काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा नेपाली चर्चित लेग स्पीनर सन्दीप लामिछाने अन्तिम सूचिमा अटाउन सफल भएका छन् । नेपालबाट अक्सनका लागि ८ खेलाडीले नाम टिपाएका थिए । त्यसमध्ये सन्दीप मात्र अन्तिम सूचिमा परेका हुन् । १४औं संस्करणको आइपीएलका लागि १८ फेब्रुअरीमा अक्सन हुनेछ । जसमा बिक्रि हुन सफल भएमा सन्दीपले न्यूनतम… Continue reading आइपिएल अक्सनको फाइनल लिस्टमा परे सन्दीप, न्यूनतम मूल्य ४० लाख भारु
Category: फिचर
आज सोनाम ल्होसार, देशभर सार्वजनिक बिदा
काठमाडौं । आज तामाङ समुदायले सोनाम ल्होसार पर्व मनाउँदैछन् । यस दिनको उपलक्ष्यमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन मगर, प्रधानमन्त्री केपीशर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतले यो पर्व मनाउने सबैलाई शुभकामना दिएका छन् । नेपाली कांग्रेस, नेकपा, जनता समाजवादी पार्टीले पनि ग्याल्पो ल्होसारको अवसरमा शुभकामना दिएका छन्… Continue reading आज सोनाम ल्होसार, देशभर सार्वजनिक बिदा
धरहरा र सिंहदरवारको पुनर्निर्माण प्रगतिबाट प्रधानमन्त्री संतुष्ट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार निर्माणाधीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको निरीक्षण गरेका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय पुनर्निर्माण भएको हो भने धराहराको नवनिर्माण हो । यी दुई संरचनाको अवलोकनबाट प्रधानमन्त्री संतुष्ट देखिए । सिंहदरबारको पुनर्निर्माणको कामप्रति प्रधानमन्त्रीले सन्तोष व्यक्त गर्नुभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । सिंहदरबारको… Continue reading धरहरा र सिंहदरवारको पुनर्निर्माण प्रगतिबाट प्रधानमन्त्री संतुष्ट
एनआरएनएको पहलमा १० अर्ब रुपैयाँको कोष बन्ने, गैरआवासीय नेपालीले आइपीओ हाल्न पाउने
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याइने भएको छ । अर्थ मन्त्रालयमा बिहीवार बसेको बैठकमा कोषमा नेपाल सरकारको तर्फबाट पूर्व सहमतिअनुसार पाँच प्रतिशत लगानी गर्ने निर्णय समेत भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल कोष सञ्चालन गर्न रकमसहित आवश्यक अन्य सहयोग… Continue reading एनआरएनएको पहलमा १० अर्ब रुपैयाँको कोष बन्ने, गैरआवासीय नेपालीले आइपीओ हाल्न पाउने
तरल राजनीतिका बीच एक भए कट्टर कम्युनिष्ट, विप्लवसहितको बन्यो मोर्चा
काठमाडौं । मुलुक भित्रको तरल राजनीतिका बीच कट्टर कम्युनिष्टको छवि बनाएका दलहरुले रणनीतिक मोर्चा गठन गरेका छन् । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चार दलबीच यस्तो संयुक्त मोर्चा गठन भएको हो । मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तीकारी माओवादी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल समावेश छन्… Continue reading तरल राजनीतिका बीच एक भए कट्टर कम्युनिष्ट, विप्लवसहितको बन्यो मोर्चा
रामकुमारी पक्राउको विरोधमा कांग्रेस र गगनको दरिलो साथ
