Category: फिचर

  • सर्वोच्च परिसरमा बारको आन्दोलन जारी, सर्वोच्चबाट हतियारसहितका प्रहरी हटाइयो

    सर्वोच्च परिसरमा बारको आन्दोलन जारी, सर्वोच्चबाट हतियारसहितका प्रहरी हटाइयो

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले सोमबार पनि सर्बोच्च अदालत परिसरमा धर्ना दिएका छन ।

    प्रधानन्यायाधीशविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका कानुन व्यवसायीहरू ब्यानरसहित धर्ना दिइरहेका छन् ।

    उनीहरुले विहान १० बजे सर्वोच्च परिसरमा भेला भएका कानून व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर धर्ना दिएका हुन् ।

    सर्वोच्च अदालत परिसरबाट दंगा प्रहरी हटाइएको छ । नेपाल बार एसोसिएसनको आन्दोलनलाई निस्तेज बनाउन र न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका हात हतियारसहितका दंगा प्रहरीलाई सोमबार सर्वोच्च अदालत परिसरबाट हटाइएको हो ।

    धर्नाका क्रममा प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी समेत हुँदै आएको थियो । सोही क्रममा कतिपय कानुन व्यवसायीहरु घाइते समेत भएका थिए ।

    राणाको राजीनामा माग गर्दै सर्वोच्चको मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायीहरुले दंगा प्रहरी हटाउन माग गर्दै आएका थिए । उनीहरुले आफ्नो शान्तिपूर्ण आन्दोनमा प्रहरी हस्तक्षेप भएको भन्दै आइतबार गृहमन्त्री बालकृष्ण खाँडको राजीनामा समेत माग गरेका थिए ।

    नेपाल बार एसोसिएसनले शनिबार एक विज्ञप्ति जारी गर्दै मंसिर ५ गते आइतबारदेखि १० गते शुक्रबारसम्मका लागि नयाँ चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका थिए ।

    सोही अनुसार आज देशभरका अदालतहरुमा विहान १० देखि १२ बजेसम्म कालोपट्टीसहित धर्ना र जुलुसलाई निरन्तरता दिएको हो । त्यस्तै आज नै संसदमा रहेका दलहरुलाई संसदीय दलमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।

  • आइसीसी महिला टी-२० विश्वकप छनोट : नेपाल र हङकङ भिड्दै

    आइसीसी महिला टी-२० विश्वकप छनोट : नेपाल र हङकङ भिड्दै

    काठमाडौं । आईसीसी महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले हङकङको सामना गर्दैछ । खेल दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हुनेछ । नेपाली समय अनुसार बिहान सवा ११ बजे शुरु हुने खेलमा नेपाल स्पष्ट जितका लागि मैदान उत्रने छ । यसअघि नेपालले कतारसँग टी-२० सिरिज खेलेको थियो । तीन खेलको सिरिज हात पारेको नेपाल पूर्ण आत्मविश्वासका साथ मैदान उत्रने छ ।

    टी–२० विश्व कप एसिया छनोटमा नेपालले हङकङसहित आयोजक यूएई, भुटान, मलेसिया र कुवेतसँग खेल्ने छ । राउण्ड रोबिन प्रणालीमा हुने प्रतियोगिताको विजेता विश्व कपको ग्लोबल छनोटमा पुग्ने छ । नेपालको अन्य खेल मंगलबार भुटानसँग, बिहीवार कुवेतसँग, शुक्रवार मलेसियासँग र आइतवार यूएईसँग रहेको छ ।

  • रोजगारीको खोजीमा चार महिनामा १ लाख ३६ हजार विदेशिए, पहिलो गन्तब्य कतार

    रोजगारीको खोजीमा चार महिनामा १ लाख ३६ हजार विदेशिए, पहिलो गन्तब्य कतार

    काठमाडौं । चालू आर्थिक वर्ष २०७८\७९ मा पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि १ लाख ३६ हजार मानिस विदेशिएका छन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या एक लाख ३६ हजार पुुगेको वैदेशिक रोजगार विभागले जनाएको छ । कात्तिकमा ५५ हजार, असोजमा ४० गरी ९५ हजार र साउन तथा भदौमा ४१ हजार ८४१ ले श्रम स्वीकृति लिएको देखिएको छ । गत दुई आर्थिक वर्षमा कोरोना भाइरसको महामारीका कारण वैदेशिक रोजगारीमा जाने मानिसहरु घटेका थिए ।

    तर, गन्तब्य मुलुकको आर्थिक क्रियाकलाप पुनः चलायमान भएसँगै वैदेशिक रोजगारीमा जाने समेत बढेका छन् । चालू आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीमा जानेमध्ये पहिलो रोजाईमा कतार देखिएको छ । चार महिनामा ५० हजारभन्दा बढी श्रम स्वीकृति कतारका लागि जारी भएका छन् । कतारपछि साउदी अरबमा ४२ हजारको श्रम स्वीकृति छ । संयुक्त अरब इमिरेट्स, मलेसिया, कुुवेत, ओमान र बहराइन समेत धेरै नेपाली जाने मुलुकमा पर्छन् ।

  • चीनमा चर्चित टेनिस खेलाडी हराएको र भिडियो कलमा देखिएको घटनाको वास्तविकता के हो ?

    चीनमा चर्चित टेनिस खेलाडी हराएको र भिडियो कलमा देखिएको घटनाको वास्तविकता के हो ?

    बेइजिङ । टेनिस डलब तर्फकी पहिलो बरियताकी पूर्व खेलाडी पेङ्ग स्वाअएले नोभेम्बरको सुरुमा चीनको सामाजिक सञ्जाल वेबोमा आफूमाथि चीनका पूर्व उप(प्रधानमन्त्री झाङ गाओलीले यौन सम्बन्ध राख्न दबाब दिएको उल्लेख गर्दै एउटा पोष्ट राखिन् । पोष्ट भाइरल भयो र उनले त्यसलाई तत्काल हटाइन् । बीबीसीले जनाए अनुसार चीनका वरिष्ठ नेताामाथि यस्तो प्रकारको आरोप लगाइएको यो पहिलोपटक थियो ।

    त्यसपछि ती खेलाडी समेत वेपत्ता भइन् । उनीबारे स्वदेश भित्र र बाहिर ठूलो चासो शुरु भयो । अन्तर्राष्ट्रिय समुदायले समेत चीनमाथि दवाव बढाएको थियो । यसै सन्दर्भमा अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी (आइओसी) ले चिनियाँ टेनिस खेलाडी पेङ्ग स्वाअएले आइतवार एउटा भिडिओ कलमार्फत आफू सुरक्षित रहेको बताएको उल्लेख गरेको छ । एक विज्ञप्ति निकाल्दै आइओसीले अध्यक्ष टमस बाखले पेङ्गसँग तीन मिनेट भिडिओ कल गरेको जानकारी सार्वजनिक गरेको हो ।

    जसमा उनी सुरक्षित रहेको बताइएको छ । ३५ वर्षीय पेङ्ग भिडियो कलमा हासेको र खुसी देखिएको समेत देख्न सकिन्छ । भिडिओ कलका दौरान पेङ्गलेआइओसीको चासोका लागि धन्यवाद दिएकी थिइन् । उनले बेइजिङस्थित आफ्नो घरमा सुरक्षित र ठिक रहेको बताएकी छिन् । अहिलेको अवस्थामा गोपनीयताको सम्मान होस् भन्ने आफुले चाहेको उनको धारणा छ । उनी आफु टेनिसमा निरन्तर रहने अठोट राख्ने समेत विज्ञप्तीमा उल्लेख छ ।

  • आज कांग्रेसको प्रतिनिधिसभा क्षेत्रिय अधिवेशन हुँदै

    आज कांग्रेसको प्रतिनिधिसभा क्षेत्रिय अधिवेशन हुँदै

    काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया अन्तर्गत आज बाँकी रहेका प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुने भएको छ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका स्थानमा आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुन लागेको हो। अधिवेशनबाट प्रतिनिधि सभा क्षेत्रमा क्षेत्रीय सभापतिसहित कार्यसमिति र सदस्यहरू चुन्ने कार्यक्रम छ ।

    यसै अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि समेत छानिनेछन् । कांग्रेसमा एक प्रतिनिधि सभा क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि केन्द्रमा आउँन पाउने प्रावधान रहेको छ । महाधिवेशन प्रतिनिधि मध्येबाट कांग्रेस पदाधिकारीदेखि केन्द्रीय सदस्यको निर्वाचन गरिन्छ । बहालवाला केन्द्रीय सदस्य तथा पदाधिकारी भने महाधिवेशनबाट आइराख्नु पर्दैन । उनीहरु स्वतः महाधिवेशन प्रतिनिधि हुन्छन् ।

    वैकल्पिक केन्द्रीय सदस्य भने महाधिवेशन प्रतिनिधि चुनिएर आउनुपर्छ । कांग्रेसले यसअघि १४ जिल्लामा जिल्ला अधिवेशन गरिसकेको छ। यी जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भई कार्यसमिति र प्रतिनिधि पनि चुनिइसकेका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिकाअनुसार सोमबार ६० जिल्लाका १४८ प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन हुनेछ ।

  • बैतडी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

    बैतडी । बैतडीमा आइतबार भएको जीप दुर्घटना मृत्यु हुनेको संख्या ६ पुगेको प्रहरीले पुष्टी गरेको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ३८ वर्षीय दीपक मालीको मृत्यु भएको छ । यसअघि घटनास्थलमै ५ जनाको मृत्यु भएको थियो ।

    सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मालीलाई उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेको म१ज ३१० नम्बरको जिप दुर्घटनामा परेको हो ।

  • जन्ती बोकेको जिप दुर्घटनामा कम्तिमा चारको मृत्यु

    जन्ती बोकेको जिप दुर्घटनामा कम्तिमा चारको मृत्यु

    बैतडी । बैतडीमा आइतबार जन्ति बोकेको जिप दुर्घटनामा परि कम्तिमा चार जनाको मृत्यु भएको छ । प्रहरीलाई उदृत गर्दै नेपालको सरकारी संचारमाध्यम गोरखापत्रले लेखे अनुसार मृतक मध्ये तीन जनाको सनाखत भइसकेको छ । दुर्घटनामा दशरथ चन्द नगरपालिका–६, का खेमसिंह कार्की, प्रेम चन्द, र तारा थापाको ज्यान गएको छ । दुर्घटनामा थप मानिस परेको हुन सक्ने बताइएको छ । खोजी कार्य जारी छ ।

    दशरथचन्द नगरपालिका–६, का राजु चन्द र अर्क चन्द घाइते रहेको र उनीहरुको उपचार जारी रहेको समाचारमा उल्लेख छ । राती सवा ८ बजे भएको दुर्घटनाका कारण उद्धारमा कठिनाई भइरहेको बताइएको छ । दशरथचन्द नगरपालिका–४,कलुवाडको मोडमा जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परेको जिप दशरथचन्द नगरपालिका–२ देहिमाण्डौको थलाल गाउँबाट जन्ती बोकेर दशरथ चन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको थियो ।

