काठमाडौं । पूर्व नेपालको चर्चित धार्मिक गन्तब्य ताप्लेजुङको पाथिभरा यतिबेला आगोलागीको उच्च जोखिममा परेको छ । एक सातायता शुरु भएको डेडलो नियन्त्रणमा आउन नसकेपछि मन्दिर र यस आसपासका संरचना जोगाउनै चूनौति थपिएको छ । प्रहरीका अनुसार सोमबार मन्दिरमै आगो पुग्ने जोखिमपछि सिम्रिक एयरको हेलिकप्टर मगाएर आकासबाट पानी खन्याइएको छ । आकासबाट पाँच पटकसम्म पानी खन्याइएको… Continue reading पाथिभरा मन्दिर आगोलागीको जोखिममा, हेलिकोप्टरबाट पानी खन्याइयो
Category: फिचर
पठाओ कार्यालयमा तोडफोड गर्ने युवालाई आजिवन प्रतिवन्ध लगाउने कम्पनीको तयारी
काठमाडौं । सोमबार राइड सेयरिङ कम्पनी ‘पठाओ नेपाल’को मध्यबानेश्वरस्थित कार्यालयमा राइडरहरुले तोडफोड गरे । पछिल्लो केही दिनयता राइडरहरुले पठाओ नेपालको व्यवस्थापन विरुद्ध आन्दोलन गरिरहेका थिए । यसरी तोडफोडमा उत्रने राइडरलाई भने आफ्नो प्लेटफर्ममा आजिवन प्रतिवन्ध लगाउने तयारी कम्पनीले गरेको छ । खासगरी पठाओ प्लेटफर्म स्वच्छिक रोजगारीको माध्यम भएको र कम्पनीका नियम चित्त नबुझे यसमा भाग… Continue reading पठाओ कार्यालयमा तोडफोड गर्ने युवालाई आजिवन प्रतिवन्ध लगाउने कम्पनीको तयारी
शहरमा लकडाउनको प्रभाव, यो वर्ष सबैभन्दा धेरै धान फल्यो
काठमाडौं । सरकारले गत वर्ष ११ चैतबाट मुलुकभर लागु हुने गरी लकडाउन घोषणा गरेको थियो । यसको केही अगाडी नै सरकारले लकडाउनको संकेत भने गरेको थियो । सोही मौका पारेर शहरमा मजदुरी गरिरहेका धेरै यूवा गाउँ पसे । उनीहरु यो वर्ष करीव दशैं तिहार सम्म नै गाउँ बसे । बाँझो रहेको खेतमा धान रोपे ।… Continue reading शहरमा लकडाउनको प्रभाव, यो वर्ष सबैभन्दा धेरै धान फल्यो
सरकारको कदमविरुद्ध आज नेकपाको देशव्यापी प्रदर्शन
काठमाडौं । सरकारले संसद विघटन गरी निर्वाचन घोषणा गरेको विरोधमा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहले देशव्यापी प्रदर्शन गर्ने भएको छ । राजधानी काठमाडौंसहित देशका सबै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम आयोजना हुने भएको छ । राजधानीको विरोध प्रदर्शनमा ५० हजार कार्यकर्ता उतार्ने तयारी रहेको नेताहरुले बताएका छन् । राजधानीमा बिहान ११ बजेदेखि काठमाडौं… Continue reading सरकारको कदमविरुद्ध आज नेकपाको देशव्यापी प्रदर्शन
बेलायतबाट आएका ५ जनामा कोरोना पुष्टी, नयाँ भाइरस नेपाल भित्रिएको हो ?
