Category: अर्थतन्त्र

  • कीर्तिमानी बजारमा डेड क्याट बाउन्स भएकै हो त ! अब के गर्ने ?

    कीर्तिमानी बजारमा डेड क्याट बाउन्स भएकै हो त ! अब के गर्ने ?

    सरोज सिग्देल, अमेरिका

    निरन्तर नयाँ किर्तिमान बनाउँदै आएको शेयर बजारमा नेपाल राष्ट्र बैंकले एक जनाले तीन तथा बैंक तथा वित्तीय संस्थाबाट शेयर धितो राखेर शेयरमा नै लगानी गर्न १२ करोड भन्दा बढी ऋण लिन नपाउने व्यवस्था मौद्रिक नीतिमा गरेपछि अहिले लगानीकर्ताहरु दोधारको अवस्थामा छन् l केही साता अगाडि भाद्र ९ गते बुधबार नेप्से सूचक ३१९८.१९ बिन्दुलाई चुम्दै नयाँ कृतिमान बनाएको थियो भने लगानि कर्ताहरूको उच्च मनोबल र उत्साहित हुँदा कारोबार रकम २१ अर्ब ३१ करोड रुपैयाँभन्दा माथि पुगेको थियो जुन रकमले कीर्तिमानी कारोबार रकम २१ अर्ब ५३ करोड रुपैयाँ लागि पछ्याइ रहेको थियो । बुलिस बजारमा कीर्तिमान कायम गर्नु स्वभाविक नै हो तर बजार एकोहोरो हिसाबले बढ्दै जानु भन्दा केही करेक्सनहरु हुँदैअघि बढ्ने बढ्ने क्रम सुरक्षित र स्थायी हुने हुनाले करेक्सनको अनुमान गरिएको थियो। कारोबार रकमका साथै नेप्से परिसुचकमा आएको निरन्तर वृद्धिका कारण अबको शेयर बजार कुन तरिकाले अगाडि बढ्ला र आफुले कस्तो रणनीति अवलम्बन गर्ने भन्ने विषयमा योजनाहरु बनाइरहेका थिए ।
    यसैबीच नेपाल राष्ट्र बैंकको मौद्रिक नीति आयो र बजार ठूलो करेक्सनमा गयो l केही समय अगाडि मात्रै नेपाल धितोपत्र बोर्डले पनि जोखिमपूर्ण लगानि भन्दै ५१ कम्पनीहरूको नाम सार्वजनिक पश्चातको करेक्सनबाट नयाँ कृतिमान बनाउने क्रममा सचेत लगानीकर्ताहरुले आफ्नो मुनाफा सुरक्षित गरिसकेकाले करेक्सनको प्रतिक्षामा पनि थिए l तत्पश्चात बजारमा निकै उतार चढाव आउँदा एकै दिनमा १०० अङ्कसम्म बढ्ने अथवा घट्ने अवस्था पनि सृजना भयो र बजारको दिशाप्रति प्रश्नवाचक चिन्ह सुरु हुन थाल्यो । राष्ट्र बैँकले पनि अहिले लगानीयोग्य रकम (तरलता) को अभावका कारण ब्याजदर बढ्न सक्ने सम्भावना व्यक्त गरे सँगै बजारमा डेड क्याट बाउन्स भएकै त हैन भने चिन्ता चिन्ता पनि व्यक्त गर्न थालिएको छ l

    राष्ट्र बैंकले मूल्य बृद्धि, आर्थिक बृद्धि, लगानीयोग्य रकम (तरलता)को स्थितिलगायत हेरेर नै आर्थिक वर्षको मौद्रिक नीति ल्याउने गर्दछ l कतिपय जलविद्युत कम्पनी र विकास बैंकहरुको शेयर त १५० देखि २०० प्रतिशतसम्म बढेको थियो l सन् २०१२ देखि २०१६ को बजारलाई हेर्ने हो भने तीन महिनामा २० प्रतिशत सम्मको करेक्सन भएको हुनाले अहिले बजारमा आत्तिहाल्नु पर्ने अवस्था छैन l पछिल्लो १ वर्ष देखि १० प्रतिशत सम्मको पनि ‘करेक्सन’ नदेखिएको र करेक्सन भए पनि ‘रिकोभर’ छिटो छिटो भइहाल्ने कारणले अत्याधिक हौसिएका लगानीकर्ताहरुले २-३ महिनामा नै कमाउँछु भन्नका लागि बजारमा लगानि गर्दा सोच्नु पर्ने बेला आएको छ । अबको समय शेयर बजारमा छोटो समयको लागि लगानी गर्नु केही जोखिम (रिक्स) हो कि भन्ने पाठ पनि सिकाएको छ।