काठमाडौं । आज नेकपा नेतृ रामकुमारी झाँक्रीलाई सरकारले गरेको गिरफ्तारीको विरोधमा कांग्रेस र प्रभावशाली नेता गगन थापाले विपक्षीलाई दरिलो साथ दिएका छन् । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक चिन्तनका साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई चेतावनी दिए । उता, नेपाली कांग्रेसका नेता गगनकुमार थापाले राष्ट्रपतिबारे आफूले पनि बोलेको भन्दै… Continue reading रामकुमारी पक्राउको विरोधमा कांग्रेस र गगनको दरिलो साथ
रामकुमारी झाँक्री पक्राउ प्रकरणले तात्यो दिनभरको राजनीति, अन्ततः झुक्यो सरकार
काठमाडौं । बिहीबार दिनभर राजनीति केन्द्रमा रहिन् नेकपा नेतृ रामकुमारी झाँक्री । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई पक्राउ गर्न प्रहरी घरमा पुगेसँगै अनेरास्ववीयुका कार्यकर्ता नाराबाजी गर्दै घेराउमा पुगेका थिए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीविरुद्ध चर्को नाराबाजी गरे । तर, प्रहरीले अदालतबाट पक्राउ पूर्जी लिएर… Continue reading रामकुमारी झाँक्री पक्राउ प्रकरणले तात्यो दिनभरको राजनीति, अन्ततः झुक्यो सरकार
काठमाडौंको ५ ठाउँमा ‘वाटर भेन्डिङ’ १ रुपैयाँ तिर्नुहोस्, स्वच्छ पानी पिउनुहोस्
काठमाडौं । नेपाल सरकार खानेपानी मन्त्रालय, काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त प्रयासमा बिहीबार देखि काठमाडौंमा वाटर भेन्डिङ संञ्चालनमा आएको छ । बिहीवार एक कार्यक्रमकाबीच खानेपानी मन्त्री मणिचन्द्र थापाले वाटर भेन्डिङको उद्घाटन गरेका हुन् । पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भु भगवान पाउमा वाटर भेन्डिङ संञ्चालनमा आएको छ । वाटर भेन्डिङ जडान… Continue reading काठमाडौंको ५ ठाउँमा ‘वाटर भेन्डिङ’ १ रुपैयाँ तिर्नुहोस्, स्वच्छ पानी पिउनुहोस्
थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०५२ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५२ पुगेको छ ।
नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४ सय ३० जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १११ जना कोरोनालाई जितेर अस्पतालबाट… Continue reading नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना डिस्चार्ज
ओली क्याविनेटका दुई मन्त्री आफ्नो पक्षमा फर्कने तयारीमा रहेको प्रचण्डको खुलासा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली क्याविनेटका दुईमन्त्री आफ्नो पक्षमा फर्किने तयारीमा रहेको खुलासा गरेका छन् । समूहले मंगलबार राजधानीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो जानकारी गराएका हुन् । प्रचण्डको यो उद्घोस सत्य भए पनि नभए पनि यसले क्याविनेटमा खुलेर आफ्नो रणनीति… Continue reading ओली क्याविनेटका दुई मन्त्री आफ्नो पक्षमा फर्कने तयारीमा रहेको प्रचण्डको खुलासा
म्यानमारमाथि अमेरिकाले लगाउने भयो प्रतिवन्ध, कार्यकारी आदेशमा हस्ताक्षर
