प्रचण्ड–माधव समूह: संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका नेता पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेतामा चयन भएका छन् । मंगलबार बानेश्वरमा बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा प्रचण्डलाई दलको नेता चुनेको हो । यसअघि नेकपा संसदीय दलको नेता केपी शर्मा ओली थिए। बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए । यसअघि… Continue reading प्रचण्ड–माधव समूह: संसदीय दलको नेतामा प्रचण्ड चयन

प्रतिनिधिसभा विघटनविरुद्धका सबै रिट संवैधानिक इजलासमा, सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं । संसद विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले प्रारम्भिक सुनुवाई गर्दै यो मुद्दा संवैधानिक इजलासबाट टुंगो लगाउने आदेश दिएको हो । बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, टीकाराम भट्टराई गोविन्द वन्दी, कृष्ण भण्डारी कञ्चनकृष्ण न्यौपाने लगायतले… Continue reading प्रतिनिधिसभा विघटनविरुद्धका सबै रिट संवैधानिक इजलासमा, सर्वोच्चले अन्तरिम आदेश दिएन

ओमान, साउदी र कुवेतले रोके अन्तर्राष्ट्रिय उडान, नेपाली कामदार प्रभावित

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरले यूरोपलाई प्रभावित बनाएपछि खाडी मुलुकहरुले धमाधम अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाइरहेका छन् । यसले नेपाल आउने तयारीमा रहेका र वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको नेपालीको यात्रा पुनः प्रभावित हुन थालेको छ । साउदी अरेवियाले पहिलो चरणमा एक साता र दोस्रा चरणमा अर्को एक साता सबै उडानमा रोक लगाएको छ ।… Continue reading ओमान, साउदी र कुवेतले रोके अन्तर्राष्ट्रिय उडान, नेपाली कामदार प्रभावित

बहिनीले प्रेम विवाह गरेपछि दाजुद्धारा बहिनीको हत्या

खोटाङ । बहिनीले आफुले रोजेको केटा विवाह नगरी प्रेम विवाह गरेपछि ठूलो बुबाका छोरा (दाजु)ले बहिनीको हत्या गरेका छन् । खोटाङमा यस्तो घटना भएको हो । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार आफुले मन पराएका प्रेमीसँग प्रेम विवाह गरेकी साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको विवाह भएको तेस्रो दिनमै दाजुले हत्या गरेका हुन् ।… Continue reading बहिनीले प्रेम विवाह गरेपछि दाजुद्धारा बहिनीको हत्या

नेकपा संसदीय दलको नेता बन्दै प्रचण्ड

काठमाडौं । प्रचण्ड नेपाल पक्षको नेकपाले आज संसदीय दलको नेतामा प्रचण्डलाई छनोट गर्दैछ । त्यसका लागि आज १ बजे पार्टीको संसदीय दलको बैठक बोलाइएको छ । मंगलबार अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरी दोस्रो अध्यक्षमा माधव कुमार नेपाललाई छानिएको थियो । आज संसदीय दलको बैठकले नेता छान्ने छ । आज १ बजे संघीय संसद… Continue reading नेकपा संसदीय दलको नेता बन्दै प्रचण्ड

प्रधानमन्त्रीको कदमबारे कांग्रेस अझै अनिर्णित, आज पनि जारी रहने केन्द्रिय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले सरकारले संसद विघटन गर्ने गरी चालेको असंवैधानिक कदमको औपचारिक धारणा बनाउन अझै सकेको छैन । यसले कांग्रेस भित्र समेत असन्तुष्टी तिब्र बन्दै गएको छ । खासगरी सभापति शेर बहादुर देउवाको मौन समर्थनमै प्रधानमन्त्रीबाट पछिल्ला कदम चालेको आशंका कांग्रेस भित्रै गर्न थालिएको छ । मंगलबार पार्टीका तर्फबाट धारणा बनाउन बसेको केन्द्रीय समिति… Continue reading प्रधानमन्त्रीको कदमबारे कांग्रेस अझै अनिर्णित, आज पनि जारी रहने केन्द्रिय समिति बैठक