    राष्ट्र बैंकले सीमित व्यक्तिको हातबाट ४० लाखभन्दा धेरै लगानीकर्ताको हातमा पुर्याउन लिएको सकारात्मक कदम हो जसले बजारमा स्थायित्व ल्याउनमा मद्दत गर्दछ l
    यदि तपाई लामो समयका लागि लगानि गर्ने हो भने त त्यसका लागि चिन्ता गर्नु पर्ने अवस्था छैन किनकि हामी ‘बुल’ मार्केट मै छौं। करेक्सनको फाइदा लिँदै ‘हाइ बिट स्टक’ बाट ‘लो बिट स्टक’ मा सिफ्ट गर्ने सबैभन्दा उपयुक्त समय हो । बुल बजारमा कम्पनीहरुको शेयर मूल्य उच्च विन्दुमा रहने हुनाले आम लगानीकर्ताले सकेसम्म मजबुत वित्तीय सूचकहरु भएका, लाभांश क्षमता राम्रो भएको, विगतको नाफा, भविष्यमा व्यापार विस्तारको सम्भावना अनि सञ्चालक र व्यवस्थापन पक्षलाई समेत ख्याल गर्दै अघि बढ्नुपर्ने हुन्छ अझै इपीएस, पीई, नेटवर्थ, रिजर्भ जस्ता महत्वपूर्ण सूचकहरु पनि हेर्ने गर्नुपर्छ ।

    अब बजारले खरिदको मौका दिँदैछ तसर्थ बजारमा लगानी सुरक्षा, शेयरको सस्तो भाउ र औसत प्रतिफलको हिसाब गर्दा बाणिज्य बैंकहरुको सेयरमा लगानि अहिले सबैभन्दा सुरक्षित देखिएको छ । पर्याप्त लगानि, जोखिम ब्यवस्थापनको बन्दोबस्ति, राष्ट्र बैंकको कडा नियमन, संस्थागत सुशासन, बलियो जगेडा कोष जस्ता सूचकहरु हेर्र्दा अहिले बाणिज्य बैंकको सेयरमा लगानि गर्नु उपयुक्त छ ।

    बैंक तथा बित्तिय समूह लगानीका फाइदाहरु :
    १) कम मूल्य भएकाले धेरै शेयर कित्ता किन्न सकिन्छ ।
    २) बैंकहरुले गरेका प्रगतिको कारणले लाभको प्रतिशत बढ्दै जानसक्छ ।
    ३) बाणिज्य बैंकहरूले मर्ज वा एक्विजिशनमा गर्दा राम्रो स्वाप अनुपात पाउँदा नसोचको फाईदा पाउन ।
    ४) औसत १८० दिने मूल्य अनुसार धेरै कर्जा (७० प्रतिशतसम्म) प्राप्त हुन्छ ।
    ५) बजारमा गिरावट आयो भने पनि ठूलो अन्तरले मूल्य झरेर बैंकबाट माार्जिन कल आउने संभावना कम हुन्छ सकिन्छ ।
    ६) बैंकबाट लिएको कर्जाको ब्याज तिर्ने रकम सेयर वापत प्राप्त हुने लाभांशले नै धान्न सक्दछ ।
    ७) वाणिज्य बैंकमा शेयरहरु खेलाडीको खेलाडीको सूचीमा नपर्ने हुँदा पम्प एण्ड डम्पको जोखिम कम रहन्छ ।
    ८) समस्याको संकेत देखिएमा राष्ट्र बैंकले व्यवस्थापनआफ्नो जिम्मामा लिने गर्दछ ।
    ९) तुलनात्मक रुपमा सफल र लामो इतिहास भएको क्षेत्र हो ।
    १०) गत वर्षको लाभांस पनि सुरक्षित गर्ने अवसर हो l

    शेयरबजार गतिशील रहने हुँदा सधै एकै खालको अवस्था रहदैन, अहिले सेयरको मूल्य तिब्र गतिमा उतारचढाव भइरहेकोले जोखिम ब्यवस्थापन र नाफा सुरक्षित गर्न चुक्यो भने हात्ती आयो हात्ती आयो फुस्सा होला । शेयर बजारमा शेयरको मूल्य कुन बेलासम्म बढ्छ र घट्न थाल्छ भन्ने कुरा कुनै पूर्वानुमान गर्न सकिन्न। त्यो अनिश्चियको भूमरीमा फस्नु भन्दा पहिले नै आफु निस्केर सुरक्षित कम्पनीमा लगानी सार्ने नै सफल लगानिकर्ता हो । अहिले बजारबाट ठूलो रकम बाहिर निस्कने संभावना देखिदैछ एउटा क्षेत्रको कम्पनीबाट अर्को क्षेत्रको कम्पनीमा लगानि घुमिरहेको यही चक्रमा नै लगानीकर्ताले सुझबुझ पूर्ण लगानि गर्नुपर्छ । क्युमुलेटिभ एडी लाइन हिजोभन्दा ६ जुन र ५ सेप्टेम्बर, २०२१ को -३७२ को लेभलभन्दा माथि रहेको छ। क्युमुलेटिभ एडी लाइन र भोल्युमको विश्लेषण गर्दा नेप्सेले आफ्नो डाउनसाइड मोमेन्टमको संकेत गर्छ।

