Category: अर्थतन्त्र

  • निजी क्षेत्र एमसीसी अनुमोदनको पक्षमा, राष्ट्रिय हित हेरेर सम्झौता कार्यान्वयन गर्न आग्रह

    निजी क्षेत्र एमसीसी अनुमोदनको पक्षमा, राष्ट्रिय हित हेरेर सम्झौता कार्यान्वयन गर्न आग्रह

    काठमाडौं । निजी क्षेत्रका छाता संस्थाहरूले अमेरिकी सहयोग निकाय, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता कार्यान्वयन गर्न आग्रह गरेको छ ।

    नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एमसीसी सम्झौता चाँडै पारित गरेर कार्यान्वयनमा लैजान माग गरेका हुन् ।

    संसदबाट अनुमोदन गर्नुपर्ने पूर्व शर्त रहेकामा सम्झौता भएको ४ वर्षसम्म यसलाई अनिर्णीत राख्नु राष्ट्रिय लज्जाको विषय भएको निजी क्षेत्रको धारणा छ ।

    ‘नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्नेछ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ को महामारीपछि अर्थतन्त्रको सुधारका लागि पर्याप्त लगानी आवश्यक भएको र दीर्घकालमा विद्युत निर्यात एवं प्रविधि हस्तान्तरणको अवसर एमसिसीबाट प्राप्त हुने सम्भावना भएकाले राष्ट्रिय हित हेरी संसदबाट तत्काल पारित गरी कार्यान्वयन गर्न नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल एवं सरोकारवालाहरू समक्ष आग्रह गर्दछौँ ।’

    कोभिड १९ ले सिर्जित परिस्थितिका कारण आन्तरिक स्रोत खुम्चिएको छ भने वैदेशिक सहायता पनि अपेक्षाकृत बढन नसकेको भन्दै संयुक्त विज्ञप्तिमा चालु आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक लगानी ४९ प्रतिशतले घटेको सन्दर्भमा ५० करोड अमेरिकी डलर अर्थात् ५९ अर्ब रुपैयाँ अनुदानसहायता नेपालका लागि महत्वपूर्ण रहेको उल्लेख गरिएको छ ।

    ‘प्रसारण लाइनको अभावमा उत्पादित विद्युत खेर जाने अवस्था सिर्जना हुँदैछ । अर्कोतर्फ कमजोर सडक पूर्वाधारले नेपालको औद्योगिक र व्यावसायकि लागत वृद्धि गरिरहेको छ भने नेपालको उत्पादनको प्रतिस्पर्धी क्षमता समेत कमजोर भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘एमसिसी अन्तर्गतका आयोजना सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्थाले विकास सुशासनका लागि समेत नमुना बन्न सक्नेछ । युरोप, एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका ३० भन्दा धेरै मुलुकमा एमसिसि अन्तर्गत परियोजना निर्माण भइसकेकाले नेपालमा पनि सहज कार्यान्वयन हुनेमा निजी क्षेत्र विश्वस्त छ ।’

    पूर्वाधार विकास, आर्थिक वृद्धि र रोजगारी सिर्जनाका कुनै पनि क्रियाकलाप प्रभावित हुनु हुँदैन भन्नेमा दृढ रहेको भन्दै निजी क्षेत्रका छाता संस्थाहरूले एमसिसी अन्तर्गतका आयोजना कार्यान्वयन हुँदा मुलुकलाई आर्थिक लाभ मात्रै हुने हुँदा कार्यान्वयनका लागिसरकार, संसदमा रहेका सम्पूर्ण राजनीतिक दलहरु, नागरिक समाज र सरोकारवाला पक्षलाई आग्रह गरेका छन् ।

  • दशैंका लागि २० अर्ब नयाँ नोट साटियो, साना दरका मात्र सवा ८ अर्ब

    दशैंका लागि २० अर्ब नयाँ नोट साटियो, साना दरका मात्र सवा ८ अर्ब

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारसम्ममा २० अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही गरेको छ। नेपालीहरुको ठूलो चाड दसैं नजिकिएसँगै राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा प्रदान गरेको थियो।

    नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार ५, १०, २०, ५० र १०० दरका साना नोटको सटही ८ अर्ब २५ करोड रुपैयाँ भएको छ भने बाँकी ११ अर्ब ७५ करोड रुपैयाँ भने पाँच सय र हजार दरका नोटको सटही भएको छ।

    राष्ट्र बैंकले दसैैंलाई लक्षित गर्दै ३५ अर्ब रुपैयाँबराबरको नयाँ नोट बजारमा पठाएको छ । सबै बैंक तथा वित्तीय संस्थाहरुले सो रकम लगिसकेका छन्। विगतका वर्षमा जस्तो यस वर्ष नयाँ नोट साट्नका लागि कुनै समस्या छैन।

    राष्ट्र बैंकले यसपालि कोरोनाको संक्रमणका कारण २७ वटै वाणिज्य बैंक र तिनका शाखाबाट नयाँ नोट पाउने व्यवस्था गरेको छ। विगतका वर्षहरुमा राष्ट्र बैंकले आफ्ना शाखाहरुबाट मात्र नयाँ नोट वितरण गर्ने गर्दा उपभोक्ता लामो लाइन लाग्न बाध्य भएका थिए।

  • पूर्वसांसद तथा व्यवसायी इच्छाराज तामाङ पक्राउ, के हो कारण ?

    पूर्वसांसद तथा व्यवसायी इच्छाराज तामाङ पक्राउ, के हो कारण ?

    काठमाडौं । पूर्वसांसद तथा व्यवसायी इच्छाराज तामाङ पक्राउ परेका छन् । सिभिल सहकारी अध्यक्ष समेत रहेका तामाङलाई बैंकिङ कसुरसम्बन्धी घटनामा अनुसन्धानका लागि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख धिरतप्रताप सिंहलाई उदृत गर्दै स्थानीय संचारमाधयमले जनाएका छन् । उनका अनुसार सहकारीमार्फत ४६ करोड ठगी गरेको भन्दै सीआईबीमा किटानी जाहेरी परेको छ । तामाङमाथि चिठ्ठा, घरकर्जा लगायतका आकर्षक अफर देखाएर ठगी गरेको तथा सहकारीको पैसा व्यक्तिगत र्फममा लगानी गरेको आरोप लागेको छ । घरजग्गा व्यवसायबाट टाट पल्टेका उनी अहिले आर्थिक संकटमा रहेको बताउने गरेका छन् । उनको सिभिल मलसहित विभिन्न क्षेत्रमा लगानी छ ।

  • केराउ, सुपारी, छोकडा र मरिच आयातमा रोक

    केराउ, सुपारी, छोकडा र मरिच आयातमा रोक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले केराउ, सुपारी, नधुल्याएको मरिच र छोकडाको आयातमा रोक लगाएको छ ।

    राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै सो वस्तुको आयातमा रोक लगाएको जनाएको हो । सूचनामा २०७८ असार मसान्तसम्म ढुवानी भइसकेका बस्तु आयात गरिने तर साउनदेखि आयात रोकिने जनाइएको छ।

    वि।सं। २०७७ चैत ९ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोधमा आयात गर्न रोक लगाइएको केन्द्रीय बैंकले जनाएको छ।

    यसअघि २०७७ चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैंठकले एक वर्षदेखि लगाइएको प्रतिबन्द खुला गर्दै आयातामा कोटा प्रणाली लागू गरेको थियो। सरकारले वार्षिक ८० हजार मेट्रिकटन केराउ, २५ हजार मेट्रिकटन सुपारी, पाँच हजार मेट्रिकटन छोकडा र १५ हजार मेट्रिकटन नधुल्याएको मरिच आयातका लागि कोटा प्रणाली खुला गरेको थियो।

    मन्त्रिपरिषद्को स्वीकृतिका आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त वस्तु आयातका लागि आवेदन माग गरेको थियो।

    सीमित कोटा राखेर आयात खुला गरिएका वस्तु तीन महिनापछि पुनः बन्द गरिएको हो। यसअघि २०७६ चैतमा केराउ, मरिच, छोकडा, सुपारी मदिराजस्ता वस्तुको आयातमा सरकारले रोक लगाएको थियो।

  • ‘प्यान्डोरा पेपर्स’ खुलासामा विश्वका ठूला नेता को-को मुछिए ?

    ‘प्यान्डोरा पेपर्स’ खुलासामा विश्वका ठूला नेता को-को मुछिए ?

