राष्ट्रियसभामा वामदेव गौतमलाई पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सकिएको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । सचिवालयको निर्णयपछि अब सरकारले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस… Continue reading राष्ट्रियसभामा वामदेव गौतमलाई पठाउने नेकपा सचिवालयको निर्णय

नेपालमा थप १२२८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२,८७७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४२ हजार ८७७ जना पुगेको छ। पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप १२२८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२,८७७

निषेधाज्ञा उल्लंघन गर्दै रातो मच्छिन्द्रनाथको रथ तान्‍न थालियो

निषेधाज्ञा उल्लंघन गर्दै रातो मच्छिन्द्रनाथको रथ तान्‍न थालियोकाठमाडौं । उपत्यकामा निषेधाज्ञाकै बीच वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्‍न शुरु गरिएको छ । बिहीबार बिहान साढे ९ बजेतिर भेला भएका युवाहरुले ललितपुरको पुल्चोकमा रथ तान्‍न शुरु गरेपछि सरोकारवालालाई नै अलमलमा परेका छन् । रथ तान्नकालागि सर्वसाधारणहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो युवाहरुले असोज… Continue reading निषेधाज्ञा उल्लंघन गर्दै रातो मच्छिन्द्रनाथको रथ तान्‍न थालियो

बागलुङ बाढीमा बेपत्तामध्ये ८ को शव फेला

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ मा नदी किनारमा बाढीले घर बगाउँदा वेपत्ता भएका मध्ये ८ जनाको शव भेटिएको छ । तटीय बस्तीमा बाढी पसेपछि ठूलो मानवीय क्षति भएको छ । खोजीका क्रममा ८ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । सकुर्दुङको भूजी खोलाले वितण्डा मच्चाएको हो । बाढीमा १३… Continue reading बागलुङ बाढीमा बेपत्तामध्ये ८ को शव फेला

बुटवल र चितवनमा कोरोनाबाट एक \एक जनाको मृत्यु

बुटवल र चितवनमा बिहीबार कोरोना भाइरसको संक्रमणबाट एक\एक जनाको निधन भएको छ । बुटवलमा प्युठानका कोरोना संक्रमित पुरुषको ज्यान गएको हो । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं. ७ का ५८ वर्षीय पुरुषको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा निधन भएको छ । उनी कलेजो र फोक्सोमा निमोनियाको समस्याबाट ग्रसित रहेको बताइएको छ । उनी १० भदौमा… Continue reading बुटवल र चितवनमा कोरोनाबाट एक \एक जनाको मृत्यु

बागलुङमा बाढी, कम्तिमा १२ जना वेपत्ता

file

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–९ मा बाढीले ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ । यहाँ गतराती गएको बाढी र पहिरोले दर्जनौं घर बगाएको छ । जसमा कम्तिमा १२ जना बेपत्ता भएको स्थानीय प्रशासनले जानकारस् गराएको छ । यस स्थानमा सुकुर्दुङ खोलाले वितण्डा मच्चाएको हो । बाढीले कम्तिमा १० घर बगेका छन् । सुकुर्दुङ खोलाको… Continue reading बागलुङमा बाढी, कम्तिमा १२ जना वेपत्ता

अगष्टमा बाइडेन क्याम्पेनले उठायो ३६४.५ मिलियन डलर चन्दा, मासिक चन्दा संकलन नयाँ रेकर्ड कायम

न्यूयोर्क / डेमोक्रेटिक राष्ट्रपतिय उम्मेद्वार जो बाइडेनको क्याम्पेनले अगष्ट महिनामा ३६४.५ मिलियन डलर (३६ करोड ४५ लाख अमेरिकी डलर) चन्दा संकलन गर्न सफल भएको छ । अमेरिकामा कुनै पनि राष्ट्रपतिय उम्मेद्वारको क्याम्पेनले एकै महिनामा यति धेरै रकम उठाएको यो पहिलो पटक हो । अगष्ट पहिलो साता सिनेटर कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेद्वार चयन गरेपछि बाइडेन क्याम्पेनको… Continue reading अगष्टमा बाइडेन क्याम्पेनले उठायो ३६४.५ मिलियन डलर चन्दा, मासिक चन्दा संकलन नयाँ रेकर्ड कायम