    अन्त्यमा: सस्तो मूल्यका शेयरबाट प्रवेश गर्न चाहने र नयाँ लगानीकर्ताको प्रबेशले खराब कम्पनीहरुको सेयर मूल्य पनि उच्च रुपले बढेका छन् । जगेडा कोष रित्ता र निस्क्रिय कर्जा अनुपात उच्च भएका, ऋणात्मक नेटवर्थका कम्पनीहरुको सेयर मूल्य पनि आकासिएर गएका छन् । बजारमा हकप्रदको हल्लाले प्रभाव पार्दा खराब वित्तीय अवस्था भएका कम्पनी र पानी नै नभएको हाईड्रोहरुमा झुम्मिने क्रम बढेको हो । मैले बुझ्न नसकेको कुरा यस्ता कम्पनीहरुको शेयर धितो राखेर न बैंकबाट कर्जा लिन सकिन्छ न त लाभांशको नै आधार हुन्छ । बजार घट्यो भने सबैभन्दा पहिला र धेरै घट्ने कम्पनी पनि यिनै हुन् ? तसर्थ सोचेर विचार गरेर दीर्घकालीन फाइदा दिन सक्ने कम्पनि पछ्याउने लगानीकर्ताहरु नै लामो समयसम्म बजारमा टिकी रहन्छन् र स्थापित पनि हुन्छन् ।

  • बजेट पास हुन नसकेपछि रोकियो सरकारको खर्च

    बजेट पास हुन नसकेपछि रोकियो सरकारको खर्च

    काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को बजेट पास हुन नसकेपछि आजबाट सरकारको खर्च रोकिएको छ । संसद बैठक आगामी असोज ४ गते बस्दैछ । कम्तिमा सो दिनसम्म अब सरकारले संघीय संचित कोषबाट हुने खर्चबाहेक विनियोजन ऐन अनुसार गर्न पाउने खर्च रोकिएको छ । यसरी खर्च रोकिँदा सरकारी कर्मचारीले तलव पाउँदैनन् । प्रधानमन्त्री र मन्त्रीहरुको तलव समेत रोकिन्छ । तर, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधिक र सभाभुखको तलव र सुविधा भने रोकिन्न ।

    सरकारले पेश्की खर्च विधेयक समेत नल्याएको, अध्यादेशको अवधी पुरा भएको र प्रतिस्थापन विधेयक संसदबाट पास नभएका कारण खर्च रोकिएको हो । यसलाई बजेट होलीडे भनिएको हो । सरकारले संसदबाट सजिलै बजेट पास हुने अपेक्षा गरेको थियो ।

    तर, संसदमा एमालेले अवरोध गरेका कारण नेपालमा इतिहासमै पहिलो पटक खर्च बिहिनताको अवस्था आएको हो । सरकारले४ जेठसम्म एमालेसँग सहमति जुटाएमा बजेट पास हुन सक्छ । नभए यो प्रक्रिया अझै लामो हुनसक्छ । जसको असर दीर्घकालसम्म पर्ने जोखिम रहन्छ ।

  • पर्यटकलाई एक महिना फ्रि भिसा दिन पर्यटन व्यवसायीको माग

    पर्यटकलाई एक महिना फ्रि भिसा दिन पर्यटन व्यवसायीको माग

    काठमाडौं । पर्यटन व्यवसायीले भारतसँगको नाका खोल्दै विदेशी पर्यटकलाई एक महिनाको भिसा फ्रि गर्न माग गरेका छन् । यो प्रावधान सरकारले बजेटमा घोषणा गरेको छ । बिहीबार पर्यटन सम्बद्ध छाता संगठनका अध्यक्षहरुको बैठक बसी संयुक्त रुपमा व्यवसायीले यस्तो माग गरेका हुन् । कोरोना महामारीको समयमा सरकारको मापदण्ड पूर्ण रुपमा पालना गरेका व्यवसायीलाई महामारी कम हुँर्दै गएसँगै सरकारको साथ र सहयोग चाहिने भन्दै उनीहरुले यस्तो माग गरेका हुन् ।