    काठमाडौं । हालसम्मै ठूलो सङ्ख्यामा चुहिएका वित्तीय दस्तावेजहरूको अध्ययनले विश्व नेता, राजनितिज्ञ र अर्बपतिहरूका गोप्य धन तथा कारोबारबारे खुलासा गरेको छ। बीबीसीका अनुसार करिब ३५ वर्तमान र पूर्वनेता तथा ३०० भन्दा बढी सार्वजनिक अधिकारीका विवरण प्यान्डोरा पेपर्समा सार्वजनिक गरिएको छ । उनीहरुले देशबाहिर कर छल्ने हिसाबले स्थापना गरिएका अफशोर कम्पनीमा लगानी गरेको खुलेको हो ।

    ती कागजपत्र अनुसार जोर्डनका राजाले यूके र अमेरिकाका सम्पत्तिबाट सात करोड पाउन्ड गोप्य रूपमा जम्मा गरेका छन् । बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेयर र उनकी श्रीमतीले लन्डनस्थित कार्यालय खरिद गर्दा सम्पत्ति खरिदसम्बन्धी करबाट ३ लाख १२ हजार पाउन्ड जोगाएको देखिएको छ । उनीहरूले उक्त भवन खरिद गर्ने एउटा अफशोर कम्पनी नै किनेका थिए।

    चुहिएका दस्तावेजहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सम्बन्ध मोनाकोमा रहेको गोप्य सम्पत्तिमा देखाएको छ । अनुसन्धानमा आईसीआईजेसँग सहकार्य गरेको खोज पत्रकारिता केन्द्र नेपालका अनुसार अफशोर कम्पनी खोलेर लगानी गर्नेहरूमा नेपालका पनि ठूला व्यापारिक घरानिया रहेका छन्।

    चेक प्रधानमन्त्री आन्द्रे बाबिस दक्षिणी फ्रान्समा एक करोड २० लाख पाउन्ड बराबरका दुईवटा भिल्ला खरिद गर्न अफशोर लगानी कम्पनी प्रयोग गरेको तथ्य घोषणा नगरी बसेका थिए। यो हप्ता चेक गणतन्त्रमा हुने संसदीय चुनावलाई प्रभावित पार्न र आफूलाई बदनाम गर्न ती दाबी गरिएको उनको भनाइ छ।

    चुहिएका ती दस्तावेजमा पाकिस्तानी प्रधानमन्त्री इमरान खाननिकट व्यक्तिका दशौँ लाख डलर सम्पत्ति रहेका गोप्य कम्पनी र कोषहरूमा स्वामित्व रहेको पाइएको छ। उनको मन्त्रिपरिषद्‌ र परिवारका सदस्यहरूको नाममा ती सम्पत्ति रहेको छ। त्यसबारे जबाफ दिँदै प्रधानमन्त्री खानले प्यान्डोरा पेपर्समा नाम रहेका सबै पाकिस्तानी नागरिकबारे आफ्नो सरकारले छानबिन गर्ने र कुनै गल्ती गरेको स्थापित भए कारबाही गरिने बताएका छन्।

    उनले सम्भ्रान्तहरूले गलत ढङ्गलेु कमाएको सम्पत्तिसम्बन्धी रहस्योद्घाटनको स्वागत गरेका छन्। प्यान्डोरा पेपर्सले केन्याका राष्ट्रपति उहुरु केन्याटाले दशकौँसम्म अफशोर कम्पनीको सञ्जालमाथि गोप्य रूपमा आफ्नो स्वामित्व कायम राखेको देखाएको छ। एउटा सेअर र बन्डसम्बन्धी कम्पनीमा तीन करोड डलर लगानी गरिएको थियो। केन्याटा परिवारले कुनै प्रतिक्रिया दिएको छैन। यसअघि फिनसेन फाइल्स, द प्याराडाइज पेपर्स, द पानामा पेपर्स र लक्सलिक्स खुलासा भएका थिए।

  • ‘प्यान्डोरा पेपर्स’को खुलासा: ट्याक्स हेभन मुलुकमा डेढ दर्जन  नेपालीको कारोबार

    ‘प्यान्डोरा पेपर्स’को खुलासा: ट्याक्स हेभन मुलुकमा डेढ दर्जन नेपालीको कारोबार

    काठमाडौं । गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र शेयर खरीद–बिक्रीकोे खुलासा भएको छ । गैररकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाममात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र शेयर खरीद–बिक्री गर्ने काममा नेपाली पनि संलग्न रहेको प्रमाण फेला परेको हो ।

    आईसीआईजे सहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर भएको खुलासा अनुसार, नेपालका दुई ठूला व्यापारिक घराना – चौधरी ग्रुप र गोल्छा अर्गनाइजेसन सम्बद्ध व्यक्तिहरू समेत त्यस्तो कार्यमा संलग्न भएको भेटिएको हो ।

    अमेरिकाको वासिङटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’ लाई उपलब्ध गराएको कागजात अनुसार प्रतिनिधिसभा सदस्य तथा नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी र उनको परिवारका सदस्यको नाममा ट्याक्स हेभन (कर प्रणाली पारदर्शी नहुने र जवाफदेही पनि नखोजिने) मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोली विभिन्न देशमा कारोबार गरेको पाइएको छ ।

    ती कम्पनीहरू विनोद चौधरी, उनकी श्रीमती सारिकादेवी र तीन छोरा निर्वाण, बरुण र राहुलको नाममा छन् । अफसोर कम्पनी खोलेर कारोबार गर्नेमा नेपालको अर्को ठूलो व्यापारिक घराना गोल्छा अर्गनाइजेसन पनि छ । गोल्छा अर्गनाइजेशन सम्बद्ध लोकमान्य गोल्छा, उनका दिवंगत भइसकेका दुई भाइ, उनीहरूका काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाको नाममा ब्रिटिश भर्जिन आइल्याण्डमै कम्पनी छ ।

    खोपके नेपालकै यसअघिको खुलासा नेपालिक्समा उल्लेख भएका नेपाली नागरिकहरू अजेयराज सुमार्गी, अर्जुनप्रसाद शर्मा र किशोर रानाको लगानीमा थप विदेशी कम्पनीहरू पनि सञ्चालनमा रहेको तथ्य फेला परेको छ । यसबाहेक ललितपुर पुल्चोक ठेगाना भएका राजेन्द्र शाक्य र अन्य नेपाली व्यवसायीहरू– सुहृदराज घिमिरे, काठमाडौं ज्ञानेश्वरका सुधीर मित्तल, नेपालमा व्यवसाय गर्ने भारतीय नागरिक राधेश्याम सराफको लगानीमा पनि ट्याक्स हेभन मुलुकमा कम्पनी सञ्चालनमा रहेको देखिएको छ ।

    गैरआवासीय नेपालीले कुनै पनि नाममा नेपालबाट पैसा लगेर विदेशमा लगानी गर्न पाइन्न । आयकर ऐन–२०५८ ले ‘अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सोभन्दा बढी नेपालमा रहेको व्यक्ति’ लाई ‘बासिन्दा व्यक्ति’ सम्झनुपर्छ भनी व्यवस्था गरेको छ । अर्थात् ‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१’ अनुसार कुनै पनि नेपाली नागरिकले विदेशका बैंकमा खाता खोल्नेदेखि कुनै पनि कम्पनीमा लगानी गर्न पाउँदैनन् ।

    ऐन विपरीत काम गरेमा ‘बिगो बमोजिम जरिवाना, ६ महीना कैद वा दुवै सजाय’ हुने व्यवस्था छ । गैरआवासीय नेपालीले पनि कर छली गर्न सजिलो मानिने, सम्पत्तिको स्रोत खुलाउन नपर्ने र अवैध आर्जनबाट प्राप्त सम्पत्ति समेत लुकाउन सजिलो ठानिने ट्याक्स हेभन मुलुकमा लगानी गरेको देखिनु अपारदर्शी कारोबार र वैधताका दृष्टिले गम्भीर प्रश्न हो ।

    ट्याक्स हेभन मुलुकमा ‘अफशोर कम्पनी’ खोलेर लगानी गर्नु किन गम्भीर विषय हो भन्ने बारेमा आईसीआईजेका निर्देशक जेरार्ड रायलले प्रष्ट्याएका छन् । प्यान्डोरा पेपर्स सार्वजनिक हुनुअघि अष्टे«लियाको एबीसी टेलिभिजनलाई अन्तर्वार्ता दिंदै रायलले ‘अफशोर कारोबारले सम्बन्धित देशमा असमानता र गरीबी बढाउनेदेखि कर बापत आउनुपर्ने रकम मुलुकले गुमाइरहेको’ बताएका छन् । उनको भनाइमा यस्तो कारोबारबाट व्यापारी, नेता, सरकारी अधिकारी र अपराधीहरू अफशोर गोपनीयताको फाइदा उठाएर लाभान्वित भएका छन् ।

    ‘आम मानिसले अफशोर दुनियाँ विरुद्ध आवाज उठाउन किन जरूरी छ भने, यसले गरीबी बढाउँछ, असमानता निम्त्याउँछ । जब धनी र शक्तिशालीले देश लुट्न थाल्छन् शरणार्थी समस्या जस्ता थुप्रै समस्या निम्तन्छन् । मूलभूत रूपमा संसारका सबै खराबीलाई व्यवस्थामा भित्र्याइन्छ र, त्यो व्यवस्थाको उद्देश्य केही व्यक्तिलाई समृद्ध बनाउनुभन्दा अर्को हुँदैन’, अन्तर्वार्तामा रायलले भनेका छन् ।

    नेपालको सन्दर्भमा पूर्णकालीन राजनीतिज्ञहरूको हालसम्म अफशोर कारोबारमा नाम उल्लेख नभए पनि त्यस्तो कारोबार गर्नेहरूलाई उनीहरूको साथ देखिन्छ । किनकि हालसम्म ५५ नेपाली तथा गैर आवासीय नेपालीले अफशोर कारोबार गरेको विवरण खोपकेले नेपालिक्स मार्फत २ माघ २०७५ मा नै खुलासा गरिसकेको छ ।

    यस्तो विवरण सार्वजनिक हुँदा समेत राज्यका शक्तिशाली निकायहरूको मौनता जारी छ । यी निकायको मौनताले ट्याक्स हेभन मुलुकमा नेपालीको लगानीलाई प्रोत्साहन गरिरहेको देखिन्छ । प्यान्डोरा पेपर्स त्यसको एउटा उदाहरण हो ।

