Category: फिचर

  • मोदी सरकारले किसान सामु घुँडा टेक्यो, विवादास्पद तीनैवटा कृषि कानून खारेजीको घोषणा

    मोदी सरकारले किसान सामु घुँडा टेक्यो, विवादास्पद तीनैवटा कृषि कानून खारेजीको घोषणा

    काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक वर्षको विरोधपछि कृषिसम्बन्धी विवादास्पद तीनवटा कानुन खारेज गर्ने घोषणा गरेका छन्। गत नोभेम्बरदेखि ती कानुनको विरोधमा हजारौँ किसानले राजधानी दिल्लीको सीमाक्षेत्रमा धर्ना दिइरहेका थिए।

    कृषकहरू ती कानुनले कृषिमा निजी क्षेत्रको आगमन सहज बनाउने र त्यसले आफ्नो आयमा असर गर्ने बताउँछन्।मन्त्रीहरूले ती कानुन कृषकका लागि लाभदायक भएको दाबी गरेका थिए। तर सरकारसँग भएका थुप्रै चरणका वार्ताहरू असफल भएका थिए।

    कृषकहरूको सङ्गठनले यो घोषणालाई आफ्नो ठूलो विजयको रूपमा लिने बताइएको छ। ठूलो सङ्ख्यामा कृषक बसोबास गर्ने पन्जाब र उत्तर प्रदेश राज्यमा हुन लागेको निर्वाचनलाई ध्यानमा राखेर मोदीले यस्तो घोषणा गरेको हुनसक्ने विज्ञहरूले बताएका छन्।

    मोदीले नयाँ कानुनले साना कृषकहरूलाई सहयोगी हुने अपेक्षा गरिएको बताएका थिए।‘तर कृषकहरूलाई यसको फाइदाबारे बुझाउने थुप्रै प्रयास गरिए पनि हामी असफल भयौँ। गुरु पूरबको अवसरमा सरकारले यी तीन कृषिसम्बन्धी कानुन खारेज गर्ने निर्णय गरेको छ।’

    शुक्रवार पन्जाबका बहुसङ्ख्यक सिख समुदायले गुरु नानकको जन्मजयन्ती मनाइरहेका बेला यस्तो घोषणा गरिएको हो।कृषक नेता राकेश तिकातले भने सरकारले संसद्‌मा कानुन खारेज गरेपछि मात्रै विरोध प्रदर्शन रोक्ने बताएका छन्।

    लगभग ४० कृषक सङ्गठनको छाता संस्था संयुक्त किसान मोर्चाले सरकारले गरेको अनुरोधका बाबजुद पनि विरोधबाट पछि हट्न अस्वीकार गरेको थियो।
    कृषकहरूले हिउँद र ग्रीष्मयाम साथसाथै कोभिडको घातक लहरको बेला पनि दिल्ली प्रवेश गर्ने सडकहरू अवरोध गर्ने कार्य जारी राखेका थिए।

    केही किसानहरूले ठन्डी, गर्मी र कोभिडका कारण ज्यान गुमाए पनि उनीहरूले देशभरि विरोध आह्वान गरेका थिए। सरकारले सुरुमा दुई वर्षका लागि कानुन लागु नगर्ने प्रस्ताव राख्दै उनीहरूसँग वार्ता गरेको थियो। तर किसानहरूले अस्वीकार गरेपछि वार्ता छोडेर पर्ख र हेरको रणनीति अवलम्बन गरिएको थिए।

    तर गएका केही महिनामा दुई कुरा परिवर्तन भए। पहिलो, अक्टोबरमा एक सङ्घीय मन्त्रीका छोरामाथि उत्तर प्रदेशको लखिमपुरमा विरोध गरिरहेका कृषकहरूमाथि गाडी चढाएको आरोप लाग्यो। उनले अस्वीकार गरे पनि पक्राउ परे।

    यो घटनापछि सरकारप्रतिको आक्रोश देशभरि बढ्यो। दोस्रो, प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी पन्जाब, उत्तर प्रदेश र उत्तराखण्डमा आगामी निर्वाचनमा शक्तिशाली क्षेत्रीय दलहरूविरुद्ध लड्दै छ। रिसाएका कृषकहरूले भाजपाको विजयको आशा पूरा नगरिदिन सक्छन्। बीबीसी

  • नेपालमै पहिलोपटक घरजग्गाको मूल्य मापन गर्ने सूचकांक तयार

    नेपालमै पहिलोपटक घरजग्गाको मूल्य मापन गर्ने सूचकांक तयार

    काठमाडौं । नेपालमा पहिलो पटक घरजग्गाको मूल्य मापन गर्ने सूचकांक तयार भएको छ । नेपाल राष्ट्र बैंकले करिब दुई वर्षको मेहेनतपछि उक्त सूचकांक तयार गरेको हो ।

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार काठमाडौंमा एक विशेष कार्यक्रम बीच नयाँ सूचकांक सार्वजनिक गरेका हुन् । अब हरेक तीन महिनामा सूचकांक सार्वजनिक हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    घरजग्गाको मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकांक तयार पारिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    मौद्रिक नीतिका प्रमुख उद्देश्य मूल्य स्थिरता र वित्तीय स्थिरता हासिल गर्न तथा समष्टिगत विवेकशील नियमन तर्जुमाको सन्दर्भमा घरजग्गा मूल्य सूचकाङ्क महत्वपूर्ण हुने सन्दर्भलाई दृष्टिगत गर्दै घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी यो प्रतिवेदन तयार गरिएको राष्ट्र बैंकको भनाइ छ ।

    वित्तीय क्षेत्र विकास रणनीति (२०७३/७४–२०७७ /७८) मा घरजग्गा मूल्य सूचकाङ्क तयार गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिइएकोमा आर्थिक वर्ष २०७५/७६ लाई आधार वर्षको रूपमा लिई घरजग्गा सर्वेक्षण गरिएको हो ।