    पर्यटन उद्योगीहरुका छाता संगठन नाट्टा, टान, हान, नारा, सोट्टो, एनटीभीए, टिबान, पाटा, नाटो, एनएमएसहितका संस्थाका अध्यक्ष तथा उपाध्यक्षको संयुक्त बैठकले विभिन्न पाँच बुँदे माग सरकारसँग राख्ने निर्णय गरेका हुन् । आफूहरुको माग पुरा नगरे व्यवसायीले अर्को साताबाट सडक आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् । व्यवसायीले कोभिड १९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टाइन नराखी ‘अनअराइभल भिसा’मानेपाल आउन दिने व्यवस्था तत्काल मिलाउनुपर्ने माग गरेका छन् ।

    यसका लागि भारतसँगको सीमानाका तत्काल खोल्नुपर्ने र नेपाल सरकारले घोषणा गरेको पर्यटकलाई एक महिनाको फ्री भिसा तुरुन्तै लागू गर्नुपर्ने माग व्यवसायीको छ । सीसीएमसीको सट्टा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई जिल्लाको कोभिड १९ परिस्थती अनुसार स्वास्थ्य मापदण्ड पालना गर्न लगाउनुपर्ने माग व्यवसायीको छ । सरकारले पर्यटन व्यवसायीहरुका माग तत्काल सम्बोधन नगरे पत्रकार सम्मेलन गरि अर्को हप्ताबाट कडा रुपमा सडक आन्दोलनमा जाने निर्णय समेत व्यवसायीले गरेका छन् ।

    पर्यटन क्षेत्र लगायत अन्य क्षेत्रहरुको माग सम्बोधनका लागि व्यवसायीहरुको छाता संस्था नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल चेम्बर अफ कमर्श (एनसीसी) रनेपाल उद्योग परिसंघ (सीएनआई)सँग सहकार्य गरेर अगाडि बढ्ने निर्णय व्यवसायीको छ ।

    अन्तर्राष्ट्रिय जगतमा ट्राभल एडभाइजरीमा नेपाललाई ‘रेड जोन’मा राखिएको हुँदा सो रेड जोन हटाउनका लागि नेपाल सरकारका नेपालमा पर्यटनकर्मीहरुलाई पूर्ण रुपमा कोभिड विरुद्धको खोप लगाइसकेको र कोभिड खोप लगाइसकेका पर्यटकलाई नेपालमा निर्वाध रुपमा आउन दिई क्वारेन्टाइन हटाइएको अन्तर्राष्ट्रिय मिडियामा प्रचारप्रसार गरेमात्र ट्राभल एडभाइजरी रेड जोनबाट सुरक्षित जोनका रुपमा विश्वबजारमा सुरक्षित रहने सन्देश जाने भएकाले सो को अविलम्ब व्यवस्था गर्नुपर्ने माग व्यवसायीको छ ।

  • ‘एमसीसी प्रतिस्पर्धाबाट प्राप्त गरेको ५५ अर्ब अनुदान हो, नलिए अन्तर्राष्ट्रिय समुदायमा नेपालमाथि प्रश्न उठ्न सक्छ’

    ‘एमसीसी प्रतिस्पर्धाबाट प्राप्त गरेको ५५ अर्ब अनुदान हो, नलिए अन्तर्राष्ट्रिय समुदायमा नेपालमाथि प्रश्न उठ्न सक्छ’

    काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत सरकारलाई आएको अमेरिकाको अनुदान सहयोगका विषयमा यतिखेर नेपालमा पक्ष र विपक्षमा विभिन्न तर्कहरु भइरहेका छन् । झण्डै ५५ अर्ब रुपैयाँ बराबरको प्रसारण लाइन र सडक निर्माणका लागि नेपाललाई सहयोग गर्न अमेरिका तयार छ ।

    नेपाल विकासको एक विकास साझेदार अमेरिकासँग नेपालको सम्बन्ध ७० वर्षभन्दा पुरानो छ । अमेरिकाले नेपाललाई भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, खानेपानीलगायतका क्षेत्रमा धेरै अघिदेखि सहयोग गर्दै आएको छ ।

    यतिखेर एमसीसीका विषयमा सही सूचनाभन्दा पनि नागरिकमा भ्रम सिर्जना गर्ने खालका तर्कहरु बजारमा आएका छन् । नेपालजस्तो विकासोन्मुख देशको लागि यो राम्रो होइन ।

    अमेरिकाले दिने ५५ अर्ब रुपैयाँ अनुदान नेपाल सरकारको वैदेशिक अनुदान नीतिअनुसार नै नेपालले माग गरेर आएको परियोजना हो । त्यसैले पनि यो परियोजनामा प्रत्यक्ष वा अप्रत्यक्ष कुनै स्वार्थ नभएको अमेरिकाले स्पष्ट पारिसकेको छ र नेपाल सरकार पनि त्यसमा प्रष्ट नै छ ।

