सुनिताले जन्माइन चम्ल्याहा शिशु

पोखरा । पोखराको मणिपाल कलेजमा चम्ल्याहा (चार) बच्चा जन्मिएका छन् । स्याङ्जा, पुतलीबजार १ की २६ वर्षीया सुनिता पौडेल प्रधानको कोखबाट भाग्यमानी चार सन्तानको जन्म भएको हो । ३ छोरी र १ जना छोराको जन्म भएको । चिकित्सकका अनुसार शल्यक्रिया गरी बच्चा जन्माइएको हो । बिहीबार जन्मिएका यी शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको… Continue reading सुनिताले जन्माइन चम्ल्याहा शिशु

त्रिशुलीमा दुई बच्चासहित दम्पत्तीले हाम फाले

प्रतिकात्मक तस्वीर

काठमाडौं । त्रिशुली नदीमा बिहीबार दुई बच्चासहित एक दम्पत्तीले हाम फालेको छन् । यस घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जनालाई बचाउन सकिएको प्रहरीले जनाएको छ । धादिङमा भएको घटनामा दुई नाबालक र एक महिलाको निधन भएको छ र पुरुषलाई भने सकुसल बचाएर प्रहरीले निन्त्रणमा राखेको छ । जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार… Continue reading त्रिशुलीमा दुई बच्चासहित दम्पत्तीले हाम फाले

भूकम्प सुरक्षा दिवसकै दिन बझाङमा भूकम्प

काठमाडौं । बझाङमा बिहीबार बिहान भूकम्पको धक्का महसुश गरिएको छ । आज माघ २ भूकम्प सुरक्षा दिवस मनाउने दिनमै पश्चिम नेपालमा भूकम्पको अनुभव गरिएको हो । बिहीबार बिहान ५ बजेर ५९ मिनेटमा तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले उल्लेख गरेको छ । भूकम्पको क्षतिबारे भने थाहा… Continue reading भूकम्प सुरक्षा दिवसकै दिन बझाङमा भूकम्प

काभ्रेको जंगलबाट जुवाडे पक्राउ

फाइल तस्वीर

काठमाडौं । काभ्रेमा जंगलबाट जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई नियन्त्रणमा लिएको जानकारी गराएको छ । उनीहरु जंगलमा लुकेर तास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । बुधबार बेलुका उनीहरुलाई पक्राउ गरिएको र उनीहरुको साथबाट नगद रु एक… Continue reading काभ्रेको जंगलबाट जुवाडे पक्राउ

राजधानीका चोक-चोकमा बल्न थाले ट्राफिक लाइट

काठमाडौं । राजधानी काठमाडौंका सडकमा ट्राफिक लाइट बल्न थालेका छन् । सडक विभाग र महानगरीय ट्राफिक प्रहरी कार्यालयबाट बिग्रेका ट्राफिक बत्ति मर्मत तथा नयाँ जडान गरी ट्राफिक लाइट बाल्न सफल भएका हु्न । बानेश्वर, सिंहदरबार, गौशाला, महाराजगञ्ज चोक, कालिमाटी, तीनकुने, पद्मोदय चोक, पुतलीसडक, बागबजार, पुरानो बानेश्वर, मित्रपार्कमा ट्राफिक बत्ति बल्न थालेको छ । यसले ट्राफिक… Continue reading राजधानीका चोक-चोकमा बल्न थाले ट्राफिक लाइट

ललितानिवास काण्डका आरोपीको घरमा बम विस्फोट

फाइल तस्वीर

काठमाडौं । बालुवाटारको ललितानिवास जग्गा काण्डका आरोपित मध्ये एक शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । बुधबार साँझ उनको नागार्जुनस्थित घरमा बम विस्फोट भएको प्रहरीले पुष्टी गरेको छ । नागार्जुन, १ नर्सरी चोकमा उनको घर रहेको छ । विस्फोटले घरमा सामान्य क्षति भएको र पार्किङ गरी राखेको गाडीमा समेत सामान्य क्षति भएको बताइएको छ… Continue reading ललितानिवास काण्डका आरोपीको घरमा बम विस्फोट

प्रचण्डले भने : १७ हजार मारेको दोष किन मलाई मात्र ?