  • बुद्ध एयरले अब दुर्गमका गन्तब्यमा पनि उडान गर्ने

    बुद्ध एयरले अब दुर्गमका गन्तब्यमा पनि उडान गर्ने

    काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले अब दुर्गम भेगमा समेत उडान बिस्तार गर्ने भएको छ । रामेछापको मन्थली, पश्चिमका लागि पोखरा र सुदूरपश्चिमका लागि नेपालगञ्जलाई हब बनाएर दुर्गममा उडान गर्ने योजना कम्पनीले सार्वजनिक गरेको हो । कम्पनीले २०२३ को प्रारम्भबाटै दुर्गम भेगमा उडानको योजना बनाइएको भन्दै आइतबार यस्तो जानकारी गराएको हो । सो प्रयोजनका लागि ट्विनअटर जहाज खरिद गर्ने समेत कम्पनीले जनाएको छ ।

    शुरुआतमा चार वटा जहाज भित्र्याएर दुर्गम उडान शुरु गरिने भएको छ । त्यसपछि २०२४ मा दुई वटा जहाज थप्ने र सन् २०२६ भित्र आन्तरिक उडानमा मात्र जहाज संख्या ८ वटा पुर्‍याउने घोषणा समेत बुद्ध एयरले गरेको हो ।

    दुबईमा जारी एयर शोमा ट्विनअटर जहाज निर्माता भाइकिङ एयर लिमिटेडका सेल्स एण्ड मार्केटिङ सिनियर एक्जुकेटिभ भाइस प्रेसिडेन्ट रोव माराच्रसँग बुद्ध एयरका प्रवन्ध निर्देशक बीरेन्द्रकुमार बस्नेतको भेटपछि बुद्ध एयरले दुर्गम भेगमा उडानको योजना सार्वजनिक गरेको हो । दुर्गमलाई सुगम, सहज र सबैको पहुँचमा लैजाने उद्देश्यसहित दुर्गममा उडान विस्तारको योजना रहेको समेत कम्पनीले जनाएको छ ।

  • नेपालमा २३८ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु

    नेपालमा २३८ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि देखिएको छ । ७ हजार ८ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा २३२ जना र १ हजार २ सय ७८ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ३७० जना निको भएका छन् ।

    आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १४ हजार ३३३ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४९६ पुगेको छ भने ८ लाख ३५९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १६४ जना रहेका छन् ।

    जसमध्ये ६ हजार ६९६ जना होम आइसोलेसनमा रहेका छन् भने ४६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२७ जना आईसीयू र ५१ जना भेन्टिलेटरमा उपचाररत् छन् । १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २१ जना कोरोना संक्रमित थपिएका छन् ।

  • वृहत शान्ती सम्झौताको वर्षगाठमा अमेरिकाले भन्यो : नेपाललाई लोकतान्त्रिक मार्गमा अग्रसर बनाउने दिन

    वृहत शान्ती सम्झौताको वर्षगाठमा अमेरिकाले भन्यो : नेपाललाई लोकतान्त्रिक मार्गमा अग्रसर बनाउने दिन

    काठमाडौं । नेपालमा वृहत शान्ती सम्झौता भएको १५ वर्ष पुगेको छ । यस दिनको सम्झनामा आइतबार अमेरिकी दूतावासले ट्वीट गर्दै वृहत् शान्ति सम्झौता सवैधानिक भएको र यस सम्झौताले नेपाललाई लोकतान्त्रिक मार्गमा अग्रसर बनाएको उल्लेख गरेको छ । नेपालका शासक तथा राजनीतिक नेताले दशक लामो हिंसा अन्त्य गर्दै र नेपाललाई लोकतन्त्रको मार्गमा अग्रसर गराउँदै वृहत शान्ति सम्झौताका लागि एकजुट भएको दिनका रुपमा अमेरिकाले यो दिनलाई स्मरण गरेको छ ।

    अमेरिकाले संवैधानिक, पारदर्शी र सबैसँगको छलफलपछि भएको शान्ति सम्झौता’मार्फत् नेपालमा मानव अधिकारको थप संरक्षण र सशक्त एवं उत्थानशील लोकतन्त्र निर्माणका लागि निरन्तर सहयोग गर्ने उल्लेख गरेको छ । मानव अधिकार रक्षा र सशक्त एवं मजबुत लोकतन्त्र निर्माणका लागि अमेरिकासहित नेपाल र अन्य मुलुकको यात्रामा सँधै सहयोग गर्ने प्रतिवद्धना समेत अमेरिकाको छ ।

  • अध्यक्ष पदमा मेरो उम्मेदवारी किन ? डा.भीम रावल (पूर्णपाठ सहित)

    अध्यक्ष पदमा मेरो उम्मेदवारी किन ? डा.भीम रावल (पूर्णपाठ सहित)

    यस्तो छ पत्रकार सम्मेलनमा रावलले सार्वजनिक गरेको धारणाः

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) को दशौं राष्ट्रिय महाधिवेशन
    अध्यक्ष पदमा मेरो उम्मेदवारी किन?

    डा.भीम रावल
    उपाध्यक्ष, केन्द्रीय कमिटी, नेकपा (एमाले)

    पहिलो समाजवादी क्रान्तिबाट स्थापित सोभियत संघ ढल्दै गरेको बेला काठमाण्डौमा नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशन हुँदै थियो। राष्ट्रिय महाधिवेशनमा जननेता मदन भण्डारीको अगुवाईमा नेकपा (एमाले)को कार्यक्रम जनताको बहुदलीय जनवाद पारित भयो। यस कार्यक्रमले राष्ट्रिय हित, सुरक्षा र देशभक्ति, वहुलवाद र प्रतिस्पर्धात्मक राजनीति, कानूनको शासन र सुशासनलाई विशिष्ट विशेषताका रुपमा अंगिकार गर्‍यो। यसैको राजनीतिक र संगठनात्मक मार्गनिर्देशनमा नेकपा (एमाले) निरन्तर सुदृढ हुँदैगयो।

    छैठौं राष्ट्रिय महाधिवेशन लगत्तै २०५४ मा नेकपा (एमाले) मा विभाजन भएपनि यो पार्टी, नेकपा (माओवादी) र राज्यका बीचको हिंसात्मक द्वन्द्व र निरंकुशतन्त्रद्वारा सिर्जित प्रतिकूल स्थितिमा पनि संगठनात्मकरुपमा क्रियाशील रहँदै देशव्यापीरुपमा सशक्त रुपमा सक्रिय रह्यो। २०७५ साल जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच पार्टी एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना पश्चात् भने यो पार्टी आन्तरिक अन्तरविरोध र मतभेदको भुमरीमा पर्नथाल्यो। उच्च कार्यकारी अधिकारयुक्त तथा संस्थापन पक्ष मानिने नेतृत्वदायी व्यक्तिहरु नै चरम गुटबन्दीमा निर्लिप्त भएको देखियो।

    एकीकरण हुुनु पूर्व दुई पार्टीले एकताबद्ध हुने घोषणाका साथ चुनावमा संयुक्त उम्मेदवारी दिएर केन्द्रमा झण्डै दुई तिहाईको सरकार र सात प्रदेश मध्ये ६ प्रदेशमा बहुमतको सरकार सञ्चालन गर्ने महत्वपूर्ण ऐतिहासिक अवसर प्राप्त भएपनि त्यसको पूर्ण सदुपयोग हुनसकेन। नेपाल कम्युनिष्ट पार्टीमा विगतमा देखिएका फुटका श्रृंखलाहरुलाई अब दोहोरिन दिइने छैन भन्ने नेतृत्वका बाचाहरु पानीको फोका जस्तै भए।

    जनताले ठूलो विश्वास र भरोसाका साथ दिएको मतको संरक्षण गर्दै जनआकांक्षा पूरा गर्नेतर्फ दत्तचित्तका साथ लाग्नुपर्नेमा पार्टीको उच्च तह सचिवालयमा पद र अवसरको भागबण्डाबाहेक राष्ट्रिय तथा संगठनात्मक महत्वका विषयमा गम्भीर छलफल हुने तत्समम्बन्धमा सुविचारित निर्णय लिने काम हुनसकेन।

    पार्टीको विधान, पद्धति, कार्यक्रम र सिद्धान्तलाई सत्ता र शक्तिको बलिवेदीमा आहुति दिइयो। यस्तो स्थितिमा परिवर्तन गर्दै नेताहरुको बीचमा समझदारी गरी पार्टी एकता बचाउनको लागि २०७७ साल साउन ३० गते कार्यदल गठन भयो र त्यसले भदौ ६ गते प्रतिवेदन प्रस्तुत गर्‍यो। प्रतिवेदनलाई भदौ २६ गते बसेको स्थायी कमिटीको बैठकले अनुमोदन गर्‍यो र त्यसको कार्यान्वयनका लागि भदौ २९ गते अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा हस्ताक्षरित अन्तरपार्टी निर्देशन–५ जारी भयो। तर नेतृत्वले नै उक्त निर्देशनको अवज्ञा गर्‍यो।

    स्थायी कमिटीबाट सर्वसम्मत निर्णय भई जारी अन्तरपार्टी निर्देशनमा “हामी पार्टीभित्रको तिक्ततापूर्ण अन्तरविरोधलाई व्यवस्थापन गर्न, पार्टी एकताको रक्षा गर्न र पार्टीलाई राष्ट्रिय अभिभारामा केन्द्रित गर्न समर्थ भएका छौं” भनी गरिएको घोषणालाई लत्याइयो। प्रतिनिधि सभा दुई–दुई पटक विघटन भई पार्टीलाई मत दिने जनतामा आघात पुग्यो।

    सत्ता स्वार्थका लागि जोसंग साठगाँठ गरेपनि हुने, जस्तो गठबन्धन गरे पनि हुने, जेगरे पनि हुने र जे भने पनि हुने अत्यन्त गलत प्रवृत्ति नेतृत्व तहमा नै झांगिदै गयो। फलस्वरुप तीन बर्ष पुग्दानपुग्दै २०७७ साल फागुन २३ गते, सर्वोच्च अदालतको फैसलाबाट नेकपा विघटन भई नेकपा (एमाले) पुनर्जीवित भएपछि यस पार्टीलाई फेरी सुसंगठित रुपमा अगाडि बढाउने दायित्व नेतृत्वमा आएको थियो। तर त्यसो नभई पार्टीमा पुुनः नयाँ चरण र स्वरुपको मतभेद, विवाद र समस्या उत्पन्न भयो र अन्तरविरोध चर्कदै गयो। त्यसको समाधानका लागि शीर्ष नेतृत्व तहको सहमति अनुसार गठित कार्यदलले २०७८ साल असार २७ गते पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन १०–बुँदे सिफारिश प्रतिवेदन तयार गरी नेतृत्व समक्ष प्रस्तुत गर्‍यो।