५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा निषेधाज्ञा लगाउन सकिने

file

काठमाडौं । अब ५ सय भन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित भएको जिल्लामा सरकारले निषेधाज्ञा जारी गर्न सक्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी गराएको हो । तर, २ सय सक्रिय संक्रमित नाघेको अवस्थामा भने लकडाउन घोषणा गर्न सकिने भएको छ । लकडाउन निषेधाज्ञाको तुलनामा केही खुकुलो हुन्छ । मन्त्रालयका प्रवक्ता डाक्टर… Continue reading ५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा निषेधाज्ञा लगाउन सकिने

स्थानीय प्रशासनको आदेश : काठमाडौं छिर्न पिसिआर नेगेटिभ अनिवार्य

File

काठमाडौं । काठमाडौं उपत्यका छिर्न पुनः कोरोना संक्रमण परीक्षण पिसिआर रिर्पोट नेगेटिभ आएको हुनुपर्ने प्रावधान अनिवार्य गरिएको छ । उपत्यकामा निषेधाज्ञा लम्ब्याउदै काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले यस्तो प्रावधान अनिवार्य गरेका हुन् । अत्यावश्यक काम परेमा उपत्यका छिर्न दिइने छ । तर पिसिआर रिर्पोट भने अनिवार्य नेगेटिभ आएको हुनुपर्छ । तीन वटै जिल्ला… Continue reading स्थानीय प्रशासनको आदेश : काठमाडौं छिर्न पिसिआर नेगेटिभ अनिवार्य

विदेशी एयरलाइन्सले नेपाल एयरलाइन्सको भन्दा महंगो भाडा लिन नपाउने

काठमाडौं । अहिले विदेशबाट फर्कने नेपालीलाई लक्षित गरी सरकारले अन्तर्राष्ट्रिय नियमित उडान खुला गरेको छ । तर, यही मौकाको फाइदा उठाउन वायुसेवा कम्पनीले मंहगो शूल्कमा टिकट बिक्रि गरिरहेका छन् । यसै सन्दर्भमा पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगम र हिमालय एयरलाईन्सको उडान भएको रुटमा निगमले तय गरेको भाडादर भन्दा महंगोमा यात्रु ल्याउने गरी विदेशी एयरलाइन्सलाई अनुमति… Continue reading विदेशी एयरलाइन्सले नेपाल एयरलाइन्सको भन्दा महंगो भाडा लिन नपाउने

उपत्यकामा भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको छलफलपछि भदौ १७ गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेका हुन् । उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै तेस्रोपटक निषेधाज्ञा थप गरिएको हो । यसअघि भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्‍ने निर्णयको… Continue reading उपत्यकामा भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा थपियो

नेपालमा थप ११ सय २० जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४१ हजार ६४९ जना पुगेको छ। पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप ११ सय २० जनामा कोरोना संक्रमण

अब हट्ला कोटेश्वरको जाम ?

काठमाडौं । काठमाडौं उपत्यकाका सबैभन्दा डरलाग्दो जाम हुने चोक हो कोटेश्वर । चारतर्फबाट अत्यन्तै ठूलो संख्यामा आउने सवारी साधनका कारण सामान्य अवस्थामा आधा घन्टासम्म जाममा पर्नु अनौठो होइन् । किनकी चोकमा अण्डर पास वा फ्लाइओभर नभएका कारण चोकमा एक पटकमा कम्तिमा दुई तर्फका सवारी साधनले पालो कुर्नुपर्छ । यो समस्या हटाउन सरकारले कोटेश्वरबाट जडीबुटी चोकसम्मको… Continue reading अब हट्ला कोटेश्वरको जाम ?

वीरगन्ज र नवलपरासीमा कोरोनाबाट थप एक-एक जनाको मृत्यु

वीरगन्ज । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज र नवलपरासीका एक-एक जनाको मृत्यु भएको हो । बाराको सम्रौनगढ नगरपालिका–९ बसबरियाटोल बस्ने ९७ वर्षीय वृद्धको आज बिहान ज्यान गएको छ । उनी मुटु र दमको समस्याबाट पिडित समेत रहेका थिए । उनको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारका क्रममा ज्यान… Continue reading वीरगन्ज र नवलपरासीमा कोरोनाबाट थप एक-एक जनाको मृत्यु

काठमाडौंको निषेधाज्ञा आज सकिदै, थप एक साता लम्ब्याउने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि आज सकिदैछ । आज राती १२ बजेबाट यसको अवधि समाप्त हुनेछ । तर, निषेधाज्ञापछि अझ तिब्र गतिमा कोरोना संक्रमित बढेपछि काठमाडौंमा निषेधाज्ञा लम्ब्याउने निष्कर्षमा स्थानीय प्रशासन पुगेको छ । मंगलबार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको हो । यद्दपी यसको मोडालिटी भने केही परिवर्तन… Continue reading काठमाडौंको निषेधाज्ञा आज सकिदै, थप एक साता लम्ब्याउने तयारी

