स्कूल र पठनपाठन थप एक महिना बन्द

काठमाडौं । नेपालका स्कुल, पठनपाठन र नयाँ भर्नाको काम थप एक महिना पर धकेलिएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच नेपालमा असोजबाट मात्र शैक्षिक गतिविधि शुरु गर्ने तयारी गरिएको हो । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १ असोजसम्म सार्ने प्रस्ताव गरेको हो । यो प्रस्तावलाई सोमबार बस्ने… Continue reading स्कूल र पठनपाठन थप एक महिना बन्द

तत्काल नखुल्ने भयो हवाई र लामो दूरीको यातायात

काठमाडौं । नेपालमा तत्काल हवाई र लामो दूरीको यातायात सेवा संचालनमा नआउने भएको छ । अन्तर जिल्ला यातायात तथा बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि नखोल्न कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठक बसेर यसलाई औपचारिकता दिनेछ । सिसिएमसीको आइतबार बसेको बैठकले १५ दिनका लागि यी सेवा… Continue reading तत्काल नखुल्ने भयो हवाई र लामो दूरीको यातायात

गौतमबुद्धको जन्मस्थलबारे वहस जरुरी छैनः नेपाल

काठमाडौं । नेपाल सरकारले भारतीय विदेश मन्त्री एस जयशंकरको भगवान गौतमबुद्ध बारेको विवादास्पद अभिव्यक्तिको खण्डन गरेको छ । सरकारले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस र विवाद नरहेको प्रष्ट पारेको हो । यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार बुद्धलाई ‘महान भारतीय’ भनेका थिए । परराष्ट्र मन्त्रालयले आइतबार एक औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको… Continue reading गौतमबुद्धको जन्मस्थलबारे वहस जरुरी छैनः नेपाल

बैंकहरुलाई ‘वर्क फ्रम होम’ को व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई जोखिम न्यूनिकरण गरि कामकारबाही सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै कोरोना महामारीकाबीच सञ्चालन भइरहेका बैंक तथा वित्तीय संस्थामा आवश्यक्ता अनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने ब्यवस्था मिलाउननिर्देशन दिएको हो । जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गदै सेवा निरन्तरताको योजना… Continue reading बैंकहरुलाई ‘वर्क फ्रम होम’ को व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन

नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, ४० जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ८ हजार ८ सय १५ नमुना परिक्षणमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२… Continue reading नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, ४० जना डिस्चार्ज

स्मार्ट मिटर जडान गर्न सुरु,घरघरमा गएर मिटर रिडिङ गर्नुपर्ने व्यवस्थाको अन्त्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ९ को वडा कार्यालय मण्डिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको शुभारम्भ गरेका हुन् । स्मार्ट मिटर प्रयोगमा आएसँगै ग्राहकको… Continue reading स्मार्ट मिटर जडान गर्न सुरु,घरघरमा गएर मिटर रिडिङ गर्नुपर्ने व्यवस्थाको अन्त्य

स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार मन्त्रालयका ८४ जनाको स्वाब संकलन गरिएको र तीमध्ये चार जनामा पीसीआर पोजेटिभ देखिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतको अनुसार कार्यालय सहयोगी र चालकहरूमा कोरोना देखिएको भन्ने प्रारम्भिक विवरण आएपछि थप विवरण आउन बाँकी नै रहेको छ । उनीहरूको सम्पर्कमा… Continue reading स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीमा कोरोना पुष्टि

नेपालीका ७६ शव अझै विदेशमै, २४६ वटा नेपाल ल्याइयो

फाइल तस्वीर

काठमाडौं । लकडाउनयता वैदेशिक रोजगारी तथा अन्य विभिन्न प्रयोजनमा विदेशमा रहेकै अवस्थामा ज्यान गुमाएका २४६ जना नेपाली नागरिकको शव नेपाल ल्याइएको छ । यस अवधिमा कुल ४९४ जनाको मृत्यु विदेशमा भएको थियो । त्यसमध्ये १ सय ७२ वटा शवको गन्तब्य मुलुकमै अन्त्येष्टी गर्न सहमति प्राप्त भएको थियो । अन्य शव भने नेपाल ल्याउनु पर्नेछ ।… Continue reading नेपालीका ७६ शव अझै विदेशमै, २४६ वटा नेपाल ल्याइयो

कोरोनाबाट नेपाल बाहिर १९१ जना नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट नेपाल बाहिर मात्र हालसम्म १९१ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घले संकलन गरेको तथ्यांक अनुसार यो साता भारतमा थप दुई जना नेपालीको मृत्यु भएको छ । सङ्घ मातहतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा… Continue reading कोरोनाबाट नेपाल बाहिर १९१ जना नेपालीको मृत्यु

पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

पोखरा । पोखरामा कोरोना संक्रमण पुष्टी भएका एक जनाका उपचारका क्रममा ज्यान गएको छ । यससँगै अब नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुष ज्यान गएको हो उनी साउन १७ मा अस्पताल भर्ना भएका थिए । गत राती… Continue reading पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

ट्रम्पद्वारा बेरोजगारलाई साताको ४०० डलर भत्ता दिने कार्यकारी आदेश जारी, १२०० बारे भने मौन

President Donald Trump speaks about the coronavirus in the James Brady Press Briefing Room of the White House, Monday, April 20, 2020, in Washington. (AP Photo/Alex Brandon)

न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेरोजगारलाई साताको ४०० डलर भत्ता दिने कार्यकारी आदेश जारि गरेका छन् । केयर एक्ट अन्तर्गत बेरोजगारहरुले पाउँदै गरेको साताको ६०० डलरको म्याद जुलाई अन्तिममा सकिएपछि ट्रम्पले नयाँ कदम चालेका छन् । नयाँ चरणको राहत प्याकेजका लागि रिपब्लिकनहरुले डेमोक्र्याटहरुसँग सहमति गर्न प्रयास गरि रहेका थिए । तर, उनीहरुको कुरा नमिलिरहेका बेला… Continue reading ट्रम्पद्वारा बेरोजगारलाई साताको ४०० डलर भत्ता दिने कार्यकारी आदेश जारी, १२०० बारे भने मौन

लकडाउनपछि विदेशबाट घर फर्किए ४६ हजार नेपाली, अमेरिकाबाट ४२३

काठमाडौं । कोरोना महामारी सुरू भएयता हवाईमार्गबाट ४५ हजारभन्दा बढी नेपाली घर फर्किएका छन् । भारतसहित विश्वका ३० देशबाट अहिलेसम्म ४५ हजार ८ सय १२ जना नेपाल फर्किएका हुन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबारसम्म उक्त संख्यामा नेपाली घर फर्किएका हुन् । शुक्रबार एकै दिन १ हजार १२… Continue reading लकडाउनपछि विदेशबाट घर फर्किए ४६ हजार नेपाली, अमेरिकाबाट ४२३

आज कोरोना संक्रमित थपिने भन्दा निको हुने धेरै

काठमाडौं । साउन पहिलो सातायता कोरोना भाइरसको संक्रमणको ग्राफ उकालो लागेको थियो । जसले गर्दा निको हुनेको तुलनामा थप हुने संख्या बढी थिए । आज भने पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भन्दा कोरोनालाई जित्नेको संख्या धेरै भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९९ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन्… Continue reading आज कोरोना संक्रमित थपिने भन्दा निको हुने धेरै

२४ घण्टामा कोरोनाबाट नेपालमा ३ जनाको ज्यान गयो, मृत्यु हुने संख्या ७३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या तीन पुगेको छ । शनिबार थपिएका तीनसँगै अब देशभर मानवीय क्षति ७३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सा छप्कैयाका एक पुरुष, मोरङ विराटनगरका ५८ वर्षीय पुरुष र काठमाडौं टोका ६ की ४१ वर्षीया महिलाको यस अवधिमा ज्यान गएको… Continue reading २४ घण्टामा कोरोनाबाट नेपालमा ३ जनाको ज्यान गयो, मृत्यु हुने संख्या ७३

नेपालमा थप ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ७८जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ७ हजार ७ सय ८८ नमुना परिक्षणमा ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको… Continue reading नेपालमा थप ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि

रुपन्देहीमा कार दुर्घटना, तीन जनाको ज्यान गयो

बुटवल । रुपन्देहीमा कार दुर्घटना भएको छ । दुर्घटनामा कम्तिमा तीन जनाको ज्यान गएको छ । एक जना घाइते छन् । लु २ च ६७५६ नम्बरको कार रोहिणी गाउँपालिका ४ मा दुर्घटना हुँदा चालक रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीसहित तीन जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मृतक अन्यको सनाखत भइसकेको… Continue reading रुपन्देहीमा कार दुर्घटना, तीन जनाको ज्यान गयो

केरला हवाई दुर्घटना : मृत्यु हुनेको संख्या १७ पुग्यो

काठमाडौं । भारतको केरलामा भएको हवाई दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको संख्या १७ पुगेको छ । दुई पाइलटसहित १७ जनाको ज्यान गएको भारतीय संचारमाध्यमले जनाएका छन् । दुबईबाट आएको एयर इन्डिया एक्स्प्रेसको जहाज धावनमार्गमा अवतरणका क्रममा दूर्घटनामा परेको थियो । क्याबिन क्रुका चार जना सदस्य भने सकुशल रहे । जहाज शुक्रबार बेलुका ७ बजेर ४१ मिनेटमा… Continue reading केरला हवाई दुर्घटना : मृत्यु हुनेको संख्या १७ पुग्यो

काठमाडौंमा सटडाउन, लकडाउनसँग के फरक हुन्छ ?