  • रोकिएन् नेपाली सेयर बजारको पहिरो, सूचक ७ महिना अघिको विन्दुमा

    रोकिएन् नेपाली सेयर बजारको पहिरो, सूचक ७ महिना अघिको विन्दुमा

    काठमाडौं । सेयर बजारमा उच्चको अंकको गिरावट आएको छ । बजार खुले यता निरन्तर ओरालो लागेको बजार करिब ५६ अंकले घटेर बन्द भएको हो ।

    नेप्से सूचक ७ महिना अघिकै बिन्दुमा आइपुगेको हो । गत चैतमा सूचक २६०० विन्दु तल रहेको थियो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जाम कडाइ गरे यता ओरोला लागेको बजारको घट्ने क्रम अझै रोकिएको छैन । पछिल्लो डेढ महिनामा मात्रै नेप्से सूचक ६०० बढी अंकले घटिसकेको छ ।

    सूचकमा भारी गिरावट आएसँगै कारोबार रकममा पनि बढोत्तरी आउन सकेन । लगानीकर्ता उत्सातिह नहुँदा कारोबार रकम ४ अर्बमा सीमित भएको छ ।

    आइतबार सेयर बजार मापक सूचक नेप्से ५५.९३ अंकले घटेर २५७७.४९ विन्दुमा आइपुगेको छ । यसदिन २३२ कम्पनीको ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ रुपैयाँ बराबरको ८९ लाख ४८ हजार ९३७ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनानस समूह सबैभन्दा धेरै ४.३३ प्रतिशतले घटेको छ । यस्तै, होटल, हाइड्रोपावर र लगानी समूहको परिसूचक ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज कारोबारमा आएका ३३२ कम्पनीमध्ये जम्मा १७ कम्पनीको मूल्य बढेको छ भने २०६ कम्पनीको घटेको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज अपि पावरको सर्वाधिक कारोबार भएको छ । यसको १५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, नेशनल र रिडी हाइड्रोपावर १२ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    उच्च अंकले घटेको बजारमा आज गुह्येश्वरी मर्चेन्टको सेयर मूल्य सबैभन्दा धेरै ९.१९ प्रतिशतले घटेको छ । यसैगरी, रैराङ हाइड्रोपावर ९.१३, माउन्टेन इनर्जी ८.५५, छ्याङ्दी, युनाइटेड मोदी, युनियन हाइड्रोपावर, हिमालयन पावर, एचआइडीसीएल, अरुण भ्याली, सानिमा माइ, सपोर्ट माइक्रोफाइनान्स र युनिभर्सल पावरको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    उच्च अंकले घटेको बजारमा पनि आज मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले मूल्य ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

  • नेपालमा औद्योगिक आय वृद्धिदर ८ प्रतिशत

    नेपालमा औद्योगिक आय वृद्धिदर ८ प्रतिशत

    काठमाडौं । नेपालमा औद्योगिक आय वृद्धिदर ८ प्रतिशत पुगेको छ । नेपाल उद्योग परिसङ्घ (सीएनआई)ले प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरेर शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको छ । औद्योगिक अवस्थिति प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६\७७ को चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्ष २०७७\७८ मा उद्योगको आय वृद्धिदर ८ प्रतिशत रहेको पाइएको छ । परिसङ्घले त्रैमासिक रूपमा सार्वजनिक गर्ने प्रतिवेदनको पहिलो अङ्क राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले शुक्रबार सार्वजनिक गरे ।

    प्रतिवेदनमा गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग, सेवा क्षेत्र, कृषि र ऊर्जा क्षेत्रका उद्योगको कुल उत्पादन क्षमताको ६४.८ प्रतिशत क्षमता उपयोग गरेको देखाएको छ । प्रतिवेदनले त्यसअघिको वर्षको चौथो त्रैमासमा भने उद्योगको आय ४.७ प्रतिशतले ऋणात्मक रहेको उल्लेख गरेको छ ।

    प्रतिवेदनले व्यवसायको क्षमता उपयोगमा कोभिड–१९ महामारीको प्रत्यक्ष असर परेको र यो अवस्था सुधारोन्मुख रहेको पनि देखाएको छ । अध्ययन भएको अवधिमा कृषि क्षेत्रका उद्योगले औसतमा ८.३ प्रतिशत, ऊर्जा क्षेत्रका उद्योगले औसतमा ७.४ प्रतिशत, उत्पादनमूलक उद्योगले औसतमा ७.७ प्रतिशत र सेवा क्षेत्रका उद्योगले औसतमा ८.४ प्रतिशत ब्याज तिरेका छन् ।

    उत्पादनमूलक उद्योगहरूले आफ्नो चालू पुँजीको ६६.१ प्रतिशत बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ । अध्ययनमा सहभागी भएकामध्ये ८३ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि आफू तयार रहेको बताएका छन् । यसैगरी ६९.७ प्रतिशत उद्योगहरूले जेनेरेटरबाट ऊर्जा उत्पादन गरी उद्योग सञ्चालन गरिरहेको अध्ययनले देखाएको छ । यसले उद्योगको उत्पादन लागत ४.९ प्रतिशतले बढेको सर्वेक्षणले देखाएको छ ।

  • अमेरिकामा टर्यो बजेट होलिडेको जोखिम

    अमेरिकामा टर्यो बजेट होलिडेको जोखिम

    वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले डिसेम्बर महिनाको पहिलो हप्तासम्म सरकारले खर्च गर्न पाउने विधेयकलाई प्रमाणीकरण गर्दै अस्थायी कानुनी व्यवस्था ल्याएर पुनः सरकार ठप्प रहने अवस्था रोकेका छन्। बीबीसीका अनुसार त्यसो नभएको भए त्यहाँ बजेट होलिडे हुने थियो । जसका कारण सरकारको खर्च रोकिने अवस्था आउने थियो ।

    सरकारले खर्च गर्न नपाउने प्रावधान लागु हुन केही घण्टा मात्रै बाँकी रहँदा संसद्ले उक्त विधेयक पारित गरेको थियो। राष्ट्रपति बाइडनले समयसीमा भन्दा एक घण्टा अगाडी मात्रै त्यसमा हस्ताक्षर गरेका थिए। त्यस्तो हुन नसकेको भए सङ्घीय सरकार अन्तर्गतका सङ्ग्रहालय, राष्ट्रिय निकुञ्ज अनि सुरक्षा सम्बन्धी कार्यक्रम बन्द हुने समाचारमा उल्लेख छ । रिपब्लिकन र डेमोक्र्याटहरूबीच सहमति जुटेसँगै तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्स र माथिल्लो सदन सिनेटमा मतदान भएको थियो।

    संसद्को पछिल्लो कदमले डिसेम्बर महिनाको तीन तारिखसम्म सरकारले खर्च गर्न पाउने सुनिश्चित गरेको छ। हालसालै चरम मौसमी प्रभाव देखा परेका अमेरिकी राज्यहरू र अफगान शरणार्थीहरूको बसोबासको प्रबन्ध मिलाउन समेत अब सरकारले खर्च गर्न सक्ने छ ।

    खर्च अनुमोदन भएसँगै शुक्रवार सङ्घीय निकाय बन्द रहने छैनन् । जसले गर्दा लाखौँ सरकारी कर्मचारीहरूले बेतलबी बिदा लिनुपर्ने छैन। बिहीवार सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६५ मत परेको थियो भने विपक्षमा ३५ मत खसेको थियो। १५ जना रिपब्लिकनहरूले विधेयकको पक्षमा मतदान गरेका थिए।तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्समा भने पक्षमा २५४ र विपक्षमा १७५ मत खसेको थियो।

  • नेपाली सेयर बजारमा फेरि दोहोरो अंकको गिरावट

    नेपाली सेयर बजारमा फेरि दोहोरो अंकको गिरावट

    काठमाडौं । सेयर बजारमा फेरि दोहोरो अंकको गिरावट आएको छ । यससाता तीनदिनमा २०५ अंकले घटेको बजार बुधबार ५० अंकले बढे पनि आज फेरि दोहोरो अंकले घटेको हो ।

    सूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम सवा १ अर्बले घटेर पौने ४ अर्बमा सीमित भएको छ ।

    बिहीबार सेयर बजार मापक सूचक नेप्से ३२.५१ अंकले घटेर २६३३.४२ विन्दुमा आइपुगेको छ । यसदिन २२५ कम्पनीको ३ अर्ब ७० करोड २९ हजार ५०७ रुपैयाँ बराबरको ७३ लाख २१ हजार १४ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको परिसूचकमा हरियाली छाएको छ भने १० समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूह सबैभन्दा धेरै ३.९२ प्रतिशतले बढेको छ भने विकास बैंक ३.१८ प्रतिशतले घटेको छ ।

    आज कारोबारमा आएका २२५ कम्पनीमध्ये जम्मा ५० कम्पनीको मूल्य बढेको छ भने १५९ कम्पनीको घटेको छ । १६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, अपी पावर साढे १० करोड र मेगा बैंक १० करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    दोहोरो अंकले घटेको बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त, मैलुङ खोला हाइड्रोपावर र नेपाल फाइनान्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    घट्दो बजारमा आज गुडविल फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ६.८६ प्रतिशत गुमाएका छन् । यसैगरी, प्रिमियर इन्स्योरेन्स र कालिका पावरको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, युनिभर्सल पावर, वरुण, आखुँखोला, र रसुवागढी हाइड्रोपावरका सेयरधनीले ५ प्रतिशभन्दा धेरै गुमाएका छन् ।

  • वाग्मती प्रदेशमा गुड्ने सार्वजनिक गाडीको भाडा बढ्ने

    वाग्मती प्रदेशमा गुड्ने सार्वजनिक गाडीको भाडा बढ्ने

    हेटौंडा । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ‘यातायात व्यवस्थापन ऐन २०७५’ अनुसार नियमावली कार्यान्वयनमा आइसकेको जनाएको छ । नियमावलीका अभावमा सार्वजानिक यातायातको भाडादर निर्धारण गर्न समस्या रहेको जनाइएको छ ।

    मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले नियमावली र प्रदेशमन्त्रिपरिषद्को निर्णयका आधारमा अब भाडा समायोजन हुने बताएका हुन् । यसका लागि प्रदेश सरकारले कार्यदल नै बनाएर काम अगाडि बढाएको उनले जानकारी दिए । उनले अब भाडा समायोजनको अन्तिम निष्कर्ष आउन मात्र बाँकी रहेको जनाउँदै उक्त निर्णयपश्चात मात्र सवारी साधनको नयाँ भाडा निर्धारण हुने बताए ।

    सार्वजनिक यातायात महासङ्घका अध्यक्ष डोलनाथ खनालले विसं २०७० बाट भाडा समायोजन नहुँदा यातायात व्यवसायी मर्कामा परेको जानकारी दिए। उनले विसं २०६५ मा सरकारले ६ महिनासम्म अनुसन्धान गरेर वैज्ञानिक भाडा नीति ल्याएको भए पनि उक्त कार्य पाँच वर्षसम्म लागू भएर स्थिर बनेको बताए ।

    पेट्रोलियम पदार्थका कारण भाडा बढ्ने वा घट्ने सम्भावना ३५ प्रतिशत मात्र भएको र ६५ प्रतिशत अन्य कारण रहेको उनको भनाइ छ ।

    भाडा समायोजनमा विभिन्न पक्ष अध्ययन गरिने अध्यक्ष खनालको भनाइ छ । अध्ययन गरिने विषयमा गाडीको मूल्य, ब्याज, चालकको पारिश्रमिक, गाडीका विभिन्न भागको मूल्यलगायत छन् । सङ्घीय सरकारले अन्तरप्रदेशको भाडा २८ प्रतिशत वृद्धि गरेको भए पनि प्रदेशभित्र समायोजन हुन नसकेको अध्यक्ष खनालले बताए ।

    छिट्टै भाडादर बढ्ने र राहत पाउने हेटैँडाका यातायात व्यवसायी राजु पौडेलको भनाइ छ । यातायातका साधनमा निर्भर आफ्नो व्यवसायमा अब भने थोरै मुनाफा हुनसक्ने अनुमान उनको छ । नौ वर्षदेखि भाडादर स्थिर रहेको जनाइएको छ ।पुरानो भाडा दरमा ढुवानी गर्न नसक्ने पुरानो नारायणी यातायात व्यवसायी सङ्घका प्रबन्धक सरोज खनालले बताए ।

  • पोखरा विमानस्थलमा यसै वर्ष उड्ला जहाज ?

    पोखरा विमानस्थलमा यसै वर्ष उड्ला जहाज ?

    पोखरा । निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ८४ प्रतिशत पुरा भएको छ । निर्माण कम्पनीले आगामी अंग्रेजी नयाँ वर्षबाट विमानस्थलमा कम्तिमा आन्तरिक उडान शुरु गर्न सकिने जानकारी गराएको छ । बुधबार गण्डकी प्रदेशका मूख्यमन्त्री सहितका टीमले विमानस्थल निर्माणको भौतिक संरचनाबारे स्थलगत अवलोकन गरेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार विमानस्थलमा भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ ।

    यहाँ पेरिफेरी सडकमा ७० प्रतिशत र विमानस्थल वरिपरिको नाला निर्माण ९० प्रतिशत पुरा भइसकेको छ । विमानस्थलमा टर्मिनल एटीसी टावर, ह्याङ्गरलगायतका १४ वटा भवन निर्माण पुरा भइसकेको छ । भवनमा रङरोगन तथा विद्युतीय उपकरण जडानको काम जारी छ । ट्याक्सी–वे, ह्याङ्गर, एप्रोन, पार्किङ निर्माणलगायतका काम पुरा भएका छन् । लाइटिङ, एक्सेस रोड, कार पार्किङ, तारबार लगाउने काम समेत पुरा भएको छ ।

    पोखरा विमानस्थलको रुटमा पर्ने रिट्ठेपानी डाँडा कटानको काम भने रोकिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा बनिरहेको छ । यसको लागत २२ अर्ब रुपैयाँ हो । निर्माण चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीले निर्माण गरिरहेको छ ।

  • नेपाली सेयर बजारमा उच्च अंकको कमब्याक, ८ कम्पनीका लगानीकर्ता मालामाल

    नेपाली सेयर बजारमा उच्च अंकको कमब्याक, ८ कम्पनीका लगानीकर्ता मालामाल

    काठमाडौं । सेयर बजारमा उच्च अंकको कमब्याक भएको छ । यससाताका ३ दिनमै २०५ अंकले घटेको बजार आज ५० अंकले फर्किएको हो ।

    सूचकमा सुधार आए पनि कारोबार रकममा भने बढोत्तरी आउन सकेन । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ७२ करोडले घटेर ५ अर्बमा सीमित भएको छ ।

    बुधबार सेयर बजार मापक सूचक नेप्से ५०.५८ अंकले बढेर २६६५.९४ विन्दुमा पुगेको छ । यसदिन २२९ कम्पनीको ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँ बराबरको ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.८७ प्रतिशतले बढेको छ । यस्तै, हाइड्रोपावर ४.२२ प्रतिशत र विकास बैंक ३.१७ प्रतिशतले बढेको छ ।

    आज कारोबारमा आएका २२९ कम्पनीमध्ये १९५ कम्पनीको मूल्य बढेको छ भने २१ कम्पनीको घटेको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे २२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्ट्रीलरी साढे १८ करोड र नेपाल बैंक १६ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    उच्च अंकले बढेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । अपी पावर र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    यसैगरी, मनकामना स्मार्ट लघुवित्त, युनाइटेड इदी मार्दी हाइड्रोपावर र कालिका पावर कम्पनीका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् । यस्तै, हिमालयन ऊर्जा, छ्याङी हाइड्रोपार र कालिका माइक्रोफाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    बढ्दो बजारमा आज मेगा बैंकका सेयरधनीले सबैभन्दा धेरै ३.९२ प्रतिशत गुमाएका छन् ।

  • नेपाली सेयर बजार ७ महिना अघिकै विन्दुमा, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी

    नेपाली सेयर बजार ७ महिना अघिकै विन्दुमा, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी

    काठमाडौं । सेयर बजारमा लगातार उच्च अंकको गिरावट आएको छ । यससाता आइतबारदेखि उच्च अंकले घट्न थालेको बजार ३ दिनमै २०५ बढी अंकले घटेको हो ।

    आइतबार एकैदिन ६२ अंकले घटेको बजार सोमबार ७३ अंकले घटेको थियो भने ७० अंकले घटेको छ । लगातार घटेसँगै नेप्से ७ महिना अघिकै विन्दु अर्थात् २६०० हाराहारीम आइपुगेको छ ।गत चैत १७ गते नेप्से २६१९ विन्दुमा थियो ।

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाइ गरे यता घट्न थालेको बजार अझै रोकिएको छैन । राष्ट्र बैंकले एउटा बैंकबाट ४ करोड र अन्यबाट गरी कुल १२ करोड बढी कर्जा लिन नपाइने व्यवस्था गरेपछि ठूला लगानीकर्ता प्रभावित हुँदा समग्र बजारनै ओरालो लागेको हो ।

    साथै, पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभाव भई बैंकको ब्याजदर बबढ्नाले पनि सेयर बजारमा प्रभाव परेको देखिन्छ ।

    मंगलबार सेयर बजार मापक सूचक नेप्से ७०.०१ अंकले घटेर २६१५.४० विन्दुमा आइपुगेको छ । यसदिन २१८ कम्पनीको ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ रुपैयाँ बराबरको १ करोड ३० लाख ३४ हजार ८२९ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ७.३७ प्रतिशतले घटेको छ । यस्तै, हाइड्रोपावर ४.७४, विकास बैंक र लगानी समूह पनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्टीलरी १७ करोड र नेशनल हाइड्रो १५ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    उच्च अंकले घटेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । हिमालयन पावर र नेशनल हाइड्रो डेभलपर कम्पनीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

    यसैगरी, गोर्खा फाइनान्स, जोशी हाइड्रोपावर र श्री इन्भेष्टमेन्टका सेयरधनीले पनि करिब १० प्रतिशत गुमाएका छन् । यस्तै, शिवश्री हाइड्रो र समृद्धि फाइनान्सको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ । ग्रीन डेभलपमेन्ट बैंक, वरुण हाइड्रोपावर, कुमारी बैंक, आइसीएफसी फाइनान्ससहित १ दर्जन कम्पनीको मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    घट्दो बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा ठ्याक्कै १० प्रतिशतले बढेको छ भने मैलुङ खोला जलविद्युत् कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