    वैदेशिक सहयोग लिने नेपालको नीति नै हो । नेपालले विगतमा पनि विभिन्न क्षेत्रमा वैदेशिक सहयोग लिएको छ र लिँदै पनि आएको छ । त्यसैले पनि अहिले एमसीसी परियोजनाको अनुदान लिने कि नलिने भन्ने बहस आवश्यक छैन । यस परियोजनाका बारेमा अहिले नकारात्मक कुराहरु सिर्जना गरेर प्रचार गर्नु नेपालजस्तो तेस्रो विश्वको देशका लागि राम्रो होइन ।

    यहाँसम्म कि यो परियोजना नेपालले स्वीकार गर्यो भने नेपालमा अमेरिकी सेना आउने, यो वैदेशिक अनुदान सम्झौता नेपालको संविधानभन्दा माथि हुने, एमसीसीमार्फत लागू हुने परियोजनास्थलमा कोही पनि जान नपाउने भन्नेजस्ता प्रचार गरिएको छ । यस्ता विषय परियोजनामा पनि कतै उल्लेख छैन र स्वयं नेपाल सरकारका प्रश्नमा उक्त आयोजनाबाट पनि यी विषयमा स्पष्ट जवाफ आइसकेको छ ।

    अमेरिका धेरै अघिदेखि नेपालको सहयोग साझेदार हो र उसको सैनिक स्वार्थ नेपालमा छैन भन्ने स्पष्ट नै छ । त्यसैले पनि नेपालका जिम्मेवार राजनीतिक दलहरु नेपालको वैदेशिक सहायता नीति तथा विदेश नीतिजस्ता संवेदनशील विषयमा गम्भीर हुनु जरुरी छ ।

    नेपालका लागि प्राप्त पछिल्लो समयको एउटा सबैभन्दा ठूलो अनुदान सहयोग हो एमसीसी । ५५ अर्ब रुपैयाँ बराबरको यो अनुदान सहयोग नेपालले कति प्रभावकारी रुपमा कार्यान्वयन गर्छ त्यसले भोलिका दिनमा अन्य वैदेशिक सहयोग आउने सम्भावनालाई थप बलियो बनाउने हो ।

    यो परियोजना बिना विवाद सफल कार्यान्वयन गर्न सकियो भने अन्तर्राष्ट्रिय समुदायमा परियोजना कार्यान्वयनमा नेपालको सकारात्मक प्रभाव पढ्ने देखिन्छ । एमसीसीको सफलताले नेपालका विभिन्न क्षेत्रमा अन्य मुलुकको अनुदान सहयोग पनि अवश्य रुपमा बढ्छ ।

    यो परियोजना नेपाल आफैँले माग गरेर ल्याएको हो । यसरी आफैँले माग गरेर र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुदान प्राप्त गरेको एमसीसी अघि बढाउन सकिएन भने अन्तर्राष्ट्रिय समुदायमा नेपालको क्षमतामा प्रश्न उठ्न पनि सक्छ । यसले नेपाल सरकारले विसं २०४६ पछि लिएको वैदेशिक लगानीको नीतिमा समेत असर गर्न सक्ने देखिन्छ ।

    अहिले एमसीसी एउटा परियोजना मात्रै नभई अन्तर्राष्ट्रिय समुदायले नेपालको परियोजना कार्यान्वयनको क्षमताको रुपमा पनि यसलाई हेरेको हुन सक्छ । तसर्थ एमसीसीका विषयमा दलहरुले गम्भीररुपमा नसोच्ने हो भने हामीले अबलम्वन गरेको खुला बजार नीतिमा पनि यसले असर गर्न सक्छ ।

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई एमसीसी परियोजना नेपालका राजनीतिक दलहरुका बीचमा राष्ट्रिय सहमति जुटाएर पास गर्नुपर्ने धारणा राख्छन्। हालै गोरखामा पत्रकारसँग उनले भने, “राजनीतिक दलहरुले छिटोभन्दा छिटो सहमति कायम गरेर यो सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुनेछ ।” जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्षसमेत रहेका उनले आफ्नो पार्टीको मात्र निर्णयले नहुने भएकाले सर्वदलीय सहमति जुटाएर यो परियोजना पास गर्नुपर्ने धारणा उहाँले पहिल्यैदेखि राख्दै आएका छन ।

    पूर्वअर्थमन्त्री डा रामशरण महत एमसीसी नेपालको अत्यावश्यकताको आयोजना हो भन्छन्। उनले यसलाई अमेरिकाको सैन्य रणनीतिसँग तुलना गरेर अभिव्यक्ति दिनु भनेको दुस्प्रचारबाहेक अरु केही होइन भने ।