काठमाडौं । स्थानीय प्रशासनले काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । यसलाई सरकारले सटडाउन भनेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले २५ गते आइतबारदेखि भदौ ८ गतेसम्म नियमित सेवा बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यलयका अनुसार यसलाई सटडाउन भनिएको हो… Continue reading काठमाडौंमा सटडाउन, लकडाउनसँग के फरक हुन्छ ?

भारतको केरलामा जहाज दूर्घटना, दुबै पाइलटको मृत्यु, दर्जनौं घाइते

केरला । दुबईबाट आएको एक यात्रुबाहक जहाज भारतमा दूर्घटनामा परेको छ । भारतको केरलामा जहाज धावनमार्गमै चिल्पिएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार दुर्घटनामा २ जनाको ज्यान गइसकेको छ । ४० भन्दा बढी घाइते छन् । दुबईबाट १७४ यात्रु बोकेर आएको जहाज कोझिकोड विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएको हो । दुर्घटनामा दुबै जना पाइलटको ज्यान गएको… Continue reading भारतको केरलामा जहाज दूर्घटना, दुबै पाइलटको मृत्यु, दर्जनौं घाइते

काभ्रेमा क्वारेन्टिनमा एक युवतीबाट आत्महत्या, स्थानीय आक्रोसित

काभ्रे । विदेशबाट फर्किएर क्वारेन्टिनमा बसिरहेकी एक युवतीले काभ्रेमा आत्महत्या गरेकी छिन् । क्वारेन्टाइन स्थलमै उनले आत्महत्या गरेकी हुन् । शुक्रबार काभ्रेको बेथानचोक गाउँपालिका–४ स्थायी घर भएकी २१ वर्षिय युवती गाउँपालिकाकै क्वारेन्टाइनमा बसेकी थिइन् । उनी झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । काभ्रे प्रहरीका अनुसार साउन १६ मा दुबईबाट नेपाल आएर क्वारेन्टाइनमा बसेकी युवतीले गाउँपालिकाको… Continue reading काभ्रेमा क्वारेन्टिनमा एक युवतीबाट आत्महत्या, स्थानीय आक्रोसित

पर्साका तीन सहित कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

काठमाडौं  । कोरोना भाइरसको संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमको अनुसार पर्साका तीन जना, सर्लाही र सिरहाका एक- एक जना को कोरोना संक्रमणबाट मृत्यु भएको हो । सर्लाही घर भएका ४५ वर्षीय पुरुषको साउन २२ गते, पर्साको विरगन्ज ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन… Continue reading पर्साका तीन सहित कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ७ हजार ९ सय २६ नमुना परिक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४… Continue reading नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२ हजार नाघ्यो

उपत्यकामा कोरोना जोखिम कम गर्न आइतबारदेखि १५ दिन ‘सट डाउन

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम कम गर्नका लागि १५ दिन अत्यावश्यकबाहेकका कार्यालय बन्द हुने भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले कोरोना संक्रमण बढेको भन्दै आइतबारदेखि लागु हुनेगरी बन्द गर्ने निर्णय गरेका हुन् । शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य कार्यालयका… Continue reading उपत्यकामा कोरोना जोखिम कम गर्न आइतबारदेखि १५ दिन ‘सट डाउन

नेपाली बजारमा सुन र चाँदीको भाउको ऐतिहासिक रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको भाउमा ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ भने चाँदीमा ६० रुपैयाँ तोलामा बढेको छ । शुक्रबारको लागि छापावाल सुनको मूल्य एक लाख ३ हजार ५ सय रुपैयाँ… Continue reading नेपाली बजारमा सुन र चाँदीको भाउको ऐतिहासिक रेकर्ड