वासिंटन डिसी । अमेरिकाले म्यानमारमाथि प्रतिवन्ध लगाउने भएको छ । हालै निर्वाचित सरकारलाई अपदस्त गरी सेनाले सत्ता हत्याएपछि राष्ट्रपति जो बाइडेनले म्यानमारमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । उनले यस्तो निर्णयको कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। राष्ट्रपति बाइडेनले बुधबार म्यानमारमा सैनिक कूको योजना बनाउने, कू गर्ने सेनाका जनरल र उनीहरूका परिवारका सदस्यहरूलाई प्रतिबन्ध लगाउने गरी… Continue reading म्यानमारमाथि अमेरिकाले लगाउने भयो प्रतिवन्ध, कार्यकारी आदेशमा हस्ताक्षर
प्रशान्त महासागरमा गयो ७.७ म्याग्निच्यूटको भूकम्प, सुनामीको चेतावनी
दक्षिणी प्रशान्त महासागरमा गएको शक्तिशाली भूकम्पपछि सुनामस्को चेतावनी दिइएको छ । त्यहाँ बुधबार साँझ ७.७ रेक्टरस्केलको भूकम्प गएको अमेरिकी भूवैज्ञानिक एजेन्सीले जनाएको छ । भूकम्प लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा गएको बताइएको छ । यसको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको छ । भूकम्पले पुर्याएको मानवीय तथा भौतिक क्षतिको विवरण आएको छैन ।… Continue reading प्रशान्त महासागरमा गयो ७.७ म्याग्निच्यूटको भूकम्प, सुनामीको चेतावनी
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको भाउ बढ्यो
काठमाडौं । नेपालमा खाना पकाउने ग्यास सहित पेट्रोलियम पदार्थको भाउ बढाइएको छ । सरकारले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थमा मूल्य बढाउने निर्णय गरेको हो । नेपाल आयल निगमका अनुसार बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मटितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ । काठमाडौंमा पेट्रोलको मूल्य ११२… Continue reading खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको भाउ बढ्यो
पहिलो पटक खाडी मुलुक जाँदा ४० वर्षभन्दा कमका महिलालाई वडाको सिफारिस चाहिने
काठमाडौं । सरकारले खाडी मुलुकमा पहिलो पटक भ्रमण भिसामा जाँदा ४० वर्षभन्दा कम उमेरका महिलाले वडाको सिफारिस ल्याउनु पर्ने नियम बनाएको छ । अध्यागमन विभागले बनाएको यस्तो नियम स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको छ । मन्त्रालयले स्वीकृत गरेमा यो लागु हुनेछ । भिजिट भिसामा खाडी छिर्ने ४० वर्षभन्दा कम उमेरका महिलालाई वडा र परिवारको सिफारिस… Continue reading पहिलो पटक खाडी मुलुक जाँदा ४० वर्षभन्दा कमका महिलालाई वडाको सिफारिस चाहिने
दुई भारतीयले सगरमाथा चुचुरो नपुगी आरोहण प्रमाणपत्र लिएको खुलासा, ६ वर्षको प्रतिवन्ध
काठमाडौं । दुई भारतीय नागरिकले सगरमाथाको चुचुरोमा नपुगी आरोहण प्रमाणपत्र लिएको खुलेको छ । उनीहरुले सन् २०१६ को आरोहण सिजनमा सगरमाथा चुचुरो पुगेको दावि गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तारानाथ अधिकारीले जारी गरेको विज्ञप्ती अनुसार सन् २०१६ को वसन्त ऋतुमा भारतीय नागरिक नरेन्द्र सिंह र सीमा रानीले सगरमाथाको सफल आरोहण… Continue reading दुई भारतीयले सगरमाथा चुचुरो नपुगी आरोहण प्रमाणपत्र लिएको खुलासा, ६ वर्षको प्रतिवन्ध
