पुनः नयाँ सरकार गठनको कसरत शुरु, राष्ट्रपतिबाट २१ घण्टाको समय प्रदान

काठमाडौं । नेपालमा नयाँ सरकार गठनको कसरत शुरु भएको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिना भित्र विश्वासको मत लिनु पर्ने थियो । तर, आफ्नो पक्षमा विश्वासको मत लिन नसक्ने निश्चित भएपछि ओली पुनः अर्को कदममा गएका हुन् । उनले विश्वासको मत नलिई वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने जानकारी राष्ट्रपति विद्यादेवी… Continue reading पुनः नयाँ सरकार गठनको कसरत शुरु, राष्ट्रपतिबाट २१ घण्टाको समय प्रदान

शपथ ग्रहण र कोभिड १९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दुईवटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपालमा थप ८३०५ जनामा कोरोना पुष्टी, कुन जिल्लामा कति थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२८७ जनाको पिसिआरमा ८२२७ र एन्टीजेन विधिबाट ७८ जना संक्रमित पुष्टि भएका हुन्। यो सहित नेपालमा हालसम्म ४ लाख ८८ हजार ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ… Continue reading नेपालमा थप ८३०५ जनामा कोरोना पुष्टी, कुन जिल्लामा कति थपिए ?

बादललाई हराउँदै राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी

काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार देवकोटा निर्वाचित भएका छन्। उनले ५०८८ मतभार पाए । संघीयताविज्ञ देवकोटा नेता नेपालनिकट मानिन्छन्। तर उनी अहिले स्वतन्त्र पक्षबाट उम्मेदवार थिए।

नेपाली सेयर बजारले गर्‍यो कमब्याक, ८ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । बुधबार दोहोरो अंकले घटेको बजार आज फेरि लयमा फर्किएको हो । यससाताको शुरुका ३ दिनमा करिब १०९ अंकले बढेको बजारमा हिजो १३ अंकले घटेको थियो । यससाता नेप्से समग्रमा १०५ अंकले बढेको छ । सूचक बढे पनि आज कारोबार रकममा भने भारी गिरावट आएको छ । बुधबार… Continue reading नेपाली सेयर बजारले गर्‍यो कमब्याक, ८ कम्पनीका लगानीकर्ता मालामाल

७ जना गैरसांसद मन्त्रीको नियुक्ति बदर गर्न सर्वोच्चको आदेश

काठमाडौं । सांसद नरहेका ७ जना मन्त्रीलाई कामकाज गर्न रोक लगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्रीलाई मन्त्रिको हैसियतमा कामकाज गर्न नदिन आदेश दिएको हो । संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै… Continue reading ७ जना गैरसांसद मन्त्रीको नियुक्ति बदर गर्न सर्वोच्चको आदेश

राष्ट्रियसभा उपनिर्वाचनको मतदान प्रारम्भ, आजै साँझ नतिजा

हेटौडा । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदान गर्ने प्रक्रिया शुरु भएको छ । गृहमन्त्री तथा एमालेका उमेदवार रामबहादुर थापा बादल र अर्का एमालेका उमेदवार डा. खिमलाल देवकोटा ९ बजे नै मतदान केन्द्रमा पुगेका छन् । मतदान सकिनासाथ गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगको रहेको छ । मतदान ३ बजेसम्म हुनेछ… Continue reading राष्ट्रियसभा उपनिर्वाचनको मतदान प्रारम्भ, आजै साँझ नतिजा

भारतमा थामिँदै संक्रमण, मृत्युको ग्राफ अझै घटेन

File Photo REUTERS/Danish Siddiqui/THT

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको सङ्क्रण केही थामिने संकेत गरेको छ । नयाँ सङ्क्रमित थप हुने क्रममा ब्रेक लागिरहेको तथ्यांक आइरहेको छ । तर, मृत्युको ग्राफ भने अझै उस्तै छ । भारतमा दैनिक चार लाखभन्दा माथिको संक्रमण दर घटेर अब साढे दुई लाखमा सिमित भएको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ७६… Continue reading भारतमा थामिँदै संक्रमण, मृत्युको ग्राफ अझै घटेन

लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का

लमजुङ । पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच भूकम्पले त्रसित बनाएको छ । यहाँ पछिल्लो २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । राससका अनुसार जिल्लाको मर्स्यांदी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको… Continue reading लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का