निगमले फेरी बढायो पेट्रोलको भाउ

काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य बढाउने निर्णय गरेको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँले बढेको छ । अब काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपैयाँ पुगेको छ । निगमका अनुसार अंग्रेजी महिनाको १ र १६ मा नियमित… Continue reading निगमले फेरी बढायो पेट्रोलको भाउ

प्रधानमन्त्री ओलीले बंगलादेशी समकक्षीसँग मागे युरिया मल पैंचो

काठमाडौं । नेपाल सरकारले बंगलादेश सरकारसँग यूरिया मल पैंचो मागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बंगलादेशी समकक्षी शेख हसिनासँग टेलिफोन वार्ता गरेका छन् । वार्ताका क्रममा बंगलादेश नेपाललाई यूरिया मल दिन सकारात्मक देखिएको प्रधानमन्त्री ओलीले टुइट गर्दै उल्लेख गरेका छन् । नेपालमा समयमै यूरिया मलको खरीद गर्न नसकेपछि मूख्य धानबाली लगाउने बेलामै नेपालमा… Continue reading प्रधानमन्त्री ओलीले बंगलादेशी समकक्षीसँग मागे युरिया मल पैंचो

नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४० हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ८८ पीसीआर परीक्षणमा १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४० हजार ५२९ जना पुगेको… Continue reading नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४० हजार नाघ्यो

नेपालमा उपचार र बीमाको ग्यारेन्टी भए मात्र कोरोनाको खोपको परीक्षणको अनुमति

काठमाडौं । कोरोना भाइरस सम्बन्धी खोपको नेपालमा गर्ने भनिएको तेस्रो चरणको परीक्षण तत्कालै नहुने अधिकारीहरूले बताएका छन्। परीक्षणका लागि इच्छुक कम्पनीलाई प्रस्ताव पठाइने र नेपाललाई हुने फाइदाबारे छलफल गरेर मात्रै निर्णय लिइने राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाले बताएका छन्। चीनमा विकास भइरहेको एउटा खोप, ब्रिटेनको अर्क्सफोर्ड विश्वविद्यालयले बनाएको खोप र रुसी खोपको… Continue reading नेपालमा उपचार र बीमाको ग्यारेन्टी भए मात्र कोरोनाको खोपको परीक्षणको अनुमति

चितवनमा एकै दिन तीन जनाको कोरोनाका कारण मृत्यु

भरतपुर । चितवनमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन तीन जनाको ज्यान ज्यान गएको छ । कोरोना भाइरस पुष्टी नभएका तीन जनाकै मृत्युपछि परीक्षण गर्दा कोरोना देखिएको हो । जिल्लामा पिसिआर परीक्षण बीना अस्पतालहरुले भर्ना नलिने भएकाले बिरामी भएर गएका उनीहरुको सोमबार विभिन्न अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पतालमा निधन भएको हो । जिल्लाका मेडिकल कलेज र अस्पतालमा… Continue reading चितवनमा एकै दिन तीन जनाको कोरोनाका कारण मृत्यु

शैक्षिक गतिविधि थप १५ दिन प्रतिवन्ध

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाएको शैक्षिक गतिविधि माथिको प्रतिवन्ध थप १५ दिन लम्ब्याएको छ । यसअघि १६ भदौबाट संचालनको योजना बनाइएका गतिविधिहरुलाई भदौ मसान्तसम्म सारिएको हो । अब कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौ महिनाभर सञ्चालन गर्न पाइने छैन । आइतबार बसेको मन्त्रिपरिषद बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य… Continue reading शैक्षिक गतिविधि थप १५ दिन प्रतिवन्ध

वैदेशिक रोजगारी थप खुकुलो, माग आएमा नयाँ कामदार पनि जान पाउने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीलाई थप खुकुलो पारेको छ । कोरोना महामारी र लकडाउन पछि बन्द भएको वैदेशिक रोजगारीलाई प्रारम्भमा भिसा सम्झौता बाँकि रहेका र घर बिदामा आएकालाई मात्र जान दिने निर्णय भएको थियो । अब भने रोजगारदाता मुलुक लैजान तयार भए नयाँ श्रम स्वीकृति खुलासमेत दिने निर्णय गरेको हो । आइतबार साँझ बसेको मन्त्रिपरिषद… Continue reading वैदेशिक रोजगारी थप खुकुलो, माग आएमा नयाँ कामदार पनि जान पाउने