    घरजग्गा मूल्य सूचकाङ्क तयारी निम्ति प्रत्येक प्रदेशको भौगोलिक अवस्थिति, कारोबारको सघनता र तथ्याङ्क उपलब्धतासमेतलाई दृष्टिगत गरी नमूनामा परेका २० वटा जिल्लाका २० स्थानलाई तथ्याङ्क स्रोत केन्द्रको रूपमा छनोट गरी त्यस्ता तथ्याङ्क स्रोत केन्द्रबाट तथ्याङ्क सङ्कलन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    छनोट भएका जिल्लाभित्र घरजग्गाको धेरै कारोबार हुने नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका छनोट गरी त्यसभित्रका सबैभन्दा धेरै कारोबार हुने दुई वटा वडाको सर्वेक्षण सञ्चालन भएकोमा तत्काल कायम छ वटा महानगर क्षेत्रलाई तथ्याङ्क स्रोत केन्द्रमा पर्नेगरी छनोट गरिएको थियो । सो स्थानका सम्बन्धित मालपोत कार्यालयबाट जग्गा र घरजग्गाको रजिष्ट्रेसन कारोबारको आधारमा घरजग्गा मूल्य तथ्याङ्क सङ्कलन गरिएको हो ।

    नेपालको सन्दर्भमा तथ्याङ्क उपलब्ध हुनसक्ने आधारमा दुई वटा स्रोतबाट तथ्याङ्क सङ्कलन गरेर घरजग्गा मूल्य सूचकाङ्क तयार गरिएको छ । एउटा मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गर्दा राख्ने थैली रकम र दोस्रो बैंकहरूले कर्जा प्रवाह गर्दा धितोस्वरुप राखिने घरजग्गाको मूल्याङ्कनसम्बन्धी तथ्याङ्कको आधारबाट घरजग्गाको मूल्य सङ्कलन गरिएको छ ।

    घरजग्गा मूल्य सूचकाङ्क निर्माणको लागि भाराङ्क निर्धारण गर्ने सम्बन्धमा २०७५/७६ को घरजग्गा रजिष्ट्रेशनको कुल कारोबार संख्यालाई आधार मानी भार निर्धारण गरिएको छ । उक्त भाराङ्कलाई जिल्लागत, प्रदेशगत एवम्राष्ट्रियस्तरमा समेत निर्धारण गरिएको छ ।

    राष्ट्रियस्तरमा जग्गा मात्रको भाराङ्क ७६.६७ प्रतिशत र घरजग्गाको भाराङ्क २३.३३ प्रतिशत रहेको पाइएको छ । मालपोत सर्वेक्षणको आधारमा घरजग्गातर्फ १८,९२० सर्वेक्षण संख्यामध्ये २,०९६ र जग्गातर्फ ८१,९५६ मध्ये ८,२४० वटा गरी कुल १०,३३६ वटा कारोबारलाई नमूनाका रुपमा लिइएको थियो । यसै गरी, वाणिज्य बैंकबाट प्राप्त तथ्याङ्कमध्ये घरजग्गा र जग्गातर्फ क्रमशः १,३३२ र १,१४४ गरी कुल २,४७६ वटा कारोबारलाई नमूनाका रुपमा लिइएको थियो ।

    घरजग्गाको मूल्यमा आउने उतार चढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकाङ्क निर्माणगरिएको छ । यसरी प्राप्त हुने घरजग्गा मूल्य सूचकाङ्क त्रयमासिक रूपमा नियमित प्रकाशन गर्न लागिएको छ ।

    सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६/७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत रहेको पाइएको छ भने मालपोत कार्यलयबाट प्राप्त तथ्याङ्कको यस्तो मुद्रास्फीति १९.७३ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।

    यसैगरी, आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा यस्तो मुद्रास्फीति क्रमशः १६.३१ र १२.५७ प्रतिशत रहेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ को पहिलो नौमहिनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएकोले मुद्रास्फीति केही कम रहेको निष्कर्ष सर्वेक्षणले देखाएको छ ।

  • नेपालमा थप २९६ जनामा कोरोना पुष्टी, ५ जना संक्रमितको निधन

    नेपालमा थप २९६ जनामा कोरोना पुष्टी, ५ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७७७ जनाको पीसीआर परीक्षण गर्दा २७१ जना र ११९५ जनाको एन्टिजेन परीक्षण गर्दा २५ गरी २९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १८ हजार ५७८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३६९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९९ हजार ५४५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ५३९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको छ ।

  • कांग्रेसको प्रदेशसभा अधिवेशन आजबाट

    कांग्रेसको प्रदेशसभा अधिवेशन आजबाट

    काठमाडौं । नेपाली कांग्रेसले पहिलोपल्ट प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्न लागेको छ । १४औँ महाधिवेनको एक भाग प्रदेशसभा क्षेत्रीय अधिवेशन शुक्रबारबाट सुरु हुनेछ । स्थानीय तहको अधिवेशन भएका जिल्लामा आज प्रदेशसभा क्षेत्रीय अधिवेशन कांग्रेस केन्द्रीय निर्वाचन समितिले जानकारी गराएको हो । समितिका अनुसार शुक्रबार अधिकांश जिल्लामा अधिवेशन सम्पन्न न हुने छ । शुक्रबार अधिवेशन नहुने जिल्लामा भने जिल्ला निर्वाचन अधिकृतले नयाँ मिति तोक्ने तयारी छ ।

    ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ कार्यसमिति चयन हुँदैछ । कांग्रेसले स्थानीय तहमा निर्देशिका बनाएर सहमतिमै प्रदेशसभा क्षेत्रीय कार्यसमिति छानिसकेको छ । प्रदेशसभा क्षेत्रीय अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधिसमेत चुन्ने भएको हो । ती महाधिवेशन प्रतिनिधिले प्रदेश कमिटी छान्ने प्रावगधान छ । कांग्रेसको प्रदेशसभा अधिवेशन मंसिर १६ र १७ गते तथा केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुनेछ ।

  • पाकिस्तानमा बलात्कारीलाई नपुंशक बनाउने ऐतिहासिक कानून पारित

    पाकिस्तानमा बलात्कारीलाई नपुंशक बनाउने ऐतिहासिक कानून पारित

    इस्लामावाद । पाकिस्त्तानमा अब बलात्कार कसुरमा दोषि सावित हुनेलाई नपुंशक बनाइने भएको छ । यससम्बन्धी कानून पाकिस्तानको संसदबाट पारित भएको छ । विपक्षी दलले भने यसलाई इस्लाम कानूनको विपरित भएको भन्दै विरोध जनाएको छ । पाकिस्तानमा पछिल्लो दिनमा बलात्कारका घटना बढिरहेको समयमा यो कानून पास हुनुलाई भने ऐतिहासिक उपलब्धी मानिएको छ । फितलो कानून र बढ्दो अपराधका कारण पाकिस्तानमा जनआक्रोस बढिरहेको थियो ।