काठमाडौं । १० वर्ष लामो सशस्त्र द्वन्द्वमा विद्रोही माओवादीको नेतृत्व गरेका नेकपा अध्यक्ष प्रचण्डले १७ हजार मान्छे मारेर आएको भन्ने तथ्यांकलाई सच्याउन आग्रह गरेका छन् । उनले जनयुद्धका क्रममा भएका नराम्रा कामको जिम्मेवारी लिने भन्दै माओवादीका तर्फबाट मारिएका ५ हजारको मात्र आफूले जिम्मा लिने बताएका छन् । १२ हजार मानिस हिँजोका राज्य सत्ताले मारेको र… Continue reading प्रचण्डले भने : १७ हजार मारेको दोष किन मलाई मात्र ?

आधा आर्थिक वर्ष सकिदा मात्र १३.७२ प्रतिशत विकास खर्च

काठमाडौं । विकास खर्चका सन्दर्भमा यस पटक पनि सरकार असफल भएको छ । आर्थिक वर्ष २०७६\७७ को आधा समय घर्किएको छ । तर, यसबीचमा मात्र १३.७२ प्रतिशत विकास खर्च सम्भव भएको सरकारी तथ्यांकले देखाएको छ । महालेखा नियन्त्रकको कार्यालयले जारी गरेको आंकडा अनुसार यस बीचमा २५.५१ प्रतिशत बजेट खर्च भएको छ । त्यसमध्ये पूँजिगत खर्च… Continue reading आधा आर्थिक वर्ष सकिदा मात्र १३.७२ प्रतिशत विकास खर्च

नेजाको अधिवेशन तयारीका लागि न्यूयोर्कमा पत्रकार भेला

न्युयोर्क/अमेरिका नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आगामी मे महिनामा न्यूयोर्कमा हुन लागेको सातौं अधिवेशनको तयारीबारे पत्रकारहरुबीच छलफल गरिएको छ । नेजाले आइतबार न्यूयोर्कको ज्याक्सन हाइटमा आयोजना गरेको छलफलमा अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा कार्यरत पत्रकारहरु सहभागी भएका थिए । नेजाको सातौं अधिवेशन तथा १४ औं साधारण सभा आगामी मे महिनाको २ र ३ गते हुँदैछ… Continue reading नेजाको अधिवेशन तयारीका लागि न्यूयोर्कमा पत्रकार भेला

चर्चित नेपाली बुलफाइट आज

काठमाडौं । पछिल्ला वर्षहरुमा गोरु जुधाइले व्यवसायिक रुप लिएको छ । सोही मौका पारेर आज नुवाकोट र रसुवामा गोरु जुधाई महोत्सव आयोजना हुँदैछ । देशविदेशका पर्यटक आकर्षित गर्ने उद्देश्यले पछिल्लो एक दशकयता नुवाकोट र रसुवामा व्यवसायिक रुपमै गोरु जुधान थालिएको हो । नुवाकोटको तारुका र नुवाकोट तथा रसुवाको सीमाना वेत्रावतीमा आज भब्य मेला लाग्छ ।… Continue reading चर्चित नेपाली बुलफाइट आज

के रंगभेदी ‘पपुलिष्ट’ राजनीतिकै शिकार भएका हुन् त राजकुमार ह्यारी दम्पत्ती? किन बसाउँदैछन् क्यानडामा नयाँ घर ?

प्रभात भट्टराई/अमेरिका राजकुमार ह्यारी एक विन्दास व्यक्ति थिए । हँसिलो स्वभावका उनी धेरैका लागि रोल मोडल नै बने । दरबारी रवाफ भन्दा आम जीवनमा रमाउँथे । कहिले बन्दुक बोकेर आफ्ना सैनिकहरुको हौसला बढाउन अफगानिस्थानको युद्ध मैदानमा पुग्थे त कहिले भूकम्पले क्षतविक्षत नेपालका विकट गाउँमा गएर श्रमदान गर्थे । दुई बर्ष अघि अमेरिकी अभिनेतृ मेघन मर्केलसँग… Continue reading के रंगभेदी ‘पपुलिष्ट’ राजनीतिकै शिकार भएका हुन् त राजकुमार ह्यारी दम्पत्ती? किन बसाउँदैछन् क्यानडामा नयाँ घर ?

