काठमाडौं । सेयर बजारमा करेक्शन आएको हो । गत सोमबारदेखि लगातार उकालो लागेको बजारमा आज दोहोरो अंकको गिरावट आएको हो । आइतबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा २६४० विन्दुमा पुगेको बजार आज करिब ३३ अंकले गिरावट आएको हो । प्रफिट बुक गर्नेहरु हाबी हुँदा बजारमा करेक्शन आएको हो । सूचकमा ठूलो गिरावट आए पनि कारोबार रकममा… Continue reading नेपाली सेयर बजारमा करेक्शन, नेप्से दोहोरो अंकले घट्यो
Category: फिचर
प्रचण्ड-नेपाल समूहले ६८ जिल्लाका अध्यक्ष र सचिव टुंगो लगायो (नामसहित)
काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ । सोमबार ३५ जिल्ला पूर्व माओवादी र ३३ पूर्व एमालेको भागमा पर्नेगरी नेतृत्व टुङ्ग्याएको हो। साङ्गठानिक स्वरूप टुङ्ग्याउने क्रममा अध्यक्ष र सचिवको टुंगो लगाएको हो। फागुन ७ गते केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार ९ बुँदे सहमति बनेको छ। सहमति पत्रमा प्रदेश र जिल्लाका इन्चार्ज, सह… Continue reading प्रचण्ड-नेपाल समूहले ६८ जिल्लाका अध्यक्ष र सचिव टुंगो लगायो (नामसहित)
सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दवाव दिँदैनः उपप्रधानमन्त्री पोखरेल
चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिए । प्रतिनिधिसभा निर्वाचन निर्धारित समयमा नै हुने र यसमा आशङ्का गर्नुपर्ने कुनै कुरा नरहेको स्पष्ट गर्दै… Continue reading सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दवाव दिँदैनः उपप्रधानमन्त्री पोखरेल
प्रधानमन्त्री ओली कञ्चनपुरमा, सुरक्षा व्यवस्था कडा पारियो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार महेन्द्रनगर जाँदैछन् । कञ्चनपुरको बेदकोट नगरपालिका स्थित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यासका लागि नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली महेन्द्रनगर जाने भएपछि कञ्चनपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्री जाने भएपछि आइतबारदेखि नै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी… Continue reading प्रधानमन्त्री ओली कञ्चनपुरमा, सुरक्षा व्यवस्था कडा पारियो
भारतमा फैलन थाल्यो कोरोनाको दोस्रो लहर, नेपालमा जोखिम
महाराष्ट्र । भारतमा कोरोना भाइरसको दोस्रो लहर फैलन थालेको छ । यसले नेपालमा समेत जोखिम बढाएको छ । कोरोना संक्रमणको लहरलाई रोक्न भारतको महाराष्ट्र सरकारले सोमबारबाट लागु हुने गरी सबै प्रकारका राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन रोक लगाएको छ । यता नेपाल र भारतबीच अब निर्वाध आवतजावतको ढोका करीव खुलिसकेको अवस्थामा नेपालमा समेत… Continue reading भारतमा फैलन थाल्यो कोरोनाको दोस्रो लहर, नेपालमा जोखिम
आजबाट दोस्रो पटक मेलम्चीको सुरुङको परीक्षण हुँदै
काठमाडौं । आज मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण गरिने भएको छ । साढे २६ किलोमिटर लामो सुरुङमा आजबाट पानी पठाइने छ । आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने आयोजनाको तयारी छ । खानेपानी मन्त्री मणि थापा आयोजना स्थलमा पुगी सुरूङमा पानी हाल्ने कामको उदघाटन गर्नेछन् । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे… Continue reading आजबाट दोस्रो पटक मेलम्चीको सुरुङको परीक्षण हुँदै
कोरोनाबाट विदेशमा थप एक नेपालीको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप एक नेपालीको ज्यान गएको छ । यस साता थप १ जना नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघले जनाएको छ । यो साता संयुक्त अधिराज्य बेलायतमा १ जनाको मृत्यु भएको हो । यससहित २१ देशमा कोरोना सङ्क्रमणले ज्यान गुमाउने नेपालीको संख्या ३ सय ३६ जना पुगेको छ । गैरआवासीय… Continue reading कोरोनाबाट विदेशमा थप एक नेपालीको मृत्यु
काठमाडौं आयो १० लाख डोज खोप, शिक्षक र चालक-सहचालकलाई पनि लगाइने