आज राष्ट्रिय सभा उपनिर्वाचन, बागमतीमा दुबै उमेदवार एमालेका

काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचन आज हुँदैछ । वागमती प्रदेशमा आज हुने उपनिर्वाचनमा दुबै उमेदवार नेकपा एमालेबाट उठेका छन् । वागमती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि आज उपनिर्वाचनको कार्यक्रम छ । उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) र विपक्षी गठबन्धनको तर्फबाट एमाले माधव नेपाल समूहका खिमलाल देवकोटा प्रतिस्पर्धामा छन् । उनीहरुलाई नेमकिपाका… Continue reading आज राष्ट्रिय सभा उपनिर्वाचन, बागमतीमा दुबै उमेदवार एमालेका

कोरोनाबाट महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी केसीको निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको निधन भएको छ । कोरोनाबाट प्रहरी संगठनमा ज्यान गुमाउने उनी बहालवाला सबैभन्दा उच्च अधिकारी हुन् । बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नेपाली संचारमाध्यमले नेपाल प्रहरी प्रधान कार्यालय स्रोतलाई उदृत गर्दै जनाएका छन् । मुलपानी स्थायी घर भएका… Continue reading कोरोनाबाट महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी केसीको निधन

३० निजी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने

File

काठमाडौं । सरकारले देशका विभिन्न स्थानमा रहेका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजलाई कोरोना अस्पतालका रुपमा वर्गिकरण गरि तोकेको छ । यी अस्पतालमा विपन्न नागरिकले कोरोना संक्रमित पछि निःशुल्क उपचार गर्न सक्ने छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग विपन्न नागरिक कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको… Continue reading ३० निजी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने

स्पेनबाट बिहीबार जहाजमा स्वास्थ्य सामग्री आउने, नेपालमा रहेका नागरिक फर्कने

काठमाडौं । कोरोना भाइरस महामारीसँग जुध्न मित्रराष्ट्र स्पेनले नेपाललाई स्वास्थ्य सामग्री पठाउने भएको छ । बिहीबार एक चार्टर्ड विमान काठमाडौं आउँदैछ । परराष्ट्र मन्त्रालयका अनुसार भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायत स्वास्थ्य सामग्री स्पेनले नेपाल पठाउन लागेको हो । बुधबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्पेनका विदेशमन्त्री अराँचा गोन्जलेज लयबीच टेलिफोन वार्ता भएको छ । कुराकानीका अवसरमा ज्ञवालीले… Continue reading स्पेनबाट बिहीबार जहाजमा स्वास्थ्य सामग्री आउने, नेपालमा रहेका नागरिक फर्कने

चिनियाँ खोपको दोस्रो डोज लगाउन बाँकिले स्थानीय तहमा नाम टिपाउनु पर्ने

File Pic : BBC

काठमाडौं । चिनियाँ खोप भेरोसिल खोपको पहिलो मात्रा लगाएर गाउँ गएका नागरिकले दोस्रो डोजका लागि आफ्नो विवरण स्थानीय तहको स्वास्थ्य शाखामा टिपाउनु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन पास माग्दै नआउन र स्थानीय तहमा पुगेर नाम टिपाउन आह्वान गरेको छ । अहिले कोरोना भाइरसविरुद्धको चिनियाँ खोपको दोस्रो डोज उपत्यकाका धमाधम लगाइरहेको… Continue reading चिनियाँ खोपको दोस्रो डोज लगाउन बाँकिले स्थानीय तहमा नाम टिपाउनु पर्ने

नेपालमा थप ८१७३ जनामा कोरोना पुष्टी, ७९८९ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ६४ पिसिआर विधिबाट र १०९ जना एन्टीजेन विधिबाट संक्रमित पुष्टि भएका हुन्। त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७, ९८९ रहेको छ ।

कोरोनाबाट नेपालमा अहिलेसम्मकै सर्वाधिक मानवीय क्षति, एकै दिन २४६ को मृत्यु

File

काठमाडौं । कोरोना भाइरसको महामारीबाट नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक मानवीय क्षति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टामा उक्त संख्यामा मानिसको ज्यान गएको हो । यो एकै दिन भएको सबैभन्दा धेरै मृत्यु हो । मन्त्रालयका अनुसार अब नेपालमा मृत्यु हुने मानिसको संख्या ५ हजार भन्दा माथि पुगेको… Continue reading कोरोनाबाट नेपालमा अहिलेसम्मकै सर्वाधिक मानवीय क्षति, एकै दिन २४६ को मृत्यु

नेपाली सेयर बजारमा दोहोरो अंकको करेक्शन

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । गत सोमबारदेखि निरन्तर उकालो लागेको बजार ७ कारोबार दिन पछि करेक्शन हो । यससाताको ३ दिनमा करिब १०९ अंकले बढेको बजारमा आज दोहोरो अंकको करेक्शन आएको हो । सूचकमा गिरावट आए पनि कारोबार रकममा भने ऐतिहासिक रेकर्ड बनेको छ । आज एकैदिन करिब ११ अर्ब ९५ करोडको… Continue reading नेपाली सेयर बजारमा दोहोरो अंकको करेक्शन