    एमसीसी हामीले आफ्नो खाँचो र आवश्यकताका आधारमा अनुरोध गरी आएको आयोजना हो भएको भन्दै उनले तर पनि कतिपय मानिसले यसलाई राजनीतिक एजेण्डा बनाउनु दुःखद् हो भन्छन ।

    पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महत विकास निर्माण र नेपाललाई दाताहरुले दिने अनुदान सहयोगमा पनि सरकारमा छँदा एउटा र प्रतिपक्षमा पुग्दा अर्कै धारणा राख्नु दुःखद् हो भन्छन् । उनले भने, “हामी कुनै पनि देशको सहयोग अनुदान लिन्नौँ भन्न सक्छौँ त ? सक्दैनौँ । अनि लामो समयको प्रयासबाट आएको यो अमेरिकी सहयोगमा पनि सत्तापक्ष र प्रतिपक्षमा बाँडिएर हामीले यसरी आयोजनालाई किन विवादित बनाइरहेका छौँ ? उनको प्रश्न थियो । यस्ता कार्यबाट दाताहरुले हामीलाई हेर्ने दृष्टिमा पनि नराम्रो प्रभाव पर्नसक्ने उनको धारणा छ ।

    राजनीतिक विश्लेषक अरुणकुमार सुवेदी एमसीसी सम्झौता विवादित नभएर नियतबस विवाद सिर्जना गरिएको बताउँछन् । उनले यो परियोजनालाई जबर्जस्ती विवादित बनाइएको भन्दै बजारमा नकारात्मक उत्तेजना फैलाएर जनतालाई भड्काउने र आफूप्रति ध्यानाकर्षित गरेर भोट मात्र लिने चलाखी यहाँको राजनीतिको परम्परा नै बसेको बताए ।

    एमसीसी परियोजना यस्तै राजनीतिक दल र नेताहरुको शिकार हुन पुगेको उनको धारणा छ । उनी अहिलेको अवस्थामा एमसीसीको विरोध भनेको सडकमा व्यक्त गर्ने उत्तेजना मात्र हो भन्छन् । सुवेदी भन्छन्,“३० दिनअघि सूचना दिएर जसले पनि त्यो सम्झौता तोड्न सक्ने प्रावधान रहेकाले यदि सरकारले चाह्यो भने त्यसरी नै तोड्दा भइहाल्छ नि ।”

    नेपालको जलविद्युत् क्षेत्रको व्यापारमा यो परियोजना एक एउटा कोसेढुङ्गा भएको जानकार बताउँछन् । जसरी १९९६ मा अरुण तेस्रो जलविद्युत् आयोजनाको विरोध गरेको नेकपा (एमाले) ले पछि आफूले भुल गरेको स्वीकार गर्यो र नेपालले सो परियोजना करिब दुई दशकपछि पुनः अघि बढायो ठीक त्यसरी नै भोलि यो एमसीसी परियोजनामा अहिले देखिएको विरोध पनि भोलि पछुताउनुपर्ने हुन पनि सक्छ ।

    त्यसैले यस्ता विषयमा हरेक राजनीतिक दलहरुले अहिले नै राम्रोसँग बुझ्नु जरुरी छ । एमसीसीबारे बाहिर आएका दुस्प्रचारका विरुद्ध कम्तीमा राष्ट्रिय राजनीतिक दलहरु एकजुट हुनु जरुरी देखिन्छ ।

    नेपालका दलहरुको राष्ट्रिय हितको विषयमा एक ठाउँमा उभिने मौलिक विशेषताको यतिखेर खाँचो छ । एमसीसीका विषयमा पनि अब मुख्य राजनीतिक दलबीच एकता आवश्यक छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा जारी गर्दा जसरी राजनीतिक दलहरुमा राष्ट्रिय सहमति देखिएको थियो अहिले पनि त्यो आवश्यक छ ।

    यसले अन्तर्राष्ट्रिय समुदायमा नेपालको एकताको अभ्यास र लोकतन्त्रको प्रशंसा हुनेछ भने अर्कातर्फ दलहरुबीच जनताको भरोसा पनि बढ्नेछ । मुलुकको भावी विकासका रेखाहरु कोर्न महत्वपूर्ण सहयोग पुर्याउने यो परियोजनालाई यसरी पटक पटक गिजोलिराख्नुभन्दा अहिले नै राष्ट्रिय सहमतिको निर्माण गरेर पास गर्नु नै राम्रो हुनेछ ।

    यसका लागि त्यति ठूलो समस्या पनि देखिँदैन । नेपाली कांग्रेस यस विषयमा स्पष्ट छ । कांग्रेसका सभापति शेरबहादुर देउवा हिजो प्रमुख प्रतिपक्षी रहँदासमेत यसको पक्षमा नै थिए र अहिले पनि एमसीसी पास गर्नुपर्ने अडानमा छन् ।

