काठमाडौं । सर्वोच्च अदालतले अनलाइन माध्यमबाट हुने सामान खरिदबिक्री र होम डेलिभरी सेवा नरोक्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ। निषेधाज्ञाको समयमा अनलाइन खरीद बिक्रि र डेलिभरी हुने काममा प्रहरीले अवरोध गरिरहेको छ । काठमाडौं उपत्यकामा अत्यावश्यक वस्तुको खरीद बिक्रि अनलाइनमाध्यमबाट गर्न निकै सहज भइरहको समयमा यस्तो अवरोध भएपछि सर्वोच्चले नरोक्न आदेश गरेको हो ।… Continue reading अनलाइन खरिदबिक्री र होम डेलिभरी सेवा नरोक्न सर्वोच्चको आदेश
Category: फिचर
नेपालमा थप ४४७२ जनामा कोरोना संक्रमण पुष्टी, ६९५१ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४४७२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा भएको परीक्षणमा १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६९५१ जना संक्रमणमुक्त भएका छन् ।
प्रधानमन्त्री ओलीको ६ बुँदे प्रस्तावमा लिखित जवाफ दिने नेपाल समूहको निर्णय
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रस्तावको लिखित जवाफ दिने निर्णय गरेको छ । सोमबार बसेको माधव समुहका नेताहरुको बैठकले सो निर्णय गरेको हो । एमाले एकताका लागि भन्दै ओलीले आइतबार साँझ ६ बुँदे प्रस्ताव जारी गरेका थिए। जसमा नेपाल पक्षले राखेका माग मान्न तयार रहेको जनाएका… Continue reading प्रधानमन्त्री ओलीको ६ बुँदे प्रस्तावमा लिखित जवाफ दिने नेपाल समूहको निर्णय
निगमले घटायो हवाई इन्धनको भाडा, अब स्वचालित प्रणालीमा जाने
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धन (अन्तराष्ट्रिय) को मूल्य २० प्रतिशत घटाएको छ। निगमको सञ्चालक समितिको बैठकले हवाई इन्धनको मूल्य अन्य इन्धन सरह स्वचालित बनाउने निर्णय पनि गरेको छ । आज रातीदेखि लागू भएको नयाँ मूल्यसुचीअनुसार अब अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य १७८ डलरबाट घटेर प्रतिकिलोलिटर ७१५ डलर कायम भएको छ। संस्कृति, पर्यटन तथा… Continue reading निगमले घटायो हवाई इन्धनको भाडा, अब स्वचालित प्रणालीमा जाने
नेपाली शेयर बजारमा झिनो अंकको करेक्शन, १६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । सोमबार नेप्से ०.२१ अकले घटेर २९०६.७० विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२१ कम्पनीको १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६२ रुपैयाँ बराबरको ३ करोड ५४ लाख ७४ हजार ४१४ कित्ता शेयर किनबेच भएका छन् । सोमबार कारोबारमा आएका १३ समूह… Continue reading नेपाली शेयर बजारमा झिनो अंकको करेक्शन, १६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
पाकिस्तानमा दुई रेल ठोक्किए, कम्तिमा २५ जनाको मृत्यु
सिन्ध । पाकिस्तानमा दुई रेल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा कम्तिमा २५ जना मारिएका छन् । यो दुर्घटना पाकिस्तानको सिन्ध प्रान्तमा भएको हो । यहाँको डहरकीमा सर सैयद एक्सप्रेस र मिल्लत एक्सप्रेसका रेल एक आपसमा ठक्कर खाँदा कम्तिमा २५ जना मारिएको खबर समाचार एजेन्सीले प्रसारण गरेका छन् । कैयौं व्यक्ति घाइते रहेका र उद्धारको काम… Continue reading पाकिस्तानमा दुई रेल ठोक्किए, कम्तिमा २५ जनाको मृत्यु
विश्वकप छनोट : आज नेपालले बलियो टीम जोर्डनको सामना गर्दै