भारतीय खोप उत्पादक कम्पनीले तत्काल खोप निर्यात नगर्ने, नेपालको खोप अभियान अनिश्चित

Reuters

काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्धको कोभिशिल्ड खोप उत्पादन गरिरहेको भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले तत्काल खोप निर्यात गर्न नसक्ने जनाएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै भारतको खोप अभियानलाई प्राथमिकतामा राखेकाले तत्काल अन्य देशमा खोप निर्यात नगर्ने स्पष्ट पारेको हो । ‘हामीले खोप उत्पादन क्षमता वृद्धि गर्दै भारतलाई प्राथमिकतामा राख्नेछौं,’ सिरमका प्रमुख कार्यकारी… Continue reading भारतीय खोप उत्पादक कम्पनीले तत्काल खोप निर्यात नगर्ने, नेपालको खोप अभियान अनिश्चित

मौन अवधिमा बादललाई जिताउन प्रधानमन्त्री ओलीको अपिल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशबाट राष्ट्रियसभाका उम्मेद्वार गृहमन्त्री रामबहादुर थापा बादललाई जिताउन अपिल गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा बादललाई जिताउन अपिल गरेका हुन् । उनले सर्वोच्च अदालतको फागुन २३ को निर्णयपछि नेकपा एमालेको विशेष महत्व राख्ने भन्दै… Continue reading मौन अवधिमा बादललाई जिताउन प्रधानमन्त्री ओलीको अपिल

ताउ ते चक्रवात र मौसम परिवर्तनको त्रासमा सगरमाथा आरोही

काठमाडौं । सगरमाथा आरोहणको सिजन जारी रहेका कारण अहिले करीव १२ सय आरोही तथा सहयोगी सगरमाथा क्षेत्रमा रहेका छन् । यसमध्ये २ सय हाराहारी आरोही क्याम्प २ मा रहेका छन् । उनीहरु अहिले आरोहणका लागि उपयुक्त मौसमको पर्खाइमा थिए । आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार सबै आरोही उपयुक्त मौसम कुरेर बसेका छन्… Continue reading ताउ ते चक्रवात र मौसम परिवर्तनको त्रासमा सगरमाथा आरोही

दाउन्नेमा बस दुर्घटना, कम्तिमा चारको मृत्यु

नवलपरासी । नवलपरासी पश्चिमस्थित दाउन्नेमा यात्रुबाहक बस दुर्घटनामा कम्तिमा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलाबाट दुर्घटनामा पर्दा चार जनाको घटनास्थलमै ज्यान गएको प्रहरीलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । अहिले उद्धार कार्य जारी रहेका कारण थप क्षतिको विवरण आउने प्रहरीले जनाएको… Continue reading दाउन्नेमा बस दुर्घटना, कम्तिमा चारको मृत्यु

भूकम्पले लमजुङमा कच्चि घरहरु भत्किए, केही घाइते

लमजुङ । बुधबार बिहानै आएको भूकम्पले लमजुङमा कच्चि घरहरु भत्किएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार क्षतिको विवरण आइसकेको छैन । यद्दपी जिल्लाका विभिन्न स्थानमा कच्चि घर भत्किएका छन् । केही मानिस घाइते भएको खबर छ । भुलभुलेमा ८५ वर्षीया वृद्धा घाइते भएको स्थानीय संचारमाध्यमले जनाएका छन् । उनको उपचार जारी छ । आज बिहान… Continue reading भूकम्पले लमजुङमा कच्चि घरहरु भत्किए, केही घाइते

लमजुङ केन्द्र भएर नेपालमा बिहानै ठूलो भूकम्प

काठमाडौं । नेपालमा लमजुङ केन्द्र भएर बुधबार बिहानै ठूलो भूकम्प गएको छ । यो भूकम्पको तिब्रता ५.८ म्याग्नेच्युट मापन भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ४२ मिनेटमा भूकम्प गएको हो । यसको धक्का राजधानी काठमाडौंसम्म महसुस भएको छ । लमजुङको भुलभुले केन्द्र भएर भूकम्पको क्षति बारे विवरण भने आइसकेको छैन… Continue reading लमजुङ केन्द्र भएर नेपालमा बिहानै ठूलो भूकम्प

राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेको नेपाल समुहले ह्वीप नमान्ने

काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनमा वाग्मती प्रदेशका नेकपा एमाले उम्मेदवार रामबहादुर थापा बादललाई मत दिन एमालेले जारी गरेको ह्वीप नमान्ने संकेत वरिष्ठ नेता माधवकुमार नेपालले गरेका छन् । मंगलबार बादल एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर पुगी आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा नेता नेपालले उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर… Continue reading राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेको नेपाल समुहले ह्वीप नमान्ने

नेपालमा कोरोनाको भारतीय भेरियन्ट पुष्टी, अझ संक्रामक र जोखिमपूर्ण

काठमाडौं । नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पुष्टि भएको छ । यो भाइरसले भारतमा ठूलो मानवीय क्षति गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट ३५ वटा नुमना संकलन गरि भारतस्थित ल्याबमा जिन सिक्वेन्सिङ गरिएको थियो । त्यो नमुनाको नतिजा मंगलबार प्राप्त भएको छ ।… Continue reading नेपालमा कोरोनाको भारतीय भेरियन्ट पुष्टी, अझ संक्रामक र जोखिमपूर्ण

सडकमा हिड्ने सर्वसाधारणलाई पुलिसले होल्डिङ सेन्टरमा राख्न नपाउने

काठमाडौं । निषेधाज्ञाको समयमा सडकमा हिड्ने सर्वसाधारणलाई प्रहरीले अब होल्डिङ सेन्टरमा राख्न नपाउने भएको छ । सर्वोच्च अदालतले मंगलबार मास्क नलगाउने नागरिकलाई जरिवाना नगर्न र होल्डिङ सेन्टरमा नराख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अहिले मास्क नलगाई सडकमा निस्किएमा प्रहरीले जरिवाना गर्छ । साथै त्यस्तो व्यक्तिलाई निश्चित समय होल्डिङ सेन्टरमा राख्ने गरिएको छ… Continue reading सडकमा हिड्ने सर्वसाधारणलाई पुलिसले होल्डिङ सेन्टरमा राख्न नपाउने

नेपालमा कोरोना संक्रमणबाट थप १९६ जनाको मृत्यु, ८२०३ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २८६ जनाको पिसिआर र ६९३ जनाको एन्टीजेन परीक्षणमा ८२०३जनालाई संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ जना… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप १९६ जनाको मृत्यु, ८२०३ संक्रमित थपिए

युद्धमा व्यापार गर्दै अमेरिका, इजरायललाई ८६ अर्बको अत्याधुनिक हतियार बेच्दै

काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच हिंसात्मक संघर्ष जारी रहेका बेला अमेरिकाले इजरायललाई ठूलो परिमाणमा हतियार बेच्न लागेको समाचार सार्वजनिक भएको हो । अन्तर्राष्टिय संचार माध्यम वासिङ्टन पोस्टका अनुसार अमेरिकाले इजरायललाई ७३५ मिलियन अमेरिकी डलर (करिब ८६ अर्ब नेपाली) रुपैयाँ बराबरको हतियार बेच्ने भएको हो । बाइडेन प्रशासनले इजरायललाई हतियार बेच्ने प्रस्तावलाई स्वीकृति दिएको समाचारमा जनाइएको… Continue reading युद्धमा व्यापार गर्दै अमेरिका, इजरायललाई ८६ अर्बको अत्याधुनिक हतियार बेच्दै

प्रधानमन्त्री ओलीले पुनः शपथ लिनु नपर्ने सर्वोच्चको आषय

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः शपथ लिनु नपर्ने भएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो । अदालतले शपथ रोक्न अन्तरिम आदेश जारी गरिरहनु नपर्ने भन्दै दिनभित्र विपक्षीलाई लिखित जवाफ पेश गर्न आदेश दिइएको छ । सर्वोच्चले राष्ट्रपति र… Continue reading प्रधानमन्त्री ओलीले पुनः शपथ लिनु नपर्ने सर्वोच्चको आषय

चम्किँयो नेपाली सेयर बजार ,३४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । यससाता आइतबारदेखि लगातार नयाँ रेकर्ड बनाउँदै आएको नेप्सेले आज पनि ऐतिहासिक रेकर्ड बनाएको छ । आज एकैदिन ४ वटा नयाँ रेकर्ड बनेका छन् । गतवर्ष कोरोना कालदेखि उकालो लागेको बजार त्यसयता निरन्तर बढिरहेको छ । अहिले पनि कोरोनाका कारण देशको अर्थतन्त्र ठप्पप्रायः हुँदा लगानीकर्ता… Continue reading चम्किँयो नेपाली सेयर बजार ,३४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट