एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । बोर्डको सोमबार बसेको भर्चुअल बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । एसईईका लागि ५ लाख १७ हजार विद्यार्थी तयारीमा छन् । जेठ २६ बाट हुने… Continue reading एसईई र कक्षा १२ को परीक्षा स्थगित

तत्काल राजीनामा नदिने, संसदमा पनि उपस्थित नहुने नेपाल समूहको निर्णय

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन्। राजीनामा दिन संसद सचिवालय सिंहदरबारमा पुगेको माधव नेपाल समूहले तत्काल राजीनामा नदिने र संसद बैठकमा पनि उपस्थित नहुने निर्णय गरेको उक्त समूहका नेता भीम रावलले जानकारी दिए। कति जना सांसद प्रतिनिधि सभा बैठकमा आज अनुपस्थित हुन्छन् भन्नेबारे… Continue reading तत्काल राजीनामा नदिने, संसदमा पनि उपस्थित नहुने नेपाल समूहको निर्णय

अल्टिमेटम अवधिमा टसमस भएनन् ओली, प्रतिक्षा माधव समूहको निर्णयको

काठमाडौं । पार्टी एकता कायम राख्न एमालेमा माधव नेपाल समूहले दिएको अल्टिमेटमको अवधि घर्किएको छ । सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको थियो । शर्तसहितको अल्टिमेटमबारे ओली टसमस भएनन् । उल्टो धम्कीपूर्ण विज्ञप्ती जारी गरेसँगै आक्रोसित बनेको नेपाल समुहले कठो निर्णय लिने चेतावनी दिइसकेको छ । समूहको बैठक… Continue reading अल्टिमेटम अवधिमा टसमस भएनन् ओली, प्रतिक्षा माधव समूहको निर्णयको

अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला, आपतकाल घोषणा

Photo : Jay Reeves/Associated Press

न्यूयोर्क । अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइन कोलोनियलमा र्‍यान्समवेअर साइबर हमला भएको छ । बीबीसीका अनुसार साइबर हमलासँगै स्थानीय सरकारले आपतकाल घोषणा गरेको छ। साइबर हमलाकारीको समूहले शुक्रवार त्यस्तो हमला गरेको हो । अहिले सेवा सुरु गराउने प्रयास जारी रहेको समेत समाचारमा उल्लेख छ । कोलोनियल पाइपलाइनले प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्छ ।… Continue reading अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला, आपतकाल घोषणा

कोलोराडोस्थित एक घरमा गोली चल्दा कम्तिमा ७ जनाको मृत्यु

Photograph: Jerilee Bennett/AP

कोलोराडो । अमेरिकाको कोलोराडो राज्यमा एक घरमा अन्धाधुन्ध गोली चल्दा कम्तिमा सात जनाको मृत्यु भएको छ । त्यहाको क्यान्टरबरी मोबाइल होम पार्कस्थित घरमा जन्मोत्सव पार्टी चलिरहँदा गोली चलेको अमेरिकी संचारमाध्यमले जनाएका छन् । घटना आइतबार बिहान भएको हो । बन्दुकधारीले अन्धाधुन्ध गोली हानीर ६ जनाको हत्या गरेसँगै आफुलाई गोली हानेको प्रहरीले जनाएको छ । प्रहरीले… Continue reading कोलोराडोस्थित एक घरमा गोली चल्दा कम्तिमा ७ जनाको मृत्यु

मध्यरातमा माधव नेपालको संकेत : ओली नसच्चिए पार्टी फुट्छ

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आइतबार राती एक पत्र सार्वजनिक गरे । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरि लेखिएको पत्रमा उनले स्पष्टसँग भनेका छन् ओली नसच्चिए पार्टी फुट्छ । माधव कुमार नेपाल समुहले सोमबार बिहानसम्मको अल्टिमेटम ओलीलाई दिएको छ । ती शर्त नमाने नेपाल पक्षका प्रतिनिधिसभा सदस्यले राजिनामा गर्नेछन्… Continue reading मध्यरातमा माधव नेपालको संकेत : ओली नसच्चिए पार्टी फुट्छ