काठमाडौं । नेपालले भारतबाट खरीद गरेको १० लाख डोज कोरोना खोप नेपाल आएको छ । आज एयर इण्डियाको जहाजबाट खोप नेपाल आएको हो । सरकारले दोस्रो चरणको खोप अभियान २३ फागुनबाट शुरु गर्दैछ । यसका लागि सरकारले भारतबाट खोप किन्ने निर्णय गरेको हो । नेपालले भारतको सेरम इस्न्टिच्युटसँग खोप किनेको हो । भारतबाट सरकारले २०… Continue reading काठमाडौं आयो १० लाख डोज खोप, शिक्षक र चालक-सहचालकलाई पनि लगाइने
पशुपतिमा सुनको जलहरी लगाउन क्षमापूजा शुरु, भारतबाट बोलाइयो २५ ब्राह्मण
काठमाडौं । पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्ने निश्चित भएको छ । सरकारले करीव १ अर्ब लगानीमा सुनको जलहरी राख्ने भएको हो । सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मत गरिने छ । यसका लागि शनिबारबाट क्षमापूजा सुरु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ । क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मण नेपाल आएका छन् ।… Continue reading पशुपतिमा सुनको जलहरी लगाउन क्षमापूजा शुरु, भारतबाट बोलाइयो २५ ब्राह्मण
प्रदेश २ प्रमुख राजेश झालाई ओली समुहको युवा संघले लगाइदियो १०१ किलाको माला
जनकपुर । राष्ट्रपतिबाट शुक्रबार प्रदेश २ प्रमुखमा नियुक्त भएका राजेश झालाई प्रधानमन्त्री केपी शर्मा ओली समुह अन्तर्गतको युवा संघले १ सय १ किलाको माला लगाएर स्वागत गरेको छ । कार्यभार सम्हाल्न प्रदेशको अस्थायी राजधानी जनकपुरधाम पुगेका उनलाई युवासंघले उक्त माला पहिराएको हो । आइतबार दिउँसो जनकपुरधाम आएका उनलाई नेकपा केपी ओली समूहका युवाहरुले विमानस्थलमा स्वागत… Continue reading प्रदेश २ प्रमुख राजेश झालाई ओली समुहको युवा संघले लगाइदियो १०१ किलाको माला
नेपालमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य
काठमाडौं । नेपालमा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेश
काठमाडौं । प्रदेश १ को प्रदेश सभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन्। अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले बैठक स्थगित गरेका छन् ।
सामान्य अंकले बढ्यो नेप्से, ८ अर्ब ८३ करोडको कारोबार
काठमाडौं । सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । विहिबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो । साताको पहिलो दिन नेप्सेले २६४०.३५ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । यसअघि विहिबार नेप्सेले २६३६ विन्दु पार गरेको थियो । आइतबार सेयर बजार मापक… Continue reading सामान्य अंकले बढ्यो नेप्से, ८ अर्ब ८३ करोडको कारोबार
चिकित्सकले परामर्शबाहेक अन्य शुल्क दुई सय प्रतिशतसम्म लिन पाउने व्यवस्था
काठमाडौं । सरकारले चिकित्सकहरुले सरकारले तोकेको परामर्श शुल्क बाहेक अन्य शुल्क २०० प्रतिशतसम्म लिन पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०७७’ जारी गरेर चिकित्सकीय परामर्श शुल्क सरकारले तोके बमोजिम र अन्य सेवा शुल्क अस्पतालको नियमित सेवा शुल्कमा बढीमा दुई सय प्रतिशतसम्म लिन पाउने व्यवस्था गरेको… Continue reading चिकित्सकले परामर्शबाहेक अन्य शुल्क दुई सय प्रतिशतसम्म लिन पाउने व्यवस्था
अमेरिकाको डेनभरमा २४२ यात्रु बोकेको युनाइटेड एयरको जहाज ठूलो दुर्घटनाबाट बच्यो
डेनभर । अमेरिकाको डेनभरमा युनाइटेड एयरलाइन्सको एक जहाज ठूलो दुर्घटना हुनबाट बचेको छ । आकासमै इन्जिन फेल भई आगो लागेको जहाजलाई पाइलटले कुशलतापूर्वक अवतरण गराए । उनको यो बहादरीका कारण २३१ यात्रु र चालक दलका १० यात्रुको ज्यान बच्न सफल भएको छ । यो घटना शनिबारको हो । २३१ यात्रु र १० जना चालक दलका… Continue reading अमेरिकाको डेनभरमा २४२ यात्रु बोकेको युनाइटेड एयरको जहाज ठूलो दुर्घटनाबाट बच्यो
जलवायु परिवर्तनका मुद्दा विश्वमञ्चमा उठाउन ‘सगरमाथा संवाद’ आयोजनाको तयारी