    सहमतिको कार्यान्वयनका लागि अनेकौं प्रयास र वार्ता भए। यी सबै प्रयास र वार्ता शीर्ष तहमा कायम नेतृत्वको टकरावका कारण सार्थक हुन सकेनन्। यसरी पटक–पटक पार्टीको विधि, पद्धति र एकता कायम गर्न गरिएका निर्णय र प्रयासलाई निरर्थक बनाइयो।

    परिणामस्वरुप पुनर्जीवित नेकपा (एमाले) बाट पनि २०७८ साल साउन १० गते एउटा पंक्ति फुटेर नयाँ पार्टी स्थापना गर्ने बाटोमा लाग्यो। संघीय सरकार र सबै प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरियो। कसैको पनि योग्यता, क्षमता र दक्षता समस्याहरुको समाधान, अन्तरविरोधहरुको व्यवस्थापन गर्दै फराकिलो सोचका साथ राष्ट्र, जनता र पार्टीलाई एकताबद्ध तुल्याउने तथा प्राप्त उपलब्धिहरुको संरक्षण गर्दै थप उपलब्धि हासिल गर्नेमा प्रकट हुन्छ भन्ने कुरा विचारणीय छ।

    फुटेर गएको समूहले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) समेतसंग सहकार्य गर्दै प्रदेश सरकारमा सहभागिता कायम गर्‍यो। पाँचदलीय गठबन्धनबाट बनेको सरकार र सहकार्य निर्वाचनमा समेत जारी राख्ने कुरा गर्दै समन्वय समिति बनाइएको कुरा सार्वजनिक भएको छ। यस्ता राजनीतिक घटना र परिघटनालाई नेकपाको विघटन र नेकपा (एमाले) मा उत्पन्न समस्या र फुटको असरको सन्दर्भमा समेत राखेर विश्लेषण गर्र्नुुपर्दछ।

    कहाँ, कसको र कुन किसिमको त्रुटि, कमी र कमजोरीबाट उक्त किसिमको अप्रिय तथा देश र जनताको लागि नोक्सानदायी परिस्थितिको सिर्जना भयो भन्नेतर्फ ठण्डा दिमाग र आग्रहरहित किमिसले सोच्नु र विश्लेषण गर्नु आवश्यक छ।

    उपर्युक्त पृष्ठभूमि र परिस्थितिमा हुनगइरहेको नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशन पार्टीलाई एकताबद्ध, सुसंगठित र समयका चुनौतीहरुको सामना गर्नसक्ने गरी क्रियाशील तुल्याउन अत्यन्त महत्वपूर्ण छ।

    गत असोज महिनामा सम्पन्न विधान महाधिवेशनबाट पार्टीको विधान लगायतका राजनीतिक र संगठनात्मक दस्तावेजहरु पारित भएपनि त्यसमा उल्लेखित विषयहरुलाई प्राथमिकिकरण गर्दै कार्यान्वयन गर्न तद्नुकूलको नेतृत्व अपिरहार्य हुन्छ भन्ने अुनभवहरुबाट सिद्ध कुरा हो। यस अर्थमा नेतृत्व चयनको विषय दीर्घकालिन महत्व राख्दछ।

    यस्तो यथार्थलाई मनन गरी महाधिवेशनलाई पार्टीको आन्तरिक एकता, पारस्परिक विश्वास र समझदारी स्थापित गर्ने अवसरका रुपमा लिनु बुद्धिमानी हुन्छ। तर पार्टी एकताको लागि भएको १०–बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि केन्द्रीय कमिटीको निर्णय बमोजिम जारी अन्तरपार्टी निर्देशन–१२ जसरी लागु हुनुपर्ने हो त्यसरी लागु नहुँदा उक्त किसिमको एकता, विश्वास र समझदारी स्थापित हुनमा व्यवधान सिर्जना हुनसक्ने आशंका विद्यमान छ।

    यसले आगामी स्थानीय र आम निर्वाचनमा विपक्षीहरुसंगको प्रतिस्पर्धामा मात्र होइन पार्टी पंक्तिलाई सैद्धान्तिक, संगठनात्मक र भावनात्मकरुपमा एकजुट बनाई संगठनको विस्तार र सुदृढिकरण गर्दै फुट र विभाजनको दुस्चक्रबाट जोगाउने र बाञ्छित प्रतिफल हासिल गर्ने काममा समेत कुप्रभाव पार्नसक्छ।

    नेकपा (एमाले) ले आन्तरिक रुपमा उपर्युक्त प्रकारको समस्या सामना गरिरहेको बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिका तरंगहरु पनि प्रतिकूल प्रकृतिका देखिदैछन्। देशभित्र कार्यपालिका अस्थीर हुने, व्यवस्थापिका निस्क्रिय रहने र न्यायपालिका आन्तरिक द्वन्द्व, अराजकता र नैतिक मूल्यबाट स्खलित हुने स्थिति देखिएको छ।

    शक्ति पृथकिकरण तथा संविधान र लोकतन्त्रका कतिपय स्थापित मूल्य–मान्यताहरु भत्किदै वा भत्काइदै छन्। राज्य र राजनीतिमा भ्रष्टाचार, अनियमित र स्वेच्छाचारी क्रियाकलाप बढिरहेका छन्। राजनीतिक दलहरु मतभेद, फुट र द्वन्द्वको कुचक्रमा फँसिरहेका देखिन्छन्। कानूनी शासन र राष्ट्रिय हित अनुकूल समग्र राज्य संयन्त्र परिचालिन हुुनुपर्ने सन्दर्भमा गम्भीर विचलन र समस्या प्रकट भइरहेका छन्। जनताको दैनिक जीवन र सरोकारका विषयको सम्बोधन गर्नेभन्दा राज्य र राष्ट्रिय राजनीति स्वार्थपरक मतभेद र अन्तरविरोधमा रुमलिरहेझैं देखिन्छ। यही स्थितिमा देशका भूभागहरु वाह्य अतिक्रमणमा परेका छन्। नेपालको राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक र शैक्षिक क्षेत्रमा वाह्य घुसपैठ र हस्तक्षेप बढिरहेको छ।

    नेपालको छरछिमेक र अन्तर्राष्ट्रिय राजनीति तथा परिवेशमा गम्भीर फेरबदल एवम् शक्ति संघर्षका संकेत र परिणामसमेत देखापर्न थालेका छन्। एशिया–प्रशान्त क्षेत्र सामरिक र आर्थिक दुबै दृष्टिले शक्ति राष्ट्रहरुको प्रतिस्पर्धा तथा शक्ति विस्तारको क्षेत्र बन्दै गइरहेको छ। यसको प्रभाव नेपालको राजनीति, अर्थतन्त्र र सुरक्षा प्रणालीमा समेत पर्नथालेको देखिन्छ।

    शक्ति राष्ट्रहरुले आफु बीचको तीव्र प्रतिस्पर्धा र द्वन्द्वमा नेपाललाई उपयोग गर्न विकास, सुरक्षा र सहयोगका विभिन्न रणनीतिक र कार्यनीतिक तुरुपहरु प्रयोग गरिरहेको देखिन्छ।

    यसलाई नेपालको आन्तरिक राजनीतिक खिचातानी र स्वार्थपरक खेलले प्रश्रय दिइरहेको छ। फलस्वरुप नेपालको अस्मीता र हितको दीर्घकालीन सुरक्षामा समेत खतरा उत्पन्न हुनसक्ने देखिदैछ। यस्तो स्थितिमा नेपालको बारेमा नेपाल सरकार तथा नेपाली जनताले स्वयं सोच्ने एवम् निर्णय गर्ने सार्वभौम अधिकार तथा मान्यतामा धक्का लागिरहेको छ र अझ बढी आघात पुग्नसक्ने देखिदैछ। यस्तो स्थिति देश र जनताको लागि अत्यन्त हानिकारक हुने भएकोले यसप्रति गम्भीर भएर सोच्नु आवश्यक छ।

    कोरोना महामारी (कोभिड–१९) ले अर्थतन्त्र र जनजीवनमा पारेको असर, प्राकृतिक प्रकोपबाट उत्पन्न समस्या, बढ्दो वेरोजगारी, महंगी जस्ता समस्यासंग जुझ्नको लागि ठोस नीति, कार्यक्रम र निर्णयका साथ राष्ट्रिय शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने चुनौती देशका सामु छ।

    उपर्युक्त परिस्थितिलाई गम्भीर रुपमा मनन गर्दै मैले नेकपा (एमाले) को एकता कायम गर्न कार्यदलमा सक्रियता र इमान्दारीका साथ काम गरें। पार्टीमा उत्पन्न अन्तरविरोध र समस्या समाधान गर्न कार्यदलको १०–बुँदे सिफारिश प्रतिवेदनको कार्यान्वयनमा जोड दिएँ।

    मेरो यस्तो दृष्टिकोण झण्डै ५० बर्षको राजनीतिक जीवनमा विद्यार्थीकाल देखि पार्टीको बुद्धिजीवि क्षेत्र हुँदै केन्द्रीय कमिटी तथा संसदीय क्षेत्र एवम् सरकारमा जिम्मेवारी वहन गरिरहँदा जहिले पनि राष्ट्रिय एकता, पार्टीको आन्तरिक एकता, अन्तरविरोध र द्वन्द्व व्यवस्थापनमा राख्दै आएको रुचि र खेल्दै आएको भूमिकाको निरन्तरता हो।

    नेकपा (एमाले) मा पछिल्लो समय उत्पन्न अन्तरद्वन्द्वको व्यवस्थापनका लागि पनि मैले पार्टी अध्यक्ष र अन्य नेताहरुसंग अनेकौं पटक वार्ता गर्नुका साथै मध्यस्थको समेत भूमिका निर्वाह गरें। तर आफ्नो अख्तियारीको सीमाबन्धन र निर्णयाधिकारी अरु नै भएकाले बाञ्छित परिणाम हासिल गर्न सकिएन। तर पार्टीले थप क्षति व्यहोर्नु नपरोस् तथा राष्ट्रिय राजनीति र देशको लागि गर्नुपर्ने कर्तब्य पूरा गर्न नेकपा (एमाले) सक्षम बनिरहोस् भन्ने भावनाका साथ मतभेद, द्वन्द्व र कटुताका सबै अवरोधहरुलाई वेवास्ता गर्दै म पार्टी एकताको पक्षमा र विभाजन तथा फुटको विपक्षमा उभिएको छु।

    यो कुनैपनि प्रकारको व्यक्तिगत स्वार्थ नराखी जनता र देशको उज्यालो भविष्य र सुरक्षाको एकमात्र लक्ष्य हृदयमा राखेर नै सम्भव भएको थियो। तर समाज र राजनीतिका कतिपय कुराहरु व्यक्तिको इच्छा वा आकांक्षाभन्दा स्वतन्त्ररुपमा अगाडि बढ्छन भनेझैं नेकपा (एमाले) भित्रका कतिपय आयामहरु देश, जनता र पार्टीको वृहत्तर हितका लागि मैले सोचे अनुरुप भएनन् र भइरहेका छ्रैनन्।