    त्यस्तै अहिलेको प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली हिजो प्रधानमन्त्री हुँदा एमसीसी संसद्मा पास गर्न तयार थिए भने अहिले पनि यसको विरोधी हुदैनन्। उनले अहिले पनि एमसीसी पास गर्नुहुँदैन भनेका छैनन् । यही समझदारीबाट अघि बढ्दै विगतमा जस्तै राष्ट्रिय आवश्यकताका विषयमा राष्ट्रिय राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति निर्माण हुनु जरुरी देखिन्छ । रासस

  • विश्व बैंकले नेपाललाई दिने भयो करीव ६ अर्ब रुपैयाँ ऋण

    विश्व बैंकले नेपाललाई दिने भयो करीव ६ अर्ब रुपैयाँ ऋण

    काठमाडौं । विश्व बैंकले नेपाललाई करीव ६ अर्ब रुपैयाँ ऋण दिने भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंकले ५ अर्ब ८७ करोड रुपैयाँ दिने भएको हो । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्बन्धी दुई अलग अतिरिक्त वित्तीय सम्झौतापत्रमा बुधबार हस्ताक्षर भएको छ । सरकारको प्राथमिकतामा रहेको विद्यालय क्षेत्र विकास कार्यक्रम तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक व्यवस्थापन सुधार कार्यक्रम कार्यान्वयनमा सघाउनका लागि वैंकले उक्त रकम उपलब्ध गराएको हो ।

    कार्यक्रममा अर्थ सचिव मरासीनीले कोभिड–१९बाट प्रभावित शिक्षा तथा स्वास्थ्य प्रणालीको उत्थानशील पुननिर्माण गर्न आवश्यक रहेको बताए । विश्व बैंकका निर्देशक जार्वोसले सम्झौता कार्यन्वयनसँगै नेपालको शिक्षा र स्वास्थ्य प्रणालीलाई समावेशी एवं उत्पादनशील बनाई मानव पूँजीको विकासलाई गति दिने अपेक्षा गरिएको बताए । नेपालको स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि उपलब्ध गराइएको थप सहायताले सार्वजनिक खरिद् वित्तीय व्यवस्थापन, सूचना व्यवस्थापन तथा अधिक उत्तरदायित्वका लागि नागरिक संलग्नताका क्षेत्रमा सुधार ल्याउन सघाउने विश्वास गरिएको छ ।

  • भारतबाट पहिलो पटक निजी कार्गो रेल नेपाल आयो

    भारतबाट पहिलो पटक निजी कार्गो रेल नेपाल आयो

    वीरगन्ज । भारतबाट नेपालमा पहिलो पटक निजी कार्गो रेल आइपुगेको छ । यसअघि भारतीय सरकारी रेल्वेले मात्र नेपाली सामान बोक्न पाउने प्रावधान थियो । दुई मुलुकबीचको सम्झौतापछि निजी कार्गो रेल आउने बाटो खुलेको हो । भारतको हल्दियाबाट सो रेल बुधबार विहान १०ः१५ बजे वीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा आइपुगेको हो । भारतसँग निजी कार्गो रेल नेपालको सीमासम्म ल्याउने विषयमा गत असार २५ गते सभ्झौता भएको थियो । अहिले निजी क्षेत्रले सातामा दुई दिन सेवा दिने भएको छ । यसबाट अब निजी क्षेत्रले प्रतिस्पर्धी मूल्यमा सामान ल्याउन सक्नेछ । जसका कारण सामान सस्तो हुने अपेक्षा गरिएको छ ।

  • सरकारले ब्यूँतायो भूमि समस्या समाधान आयोग, अध्यक्षमा निरौला

    सरकारले ब्यूँतायो भूमि समस्या समाधान आयोग, अध्यक्षमा निरौला

    काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग ब्यूँताएको छ । यसअघि एमाले सरकारले गठन गरेको आयोग खारेज गरेको सरकारले केशव निरौलाको अध्यक्षता रहने गरि आयोग ब्यूँताएको अहो । नवनियुक्त पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई शपथ गराए । सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शपथ ग्रहणपछि अध्यक्ष निरौलाले सुकुम्वासीका समस्या हटाइने बताए ।

    मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले मोरङका निरौलालाई आयोगको अध्यक्ष बनाएको हो । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले २०७७ साल वैशाखमा एमाले नेता देवी ज्ञवालीको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको थियो । सो आयोगलाई भने देउवा सरकारले विघटन गरिदिएको थियो ।