काठमाडौं । बेलायतबाट नेपाल आएका ५ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण देखिएको छ । तर, उनीहरुमा देखिएको भाइरसको प्रकृति पुरानै हो वा बेलायतमा देखिएको नयाँ भाइरस हो भन्ने चाँही खुलेको छैन । सरकारले ७ पुसदेखि बेलायतबाट यात्रु नेपाल ल्याउन रोक लगाएको छ । त्यसअगाडी १ पुसबाट ७ पुसको बीचमा आएका यात्रुलाई अनिवार्य होटेल क्वारेन्टिनमा… Continue reading बेलायतबाट आएका ५ जनामा कोरोना पुष्टी, नयाँ भाइरस नेपाल भित्रिएको हो ?
उखु किसान र सरकारबीच सहमति, आन्दोलन स्थगित
काठमाडौं । सरकार र उखु कृषकबीच सहमति भएको छ । तीन सातादेखि माइतीघरमा आन्दोलतरत उखु किसान र सरकारबीच आज चार बुँदे सहमित भएसँगै कृषक आन्दोलन फिर्ता लिन समेत सहमत भएका छन् । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति गरेको छ । किसानको बक्यौता… Continue reading उखु किसान र सरकारबीच सहमति, आन्दोलन स्थगित
युरोपका २७ देशमा कोरोनाको खोप लगाउन शुरू, २ अर्ब डोज खोप सुनिश्चित
काठमाडौं । कोभिड–१९ विरुद्ध लड्नका लागि युरोपेली सङ्घ इयूले खोप दिन शुरू गरेको छ। युरोपेली आयोगकी प्रमुख उर्जुला भोन डेर लेयनले फाइजररबायोएनटेकले विकास गरेको खोप सङ्घका २७ वटै सदस्य राष्ट्रमा वितरण गरिएको बताएकी छन्। एक दिन पनि कुर्न नसक्ने भन्दै कतिपय राष्ट्रहरूले शनिवारबाटै खोप लगाउने काम शुरू गरेका थिए। युरोपेली सङ्घमा हालसम्म ३,३५,००० भन्दा बढीको… Continue reading युरोपका २७ देशमा कोरोनाको खोप लगाउन शुरू, २ अर्ब डोज खोप सुनिश्चित
‘हामी अदालतलाई मान्ने पार्टी हौं, संसद विघटनको विचाराधीन मुद्दामा बोल्न मिल्दैन’
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको विषयमा अदालतमा विचाराधीन मुद्धाका विषयमा बोल्न नमिल्ने बताएका छन् । भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रसले अदालतको निर्णयलाई मान्ने भएकाले कसैलाई धम्क्याउने वा तर्साउने काम नगर्ने बताएका छन् । सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको अराजक निर्णयविरुद्ध एकजुट भएर आन्दोलन गर्ने बताएका छन् ।… Continue reading ‘हामी अदालतलाई मान्ने पार्टी हौं, संसद विघटनको विचाराधीन मुद्दामा बोल्न मिल्दैन’
नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण, ७१८ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० सय पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको… Continue reading नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण, ७१८ जना डिस्चार्ज
लयमा फर्कियो नेपाली सेयर बजार, नेप्से ८.५७ अंकले बढेर २००७.२९ बिन्दुमा
काठमाडौं । सेयर बजार कमब्याक भएको छ । आइतबार करिब ४० अंकले घटेको बजार आज करिब ८ अंकले फर्केको हो । सूचकमा सामान्य सुधार आए पनि कारोबार रकम भने ह्वात्तै घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ७७ करोडले घटेको छ । सेयर बजार मापक सूचक नेप्से ८.५७ अंकले बढेर २००७.२९ बिन्दुमा पुगेको… Continue reading लयमा फर्कियो नेपाली सेयर बजार, नेप्से ८.५७ अंकले बढेर २००७.२९ बिन्दुमा