    तर यसबाट मैले उदासिन, उत्तेजित, निराश, हतोत्साही र निस्क्रिय हुने कुरा हुनसक्दैन। किनकि सिद्धान्तनिष्ट, विधि र पद्धतिसम्मत किसिमले सञ्चालित तथा जनता र देशको सर्वोपरी हितमा समर्पित सशक्त नेकपा (एमाले) केवल मेरो मात्र चाहना र सरोकारको विषय होइन, सिंगो पंक्ति र सबै देशभक्त लोकतन्त्रप्रेमी नेपालीहरुको चाहना र सरोकारको विषय हो।

    अतः यस पार्टीको सिर्जना, विकास, विस्तार र प्रगतिमा म लगायत हजारौं नेता, कार्यकर्ता र सदस्यहरुले बगाएको पसिना सधैं सार्थक बनिरहोस् भनेर पार्टी केन्द्रीय कमिटीको उपाध्यक्षको हैसियतले गम्भीर भएर सोच्नु र दृढ प्रयत्न गर्नु मेरो पनि कर्तब्य हो। त्यसैले देश, जनता र पार्टीका सामु आज भएका र भोलि आउनसक्ने चुनौतीहरुको सामना गर्न, सबै सकारात्मक सम्भावनाहरुलाई उद्घाटित गर्दै वर्तमान प्रतिस्पर्धि विश्वमा शान्ति र मानवताका अग्रदूत गौतम बुद्ध जन्मेको, विश्वको अग्लो हिमाल सगरमाथा उभिएको तथा वीरता र परिश्रमको लागि प्रसिद्ध जनताको मातृभूमि नेपाललाई शीर ठाडो गरी समृद्धिको पथमा अग्रसर रहने तुल्याउन पार्टीलाई नेतृत्व दिने अठोट गरेको छु। मैले राजनीतिक जीवनको आरम्भदेखिनै नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको छु।

    यही दृढ संकल्पका साथ पार्टीको विधान महाधिवेशनबाट पारित दस्तावेजमा उल्लेखित र अनुल्लेखति वा स्पष्ट गर्नुपर्ने निम्नलिखित उद्देश्य, लक्ष्य र मान्यताको आधारमा २०७८ साल मंसिर १० देखि १२ गतेसम्म चितवन जिल्लामा हुने नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु :

    क) उद्देश्य र लक्ष्य

    १) राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, एकता, स्वाधीनता, स्वाभिमान र समृद्धिको लागि समग्र राजनीतिलाई दिशा दिने र राष्ट्रिय शक्तिका सबै स्रोतहरुलाई त्यसतर्फ अभिमुख गराउने।

    २) जनताको बहुदलीय जनवादका स्वच्छ प्रतिस्पर्धा लगायत राष्ट्रियता, समाजवाद र जनजीविकासंग सम्बन्धित उद्देश्य र लक्ष्य हासिल गर्न योगदान पुर्‍याउने। नेपालको संविधानले समेत आत्मसात् गरेको समाजवाद उन्मुख प्रणालीको प्राप्तिका लागि उत्पादनका साधन र उत्पादन प्रणालीलाई तद्नुकूल तुल्याउन तथा दलाल नोकरशाही पूँजीवादको चंगुलबाट जनता र देशलाई मुक्त गर्न भूमिका निर्वाह गर्ने।

    ३) पार्टीको वैचारिक, राजनीतिक र नीतिगत धरातललाई अझ स्पष्ट र समय सापेक्ष बनाउनुका साथै आन्तरिक एकतालाई सुदृढ तुल्याउँदै पद्धतिसंगत संचालनमा नेतृत्व प्रदान गर्ने। पार्टी गुट र उपगुटहरुबाट ग्रस्त रहने स्थितिलाई परिवर्तन गरी विषयवस्तु तथा गुण र दोषको आधारमा धारणा र मत प्रकट गर्नसक्ने स्थिति निर्माण गर्ने। पार्टीमा देखिएका अन्तरविरोध र समस्याहरुको निराकरण गरी अन्य वामपन्थी दल, समूह र व्यक्तिहरुसंगको सहकार्यको वातावरण सिर्जना गर्ने। पार्टी एकीकरणदेखि नेकपाको विघटन, नेकपा (एमाले) मा उत्पन्न फुट तथा सरकार निर्माण र बर्हिगमन लगायतका राजनीतिक घटना र प्रभावसमेतको बस्तुनिष्ट समीक्षा गर्दै प्राप्त शिक्षालाई ग्रहण गर्ने।

    ४) राष्ट्रिय एकता तथा वामपन्थी पार्टी र समूहहरु बीचको एकता तथा पारस्परिक समझदारीमा अभिबृद्धि गरी राष्ट्रिय राजनीतिलाई देश र जनताको सर्वोपरी हितमा केन्द्रित गर्ने। लोकतान्त्रिक पार्टी र व्यक्तिहरु बीच देश र जनताको वृहत्तर हितका सम्बन्धमा समझदारी, सहकार्य र एकता कायम गर्न भूमिका खेल्ने।

    ५) पार्टीपंक्तिको सैद्धान्तिक, वैचारिक चेतना र ज्ञानलाई परिवर्तित राष्ट्रिय र विश्व परिवेश अनुरुप विस्तारित र पुनर्गठित गर्दै समस्या समाधान केन्द्रीत अध्ययन, अनुसन्धान र उपायको खोजीलाई महत्वका साथ अगाडि बढाउने।

    ६) पार्टीमा उत्पन्न आन्तरिक अन्तरविरोध, समस्या र असमझदारीलाई व्यवस्थापन र समाधान गरी पार्टीलाई विधि, पद्धति र लोकतान्त्रिक प्रक्रियाबाट सशक्त रुपमा अगाडि बढाउँदै आगामी स्थानीय तथा आम निर्वाचनमा विजयको अग्रपंक्तिमा पुर्‍याउने।

    ७) नेपालको संविधान र जनताको बहुदलीय जनवादको मार्ग निर्देशन अनुरुप संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्तहरुलाई आत्मसात् गर्ने स्वतन्त्र एवम् राष्ट्रिय हितमा आधारित अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति सञ्चालनमा पार्टीको भूमिकालाई सशक्त बनाउने।

    ८) राष्ट्रिय र पार्टी राजनीतिलाई देशको विकास र उन्नति तथा जनताको आर्थिक समृद्धिका राष्ट्रिय हित अनुकूलका सबै सम्भावनाहरुको खोजी र सदुपयोगको दिशातर्फ डोर्‍याउने। केन्द्रदेखि स्थानीय तहसम्म भइरहेको भ्रष्टाचार र बेथिति एवम् राजनीति र राज्य सञ्चालनमा व्याप्त भ्रष्टाचारका विरुद्ध कानूनी तथा जनमत परिचालन दुबै किसिमले अभियान चलाउने।

    ९) कोरोना विषाणुको महामारीबाट सिर्जित आर्थिक समस्याको समाधान तथा आर्थिक पुनरुत्थानका लागि ठोस कार्यक्रम र योजनालाई अगाडि बढाउने।

    १०) जलवायु परिवर्तनका कारण अत्यन्त जोखिमयुक्त नेपालको अवस्थालाई गम्भीर रुपमा लिई त्यसबाट उत्पन्न हुने प्राकृतिक विपत्तिको न्यूनिकरण र सामना गर्नेतर्फ राष्ट्रिय जागरण सिर्जना गर्नुका साथै पार्टी र समग्र राष्ट्रिय राजनीतिलाई दिशा निर्देश गर्ने।

    ११) विगतमा भएका राष्ट्रिय हित प्रतिकुलका र असमान सन्धि–सम्झौताहरुको पुनरावलोकन गरी तिनको खारेजी वा विस्थापनको लागि ठोस योजनाका साथ काम गर्ने। नेपालको संविधान नागरिकतासम्बन्धी कानून ल्याउन तथा गैर नेपालीहरुलाई नागरिकता बाँडेर जनसंख्याको राजनीतिद्वारा नेपालको अस्मिता र स्वाधीनतामा आँच पुर्‍याउने कार्यलाई रोक्न अग्रसर रहने।

    १२) नेपालको कूटनीतिक क्षमता वृद्धिलाई राष्ट्रिय विकास र सुरक्षाको महत्वपूर्ण क्षेत्रको रुपमा उच्च महत्व दिई त्यसका लागि सबै सम्भव उपाय र स्रोतको सदुपयोग गर्ने।

    ख) मान्यता

    १) वर्तमान विश्वका अधिकांश सार्वभौम र स्वतन्त्र देशका राजनीतिक दल र नेताहरुले आफ्नो राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र हितलाई सर्वोपरी राखे झैं नेपाल सरकार, राजनीतिक दल र नेताहरुले राष्ट्रिय स्वाधीनता, स्वाभिमान, सुरक्षा र हितलाई सर्वोपरी राखेर काम गर्ने। नेपालको संविधान, मौलिक सभ्यता, संस्कृति र इतिहासको संरक्षण र संवद्र्धन गर्नेे।

    २) जनशक्ति लगायत देशको सबै साधन र स्रोतलाई राष्ट्र हितमा पूर्ण सदुपयोग र परिचालन गर्ने। आफ्नो देश र जनताको हितको पक्षमा उभिदा कोही खुसी नहोला कि भन्ने मानसिकताबाट पूर्णतः मुक्त रही क्रियाशील रहने। आफ्नो देशको पक्षपोषण गर्नु अरु कसैको विरोध गर्नु वा कसैप्रति अमैत्री हुनु होइन भन्नेमा सबैलाई स्पष्ट तुल्याउने।

    ३) इतिहासको उत्तरदानका रुपमा रहेका नेपालको स्वाधीनता, स्वाभिमान र हितमा आँच पुर्‍याउने असमान सन्धि–सम्झौताबाट मुक्त हुनुका साथै त्यस्ता किसिमका सन्धि–सम्झौता नहुने र हुन नदिने दिशामा दृढताका साथ अग्रसर रहने। सबै मित्र राष्ट्रहरुसंग सुमधुर सम्बन्ध कायम गर्न सार्वभौमिक समानता, पारस्परिक हित र सम्मानको दिशामा कुटनीति सञ्चालन गर्ने। राजनीतिक दलहरुका बीच राष्ट्र र जनताको हितका विषयमा साझा धारणाका साथ सहकार्य गर्ने वातावरण निर्माण गर्न र परराष्ट्र नीतिमा समान विचार–दृष्टिकोणका साथ प्रस्तुत हुने स्थिति सिर्जना गर्न भूमिका खेल्ने।

    ४) नेपाली जनताको कष्टसाध्य अभ्यासबाट स्थापित नेपालको संविधान लोकतान्त्रिक प्रणालीलाई जनहित, सुशासन, विकास र समृद्धिको दिशामा सञ्चालन गर्ने।