आज प्रधानमन्त्रीले विश्वासको मत लिने, तर पक्षमा मत नपुग्ने स्पष्ट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदैछन् । संसदको विशेष अधिवेशनको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकको प्रारम्भमा शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची राखिएको छ । त्यसपछि विश्वासको मतमा आजै मतदान हुने छ । वर्तमान प्रतिनिधि सभामा विश्वासको मत लिने कम्तिमा १३६ मत ल्याउनु पर्छ । केपी… Continue reading आज प्रधानमन्त्रीले विश्वासको मत लिने, तर पक्षमा मत नपुग्ने स्पष्ट

ओलीलाई नेपाल समूहको सोमबार बिहानसम्मको अल्टिमेटम, नत्र राजिनामा

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सोमबारसम्मको अल्टिमेटम दिएको छ । पार्टीलाई अदालतको आदेश अनुसार २ जेठ २०७५ को अवस्थामा फर्काउने निर्णयमा सहमत नभए सोमबार ९ बजेपछि भने यो समूहका सांसदले राजिनामा दिनेछन् । त्यस अवस्थामा केपी शर्मा ओलीको सरकार ढल्नेछ भने नेकपा एमाले समेत विभाजित हुनेछ ।… Continue reading ओलीलाई नेपाल समूहको सोमबार बिहानसम्मको अल्टिमेटम, नत्र राजिनामा

नेपालमा थप ८८५० जनामा कोरोना पुष्टी, एकैदिन ४०४२ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ९४ हजार… Continue reading नेपालमा थप ८८५० जनामा कोरोना पुष्टी, एकैदिन ४०४२ जना संक्रमण मुक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

काठमाडौं । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन्। गुरुङले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुने एकदिन अघि नै प्रदेश प्रमुख सीता पौडेललाई बझाएका हुन्। मुख्यमन्त्री गुरुङले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम आफ्नो राजिनामा दिउँसो प्रदेश प्रमुख पौडेललाई बुझाएका छन्। गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएपछि उनले राजीनामा दिएका… Continue reading गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

ओलीका प्रतिनिधि र नेपाल पक्षको निर्णायक वार्ता निष्कर्ष विहिन

काठमाडौं । सत्तारुढ दल एमालेमा चर्किएको विवाद मिलाउन आइतबार सिंहदवारमा बसेको ओली र नेपाल पक्षबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ । ओलीको प्रतिनिधि बनेर आएका नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र माघव नेपालबीचको वार्ता विनानिष्कर्ष टुंगिएको हो। उनीहरुबीच फेरि वार्ता हुनेछ। नेता नेपाल निकट नेताले भने, ‘फेरि वार्ता गर्नेगरी सिंहदरबारको वार्ता सकिएको छ।’ उनका अनुसार दुबै… Continue reading ओलीका प्रतिनिधि र नेपाल पक्षको निर्णायक वार्ता निष्कर्ष विहिन

निरन्तर खस्किँदै नेपाली शेयर बजार, आइतबार पनि दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको पहिलोदिन आइतबार नेप्से १८.४९ अकले घटेर २६१८.६३ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१९ कम्पनीको ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७७२ रुपैयाँ बराबरको १ करोड २७ लाख २८ हजार १२५ कित्ता शेयर किनबेच भएका छन् । कारोबारमा आएका १३… Continue reading निरन्तर खस्किँदै नेपाली शेयर बजार, आइतबार पनि दोहोरो अंकले घट्यो नेप्से

नेपाल समूहका सांसदको राजीनामा रोक्न पौडेल र नेम्वाङ सिंहदरबारमा

काठमाडौं । नेकपा एमाले विवादको उत्कर्षमा पुगेको छ । नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद राजीनामाको तायारीको लागि सांसद संघीय संसद्‍को सचिवालय भेला भएका छन् । नेपाल समूहका नेताबीच भर्चुअल छलफल भएपछि सांसद संघीय संसद्‍ सचिवालयमा पुगेका हुन्। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले सोमबार संसद्‍बाट विश्वासको मत लिने तयारी गरेपछि त्यसलाई असफल… Continue reading नेपाल समूहका सांसदको राजीनामा रोक्न पौडेल र नेम्वाङ सिंहदरबारमा