‘केपी ओलीले जनतामा जाने मुद्दा दिनुभयो, अबको चुनाव बहुमतले जित्छौं’-प्रचण्ड
काठमाडौं । काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह, संसदीय दलका नेता पुष्प कमल दाहाल प्रचण्डले अबको चुनाबमा आफूले बहुमत प्राप्त गर्ने बताएका छन्। सोमबार जनसांस्कृतिक महासंघले गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जनतामाझ जाने अवसर दिएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद ज्ञापन समेत गरेका छन्। सम्बोधनका क्रममा उनले भने, ‘केपीजीलाई धन्यवाद। तपाईँले हामीले जनतामा जाने मुद्दा दिनुभयो।… Continue reading ‘केपी ओलीले जनतामा जाने मुद्दा दिनुभयो, अबको चुनाव बहुमतले जित्छौं’-प्रचण्ड
झापा ओर्लिए पूर्वराजा ज्ञानेन्द्र दम्पत्ति
झापा । काठमाडौंको जाडो छल्न पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह हरेक वर्ष तराई झर्ने गर्छन् । उनीहरुको झापाको दमकमा हिमालयन टी स्टेट नामक निजी चिया बगान रहेको छ । उनीहरु जाडोयाममा केही समय सोही बगानमा रहेको भवनमा बस्ने गरेका छन् । यस पटक समेत उनीहरु करीव एक महिना झापामा बस्ने भएका छन्… Continue reading झापा ओर्लिए पूर्वराजा ज्ञानेन्द्र दम्पत्ति
निजी अस्पताललाई कोभिड अस्पतालको सूचिबाट हटाइयो
काठमाडौं । नेपालमा सरकारले निजी क्षेत्रका अस्पताललाई कोभिड अस्पतालको सूचिबाट हटाएको छ । यससँगै अब कोरोना संक्रमितको उपचार अब सरकारी अस्पतालमा मात्र हुने भएको छ । कोरोना भारइसको संक्रमण उच्च दरमा घटेको र सरकारी अस्पतालकै बेड खाली भएको भन्दै सरकारले निजी अस्पताललाई कोरोना अस्पतालको सूचीबाट हटाउने निर्णय लिएको हो । अब निजी क्षेत्रका अस्पतालले अन्य… Continue reading निजी अस्पताललाई कोभिड अस्पतालको सूचिबाट हटाइयो
सरकारको कदम विरुद्ध आज कांग्रेसको देशव्यापी आन्दोलन
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले गरेको संसद विघटनको विरोधमा आज देशभर आन्दोलन गर्दैछ । देशका १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले शान्तीपूर्ण विरोध प्रदर्शन गर्न लागेको छ । विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रमा रहेका केन्द्रिय स्तरका नेताले सम्बोधन गर्ने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले भने भक्तपुरमा सम्बोधन गर्ने गरी तय… Continue reading सरकारको कदम विरुद्ध आज कांग्रेसको देशव्यापी आन्दोलन
चिनियाँ कम्यूनिष्ट पार्टीको टोली राजनीतिक भेटघाटमा, जोगिएला नेकपाको फूट ?
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डल आज काठमाडौं आइपुगेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोली आज बिहान काठमाडौं आएको हो । काठमाडौं उत्रिएसँगै अनौपचारिक रुपमा भेटघाट तिब्र बनाएको यो टोलीले आइतबार साँझ भने राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेट गरेको छ । स्रोतका अनुसार टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग… Continue reading चिनियाँ कम्यूनिष्ट पार्टीको टोली राजनीतिक भेटघाटमा, जोगिएला नेकपाको फूट ?
