कोभिड खोप विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभरका मानिसहरुको ज्यान जोखिममा परेको यस समय निर्माण हुने खोप विश्वव्यापी सर्वसुलभ उपलब्धताको वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् । कोभिड १९ का कारण सम्पूर्ण मानव समुदाय नै संकटमा परेको समय जीवन रक्षाका खोप अधिकतम नाफाका माध्यम हुन नसक्ने समेत उनले बताए । कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई… Continue reading कोभिड खोप विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्छ : प्रधानमन्त्री

अर्थ मन्त्रालयको दोस्रो निर्देशन, ‘कोरोना बीमा रकम तीन दिनमै भुक्तानी दिनु’

काठमाडौं । अर्थ मन्त्रालयले कोराना बीमाको दाबी रकम तीन दिनभित्रै भुक्तानी गर्न अर्को निर्देशन जारी गरेको छ । यसअघि अर्थ मन्त्रालयले एक महिना अगाडी कोरोना बीमाको भुक्तानी एक साता भित्रै गरिसक्नु निर्देशन दिएको थियो । तर, अर्थको निर्देशन पालना नभएपछि अर्को निर्देशन जारी भएको हो । अर्थ मन्त्रालयले बीमा समितिलाई पत्र लेखेर मन्त्रालयले यसअघि सात… Continue reading अर्थ मन्त्रालयको दोस्रो निर्देशन, ‘कोरोना बीमा रकम तीन दिनमै भुक्तानी दिनु’

नेकपा अध्यक्षद्धयबीचको विवाद मिलाउन राष्ट्रपति सक्रिय

काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद मिलाउन पुनः राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ । बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेकी राष्ट्रपतिले साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छिन् । भेट राष्ट्रपति निवासमा भएको हो । दुबै भेटमा पार्टीभित्र देखिएको विवाद र यसको समाधानबारे छलफल भएको नेताहरुले… Continue reading नेकपा अध्यक्षद्धयबीचको विवाद मिलाउन राष्ट्रपति सक्रिय

चार वटा राष्ट्रिय निकुन्जमा गैंडा गणनाको तयारी

काठमाडौं । यो वर्ष नेपालमा गैंडा गणना हुने भएको छ । पछिल्लो दुई वर्षयता गैंडा गणना हुन सकेको छैन । चालु हिँउद मै गैंडा गणनाको तयारी रहेको राष्ट्रिय समाचार समितिले लेखेको छ । नेपालमा गैंडा रहेका चार वटा राष्ट्रिय निकुञ्जमा गणना गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र… Continue reading चार वटा राष्ट्रिय निकुन्जमा गैंडा गणनाको तयारी

नेपालभर थप १३४३ जनामा कोरोना पुष्टि, २१११ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १३४३ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३७ हजार ५८९ रहेको छ । थप २१११ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित मध्ये… Continue reading नेपालभर थप १३४३ जनामा कोरोना पुष्टि, २१११ जना संक्रमणमुक्त

प्रयोगशालामा उत्पादित ‘कुखुराको मासु’ बेच्न सिङ्गापुरको अनुमति

एजेन्सी । सिङ्गापुरले जनावर नमारीकन उत्पादन हुने ‘सफा मासु’ उपभोगका निम्ति स्वीकृति दिएको छ। उसको निर्णयसँगै अमेरिकाको स्यान फ्रान्सिस्कोस्थित इट जस्ट नामक कम्पनीलाई प्रयोगशालामा उत्पादित कुखुराको मासु बेच्न बाटो खुलेको छ। शुरुमा यो मासु केवल नगेटका मात्र प्रयोग गरिनेछ तर कम्पनीले कहिलेदेखि त्यो बजारमा उपलब्ध हुन्छ भनेको छैन। स्वास्थ्य, पशु कल्याण तथा वातावरणसम्बन्धी चिन्ताका कारण… Continue reading प्रयोगशालामा उत्पादित ‘कुखुराको मासु’ बेच्न सिङ्गापुरको अनुमति