काठमाडौं । सरकार यो वर्ष पुनः सगरमाथा संवाद आयोजनाको तयारीमा जुटेको छ । यसअघि गत वर्ष भ्रमण वर्ष २०२० अगाडी नै सगरमाथा संवाद आयोजनाको तयारी थियो । तर, कोरोना महामारीले सो वर्ष कार्यक्रम आयोजना हुन सकेन । अघिल्लो वर्ष अप्रिल २ देखि ४ तारिखसम्म सम्मेलनको मिति तय भएको थियो । जलवायु परिवर्तनका मुद्दामा नेपालले नेतृत्व… Continue reading जलवायु परिवर्तनका मुद्दा विश्वमञ्चमा उठाउन ‘सगरमाथा संवाद’ आयोजनाको तयारी
नेपालले किनेको १० लाख डोज कोरोना खोप आज काठमाडौं आउँदै, २३ गतेबाट लगाइने
काठमाडौं । नेपाल सरकारले भारतबाट खरीद गरेको कोरोनाविरुद्धको खोप आज काठमाडौं ल्याइदैछ । कोभिशिल्ड खोपको पहिलो खेप मध्ये १० लाख डोज आज दिउँसो काठमाडौं ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले भारतबाट २० लाख डोज खोप खरीद गरेको छ । प्रतिडोज ४ डलर खर्च गरेर सरकारले यो खोप किनेको हो । पहिलो… Continue reading नेपालले किनेको १० लाख डोज कोरोना खोप आज काठमाडौं आउँदै, २३ गतेबाट लगाइने
नेपालमा अब १५३५ जना मात्र सक्रिय कोरोना संक्रमित
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दरमा उच्च गतिमा गिरावट आएको छ । यसमा कोरोना परीक्षण घट्नु पनि एक कारण हो । तर, कोरोनाका कारण ज्यान गुमाउनेको संख्यामा समेत उच्च कमी आएका कारण समग्रमा कोरोना भाइरस नियन्त्रण उन्मुख देखिएको छ । अब देशभर मात्र १५३५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आंकडाले देखाएको… Continue reading नेपालमा अब १५३५ जना मात्र सक्रिय कोरोना संक्रमित
अदालतलाई प्रधानमन्त्रीले दिएको दवावप्रति कांग्रेसको कडा आपत्ति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वोच्च अदालतलाई दिएको दवावप्रति नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले सामाजिक संजालमा धारणा राख्दै प्रधानमन्त्रीको अभिव्यक्तिले सर्वोच्च अदालतलाई दवाव दिएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै सभालाई हेरेर आफ्नो पक्षमा फैसला गर्न आग्रह गरेका थिए ।… Continue reading अदालतलाई प्रधानमन्त्रीले दिएको दवावप्रति कांग्रेसको कडा आपत्ति
विप्लव समुहले दियो वार्तामा आउने संकेत
काठमाडौं । नेकपा विप्लव समूहले सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जानकारी गराएको छ । शनिबार विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको उनको भनाई छ । यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण… Continue reading विप्लव समुहले दियो वार्तामा आउने संकेत
सभा र अभिमत हेरेर फैसला गर्न सर्वोच्च अदालतलाई ओलीको आग्रह
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनमा जनताको पक्ष रहेको भन्दै देशभर भइरहेका आफ्नो सभा हेरेरै फैसला आफ्नो पक्षमा आउनु पर्ने धारणा राखेका छन् । सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना समेत गर्न नसकिने उनको भनाई छ । नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभामा समूहका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भनेका सम्मानित सर्वोच्च… Continue reading सभा र अभिमत हेरेर फैसला गर्न सर्वोच्च अदालतलाई ओलीको आग्रह
माउण्ट केटुमा तीन आरोहीको मृत्यु
इस्लामावाद । संसारको दोस्रो अग्लो हिमाल माउण्ट केटू आरोहणमा गएका तीन आरोहीको ज्यान गएको छ । यसको पुष्टी पाकिस्तान सरकारले गरेको छ । फेब्रुअरी महिनाको प्रारम्भ मै आरोहणमा गएका तीन जना वेपत्ता छन् । उनीहरु भेटिने सम्भावना नरहेको भन्दै सरकारले मृत घोषणा गरेको हो । पाकिस्तानी नागरिक अलि सद्पारा, आइस्ल्याण्डका जोन स्नोरी र चिलीका जुहाल… Continue reading माउण्ट केटुमा तीन आरोहीको मृत्यु
बहराइन छिर्दा तीन पटकसम्म कोरोना परीक्षण गर्नुपर्ने
बहराइन । अब बहराइन छिर्दा तीन पटकसम्म पिसिआर परीक्षण गर्नुपर्ने भएको छ । यो नियम बैदेशिक रोजगारीमा जाने नेपालीको हकमा पनि लागु हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यानमा राखेर बहराइन सरकारले आफ्नो मुलुक प्रवेश गर्नेलाई कोरोना परीक्षणको दायरा फराकिलो बनाएको नेपाली दूतावासले उल्लेख गरेको छ । यो नियम २२ फेब्रुअरीबाट लागू… Continue reading बहराइन छिर्दा तीन पटकसम्म कोरोना परीक्षण गर्नुपर्ने