संखुवासभामा विप्लव समुह र प्रहरीबीच गोली हानाहान
संखुवासभा । संखुवासभामा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ। प्रहरीका अनुसार गोली हानाहानको क्षति भने आइसकेको छैन । विप्लव कार्यकर्ता रहेको विशेष सुराकी पाएपछि जिल्ला प्रहरी कार्यालय, संखुवासभाबाट प्रहरीको टोली चैनपुर–४, मैदाने भन्ने स्थानमा पुगेको थियो । त्यसस्थानमा उक्त समुहका कार्यक्रर्ताले प्रहरीतर्फ गोली चलाएको कार्यालयले जनाएको छ । त्यसपछि… Continue reading संखुवासभामा विप्लव समुह र प्रहरीबीच गोली हानाहान
राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम १७ गते अपराह्न ४ बजे बैठक आह्वान गरेकी हुन्। गत शुक्रबार बसेको मन्त्रिरपरिषद बैठकले अधिवेशन आह्वानको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रपरिषद् बैठकको सिफारिसमा अधिवेशन अन्त्य गरेकी थिइन्।
नेपालमा थप ४८१ जनामा कोरोना संक्रमण, ७३१ जना डिस्चार्ज
काठमाडौं। नेपालमा थप ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १ सय ८१ सय पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।… Continue reading नेपालमा थप ४८१ जनामा कोरोना संक्रमण, ७३१ जना डिस्चार्ज
ब्रोकर कमिशन घटेसँगै लगानीकर्ता उत्साहित हुने अनुमान गरिएको नेपाली सेयर बजार उल्टो दिशामा
काठमाडौं । सेयर बजारमा पहिरो आएको छ । धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाएकाले लगानीकर्ता उत्साहित हुने अनुमान गरिए पनि बजार भने उल्टो दिशामा गएको छ । दोहोरो अंकले गिरावट आएको लगातार दोस्रो दिन हो । गत बिहीबार पनि नेप्से करिब ३० अकंले घटेको थियो । पछिल्लो दुई दिनमै नेप्से करिब ७० अंकले घटेको छ । सूचकसँगै… Continue reading ब्रोकर कमिशन घटेसँगै लगानीकर्ता उत्साहित हुने अनुमान गरिएको नेपाली सेयर बजार उल्टो दिशामा
चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने
काठमाडौं । चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने एक प्रतिवेदनमा जनाइएको छ। यूकेको सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्चको प्रतिवेदनमा औँल्याइएको त्यो समय यसअघि अनुमान गरिएको भन्दा ५ वर्ष छिटो हो। सेन्टरका अनुसार कोभिड–१९ को सीपयुक्त व्यवस्थापनले चीनको उन्नति अमेरिका र युरोपमा भन्दा छिटो हुने बताइएको छ।भारतको अर्थतन्त्र भने सन्… Continue reading चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने
‘एमसीसी सम्झौता नेपालको पक्षमा छ , कार्यान्वयन गर्न सहयोग गरौं’- ऊर्जामन्त्री
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको पक्षमा रहेको बताएका छन् । आइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमसीसीसँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे । कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने… Continue reading ‘एमसीसी सम्झौता नेपालको पक्षमा छ , कार्यान्वयन गर्न सहयोग गरौं’- ऊर्जामन्त्री
शेरधन राईविरुद्ध ३७ प्रदेश सांसदले पेश गरे अविश्वासको प्रस्ताव
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपाको प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा ३७ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित आइतबार राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो । अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् । समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् । प्रदेश १ मा ९३… Continue reading शेरधन राईविरुद्ध ३७ प्रदेश सांसदले पेश गरे अविश्वासको प्रस्ताव
मन्त्री बर्खास्तीपछि प्रदेश १ सरकार धरापमा
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शनिबार प्रदेश मन्त्रिपरिषद्का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरे । अन्ततः यो कदम उनकै मन्त्रीपरिषद्का लागि घातक हुने देखिएको छ । आफुविरुद्ध अविश्वासको प्रस्ताव आउने डरले उनले मन्त्रीलाई बर्खास्त गरेका हुन् । तर, अब भने वास्तवमै अविश्वासको प्रस्ताव ल्याउन बाटो खुलेको प्रतिक्रिया नेताहरुले दिएका छन्… Continue reading मन्त्री बर्खास्तीपछि प्रदेश १ सरकार धरापमा
आज चीनबाट उच्च अधिकारी नेपाल आउँदै, राजनीतिमा प्रभाव पार्ला ?