काठमाडौं । नेपालले विश्वकप फुटबल २०२२ तथा एशियाली फुटबल २०२३ को छनोट खेल अन्तर्गत आफुभन्दा निकै बलियो टोली जोर्डनको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राती पौने १० बजे शुरु हुने छ । कुवेतमा भइरहेको यो खेलमा नेपाल स्पष्ट जितको लक्ष्यका साथ मैदान उत्रने नेपालको राष्ट्रिय टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले जनाएका छन् ।… Continue reading विश्वकप छनोट : आज नेपालले बलियो टीम जोर्डनको सामना गर्दै
आतंकवादी समूह बोको हरामका नाइके मारिएको दावि
काठमाडौं\एजेन्सी । नाइजिरियाको आतंकवादी समूह बोको हरामका नेता अबुबकार सेकाउ मारिएको खबर सार्वजनिक भएको छ । उनले आफ्नो ज्यान आफैँ लिएको एउटा विपक्षी लडाकू समूहले एउटा अडिओ रेकर्डिङमार्फत दावि गरेको छ । बीबीसीका अनुसार समाचार संस्थाहरूले प्राप्त गरेको उक्त अडिओ रेकर्डिङमा दुईवटा समूहबीचको लडाइँपछि सेकाउले आफैँलाई विस्फोटन गराएको हुन् । यस्तो दावि इस्लामिक स्टेट वेस्ट… Continue reading आतंकवादी समूह बोको हरामका नाइके मारिएको दावि
महन्थ ठाकुर पक्ष सरकारमा गएपछि प्रदेश दुई सरकारमा पनि व्यापक फेरबदल हुने
काठमाडौं । जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेताहरु सरकारमा गएसँगै अब प्रदेश २ सरकारमा समेत व्यापक हेरफेर हुने भएको छ । आइतबार मुख्यमन्त्री लालबाबु राउतले आफ्नो मन्त्रिपरिषद्का चार मन्त्रीलाई बर्खास्त गरेका छन् । जसपा संसदीय दलको बहुमत सदस्यले दलको नेता उनलाई बनाएकै दिन राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन… Continue reading महन्थ ठाकुर पक्ष सरकारमा गएपछि प्रदेश दुई सरकारमा पनि व्यापक फेरबदल हुने
ओलीको प्रस्तावबारे नेपाल पक्षको मिश्रित प्रतिक्रिया
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु विरुद्ध अदालतमा गएको हस्ताक्षर फिर्ता भएमा पार्टीमा कसैलाई कारवाही नगर्ने र २०७५ साल जेठ २ गते भन्दा अगाडीका कमिटीहरु सक्रिय गराउने घोषणाबारे एमाले माधव नेपाल पक्षका नेताहरुको मिश्रित प्रतिक्रिया आएको छ । पछिल्लो समय ओलीसँग नजिक बन्दै गएका योगेश भट्टराईले प्रस्ताव सकारात्मक भएको बताएका छन् ।… Continue reading ओलीको प्रस्तावबारे नेपाल पक्षको मिश्रित प्रतिक्रिया
ओलीले भने : २०७५ जेठ ३ मा फर्कन तयार छु, पार्टीमा कसैलाई कारवाही गर्दिन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फूटको अन्तिम तयारीमा पुगेसँगै थप लचिलो हुने संकेत गरेका छन् । एमाले माधव नेपाल समुहले अब नयाँ पार्टी गठनको विकल्प नभएको निर्णय सार्वजनिक गरेकै दिन ओलीको यस्तो आह्वान सार्वजनिक भएको हो । उनले पार्टी एकताका लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका छन् । पार्टीलाई ३… Continue reading ओलीले भने : २०७५ जेठ ३ मा फर्कन तयार छु, पार्टीमा कसैलाई कारवाही गर्दिन
डेनमार्कबाट आउला नेपाललाई कोरोना खोप ?
काठमाडौं । नेपाल सरकारले डेनमार्क सरकारसँग खोप उपलब्ध गराउन आग्रह गरेको छ । डेनमार्क सरकारले कोरोना खोप उपलब्ध गराउन सकारात्मक देखिएसँगै स्वास्थ्य सेवा विभागले समेत पत्र लेखेको नेपाली संचारमाध्यमले लेखेका छन् । डेनिस सरकारसँग स्वास्थ्य सेवा विभागले एस्ट्राजेनेकाको खोप १४ लाख डोज उपलब्ध गराउन आग्रह गरेको हो । खोपको उपलब्ध गराउन सहजीकरणका लागि समेत सरकारले… Continue reading डेनमार्कबाट आउला नेपाललाई कोरोना खोप ?