    पाकिस्तानमा यसअघि पनि यस्तो कानून संसदमा आएको थियो । तर, पास हुन सकेको थिएन । पछिल्लो समय विधेयक बुधवार संसदबाट पारित भएको हो । केमिकल कैस्ट्रेशन (रासायनिक नपुंसकीकरण)का माध्यमबाट अपराधीलाई यस्तो सजाय दिइने विधेयकमा उल्लेख छ । यसपछि सो व्यक्ति आजीवन यौन सम्बन्ध राख्न असमर्थ हुने छ । विरोधी दलले भने बलात्कारीलाई बरु फाँसी दिए हुने तर नपुंशक बनाउने बारे भने शरिया कानून विपरित हुने बताएका छन् ।

  • के अमेरिकाले चीनमा हुने शीतकालिन ओलम्पिक बहिष्कार गर्दैछ ?

    के अमेरिकाले चीनमा हुने शीतकालिन ओलम्पिक बहिष्कार गर्दैछ ?

    काठमाडौं । पश्चिमा संचारमाध्यमहरुका अनुसार चीनमा आयोजना हुने शीतकालिन ओलम्पिकलाई अमेरिकाले बहिष्कार गर्ने योजना बनाइरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे आफूले सोचविचार गरिरहेको बताएको बीबीसीले लेखेको छ । मेक्सिको र क्यानडाका नेताहरूसँगको वार्ताअघि उनले संवाददातासँग यस्तो बताएका हुन्. ।

    यसो भएमा अमेरिकी खेल अधिकारीहरु चीन जान पाउने छैनन् । तर, खेलमा भाग लिने खेलाडीलाई भने बहिष्कारले असर नगर्ने समाचारमा जनाइएको छ । पाँच वर्षपछि भएको पहिलो उत्तर अमेरिकी सम्मेलनमा मेक्सिको र क्यानडाका नेता वासिङ्टनमा भेला भएका छन् ।


    अमेरिका र चीनबीच व्यापार, मानवअधिकार र हङकङ तथा ताइवान मामिलालाई लिएर तनाव बढिरहेको छ।गत सोमवार बाइडनले चिनियाँ समकक्षी सी जिन्पिङसँग गरेको भिडियो कुराकानीमा ओलिम्पिक्सबारे भने कुराकानी नगरेको बताइएको छ । चीनमा मानवअधिकार हनन भएको र उसलाई दवाव दिनु पर्ने भन्दै अमेरिकामथि चीनसँग कूटनीतिक बहिष्कार गर्न दवाव बढेको हो । बेइजिङमा आगामी फेब्रुअरी ४ तारिखमा शीतकालीन ओलम्पिक्स सुरु हुँदै छ।

  • आज शताब्दीकै लामो अवधिको चन्द्रग्रहण, के हो विशेषता ?

    आज शताब्दीकै लामो अवधिको चन्द्रग्रहण, के हो विशेषता ?

    काठमाडौं । सन् २०२१ को अन्तिम चन्द्र ग्रहण आज लाग्दैछ । यस चन्द्र ग्रहणलाई शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण मानिएको छ । पछिल्लो ५८० वर्षमा पहिलोपटक लामो समयको खण्डग्रासचन्द्र ग्रहण लाग्दैछ । चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ । नेपाली समय अनुसार दिउँसो एक बजे उच्च विन्दुमा पुग्ने भएको छ । चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिने समेत बताइएको छ ।

    ज्योतिष शास्त्रमा चन्द्र ग्रहण एक महत्वपूर्ण क्षण मानिन्छ । खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । तर धर्मशास्त्र अनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने गर्दछ । सूर्य र चन्द्रमाको बीचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्दछ । त्यहीँ खगोलीय घटनालाई चन्द्र ग्रहण भनिन्छ । चन्द्र ग्रहण पूर्णिमाको दिनमा मात्र लाग्ने गर्छ । यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको इतिहास छ ।

  • आजबाट ए-डिभिजन लिग फुटबल शुरु

    आजबाट ए-डिभिजन लिग फुटबल शुरु

    काठमाडौं । नेपालमा आजबाट ‘सहिद स्मारक ए डिभिजन लिग २०७८’ शुरु हुँदैछ । यो लिग नेपालको सबैभन्दा ठूलो घरेलु लिग हो । आज उद्घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक ए डिभिजन लिगको खेल फ्लडलाइटमा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अपराह्न ४ः४५ मा शुरु हुने खेल रात्रिकालिन हुन लागेको हो ।

    एन्फाले फुटबल कल्चर विकास गर्ने लक्ष्यसहित यस पटक विकेन्डमा लिगका खेल गराउने भएको छ । दर्शकलाई आकर्षित गर्नका लागि टिकट दर पनि एक सय मात्र राखिएको छ । भिआईपीतर्फ भने ५०० टिकट मूल्य राखिएको छ । लिग विजेताले नगद ७५ लाख पाउनेछन् । उपविजेताले ५० लाख र तेस्रोले २५ लाख प्राप्त गर्नेछ । लिगमा १४ क्लब प्रतिस्पर्धामा छन् । पुछारमा रहने दुई टीम रेलिगेसनमा पर्नेछन् ।

  • अमेरिकी सहायक विदेशमन्त्री लु र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

    अमेरिकी सहायक विदेशमन्त्री लु र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

    काठमाडौं । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गरेका छन् । दुई नेताबीच बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री देउवाको आधिकारीक ट्वीट मार्फत भेटवार्ताबारे जानकारी गराइएको छ ।

    भेटमा नेपाल अमेरिकाबीचको लामो मैत्री सम्बन्ध, सहयोग र द्वीपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको छ । भेटमा उठेका विषय भने सार्वजनिक गरिएको छैन । तर, अमेरिकाले एमसीसीको विषयमा नेपाल सरकारको आधिकारिक धारणा प्रधानमन्त्रीमार्फत लिएको छ ।

