‘हिमाल आरोहण कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानको माउन्ट केटु आरोहण गरी कीर्तिमान कायम गरी फर्केका नेपाली आरोहीहरुलाई सम्मान गरेका छन्। पाकिस्तान र चीनको सीमानामा रहेको माउन्ट केटु हिउँदे सिजनमा आरोहण गरी नयाँ रेकर्ड कायम गरी फर्केका १० नेपाली आरोहीहरुलाई मंगलबार सम्मान कार्यक्रममा प्रधानमन्त्री ठट्यौली गरेका हुन् । उनले हिमाल आरोहण जोखिमपूर्ण हुने भन्दै सहज भएको… Continue reading ‘हिमाल आरोहण कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो’

प्रधानमन्त्रीको भनाईप्रति कांग्रेसको कडा आपत्ति

काठमाडौं । ‘संसद विघटनको विरोध गर्नेहरु देशविरोधी हुन’ भनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘अलोकतान्त्रिक’ र ‘अधिनायक आकाङ्क्षालाई थप उजागर’ गर्ने संज्ञा दिएका छन् । प्रधानमन्त्रीले सर्वोच्च अदालतको बहसलाई ‘तमासा’ भन्नु ‘अदालतको स्वतन्त्र विवेकलाई… Continue reading प्रधानमन्त्रीको भनाईप्रति कांग्रेसको कडा आपत्ति

नेपालमा बुधबारदेखि लगाइने भयो कोरोना खोप, उपत्यकाका १२ अस्पतालमा सेवा

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप बुधबारबाट लगाउन शुरु गरिने भएको छ । पहिलो चरणमा चिकित्सक तथा फ्रन्टलाइनमा रहेर काम गर्नेहरुमा कोरोना खोप लगाइने भएको छ । यसका लागि ७ वटै प्रदेशमा खोप पठाइ सकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १२ सरकारी तथा निजी अस्पतालबाट खोप सेवा उपलब्ध हुने भएको छ… Continue reading नेपालमा बुधबारदेखि लगाइने भयो कोरोना खोप, उपत्यकाका १२ अस्पतालमा सेवा

दैनिक नयाँ इतिहास रच्दै गएको नेपाली सेयर बजारले फेरि बनायो ऐतिहासिक रेकर्ड

काठमाडौं । सेयर बजारले फेरि ऐतिहासिक रेकर्ड बनाएको छ । पछिल्लो समय दैनिक नयाँ इतिहास रच्दै गएको सेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको हो । आइतबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको नयाँ कीर्तिमान बनाएको हो । नेप्सेले २४४० विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो… Continue reading दैनिक नयाँ इतिहास रच्दै गएको नेपाली सेयर बजारले फेरि बनायो ऐतिहासिक रेकर्ड

नेपालमा थप ३३९ जनामा कोरोना संक्रमण, ४०१ डिस्चार्ज

काठमाडौं । नेपालमा थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४०१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज… Continue reading नेपालमा थप ३३९ जनामा कोरोना संक्रमण, ४०१ डिस्चार्ज

माघ २३ गते रत्नपार्कमा ओली पक्षको शक्ति प्रदर्शन, २ लाख जनता उतार्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले माघ २३ गते रत्नपार्कमा जनसभा गर्ने भएको छ । ओली समूहको वाग्मती प्रदेश कमिटीले पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो। ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धि मार्फत राजनीतिक स्थायित्वको लागि ताजा जनादेश’ भन्ने मुल नाराका साथ रत्नपार्कमा जनसभा गर्न लागेको जनाएको छ… Continue reading माघ २३ गते रत्नपार्कमा ओली पक्षको शक्ति प्रदर्शन, २ लाख जनता उतार्ने

प्रधानमन्त्रीले गरे पशुपतिनाथमा राष्ट्र कल्याणको संकल्पसहित विशेष पूजा,सवा लाख दीप प्रज्ज्वलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरेका छन्। पत्नी राधिका शाक्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालसहित बिहानै पशुपतिनाथ मन्दिर गएर प्रधानमन्त्री ओलीले पूजा गरेका हुन् । ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गरेको पशुपति… Continue reading प्रधानमन्त्रीले गरे पशुपतिनाथमा राष्ट्र कल्याणको संकल्पसहित विशेष पूजा,सवा लाख दीप प्रज्ज्वलन