नेपालमा ३ लाख ४० हजारले लगाए कोरोना खोप
काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियानको तेस्रो प्राथमिकतामा परेकालाई खोप लगाउने अभियान आज पुरा हुँदैछ । शुक्रबारसम्म कुल ३ लाख ४० हजार मानिसले कोरोना खोप लगाएका छन् । पछिल्लो पटक यो साता पत्रकार, स्थानीय जनप्रतिनिधि, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी तथा पहिले छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालक, शव व्यवस्थापनमा… Continue reading नेपालमा ३ लाख ४० हजारले लगाए कोरोना खोप
विश्वकप छनोटमा नेपाल र चाइनिज ताइपेईबीचको खेल स्थगित
काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपाल र चाइनिज ताइपेईबीचको खेल स्थगित भएको एसियाली फुटबल महासङ्घ (एएफसी)ले जनाएको छ । नेपाल र चाइनिज ताइपेईबीच नेपालमा खेल हुने तय भएको थियो । नेपालको दशरथ रङ्गशालामा आगामी मार्च २५ (चैत १२) मा ताइपेईसँग खेल्ने तालिका थियो । कोरोना महामारीले गर्दा हुने अन्तर्राष्ट्रिय यात्रामा भएको… Continue reading विश्वकप छनोटमा नेपाल र चाइनिज ताइपेईबीचको खेल स्थगित
राजकुमार ह्यारी बने मानपदवी मुक्त
लण्डन । बेलायती राजकुमार ह्यारी अब मान पदविमुक्त भएका छन् । यसअघि उनी स्वयमले मानपदवी त्याग गरेको घोषणा गरेका थिए । यद्दपी राजदरवारले यसको औपचारिक निर्णय गरेको थिएन । बेलायती संचारमाध्यमहरुका अनुसार अब महारानीबाट यस बारे निर्णय आएको छ । ह्यारी र मेघन मर्केल अहिले दोस्रो सन्तानलाई जन्मदिने तयारी छन् । उनीहरुले राजदरबार फर्कन अस्विकार… Continue reading राजकुमार ह्यारी बने मानपदवी मुक्त
किन घटिरहेको छ सुनको मूल्य ?
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यले आकास छोइरहेको समयमा सुनको मूल्यमा भने निरन्तर गिरावट आएको छ । कोरोना महामारीमा सुनमा लगानी गरेका लगानीकर्ताले क्रमशः यसबाट बाहिर निस्कन थालेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । यसको प्रभाव नेपाली बजारसम्म परेको छ । अर्कोतर्फ अमेरिकी राष्ट्रपति जो बाइडेन गरिब मुलुकका लागि संयुक्त राष्ट्रसंघमार्फत खोप खरीदका… Continue reading किन घटिरहेको छ सुनको मूल्य ?
एनआरएनएले खोल्ने विकास कोषको कम्पनी दर्ता प्रक्रिया शुरु
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा खुल्न लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्ध पत्र नियमावली तथा कम्पनी दर्ता प्रक्रिया शुरु भएको छ । यससम्बन्धी कागजातमा आज हस्ताक्षर भएको छ। काठमाडौंमा उपलब्ध संस्थापकका तर्फबाट शुक्रबार हस्ताक्षर सम्पन्न भएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष… Continue reading एनआरएनएले खोल्ने विकास कोषको कम्पनी दर्ता प्रक्रिया शुरु
वैदेशिक व्यापार : नेपालको अमेरिकासँग सबैभन्दा सन्तुलित व्यापार
काठमाडौं । नेपाल उच्च व्यापार घाटा भएको मुलुक हो । नेपालले औसतः १ सय रुपैयाँको व्यापार गर्दा ९२ रुपैयाँ बराबरको आयात गर्छ भने ८ रुपैयाँ बराबरको मात्र निर्यात गर्छ । यसले व्यापार घाटा चुलिएको छ । तर, अमेरिकासँगको व्यापार भने सन्तुलित रहेको पाइएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ७… Continue reading वैदेशिक व्यापार : नेपालको अमेरिकासँग सबैभन्दा सन्तुलित व्यापार
इन्धनको मूल्य बढेपछि वृद्धि भयो हवाई भाडा
काठमाडौं । वायुसेवा संचालकले आन्तरिक उडानमा हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले प्रतिलिटर २ रुपैयाँ दरले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा संचालकहरुसमेत भाडा बढाउने निर्णयमा पुगेका हुन् । बढेको भाडा शनिबारबाट कार्यान्वयनमा आउने भएको छ । वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेलका अनुसार हवाई इन्धनको स्वचालित मूल्यका आधारमा हवाई भाडामा लाग्ने इन्धन… Continue reading इन्धनको मूल्य बढेपछि वृद्धि भयो हवाई भाडा