बजेटमा निजी क्षेत्रका कार्यक्रम अगाडी बढाउन कार्यदल गठन
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८\७९ को बजेटमा निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रम कार्यान्वयन गर्न अर्थ मन्त्रालयले कार्यदल गठन गरेको छ । आइतबार निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थासँग छलफलपछि मन्त्रालयले स्टार्टअप व्यवसाय र कार्यस्थलमा आधारित तालिम तथा रोजगारी कार्यक्रमसम्बन्धी गृहकार्य गर्न कार्यदल गठन गरेको हो । अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई संयोजक रहेको कार्यदलमा उद्योग वाणिज्य तथा… Continue reading बजेटमा निजी क्षेत्रका कार्यक्रम अगाडी बढाउन कार्यदल गठन
नेपालमा थप ३४७९ जनामा कोरोना संक्रमण पुष्टी, ६६३६ जना संक्रमण मुक्त
काठमाड । पछिल्लो २४ घण्टामा देशभर ३४७९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामास्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् ।
गण्डकीका जनमोर्चा सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्यबाट राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको छ। आइतबार कुमार चुडालको एकल इजलासले उक्त आदेश दिएको हो। राष्ट्रिय जनमोर्चाले उनलाई कारबाही गर्दै प्रदेश सभा सदस्य पदसमेत नरहेपछि उनी सर्वोच्च अदालत पुगेका थिए । अदालतले आदेशमा भनेको छ, “निजको सांसद पद नरहेमा निजको काम कर्तव्य… Continue reading गण्डकीका जनमोर्चा सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश
‘संवैधानिक इजलासमाथि प्रश्न उठाउने अधिवक्तालाई अवहेलना मुद्दा चलाउने चेतावनी’
काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी दर्ता भएको रिटको सुनुवाईका लागि गठन भएको संवैधानिक इजलास फेरि विवादमा परेको छ । सरकारी पक्षका चार जना कानुन व्यवसायीले प्रतिनिधि सभा विघटनसम्बन्धी रिट ११ जना न्यायाधीशले हेर्न नमिल्ने जिकिरसहित निवेदन दर्ता गर्न खोजेपछि विवादमा परेको हो । प्रधानन्यायाधीश राणाले विवाद झिक्ने प्रधानमन्त्री पक्षका वकिललाई मानहानीको मुद्दा चलाउने चेतावनी दिएका… Continue reading ‘संवैधानिक इजलासमाथि प्रश्न उठाउने अधिवक्तालाई अवहेलना मुद्दा चलाउने चेतावनी’
बैंक चम्किँदा नेपाली शेयर बजारमा दोहोरो कीर्तिमान
काठमाडौं । शेयर बजारले ऐतिहासिक रेकर्ड ताडेको छ । साताको पहिलोदिन नेप्सेले सर्वाधिक २९०६ विन्दु चुम्दै नयाँ कीर्तिमान बनाएको हो । नेप्सेले २९०० विन्दु नाघेकोको यो इतिहासमै पहिलोपटक हो । यसअघि गत विहिबार हालसम्मकै उच्च २८५६ विन्दु चुमेको थियो । कारोबार रकममा पनि नयाँ रेकर्ड बनाएको छ । एकैदिन १७ अर्ब २७ करोड बढीको कारोबार… Continue reading बैंक चम्किँदा नेपाली शेयर बजारमा दोहोरो कीर्तिमान
कतारमा चर्को घाममा काम लगाउने ५४ कम्पनीलाई कारवाही
कतार । कतारमा मध्य दिउँसोको चर्को घाममा काममा लगाउन पाइदैंन । तर, सरकारको यो नियम अटेरी गरि काममा लगाएका ५४ कम्पनी कारवाहीमा परेका छन् । कतार सरकारले दिउँसोको चर्को घाममा काम लगाउने ५४ वटा कम्पनीलाई कारबाही गरेको हो । मजदुरलाई दिउँसोको चर्को घाममा काम लगाउने कम्पनीलाई कारबाही गरिएको त्यहाँको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा… Continue reading कतारमा चर्को घाममा काम लगाउने ५४ कम्पनीलाई कारवाही
व्यापक विरोधपछि राजेन्द्र महतोले सच्याए अभिव्यक्ति
काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतो नेपालमा बहुल राष्ट्रिय राज्य हुनुपर्ने बताएपछि देशभर व्यापक विरोध भइरहेको छ । यसबारे प्रधानमन्त्री केपी शर्मा ओली मौन बसेको भन्दै उनको समेत आलोचना भइरहेको छ । यसै सन्दर्भमा महताले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको भन्दै आफ्नो बोली सच्याएका हुन् । मन्त्री भएपछि शुक्रबार… Continue reading व्यापक विरोधपछि राजेन्द्र महतोले सच्याए अभिव्यक्ति
वरिष्ठताका आधारमा गठन होला प्रतिनिधिसभा विघटनबारेको संवैधानिक इजालस ?