  • रोकिएन् नेपाली सेयर बजारको पहिरो, यी हुन् धेरै गुमाउने १० कम्पनी

    रोकिएन् नेपाली सेयर बजारको पहिरो, यी हुन् धेरै गुमाउने १० कम्पनी

    काठमाडौं । सेयर बजारमा लगातार पहिरो गएको छ । आइतबार एकैदिन ६२ अंकले घटेको बजार आज त्याुभन्दा धेरै अंकले घटेको हो । यससँगै नेप्से २७०० विन्दु तल झरेको छ ।

    लगातार घटेसँगै नेप्से ६ महिना अघिकै विन्दुमा पुगेको छ । गत वैशाख ३० गते सेयर बजार २६८५ विन्दुमा रहेको थियो।

    सोमबार सेयर बजार मापक सूचक नेप्से ७३.०५ अंकले घटेर २६८५.४२ विन्दुमा आइपुगेको छ । यसदिन २२७ कम्पनीको ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९६ रुपैयाँ बराबरको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.५३ प्रतिशतले घटेको छ । यस्तै, लगानी र निर्जीवन बीमा समूह ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे १५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, युनाइटेड मोदी हाइड्रोपाव १३ करोड र हिमालयन डिस्टीलरी झन्डै १३ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    उच्च अंकले घटेको बजारमा आज गुडविल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ७.८३ प्रतिशत गुमाएका छन् । यस्तै, युनाएटेड इदीमार्दी, नेपाल फाइन्स, कालिका पावर, पोखरा फाइनान्स र नेपाल हाइड्रोको सेयर मूल्य डेभलपरको सेयर मूल्य ७ प्रतिशभन्दा धेरैले घटेको छ । यस्तै, समृद्धि, सेन्टर, जानकी, मल्टिप्रपोज फाइनान्ससहित १ दर्जन कम्पनीको मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    घट्दो बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा ठ्याक्कै १० प्रतिशतले बढेको छ भने मैलुङ खोला जलविद्युत् कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

  • फुलपातिदेखि पूर्णिमासम्म सवारी साधनले रुट इजाजत लिन नपर्ने

    फुलपातिदेखि पूर्णिमासम्म सवारी साधनले रुट इजाजत लिन नपर्ने

    काठमाडौं । सरकारले वडा दसैँलाई लक्षित गरि सवारी साधनको रुट इजाजत खुला गरेको छ । यस वर्ष दशैंको फुलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारीसाधनले नेपालभर जहाँ पनि यात्रा गर्न सक्ने गरि इजाजत खुला गरेको हो । यातायात व्यवस्था विभागका अनुसार त्यसपछि भने तोकिएको रुटमा मात्र सवारी साधन चलाउन पाइने छ ।

    दशैंमा शहरबाट गाउँ जाने र गाउँबाट शहर फर्कनेहरुले टिकट नपाएको अवस्थामा गाडी रिर्जभ गर्न सक्छन् । सोहीकारण रुट इजाजत खुला गर्ने गरिन्छ । यात्रुवाहक सवारी साधनको छतमा यात्रु तथा पशुपन्छी राख्न नपाइने नियम बनाइएको छ । सवारीसाधनले बसको ढोकामा विभिन्न गन्तव्यसम्मको भाडादर स्पष्ट रूपमा टाँस गर्नुपर्ने भएको छ । तोकिएको भन्दा बढी भाडा उठाउन पाइने छैन ।

  • नेपाली सेयर बजारमा पहिरो, कारोबार साढे ६ अर्बमा सीमित

    नेपाली सेयर बजारमा पहिरो, कारोबार साढे ६ अर्बमा सीमित

    काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । गत मंगलबारदेखि उकालो लागेको बजारमा आज उच्च अंकको गिरावट आएको हो ।

    सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । गत साता औसतमा दैनि साढे ७ अर्ब बढीको कारोबार हुँदै आएकोमा आज साढे ६ अर्बमा सीमित भएको छ ।

    आइतबार सेयर बजार मापक सूचक नेप्से ६१.२७ अंकले घटेर २७५८.४८ विन्दुमा आइपुगेको छ । यसदिन २३३ कम्पनीको ६ अर्ब ५० करोड १ लाख १७ हजार ७८० रुपैयाँ बराबरको १ करोड ४४ लाख ९४ हजार २६० कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये सामूहिक लगानी कोष बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ५.८९ प्रतिशतले घटेको छ । यस्तै, हाइड्रोपावर ४.३०, व्यापार र लगानी समूह ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    कारोबारमा आएका २३३ कम्पनीमध्ये जम्मा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा २०२ कम्पनीको मूल्यमा गिरावट आएको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झण्डै ३४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, फरवार्ड माइक्रोफाइनान्सको प्रमोटर सेयर साढे ३१ करोड र नेपाल बैंक झन्डै २१ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    उच्च अंकले घटेको बजारमा आज आइसीएफसी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ८.९८ प्रतिशत गुमाएका छन् । यस्तै, घलेम्दी हाइड्रो, मल्टिप्रपोज, बेस्ट, गुडविल फाइनान्स, माउन्टेन हाइड्रो, सिंगटी हाइड्रोपावर र प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य ७ प्रतिशभन्दा धेरैले घटेको छ ।

    घट्दो बजारमा पनि आज मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

  • विकास साझेदारबाट नेपाललाई पाँच खर्ब सहयोगको प्रतिवद्धता

    विकास साझेदारबाट नेपाललाई पाँच खर्ब सहयोगको प्रतिवद्धता

    काठमाडौं । नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) कार्यक्रमका लागि काठमाडौँ घोषणापत्र जारी भएको छ । नेपाल सरकार र विकास साझेदारहरूले रणनीतिक कार्ययोजना निर्माणको उद्देश्यसहित उक्त घोषणापत्र संयुक्त रूपमा अनुमोदन गरेको विश्व बैंकले जनाएको छ । घोषणापत्रमा नेपालका विकास साझेदारहरूले करिब पाँच खर्ब रुपियाँ (चार अर्ब २० करोड अमेरिकी डलर)सम्मको सम्भावित सहयोगको पहिचान समेत गरेका छन् ।

    यसअघि नै ग्रिड एजेन्डामा सहयोग गर्न साझेदारहरूले करिब चार खर्ब (तीन अर्ब २० करोड अमेरिकी डलर) बराबरको स्रोत परिचालन गर्ने प्रतिबद्धता जनाइसकेका थिए । घोषणापत्रले थप एक खर्ब रुपियाँ बराबरको सहयोगको पहिचान गरेको हो । ग्रिडअन्तर्गतको रणनीतिक कार्ययोजनाले कोभिड–१९ महामारीले निम्त्याएको सङ्कटबाट नेपालको पुनरुत्थानका लागि प्राथमिकताका क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय र आन्तरिक रूपमा समन्वयको काम गर्नेछ ।

    घोषणापत्र सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ बाट नेपालको पुनरुत्थानलाई सहयोग पु(याउने ग्रिड योजनाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् । ग्रिडअन्तर्गत गरिने लगानीले नेपालको पन्ध्रौँ विकास योजना तथा दिगो विकास लक्ष्यका उद्देश्यहरू हासिल गर्न सहयोग पुयाउने अपेक्षा गरिएको छ । यसका लागि रोजगारी तथा पूर्वाधारको प्रवद्र्धन, जलवायु परिवर्तन तथा विपत्बाट आइपर्ने समस्याविरुद्धको उत्थानशीलता निर्माण र नेपालीका लागि सेवाको समतामूलक पहुँचलाई बढावा दिइने विश्व बैंकको भनाई छ ।

    ग्रिडअन्तर्गत दिगो पर्यटन, नवीकरणीय ऊर्जा, ठोस फोहोर व्यवस्थापन, जलवायु स्मार्ट कृषि, उत्थानशील सडकलगायत क्षेत्रमा उचित अनुपातमा सहायता बढाउने नेपाल सरकार विकास साझेदारहरूको उद्देश्य रहेको घोषणापत्रमा उल्लेख छ । यसका साथै अन्य क्षेत्रमा हरित लगानी बढाउन र रोजगारी सिर्जना गर्ने साना तथा मझौला उद्यम र व्यवसायहरूलाई सहयोग गर्न निजी क्षेत्रसँग साझेदारी र सहकार्यका अवसरको पनि खोजी गरिने लक्ष्य घोषणापत्रले राखेको छ ।

    घोषणापत्र नेपाल सरकारसहित एडीबी, विश्व बैङ्क, अस्टे«लिया, युरोपेली सङ्घ, फिनल्यान्ड, जर्मनी, जापान, नर्वे, कोरियाली गणतन्त्र, स्विजरल्यान्ड, बेलायत, अमेरिका, संयुृक्त राष्ट्रसङ्घ अन्तर्राष्ट्रिय मुद्रा कोषका तर्फबाट अर्थ मन्त्रालयले अनुमोदन गरेको हो ।