  • राष्ट्रिय सभा निर्वाचन १२ माघमा तोकियो

    राष्ट्रिय सभा निर्वाचन १२ माघमा तोकियो

    काठमाडौं । सरकारले राष्ट्रियसभा निर्वाचनको मिति माघ १२ मा तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । स्थानीय संचारमाध्यमहरुका अनुसार राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । उनीहरुमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन् । बाँकि १९ जनाका लागि निर्वाचन हुन लागेको हो । राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी प्रावधान रहेको छ । सोही अनुसार निर्वाचन आयोगले माघ १५ गतेभित्रै निर्वाचन गर्न अनुरोध गरेको थियो ।

  • रोल्पामा बस दुर्घटना, कम्तिमा चार जनाको मृत्यु

    रोल्पामा बस दुर्घटना, कम्तिमा चार जनाको मृत्यु

    रोल्पा । रोल्पामा बिहीबार साँझ भएको बस दुर्घटनामा कम्तिमा चार जनाको मृत्यु भएको छ । जिल्लाको माडी गाउँपालिका–२ जलजलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरील जनाएको छ । दाङको घोराहीबाट रोल्पाको थबाङ जाँदै गरेको ना ३ ख ५५१८ बस बिहीबार बेलुका पौने ६ बजे शहीद मार्गमा पर्ने माडी गाउँपालिका– २ जलजलामा सडकबाट १०० फिट तल खसेको छ ।

    दुर्घटनामा ३ पुरुष र एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटनामा १७ जना घाइते भएका छन् । उपचारका लागि ३ जनालाई जिल्ला अस्पताल लिबाङ ल्याइएको छ । अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार जारी छ । मृतकको पहिचान भइसकेको छैन ।

  • नेपालमा थप २९९ जनामा कोरोना पुष्टी,६ जना संक्रमितको निधन

    नेपालमा थप २९९ जनामा कोरोना पुष्टी,६ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८६३ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र ३२८८ जनाको एन्टिजेन परीक्षण गर्दा २७ गरी २९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १८ हजार ३०७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २६० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९९ हजार १६७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ६४२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ ।

  • सर्वोच्चमा अब मुद्दाको पेशी तोक्दा गोला प्रथा लागू हुने

    सर्वोच्चमा अब मुद्दाको पेशी तोक्दा गोला प्रथा लागू हुने

    काठमाडौँ । सर्वोच्च अदालतमा मुद्दाको पेशी तोक्दा अब गोला प्रथा लागू हुने भएको छ।

    बिहीबार बसेको सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले नियमावली तथा निर्देशिका पारित गरेको हो। बैठकले सर्वोच्च अदालत नियमावली र गोला प्रणालीद्वारा पेशी व्यवस्थापन सम्बन्धी निर्देशिका पारित गरेको हो।

    अब सो सम्बन्धी सूचना राज पत्रमा प्रकाशित भएपछि गोला प्रथाबाट पेशी तोकिन्छ। बिहीबार प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाईमा बाहिर धर्ना र विरोध प्रदर्शन भइरहँदा भित्र प्रधानन्यायाधीशकै अध्यक्षतामा फूलकोर्ट बैठक बसेर सो निर्णय गरेको हो।

    यसका लागि सर्वोच्च प्रशासनले ८२ वटा गोला समेत तयार गरिसकेको छ। गोला प्रथा लागू गर्न सबै तयारी गरेपछि सर्वोच्चले फुलकोर्ट बोलाएको हो।

    नेपाल बारले केही समयअघि प्रधानन्याधीश चोलेन्द्र शमशेर राणालाई भेटेर १५ दिनभित्र गोलाप्रथाबाट पेसी तोक्न र न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यन्वयन गर्न माग गरेको थियो।

  • दोहोरो अंकले घट्यो नेपाली शेयर बजार

    दोहोरो अंकले घट्यो नेपाली शेयर बजार

    काठमाडौं । सेयर बजारमा अंकको करेक्शन आएको छ । यससाताका ३ दिनमा करिब ११५ अंकले बढेको बजारमा आज दोहोरो अंकको करेक्शन आएको छ ।

    सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्बभन्दा धेरैले घटेर सवा ६ अर्बमा सीमित भएको छ ।

    सेयर बजार मापक सूचक नेप्से ३२.३९ अंकले घटेर २७६९.१३ विन्दुमा आइपुगेको छ । बिहीबार २२४ कम्पनीको ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २३० रुपैयाँ बराबरको ९८ लाख ६२ हजार ९४० कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये अन्य बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह १.२६ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह सबैभन्दा धेरै २.७७ प्रतिशतले घटेको छ ।

    कारोबारमा आएका २२४ कम्पनीमध्ये जम्मा ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १८३ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको ४० करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, महालक्ष्मी विकास बैंक ५७ करोड र अपर तामाकोशीको ३९ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

    दोहोरो अंकले घटेको बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मानुषी लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने तेह्रथुम पावरको करिब १० प्रतिशतले बढेको छ ।
    घट्दो बजारमा आज मैलुङ खोला कम्पनीको सेयरधनीले सबैभन्दा धेरै ५.०२ प्रतिशत गुमाएका छन् । त्यसैगरी, शिवश्री हाइड्रोपार, माउन्टेन इनर्जी, हिमालयन पावर, हिमालयन ऊर्जा, गेडविल फाइनान्स र माउन्छेन हाइड्रोका सेयरधनीले ४ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

  • काठमाडौंको डेरामै छापिन्छन् नक्कली नोट, कपनबाट ५ जना पक्राउ

    काठमाडौंको डेरामै छापिन्छन् नक्कली नोट, कपनबाट ५ जना पक्राउ

    काठमाडौं । काठमाडौंमा डेरा भाडामा लिएका मानिसले नक्कली नोट छापेर किनमेल गरेको पाइएको छ । प्रहरीले बुधबार साँझ यस काममा संलग्न रहेको अभियोगमा ५ जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्न रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई बुधबार साँझ पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ की ५६ वर्षीया गोमा श्रेष्ठ, सोही ठाउँकी ४१ वर्षीया पुष्पा थापामगर, रामेछाप सिरुवारी गाउँपालिका–२ का २६ वर्षीय समरोज थापामगर, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–२ का १९ वर्षीय चिरञ्जीवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती रहेका छन् ।


    महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकामा नक्कली पैसा लिएर सामान खरिद गर्दै हिँडिरहेको अवस्थामा गोमा श्रेष्ठलाई शङ्कास्पद अवस्थामा फेला पारेर खानतलासी गर्दा नक्कली नोटसहित पक्राउ गरिएको थियो । पक्राउ गोमा श्रेष्ठसँग गरिएको अनुसन्धानका क्रममा थप चारजनालाई नक्कली पैसा छाप्न प्रयोग गरिने मेसिनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकासँग सक्कलीजस्तो देखिने नक्कली नोट रु ६५ हजार ३३५, नक्कली नोट बनाउन प्रयोग गरिने प्रिन्टर मेसिन, कागज, कागज टाँस्न प्रयोग गरिने फेविकल दुई थान, किप्याड मोबाइल एक थान, स्क्रिनटज मोबाइल एक थान, लालीगुँरास छाप भएको छाप एक थान, कागज काट्न प्रयोग गरिने कैँची एक थान बरामद भएको जनाएको छ ।

  • एमालेको महाधिवेशनमा प्रवासबाट ३० प्रतिनिधि सहभागी हुने, कुन क्षेत्रबाट को ?

    एमालेको महाधिवेशनमा प्रवासबाट ३० प्रतिनिधि सहभागी हुने, कुन क्षेत्रबाट को ?

    काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनमा प्रवासमा रहेका नेपालीमध्येबाट ३० जना सहभागी हुनेभएका छन् । महाधिवेशन मंसिर १० गतेबाट चितवनमा हुँदैछ । प्रवासमा रहेका नेपालीहरुलाई विभिन्न मुलुक र क्षेत्रको प्रतिनिधित्व हुने गरि छानिएको छ । चयन भएका महाधिवेशन प्रतिनिधि चितवन आउने भएका छन् ।


    कुन भेगबाट को छानिए ?
    अन्तराष्ट्रिय कमिटी
    भक्त गुरुङ
    रमेश पाण्डे
    प्रभुराम थापा

    महिला
    कुन्ती थापा
    डा. विमला भण्डारी

    अमेरिका
    कूष्णप्रसाद लामिछाने अमेरिका
    रामहरि खड्का , क्यानडा
    बेनीमाधव कँडेल .गोपाल), अमेरिका
    महिला
    यमुना भट्टराई, अमेरिका
    यमुना घिमिरे, अमेरिका

    पूर्वी एसिया
    भक्त गुरुङ (हङकङ)
    हरिचन्द्र पौडेल, (जापान)
    मोहनसिं रायमाझी, (जापान)

    महिला
    सिर्जना नेपाली, दक्षिण कोरिया
    सुमित्रा रायमाझी बस्न्यात,जापान

    ओशिनिया
    डा विनोद श्रेष्ठ,अष्ट्रेलिया
    राम घिमिरे, अष्ट्रेलिया
    केशव जोशी, अष्ट्रेलिया

    महिला
    सीता केसी थापा,अष्ट्रेलिया
    भावना नेपाल, न्यूजिल्यान्ड

    खाडी
    कमलमणी गुरागाई, कतार
    शालिकराम पन्त, बहराइन
    महेश गिरी, यूएई

    महिला
    ज्योति शर्मा, इजराइल
    रेनु कार्की, कतार

    युरोप
    भक्त वाग्ले, फ्रान्स
    मुक्त गुरुङ, स्पेन
    । गोविन्द पौडेल, पोर्चुगल

    महिला
    सरस्वती चापागाई, वेल्जियम
    कल्पना त्रिपाठी, बेलायत

  • ए-डिभिजन लिगको मूख्य प्रायोजक कतार एयरवेज, १ लाख ५० हजार डलरमा सम्झौता

    ए-डिभिजन लिगको मूख्य प्रायोजक कतार एयरवेज, १ लाख ५० हजार डलरमा सम्झौता

    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको मूख्य प्रायोजक कतार एयरवेज बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार एयरवेजबीच मूख्य प्रायोजकको सम्झौता भएको हो । पछिल्लो सिजन समेत लिगको प्रायोजक कतार एयरवेज नै थियो । यस पटक मूख्य प्रायोजक बनेवापत कतारले एन्फालाई १ लाख ५० हजार डलर प्रदान गर्नेछ ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार आयोजित कार्यक्रममा संघका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद अल इमानबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

    कतार एयरवेज विश्व खेलकुदको विकास र विस्तारको पक्षमा रहेको भन्दै उनले नेपाली फुटबलमा पनि निरन्तर सहयोग रहने बताए । कतार एयरवेज बायर्न म्युनिक र पेरिस सेन्ट जर्मेन (पीएसजी) जस्ता विश्वस्तरीय क्लवको समेत मुख्य प्रायोजक हो । ‘ए’ डिभिजन लि शुक्रबारबाट सुरु हुनेछ ।

  • अमेरिकी सहायक मन्त्री लु आजबाट भेटघाटमा व्यस्त

    अमेरिकी सहायक मन्त्री लु आजबाट भेटघाटमा व्यस्त

    काठमाडौं । दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने भ्रमणका क्रममा बुधबार साँझ काठमाडौं अवतरण गरेका छन् । नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग भेटघाटमा व्यस्त रहने भएका छन् । उनले आजै प्रधानमन्त्री शेर बहादुर दृउवासँग सरकारी निवास वालुवाटारमा भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ । उनले दुई महिनाअघि मात्र सहायक विदेशमन्त्रीको कार्यभार सम्हालेका थिए । शुक्रबार परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेट गर्ने कार्यक्रम तय भएको छ ।

    नेपालमा उनले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन गर्ने समेत कार्यक्रम छ । काठमाडौंस्थित अमेरिकी दुतावासका अनुसार सहायक विदेशमन्त्री लुले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलको अवलोकन गर्ने बताएको छ । उता, बिहीबार नै दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ ।

    उनले समेत नेपाली नेता र अधिकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको यो भ्रमण नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औँ वर्ष प्रवेश हुन लागेको सन्दर्भमा भएको बताइएको छ ।