विश्वकप छनोटको तयारीमा नेपाली खेलाडी, १ भदौबाट प्रशिक्षण

File Photo

काठमाडौं । चैतयता ठप्प रहेको खेलकुद गतिविधि अब बिस्तारै शुरु गर्ने तयारीमा नेपाल छ । यसैक्रममा अब राष्ट्रिय फुटबल टोली विश्वकप छनोट प्रतियोगिताको छनोटका लागि तयारीमा जुटेको छ । अहिले खेलाडीहरु क्वारेन्टिनमा छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार १ भदौबाट खेलाडीलाई प्रशिक्षणका लागि मैदानमा उतार्ने तयारी रहेको छ । तर, त्यस अगाडी नै… Continue reading विश्वकप छनोटको तयारीमा नेपाली खेलाडी, १ भदौबाट प्रशिक्षण

कांग्रेसले क्रियासिल सदस्य दोब्बर पार्ने

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्य दोब्बर पार्ने भएको छ । बिहीबार सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा क्रियाशील सदस्यता साविकको संख्यामा १०० प्रतिशतसम्म बढाउन सकिने व्यवस्था गर्ने सहमति भएको हो । यसअघि ५० प्रतिशत मात्र सदस्य थप्न सकिने प्रावधान रहेको थियो । सदस्यता थप्ने भनिए पनि छानबिन समिति गठनमा भने विवाद छ । क्रियाशील… Continue reading कांग्रेसले क्रियासिल सदस्य दोब्बर पार्ने

न्युयोर्कका हजारौं अपार्टमेण्ट रित्तै; धनाढ्यलाई कुमोको आह्वान : फर्किएर आउ पेयको पैसा तिर्छु, पकाएर पनि खुवाउँछु

न्युयोर्क न्युयोर्क राज्यका गभर्नर एण्ड्रु कुमोले कोरोना संक्रमणको त्रासले न्युयोर्क सहर छाडेका धनाढ्यहरुलाई सहरको अर्थतन्त्रमा टेवा पुर्याउनको लागि पुन: फर्किएर आउन आह्वान गरेका छन् । न्युयोर्क सहरमा महामारी चरम उत्कर्षमा पुग्दा महँगो मुल्य तिरेर म्यानह्याटनका अपार्टमेण्टमा बसोबास गर्दै आएका धनाढ्यहरु ह्याम्टन, अपस्टेट, कनेक्टिकटमा रहेको भेकेसन होममा सरेका थिए भने अन्य मानिस भने सहर भन्दा केही… Continue reading न्युयोर्कका हजारौं अपार्टमेण्ट रित्तै; धनाढ्यलाई कुमोको आह्वान : फर्किएर आउ पेयको पैसा तिर्छु, पकाएर पनि खुवाउँछु

सवारी पास वितरणमा कडाई, एकै दिनमा नपाइने

काठमाडौं । प्रशासनले अब अत्यावश्यक कामका लागि भन्दै लिइने सवारी पास वितरणमा अझै कडाई गरेको छ । अब एकै दिनमा सवारी पास पाइने छैन । सरकारले काठमाडौं उपत्यका र २ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित पुष्टी भएका जिल्लामा जोर विजोर प्रणाली शुरु गरेको छ । एक जिल्लाबाट अकोए जिल्ला जान निषेध छ । तर,… Continue reading सवारी पास वितरणमा कडाई, एकै दिनमा नपाइने

पूर्ण लकडाउनमा नजाने सरकारको स्पटोक्ती, जोखिम बढेका स्थान सील

File photo

काठमाडौं । अब नेपालले पूर्ण लकडाउन थेग्न नसक्ने निष्कर्षमा सरकार पुगेको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले अहिले तत्कालै नेपाल ११ चैतको जस्तै पूर्ण तथा देशव्यापी लकडाउनको सोचमा नरहेको स्पष्ट पारेका छन् । मन्त्रिपरिषद्का गत सोमबार भएका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले पूर्ण लकडाउनबारे कुनै पनि… Continue reading पूर्ण लकडाउनमा नजाने सरकारको स्पटोक्ती, जोखिम बढेका स्थान सील

गैरआवासीय नेपालीले पनि तत्काल अनअराइभल भिसा नपाउने

काठमाडौं । सरकारले तत्काल विदेशी नागरिक र गैरआवासीय नेपालीलाई समेत अनअराइभल भिसा नदिने भएको छ । बिहीबार परराष्ट्र, गृह, स्वास्थ्य र पर्यटनमन्त्री तथा सचिवहरुबीच भएको संयुक्त छलफलमा यस्तो सहमति भएको हो । बढ्दो कोरोना संक्रमणका बीच सरकारले १ भदौबाट व्यवसायिक हवाई उडान सुरु गर्ने निर्णय गरेको छ । त्यसपछि नेपाल आउन चाहने नेपालीले स्वास्थ्य प्रोटोकल… Continue reading गैरआवासीय नेपालीले पनि तत्काल अनअराइभल भिसा नपाउने