काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार १ अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ५४ पैसा र खरिददर मूल्य १३२ रुपैयाँ ९४ पैसा पुगेको छ । पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढ्दा भाउ बढेको हो । अमेरिकी फेडरल रिजर्भ बैंकले फेरि ब्याजदर बढाउने चर्चा चलेसँगै विश्वका लगानीकर्ताहरुले… Continue reading डलरको भाउ अहिलेसम्मकै उच्च
Category: अर्थतन्त्र
ब्रोइलर कुखुराको मासु निरन्तर वृद्धि
काठमाडौं । जिउँदो ब्रोइलर कुखुराको निरन्तर बढाइएको छ । यस साता तेस्रो पटक मूल्य बढाइएको हो । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको मंगलबारको बैठकले जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य बढाउने निर्णय गरेको हो । संघका सचिव देव गिरीका अनुसार जिउँदो ब्रोइलरको कोल्ड स्टोर खरिद मूल्य किलोमा १० रुपैयाँले बढाउने निर्णय भएको छ । नयाँ निर्णयअनुसार… Continue reading ब्रोइलर कुखुराको मासु निरन्तर वृद्धि
दोहोरो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । साताको कारोबारको तेस्रोदिन बजार मापक सूचक (नेप्से) १६.२४ अंकले बढेर १९८५.४३ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७२ कम्पनीको १ अर्ब १७ करोड ६६ लाख ८० हजार ७५७ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये दुईवटा… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
पृथ्वी राजमार्ग दैनिक ४ घण्टा बन्द हुने
काठमाडौं । सडक बिस्तारका लागि पृथ्वी राजमार्ग असोज ४ गतेदेखि २० गतेसम्म राति ४ घण्टा बन्द हुने भएको छ । धादिङको थाक्रे गाउँपालिकाको खयरघारीदेखि गजुरी गाउँपालिकाको पोखरेखोला नजिकसम्मको सडक बन्द गर्न लागिएको हो । यो सडक राति ११ बजेदेखि बिहान ३ बजेसम्म चार घण्टा बन्द हुने र अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधान चलाउन रोक… Continue reading पृथ्वी राजमार्ग दैनिक ४ घण्टा बन्द हुने
लगातार आकाशिँदै कच्चा तेलको भाउ, मूल्य ११ महिना यताकै उच्च
काठमाडौं । विश्व बजामा कच्चा तेलको भाउ लगातार उकालो लागेको छ । जुलाईदेखि लगातार बढ्न थालेको कच्चा तेलको मूल्य ११ महिना यताकै उच्च पुगेको हाे। पछिल्लो साढे दुई महिनामै कच्चा तेलको भाउ औसतमा २५ प्रतिशतले बढेको छ । बजारमा तेलको माग बढ्दा र ठूला उत्पादकले उत्पादन कटौती गर्दा मूल्य लगातार आकाशिएको हो । आयल प्राइसका… Continue reading लगातार आकाशिँदै कच्चा तेलको भाउ, मूल्य ११ महिना यताकै उच्च
नेप्सेले गर्यो कमब्याक, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । आइतबार एकैदिन ४२ अंकले घटेको नेप्से आज सामान्य अंकले फर्केको हो । सूचक सुधार आए पनि कारोबार रकममा भने भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब १६ करोड घटेर जम्मा ८५ करोडमा सीमित भएको छ । सोमबार नेप्से परिसूचक ४.२६ अंकले बढेर… Continue reading नेप्सेले गर्यो कमब्याक, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
विदेशबाट एक महिनामा भित्रियो कीर्तिमानी रेमिट्यान्स, साउनमा ११६ अर्ब
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा १ सय ्१६ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ। यो नेपालको इतिहासमा एक महिनामा भित्रिएको सर्वाधिक रकम हो । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक पहिलो महिनाको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनका अनुसार गत वर्षको साउनको तुलनामा रेमिट्यान्स २५.८ प्रतिशतले बढेको छ ।… Continue reading विदेशबाट एक महिनामा भित्रियो कीर्तिमानी रेमिट्यान्स, साउनमा ११६ अर्ब