आज संवैधानिक परिषद् बैठक, विपक्षी दलका नेता देउवा र सभामुख नजाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषदको बैठक डाकेका छन् । तर, उनले बोलाएको बैठकमा सभामुख अग्नी सापकोटा तथा विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नहुने भएका छन् । बैठकले विभिन्न संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्ति गर्नेछ । संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख विपक्षी दलको नेता र… Continue reading आज संवैधानिक परिषद् बैठक, विपक्षी दलका नेता देउवा र सभामुख नजाने

चीनले ३१ करोड मानिसमा लगायो कोरोना खोप

काठमाडौं\एजेन्सी । नेपालको छिमेकी मुलुक चीनले ३१ करोड मानिसमा कोरोना विरुद्धको खोप लगाएको छ । शुक्रवारसम्म ३० करोड ८० लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ विरूद्धको खोप लगाएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगलाई उदृत गर्दै चिनियाँ संचारमाध्यमले लेखेका छन् । संसारभर कुल १६ करोड मानिसलाई मात्र कोरोना संक्रमण भएको पुष्टी भएको सन्दर्भमा चीनको खोप अभियान धेरै माथि पुगेको… Continue reading चीनले ३१ करोड मानिसमा लगायो कोरोना खोप

अफगानिस्तानमा विद्यालयमा लक्षित गरि विष्फोट, कम्तिमा ३० मारिए

AP Photo

काबुल । अफगानिस्तानको राजधानी काबुलमा एक माध्यमिक विद्यालयलाई लक्षित गरि भएको विस्फोटमा कम्तिमा ३० जना मारिएका छन् । बीबीसीका अनुसार यो घटनामा दर्जनौं व्यक्ति घाइते छन् । विद्यालयबाट बालबालिका निस्किरहेको समयमा शनिवार विस्फोट गराइएको हो । हताहत हुनेमा अधिकांश छात्रा रहेको त्यहाँको शिक्षा मन्त्रालयले जानकारी गराएको छ । यो घटनाको जिम्मेवारी कसैले लिएको छैन ।… Continue reading अफगानिस्तानमा विद्यालयमा लक्षित गरि विष्फोट, कम्तिमा ३० मारिए

वीर अस्पतालको नयाँ भवन अब ‘कोरोना डेडिकेटेड अस्पताल’ बन्ने

काठमाडौं । वीर अस्पतालको नयाँ भवन अब कोरोना डेडिकेटेड अस्पतालका रुपमा संचालनमा आउने भएका छन् । यहाँ कुल ८ सय बेड रहने भएका छन् । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । अस्पतालको नयाँ भवनलाई सुरूमा ५ सय शय्याको युनिफाईड कोभिड अस्पताल बनाउने निर्णय भएको हो । सीसीएमसीको बैठकले वीर अस्पतलालको नयाँ भवनलाई… Continue reading वीर अस्पतालको नयाँ भवन अब ‘कोरोना डेडिकेटेड अस्पताल’ बन्ने

एमालेका सांसदको राजिनामा तयार, प्रधानमन्त्रीले शर्त नमाने एमाले फुट्ने निश्चित

काठमाडौं । नेकपा एमाले भित्र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएका शर्त नमाने पार्टी फुट्ने निश्चित भएको छ । प्रधानमन्त्रीलाई पार्टी २ जेठ २०७५ मै फर्कनु पर्ने र त्यसयता भएका सबै निर्णय मान्य नहुने शर्त राखेको छ । त्यो अवस्था माओवादी केन्द्रसँग पार्टी एकता हुनुभन्दा अगाडीको हो । अदालतको आदेशपछि माओवादी… Continue reading एमालेका सांसदको राजिनामा तयार, प्रधानमन्त्रीले शर्त नमाने एमाले फुट्ने निश्चित