नेप्से १५.५७ अंकले घट्यो, कारोबारमा पुनर्बीमा कम्पनीको नयाँ कीर्तिमान

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । पछिल्लो दुई साता समय निरन्तर उकालो लागेको बजारमा आज दोहोरो अंकको करेक्शन आएको हो । दिनभर तीव्र उतरभढाव देखिएको बजार अन्तिममा करिब १६ अंकले घटेर बन्द भएको हो । सूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । आज सेयर बजार मापक सूचक नेप्से… Continue reading नेप्से १५.५७ अंकले घट्यो, कारोबारमा पुनर्बीमा कम्पनीको नयाँ कीर्तिमान

चालक अनुमति पत्रका लागि अनलाइन आवेदन खुला

काठमाडौं । सरकारले चाल अनुमति पत्रका लागि अनलाइन आवेदन खुला गरेको छ । यस्तो आवेदन सातै प्रदेशका लागि खुला भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागका अनुसार अब अनलाइनबाटै लाइसेन्सका लागि आवेदन दिन सकिने छ । विभागका अनुसार चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र… Continue reading चालक अनुमति पत्रका लागि अनलाइन आवेदन खुला

हुम्ला विमानस्थलमा आगलागी, पानी जमेपछि निभाउन समस्या

सिमकोट । हुम्लास्थित सिमकोट विमानस्थलमा आगोलागी भएको छ । विमानस्थल प्रमुख बस्ने क्वाटरको भवनमा आज बिहान एक्कासी आगालागी भएको स्थानीय प्रहरीले जनाएको छ । तर, कसैमाथि पनि क्षति भने भएन । बिहीबार विहानदेखि लागेको आगो प्रहरी, सेना र स्थानीयले निभाउने प्रयास गरिरहेको बताइएको छ । तर, हुम्लामा अधिक चिसोका कारण पानी जमेको छ । जमेको… Continue reading हुम्ला विमानस्थलमा आगलागी, पानी जमेपछि निभाउन समस्या

स्टार्टअप विजनेश गर्न चाहनेले दुई प्रतिशत ब्याजदरमा ५० लाखसम्म ऋण पाउने

काठमाडौं । सरकारले नवीनतम ज्ञान, सीप र क्षमताका आधारमा व्यापार अगाडी बढाउन चाहने युवालाई प्रोत्साहन गर्न कार्यविधि ल्याएको छ । अब त्यस्ता युवालाई पूँजी जुटाउन सहयोग पुगोस भनेर मात्र २ प्रतिशत ब्याजदरमा ५० लाखसम्म ऋण दिइने भएको छ । मन्त्रीपरिषद् बैठकले नवप्रवर्तन सुरुवाती पूँजी कर्जा प्रवाह कार्यविधि, २०७७ जारी गरेको छ । नवआविस्कारकर्ता, उद्यमी वा… Continue reading स्टार्टअप विजनेश गर्न चाहनेले दुई प्रतिशत ब्याजदरमा ५० लाखसम्म ऋण पाउने

प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघीय कोभिड विशेष महासभालाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९ सम्बन्धी संयुक्त राष्ट्रसंघी विशेष महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उनको सम्बोधनको भिडियो रेकर्ड संयुक्त राष्ट्रसंघ पुगेको हो । प्रधानमन्त्रीको सम्बोधनको कार्यक्रम बिहीबार रहेको छ । महासभा बिहीबार शुरु हुनेछ । उद्घाटनकै दिन नेपालको सम्बोधनको कार्यक्रम राखिएको छ । विशेष सभालाई विश्वका नेता, राष्ट्रसंघका उच्च… Continue reading प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघीय कोभिड विशेष महासभालाई सम्बोधन गर्ने

३ घण्टा नियन्त्रणमा राखेर पौडेललाई प्रहरीले छाड्यो, कांग्रेस आक्रोसित

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तीन घण्टा प्रहरी नियन्त्रणपछि रिहा भएका छन् । उनलाई तनहुँमा निषेधाज्ञा तोडेको आरोपमा पक्राउ गरिएको हो । गृहजिल्ला ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न पुगेका उनीमाथि स्थानीय प्रशासनले निषेधाज्ञा तोडेको आरोप लगाएको छ । उनीसहित प्रदेश सांसद… Continue reading ३ घण्टा नियन्त्रणमा राखेर पौडेललाई प्रहरीले छाड्यो, कांग्रेस आक्रोसित

नेपालमा थप १४९० जनामा कोरोना पुष्टि, १५६७ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १४९० जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३६ हजार २४६ रहेको छ । थप १५६७ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित मध्ये… Continue reading नेपालमा थप १४९० जनामा कोरोना पुष्टि, १५६७ जना संक्रमणमुक्त

कोभिड फाइजर खोप स्वीकृत गर्ने बेलायत विश्वकै पहिलो देश, कस्तो हो फाइजर खोप ?