बहराइनका राजकुमारको टोलीलाई नेपालमा हिमाल आरोहणको अनुमति

काठमाडौं । सरकारले लकडाउनपछि पहिलो पटक हिमाल आरोहणको अनुमति दिएको छ । सरकारले बहराइनका राजकुमार सहितको टोलीलाई हिमाल आरोहणको अनुमति दिएको हो । उनीहरु चार्टर्ड जहाजबाट काठमाडौं आउनेछन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी १५ सेप्टेम्बरपछि लागू हुने गरी पहिलो आरोहण अनुमति दिने निर्णय गरेको हो । सरकारले बहराइनका राजकुमारसहितको १५ जनाको टोली र ३… Continue reading बहराइनका राजकुमारको टोलीलाई नेपालमा हिमाल आरोहणको अनुमति

गैरआवासीय नेपाली दूतावासको सिफारिसमा नेपाल आउन पाउने

काठमाडौं । सरकारले लकडाउन र कोरानो महामारीका बीच गैरआवासीय नेपालीका लागि समेत नेपाल आउने ढोका खोलेको छ । तर, सबै गैरआवासीय नेपाली भने नेपाल आउन पाउने छैनन् । सम्बन्धित मुलुकस्थित नेपाली कुटनीतिक नियोगको सिफारिसमा मात्र उनीहरुलाई नेपाल आउने अनुमति मिल्नेछ । तर, सिफारिस लिने कन्डिसन भने विशेष मात्र तोकिएको छ । कुनै पनि गैरआवासीय नेपालीको… Continue reading गैरआवासीय नेपाली दूतावासको सिफारिसमा नेपाल आउन पाउने

काठमाडौँका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ। सचिवालयको अनुसार शाक्यको शनिबार ग्रान्डी अस्पतालमा परीक्षण गरिएको थियो। आइतबार आएको नतिजामा उनमा कोराना पुष्टि भएको हो । मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी होम आइसोलेसनमा बसेका छन् । शाक्य निषेधाज्ञा लागू भएयता विभिन्न बैठकहरुमा सहभागी हुँदै आएका थिए।

नेपालमा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाटथप सात जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा चार वर्षीया बालिकासहित तीन महिला र चार पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा महोत्तरीकी चार वर्षीया बालिका, गोरखाकी ६५ र रुपन्देहीकी ६८ वर्षीया महिला तथा झापाका ८६, रौतहटका ४०, चितवनका ७८… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु

नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको ११ हजार १ सय २९ पीसीआर परीक्षणमा ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४६०… Continue reading नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

कतारमा श्रमिकको न्यूनतम आम्दानी मासिक १८ सय रियाल

कतार । कतार सरकारले श्रमिकको न्यूनतम ज्याला १ हजार कतारी रियाल तोकेको छ । यो न्यूनतम ज्याला हो । यसमा खाना र बस्नका लागि अतिरिक्त क्रमशः ५ सय ३ सय रियालसमेत भुक्तानी गर्नुपर्नेछ । आइतबार कतारको श्रम तथा सामाजिक विकास मन्त्रालयबाट श्रमिकको न्यूनतम ज्याला तोकिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । अलजजिराका अनुसार यो नियम यसअघि… Continue reading कतारमा श्रमिकको न्यूनतम आम्दानी मासिक १८ सय रियाल

कालिकोट पहिरोमा १० को मृत्यु, दुई घाइते

मान्मा । कालिकोटमा आइतबार गएको पहिरोमा मृत्यु हुनेको संख्या १० पुगेको छ । प्रहरीका अनुसार कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा गएको पहिरोमा एकै घरका चार जनासहित १० जनाको निधन भएको हो । दुइ जना भने घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको प्रहरीले जानकारी दिएको छ । आइतबार दिउँसो नाग्म… Continue reading कालिकोट पहिरोमा १० को मृत्यु, दुई घाइते

लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौभरी नखुल्ने

काठमाडौं । नेपालमा लामो दुरीको सार्वजनिक यातायात र आन्तरिक उडानमाथिको प्रतिवन्ध थप १५ दिन लम्बिएको छ । सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको हो । आइतबार बसेको मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो । यसअघि अन्तरजिल्ला यातायात तथा हवाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णय… Continue reading लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौभरी नखुल्ने