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनको मुद्दामा आजबाट संवैधानिक इजलासमा सुनुवाइ शुरु हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यस सम्बधी मुद्दाको सुनुवाइमा गर्न आइतबार नयाँ संवैधानिक इजलास गठन गर्ने योजना बनाएका हुन् । यसअघि प्रगठन गरेको संवैधानिक इजलासमा रिट निवेदकतर्फका वकिलले आपत्ति जनाएपछि विवाद भइरहेको छ । इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार… Continue reading वरिष्ठताका आधारमा गठन होला प्रतिनिधिसभा विघटनबारेको संवैधानिक इजालस ?
गिट्टी-बालुवा निर्यात गर्ने सरकारको नीति तत्काल खारेज गर्न विपक्षी गठबन्धनको माग
काठमाडौं । सरकारले नेपालको पहाडबाट उत्खनन गरि गिट्टी बालुवा भारत निकासी गर्ने गरि लिएको नीति तत्काल खारेज गर्न विपक्षी गठबन्धनले माग गरेको छ । गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने र त्यसका माध्यमबाट व्यापार घाटा कम भन्दै सरकारले बजेटमा यो नीति राखेको हो । सत्ता टिकाउन भारतलाई रिझाउने गरि राष्ट्रहीत विरोधी कदम चालेको भन्दै… Continue reading गिट्टी-बालुवा निर्यात गर्ने सरकारको नीति तत्काल खारेज गर्न विपक्षी गठबन्धनको माग
निषेधाज्ञाकै समयमा दोस्रो पटक बढ्यो पेट्रोलियम पदार्थको भाउ
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको भाउ फेरी वृद्धि गरेको छ । डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटरमा दुई रुपैयाँ बढाइएको नेपाल आयल निगमले सूचना जारी गरि जानकारी गराएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको छ ।… Continue reading निषेधाज्ञाकै समयमा दोस्रो पटक बढ्यो पेट्रोलियम पदार्थको भाउ
बुर्किना फासोमा आतंकवादीद्धारा कम्तिमा १ सयको हत्या
काठमाडौं\एजेन्सी । बुर्किना फासोमा आतकंवादीको आक्रमणमा परी कम्तिमा एक सय जना मारिएको छन् । बीबीसीले समाचार एजेन्सी रोयटर्सलाई उदृत गर्दै जनाए अनुसार देशमो उत्तरी भागमा रहेको एउटा गाउँमा हतियारधारिहरूले आक्रमण गरेका छन् । यो घटना शुक्रबार रातीको हो । घटनामा कम्तिमा एक सय जना मारिएको राष्ट्रपति रोक कबोरेले जानकारी गराएका छन् । शुक्रवार राति सोल्हान… Continue reading बुर्किना फासोमा आतंकवादीद्धारा कम्तिमा १ सयको हत्या
कोरोनाबाट नेपालमा थप ६८ जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा ६८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यसअवधिमा उक्त संख्यामा मानवीय क्षति भएको हो । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७७९९ पुगेको छ । नेपालमा कुल संक्रमितको १.६ प्रतिशत मानिसले ज्यान गुमाउनु परेको छ । पछिल्लो केही… Continue reading कोरोनाबाट नेपालमा थप ६८ जनाको मृत्यु
नेपालमा थप ५०४२ मा कोरोना पुष्टी, ८२४३ ले जिते
काठमाडौं । नेपालमा शनिबार ५ हजार मानिसमा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ५०४२ जनामा कोरोना पुष्टी भएको हो । यस अवधिमा १६ हजार ८ सय १४ जनामा परीक्षण गरिएको थियो । पछिल्लो दिनमा परीक्षण कम भएसँगै संक्रमित समेत केही कम भएको देखिएको छ ।… Continue reading नेपालमा थप ५०४२ मा कोरोना पुष्टी, ८२४३ ले जिते