‘केपी जी सभा कस्तो हुन्छ देख्नुभयो ? प्रतिगमनविरुद्ध सिंहदरबार र बालुवाटार घेर्ने आन्दोलन गर्न नपरोस्’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिगमन विरुद्धको प्रधानमन्त्री केपी शर्मा ओलीको कदम नसच्चिए सिंहदरबार र बालुवाटार घेर्नका लागि अर्को ओन्दोलन गर्ने चेतावनी दिएका छन्। काठमाडौंमा प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘सभा कस्तो हुन्छ ओलीले भन्नुभयो केपी जी सभा कस्तो भयो देख्नुभयो? विरोध कस्तो हुन्छ? हामी… Continue reading ‘केपी जी सभा कस्तो हुन्छ देख्नुभयो ? प्रतिगमनविरुद्ध सिंहदरबार र बालुवाटार घेर्ने आन्दोलन गर्न नपरोस्’
‘अधर्मीलाई पशुपतिनाथले माफ गर्दैनन्’- माधवकुमार नेपाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पशुपतिनाथले पनि माफी नदिने चेतावनी दिएका छन् । पहिले मदन भण्डारीको नाम जप्ने ओलीले अहिले पशुपतिको नाम जप्न थालेको भन्दै अब उनलाई पशुपतिनाथले पनि माफी नगर्ने बताए । ‘केपी ओलीजी पहिले तपाईं मदन भण्डारीको नाम जप्नुहुन्थ्यो । अहिले मदन बिर्सिएर पशुपतिको… Continue reading ‘अधर्मीलाई पशुपतिनाथले माफ गर्दैनन्’- माधवकुमार नेपाल
‘संस्थाविरुद्ध बोलेको छैन, खलपात्रको विरुद्ध बोल्न पाइन्छ’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध बोलेको भन्दै उठाइएको प्रश्नको खण्डन गरेकी छिन् । राजधानीमा आज आयोजित विरोधसभामा उनले प्रधानमन्त्री र राष्ट्रपतिले गरेका गलत कार्यका विरुद्धमा बोल्न पाइने बताइन् । ‘सम्मान्नीय राष्टपति यो संस्था हाम्रो बलिदानीले प्राप्त संस्था हो, हाम्रो शीरमाथीको संस्था हो म त्यो संस्थाविरुद्ध… Continue reading ‘संस्थाविरुद्ध बोलेको छैन, खलपात्रको विरुद्ध बोल्न पाइन्छ’
अख्तियार लाचार छायाँ होइन, सरकारबाट कुनै हस्तक्षेप हुँदैन- प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममाथि सरकारले हस्तक्षेप नगर्ने बताएका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले निष्पक्ष ढंगले काम गर्ने वातावरण निर्माण गर्न सरकार तयार रहेको बताए । उनले अख्तियारलाई दबाब र प्रभावमा पार्ने काम नगर्न पनि चेतावनी दिएका छन् ।… Continue reading अख्तियार लाचार छायाँ होइन, सरकारबाट कुनै हस्तक्षेप हुँदैन- प्रधानमन्त्री ओली
कुवेतमा सात नेपाली महिला पक्राउ
काठमाडौं । कुवेतमा सात जना नेपाली महिला पक्राउ परेको कुवेती संचारमाध्यमले जनाएका छन् । कुवेत प्रहरीले घरेलु कामदारलाई भगाई अर्को साहूलाई बेचेको अभियोग उनीहरुमाथि लगाएको छ पक्राउ पर्नेमा सबै नेपाली नागरिक रहेको बताइएको छ । घरेलु कामदार आपूर्ति गर्ने म्यानपावर कम्पनीको इजाजत नलिई काम गरिरहेका महिलालाई आर्थिक प्रलोभनमा पारी अवैध तरिकाले बेचबिखन गरेको आरोप उनीहरुमाथि… Continue reading कुवेतमा सात नेपाली महिला पक्राउ
के सरकार अभिव्यक्ति स्वतन्त्रतामा कडाई गर्दैछ ?
काठमाडौं । सरकारले सामाजिक सञ्जाल प्रयोगकर्ता र त्यसका माध्यमबाट संचारमाध्यममा सूचना प्रकाशन, प्रसारण हुने सामग्रीमाथि कडाई गर्ने तयारी गरेको छ । सामाजिक संजालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन, प्रसारण गर्ने माध्यमलाई कारवाही गर्ने गरी सरकारले निर्देशिका बनाउन लागेको छ । यसलाई भने धेरैले अभिव्यक्ति स्वतन्त्रता हनन् गर्न लागेको रुपमा व्याख्या गरेका… Continue reading के सरकार अभिव्यक्ति स्वतन्त्रतामा कडाई गर्दैछ ?