टसमस गरिनन् शिवमाया, नेकपालाई सकस

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा गर्न नमानेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संकटमा फसेको छ । उपसभामुखलाई राजिनामा गर्न लगाएर सभामुखमा आफ्नो पार्टीबाट माथिल्लो तहका नेता राख्ने र उपसभामुख विपक्षि दललाई दिने रणनीतिमा शिवमाया तगारो बनेकी छिन् । उनले आफूलाई हटाएर देखाउन चूनौति दिँदै राजिनामा नगर्ने बताएकी हुन । उनको शर्त भने आफू… Continue reading टसमस गरिनन् शिवमाया, नेकपालाई सकस

पोर्चुगलमा दुई नेपाली दाजुभाईलाई समुन्द्री छालले बगायो

काठमाडौं । पोर्चुगलमा दुई नेपाली दाजुभाईलाई समुन्द्री छालले बगाएको छ । दूर्घटनामा दुबै जनाको ज्यान गएको हो । समुन्दी किनारमा माछा मार्न पुगेका धादिङका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङको मृत्यु भएको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ । पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा यो दूर्घटना भएको हो । माछा मार्न किनारमा… Continue reading पोर्चुगलमा दुई नेपाली दाजुभाईलाई समुन्द्री छालले बगायो

सिमा अतिक्रमणबिरुद्ध राष्ट्रसंघका महासचिवलाई ज्ञापनपत्र

न्यूयोर्क/अमेरिका भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमण बिरुद्ध संयुक्त राष्ट्रसंघ मुख्यालय न्युयोर्क अगाडि विरोध प्रदर्शन गरिएको छ । भारतले हालै सार्वजनिक गरेको नक्शामा नेपाली भूभागहरु समेटेको विरोधमा गरिएको प्रदर्शनमा न्युयोर्क र आसपासका राज्यबाट समेत नेपालीहरुको उपस्थीति थियो । राष्ट्रसंघ मुख्यालय अगाडि रहेको राल्फ पार्कमा आयोजित कार्यक्रममा सिमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालका तर्फबाट लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली… Continue reading सिमा अतिक्रमणबिरुद्ध राष्ट्रसंघका महासचिवलाई ज्ञापनपत्र

भाटभटेनीसहित ५ कम्पनीले कर छलेको अदालतको ठहर

काठमाडौं । भाटभटेनी सुपरमार्केटसहित पाँच कम्पनीले नक्कली भ्याट बिल बनाएर राज्यले पाउनु पर्ने कर छली गरेको सर्वोच्च अदालतले ठहर गरेको छ। करीव १ दशक अगाडीको मुद्दामा सोमबार सर्वोच्चले फैसला सुनाएको हो । राजस्व न्यायाधीकरणले कर छली भनी दोषी ठहर भएका भाटभटेनी सुपरमार्केट, अरूण इन्टरकन्टिनेन्टल, शंकर ग्याँस, महेश बानियाँ र आइएटी प्रालि सर्वोच्चको ढोका ढक्ढकाउन पुगेका… Continue reading भाटभटेनीसहित ५ कम्पनीले कर छलेको अदालतको ठहर

परवेज मुसर्रफमाथि मृत्युदण्डको फैसला रद्द

काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्डको फैसला रद्द गरिएको छ । पाकिस्तानको लाहोर हाइकोर्टले पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाएको थियो । उक्त फैसला गैरकानुनी भएको भन्दै अदालतले उक्त आदेश रद्द गरेको छ । मुसर्रफले अदालतको फैसलालाई चुनौती दिँदै पुरनरावेदन दिएका थिए । उक्त निवेदनमाथि अदालतको पूर्ण इजलासले बहस… Continue reading परवेज मुसर्रफमाथि मृत्युदण्डको फैसला रद्द

नदीजन्य निर्माण सामग्री आपूर्ति गर्न खानी खोतल्ने तयारी

फाइल तस्वीर : हिउँदमा खोलामा वालुवा निकाल्दै

काठमाडौं । देशभर नदीजन्य निर्माण सामग्रीको उत्खनन्का कारण नदीहरुको अधिक दोहन भएको गुनासो बढ्दै गएपछि सरकारले अब खानीबाट निर्माण सामग्री आपूर्तिको योजना बनाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले नदीले मात्र निर्माण सामर्ग्री आपूर्ति नधान्ने भन्दै खानी खोतल्ने बताएको एक महिनापछि उद्योगमन्त्री लेखराज भट्ट पनि यही लाइनमा उभिएका छन् । उनका अनुसार खानीबाट नदीजन्य सामगी… Continue reading नदीजन्य निर्माण सामग्री आपूर्ति गर्न खानी खोतल्ने तयारी

नेपालले चीनका सात बन्दरगाह प्रयोग गर्न पाउने

काठमाडौं । नेपालले अब चीनका सात वटा बन्दरगाह प्रयोग गरी मालसामान ढुवानी गर्न सक्ने भएको छ । त्यसमध्ये चारवटा समुन्द्री र दुई वटा सुख्खा बन्दरगाह रहेका छन् । नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा ल्याइएपछि यस्तो बाटो खुलेको हो । उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालका अनुसार चीनको तियानजिन, लियनयुंगा, सेन्जेन र… Continue reading नेपालले चीनका सात बन्दरगाह प्रयोग गर्न पाउने

देउवाको सक्रियताले कांग्रेसमा निस्किएला निकास ?