    ५) राजनीतिक दललाई देशको कानून तथा दलका घोषित सिद्धान्त, कार्यक्रम, नीति र निर्णयको आधारमा सञ्चालन गर्ने। अधिवेशन र निर्वाचनमा गरिएका बाचा र प्रतिबद्धता विपरीत राजनीतिलाई सत्ता स्वार्थको खेलमा परिणत गर्ने गलत राजनीतिक संस्कृति, आचरण र व्यवहारको अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गर्र्ने।

    ६) नेपाल कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि नेकपा (एमाले) क्रियाशील रहेको वर्तमानसम्म पार्टीले अंगिकार गरेको माक्र्सवाद–लेनिनवादलाई नेपालको वस्तुस्थिति अनुरुप सिर्जनात्मक रुपमा लागु गर्ने विषयलाई पुनःपरिभाषित गर्दै समयका चुनौतीहरुको सामना गर्नसक्ने तथा देशको आवश्यकता र जनताको आकांक्षा अनुरुप अगाडि बढ्ने। संसदीय निर्वाचनका सबै मोर्चामा नेकपा (एमाले) लाई राष्ट्रिय हितमा आधारित स्पष्ट दृष्टिकोणका साथ सशक्त रुपमा अगाडि बढाउँदै विजयी बनाउने र केन्द्र, प्रदेश र स्थानीय तहमा बहुमत प्राप्त गरी देशलाई निर्दिष्ट दिशामा दृढताका साथ नेतृत्व प्रदान गर्ने।

    ७) पार्टीलाई विधि, पद्धति, सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको प्रणाली अनुरुप सञ्चालन गर्ने। पार्टी कमिटी र जनसंगठनको सञ्चालन घोषित सिद्धान्त, पद्धति र लक्ष्य अनुरुप गर्ने र अन्तरविरोध तथा समस्याहरुको यथासमयमा समाधान गर्दै संगठनलाई क्रियाशील र सशक्त तुल्याउने। शीर्ष कार्यकारी तहको नेतृत्वपंक्तिबाट नै गुटबन्दी हुने कार्यले पार्टीको शक्ति र प्रभावलाई कमजोर पार्दै अन्ततः फुटको दिशामा धकेल्ने तथ्यको पुष्टि भइसकेकोले गुटबन्दीबाट पार्टीलाई मुक्त गरी यसको समग्र क्षमताको सुदपयोग हुने र विषयवस्तुमा विवेकसम्मत किसिमले छलफल हुने स्थिति निर्माण गर्ने। निर्णय प्रक्रिया संस्थागत नहुने र केही व्यक्ति–समूह हुँदै व्यक्तिमा केन्द्रित हुने स्थितिको अन्त्य गर्ने।

    ८) व्यक्तिको मूल्याङ्कन र जिम्मेवारी प्रदान गर्ने कार्य, दिइएको जिम्मेवारी बहन गरी प्राप्त गरेको सफलता र उपलब्धि, योग्यता, क्षमता र इमान्दारीको आधारमा गर्ने।

    ९) पार्टीको आम सिद्धान्त, कार्यक्रम र नीतिको आधारमा देशभक्तिको भावनका साथ समसामयिक विषयमा स्पष्ट धारणा बनाई त्यसको कार्यान्वयन गर्न अग्रसर रहने। पार्टीले विगतदेखि अवलम्बन गर्दै आएको असमान सन्धि–सम्झौताको खारेजी र परिवर्तन, नेपालको जलस्रोत लगायतका प्राकृतिक स्रोतहरुको नेपालको विकासमा सदुपयोग, नेपालका अतिक्रमित भूभाग र अन्तर्राष्ट्रिय कानून बमोजिम संरक्षण तथा नियमन गर्नुपर्ने सिमानाबारे राष्ट्रको रक्षा र सुरक्षालाई ध्यानमा राख्दै स्पष्ट धारणासहित आम राष्ट्रिय दृष्टिकोणका साथ उपयुक्त पाइला चाल्ने, प्रशासन, सुरक्षा निकाय लगायत राज्यका सबै अंगहरुले राष्ट्रिय हित र स्वाधीनतालाई उच्चस्थानमा राखेर कर्तव्य निर्वाह गर्ने स्थिति सिर्जना गर्न क्रियाशील रहने।

    १०) नेपाल सरकार र अमेरिकी संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संग भएको सम्झौतामा रहेका राष्ट्रिय स्वाधीनता र हितमा आघात पुर्‍याउने प्रावधानहरु हटाउने र नहटाइने भए सम्झौता नै खारेज गर्ने। नेपालको हित, स्वाधीनता, परराष्ट्र नीति र सुरक्षामा आघात पुर्‍याउने प्रावधानहरुलाई नेपाल सरकार र जनता सामु स्पष्ट किसिमले राख्ने। मूल सम्झौता संगै भएका कार्यान्वयन सम्झौता लगायतका सम्झौताहरु संसद र जनसमक्ष पारदर्शी रुपमा ल्याउन भूमिका खेल्ने।

    ११) विशिष्ट र संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको नेपालको तत्कालीन र दीर्घकालीन हित र सुरक्षाप्रति सचेत रहँदै तद्अनुरुप राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन गर्न र त्यस प्रयोजनका लागि सबै किसिमको राष्ट्रिय शक्तिको सुदृढिकरण र परिचालनका लागि क्रियाशील रहने।

    १२) देशको समग्र राजनीति, अर्थतन्त्र (सबै क्षेत्रको विकास रणनीति समेत), संस्कृति र शिक्षालाई राष्ट्रिय विकास र हित अनुकूलको दिशामा अघि बढाउन सशक्त भूमिका निर्वाह गर्न पार्टीलाई नेतृत्व प्रदान गर्ने। पिछडिएका बर्ग, समुदाय र क्षेत्रको उत्थानलाई राष्ट्रिय विकासको महत्वपूर्ण आधारका रुपमा लिदै सबै राष्ट्रिय एकताको आधारलाई बलियो बनाउने।

    १३) सदस्यता वितरण, नविकरण र प्रतिनधि चयनमा पार्टीको विधान, पद्धति, मान्यता र असल परम्परा विपरीत सदस्यहरुको चुन्न र चुनिन पाउने सार्वभौम अधिकार कुण्ठित गर्ने क्रियाकलापहरु पुनः दोहोरिन नदिने। महाधिवेशन हुन ६ महिना अघि सदस्यता प्राप्त व्यक्तिले मात्र प्रतिनिधि चुन्न र चुनिन पाउने लगायतका पार्टी निर्देशन विपरीत प्रतिनिधि चयनको प्रक्रिया आरम्भ हुनु दुई दिन अघिसम्म सदस्यता वितरण गर्ने, प्रतिनिधिको निर्वाचनको प्रक्रिया आरम्भ नगर्ने, कुनै सहमति नभई र चुनावको काम नै नभई प्रतिनिधिको नाम मनपरी किसिमले घोषणा गर्ने जस्ता पार्टीको मर्यादामा आघात पुर्‍याई संगठनलाई क्षति पुर्‍याउने किमिसका क्रियाकलाप हुननदिने।

    १४) मैले कम्युनिष्ट पार्टी र निरंकुश पञ्चायत विरोधी आन्दोलनमा समाहित भएदेखि शान्ति प्रक्रिया, संविधान निर्माण र पार्टी एकताको लागि विभिन्न कार्यमा संलग्न हुँदा निश्चित विचार, आदर्श, मूल्य–मान्यता, नीति र दृष्टिकोणका साथ आफुलाई उभ्याएको छु। यस्ता विषयहरु प्रति वर्तमान पार्टी पंक्तिका साथै आम जनता तथा भविष्यको पुस्तामा चेतना र सजगताको प्रसारण हुनसकेमा मेरो उम्मेदवारीको सार्थकता रहनेछ। यही सोचका साथ म अगाडि बढेकोे छु।

    १५) पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले ७० बर्षको उमेरसम्म आइपुग्दा पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री समेत भई महत्वपूर्ण जिम्मेवारी वहन गरिसक्नु भएको छ। यस क्रममा उहाँले देश र जनताको लागि गर्नसक्ने काम आफ्नो सम्पूर्ण क्षमता, योग्यता, सक्रियता र लगनका साथ गर्दै देश र जनता सबैले देखिसकेका छन्। उहाँ स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने घोषणा पनि गर्नुभएको हो। उहाँको यस्तो कार्य र घोषणाको सम्मानको लागि पनि उमेर र अनुभव लगायत सबै दृष्टिबाट परिपक्व भइसकेकोले मैले केन्द्रीय कमिटीको अध्यक्ष पदका लागि अग्रसर हुनु उचित सम्झेको छु।

    पार्टीमा फुट भएको बेला अरुबाट परिस्थितिको सामना गर्न केही कठिनाई हुन्छ कि भन्ने लागेको भए त्यसबारे ममाथि भरोसा गरी ढुक्क हुन उहाँलाई हार्दिक आग्रह गर्दछु। साथै मैले अध्यक्ष पदको जिम्मेवारी पाएँ भने उहाँको महत्वपूर्ण अनुभव, ज्ञान र दक्षतालाई जहिले पनि पार्टीको विकास, विस्तार र सफलताका लागि सदुपयोग गरिरहन म सदा तत्पर रहने छु।

    अतः मेरो अध्यक्ष पदको उम्मेदवारीलाई सहजरुपमा लिई पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन मप्रति सद्भाव प्रदर्शन गर्नहुन कमरेड केपी शर्मा ओली एवम् सबै नेतृत्व तहमा रहनुहुने कमरेडहरु समक्ष हार्दिक आह्वान गर्दछु।

    माथि उल्लेखित पृष्ठभूमि, लक्ष्य, उद्देश्य र मान्यताको आधारमा नेकपा (एमाले) को नेतृत्व गर्दै यस पार्टीलाई सुदढ र प्रभावकारी तुल्याउने, प्रतिस्पर्धाका सबै मोर्चाहरुमा पार्टीलाई सफल र विजयी बनाउने तथा राष्ट्रिय राजनीतिको प्रमुख चालकको रुपमा अगाडि बढाउने दृढ अठोट गरेको छु।

    मैले विजय र पराजयको अर्थमा भन्दा आफ्ना धारणा र मान्यतालाई महत्व दिएको छु तथा कुनै व्यक्ति विशेष प्रति कुनै आग्रह राखेको छैन। पार्टी एकताका लागि १०–बुँदे सहमति गरिरहँदा पनि मैले देश, जनता र पार्टीको हितका लागि अवलम्बन गर्दै आएको विचार कै पक्षपोषण गरेको हुँ, तिनलाई परित्याग गरेको छैन वा कहीं समर्पण गरेको छैन।

    कुनैपनि पनि इमान्दार पार्टी नेताले त्यसो गर्नपनि सक्दैन। यही विचार र मान्यता अनुरुप नै मैले आफ्नो उम्मेदवारीको घोषणा गरेकोे छु। अतः केन्द्रीय कमिटीको अध्यक्ष पदमा मेरो उम्मेदवारीप्रति सहयोग र समर्थनका लागि नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आह्वान गर्दछु।