  • क्रिप्टोकरेन्सीलाई चीनले भन्यो अवैध, मूल्यमा भारी गिरावट

    क्रिप्टोकरेन्सीलाई चीनले भन्यो अवैध, मूल्यमा भारी गिरावट

    काठमाडौंं । चीनले क्रिप्टोकरेन्सीसँग सम्बन्धित सबै कारोबारलाई अवैध भनेको छ । चीनको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी सबै कारोबारलाई अवैध घोषणा गरेसँगै अन्तरांष्र्टिय बजारमा समेत यसको असर परेको छ । चीनले बिटकोइनजस्ता डिजिटल मुद्रामाथि समेत प्रभावकारी प्रतिबन्ध लगाएको बीबीसीले लेखेको छ। भर्चुअल मुद्रासम्बन्धी सबै कारोबार अवैध आर्थिक गतिविधि हुने पिपुल्स बैंक अफ चाइनको निष्कर्ष छ । उसले त्यस्ता गतिविधि मानिसको सम्पत्तिका लागि खतरनाक भएको चेतावनी समेत दिएको छ। चीन क्रिप्टोकरेन्सीका लागि विश्वका ठूलामध्ये एउटा बजार हो। त्यहाँ हुने घटबढले क्रिप्टोकरेन्सीको विश्वव्यापी मूल्यमा असर पर्ने गरेको थियो।

    चीनको पछिल्लो घोषणासँगै बिटकोइनको मूल्यमा दुई हजार डलरभन्दा बढीले गिरावट आएको समाचारमा उल्लेख छ । आधिकारिक रूपमा चीनमा क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार सन् २०१९ देखि प्रतिबन्धित भए पनि अनलाइनमार्फत्‌ विदेशी विनिमय जारी रहँदै आएको छ। शुक्रवार केन्द्रीय बैंकले गरेको घोषणाबाट चीनले क्रिप्टोकरेन्सीसम्बन्धी सबै स्वरूपका कारोबार बन्द गर्न चाहेको देखिएको छ । अवैध आर्थिक गतिविधिमा संलग्नहरूूले अपराध गरिरहेको र उनीहरूमाथि कारबाही गरिने केन्द्रीय बैंकको घोषणा छ ।

  • एक महिनामा विदेशबाट नेपालीले पठाए ७५ अर्ब ९६ करोड रेमिट्यान्स

    एक महिनामा विदेशबाट नेपालीले पठाए ७५ अर्ब ९६ करोड रेमिट्यान्स

    काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को पहिलो महिना (साउन)मा विदेशमा रहेका नेपालीले करीव ७६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल पठाएका छन् । तर, यो रकम अघिल्लो वर्षको यसै महिनाको तुलनामा भने १८ प्रतिशत कम हो । साउन महिनामा ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या बढेर १३ हजार आठ सय जना पुगेको छ ।

    अघिल्लो वर्षको साउनमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ९९ प्रतिशतले घटेको थियो । साउनमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या दुई सय ८६ प्रतिशतले बढेर ११ हजार ६ सय २८ जना पुगेको छ । अघिल्लो वर्षको साउनमा यो सङ्ख्या ८० प्रतिशतले कम भएको थियो ।

  • राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण, खुल्यो बजेट होलिडे

    राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण, खुल्यो बजेट होलिडे

    काठमाडौं । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएसँगै नेपालमा बजेट होलिडे अन्त्य भएको छ । अब सरकारले बजेट कार्यानवयन गर्न सक्ने छ । बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने अवस्था थियो । तर, विधेयक प्रमाणीकरण भएपछि सरकारले ३१ भदौबाटै गरेका खर्चले कानूनी मान्यता पनि पाएको छ ।

    प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपा एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित भएपछि बिहीबार प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो । गत जेठ १५ गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटलाई वर्तमान अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेका थिए । उनले आर्थिक वर्ष २०७८\०७९ का लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएका थिए ।

    नयाँ बजेटमा चालुतर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड र पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड विनियोजन गरिएको छ । यस वर्ष वित्तीय व्यवस्थामा १ खर्ब ८९ अर्ब ४४ करोड र वित्तीय हस्तान्तरणमा भने ३ खर्ब ८७ अर्ब ३० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको छ । अर्थ मन्त्रालयका अनसार यो वर्ष १० खर्ब ५० अर्ब ८२ करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ । वैदेशिक अनुदान ५९ अर्ब ९२ करोड रुपैयाँ लिने लक्ष्य राखिएको छ । वैदेशिक ऋणबाट २ खर्ब ८३ अर्ब र आन्तरिक ऋणबाट २ खर्ब ३९ अर्ब रुपैयाँ संकलनको लक्ष्य सरकारले राखेको छ ।

  • काठमाडौं महानगरभित्र विद्यालय खोल्न २७ बुँदे मापदण्ड जारी

    काठमाडौं महानगरभित्र विद्यालय खोल्न २७ बुँदे मापदण्ड जारी

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा सञ्चालन गर्न अनुमति पाएका छन् ।

    महानगरपालिकाको शिक्षा समितिले २७ बुँदे मापदण्ड पूरा गरि विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गराउनु अनुमति दिएको हो ।

    विद्यालय सञ्चालन गर्न तोकिएका मापदण्डको पूर्णपालना गर्ने गराउने विषयमा शिक्षा विभागले अनुगमन गर्नेछ ।

    यसमा भौतिक दुरी कायम गर्ने गराउने, मास्क लगाउने, हात धुने, ज्वरो मापन गर्ने, सामुहिक क्रियाकलाप नगराउने, खाजा घरबाटै लैजाने जस्ता विषयलाई मापदण्डमा कार्यान्वय योजना हुनुपर्नेछ ।

    विद्यालय सञ्चालन गर्दा पालना गर्नुपर्ने न्यूनतम २७ बुँदे मापदण्डहरू

    १. विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक अभिभावक संघ र सम्बन्धित् वडासमेतका सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी सहमति र समझदारीमा मात्र भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने

    २. विद्यालयहरूले विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाइ अनिवार्य रूपमा शिक्षा विभागमा पेस गर्ने

    ३. विद्यालयमा विद्यार्थीहरूको सम्पर्कमा रहने शिक्षक, कर्मचारी, चालक, सहचालकलगायत सबैले खोप लगाएको सुनिश्चित गर्ने । यदि खोप लगाउन कोही बाँकी भए तुरुन्त काठमाडौँ महानगरपालिकाको जनस्वास्थ्य विभागमा सम्पर्क राखी खोप लगाउने

    ४. विद्यालय सञ्चालन पूर्व विद्यालय परिसर र कक्षा कोठाको पूर्ण सरसफाइको सुनिश्चितता गर्ने

    ५. विद्यालयको भौतिक अवस्था, विद्यार्थी संख्या र उपलब्ध जनशक्तिका आधारमा एकै सिफ्ट वा फरक फरक सिफ्ट र दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने

    ६. विद्यालयको गेटमा र कक्षा कोठा बाहिर सेनिटाइजर वा साबुन पानीको प्रबन्ध गरी बेलाबेलामा हात धुने वा सेनिटाइज गर्ने व्यवस्था मिलाउने

    ७. विद्यालयको गेटमा नै थर्मल गन राखेर प्रत्येक दिन विद्यार्थी र कर्मचारीको ज्वरो परीक्षण गर्ने र ज्वरो नआएको एकीन गरेर मात्र भित्र पठाउने व्यवस्था मिलाउने

    ८. विद्यालयको गेट, कक्षा कोठा र शौचालयको प्रयोग गर्दा बालबालिकाहरू लाइनमा, पालैपालो दूरी कायम गरी निस्कने र पस्ने प्रबन्ध गर्ने

    ९. सबैजनाले अनिवार्य रूपमा मास्क लगाउने, जगेडा मास्क लिइ आउने र मास्क नलगाई आउने विद्यार्थीलाई विद्यालयले मास्क उपलब्ध गराउने व्यवस्था मिलाउने

    १०. खाजा र पानीको प्रवन्ध विद्यार्थी स्वयंले घरबाट नै गर्न सूचित गर्ने

    ११. कक्षा कोठाको क्षमताका आधारमा भौतिक दूरी कायम हुने गरी मात्र विद्यार्थीहरूको बसाई व्यवस्थापन गर्ने

    १२. प्रत्येक दिन कक्षा सुरु गर्नु पूर्व र कक्षा संचालन पश्चात विद्यालय परिसर र कक्षा कोठाहरू अनिवार्य रूपमा सेनिटाइज गर्ने व्यवस्था मिलाउने

    १३. स्वास्थ्य समस्या भएका विद्यार्थी, शिक्षक र कर्मचारीहरूलाई विद्यालय नआउन जानकारी गराउने

    १४. विद्यालयहरूले बालबालिकाहरूलाई हरेक दिन कक्षा सञ्चालन पूर्व १०÷१५ मिनेट स्वास्थ्य सतर्कताबारे सजग गराउने र मनोपरामर्श गरी उत्प्रेरणा प्रदान गर्ने

    १५. विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र सम्बन्धित् वडाबाट नियमित रूपमा अनुगमन र समन्वय गर्ने व्यवस्था मिलाउने

    १६. विद्यालयमा बच्चालाई स्वास्थ्य समस्या देखिएमा छुट्टै आइसोलेसन कक्षमा राख्ने व्यवस्था गर्ने, अभिभावकलाई खबर गर्ने र तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजाने ब्यवस्था मिलाउने

    १७. विद्यालयमा सामूहिक कार्यक्रम/सामूहिक प्रार्थना आदि नगराउने

    १८. विद्यालयमा खाजा समयमा भीडभाड नहुने गरी आलोपालो गर्ने प्रवन्ध मिलाउने

    १९. विद्यार्थीलाई आफ्ना पाठ््यसामग्री, पानीका बोतल, खाजा, झोलासहितका सामान आफूले मात्र प्रयोग गर्न र साथीसँग साटासाट नगर्न सजग गराउने