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विवाद समाधानमा पहल थालेका छन् । उनले आइतबार वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग भेट गर्दै अनिर्णयको बन्दी भएको पार्टीलाई निकास दिने प्रयास थालेका हुन् । ११ पुसमा केन्द्रीय समिति बैठकबाट १४ औं महाधिवेशनको कार्यतालिका ल्याएको र वर्तमान कार्यसमितिको अवधि १ वर्ष लम्ब्याएपछि पौडेल र सिटौला… Continue reading देउवाको सक्रियताले कांग्रेसमा निस्किएला निकास ?

फोहोरबाट विजुली झिक्न युएईद्वारा नेपाललाई १ अर्ब १३ करोड ऋण

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई १ करोड डलर (१ अर्ब १३ करोड) ऋण दिने भएको छ । शहरी फोहोरबाट विजुली उत्पादन गर्न यो रकम उपयोग गरिने भएको हो । अबुधावीमा विश्व नवीकरणीय उर्जा संघ (इरिना) को वार्षिक साधारण सभा चलिरहेको छ । सभामा नेपालका तर्फबाट उर्जा मन्त्री वर्षमान पुनले भाग लिइरहेका छन्… Continue reading फोहोरबाट विजुली झिक्न युएईद्वारा नेपाललाई १ अर्ब १३ करोड ऋण

प्रदेश नम्बर ३ को नाम अब बाग्मती, राजधानी हेटौडा

काठमाडौं । प्रदेश नं ३ को नाम बाग्मती र राजधानी हेटौडा हुने गरी प्रदेशसभाबाट पारित भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम बाग्मती राख्ने निर्णयलाई सर्वसम्मतले पारित गरेको हो। प्रदेशको नाम बाग्मती राख्ने प्रस्तावमा एक सय ८ मत आएको छ प्रदेशसभामा एक सय १० सांसद छन् । दुई जना भने अनुपस्थित थिए ।… Continue reading प्रदेश नम्बर ३ को नाम अब बाग्मती, राजधानी हेटौडा

महरा प्रकरण : रोशनीको स्वास्थ्य परिक्षण गर्ने डाक्टरलाई अदालतले बोलायो

काठमाडौं । पूर्वसभामुख कृष्ण बहादुर महराविरुद्ध लागेको बलात्कार प्रयासको मुद्दामा जिल्ला अदालत काठमाडौंले आरोप लगाउने रोशनी शाहीको स्वास्थ्य परिक्षण गर्ने डाक्टरलाई बयानका लागि बोलाएको छ । रोशनीले शुरुमा बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन् । तर, त्यसको २४ घण्टा पनि नबित्दै उनले महराबाट त्यस्तो कुनै काम नभएको भन्दै उनी निर्दोष रहेको बयान दिएकी थिइन् ।… Continue reading महरा प्रकरण : रोशनीको स्वास्थ्य परिक्षण गर्ने डाक्टरलाई अदालतले बोलायो

काठमाडौंको बौद्धमा गोली हानी अभियुक्त लामालाई पक्राउ

काठमाडौं । काठमाडौंको बौद्धमा प्रहरीले गोली हानेर एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गुण्डागर्दीमा संलग्न विष्णु लामालाई प्रहरीले गोली हानेर समातेको हो । महानगरीय प्रहरी वृत्त, बौद्धले लामालाई प्रक्राउ गर्न खोज्दा भागेको र त्यसपछि प्रहरीले गोली चलाएको बताइएको छ । प्रहरीले दायाँ खुट्टामा घुँडामुनी गोली हानेर उनलाई पक्रिएको छ । लामा रहेको सूचनाका… Continue reading काठमाडौंको बौद्धमा गोली हानी अभियुक्त लामालाई पक्राउ

माटोको सम्मानमा बोल्नै नहुने, यो हुनुहुदैन : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले माटोको सम्मान र राष्ट्रनायकहरुको वीरगाथाबारे बोल्न नसक्ने परिपाटी मुलुकमा आउन नहुने बताएकाछन् । पृथ्वी जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गरेका पूर्वराजा ज्ञानेन्द्रले असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने काम कतैबाट हुन नहुने समेत उल्लेख गरेका छन् । उनले परस्पर प्रेम, एकता र सद्भावमा लाग्न समेत देशबासीमा आह्वान गरेका छन् । जनमानसमा… Continue reading माटोको सम्मानमा बोल्नै नहुने, यो हुनुहुदैन : पूर्वराजा ज्ञानेन्द्र