  • क्यानडामा भिषण तुफान, ब्रिटिश कोलम्बिया क्षेत्रमा सङ्कटकाल

    क्यानडामा भिषण तुफान, ब्रिटिश कोलम्बिया क्षेत्रमा सङ्कटकाल

    ब्रिटिश कोलम्बिया । क्यानडामा भिषण तुफानले जनधनको क्षति गरेको छ । एउटा ठूलो तुफानपछि सडक र रेल सञ्जालमा अवरोध उत्पन्न भएको बीबीसीले जनाएको छ । क्यानडाको पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा अहिले सङ्कटकाल घोषणा गरिएको छ। विपद्‌बाट प्रभावित त्यस क्षेत्रका बासिन्दाको सहायताका लागि क्यानडाको फौजका कैयौँ जवान र अधिकृतहरू खटिएका छन्। उक्त क्षेत्रमा आइतवार राति ठूलो तुफान आएको थियो।

    त्यसबाट हजारौँ मानिसहरू प्रभावित भएका छन्। प्रधानमन्त्री जस्टिन ट्रुडोले राहत दिने प्रतिबद्धता जनाएका छन्। उनले सेनाले पुनर्निर्माणका लागि सहयोग गर्ने बताए। पहिरोमा परेर एक जना महिलाको ज्यान गएको छ भने दुई जना हराइरहेका छन्। उक्त क्षेत्रबाट कैयौँ मानिसहरूलाई सुरक्षित स्थलमा सारिएको छ। त्यसले गर्दा केही पहाडी क्षेत्रका सहरहरूसँग सम्पर्क टुटेको छ।

    क्यानडाको सबैभन्दा ठूलो बन्दरगाह भ्यानकुभरसम्म पुग्ने बाटो पनि अवरुद्ध भएको समाचारमा उल्लेख छ । सङ्कटकालीन अवस्थाले अधिकारीहरूलाई सडक र रेल सेवालाई पुनः सुरु गर्न थप शक्ति प्रदान गर्नेछ।

  • नेपाली महिला क्रिकेट टीमले जित्यो ऐतिहासिक सिरिज

    नेपाली महिला क्रिकेट टीमले जित्यो ऐतिहासिक सिरिज

    दोहा । नेपाली महिला क्रिकेट टीमले ऐतिहासिक सिरिज जितेको छ । कतारलाई लगातार दुई खेलमा हराएको नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक टी २० अन्तर्राष्ट्रिय शृङ्खला जितेको हो । नेपालले कतारलाई दोस्रो खेलमा बुधबार ६१ रनले हरायो । मंगलबार नेपालले कतारमाथि ११९ रनको फराकिलो जित निकालेको थियो । लगातार दोस्रो जितसहित नेपालले तीन खेलको शृङ्खलामा कब्जा जमाएको हो ।

    नेपाल र कतारबीच अन्तिम खेल बिहीवार हुँदैछ । महिला क्रिकेट टोली पहिलो पटक सिरिज खेल्न मैदानमा उत्रिएको हो । जहाँ पहिलो यात्रामै सफलता मिलेको छ । बुधबार नेपालले टस जितेर दोहास्थित वेस्ट इन्ड पार्क क्रिकेट स्टेडियममा पहिले ब्याटिङ रोजेको थियो।

    कप्तान रुबिना क्षेत्रीको ५० रनको अर्धशतकीय पालीको सहयोगमा नेपालले १२९ रन बनायो । ओपनर कविता कुँवरले ३१ रन बनाइन् । जबाफमा कतारले सबै विकेट गुमाउँदा मात्र ६८ रन बनायो । नेपालका लागि सरस्वती कुमारीले सर्वाधिक ४ विकेट झारिन् ।

  • विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिकालाई उछिन्दै चीन बन्यो संसारकै धनी देश

    विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिकालाई उछिन्दै चीन बन्यो संसारकै धनी देश

    काठमाडौं । चीन विश्वकै सबैभन्दा धनी देश बनेको छ । अमेरिकालाई पछि पार्दै चीन संसारकै धनी देश बनेको हो ।

    परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चीनले कुल सम्पत्तिमा अमेरिकालाई पछि पारेको हो । सन् २०२० सम्म चीनको कुल सम्पत्ति १२० ट्रिलियन पुगेको छ ।

    पछिल्लो २० वर्षमा चीनको सम्पत्ति १७ गुणाले बढेको छ । चीन विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्य हुनुभन्दा एक वर्ष अगाडि देखिको तथ्यांक सार्वजनिक गरिएको हो । तथ्यांक अनुसार सन् २००० मा चीनको कुल सम्पत्ति ७ ट्रिलियन डलर रहेकोमा सन् २०२० मा १२० ट्रिलियन डलर पुगेको छ ।

    विश्वको कूल सम्पत्तिको एक तिहाइ सम्पत्ति चीनको रहेको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो २० वर्षको अवधिमा विश्वको कुल सम्पत्ति पनि तेब्बरले वृद्धि भएको छ । सन् २००० का कुल १५६ ट्रिलियन रहेको विश्वको कुल सम्पत्ति सन् २०२० आइपुग्दा ५१४ ट्रिलियन पुगेको छ ।

    चीन सन् २००१ को डिसेम्बर ११ तारिखमा डब्लूटीओको सदस्य भएको थियो । डब्लूटीओको सदस्य भएपछि चीनको अर्थतन्त्रमा तीव्र विकास भएको विज्ञले बताउँदै आएका थिए ।

    विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिकापछि परेको छ । पछिल्लो २० वर्षमा चीनको तुलनामा अमेरिकाको सम्पत्तिमा कमी आएको र यो बीचमा अमेरिकामा कूल सम्पत्ति ९० ट्रिलियन डलरले बढेको छ । जनसंख्याको दृष्टिकोणले विश्वमै पहिलो रहेको चीनलाई क्षेत्रफलका हिसाबले चौथो ठूलो देशका रुपमा लिइन्छ ।