काठमाडौं । छिमेकी मुलुक चीनले नेपालमा भइरहेको राजनीतिक उथलपुथललाई गम्भिरतापूर्वक लिएको छ । पछिल्लो केही दिनयता नेपालस्थित चिनियाँ राजदूतको सक्रियता बढेको थियो । यद्दपी यो घटनाक्रमबारे चीन भने मौन छ । यसै सन्दर्भमा आज चीनका केही उच्च अधिकारीसहितको टोली काठमाडौं आउँदैछ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वमा एक टोली काठमाडौं आउन… Continue reading आज चीनबाट उच्च अधिकारी नेपाल आउँदै, राजनीतिमा प्रभाव पार्ला ?
ट्रकको ठक्करबाट गुल्मीमा २ जनाको मृत्यु
गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको ज्यान गएको छ । ट्रकको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारी बस्ने २६ वर्षीय टोप बहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ट्रक बुटवलबाट खाद्यान्न बोकेर सदरमुकाम तम्घास तर्फ जाँदै थियो । ना ५ ख ३२०४ नम्बरको ट्रकले… Continue reading ट्रकको ठक्करबाट गुल्मीमा २ जनाको मृत्यु
यूरोपका ८ मुलुकमा देखियो कोरोनाको नयाँ भाइरस
लण्डन । बेलायतमा देखा परेको कोरोना भाइरसको नयाँ भाइरस यूरोपका ८ मुलुकसम्म बिस्तार भएको पाइएको छ । नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म ८ वटा युरोपेली मुलुकमा फैलिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । युरोपेली संघ अन्तर्गतका आठ देशमा नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले उल्लेख गरेको छ । डब्ल्यूएचओका… Continue reading यूरोपका ८ मुलुकमा देखियो कोरोनाको नयाँ भाइरस
आलोचनापछि देउवाको विज्ञप्ती : ‘संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको छु’
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चर्को आलोचनाका बीच आफु संसद विघटनको विरुद्धमा रहेको स्पष्टिकरण दिएका छन् । शनिबार एक विज्ञप्ती निकाल्दै उनले आफुले यस कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको स्पष्ट पारेका छन् । साथै उनले आगामी सोमबार १ सय ६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटन गरेको विरोधमा प्रदर्शन गरिने भन्दै त्यसमा सहभागी… Continue reading आलोचनापछि देउवाको विज्ञप्ती : ‘संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको छु’
५४३४ परिक्षणबाट ५ सय जनामा कोरोना पुष्टी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअवधिमा कुल ५४३४ नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यसअवधिमा २१३ महिला र २८७ पुरुषमा संक्रमण पुष्टि भएको छ । अब नेपालमा कुल संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ । यसमध्ये… Continue reading ५४३४ परिक्षणबाट ५ सय जनामा कोरोना पुष्टी
सवारी चालक अनुमति पत्रको आवेदन मंगलबारबाट खुल्ने
काठमाडौं । ११ चैत २०७६ यता बन्द भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन आगामी मंगलबारबाट सूचारु हुने भएको छ । यातायात व्यवस्था विभागले यस्तो जानकारी गराएको हो । लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल मंगलबारदेखि सूचारु हुने विभागको भनाई छ । कोरोना भाइरसविरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड पालना गर्ने गरी नयाँ… Continue reading सवारी चालक अनुमति पत्रको आवेदन मंगलबारबाट खुल्ने
राष्ट्रियसभाको हिउँदे अधिवेशन १७ पुसमा आह्वान गर्न सिफारिस
काठमाडौं । प्रतिनिधिसभा विघटन गरेको सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन भने बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको नेपाली संचारमाध्यमले जनाएका छन् । शुक्रबार मन्त्रीपरिषद् हेरफेरपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेका थिए । उक्त बैठकले राष्ट्रिय सभा बोलाउने… Continue reading राष्ट्रियसभाको हिउँदे अधिवेशन १७ पुसमा आह्वान गर्न सिफारिस