    अध्यक्षको पदमा मलाई आफ्नो अमूल्य मत प्रदान गरी पार्टीलाई नयाँ चरणको प्रगति र सशक्त भूमिकामा अघि बढाउन तथा नेपाल नेपाली जनताको आकांक्षा, प्रगति र परिवर्तनको नेतृत्व गर्ने अवसर दिनहुन सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु।

    मितिः २०७८।८।५।१

  • नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट

    नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ११.६० अंकले घटेर २७५७.५३ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँ बराबरको ७८ लाख ९४ हजार ४६४ कित्ता शेयर किनबेच भएका छन् ।

    गत विहीबार नेप्सेमा ६ अर्ब २७ करोड १८ लाख बराबरको कारोबार भएको थियो । बुधबार नेप्सेमा ७ अर्ब ३७ करोड ९४ लाख बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये १२ राताम्मे भएका छन् । भने दुईवटाको परिसूचक हरियो बनेको छ ।

    बैंकिङ समूहको शेयर ५ अङ्कले, विकास बैंकको ६, होटलको ५० , फाइनान्सको १९, माइक्रोफाइनान्सको १७ अंकले घटेको छ भने जलविद्युत् समूहको शेयर १३ अङ्कले बढेको छ ।

    यस्तै उत्पादन समूहको शेयर ९६ अङ्कले बढेको छ । जीवन बीमा समूहको १४० अङ्कले, निर्जीवन बीमा समूहको ४० र अन्य समूहको शेयर ३८ अङ्कले घटेको छ ।

    नेप्सेका अनुसार बजार घटेपनि दुई कम्पनीको शेयरमूल्यमा भने पोजेटिभ सर्किट लागेको छ ।

    सर्किट लाग्ने कम्पनीहरुमा मानुषी लघुवित्त वित्तीय संस्था र नारायणी डेभलपमेन्ट बैंक कम्पनी रहेका छन् । आज तेह्रथुम जलविद्युत कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।

    आज यस कम्पनीको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ । यसैगरी, आइसीएफसी फाइनान्स, नेशनल माइक्रोफाइनान्स, प्रिमियर इन्स्योरेन्स, मैलुङ खोला जलविद्युत्, एनआरएन इन्फ्रस्ट्रक्चर र साधना लघुवित्तको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल महालक्ष्मी विकास बैंकको भएको छ ।

  • एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा

    एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

    काठमाडौँमा पत्रकार सम्मेलन गरेर रावलले उम्मेदवारी घोषणा गरेका हुन् ।

    चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा वर्तमान उपाध्यक्ष रावलले उम्मेदवारी दिने भएसँगै केपी ओलीको सर्वसम्मत अध्यक्ष बन्ने योजनामा धक्का लागेको छ ।

    दुई साताअघि गृह जिल्ला आछाममा आयोजित एक कार्यक्रममा उपाध्यक्ष रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताएका थिए।

    एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसँग निकट मानिने रावललगायत नेपालले पार्टी फुटाउँदा भने एमालेमै संघर्ष गर्ने भन्दै साथ दिएका थिएनन्।

    एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै उनी असन्तुष्ट छन् । १० बुँदे कार्यान्वयन नहुँदा उनको सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी खोसिएको छ ।

    महाधिवेशनले १५ पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ। असोज १५–१७ मा भएको प्रथम विधान महाधिवेशनले विधानलाई संशोधन गरेको हो।

    जसअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव १, सचिव ७ जना रहनेछन्। तर, एमालेले पार्टी विभाजनपछि एकताको सन्देश प्रवाह गर्नको लागि सर्वसम्मतको प्रयास गर्ने खोजेको छ।

  • नेपालमा शान्ती सम्झौता भएको १५ वर्ष पुरा, आर्थिक समृद्धिको सपना अधुरै

    नेपालमा शान्ती सम्झौता भएको १५ वर्ष पुरा, आर्थिक समृद्धिको सपना अधुरै

    काठमाडौं । सशस्त्र द्धन्द्ध गरिरहेको माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज १५ वर्ष पूरा भएको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच २०६३ साल मंसिर ५ मा विस्तृत शान्ति सम्झौता भएको थियो । नेपालमा चलेको दश वर्षभन्दा लामो द्वन्द्व अन्त्य गर्न यो सम्झौताले ऐतिहासिक सफलता प्राप्त गरेको थियो ।

    सम्झौता पत्रमा सरकारका तर्फबाट गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीको तर्फबाट प्रचण्डले हस्ताक्षर गरेका थिए । सम्झौतापछि तत्कालीन माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागी हुन बाटो खुलेको हो । शान्ति सम्झौतापछि सेना समायोजन र संविधानसभाबाट संविधान निर्माणको महत्वपूर्ण काम सम्पन्न भएको छ , मुलुकमा गणतन्त्र स्थायीत्वतर्फ अगाडी बढेको छ भने संघीयता लागु भएको छ ।

    तर, सङ्क्रमणकालीन न्याय र आर्थिक समृद्धिको सपना भने अझै पुरा हुन सकेको छैन । खासगरी नयाँ संविधान बनेपछि जनताले आर्थिक समृद्धिको ढोका खुल्ने अपेक्षा गरेका थिए । तर, नेताहरुले परिवर्तनलाई व्यवस्थापन गर्न नसक्दा कतिपय समस्या अहिले पनि जहाँको त्यही छन् ।

    शान्ती सम्झौतामा उल्ल्ेख भए अनुसार द्वन्द्वको अन्त्य, संविधान सभाको निर्वाचन गरी संविधान बनाउने, गणतन्त्र घोषणा, माओवादी लडाकुको व्यवस्थापन जस्ता मुख्य कार्यभार सम्पन्न भएका छन् । द्वन्द्वकालमा राज्य तथा विद्रोही पक्षबाट भएका गम्भीर मानवअधिकार उल्लङ्घनका गम्भीर घटनाका पीडितले भने अझै न्याय पाउन सकेका छैनन् ।

    व्यक्ति बेपत्ता, गैरन्यायिक हत्या, यातना तथा यौन हिंसा जस्ता घटनाका पीडितलाई राज्यले अझै न्याय दिलाउन सकेको छैन । दुई हजार ५ सयभन्दा बढी माओवादी लडाकु वेपत्ता छन् । उनीहरुबारे कुनै टुंगो लाग्न सकेको छैन ।

  • नेपाली कप्तान किरण माल्दिभ्सबाट व्यवसायीक फुटबल खेल्ने

    नेपाली कप्तान किरण माल्दिभ्सबाट व्यवसायीक फुटबल खेल्ने

    माले । नेपाली राष्ट्रिय टोलीका कप्तान किरणकुमार लिम्बूले माल्दिभ्सबाट व्यवसायिक फुटबल खेल्ने भएका छन् । यसअघि उनले भारतीय क्लव पन्जाव एफसीमा आवद्ध भई फुटबल खेल्दै आएका थिए । किरणले यो सिजन भने किरण माल्दिभ्सको एक डिभिजन क्लब माजिया एससीबाट खेल्ने भएका हुन् । उनी स्वयमले फोटो सार्वजनिक गर्दै यसबारे जानकारी गराएका छन् ।

    उनले क्लवका लागि शतप्रतिशत नतिजा दिलाउने प्रतिवद्धता समेत जनाएका छन् । उनी शुक्रबार माल्दिभ्स पुगेका थिए । माजिया सन् २०१९\२० र २०२०\२१ सिजनको च्याम्पियन क्लव समेत हो । गत सिजन किरण भारतयि लीगको उत्कृष्ट गोलकिपर बनेका थिए । राष्ट्रिय टिममा समेत उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

  • आजबाट मौसम खुल्यो, उच्च भेगमा हिमपात भने हुन सक्ने

    आजबाट मौसम खुल्यो, उच्च भेगमा हिमपात भने हुन सक्ने

    काठमाडौं । विगत एक सातायता प्रतिकुल बनेको मौसममा आजबाट सुधार देखिएको छ । काठमाडौं उपत्यकासहितका क्षेत्रमा घाम लागेका छन् । अरब सागरमा बनेको न्यूनचापीय प्रणालीबाट प्रभावित नेपालको मौसम प्रणालीमा आजबाट सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर सामान्यतया मौसम सफा रहने भए पनि प्रदेश १ मा वर्षा र हिमपातको सम्भावना छ।

    महाशाखाका अनुसार नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएका कारण मौसममा ठूलो परिवर्तन आउने छैन । प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी गराएको छ ।

    मध्याह्नबाट मौसम क्रमिक सुधार हुँदै जानेछ । यस अवधिमा देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपात सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । तर, ठूलो पानी पर्ने सम्भावना छैन ।

  • दाङमा बस दुर्घटना, २९ जना घाइते

    दाङमा बस दुर्घटना, २९ जना घाइते

    लमही । दाङको लमहीमा बस दुर्घटनामा परेको छ । दुर्घटनामा २९ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२(००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका(३ नारायणपुरमा गएराति १ः४५ बजे दुर्घटनामा परेको हो ।

    वडा प्रहरी कार्यालय लमहीका अनुसार गम्भीर अवस्थाका ७ जना घाइतेको बाँकेको कोहलपुरमा उपचार जारी छ । अन्य घाइतेहरुको लमही अस्पतालमै उपचार भइरहेको प्रहरीले छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसको पट्टा भाँचिएको र बस अनियन्त्रित भइ पल्टिएको बयान चालकले दिएका छन् ।

  • आइतबार पनि कानून व्यवसायीले सर्वोच्चमा बहस नगर्ने

    आइतबार पनि कानून व्यवसायीले सर्वोच्चमा बहस नगर्ने

    काठमाडौं । कानुन व्यवसायीले आइतबार पनि सर्वोच्च अदालतमा बहस नगर्ने भ्एका छन् । कानून व्यवसायी प्रधानन्यायाधीशले राजिनामा दिनु पर्ने माग राखी पछिल्लो एक महिनायता आन्दोलनरत छन् । उनीहरुले आइतबार बन्दी प्रत्यक्षीकरण बाहेक कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने निर्णय लिएका हुन् । शुक्रबार बसेको नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यसमितिको बैठकले थप विरोधका कार्यक्रम सार्वजनिक गर्दै आइतबार बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने निर्णय गरेको हो ।


    ‘अदालतभित्र दङ्गा प्रहरी प्रवेश गराउने, कानुन व्यवसायीको शान्तिपूर्ण धर्ना, विरोध कार्यक्रमलाई दबाउन हरियारसहितको दङ्गा प्रहरीको ठूलो सङ्ख्यामा तैनाथ गरी कानुन व्यवसायीहरुलाई दमन, हातपात, कुटपिट गरी घाइते बनाएको विरोधमा देशभरका सबै अदालतहरुमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाहरुमा बहस पैरवी नगर्ने भनी निर्णय गरिएकाले सो बमोजिम गर्न, गराउनु हुन, बहस नगरिने व्यहोराको सम्बन्धित अदालतमा पत्राचार गर्न समेत सबै बार एकाईहरुलाई जानकारीका साथ अनुरोध गरिन्छ,’ शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

    बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले शनिबार विज्ञप्ति जारी गर्दै पोखरामा यहीँ मङ्सिर २४, २५ र २६ गते हुने राष्ट्रिय सम्मेलन समेत स्थगित भएको पनि जानकारी गराएका छन् ।

  • एम्बुलेन्स किन्न प्रवासी नेपालीले पठाएको २८ लाख उतै फिर्ता, के हो कारण ?