तस्बिर : रोयटर्स

काठमाडौं । बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको आपत्कालीन प्रयोग अनुमति दिएको छ । बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी(एमएचआरए) ले फाइजरको खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो । एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो खोप आगामी सातादेखि लगाउन शुरु हुनेछ । खोप लगाउन केही दिनमै सर्वाधिक… Continue reading कोभिड फाइजर खोप स्वीकृत गर्ने बेलायत विश्वकै पहिलो देश, कस्तो हो फाइजर खोप ?

एकैदिन ७१ अंकले बढेर नेप्सेले बनायो उच्च विन्दुको रेकर्ड, लगानीकर्ताको रोजाईमा लघुवित्त

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । पछिल्लो समय निरन्तर उकालो लागेको बजारमा आज उच्च अंकले वृद्धि भएको छ । बुधरबार नेप्से एकैदिन करिब ७१ अंकले बढेर २०७१ विन्दु पारे गर्दै हालसम्मकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको छ । आज सेयर बजार मापक सूचक नेप्से ७०.६२ अंकले बढेर २०७१.०३ विन्दुमा पुगेको छ । यसदिन… Continue reading एकैदिन ७१ अंकले बढेर नेप्सेले बनायो उच्च विन्दुको रेकर्ड, लगानीकर्ताको रोजाईमा लघुवित्त

राष्ट्रिय गौरवका आयोजनामा कोरोना प्रभावबारे संसदीय समितिले अध्ययन गर्ने

काठमाडौं । संसदीय समितिले राष्ट्रिय गौरवका २२ वटा आयोजनाका कोरोना भाइरसले पारेको प्रभावबारे अध्ययन गर्ने भएको छ । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले यस प्रयोजनका लागि उपसमिति गठन गरेको छ । नेपालमा २२ वटा राष्ट्रिय गौरवका आयोजना छन् । त्यसमध्ये केही आयोजना गत आवमै सम्पन्न हुनु पर्ने थियो । तर, कोरोना भाइरसको… Continue reading राष्ट्रिय गौरवका आयोजनामा कोरोना प्रभावबारे संसदीय समितिले अध्ययन गर्ने

पोखराबाट बाल यौन दुराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ

पोखरा । एक फ्रान्सेली नागरिक बाल यौन दुराचारको आरोपमा पक्राउ परेका छन् । गैर पर्यटकीय भिसामा नेपाल आएर पोखरामा बसिरहेका फ्रान्सका ६० वर्षीय क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार पोखराका १२, आठ र सात वर्षीय तीन नाबालकलाई यौन दुराचार गरेको आरोप उनीमाथि लागेको छ । उनलाई… Continue reading पोखराबाट बाल यौन दुराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ

किम जोङ–उनले कोरोनाविरुद्ध चाइनिज खोप लगाएका हुन् ?

काठमाडौं । अमेरिकी सुरक्षा विज्ञहरुले उत्तर कोरियाली नेता किम जोङ–उनले कोभिड–१९ विरुद्ध चीनले निर्माण गरेको खोप लगाएको दावि गरेका छन् । जापानी जासुसी स्रोतलाई हवाला दिएर यस्तो दावि गरिएको हो । किमले केही दिन अगाडी मात्र चिनियाँ खोप लिएको बताइएको छ । त्यसो त चीनले अघोषित रुपमै खोप निर्माण गरि लाखौं मानिसमा लगाइसकेको समाचार यसअघि… Continue reading किम जोङ–उनले कोरोनाविरुद्ध चाइनिज खोप लगाएका हुन् ?

