पचास लाख, तीस लाख र बीस लाख दर्शक पुर्याउने व्यक्ति वा संस्थालाई आयोगले नगद र प्रशंसा पत्रले पुरस्कृत गर्ने आयोगले सूचना मार्फत जानकारी… Continue reading निर्वाचन आयोगका भिडियो अपलोड गरि २० लाख दर्शक कटाएमा नगद पुरस्कार पाइने