    २०. अभिभावकले नै बच्चा विद्यालयमा ल्याउने लैजाने कार्यलाई प्रोत्साहित गर्ने । सवारीसाधन प्रयोग गर्नुपर्ने अवस्थामा सामाजिक दूरी कायम हुने गरी सवारी साधनमा बस्ने ब्यवस्था मिलाउने

    २१. विद्यालयमा स्वास्थ्य वा विज्ञान शिक्षकलाई कोभिड फोकल शिक्षक तोक्ने र हरेक कक्षामा नियमित अनुगमनका लागि विद्यार्थी मनिटरको व्यवस्था गर्ने ।

    २२. विद्यालयमा स्वास्थ्य हेल्प डेस्क राख्ने

    २३. सुरुका दिनमा माथिल्लो कक्षाबाट पठनपाठन थालेर गरेर क्रमशः तल्ला कक्षाहरू सञ्चालन गर्ने ब्यवस्था मिलाउने

    २४. सुरुका दिनमा कक्षा सञ्चालन गर्दा केही कक्षा मात्र पठनपाठन गरी क्रमशः अवस्था हेरी कक्षाको संख्या बढाउदै लैजाने

    २५. सबै विद्यार्थीहरूको भौतिक उपस्थितिमा पूर्णरुपमा कक्षा संचालन नहुञ्जेल चालु वैकल्पिक सिकाइलाई निरन्तरता दिने

    २६. अचानक कुनै नयाँ परिस्थिति आइपरेमा महानगर शिक्षा विभागमा खबर गरी प्राप्त निर्देशनअनुसार गर्ने

    २७. काठमाडौं महानगरपालिका, शिक्षा विभागमार्फत नियमित अनुगमनको व्यवस्था मिलाउने

  • एडीबीको प्रक्षेपण : आर्थिक वृद्धि ४.१ प्रतिशत मात्र

    एडीबीको प्रक्षेपण : आर्थिक वृद्धि ४.१ प्रतिशत मात्र

    काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष २०७८\७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र हुने प्रक्षेपण सार्वजनिक गरेको छ । सरकारले यो वर्ष ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । एसियाली विकास बैंकले गएको अप्रिलमा गरेको ५.१ प्रतिशतको प्रक्षेपणलाई परिमार्जन गर्दै ४.१ प्रतिशतमा झारेको छ । महामारीका कारण पर्यटन क्षेत्रमा ठूलो असर पर्दा यसले धेरै आर्थिक गतिविधिमा असर पारेको भन्दै एडीबीले नेपालले खोप लगाउने गतिलाई बढाएमा केही सकारात्मक परिवर्तन आउन सक्ने उल्लेख गरेको छ ।

    एसियाली विकास बैंकले नेपाल सरकारले ल्याएको बजेट विस्तारवादी भएको र स्वास्थ्य सेवाको हेरचाह, रोजगारी सिर्जना, गरिब तथा कमजोर वर्गमा सामाजिक सुरक्षाको विस्तार र कृषि उत्पादकत्व बढाउनमा केन्द्रित भएको समेत बताएको छ । पेट्रोलियम पदार्थको उच्च मूल्यका कारण मुद्रास्फीति भने ५्२ प्रतिशत रहने बताएको छ ।

  • नेपाली सेयर बजारमा तेहेरो अंकको कमब्याक, २० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    नेपाली सेयर बजारमा तेहेरो अंकको कमब्याक, २० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । सेयर बजारमा उछाल आएको छ । करिब ५०० अंकको करेक्शनपछि मंगलबारदेखि उकालो लागेको बजारमा आज तेहेरो अंकले बढेको हो ।

    नेप्सेमा आज झन्डै १०५ अंकले बढेको छ । नेप्सै एकैदिन १०० बढी अंकले बढेको इतिहासमै दोस्रो पटक पटक हो । यसअघि भदौ २१ गते सर्वाधिक १६२ अंकले बढेको थियो ।

    विकास बैंक, हाइड्रोपावर र फाइनान्स समूहको सेयरमा उछाल आउँदा नेप्सेमा तेहेरो अंकको वृद्धि आएको हो । सूचकमा उच्च अकंको वृद्धि आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै सवा १ अर्बले घटेर ६ अर्बमा सीमित भएको छ ।

    बुधबार सेयर बजार मापक सूचक नेप्से १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१७ कम्पनीको ६ अर्ब १७ करोड ९३ लाख १५८ रुपैयाँ बराबरको १ करोड २१ लाख २२ हजार २९८ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ८.५४ प्रतिशतले बढेको छ । यस्तै, विकास बैंक ७.७४ प्रतिश, हाइड्रोपावर ५.५७ प्रतिशतले बढेको छ ।

    कारोबारमा आएका २१७ कम्पनीमध्ये २०७ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा ४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको २३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, नेशनल हाइड्रो १८ र आरएमडीसी लघुवित्त १७ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    तेहेरो अंकले बढेको बजारमा आज २० कम्पनीको मूलयमा पोजेटिभ सर्किट लागेको छ । प्रिमियर इन्स्योरेन्स, बेस्ट, गुह्येश्वरी, आइसीएफसी, मल्टिप्रपोज, रिलायन्स फाइनानस, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, दिव्यश्वरी हाइड्रोपावर, युनिभर्सल पावर, युनियन हाइड्रोपावर, हिमाल दोलखा र लिबर्टी इनर्जीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    यसैगरी, मनकामना स्मार्ट लघुवित्त, श्री इन्भेष्ट, पञ्चकन्यामाइ हाइड्रोपावर, माउन्टेन हाइड्रो, साइन रेसुंगा डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स र हिमालयन ऊर्जाका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् । यस्तै, आधादर्जन कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    उच्च अंकले बढेको बजारमा आज मञ्जुश्री फाइनान्सका डिबेञ्चरधनीले सबैभन्दा धेरै १.४९ प्रतिशतले बढेको छ ।

  • सेयर बजारमा दोहोरो अंकको कमब्याक, कारोबार घटेर सवा ७ अर्बमा सीमित

    सेयर बजारमा दोहोरो अंकको कमब्याक, कारोबार घटेर सवा ७ अर्बमा सीमित

    काठमाडौं । सेयर बजार दोहोरो अंकले कमब्याक भएको छ । हिजो एकैदिन ११४ अंकले घटेको बजार आज दोहोरो अंकले फर्किएको हो ।

    आजदिन भर नेप्सेमा तीव्र उतरचढाव आएको छ । बजार खुल्नसाथ ८५ अंकले घटेको बजार एकैछिनमा ७३ अंकले बढेको थियो । त्ययसपछि पनि दिनभर तीव्र घटबढ भएको थियो
    ।
    सूचकमा सुधार आए पनि कारोबार रकममा भने बढोत्तरी आउन सकेन । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब बढीले घटेर सवा ७ अर्बमा सीमित भएको छ ।

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाइ गरेपछि घट्न थालेको बजार पछिल्लो समय तरलता अभावले झनै प्रभावित पारेको छ । तरलता अभावका कारण बैंकहरुले ब्याजदर बढाउँदा त्यसको प्रत्यक्ष असर सेयर बजारमा परेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२३ कम्पनीको ७ अर्ब ३६ करोड ४७ लाख रुपैयाँ बढीको १ करोड ५३ लाख ६ हजार कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये ९ समूहको परिसूचकमा हरियाली छाएको छ भने ४ समूहको परिसूचक राताम्मे भएका छ । होटल समूह सबैभन्दा धेरै २.३८ प्रतिशतले बढेको छ भने व्यापार समूह १.६१ प्रतिशतले घटेको छ ।

    कारोबारमा आएका २२३ कम्पनीमध्ये १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको मूल्यमा गिरावट आएको छ । १७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको २५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, नबिल बैंक साढे २० र निफ्रा २० करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।
    दोहोरो अंकले बढेको बजारमा आज मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । यस्तै, रुरु जलविद्युत् ५.७८ प्रतिशत, निफ्रा र लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    यसैगरी, महुली सामुदायिक, सोल्टी होटल, किसान लघुवित्त, अपी पावर र दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ । बढ्दो बजारमा आज एभरेष्ट इन्स्योरेन्सका प्रमोटर सेयरधनीले ५.८१ प्रतिशत गुमाएका छन् ।

  • कालोधनलाई लगानी खुला नगरिएको अर्थ मन्त्रालयको स्पष्टिकरण

    कालोधनलाई लगानी खुला नगरिएको अर्थ मन्त्रालयको स्पष्टिकरण

    काठमाडौं । नेपालमा कालोधनलाई लगानी खुला नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । बजेट प्रतिस्थापन विधेयकमा चैत भित्र विभिन्न १० क्षेत्रमा आउने लगानीको स्रोत नखोजिने उल्लेख छ । सो बुँदामा विवाद भएसँगै अर्थले स्पष्टीकरण दिएको हो । मन्त्रालयका अनुसार कालो धनलाई स्रोत बनाई नेपालमा लगानी गर्न दिइने छैन । सम्पती शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भष्टाचार वा अन्य कुनै कसूरजन्य कार्यका सम्बन्धमा सम्बन्धित कानून बमोजिम कारवाही हुने हुँदा त्यस्ता विषयहरुमा छुट नदिइने अर्थको भनाई छ ।