अब ट्राफिक लाइट मिच्नेलाई समेत ट्राफिक कक्षा अनिवार्य

काठमाडौं । अब सडकमा सवारी साधन चलाउँदा रातो बत्ति बलेको समयमा पनि वेवास्ता गर्नेलाई प्रहरीले कक्षा लिने भएको छ । यसअघि मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकहरूलाई मात्र ट्राफिक कक्षा लिँदै आएको थियो। ट्राफिक प्रहरी महाशाखाले सोमबारदेखि ट्राफिक लाइट उल्लंघन गर्ने चालकलाई समेत ट्राफिक सचेतना कक्षा लिन थालेको हो… Continue reading अब ट्राफिक लाइट मिच्नेलाई समेत ट्राफिक कक्षा अनिवार्य

सचिवालय बैठकमा फेरी बिच्किए ओली, बैठकको औचित्य नभएको भन्दै झगडा

काठमाडौं । मंगलबार सत्तारुढ नेकपाका महासचिव तथा अर्थमन्त्री विण्णु पौडेलको जन्मदिन । यसै दिन नेकपाको सचिवालय बैठक समेत प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजना भयो । यसअघि बैठक नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको थियो । तर पार्टी कार्यालयमा आफुमाथि सुरक्षा थ्रेट रहेको भन्दै प्रधानमन्त्रीले नजाने अडान लिए । त्यसपछि सबै नेताहरु वालुवाटारतर्फ लागे । वालुवाटारमा विण्णु… Continue reading सचिवालय बैठकमा फेरी बिच्किए ओली, बैठकको औचित्य नभएको भन्दै झगडा

‘सभा, जुलुस र प्रदर्शनजस्ता भिडभाडजन्य गतिविधि नगर्नू, कारबाही गर्छौ’- काठमाडौं प्रशासन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शनजस्ता भिडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ । केहिदिनदेखि राजावादीहरुको समूहले उपत्यकामा आन्दोलन गर्दै आएकाले कोरोनाभाइरस महामारी अझै रहेको हुनाले भिडभाडजन्य गतिविधि नगर्नरनगराउन प्रशासनले विज्ञप्ति निकालेर जानकारी गराएको हो। ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधी जस्तैः सभा, जुलुस, प्रर्दशन र अभियान… Continue reading ‘सभा, जुलुस र प्रदर्शनजस्ता भिडभाडजन्य गतिविधि नगर्नू, कारबाही गर्छौ’- काठमाडौं प्रशासन

नेपालमा थप १३०४ जनामा कोरोना पुष्टि, २०७३ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ५ सय ८३ जनाको परीक्षणमा गर्दा थप १३०४ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३४ हजार ७५६ रहेको छ । थप २०७४ जना संक्रमण मुक्त… Continue reading नेपालमा थप १३०४ जनामा कोरोना पुष्टि, २०७३ जना संक्रमणमुक्त

झिनो अंकले बढ्यो सेयर बजारः नेप्से २ हजार अंक माथि, ७ अर्ब ४० करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अंकले बढेको छ । केहि दिनदेखि दैनिक नयाँ रेकर्ड राखेको नेप्से मंगलबार ३.३५ अंकले बढेर २०००.४० विन्दुमा कायम भएको हो । यसदिन १९७ कम्पनीको ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार ७ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ८५ लाख ७६ हजार ७ सय… Continue reading झिनो अंकले बढ्यो सेयर बजारः नेप्से २ हजार अंक माथि, ७ अर्ब ४० करोडको कारोबार

सरकारले भन्यो : हिँउदेबालीका लागि मल अभाव हुँदैन

काठमाडौं । हिउँदेबाली लगाउने समय भएको छ । आलु, गहँुसमेत लगाउने समयमा नेपालमा भने रासायनिक मल आउन सकेको छैन । तर, सरकारले भने हिँउदेबालीका लागि आवश्यक मलको अभाव नहुने आश्वासन दिएको छ । यसअघि धानबालीका लागि भने रासायनिक मलको चरम अभाव भएको छ । सरकारले खरिद गरेको मल आइरहेको र हिउँदेबालीका लागि अभाव नहुने कृषि… Continue reading सरकारले भन्यो : हिँउदेबालीका लागि मल अभाव हुँदैन