संक्रमण घटेपछि लकडाउन खुकुलो पार्दै दिल्ली
नयाँ दिल्ली र भारतको राजधानी नयाँ दिल्लीले कोरोना भाइरसको उच्च संक्रमण दरलाई नियन्त्रणमा लिन सफल भएको छ । यससँगै अब लकडाउन खुकुलो बनाउने तयारी दिल्ली सरकारले गरेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार पछिल्लो साता सङ्क्रमण दर ०.६८ प्रतिशत मात्र देखिएको छ । दिल्लीमा शुक्रबार ५२३ व्यक्तिमा मात्र संक्रमण देखियो । दिल्ली २ करोड भन्दा बढी… Continue reading संक्रमण घटेपछि लकडाउन खुकुलो पार्दै दिल्ली
ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि एम्फोटेरिसिन नेपाल आयो
काठमाडौं । ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि एम्फोटेरिसिन नेपाल आएको छ । यसअघि यो औषधी नेपालमा थिएन । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कालो ढुसीका नामबाट चिनिने ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि एम्फोटेरिसिन बी नेपाललाई पठाएको हो । नेपालको आग्रहमा डब्ल्यूएचओले एक हजार भाइल एम्फोटेरिसिन बी नेपाल आएको बताइएको छ । नेपालमा कालो ढुसीको… Continue reading ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि एम्फोटेरिसिन नेपाल आयो
नेपाललाई खोप दिन प्रधानमन्त्रीद्धारा बेलायतसँग आह्वान
काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिश समकक्षी बोरिस जोनसनसँग नेपाललाई कोरोना विरुद्धको खोप दिन आह्वान गरेका छन् । ओलीले बीबीसीकी दक्षिण एशिया संवाददाता रजनी वैद्यनाथनसँग कुरा गर्दै दुई देशको ऐतिहासिक सम्बन्धका आधारमा त्यसो गर्नु ब्रिटेनको दायित्व हुने समेत बताए । ओलीले यूकेका लागि नेपाली गोर्खा सैनिकहरूले गरेको त्याग र सेवाका कारण कोभिड सहायतामा… Continue reading नेपाललाई खोप दिन प्रधानमन्त्रीद्धारा बेलायतसँग आह्वान
हिमाल आरोहण सकियो, काठमाडौं फर्कदैं आरोहीहरु
काठमाडौं । यो सिजनको हिमाल आरोहण अभियान पुरा भएको छ । अघिल्लो सातासम्म अन्तिम पटक सगरमाथा चुचुरोमा पुगेका आरोही समेत अब क्रमशः काठमाडौं फर्कने क्रममा रहेको पर्यटन विभागले जनाएको छ । यो पटक कति आरोहीले हिमालको चुचुरोमा सफल आरोहण गरे भन्ने तथ्यांक गणनाको काम भइरहेको विभागको भनाई छ । यो सिजन अहिलेसम्मकै बढी संख्यामा आरोहण… Continue reading हिमाल आरोहण सकियो, काठमाडौं फर्कदैं आरोहीहरु
जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा राख्न तयारी शुरु
काठमाडौं । जनकपुरको चर्चित धार्मिक सम्पदा जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा राख्ने तयारी शुरु भएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले जनकपुरधामस्थित जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न अध्ययन गर्न समिति बनाएका छन् । मन्त्रीमा नियुक्त भएपछि पदबहाली ग्रहण गर्नेवित्तिकै पहिलो निर्णय गर्दै मन्त्री अरगरियाले जानकी मन्दिर क्षेत्रलाई… Continue reading जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा राख्न तयारी शुरु