नेप्सेमा उच्च अंकको गिरावट, सूचक फेरि २ हजार तल झर्यो
काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । गतसाता ७४ अंकले बढेको नेप्से आज एकैदिन ४२ अंकले घटेको छ । ठूला भनिएका वाणिज्य बैंकहरूले असोज महिनाका लागि निक्षेपको ब्याजदर बढाएसँगै सेयर बजार प्रभावित भएको हो । गत साता सरकारले स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिएसँगै प्रणालीमा थप तरलता सहज भएकाले… Continue reading नेप्सेमा उच्च अंकको गिरावट, सूचक फेरि २ हजार तल झर्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएको भन्दै शुक्रबार बसेको निगम व्यवस्थापनको बैठकले पेट्रोल प्रतिलिटर १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो । मूल्यवृद्धिसँगै अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १८३ र डिजेलरमट्टितेल प्रतिलिटर १७३ पुगेको छ । बढेको मूल्य शनिबार बिहान १ बजेदेखि लागू… Continue reading पेट्रोलियम पदार्थको मूल्य बढ्यो
कर प्रणालीबारे अध्ययन गर्न समिति गठन
काठमाडौं । सरकारले विद्यमान कर प्रणालीको सुधारका लागि अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा समिति गठन गरेको हो । आगामी माघसम्म आफ्नो प्रतिवेदन बुझाउने गरी एक उच्चस्तरीय समिति गठन गरिएको हो । चालु आर्थिक वर्षको बजेटमा सरकारले यस्तो घोषणा गरेका थियो । मल्लिक पूर्वअर्थ सचिव… Continue reading कर प्रणालीबारे अध्ययन गर्न समिति गठन
जलविद्युत् क्षेत्रमा विदेशी लगानी भित्राउन निजी क्षेत्रको पहल
काठमाडौं । नेपालको जलविद्युत् क्षेत्रमा आवश्यक ऋण उपलब्ध गराउन डच बैंक एफएमओसँग स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आग्रह गरेको छ । एफएमओका प्रतिनिधिहरुसँग भएको छलफलमा इप्पान पदाधिकारीहरुले नेपालको ऊर्जा क्षेत्रमा खर्बौ डलर लगानी आवश्यक भएको भन्दै सस्तो दरमा दीर्घकालीन ऋण उपलब्ध गराइदिन आग्रह गरेको हो । वित्तीय व्यवस्थापन गर्न नसकेका कारण २ हजार ६००… Continue reading जलविद्युत् क्षेत्रमा विदेशी लगानी भित्राउन निजी क्षेत्रको पहल
सिटिजन लाइफको आइपीओ बाँडफाँड
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक साधरण शेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले आज दिउँसो आइपीओ बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार कुल १५ लाख ८४ हजार ५ सय ९७ जनाको आवेदन परेपनि १४ लाख ७ हजार २ सय ३७ जना मात्र शेयर पाउनको लागि… Continue reading सिटिजन लाइफको आइपीओ बाँडफाँड
सुन तस्करी प्रकरणमा सीआइबीले के दियो सिफारिस ?
काठमाडौं । झन्डै दुई महिनादेखि चर्चाको चुलीमा रहेको सुन तस्करीबारे पहिलो चरणको अनुसन्धान सकिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बुधवार आफ्नो प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ। हङ्कङबाट आएको विमानमा ल्याइएका आठ बाकस ब्रेकप्याड .ब्रेक शू) भित्र ६०.७ किलोग्राम सुन भेटिएको थियो। उक्त तस्कारी काण्डको अनुसन्धान गर्दा प्रहरीले भेटेको प्रमाणले त्यसबाहेक सुन… Continue reading सुन तस्करी प्रकरणमा सीआइबीले के दियो सिफारिस ?