नेपालमा ८४१८ जनामा कोरोना पुष्टी, ३३७० डिस्चार्ज

काठमाडौं । नेपालमा शनिबार थप ८४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संक्रमण कुल १८३०४ जनामा गरिएको परीक्षणबाट पुष्टी भएको छ । यसआधारमा नेपालमा संक्रमण दर ४५ प्रतिशत भन्दा बढी देखिएको छ । अब नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ३८५८९० जना पुगेको छ । शनिबार कुल… Continue reading नेपालमा ८४१८ जनामा कोरोना पुष्टी, ३३७० डिस्चार्ज

नेपालमा कोरोनाबाट थप ५३ को मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार शनिबार उक्त संख्यामा नेपालमा मानवीय क्षति भएको हो । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउने मानिसको संख्या ३६३२ पुगेको छ । पछिल्लो समय काठमाडौं उपत्यका, नेपालगन्ज, बुटवल र वीरगन्जमा बढी मानिसहरुको ज्यान गएको छ ।… Continue reading नेपालमा कोरोनाबाट थप ५३ को मृत्यु

डिभी चिठ्ठाको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्नुहोस् नजिता

काठमाडौं । अमेरिकाको इलेक्ट्रोनिस डाइभर्सिटी भिसा(इडीभी) चिठ्ठाको नतिजा शनिवार राती सार्वजनिक हुँदैछ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार आज वैशाख २५ गते नेपाली समयअनुसार रातिको ९:४५ बजेबाट डिभी २०२२ को नतिजा सार्वजनिक हुने जानकारी दिएको हो । सो नतिजा हेर्नका लागि अनिवार्य रुपमा इडिभी भर्दा पाएको कन्फर्मेशन नम्बर अनिवार्य रुपमा रहेका छ । डिभी परेको जानकारीबारे… Continue reading डिभी चिठ्ठाको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्नुहोस् नजिता

प्रतिनिधिसभाका थप १८ सांसदलाई कोरोना पुष्टी

काठमाडौं । प्रतिनिधिसभाका १८ जना सांसदलाई कोरोना पुष्टी भएको छ । २७ वैशाखका लागि बोलाइएको संसदको विशेष बैठक अगाडी सांसदहरुको पीसीआर परीक्षण गरिएको थियो । त्यसक्रममा १८ प्रतिनिधिसभा सांसद र एक राष्ट्रिय सभा सांसदलाई कोरोना पुष्टी भएको संसद सचिवालयले जनाएको छ । सचिवालयले वैशाख २२,२३ र २४ गते गरिएको पीसीआर परीक्षण गरेको हो । संघीय… Continue reading प्रतिनिधिसभाका थप १८ सांसदलाई कोरोना पुष्टी

संवैधानिक परिषद्को बैठकमा नजाने कांग्रेसको निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक परिषद् बैठक बोलाएका छन् । यो बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गर्ने भएको छ । बैठकमा सभामुख अग्नी खरेलसमेत नजाने भएका छन् । सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै बैठकमा भाग नलिने जानकारी गराएका हुन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टीगत मनसायबाट प्रेरित रहेको उल्लेख… Continue reading संवैधानिक परिषद्को बैठकमा नजाने कांग्रेसको निर्णय

दोलखा भीमसेन मन्दिरमा आयो पसिना

दोलखा । दोलखाको भीमेश्वर मन्दिरका देवता भीमसेनलाई पसिना आएको छ। भीमसेनमा पसिना आउँदा देशमा कुनै शुभ वा अशुभ हुने धार्मिक विश्वास रहेको छ । एक शिला तीन अवतारको रुपमा भीमसेनलाई पुज्ने गरिएको छ । यसअघि २०७७ मंसिर ९ गते र २०७६ फागुन ८ गते भीमसेन सीलामा पसिना आएको थियो। गत वर्ष सवा घण्टासम्म पसिना आएको… Continue reading दोलखा भीमसेन मन्दिरमा आयो पसिना