बेलायतबाट नेपालमा यात्रु ल्याउन रोक

काठमाडौं । सरकारले बेलायतबाट नेपाल आउने यात्रुको आगमन रोकेको छ । बुधबार राती १२ बजेबाट लागु हुने गरी नेपाल सरकारले बेलायतबाट कुनै पनि यात्रु आउन नपाउने गरी रोक लगाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई यस्तो निर्देशन दिएको छ । बेलायतबाट कुनै पनि एयरलाइन्सले सिधा उडानबाट वा बेलायतको… Continue reading बेलायतबाट नेपालमा यात्रु ल्याउन रोक

नेकपाको अध्यक्षबाट केपी ओलीलाई हटाइयो, माधवकुमार नेपाल दोस्रो अध्यक्षमा चयन

काठमाडौं । प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट हटाउने निर्णय गरेको छ। मंगलबार कार्की बैंक्वट बबरमहलमा बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय पारित गरेको हो । उक्त बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१५ भन्दा बढी सदस्य सहभागी थिए । ३१५ जना केन्द्रीय कमिटीका सदस्यले ओलीलाई हटाउने निर्णय सर्वसम्मतरुपमा… Continue reading नेकपाको अध्यक्षबाट केपी ओलीलाई हटाइयो, माधवकुमार नेपाल दोस्रो अध्यक्षमा चयन

राजनीतिक प्रभावबाट बाहिरियो नेपाली सेयर बजार, दुई दिनमै १२५ अंकभन्दा माथि

काठमाडौं । राजनीतिक प्रभावबाट सेयर बजार बाहिर आएको छ । सेयर बजार तीव्र उछाल आएको छ । आइतबार संसद विघटन भएसँगै इतिहासकै दोस्रो धेरै ९७ अंकले घटेको बजारमा त्यस यताका दुई दिनमै १२८ अंकले बढेको छ । आज सूचकसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । सोमबारको तुलनामा आज कारोबार रकम करिब ५ करोडले बढेको… Continue reading राजनीतिक प्रभावबाट बाहिरियो नेपाली सेयर बजार, दुई दिनमै १२५ अंकभन्दा माथि

संसद विघटनविरुद्ध नेकपा सांसदद्वारा सर्वोच्चमा रिट दर्ता

काठमाडौं । संसद विघटनको निर्णयविरुद्ध प्रतिनिधिसभाका सदस्यहरुले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीकै सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले रिट दर्ता गरेका हुन् । रिटमा प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्‍निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ । उनीहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन… Continue reading संसद विघटनविरुद्ध नेकपा सांसदद्वारा सर्वोच्चमा रिट दर्ता

ओली समूहको महाधिवेशन आगामी वर्ष मंसिर २ गते गर्ने बालुवाटार भेलाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा छ । प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि विवाद उत्कर्षमा पुगेको हो । विवाद विभाजनसम्म पुगेको छ । बालुवाटारमा भेला भएको ओली समूहको बैठकले केन्द्रीय सदस्य संख्या ११९९ बनाएर थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेको छ । हाल नेकपाको केन्द्रीय सदस्य ४४६ जनाको… Continue reading ओली समूहको महाधिवेशन आगामी वर्ष मंसिर २ गते गर्ने बालुवाटार भेलाको निर्णय

नारायणकाजी श्रेष्ठ ओली समूहको कारबाहीमा, प्रवक्ता जिम्मेवारी प्रदीप ज्ञवालीलाई

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । बालुवाटारमा जारी भेलाबाट श्रेष्ठलाई प्रवक्ताबाट हटाउँदै प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिइएको सहभागी एक नेताले जानकारी दिए। श्रेष्ठलाई पार्टी हित विपरित गतिविधि गरेको आरोप लगाएको छ । श्रेष्ठको भूमिकाप्रति ओली पक्ष केही समययता… Continue reading नारायणकाजी श्रेष्ठ ओली समूहको कारबाहीमा, प्रवक्ता जिम्मेवारी प्रदीप ज्ञवालीलाई