    त्यस्तो कार्यबाट प्राप्त आम्दानीको लगानीमा छुट प्रदान नहुने समेत मन्त्रालयले बताएको छ । अर्थमन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै कालोधन खोलिएको भन्ने बाहिरको प्रतिक्रियामा गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशबाट आएको बजेटलाई संशोधन गर्न पेश गरेको प्रतिस्थापन विधेयकमा २०८० चैतभित्र १० क्षेत्रमा गरिएको लगानीको आयस्रोत नखोजिने उल्लेख गरेका छन्।

    जलविद्युत् आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगत मार्ग तथा सडकमार्ग, रेलमार्ग जस्ता पूर्वाधार विकास आयोजना, सिमेन्ट उद्योग, स्टिल उद्योग, कृषिमा आधारित उद्योग, पर्यटन सेवासम्बन्धी उद्योग, तीन सयभन्दा बढी नेपाली नागरिकलाई रोजगारी दिने र ५० प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने उद्योगलाई समावेश गरिएको छ।

  • नियामक निकाय मौन र राष्ट्र बैंक संवेदनशील नहुँदाको परिणाम नेपाली सेयर बजारमा पहिरो

    नियामक निकाय मौन र राष्ट्र बैंक संवेदनशील नहुँदाको परिणाम नेपाली सेयर बजारमा पहिरो

    काठमाडौं । सेयर बजारमा इतिहासकै दोस्रो ठूलो पहिरो गएको छ । नेप्से सूचक आज एकै दिन तेहेरो अंकले घटेको हो ।

    बजार खुलेदेखि निरन्तर ओरालो लागेको बजार ११४ अंकले घटेर बन्द भएको छ । यो नेप्सेमा एकैदिन आएको इतिहासकै दोस्रो ठूलो गिरावट हो । यसअघि २०७७ असार २३ गते सबैभन्दा धेरै १२३ अंकले घटेको थियो । यस्तै, यही भदौ २० गते पनि नेप्से १०८ अंकले घटेको थियो ।

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाइ गरेपछि घट्न थालेको बजार पछिल्लो समय तरलता अभावले झनै प्रभावित पारेको छ । तरलता अभावका कारण बैंकहरुले ब्याजदर बढाउँदा त्यसको प्रत्यक्ष असर सेयर बजारमा परेको हो ।

    सूचकमा उच्च गिरावट आउँदा लगानीकर्ता आत्तिएर सेयर बेच्दा कारोबार रकममा बढोत्तरी आएको छ । प्यानिक सेलका कारण आज करिब साढे ८ अर्बको सेयर किनबेच भएको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से ११४.०२ अंकले घटेर २६.९८.२४ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको ८ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ बढीको १ करोड ७३ लाख ३० हजार कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ८.५६ प्रतिशतले घटेको छ । यस्तै, हाइड्रोपावर ६.८, विकास बैंक ६.३४ प्रतिशतले घटेको छ ।

    कारोबारमा आएका २२५ कम्पनीमध्ये जम्मा ९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१२ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे ४० करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्ट्रलरीको साढे २२ करोड र नबिल बैंक १८ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    तेहेरो अंकले घटेको बजारमा आज २ दर्जन कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किछ लागेको छ । सर्किट लाग्नेमा अधिकांश फाइनान्स र हाइड्रोपावर कम्पनी रहेका छन् ।

    गुडविल फाइनान्स, पोखरा फाइनान्स, आइसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, हिमालयन ऊर्जा, घलेम्दी र युनाइटेड मोदीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

    यसैगरी, सिंगटी हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, हिमालयन पावर, श्री इन्भेष्टमेन्ट, रिलायन्स, नेपाल, बेस्ट, सेन्टर फाइनान्स, आँखुखोला, ग्रीन लाइफ, पाँचथर पावर, खानीखोला, रिडी, पञ्चकन्यामाइ हाइड्रोपावर र नारायणी विकास बैंकका सेयरधनीले पनि करिब १० प्रतिशत गुमाएका छन् ।

    घट्दो बजारमा आज मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

  • ‘महामारी नियन्त्रणका लागि विश्व बैंकबाट थप सहयोगको आवश्यक छ’- अर्थमन्त्री शर्मा

    ‘महामारी नियन्त्रणका लागि विश्व बैंकबाट थप सहयोगको आवश्यक छ’- अर्थमन्त्री शर्मा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता औंल्याएका छन् ।

    सोमबार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा बैंकले नेपाललाई पु¥याउँदै आइरहेको सहयोगका निम्ति धन्यवाद दिँदै थप सहयोग आवश्यक रहेको बताएका हुन् ।

    ‘विश्व बैंकले नेपालको विकासमा लामो समयदेखि सहयोग गर्दै आइरहेको छ’, उनले भने, ‘कोभिड–१९ संक्रमणको समयमा बैंकले आपतकालीन सहयोग र खोप खरिदमा वित्तीय र प्राविधिक सहयोग गरेको छ । यसका लागि धन्यवाद दिन चाहन्छु ।’

    मन्त्री शर्माले वर्तमान सरकार कोभिड–१९ विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराई आर्थिक पुनरुत्थानमा अग्रसर भएकाले यसमा विश्व बैंकको सहयोग आवश्यक रहेको बताए ।

    ‘सरकार सबै नागरिकलाई खोप उपलब्ध गराएर आर्थिक पुनरुत्थातर्फ अगाडि बढ्न अग्रसर छ, यसमा विश्व बैंकको थप सहयोग र सहकार्यको अपेक्षा छ’ उनले भने ।

    नेपालमा गरिबी अन्त्य गर्ने कार्यक्रम पनि सरकारको प्राथमिकताको विषय भएको उल्लेख गर्दै मन्त्री शर्माले गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र रोड कनेक्टिभिटीको माध्यमबाट गरिबी घटाउन विश्व बैंकको सहयोग रहने विश्वास व्यक्त गरे ।

    भेटका अवसरमा बैंकका कार्यकारी निर्देशक मोहम्मद हसनले नेपालको सहयोगका लागि बोर्डमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले आउँदो विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक सम्मेलनमा नेपाललाई सक्रिय सहभागिताका लागि अनुरोध गरे ।

    भेटमा बैंकका दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरले विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाहरूको तीव्र कार्यान्वयन तथा सहजीकरणका लागि मन्त्री शर्मालाई आग्रह गरे ।

    उनले नीतिगत सुधारको आवश्यकता रहेको भन्दै बैंकले नेपाललाई दिँदै आएको सहयोगको निरन्तरता हुने प्रतिबद्धता व्यक्त गरे ।

    बैंकको प्रतिनिधि मण्डलले अर्थ सचिव मधुकुमार मरासिनीसँग पनि छुट्टै भेटवार्ता गरेको थियो । भेटमा सहयोगका क्षेत्रमा विस्तृत छलफल भएको थियो ।

  • आजबाट दशैंका लागि नयाँ नोट साट्न पाइने

    आजबाट दशैंका लागि नयाँ नोट साट्न पाइने

    काठमाडौं । नेपालीको महान चाड बडा दशैँलाई लक्षित गरि नयाँ नोट सटही आजबाट शुरु भएको छ । अब बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट लिन सकिने भएको छ । दशैंमा नयाँ नोट प्रचलनमा ल्याउने चलन धेरै पहिलाबाटै चलेको हो । नेपाल राष्ट्र बैंकका अनुसार नोट बैंक तथा वित्तीय संस्था र तिनिहरुका शाखाबाट लिन सकिने छ । केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र असोज ४ गते सोमबारदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको हो ।

    वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गइ नोट सटही गर्न सकिने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ। कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कर्ता अपनाइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ। काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने सूचनामा उल्लेख छ।

    नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन र सामाजिक दूरीको पूर्ण पलना गर्न अनुरोध गरिएको छ। केन्द्रीय बैंकले रु १५ अर्बसम्म ५, १०, २०, ५० र १०० बराबरको नोट वितरण गर्ने तयारी गरेको छ। कूल रुपमा केन्द्रीय बैंकले रु ३५ अर्ब बराबरको नयाँ नोट वितरण गर्ने तयारी भएको जानकारी दिएको छ।

    नयाँ नोट लिनका लागि सर्वसाधारणले केन्द्रीय बैंकको कार्यालयमा लामो लाइन लाग्ने गरेको यर्थाथलाई आत्मसात् गर्दै २७ वटै वाणिज्य बैंक र तिनका शाखा कार्यालयमार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ।

  • चाडबाड लक्षित सुपथ मूल्यका पसल आजबाट संचालनमा

    चाडबाड लक्षित सुपथ मूल्यका पसल आजबाट संचालनमा

    काठमाडौं । नेपालीहरुका महान चाडपर्व नजिकिएसँगै सरकारले सुपथ मूल्यका पसल संचालनमा ल्याएको छ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले आजदेखि सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । सुपथ मूल्य सपसमा चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थ पनि बिक्रीमा राखिने भएको हो । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सुपथ मूल्य पसलमा अन्य पसलभन्दा प्रतिकिलो ५ देखि १० रुपैयाँ सम्म सस्तोमा सामान किन्न पाइने भएको छ ।

    देशभर ३९ स्थानमा यस्ता पसल संचालन गरिने छ । यो समय पेट्रोलियम पदार्थको आपूर्तिलाई पनि सहज बनाइने बताइएको छ । यसमा नेपाल आयल निगमले काम गर्नेछ । सुपथ मूल्यका पसल कात्तिक २४ गतेसम्मचल्ने छन् । चाडबाडमा महंगो हुने बजारमा सस्तो सामान आपूर्ति गर्न सरकारले हरेक वर्ष यस्तो पसल चलाउने गरेको छ ।