नेकपा नेपाल–दाहाल पक्षद्वारा १५ दिने आन्दोलन सार्वजनिक,यस्ता छन् नयाँ कार्यक्रम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। सोमबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्ड-नेपाल पक्षले माघ १३ देखि २८ गतेसम्म विरोध कार्यक्रम सार्वजनिक गरेका छन्। जसअनुसार माघ १३ गते सिठ्ठी जुलुस, माघ १४ देखि २१ गतेसम्म माइतीघर मण्डलमा धर्ना, माघ १६ गते शान्तिबाटिकामा भेला भएर लैनचौरसम्म प्रदर्शन गर्ने तयारी… Continue reading नेकपा नेपाल–दाहाल पक्षद्वारा १५ दिने आन्दोलन सार्वजनिक,यस्ता छन् नयाँ कार्यक्रम

अमेरिका छिर्ने मेक्सिकन सीमा क्षेत्रमा १९ जनाको हत्या, विभत्स अवस्थामा भेटिए शव

Pic : Yahoo.com

टेक्सास । मेक्सिको हुँदै अमेरिका छिर्ने सीमा क्षेत्रमा कम्तिमा १९ व्यक्तिको शव भेटिएको छ । स्थानीय प्रहरीका अनुसार मेक्सिकोको कार्मागो शहर नजिकै सडकमा दुई वटा गाडीमा मानव अवशेष भेटिएको हो । संचारमाध्यमले जनाए अनुसार शुरुमा मानिसहरुमाथि गोली हानेर त्यसपछि जलाइएको अवस्थामा शव भेटिएका हुन् । घटनास्थलमा गोलीका छर्रा नभेटिएका कारण मानिसहरुलाई अन्यत्रै हत्या गरी सो… Continue reading अमेरिका छिर्ने मेक्सिकन सीमा क्षेत्रमा १९ जनाको हत्या, विभत्स अवस्थामा भेटिए शव

ब्राजिलमा निजी जेट दुर्घटना, चार फुटबलरसहित ६ को मृत्यु

Pic: Twitter

काठमाडौं । ब्राजिलमा एक निजी जेट दुर्घटनामा ४ जना व्यवसायिक फुटबल खेलाडीको ज्यान गएको छ । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार दुर्घटना आइतबार भएको हो । दुर्घटनामा स्थानीय पाल्मास क्लबका अध्यक्ष र चार खेलाडीको मृत्यु भएको छ । उत्तरी ब्राजिलको टोकान्टिन्स राज्यको विमानस्थलबाट टेक अफ हुने क्रममा उनीहरू चढेको जहाज धावनमार्ग छाडेर चिप्लिएको थियो । मैदानमा पुगेको… Continue reading ब्राजिलमा निजी जेट दुर्घटना, चार फुटबलरसहित ६ को मृत्यु

नेकपा विवादमा निर्वाचन आयोगको निर्णयले बढ्यो अन्यौल

काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई वटै समूहबाट भएका निर्णय अमान्य भएको बताएको छ । यसले नेकपा भित्र अन्यौल बढेको छ । अर्थातः अहिलेसम्म भएका कुनै पनि निर्णयबाट नेकपा विभाजन भएको छैन । आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । दुबै समुहबाट भएका आफुखुसी निर्णयलाई अमान्य बताएसँगै… Continue reading नेकपा विवादमा निर्वाचन आयोगको निर्णयले बढ्यो अन्यौल

प्रचण्डले शिलान्यास गरेको पुल उद्घाटन गर्न प्रधानमन्त्री दाङ जाँदै

काठमाडौं । २०७३ सालमा तत्कालिन प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरेको पुल उद्घाटन गर्न आज प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जाने भएका छन् । दाङको देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उदघाटन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यहाँ उनले संसद विघटनबारे आफ्नो धारणा समेत राख्नेछन् । यो… Continue reading प्रचण्डले शिलान्यास गरेको पुल उद्घाटन गर्न प्रधानमन्त्री दाङ जाँदै

कोरोनाबाट विदेशमा थप ९ जना नेपालीको निधन, एक सातामा २ हजार संक्रमित

Doctors in Norway treat a coronavirus patient in the intensive care unit (ICU) of Oslo University Hospital Rikshospitalet in Oslo. | NTB/ Reuters