आज बस्दैछ नेकपा सचिवालय बैठक, दुबै अध्यक्षका प्रतिवेदनबारे छलफल

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै छ। दुबै अध्यक्षले एक अर्का विरुद्ध गम्भीर आरोपसहित ल्याएको दुबै प्रतिवेदनमाथि आज सचिवालय बैठकमा छलफल हुन लागेको हो । आज पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो बस्ने बैठकलाई महत्वका साथ हेरिएको छ । बैठक अघि गुटगत रणनीति बनेका कारण आज निर्णायक छलफल हुने अपेक्षा गरिएको छ । नेकपाका कार्यकारी… Continue reading आज बस्दैछ नेकपा सचिवालय बैठक, दुबै अध्यक्षका प्रतिवेदनबारे छलफल

यो वर्ष सबैभन्दा खोजी गरिएको शब्द ‘प्यान्ड्यामिक’

काठमाडौं । मेरियम वेब्स्टर शब्दकोशका प्रकाशकको भनाई अनुसार कुनै एक शब्दले युगकै परिभाषा बोल्छ । सन् २०२० मा यस्तै शब्दको चर्चा सर्वाधिक भएको छ । जसको नाम हो प्यान्ड्यामिक । महामारीका रुपमा चिनिने यो वर्ष इन्टरनेटमा सन् २०२० मा सबैभन्दा बढी खोजी गरिएको शब्द बन्न सफल भएको हो । मेरियम वेब्स्टर शब्दकोशले इन्टरनेटका माध्यमबाट वर्षभर… Continue reading यो वर्ष सबैभन्दा खोजी गरिएको शब्द ‘प्यान्ड्यामिक’

चक्रपथ बिस्तारका कारण आज काठमाडौंका विभिन्न स्थानमा दिनभर विद्युत काटिने

काठमाडौं । चक्रपथ बिस्तारको काम अहिले जारी छ । सोहीक्रममा नेपाल विद्युत प्राधिकरणले पोल सार्नेलगायत काम गर्ने भएको छ । यसका लापग आज दिउँसो काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ । बालाजु वितरण केन्द्रका अनुसार काठमाडौं महानगरपालिका, टोखा र बुढानिलकण्ठ नगरपालिका क्षेत्रको विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द हुने भएको छ । दिउँसो… Continue reading चक्रपथ बिस्तारका कारण आज काठमाडौंका विभिन्न स्थानमा दिनभर विद्युत काटिने

नाइजेरियामा बोको हरामको बर्बर आतंक, १ सय १० मजदुरको हत्या

Photo source : postgazette.com

काठमाडौं । नाइजेरियामा बोको हराम समूहले बर्बर आतंक फैलाएको छ । यहाँ एकै पटक १ सय १० मजदुरको हत्या भएको अन्तर्राष्ट्रिय संचारमाध्यममा उल्लेख छ । बोको हरामका लडाकुले मजदुरको हत्या गरेका हुन् । नाइजेरियाको कोशोबे गाउँ तथा अन्य क्षेत्रमा खेतमा काम गरिरहेका १ सय १० जना किसानलाई बाँधेर घाँटी रेटेर बर्बर हत्या भएको हो ।… Continue reading नाइजेरियामा बोको हरामको बर्बर आतंक, १ सय १० मजदुरको हत्या

१ पुसबाट खुल्ने भयो पशुपतिनाथ मन्दिर

काठमाडौं । ११ चैत २०७६ पछि बन्द भएको पशुपतिनाथ मन्दिर अब दर्शनार्थीको दर्शनका लागि खुला हुने भएको छ । राष्ट्रिय समाचार समितिले पशुपति क्षेत्र विकास कोषलाई उदृत गर्दै जनाएअनुसार भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर मन्दिर खुला गर्ने निर्णय भएको हो । पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत… Continue reading १ पुसबाट खुल्ने भयो पशुपतिनाथ मन्दिर

नेपालमा थप १४७४ जनामा कोरोना पुष्टि, १९३१ जना संक्रमणमुक्त

काठमाडौं, १५ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १४७४ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३३ हजार ४५२ रहेको छ । थप १९३१ जना संक्रमण मुक्त भएको छन् । संक्रमित… Continue reading नेपालमा थप १४७४ जनामा कोरोना पुष्टि, १९३१ जना संक्रमणमुक्त