ओलीद्वारा ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा

काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आफू निकट केन्द्रीय सदस्यहरुको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् । बालुवाटारमा आफूपक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या ११९९ बनाएर थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेका हुन् । हाल… Continue reading ओलीद्वारा ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा

कोरोना खोप लगाइरहेको बेलायतमा नयाँ भाइरस देखियो, संसारभर प्रतिवन्ध बढ्दै

काठमाडौं । बेलायतले संसारमै पहिलो पटक कोरोना भाइरसको खोप लगाउन थालेको हो । तर, यस मुलुकमा कोरोना भाइरसको नयाँ प्रकृतिको भाइरस देखा परेको छ । सोहीकारण संसारभर बेलायतबाट हुने आगमनलाई प्रतिवन्ध लगाउन शुरु भएको छ । नेपालको छिमेकी मुलुक भारतले समेत बेलायत उडान रद्द गरेको छ । अहिलेसम्म ४० भन्दा धेरै मुलुकले बेलायतबाट सम्बन्धित मुलुकमा… Continue reading कोरोना खोप लगाइरहेको बेलायतमा नयाँ भाइरस देखियो, संसारभर प्रतिवन्ध बढ्दै

जनमोर्चा र मसालले सरकारलाई दिएको समर्थन फिर्ता लिए

काठमाडौं । राष्ट्रिय जनमोर्चा र मसालले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । जनमोर्चाको सोमबार बसेको पार्टी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका अनुसार पार्टीले सरकारलाई दिएको नैतिक समर्थन फिर्ता लिने निर्णय गरेको हो । ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरी असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी कदम चालेका… Continue reading जनमोर्चा र मसालले सरकारलाई दिएको समर्थन फिर्ता लिए

सरकारको कदमबारे आज तीन ठूला दलले आगामी रणनीति तय गर्दै

काठमाडौं । आज तीन ठूला दल सरकारको कदमको प्रतिरोध गर्ने सम्बन्धमा आगामी रणनीति तय गर्न जुट्दैछन् । त्यसका लागि ती दलको छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दैछ । सत्तारुढ नेकपाका दुई गूटको बैठक छुट्टाछुट्टै समयमा बस्दैछ । यद्दपी प्रचण्ड समुहले सरकारको कदमबारे आफ्नो आगामी रणनीति बनाउने छ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको बैठक समेत… Continue reading सरकारको कदमबारे आज तीन ठूला दलले आगामी रणनीति तय गर्दै

के आज नेकपा फूटको औपचारिक दिन हो ? दुबै गूटका छुट्टाछुट्टै केन्द्रिय समिति बैठक आह्वान

काठमाडौं । सत्तारुढ कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले आज छुट्टाछुट्टै केन्द्रिय समिति बैठक बोलाएका छन् । यसलाई नेकपा फूटको औपचारिक विन्दुका रुपमा हेरिएको छ । किनकी आजको बैठकमा प्रधानमन्त्री ओली पक्षले अध्यक्ष प्रचण्डलाई कारवाहीको निर्णय गर्ने बताएको छ । प्रचण्डले नेतृत्व गरेको समूहको स्थायी समिति बैठकले भने यसअघि नै ओलीलाई कारवाही गर्नेै निर्णय गरी… Continue reading के आज नेकपा फूटको औपचारिक दिन हो ? दुबै गूटका छुट्टाछुट्टै केन्द्रिय समिति बैठक आह्वान

४ महिनामा विदेशबाट नेपालीले पठाए ३ खर्ब ३७ अर्ब

काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीले पछिल्लो चार महिनाको अवधिमा करीव साढे ३ खर्ब रुपैयाँ नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार कोरोना महामारीका वावजुत पनि नेपालमा रेमिट्यान्स ११ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म कुल ३ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र… Continue reading ४ महिनामा विदेशबाट नेपालीले पठाए ३ खर्ब ३७ अर्ब

प्रमुख तीन दलले भने : संसद विघटन संविधान माथिको आक्रमण

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन संविधानमाथिको आक्रमण भएको प्रमुख तीन दलले निष्कर्ष निकालेका छन् । आज नेपाली कांग्रेसले आह्वान गरेको सर्वदलीय बैठकमा उपस्थित भएका मूख्य तीन दलले यस्तो निष्कर्ष निकालेका हुन् । सरकारको कदमबारे धारणा बनाउन आज संयुक्त बैठक बसेको थियो । नेपाली कांग्रेसको आह्वानमा उसैको पार्टी कार्यालय सानेपामा बसेको बैठकमा नेपाल… Continue reading प्रमुख तीन दलले भने : संसद विघटन संविधान माथिको आक्रमण

नेपालमा थप ७४२ जनामा कोरोना संक्रमण, १०७९ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७४२ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ भने अहिलेसम्म २ लाख ४३ हजार ७४३ जना संक्रमणमुक्त भएका छन्। यस्तै, पछिल्लो… Continue reading नेपालमा थप ७४२ जनामा कोरोना संक्रमण, १०७९ जना डिस्चार्ज

प्रधानमन्त्री सम्बोधन:असहयोग, विरोध र घेराबन्दी गरेपछि जनतासामू जानुको विकल्प रहेन (पूर्णपाठ)

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् विघटनको घटना अप्रत्यासित र आकस्मिक नभएको बताएका छन् । जनादेश र जनभावना विपरीत सरकारलाई घेराबन्दीमा पारेपछि जनतासामू जानुको विकल्प आफूसँग नरहेपछि संसद विघटन गरिएको उनको दाबी थियो । उनले संसद… Continue reading प्रधानमन्त्री सम्बोधन:असहयोग, विरोध र घेराबन्दी गरेपछि जनतासामू जानुको विकल्प रहेन (पूर्णपाठ)

ओलीको दाबी: सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्बहाली गर्न सक्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्बहाली गर्न नसक्ने दाबी गरेका छन् । आफूनिकटका नेतालाई बालुवाटार बोलाएर उनले प्रतिनिधिसभा पुनर्बहाली हुन नसक्ने बताएका हुन् । उनले ६४ प्रतिशत जनमत लिएको प्रधानमन्त्रीले विघटन गरेको निर्णय अदालतले उल्ट्याउन नसक्ने दाबी भेलामा गरेका हुन् । प्रधानमन्त्री ओलीले नेकपामा आफूले हस्ताक्षर नगरेको कुनै पनि निर्णयले वैधानिकता… Continue reading ओलीको दाबी: सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्बहाली गर्न सक्दैन

पुल्चोकमा गृहमन्त्री बादल समूहको छुट्टै भेला, को- को भए सहभागी ?

काठमाडौं । गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापाले आफू निकट केन्द्रीय सदस्य तथा सांसदहरुको छुट्टै भेला गरेका छन् । पुल्चोकस्थित सरकारी निवासमा उनले सोमबार बिहान आफू निकट सांसद र नेताहरुलाई भेलामा बोलाएका हुन् । पुर्व माओवादीमा बादल समुहका ३५ जना केन्द्रिय सदस्य छन् । त्यसैगरी उनको पक्षमा स्थायी कमिटी सदस्यहरु पम्फा भुसाल र देव… Continue reading पुल्चोकमा गृहमन्त्री बादल समूहको छुट्टै भेला, को- को भए सहभागी ?