    एम्बुलेन्स किन्न प्रवासी नेपालीले पठाएको २८ लाख उतै फिर्ता, के हो कारण ?

    बागलुङ । बागलुङमा एम्बलेन्स खरीद गर्न प्रवासमा रहेका नेपालीले पठाएको २८ लाख २ हजार रुपैयाँ उतै फिर्ता गरिएको छ । धौलागिरि अस्पतालका लागि सुविधायुक्त एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बागलुङेले यो रकम पठाएका थिए । राससका अनुसार बागलुङ–अष्ट्रेलिया कमिटीमार्फत प्राप्त सो सहयोग रकमबाट दोस्रो श्रेणीको ट्रमा एम्बुलेन्स किन्ने योजनामा अस्पताल थियो । तर, यो रकमले एम्बुलेन्स किन्न नपुगेपछि रकम फितौ गरिएको हो ।

    बजेट अपुग भएपछि बाध्य भएर पैसा फिर्ता गर्नुपरेको हालै सेवानिवृत्त भएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरलाई उदृत गर्दै राससले लेखेको छ । ग्रामीण भेगमा फोर ह्विलबाहेकका एम्बुलेन्स किन्न नपाइने सरकारी नीतिका कारण प्रवासी नेपालीले पठाएको रकम सदुपयोग गर्न नसकिएको उनको भनाइ छ । भन्सार छुटसहित ५५ लाख पर्ने सो एम्बुलेन्सका लागि थप २७ लाख रुपैयाँ अपुग भएको हो ।

    अस्पतालसँग स्रोत नभएको र मन्त्रालयसम्म धाउँदा पनि बजेट नपाएपछि जनस्तरबाट जुटेको सहयोग फिर्ता भएको बताइएको छ । अस्पतालले सुरुमा भारतीय फोर्स कम्पनीको टु ह्विल एम्बुलेन्स खरिदका लागि प्रक्रिया अगाडि बढाइएको थियो । ८० लाख पर्ने सो एम्बुलेन्स भन्सार छुटमा २८ लाख रुपैयाँमा आउँथ्यो ।

    तर, मन्त्रालयले अनुमति नदिए पनि यो प्रक्रिया समेत अगाडी बढ्न सकेको थिएन गत वैशाखदेखि एम्बुलेन्सका लागि सहयोग जुटाउनदेखि खरिद प्रक्रिया थालेको समितिका पदाधिकारीको पदावधि गत असोज २२ देखि सकिएको छ । नयाँ पदाधिकारीको नियुक्ति अझै हुन सकेको छैन ।

  • माओवादी एकताको आधार बन्ला प्रचण्ड-विप्लव भेट ?

    माओवादी एकताको आधार बन्ला प्रचण्ड-विप्लव भेट ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच शनिबार भेटवार्ता भएको छ । केही दिन अगाडी प्रचण्डले विप्लवसँग एकता गर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यसको केही दिनमै विप्लवले समेत उस्तै अभिव्यक्ति दिएका थिए । दुबै नेताको सो भनाईलाई साथर्गक रुपम दिन शनिबार भेटवार्ता भएको छ ।

    वार्तामा दुबै पार्टीबीच तत्कालका लागि कार्यगत सहकार्य गर्ने र भविश्यमा पार्टी एकता गर्ने सम्मको समझदारी बनेको बताइएको छ । शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा प्रचण्डलाई भेट गर्न विप्लव एक्लै पुगेका हुन् । उनीहरुबीच एक घण्टा कुराकानी भएको छ ।

    पार्टी एकता तत्काल सम्भव नभए पनि तल्लो तहसम्म नै सहकार्य भने गर्ने समभलदारी बनेको हो । प्रचण्डले पछिल्लो समय विभिन्न समूहमा विभाजित माओवादीका घटकलाई एकतावद्ध बनाउने अभियान थालेका छन् ।

  • पुनः कोरोनाको इपिसेन्टर बन्दै यूरोप, अष्ट्रियामा पूर्ण लकडाउन

    पुनः कोरोनाको इपिसेन्टर बन्दै यूरोप, अष्ट्रियामा पूर्ण लकडाउन

    काठमाडौ्र । यूरोप कोरोना भाइरसको पुनः इपिसेन्टर बन्दै गएको छ । युरोपका केही देशमा कोरोनाभाइरस सङ्क्रमणका घटनामा वृद्धि भएको बीबीसीले लेखेको छ । कोभिडको नयाँ लहरका बारेमा चिन्ता समेत व्यक्त गरिएका छ । जर्मनी, अस्ट्रिया, नेदरल्यान्ड्स, इटली र बेलायतमा कोभिड सङ्क्रमण दर उकालो लाग्न थालेपछि त्यहाँ विभिन्न प्रतिबन्धात्मक उपायहरू अपनाउनुका साथै खोप अभियानलाई तीव्र बनाउन थालिएको सुमाचारमा उल्लेख छ ।

    अस्ट्रियाले सोमवारदेखि राष्ट्रभरि पूर्ण लकडाउनको घोषणा गरेको छ। यो लकडाउन २० दिनसम्म रहने छ । अस्ट्रियामा सन् २०२२ फेब्रुअरी १ देखि कोभिड खोपलाई लगाउनै पर्ने कानुनी बाध्यता बनाइएको छ। अस्ट्रियामा पश्चिम युरोपकै सबैभन्दा धेरै सङ्क्रमण देखिएको छ। त्यहाँ कमैले मात्रै खोप लगाएको समेत समाचार छ । अस्ट्रियामा अहिले प्रति एक लाख जनसङ्ख्यामा १,०५० जनामा सङ्क्रमण देखिएको छ ।

    लकडाउनमा अस्ट्रियाली नागरिकहरूलाई घरबाट काम गर्न भनिएको छ भने अत्यावश्यक बाहेकका व्यापार व्यवसाय बन्द गरिने छन्। जर्मनीमा भने गएको साता दैनिक अत्यधिक सङ्क्रमण देखिएको छ। स्वास्थ्यमन्त्री यान्स स्पानले यसलाई “एकीकृत राष्ट्रिय बल आवश्यक पर्ने एउटा राष्ट्रिय आपत्काल” भनेका छन्। यसको नतिजा स्वरूप जर्मनीले खोप नलगाएका व्यक्तिलाई थप कडाइ गरिने बताएको छ।

    अस्पताल भर्ना धेरै भएका स्थानमा खोप नलगाएका व्यक्तिलाई प्रतिबन्ध लगाउन चान्सलर एङ्गेला मेर्कल र जर्मनीका १६ प्रान्तका नेताहरू सहमत भएका छन्। नयाँ नियमानुसार खोप नलगाएका व्यक्तिलाई खेल स्थल, सांस्कृतिक कार्यक्रम र रेस्टुराँजस्ता स्थानहरूमा प्रवेश निषेध गरिने छ। मेर्कलले जर्मनीको कोभिड अवस्थालाई नाटकीय भन्दै तुरुन्तै सङ्क्रमणमा ब्रेक लगाउनु पर्ने बताएको समाचार छ ।

    जर्मनीमा बिहीवार थप ६५ हजार जनामा सङ्क्रमण पुष्टि भएको थियो जुन महामारी सुरु भएयताकै सबैभन्दा ठूलो दैनिक सङ्क्रमण हो। शुक्रवार नेदरल्यान्ड्सको प्रहरीले रोटरड्याममा कोभिड प्रतिबन्धविरोधी प्रदर्शनकारीमाथि गोली चलाउँदा कम्तीमा दुई जना घाइते भएका छन्। प्रदर्शनकारीहरूले ढुङ्गा मुढा गर्नुका साथै प्रहरीका गाडीमा आगजनी गरेका थिए। कोभिड खोप पासको सरकारी योजनाको र नयाँ वर्षमा पटाका निषेध गर्ने निर्णयको विरोधमा सयौँ प्रदर्शनकारीहरू जम्मा भएका हुन्।


    महामारीयता सबैभन्दा ठूलो सङ्ख्यमा दैनिक सङ्क्रमण पुष्टि भएपछि गत शनिवार नेदरल्यान्ड्सले तीन साता लामो खुकुलो कोभिड लकडाउन लागु गरेको छ। रोटरड्याममा आपत्काल घोषणा गरी रेल स्टेशनहरू बन्द गरिएका छन्। हेगमा पनि विरोध भएका े बीबीसीले लेखेको छ ।

  • नेपालमा २४२ जनामा कोरोना पुष्टी, १ जनाको मृत्यु

    नेपालमा २४२ जनामा कोरोना पुष्टी, १ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ४१४५ पीसीआर परीक्षणमा २०९ र २९९१ एन्टिजेन परीक्षणमा ३३ जना गरी २४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७३०३ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा ७१ र ललितपुरमा २८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

  • भैरहवामा कांग्रेसको देउवा र पौडेल पक्षबीच झडप, ५ जना घाइते

    भैरहवामा कांग्रेसको देउवा र पौडेल पक्षबीच झडप, ५ जना घाइते

    भैरहवा , नेपाली का्रग्रेसका दुई गुटबीच भैरहवामा झडप भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेशसभा अधिवेशनको मतगणनाका क्रममा दुई पक्षबीच झडप भएको हो । यस क्रममा कम्तिमा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । प्रदेश नम्बर ३ (कं को मतगणनास्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा शुक्रबार राति मतगणना स्थलमा कांग्रेस कार्यकर्ताबीच झडपको अवस्था सिर्जना भएको हो ।

    देउवा र पौडेल पक्षले प्यानल बनाएरै भएको निर्वाचनपछि मतगणनास्थलमा झडप भएको छ । मतपरिणामको क्रममा पौडेल पक्षका पुरण श्रेष्ठले अग्रता लिएपछि मुखमा मास्क लगाएर गएका युवाको समूहले अचानक आक्रमण गरेको स्थानीय संचारमाध्यमले लेखेका छन् । श्रेष्ठले उक्त समूहको आक्रमणबाट क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्त गम्भीर घाईते भएको समेत जानकारी गराएका छन् । पन्तको नाकमा गम्भीर चोट लागेको र उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको बताइएको छ । मतगणना अहिले बन्द भएको छ ।

  • अमेरिकी सहायक विदेशमन्त्री स्वदेश फिर्ता, नेपाललाई के दिए सन्देश ?

    अमेरिकी सहायक विदेशमन्त्री स्वदेश फिर्ता, नेपाललाई के दिए सन्देश ?