प्रधानमन्त्री ओलीलाई माधव नेपालको चेतावनी: महामारीमा ध्यान दिनुस

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले महामारीको समयमा यसको नियन्त्रण र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका छन् । गलत बाटो प्रयोग गरी गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्ने तयारी गरिएसँगै शनिबार बिहानै नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी… Continue reading प्रधानमन्त्री ओलीलाई माधव नेपालको चेतावनी: महामारीमा ध्यान दिनुस

निषेधाज्ञाले नेपालमा रोकिएका विदेशी नागरिकको भिसामा सहजिकरण गरिने

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा निषेधाज्ञा जारी छ । यसको कारणले नेपालमा रोकिएका विदेशी नागरिकलाई सरकारले सहजिकरण गर्ने भएको छ । अध्यागमन विभागले एक सूचना जारी गरि १५ वैशाखसम्म नेपालको वैध भिसा भएका र अन्तर्राष्ट्रिय उडान स्थगत रहेको अवधिभित्र वा अन्तर्राष्ट्रिय हवाई उडान सूचारु भएको मितिले सात दिनभित्र नेपालबाट प्रस्थान गर्ने विदेशीको हकमा… Continue reading निषेधाज्ञाले नेपालमा रोकिएका विदेशी नागरिकको भिसामा सहजिकरण गरिने

चिनियाँ खोप सिनोफार्मले पायो प्रयोगको अनुमति

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मद्धारा निर्मित कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । डब्ल्यूएचओ पहिलो पटक पश्चिम मुलुकभन्दा अन्य मुलुकले बनाएको खोपलाई प्रयोगको अनुमति दिएको हो । यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडेर्ना खोपलाई अनुमति दिएको छ । सिनोफार्मको खोप चीनले यसअघि नै विश्वका धेरै नागरिकलाई उपलब्ध… Continue reading चिनियाँ खोप सिनोफार्मले पायो प्रयोगको अनुमति

२७ गते सिलिण्डर लिन चीन जाँदै नेपाल एयरलाइन्सको जहाज

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डर ल्याइन निश्चित भएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज वैशाख २७ गतेचीनको राजधानी बेइजिङ जाने भएको छ । यो जहाजले एक खेपमा ४ सय सिलिण्डर ल्याउने तय भएको बताइएको छ । साथमा भेन्टिलेटर समेत ल्याउने भएको छ । नेपाल एयरलाइन्सको जहाज २७… Continue reading २७ गते सिलिण्डर लिन चीन जाँदै नेपाल एयरलाइन्सको जहाज

सिजनको पहिलो टिम पुग्यो सगरमाथा चुचुरो, कामीरिताले चढे २५ औं पटक

file

काठमाडौं । जारी आरोहण सिजनको पहिलोटोली सगरमाथाको चुचुरोमा पुगेको छ । यो सगरमाथाको आरोहणमार्गमा डोरी टाँग्ने शेर्पा विशेषज्ञहरुको टोली हो । पर्यटन विभागका अनुसार वसन्त ऋतुका लागि अब सगरमाथा आरोहणको ढोका खुलेको छ । सेभेन समिट ट्रेक कम्पनीले उल्लेख गरे अनुसार शुक्रबार साँझ ६ बजे एक दर्जन आरोही विशेषज्ञ शेर्पाहरुको टोली चुचुरोमा पुगेको छ ।… Continue reading सिजनको पहिलो टिम पुग्यो सगरमाथा चुचुरो, कामीरिताले चढे २५ औं पटक

सगरमाथामा कोरोना फैलिएको छैन : पर्यटन मन्त्रालय

File photo : Seven summit treks pvt

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथामा प्रचारमा आएजस्तो कोरोना नफैलिएका स्पष्ट पारेको छ । बीबीसी, सीएनएनसहितका संचारमाध्यमले सगरमाथामा कोरोना फैलिएको भन्दै प्रचार गरेका थिए । यो समाचारको सरकारले खण्डन गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो खबरको खण्डन गर्दै पर्वतारोहीमा कोभिड १९ को संक्रमण व्यापक फैलिएको भन्ने समाचारप्रति ध्यानाकर्षण… Continue reading सगरमाथामा कोरोना फैलिएको छैन : पर्यटन मन्त्रालय