ओरालो लाग्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन १० अंक र दोस्रो दिन ४४ अंकले बढेको बजार आज भने ओरालो लागेको छ । आज शेयर बजार मापक सूचक (नेप्से) १९.४२ अंकले घटेर १९६७.५७ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७६ कम्पनीको १ अर्ब १३ करोड ५० लाख ५७… Continue reading ओरालो लाग्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट
मुगु विद्युतको राष्ट्रिय ग्रिडमा जोडियो
काठमाडौं । मुगु जिल्ला विद्युतको राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारणलाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगढीसम्म विद्युत पुर्याएको हो । प्राधिकरणले आइतबारदेखि गमगढीलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारणलाइनबाट विद्युत आपूर्ति दिन सुरु गरेको छ । प्राधिकरणले ४०० किलोवाट जडित… Continue reading मुगु विद्युतको राष्ट्रिय ग्रिडमा जोडियो
दोहोरो अंकले बढ्यो नेप्से, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १०.२३ अंकले बढेर १९४२.६८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २७६ कम्पनीको १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटा उपसमूह… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
भुटानबाट पहिलो पटक पोखरा अवतरण गर्यो जहाज
काठमाडौं । भुटानको पारो विमानस्थलबाट पहिलो पटक पोखरामा जहाज अवतरण गरेको छ । शनिबार विहान ५ः५५ बजे उडेको ड्रुक एयरको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ः४० मा अवतरण गरेको हो । १५० सिट क्षमताको जहाजले ३ जना यात्रु लिएर पोखरामा अवतरण गरेको थियो । पोखरा अवतरण भएको ड्रुक एयरको विमानले पोखराबाट भने ४२ जना यात्रु… Continue reading भुटानबाट पहिलो पटक पोखरा अवतरण गर्यो जहाज
युवाजति विदेशमा : स्वदेशमा कृषि गर्ने महिला र वृद्धवृद्धा
काठमाडौं । रोजगारी र अध्ययनमा युवा विदेशिएसँगै नेपालको कृषि महिला र पौढले धानिरहेको पाइएको छ । स्वदेशमा कृषि कर्म गर्ने युवा घट्दै गएको राष्ट्रिय कृषि गणनाको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको ‘राष्ट्रिय कृषि गणना–०७८’को नतिजा अनुसार पछिल्लो १० वर्षमा कृषिमा लाग्ने महिलाको संख्या १३ प्रतिशतले बढेको छ । पुरुषको संख्या… Continue reading युवाजति विदेशमा : स्वदेशमा कृषि गर्ने महिला र वृद्धवृद्धा
नेपाल र भारतबीच क्यूआर कोड प्रयोग गरी भुक्तानी गर्ने बाटो खुल्यो
काठमाडौं । नेपाल र भारतका जनताले एक अर्काको देशमा क्युआर प्रयोग गरी भुक्तानी गर्ने बाटो खुला भएको छ । यसका लागि नेपालको भुक्तानी सेवाप्रदायक फोन पे र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपिसिआई)को अन्तर्राष्ट्रिय शाखा एनपिसिआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआइपिएलएम) ले ‘क्रसबोर्डर’ क्युआर भुक्तानी सेवा गर्ने विषयमा साझेदारी गरेका छन् । दुई संस्थाबिचको साझेदारीसँगै दुवै… Continue reading नेपाल र भारतबीच क्यूआर कोड प्रयोग गरी भुक्तानी गर्ने बाटो खुल्यो
नेपाली स्टार्टअप टुटलले आजबाट आफ्नो सेवा पुनः सुरु गर्दै
काठमाडौं । राइड सेयरिङ प्लेटफर्म टुटलले बुधबारदेखि पुनः सेवा सुरु गर्ने भएको छ । नयाँ व्यवस्थापनका साथ टुटलले राइड सेयरिङ सेवा सुरु गर्न लागेको हो । कम्पनीले एप र सेवा परिस्कृत गर्दै किफायती सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । बुधबारदेखि नै टुटल प्रयोग गर्न चाहने सेवाग्राहीले एपमार्फत राइड सेवा लिन सक्ने व्यवस्थापक ज्याप सर्भिसेजका… Continue reading नेपाली स्टार्टअप टुटलले आजबाट आफ्नो सेवा पुनः सुरु गर्दै
५ वर्षसम्म १०९ मेगावाट विद्युत निर्यात गर्न भारतले दियो अनुमति
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १०९ मेगावाट विद्युत भारतमा बिक्री गर्न अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले नेपालको विद्युत प्राधिकरणलाई २ जलविद्युत आयोजनाको १०९ मेगावाट ५ वर्षसम्म बिक्रीका लागि अनुमति दिएको हो । नेपाल विद्युत प्राधिकरणले भारतको एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन)लाई उक्त विद्युत प्रतियुनिट ५ वर्षसम्म ५.२५ भारू (८.४… Continue reading ५ वर्षसम्म १०९ मेगावाट विद्युत निर्यात गर्न भारतले दियो अनुमति
सरकारसँग तीन महिनाको माग धान्ने खाद्यान्न मौज्दात