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३ सय… Continue reading कोरोनाबाट विदेशमा थप ९ जना नेपालीको निधन, एक सातामा २ हजार संक्रमित

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ७ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार १ पुगेको छ ।

नेपाली सेयर बजारमा रेकर्डै रेकर्ड,नेप्से इतिहासकै उच्च विन्दुमा

काठमाडौं । सेयर बजारमा उछाल आउँदा नेप्सेले फेरि नयाँ रेकर्डै रेकर्ड बनाएको छ । पछिल्लो समय प्रायः दैनिक नयाँ इतिहास रच्दै गएको सेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको हो । गत बिहीबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो । नेप्सेले २४२४ विन्दु पार गर्दै… Continue reading नेपाली सेयर बजारमा रेकर्डै रेकर्ड,नेप्से इतिहासकै उच्च विन्दुमा

‘म कसरी तानाशाह भएँ, निर्वाचनबाटै जनताले पुरस्कृत गर्ने कि सजाय दिने टुंगो गर्छन्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय कुनै हालतमा असंवैधानिक हुन नसक्ने बताएका छन्। अपांगता भएका व्यक्तिहरुसँगको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले स्थिरताको लागि ताजा जनादेशमा जाँदा संबिधान विरोधी काम नहुने भएको बताएका छन् । प्रतिनिधिसभा विघटन गरेर आफूले हातमा शासन नलिएको पनि उनले बताए। ‘मैले आफ्ना हातमा शासन लिएको भए पो तानाशाही हुन्थ्यो,… Continue reading ‘म कसरी तानाशाह भएँ, निर्वाचनबाटै जनताले पुरस्कृत गर्ने कि सजाय दिने टुंगो गर्छन्’

जनगणनाका लागि ४७ हजार गणक र सुपरिवेक्षक माग, आवेदन कहाँ र कसरी दिने ?

काठमाडौं । राष्ट्रियजनगणनाका लागि सरकारले करारमा ३७ हजार कर्मचारी माग गरेको छ। आगामी वर्ष २०७८ मा राष्ट्रिय जनगणना हुँदै छ। त्यसका लागि केन्द्रीय तथ्यांक विभागले २९ हजार गणक र आठ हजार सुपरिवेक्षक माग गरेको हो। जनगणनाका लागि सबै कर्मचारी करारमा नियुक्त गरिनेछ। यसका लागि अनलाइनमार्फत दरखास्त दिन सकिनेछ। अनलाइन दरखास्त केन्द्रीय तथ्याङ्क विभागको वेबसाइट अन्तर्गत… Continue reading जनगणनाका लागि ४७ हजार गणक र सुपरिवेक्षक माग, आवेदन कहाँ र कसरी दिने ?

काठमाडौको उत्तरपुर्वी चुचुरो ‘झण्डा पार्क’को झण्डा ढालियो (फोटोफिचर)

काठमाडौ । काठमाडौ जिल्लाको उत्तर पुर्बी चुचुरोमा बिगत पाँच बर्ष अगाडि ‘झन्डा पार्क’ नामाकरण गरि ठडाइएको नेपालको झन्डा अज्ञात व्यक्तिले ढालेर क्षती पुर्याएका छन् । पार्कमा रहेको झण्डा भाच्नुको साथै वरपर मदिराका सिसी फुटाएको अवस्थमा भेटिएका छन् । फोहोर बव्यवस्थापन गर्न राखिएको डस्टविन समेत हराएको स्थानिय यज्ञडोल जगडोल युवा क्लबका अध्यक्ष सञ्जय पौडेलले जानकारी दिए… Continue reading काठमाडौको उत्तरपुर्वी चुचुरो ‘झण्डा पार्क’को झण्डा ढालियो (फोटोफिचर)

ताइवान छिरे एक दर्जन चिनियाँ लडाकु जहाज

File

काठमाडौं । ताइवानले आफ्नो आकासमा एक दर्जन चिनियाँ लडाकु जहाज छिरेको दावि गरेको छ । ताइवानी रक्षा मन्त्रालयले शनिबार ताइवानको दक्षिण, पश्चिमी आकाशमा ८ वटा बम खसाल्ने जहाज र ४ वटा लडाकु जेट प्रवेश गरेको दावि गरेको छ । ताइवानले चिनियाँ जहाजको निगरानीका लागि मिसाइल तयारी अवस्थामा राखेको समेत उल्लेख गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्… Continue reading ताइवान छिरे एक दर्जन चिनियाँ लडाकु जहाज