    काठमाडौं । नेपालको तीन दिने भ्रमण पुरा गरि दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार साँझ स्वदेश फर्किएका छन् । नेपालमा रहँदा उनेल राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारसँग सम्बन्ध स्थापना तथा नवीकरणको प्रयास गरेको बताइएको छ ।

    उनले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्का, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग बेग्लाबेग्लै भेटवार्ता गरे । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँगै अमेरिकी अनुदानमा प्राप्त फाइजर खोप वितरणको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अवलोकनमा समेत उनी पुगेका थिए ।

    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र नायब शिष्टाचार महापाल रेवतिरमण पौडेलले बिदाइ गरेका छन् । नेपाल भ्रमणका क्रममा उनले एमसीसी परियोजनाको कार्यान्वयनमा नेपालको अवस्थाबारे बुझ्ने प्रयास गरेका थिए । उनले मिति तोकेरै आयोजनालाई संसदबाट अनुमोदन गर्नुपर्ने विषयलाई जोड दिएका छन् ।

  • उदयपुरमा प्रहरी चढेको ट्रक दुर्घटना, २४ जना घाइते

    उदयपुरमा प्रहरी चढेको ट्रक दुर्घटना, २४ जना घाइते

    उदयपुर । काममा खटिएका प्रहरी चढेको ट्रक दुर्घटनामा परि उदयपुरमा २४ जना प्रहरी घाइते भएका छन् । २४ जना प्रहरीको टोली गएराती दुर्घटनामा परी घाइते भएको सरकारी समाचार माध्यम गोरखापत्रले लेखेको छ । उनीहरुको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । घाइते मध्ये दुई जनाको अवस्था चिन्ताजनक छ । एकजना सामान्य उपचारपछि फर्केका छन् ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमका अनुसार कामको सिलसिलामा कटारीबाट गाईघाटतर्फ आउने क्रममा प्रहरी कार्यालयको बा १ ग २१६७ नम्बरको ट्रक दुर्घटनामा परेको हो । राती करिब ९ बजेको समयमा गाईघाट–कटारी सडकखण्डको उदयपुरगढी गाउपालिका ७ अँधेरी भन्ने ठाउँमा दुर्घटना भएको थियो । ओरालोमा ट्रकको ब्रेक फेल भई दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

  • माओवादीको आह्वानमा आज भारत बन्द, रेल पटरीहरुमा बम विष्फोट

    माओवादीको आह्वानमा आज भारत बन्द, रेल पटरीहरुमा बम विष्फोट

    नयाँ दिल्ली । आफ्ना नेताको गिरफ्तारीको विरोधमा सीपीआई (माओवादी)ले आज भारत बन्दको आयोजना गरेको छ । भारतीय माओवादकिा शीर्ष नेता प्रशांत बोसको गिरफ्तारीको विरोधमा माओवादीले भारत बन्द आयोजना गरेको हो । भारत बन्दका दौरान झारखण्डमा रेलको पटरीमा बम विष्फोट गरि सेवा अवरुद्ध गराइएको भारतीय संचारमाध्यमले लेखेका छन् । घटना रातको एक बजे भएको हो ।

    उता, चक्रधरपुर रेल डिभिजनमा लोटा पहाड र सोनुआ स्टेशनमा समेत माओवादीले क्षति गरेको समाचार छ । पुणेबाट छुट्ने हावडा आजाद हिन्द एक्सप्रेसको चक्रधरपुर स्टेशन सोही कारण बन्द भएको छ । यसबाहेक देशभर आधादर्जन भन्दा बढी रेल्वे लाइन माओवादीको बन्दका कारण रोकिएका छन् । यी घटनामा मानवीय क्षतिको विवरण भने छैन । पछिल्लो दिनमा भारतमा माओवादीको गतिविधि निरन्तर बिस्तार भइरहेको छ ।

  • कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बन्न सफल

    कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बन्न सफल

    वासिंटन डिसी । अमेरिकामा राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बनेकी छिन् । राष्ट्रपति जो बाइडनको नियमित स्वास्थ्य परीक्षण सुरु भएसँगै उपराष्ट्रपति कमला ह्यारिस छोटो समयका लागि राष्ट्रपतिको अधिकार प्राप्त गर्ने पहिलो अमेरिकी महिला बनेकी हुन् ।

    अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार बाइडनलाई नियमित कोलोनोस्कपीको परीक्षणका क्रममा शुक्रवार एनेस्थेसिया दिइएका बेला ८५ मिनेटका लागि ५७ वर्षकी ह्यारिसलाई राष्ट्रपतिका रूपमा अधिकार दिइएको छ । प्रक्रियापश्चात् बाइडनका चिकित्सकले एउटा विज्ञप्ति सार्वजनिक गरेका थिए । जसमा उनी स्वस्थ अनि आफ्नो काम गर्न सक्षम रहेको बताएका छन् ।

    राष्ट्रपति बाइडनको ७९औँ जन्मदिनको एक दिनअघि उनको चिकित्सकीय परीक्षण गरिएको हो। अधिकारीहरूका अनुसार ह्यारिसले ह्वाइट हाउसको वेस्ट विङ्गमा रहेको आफ्नो कार्यालयबाट कार्यसम्पादन गरेकी छन्।

    ह्यारिस अमेरिकाको उपराष्ट्रपति निर्वाचित हुने प्रथम महिलाका साथै पहिलो अश्वेत र दक्षिण एशियाली अमेरिकी हुन्। ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले यस्तो परिस्थितिमा अस्थायी रूपमा अधिकार प्रत्यायोजन गर्नु अभूतपूर्व नरहेको र यो अमेरिकी संविधान अनुरूप रहेको बताएको बीबीसीले लेखेको छ ।

  • गैरआवासीय नेपाली संघको नयाँ निर्वाचन मिति तय

    गैरआवासीय नेपाली संघको नयाँ निर्वाचन मिति तय

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनको नयाँ मिति तय गरिएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा आयोजना गरिनेछ । संघको नयाँ कार्यसमितिको नेतृत्वको लागि निर्वाचन डिसेम्बर भने १५ तारिखका दिन तोकिएको छ ।

    गत महिनाको लागि तय गरिएको गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन परराष्ट्र मन्त्रालयको परिपत्र अनुरुप स्थगित भएको थियो । विश्वभर फैलिएका गैरआवासीय नेपालीहरुले उत्साहका साथ तयारी गरिरहेको संघको महाधिवेशन तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन प्रक्रिया स्थगित गर्न परराष्ट्र मन्त्रालयबाट १० सेप्टेम्बरमा पत्र गएको उनले बताएका छन् ।

    मन्त्रालय र संघबीच पटक पटक औपचारिक तथा अनौपचारिक छलफल भएको समेत उनको भनाई छ । केहि समय अगाडि अध्यक्ष समेत संलग्न वार्तामा परराष्ट्र मन्त्री डा. नारायण खड्कासंग परराष्ट्र मन्त्रालयमा संघको महाविधेशनको बारेमा घनिभूत छलफल भएको समेत उनले बताएका छन् ।

    संघले मन्त्रालय समक्ष महाधिवेशन तथा विश्व सम्मेलनको बारेमा प्राप्त असहमतिका बारेमा आफ्नो मार्गचित्र समेत प्रस्तुत गरेको अध्यक्ष पन्तद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । मन्त्रीबाट प्राप्त सकारात्मक प्रतिक्रिया र संघका विभिन्न बैठकले गरेका औपचारिक निर्णयहरुको आधारमा नयाँ निर्वाचन मिति तोकिएको उनको भनाई छ ।

  • एक महिना अगाडी दुबई पुगेका दुई जना दुई किलो सुनसहित विमानस्थलमा समातिए

    एक महिना अगाडी दुबई पुगेका दुई जना दुई किलो सुनसहित विमानस्थलमा समातिए

    काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार २ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । दुबइबाट अरु कसैले उनीहरुलाई भरिया बनाएर नेपाल पठाएको प्रहरीको आंशका छ । प्रारम्भीक बयानका आधारमा उनीहरुलाई भारतीय गिरोहले सुन बोकाएर नेपाल पठाएको हो । उनीहरु नेपाल एयरलाइन्सको जहाजमार्फत दुबइबाट काठमाडौं आएका हुन् ।

    सिरहाका सरोज सहनी र दाङका सीताराम चौधरीको साथबाटछ २ किलो १ सय १६ ग्राम सुन भेटिएको हो । दुवैजना एक महिनाअघि मात्रै दुबइ गएको खुलेको छ । प्रहरीले उनीहरु कामका लागि नभई सुन ल्याउनकै लागि दुबइ गएको अनुमान गरेको छ ।

    प्रहरीका अनुसार दुबइमा रहेको गिरोहले काठमाडौंस्थित विमानस्थलमा ओर्लिएर उनीहरुलाई पार्किङ क्षेत्रमा जान भनिएको थियो । तर, त्यस अगाडी नै उनीहरु प्रहरी नियन्त्रणमा आएका हुन् । प्रहरीलाई सुन भित्रदै गरेको गोप्य सूचना आएको बताइएको छ ।

  • एमसीसीबारे अमेरिकी सहायक विदेशमन्त्रीको प्रचण्डसँग विशेष वार्ता

    एमसीसीबारे अमेरिकी सहायक विदेशमन्त्रीको प्रचण्डसँग विशेष वार्ता

    काठमाडौं । नेपालमा एमसीसी परियोजनाबारे सबैभन्दा खुलेर विरोध गरिरहेको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेका मेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले विशेष वार्ता गरेका छन् । उनले नेपाललाई यो सम्झौता चाहिने वा होइन भन्नेबारे विशेष चासो राखेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार शुक्रबार उनीहरुबीच झन्डै ४५ मिनेटसम्म छलफल भएको छ ।

    छलफलमा लूले अमेरिकी अनुदान सम्झौता एमसीसी नेपालका लागि आवश्यक छ किन छैन भनेर प्रश्न राखेका हुन् । यो आयोजना नेपाललाई नचाहिने भए अरू देशले मागिरहेको समेत उनले बताएको बताइएको छ । भेटघाटमा अमेरिकी पक्षले एमसीसीबारे समयसीमा नै तोकेर टुङ्गोमा पुग्न आग्रह गरेका छन् । प्रत्युत्तरमा पूर्वप्रधानमन्त्री प्रचण्डले सबै राजनीतिक दल, बुद्धिजीवी, पत्रकारलाई राखेर राष्ट्रिय सहमति बनाउने प्रयास गर्ने बताएका छन् ।

    उनले त्यहाँ सहमति भए आयोजनालाई सकारात्मक ढङ्गले लैजान पहल गर्ने बताए । यसअघि लूले प्रधानमन्त्री शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए । ती दुबै नेता भने एमसीसी पास हुनुपर्ने पक्षमा छन् । नेपाल र अमेरिकाबीच सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी कम्प्याक्ट सम्झौताको संसदीय अनुमोदन गर्नुपर्छ । तर, यसको समय बित्दै जाँदा अमेरिकाले उच्च पदस्थ अधिकारी पठाएर दवाव सिर्जना गरिरहेको छ ।