सरकारको कदमको विरुद्धमा आज पनि काठमाडौंमा विशाल सभा, ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने
काठमाडौं । सरकारले गरेको संसद विघटनको विरोधमा आन्दोलनमा हेको नेकपा (प्रचण्ड,माधव समूह)ले आज काठमाडौंमा विशाल सभा आयोजना गरेको छ । सभामा दुई लाख भन्दा बढी मानिस उतार्ने दावि समुहको छ । भृकुटीमण्डपमा आयोजना गरिएको विरोधसभाका कारण राजधानीको ट्राफिक व्यवस्थापन आज पनि अस्तव्यस्त हुनेछ । सभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । आयोजकका… Continue reading सरकारको कदमको विरुद्धमा आज पनि काठमाडौंमा विशाल सभा, ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने
सरकारले घटायो बजेटको आकार, १३ खर्ब ४४ अर्ब खर्च हुने अनुमान
काठमाडौं । सरकारले बजेट आकार घटाएको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार १ खर्ब ३० अर्बले घटाएको हो । चालू आर्थिक वर्ष २०७७/ ०७८ का लागि सरकारले १४ खर्ब ४६ अर्ब रुपैयाँको आयव्यय विवरण सार्वजनिक गरेको थियो । जस अनुसार अर्थ मन्त्रालयले यस वर्ष १३ खर्ब ४४ अर्ब… Continue reading सरकारले घटायो बजेटको आकार, १३ खर्ब ४४ अर्ब खर्च हुने अनुमान
पहिलो चरणमा ४० र दोस्रोमा ३७ जिल्लामा चुनाव गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले पहिलो र दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत वैशाख १७ र २७ गते सात वटा प्रदेशमा दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो । पहिलो चरण अर्थात वैशाख १७ गते ४० जिल्लामा निर्वाचन हुनेछ भने २७ गते ३७ वटा जिल्लामा निर्वाचन हुने सरकारका प्रवक्ता एवं… Continue reading पहिलो चरणमा ४० र दोस्रोमा ३७ जिल्लामा चुनाव गर्ने सरकारको निर्णय
प्रधानमन्त्री ओली निर्वाचन आयोगमा, निर्वाचन तयारी नरोक्न आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन् । मंगलबार निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अन्य पदाधिकारीसँग करिब एक घण्टा छलफल गरेका हुन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले छलफल निर्वाचनको तयारीका विषयमा केन्द्रित रहेको जानकारी दिए । प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीको प्रक्रिया निरन्तर… Continue reading प्रधानमन्त्री ओली निर्वाचन आयोगमा, निर्वाचन तयारी नरोक्न आग्रह
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । ऊर्जा मन्त्रालयले उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर कात्तिक २१ गते नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो… Continue reading विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
उत्तराखण्ड बाढी : एक नेपालीसहित २६ को शव फेला, अझै १७० वेपत्ता
उत्तराखण्ड । भारतको उत्तराखण्ड राज्यस्थित चमोली जिल्लामा हिमताल फुटेर आएको भिषण बाढीमा परी कम्तिमा २६ को मृत्यु भएको पुष्टी भएको छ । त्यसमा एक जना नेपाली रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । यद्दपी उनको पहिचान खुलेको छैन । चार जना नेपालीको भने सकुशल उद्धार गरिएको छ । आइतबार साँझ इन्डो–तिब्बत बोर्डर पुलिस (आईटीपीबी) को टोलीले… Continue reading उत्तराखण्ड बाढी : एक नेपालीसहित २६ को शव फेला, अझै १७० वेपत्ता
मोरक्कोमा बाढी, कम्तिमा २४ को मृत्यु
काठमाडौं । मोरक्कोमा बाढी र पहिराले ठूलो मानवीय क्षति भएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार त्यहाँ कम्तिमा २४ जनाको मृत्यु भएको खबर छ । देशको उत्तरी भेगमा पर्ने तान्गीर भन्ने स्थानमा सोमबार अविरल वर्षापछि बाढी आएको थियो । घटनास्थलबाट उद्धारकर्मीले १० जनाको सकुसल उद्धार गरेका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । अहिले… Continue reading मोरक्कोमा बाढी, कम्तिमा २४ को मृत्यु
बाइडेन र मोदीबीच टेलिफोन वार्ता, कुन एजेण्डामा कुरा भयो ?
नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार वार्ता म्यानमारमा उत्पन्न परिस्थितिमा मुख्य केन्द्रित थियो । तर, प्रधानमन्त्री मोदीले राष्ट्रपति बाइडेनलाई राष्टपतिमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् । बाइडेनले २० जनवरीमा अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेका हुन् । बाइडेन र भारतीय प्रधानमन्त्री मोदीबीच… Continue reading बाइडेन र मोदीबीच टेलिफोन वार्ता, कुन एजेण्डामा कुरा भयो ?