जनयुद्धलाई कुहिएको फर्सी भनेका प्रधानमन्त्रीबाट पूर्वजनमुक्ति सेनाको प्रसंशा

काठमाडौं । केही दिन अगाडी प्रचण्डले नेतृत्व गरेको जनयुद्धलाई कुहिएको संज्ञा दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार भने जनयुद्ध र त्यसमा सहभागी भएका योद्धाको खुलेर प्रसंशा गर्न भ्याएका छन् । जनमुक्ति सेना नेपाल र बहिगर्मित बाल सेनाको नेतृत्वसँग शनिबार भेट गर्दै उनले जनयुद्धमा लडेका लडाकुको प्रसंशा गरेका हुन् । उनले जनयुद्धको अवधिमा गरेको योगदान, त्यागको… Continue reading जनयुद्धलाई कुहिएको फर्सी भनेका प्रधानमन्त्रीबाट पूर्वजनमुक्ति सेनाको प्रसंशा

नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज, के छन् एजेण्डा ?

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ । सरकारले ५ पुसमा संसद विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अलग भएको यो समुहले शुक्रबार काठमाडौंमा विशाल सभा आयोजना गरेको थियो । त्यसपछि आगामी कार्यक्रम तय गर्न आजको बैठक बोलाइएको हो । यसबीचमा नेताहरुले जनता समाजवादी पार्टी र नेपाली कांग्रेसका नेताहरुसँग समेत… Continue reading नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज, के छन् एजेण्डा ?

मलेसियाबाट एकै पटक ल्याइयो १७ नेपालीको शव, ५ जनाको अस्तु

File Photo

काठमाडौं । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीबेर शोकमग्न रह्यो । दैनिक हजारौं यात्रु आवतजावत गर्ने विमानस्थलमा संनाटा छायो । कारण थियो, एक साथ १७ जना नेपाली दाजुभाईका शव बाकसमा नेपाल आइपुग्नु र वियोगमा आफन्तको चित्कार । मुलुकभित्र सत्ता र शक्तिका लागि नेताहरुबीच लडाई जारी रहेकै समयमा आज मलेसियाकोका क्वालालाम्पुरबाट नेपाल वायुसेवा निगमले एक साथ… Continue reading मलेसियाबाट एकै पटक ल्याइयो १७ नेपालीको शव, ५ जनाको अस्तु

खेलकुद मन्त्रीलाई गृहजिल्लामा स्थानीयको कालोझण्डा, रुख ढालेर बाटो अवरुद्ध

सिन्धुपाल्चोक । गृहजिल्ला सिन्धुपाल्चोक पुगेका युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई स्थानीयले अवरोध गरेका छन् । उनलाई चार घण्टासम्म स्थानीयले कालो झण्डा देखाउँदै बाटो अवरुद्ध गरी विरोध गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि बिस्तार गरेको मन्त्रिपरिषद् बिस्तारमा उनी मन्त्री बनेका थिए । तामाङ कार्यकर्ता भेलालाई सम्बोधन गर्न भन्दै गृहजिल्ला सिन्धुपाल्चोक पुगेका थिए… Continue reading खेलकुद मन्त्रीलाई गृहजिल्लामा स्थानीयको कालोझण्डा, रुख ढालेर बाटो अवरुद्ध

प्रदेशमा पठाउन थालियो कोरोना खोप, एक साता भित्र लगाउन थालिने

File photo

काठमाडौं । कोभिड १९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजबाट प्रदेशमा पठाउन शुरु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई उदृत गर्दै राससले जनाए अनुसार खोप आइतबारसम्म सबै प्रदेशमा पुग्ने भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउने उद्देश्यले सात वटै प्रदेशमा पठाइएको उनले जनाए । भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित… Continue reading प्रदेशमा पठाउन थालियो कोरोना खोप, एक साता भित्र लगाउन थालिने