    म्याकिन्से एण्ड कम्पनीले १० वटा देशहरुको राष्ट्रिय तथ्यांकको आधारमा रिपोर्ट तयार पारेको हो । यी १० देशहरुले विश्वको आम्दानीको ६० प्रतिशत हिस्सा ओगट्छन् । चीन र अमेरिकासहित रिपोर्टमा फ्रान्स, जापान, अस्ट्रेलिया, स्वीडेन, जर्मनी, क्यानडा र मेक्सिको र बेलायतलाई समावेश गरिएको छ । एजेन्सी

  • नेपालको पहिलो इ–पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई

    नेपालको पहिलो इ–पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई

    काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) सार्वजनिक गरेको छ ।

    बुधबार विभागमै एक कार्यक्रमको आयोजना गर्दै परराष्ट्र मन्त्री नारायण खड्काद्वारा शताब्दी पुरूष सत्यमोहन जोशीलाई साधारण इ–पासपोर्ट हस्तान्तरण गरिएको थियो ।

    जोशीले विद्युतीय राहदानी पाउँदा निकै खुसी मिलेको बताए।

    साथै, जोशीले सरकारलाई सफलताको शुभकामना समेत दिदै राहदानीले नेपालीको पहिचान बोक्ने हुँदा निकै महत्व रहने उनले उल्लेख गरेका थिए ।

    परराष्ट्र मन्त्री खड्काले शताब्दी पुरुष जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्न पाउदा आफुलाई गौरब लागेको बताएका थिए ।

  • नेपालमा थप ४१२ जनामा कोरोना पुष्टी, २०२ जना संक्रमण मुक्त

    नेपालमा थप ४१२ जनामा कोरोना पुष्टी, २०२ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जना र ४१२ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ गरी ४१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १८ हजार ३५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २०२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९८ हजार ९६३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ६३६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४८३पुगेको छ ।

  • मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

    मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

    काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभामा भएको मतदानमा राईको पक्षमा ‍‍‍‍५० र विपक्षमा २९ मत परेको हो ।

    बैठकमा ७९ जना सांसद उपस्थित थिए । तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि विपक्षी गठबन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादीका नेता राई कात्तिक १६ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

    राईले यसअघि मंगलबार नै विश्वासको मत लिने भनिए पनि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव देखाउदै सांसद आउन नसक्ने भनेर प्रमुख प्रतिपक्षी एमालेका सांसदले मंगलबारको बैठक रोक्न माग गर्दै निवेदन दिएपछि स्थगित भएको थियो ।

    प्रदेशसभामा कुल ९२ जना सांसद छन् । प्रतिपक्षी एमालेको सभामुखसहित ४१ सांसद छन् । यता विपक्षी गठबन्धनमा आवद्ध दल कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १० र जनता समाजवादीका तीन जना गरी ४९ जना सांसद छन् ।

  • नेपाली सेयर बजारमा दोहोरो अंकको वृद्धि

    नेपाली सेयर बजारमा दोहोरो अंकको वृद्धि

    काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबारदेखि उकालो लागेको बजार लगातार दोहोरो अंकले बढेको हो । पछिल्ला तीन दिनमै नेप्से करिब ११५ अंकले बढेको छ ।

    सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै २ अर्बले बढेर साढे ७ अर्ब पुगेको छ ।

    सेयर बजार मापक सूचक नेप्से १६.९५ अंकले बढेर २८०१.५२ विन्दुमा पुगेको छ । मंगलबार २२४ कम्पनीको ७ अर्ब ३९ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँ बराबरको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ समूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै ५.२९ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूह १.५२ प्रतिशतले घटेको छ ।

    कारोबारमा आएका २२४ कम्पनीमध्ये १०७ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको मूल्य घटेको छ । १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको साढे ५८ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, महालक्ष्मी विकास बैंक साढे ३८ करोड र एशियन लाइफ ३३ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

    दोहोरो अंकले बढेको बजारमा आज ६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । पञ्चकन्या माइ हाइड्रोपावर र अपर तामाकोशीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    त्यसैगरी, तेह्रथुम पावर, मानुषी लघुवित्त, नेपाल बंगलादेश बैंक र मैलुङ खोलाका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै, नेपाल टेलिकमको ८.८४ प्रतिशत, जोशी हाइड्रोपावर ७.०५, गोर्खा फाइनान्स र रिलायन्स फाइनान्सको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

  • युगाण्डाको राजधानीमा आत्मघाती बम विष्फोट, कम्तिमा तीन जना मारिए

    युगाण्डाको राजधानीमा आत्मघाती बम विष्फोट, कम्तिमा तीन जना मारिए

    कम्पाला । युगाण्डाको राजधानी कम्पालामा भएको आत्मघाती विष्फोटमा कम्तिमा तीन जना मारिएका छन् । ३० भन्दा बढी घाइते भएको र त्यसमध्ये जना गम्भीर घाइते अवस्थामा उपचारार्थ भर्ना गरिएको छ । मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ । मंगलवार तीन मिनेटको फरकमा दुई आत्मघाती विष्फोट भएका थिए । मारिनेमा प्रहरी समेत रहेको बताइएको छ ।

    अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार चरमपंथी संगठन इस्लामिक स्टेट (आईएस) समूहले यो विष्फोटको जिम्मेवारी लिएको छ । पुलिसका अनुसार मोटरसाइकलमा आएका हमलाकारीले संसद र प्रहरी मुख्यालय नजिकै आत्मघाती आक्रमण गरेका हुन् ।

    शहरका अन्य स्थानमा समेत बम फेला परेको खबर छ । खतरा अझै रहेको प्रहरीका प्रवक्ता फ्रेड एनान्गाले बताएका छन् । एक आत्मघाती हमलाकारीलाई भने विष्फोट गराउनु अगाडी नै पक्राउ गरिएको छ । उनको साथमा विस्फोटक ज्याकेट भेटिएको छ ।

  • विदेशबाट नेपालीले पठाउने रेमिट्यान्स निरन्तर घट्दै

    विदेशबाट नेपालीले पठाउने रेमिट्यान्स निरन्तर घट्दै

    काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को शुरुवातबाटै घट्न थालेको रेमिट्यान्स तेस्रो महिना सम्म पनि सोही प्रवृत्ति दोहोरिएको छ । चालु आर्थिक वर्षका तीन महिना (साउन, भदौ र असोज) मा रेमिट्यान्समार्फत २ खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ नेपाल आएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा यो रकम ७.६ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा करिब २ खर्ब ५९ अर्ब रेमिट्यान्स भित्रिएको तथ्यांक छ ।