‘पार्टी एकतावद्ध छ, केपी ओलीको गतिविधिले कुनै असर पर्दैन-‘प्रचण्ड’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीका गतिविधिले पार्टी एकतालाई असर नपार्ने बताएका छन् । सोमबार विज्ञप्ति जारी गर्दै अध्यक्ष दाहालले पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरूका विरूद्ध एकताबद्ध भएर उभिन अपील समेत गरेका छन्। ‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी… Continue reading ‘पार्टी एकतावद्ध छ, केपी ओलीको गतिविधिले कुनै असर पर्दैन-‘प्रचण्ड’

आज प्रधानमन्त्री ओली गूटको भेला वालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफुनो गूटमा रहेका नेता र विघटित प्रतिनिधिसभाका सदस्यहरुलाई वालुवाटारमा भेला गराएका छन् । उनीहरुलाई ९ बजे बिहान आमन्त्रण गरिएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नयाँ निर्वाचनको मिति तोकिएको छ । यसले निम्तिएको राजनीतिक परिस्थितिका बारेमा नेताहरुलाई ओलीले… Continue reading आज प्रधानमन्त्री ओली गूटको भेला वालुवाटारमा

विप्लव समुहले भन्यो : वर्तमान राज्य व्यवस्थाकै विकल्प खोजिनुपर्छ

काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीले समेत चर्को आलोचना गरेको छ । पार्टी महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले अपनाएको फाँसिवादी चरित्रका कारण वर्तमान राज्य व्यवस्थाको नै विकल्प खोजिनुपर्ने तर्क गरेका छन् । आफु संकटमा पर्दा संसारभरका शासकले अपनाउने उपाय केपी ओलीले अपनाएको… Continue reading विप्लव समुहले भन्यो : वर्तमान राज्य व्यवस्थाकै विकल्प खोजिनुपर्छ

कांग्रेसले आज बोलायो सर्वदलीय बैठक

काठमाडौं । नेपाली कांग्रेसले उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ । आज पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ । बैठक ४ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी मध्यावधी चुनाव घोषणा भएपछि यसको व्यापक विरोध भइरहेको छ । तर, स्वयमः कांग्रेस भित्र… Continue reading कांग्रेसले आज बोलायो सर्वदलीय बैठक

सत्तारुढ दल नेकपाले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने भएको छ । उनिमाथि कारवाहीको निर्णयको प्रस्ताव पुस ७ मा बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेपछि बसेको नेकपा स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध… Continue reading सत्तारुढ दल नेकपाले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने

सात मन्त्रीले दिए सामूहिक राजीनामा, गृहमन्त्री थापा र उद्योग मन्त्री भट्ट ओली पक्षमा

काठमाडौं । संसद विघटनको विरोधमा सात जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । एक कार्यक्रमकाबीच पूर्व माओवादी र पूर्व एमालेको माधव नेपाल समूहबाट मन्त्री भएकामध्ये सात जनाले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा पूर्व माओवादी समूहबाट मन्त्री भएका वर्षमान पुन, शक्‍तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र बिना मगर रहेका छन् । यसैगरी… Continue reading सात मन्त्रीले दिए सामूहिक राजीनामा, गृहमन्त्री थापा र उद्योग मन्त्री भट्ट ओली पक्षमा

अख्तियार प्रमुखमा पूर्वसचिव प्रेमकुमार राई , यी हुन् संवैधानिक परिषद्ले सुटुक्क गरेका सिफारिसहरू

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन्। संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले प्रमुख आयुक्तमा राई र आयुक्तमा जयबहादुर चन्दको नाम सिफारिस गरेको हो । चन्द पूर्वएआइजी हुन्। पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा देउवाले चन्दलाई प्रहरी महानिरीक्षक बनाउन जोड गरेका थिए। तर, चन्दलाई सर्वोच्च अदालतले महानिरीक्षक नियुक्तिबाट रोक लगाएको… Continue reading अख्तियार प्रमुखमा पूर्वसचिव प्रेमकुमार राई , यी हुन् संवैधानिक परिषद्ले सुटुक्क गरेका सिफारिसहरू