आज पृथ्वी जयन्ती, पृथ्वीनारायण शाहको सम्झनामा विविध कार्यक्रम

काठमाडौं । नेपाल एकीकरणमार्फत टुक्रा टुक्रामा विभाजित राज्यलाई सिंगो मुलुक बनाएका राजा पृथ्वीनारायण शाहलाई स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ मा उनको जन्म भएको थियो । १८ वर्षको उमेरमै राजगद्दी सम्हालेका उनी त्यसपछि नेपाल एकिकरणको अभियानमा लागेका थिए ।… Continue reading आज पृथ्वी जयन्ती, पृथ्वीनारायण शाहको सम्झनामा विविध कार्यक्रम

युक्रेनी जहाज आफैले झारेको इरानले स्वीकार गर्यो

तेहरान । युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाज भुलवस दूर्घटनामा परेको इरानले स्वीकार गरेको छ । १७६ यात्रुको ज्यान जाने गरि भएको जहाज इरानकै कारण झरेका स्वयमः इरानी अधिकारीहरुले जनाएका छन् । इरानको सेनाले क्षेप्यास्त्र प्रहार गरी जहाज खसालेको पुष्टी भएको हो । राष्ट्रपति हसन रुहानीले ट्विट गर्दै सेनाको आन्तरिक छानबिनबाट मानवीय त्रुटीका कारण विमानमा मिसाइल प्रहार… Continue reading युक्रेनी जहाज आफैले झारेको इरानले स्वीकार गर्यो

उपसभामुखलाई राजिनामा गराउने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ । शनिबार नेकपा सचिवालयको बैठक बसेको थियो । प्रवक्ता नारयणकाजी श्रेष्ठका अनुसार सभामुखमा पार्टीका तर्फबाट उम्मेदवार दिने र उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय भएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले शुक्रबार उपभामुखसँग छलफल गरेका थिए ।… Continue reading उपसभामुखलाई राजिनामा गराउने नेकपाको निर्णय

भारतमा बस र ट्रक ठोक्किदा लागेको आगोले २० को ज्यान गयो

कन्नौज । भारतको उत्तरप्रदेशस्थित कन्नौजमा एक निजी बस र ट्रक ठोक्किदा बसमा भयंकर आगो लागेको छ । आगोमा जलेर कम्तिमा २० जनाको मृत्यु भइसकेको प्रहरीले पुष्टी गरेको छ । करीव ४१ जना सवार भएको अनुमान गरिएपनि यकिन यात्रु संख्या पत्ता नलागेको बताइएको छ । यो स्लिपिंग बस थियो । आगलागीका कारण कैयौं मानिस घाइते भएका… Continue reading भारतमा बस र ट्रक ठोक्किदा लागेको आगोले २० को ज्यान गयो

अझै फुकेन सभामुखको गाँठो, शिवमायाले दिइनन् राजिनामा

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शुक्रबार उपसभाुमख शिवमाया तुम्बाहङफेसँग छलफल गरेका छन् । सो क्रममा शीर्ष नेताले राजिनामा गरेर सभामुख चयनको बाटो खुला गर्न आग्रह गरेका थिए । तर, शिवमायाले भने यसमा असहमति जनाएकी छिन् । शुक्रबार दिउँसो नेकपाका अध्यक्षद्धयले उपसभामुख तुम्बाहाङफेसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन्… Continue reading अझै फुकेन सभामुखको गाँठो, शिवमायाले दिइनन् राजिनामा

अवैध क्रसरको विरोध गर्ने युवकको टिपरले किचेर हत्या

काठमाडौं । नेपालमा क्रसर उद्योगीको दादागिरिको एक हद शुक्रबार देखिएको छ । उत्खनन् बाट नदीजन्य वस्तुको अवैध तस्करी रोक्न माग गर्ने एक युवालाई धनुषामा टिपरले किचेर मारिएको छ । प्रहरीका अनुसार धनुषा जिल्ला, मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको काम रोक्न सक्रिय स्थानीय युवा दिलीपकुमार महतोलाई टिपरले किचेर हत्या… Continue reading अवैध क्रसरको विरोध गर्ने युवकको टिपरले किचेर हत्या