    अघिल्लो वर्षको तुलनामा गत वर्ष रेमिट्यान्स १२.७ प्रतिशत बढेको थियो । गत साउन देखि नै रेमिट्यान्स ओरालो लागेको हो । साउनमा १८.१ प्रतिशत र भदौमा ६.३ प्रतिशत कम भित्रिएको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले कमी आई २ अर्ब २ करोड कायम भएको तथ्यांक छ । चाडबाडको मौसममा विदेशबाट बढी रेमिट्यान्स आउँछ ।

    तर, यो वर्ष चाडबाडमै घटेपछि भने चिन्ता थपिएको हो । गत आवमा कोभिडको जोखिमका वावजुत पनि धेरै रकम आएको थियो । धेरै नेपाली काम गर्ने जाने प्रमुख राष्ट्रको अर्थतन्त्रमा लयमा फर्किएको भए पनि त्यसको प्रभाव नेपालीले पाउने रकममा नदेखिएको तथ्यांक छ । त्यसो त नेपालमा हुन्डीजस्ता कारोबारका अनौपचारिक च्यानल समेत रहेकाले औपचारिक च्यानलमा रकम देखिने गरेको छ ।

    रेमिट्यान्स घटेपनि वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य बढेको छ । असोजसम्म ६६ हजार ३ सय १६ नेपालीले यस्तो सवीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६.८ प्रतिशत घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या असोजसम्म ३४ हजार ८ सय २३ पुगेको छ ।

  • अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै

    अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै

    काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन् । उनी तीनदिने नेपाल भ्रमणका सिलसिलामा बुधबार साँझ नेपाल आउन लागेका हुन् । उनी २९ कात्तिकदेखि माल्दिभ्सको भ्रमणमा छन् । सो मुलुकबाट उनी सिधै नेपाल आउन लागेका हुन् । नेपालमा एमसीसी अनुदान विवादित बनिरहेको समयमा पछिल्लो समय अमेरिकाबाट उच्चस्तरीय भ्रमण बाक्लिएको छ ।

    यसअघि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले नेपाल भ्रमण गरिसकेकी छिन् । अमेरिकी सहायक विदेशमन्त्री लु नेपालमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, रक्षामन्त्री मीनेन्द्र रिजाल, गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भेटवार्तामा व्यस्त रहने छन् । उनले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत पार्टीका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने भएका छन् ।

  • कतारविरुद्ध नेपाली महिला क्रिकेट टीमको रवाफिलो जित

    कतारविरुद्ध नेपाली महिला क्रिकेट टीमको रवाफिलो जित

    दोहा । नेपालले पहिलो टी२० अन्तर्राष्ट्रिय सिरिजमा सानदार शुरुवात गरेको छ । मंगलबार सम्पन्न खेलमा कतारमाथि ११९ रनको फराकिलो अन्तरको जित निकाल्दै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । दोहामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले इन्दु वर्माको कीर्तिमानी अर्धशतकीय पालिको सहयोगमा १४६ रन जोड्यो ।

    जवाफी ब्याटिङमा उत्रिएको कतार ११.५ ओभरमा मात्र २७ रन बनाउँदा अलआउट भयो । कप्तान रुविना क्षेत्रीले मात्र एक रनमा तीन विकेट तथा कविता कुँवरले छ रनमा र सीता राना मगरले तीन रन खर्चेर दुई, दुई विकेट लिएका छन् । करुणा भण्डारीले दुई ओभरमा दुई रन मात्र खर्चेर एक ब्याटरलाई आउट गरिन् । कतारका लागि खाडिया इम्तियाज र एन्जेलिन मारेले आठआठ रन जोडे । नेपालको पालिमा भने इन्दुले ४७ बलमा ५५ रन बनाइन् ।

  • अमेरिकालाई चीनको चेतावनी : ताइवानको पक्षपोषण् गर्नु प्रत्यूत्पादक हुनेछ

    अमेरिकालाई चीनको चेतावनी : ताइवानको पक्षपोषण् गर्नु प्रत्यूत्पादक हुनेछ

    काठमाडौं । चीनले अमेरिकालाई ताइवानको पक्षपोषण नगर्न कडा चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाए अनुसार मंगलबार चिनियाँ राष्ट्रपति सी जिन्पिङले अमेरिकी समकक्षी जो बाइडेनलाई यस्तो चेतावनी दिएका हुन् । बीबीसीका अनुसार ताइवानको पक्षपोषण गर्नु अमेरिकाका लागि प्रत्युपादक हुन सक्ने चेतावनी उनको छ । दुई नेताबीच भर्चूअल माध्यमबाट भएको वार्ताका क्रममा सीले बाइडेनलाई ताइवानले खोजे जस्तो स्वतन्त्रतालाई प्रोत्साहन गर्नु आगोसँग खेले जस्तै हुने चेतावनी दिएका छन् ।

    वार्ता सौहार्दपूर्ण वातावरणमा भएको र दुबै नेताले सम्बन्ध सुधारमा जोड दिएका थिए । तर, ताइवानको सन्दर्भमा भने चीनले कडा अडान राखेको छ । उनीहरूको वार्ता पनि दुई देशबीच तनाव कम गर्ने कुरामा केन्द्रित भएको बताइएको छ । चीनले ताइवानलाई आफ्नै भूभाग मान्ने र पुनः एकीकरण गर्ने उसको इच्छा रहेको समेत समाचारमा जनाइएको छ ।


    अमेरिकाको चीनसँग दौत्य सम्बन्ध छ। तर आक्रमण भएको अवस्थामा उसले ताइवानलाई रक्षा गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यस्ता कदमहरू अत्यन्तै खतरनाक छन्। आगोसँग खेले जस्तै। आगोसँग खेल्ने जोकोही जल्ने सीले बताएको बीबीसीले लेखेको उल्लेख छ । ह्वाइट हाउसले भने बाइडनले यथास्थिति परिवर्तन गर्न वा ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई कमजोर पार्न एकपक्षीय प्रयासको कडा विरोध गरेको उल्लेख गरेको छ ।