नेपालमा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी

काठमाडौं । नेपालमा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४१ जनामा पिसिआर गरिएको थियो । जसबाट २३२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार अहिले सम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ६९ हजार १८० पुगेको… Continue reading नेपालमा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी

सीरम इंस्टीट्यूटले भन्यो : आगलागीबाट १ हजार करोड भारु क्षति

Smoke rises from the Serum Institute of India, the world's largest vaccine maker that is manufacturing the AstraZeneca/Oxford University vaccine for the coronavirus, in Pune, India, Thursday, Jan. 21, 2021. (AP Photo/Rafiq Maqbool)

पुने । कोरोना भाइरसको खोप उत्पादन गरिरहेको भारतीय कम्पनी सीरम इंस्टीट्यूट अफ इंडियाको एक नवनिर्मित भवनमा आगलागी हुँदा ५ जना मजदुरको ज्यान गएको छ । बिहीबार भएको यो आगलागीका कारण कम्पनीलाई भने १ हजार करोड भारतीय रुपैयाँ बराबरको क्षति भएको कम्पनीले दावि गरेको छ । पुनेमा यो घटना भएको हो । कम्पनीका सीईओ अदार पूनावालाले… Continue reading सीरम इंस्टीट्यूटले भन्यो : आगलागीबाट १ हजार करोड भारु क्षति

चिनियाँ जलसेनालाई विदेशी जहाजमा गोली हान्ने अधिकार दिइयो

बेइजिंग । चीनले एक विवादास्पद कानून ल्याउदै जलसेनालाई थप अधिकार सम्पन्न बनाएको छ । चिनियाँ संचारमाध्यमका अनुसार अब आफ्ना तटवर्ती सेना (नौसेना) लाई चीनले विदेशी जहाजमा गोली हान्ने अधिकार दिएको छ । प्रशान्त महासागरको पश्चिमी क्षेत्रमा रहेका नौसेनालाई गोली हान्न माथिल्लो तहको आदेश कुर्नु नपर्ने भएको हो । यसको पुष्टी चीनको न्युज एजेन्सी सिन्ह्वाले गरेको… Continue reading चिनियाँ जलसेनालाई विदेशी जहाजमा गोली हान्ने अधिकार दिइयो

आजबाट सहिद सप्ताह शुरु

काठमाडौं । आजबाट नेपालमा शहीद सप्ताह शुरु भएको छ । प्रजातन्त्र स्थापना एवम् पुनःस्थापना तथा नागरिक स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदलाई सम्झना गर्दै शहीद सप्ताह मनाउने गरिन्छ । सप्ताहको आज पहिलो दिन आज शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकु खरिबोटमा श्रद्धाञ्जलीसभा आयोजना हुने भएको छ । १३ गते बिहान आठ बजे सिफलमा धर्मभक्त माथेमा फाँसी… Continue reading आजबाट सहिद सप्ताह शुरु

प्रचण्ड र बाबुरामबीच उपराष्ट्रपति निवासमा भेट

काठमाडौं । शुक्रबार नेकपाको शक्ति प्रदर्शन लगत्तै अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । यो भेटवार्तामा उपराष्ट्रपति नन्दबहादुर पुनले सहजिकरण गरेका छन् । तीन नेताबीच उपराष्ट्रपति निवास लैनचौरमा करीव एक घण्टा भेटवार्ता भएको हो । भेटमा सरकारको कदमाट उत्पन्न भएको राजनीतिक परिस्थिति र अब लिने रणनीतिबारे छलफल भएको बताइएको… Continue reading प्रचण्ड र बाबुरामबीच उपराष्ट्रपति निवासमा भेट

आजदेखि गैरआवासीय नेपाली संघको विशेष अधिवेशन शुरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन आजबाट शुरु हुने भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विधान संशोधनको साझा प्रस्तावलाई विशेष महाधिवेशनमा प्रस्तुत गर्ने सहमति बनेसँगै महाधिवेशन हुन लागेको हो । दुईदिनसम्म भर्चुअलरुपमा संचालन हुने विशेष महाधिवेशनमा ५० भन्दा बढी मुलुकबाट २६ सय जना प्रतिनिधि… Continue reading आजदेखि गैरआवासीय नेपाली संघको विशेष अधिवेशन शुरु