काठमाडौं । सरकारले तीन महिनाको माग धान्ने खाद्यान्नको मौज्दात रहेको जनाएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सरकारसँग कुल १ लाख ७० हजार ८०२ क्विन्टल खाद्यान्न मौज्दात रहेको जानकारी दिए । ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी… Continue reading सरकारसँग तीन महिनाको माग धान्ने खाद्यान्न मौज्दात
एक दिन पनि टिकेन नेप्सेको हरियाली, कारोबार तीन महिना यताकै कम
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ६४५ अंकले घटेर १९६१.३७ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७७ कम्पनीको ७९करोड ६८ लाख ७० हजार ४०८ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये व्यापार र उत्पादनमूलक… Continue reading एक दिन पनि टिकेन नेप्सेको हरियाली, कारोबार तीन महिना यताकै कम
१० हजार मेगावाट बिजुली बेच्ने बाटो खुल्यो, प्रस्ताव भारतीय मन्त्रिपरिषदबाट स्वीकृत
काठमाडौं । भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ । गत साता बसेको भारतको मन्त्रिपरिषद्ले बैठकले नेपालसँग गर्ने दीर्घकालीन विद्युत् व्यापार सम्बन्धी सम्झौतापत्र स्वीकृत गरेको हो । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतको मन्त्रिपरिषद् बैठकले नेपालसँग १० वर्षमा १० हजार मेगाबाट बिजुली किन्ने प्रस्ताव पारित गरेको… Continue reading १० हजार मेगावाट बिजुली बेच्ने बाटो खुल्यो, प्रस्ताव भारतीय मन्त्रिपरिषदबाट स्वीकृत
१३ निर्माण कम्पनी परे कालोसूचीमा
काठमाडौं । सरकारले १३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको हो । तीन निर्माण कम्पनीलाई २ वर्ष, दुई निर्माण कम्पनीलाई २ वर्ष, एक निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य सात निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ… Continue reading १३ निर्माण कम्पनी परे कालोसूचीमा
शेयर बजारमा सुधार, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ७.४ अंकले बढेर १९६७.८३ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २७० कम्पनीको १ अर्ब ९ करोड ९१ लाख ३९ हजार ६९७ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटा उपसमूहको… Continue reading शेयर बजारमा सुधार, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
जोमसोम-पोखरा हवाइ सेवा पुनः सूचारु
काठमाडौं । जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि सञ्चालन भएको छ। गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १३ गतेदेखि स्थगित भएको थियो। जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले दुई महिनापछि समिट एयरलायन्सले आइतबार तीनवटा उडान भरेको जानकारी दिए। ुमौसममा सुुधार र पर्यटकीय याम सुरू हुन… Continue reading जोमसोम-पोखरा हवाइ सेवा पुनः सूचारु
उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार
काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) २९.८१ अंकले घटेर १९६०.७८ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २७६ कम्पनीको १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको… Continue reading उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार
पत्रकारितामा प्रविधिले दुरुपयोगको चूनौति बढाएको छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगको चुनौती थपिएको बताएका छन् । शनिबार आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री महतले भने, ‘राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत पनि परीक्षणको दौडबाट गुज्रिरहेको छ ।’ राजनीतिक क्षेत्रबाट राज्य संरचनामा जिम्मेवारीमा पुगेकालाई मात्र नभई कर्मचारी, सुरक्षा… Continue reading पत्रकारितामा प्रविधिले दुरुपयोगको चूनौति बढाएको छ : अर्थमन्त्री
नेपाल बैंक र एडीबीबीच सम्झौता
काठमाडौं । नेपाल बैङ्क लिमिटेडले एसियाली विकास बैङ्कसँग व्यापार वित्तीय क्षमता अभिवृद्धि गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । बैङ्कले एसियाली विकास बैङ्क (एडिबी) सँगको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स कार्यक्रम अन्तर्गत सम्झौता गरेको हो । कार्यक्रमले व्यापार वित्तीय आवश्यकतालाई सम्बोधन गर्न व्यापारिक ऋण र आवश्यक सहयोग प्रदान गरेर अन्तर्राष्ट्रिय व्यापार र विकासलाई टेवा पुयाउने अपेक्षा… Continue reading नेपाल बैंक र एडीबीबीच सम्झौता