  • नेपाली सेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    नेपाली सेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । मंगलबार १८ अंकले घटेको बजार आज पनि दोहोरो अंकले घटेको हो ।

    सूचकसँगै कारोबार रकम पनि दिनदिनै घट्दै गएको छ । गतहप्ता औसतमा दैनिक १० अर्ब बढीको कारोबार हुँदै आएकोमा आज सवा ५ अर्बमा सीमित भएको छ ।

    राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाइ गरे यता ओरालो लागेको बजार पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभाव हुन थालेपछि झन् ‘प्यानिक’ भएको छ ।

    तरलता अभावका कारण बैंकहरुबाट सहजै ऋण पाउन सक्ने अवस्था छैन भने अर्कोतर्फ ब्याजदर महँगिँदै गएको छ । यसले सेयर बजारलाई प्रत्यक्ष प्रभाव पारेको लगानीकर्ताहरु बताउँछन् ।

    सेयर बजार मापक सूचक नेप्से आज ४०.२६ अंकले घटेर २८८९.०३ विन्दुमा आइपुगेको छ । आज २२२ कम्पनीको ५ अर्ब ३५ करोड ८० लाख रुपैयाँ बढीको १ करोड ५ लाख ५७ हजार कित्ता सेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै २.९८ प्रतिशतले घटेको । यस्तै, विकास बैंक, निर्जीवन बीमा, हाइड्रोपावर र होटल समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज कारोबारमा आएका २२२ कम्पनीमध्ये जम्मा १८ कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ कम्पनीको मूल्यमा गिरावट आएको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको २२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, सानिमा लाइफ इन्स्योरेन्स १७ करोड र आइसीएफसी फाइनान्स १५ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    उच्च अंकले घटेको बजारमा आज एनआइबीएल समृघि फयड १ का इकाईधनीले सबैभन्दा धेरै ६.८८ प्रतिशत गुमाएका छन् । यस्तै, हिमालयन ऊर्जा कम्पनीको ५.८३ प्रतिशत, गोर्खाज फाइनान्स ५.४१ प्रतिशत, रुरु जलविद्युत्, सिन्धु विकास बैंक, गुडविल फाइनान्स, नेपाल हाइड्रो डेभलपर र आइसीएफसी फाइनान्सको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    घट्दो बजारमा आज मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य भने सबैभन्दा धेरै ८.२३ प्रतिशतले बढेको छ ।

  • १ असोजबाट दशैं लक्षित सहुलियत पसल खोल्ने तयारी

    १ असोजबाट दशैं लक्षित सहुलियत पसल खोल्ने तयारी

    काठमाडौं । सरकारले चाडवाडको अवसरमा आम उपभोक्तालाई लक्षित गरी असोज १ देखि कात्तिक २४ गतेसम्म सुपथ मूल्यको पसल सञ्चालन गर्ने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस्तो व्यवस्था गर्न लागेको हो । यो वर्ष असोज १ गतेदेखि देशभर सुपथ मूल्य पसल सञ्चालनको तयारी कम्पनीले गरेको छ । हरेक वर्ष दशैं, तिहार र छठ पर्वका बेला सरकारले सुपथ मूल्य सपल सञ्चालन गर्दै आएको छ ।

    कम्पनीले देशका ३९ जिल्लाका ४३ स्थानहरुमा सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको हो । । लिमिटेडले हरेक वर्ष चाडवाडको अवसरमा आम उपभोक्तालाई लक्षित गरी देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । उपत्यकाभित्र नख्खु, थापाथली, रामशाहपथ, जावलाखेल, बल्खु, टेकु, जडीबुटी र सल्लाघारी लगायतका स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।

    उपत्यका बाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौंडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुँदै छ । यसबाहेक हरेक वर्ष साल्ट ट्रेडिङ कर्पोरेसन, नेशनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान र दुग्ध विकास संस्थापनले पनि विभिन्न ठाउँहरुमा सुपथ मूल्य पसल सञ्चालन गर्छन् । सुपथ मूल्य पसल बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म खुला हुनेछ । सुपथ मूल्य पसलमा चामल, दाल, चिउरा, पिठो र तेलमा पाँच रूपियाँ छुट गरिएको छ । त्यस्तै भटमासको तेल, मासु र कर्णाली सिमीमा दश रुपियाँ छुट गरिएको छ ।

  • त्रिभुवन विमानस्थलबाट सवा २ करोड मूल्य बराबरको सुनसहित २ पक्राउ

    त्रिभुवन विमानस्थलबाट सवा २ करोड मूल्य बराबरको सुनसहित २ पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सवा २ करोड मूल्य बराबरको सुनसहित दुई जनालाई पक्राउ गरिएको छ । सोमबार काठमाडौंबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका दुई जनाको ब्यागमा तीन किलो तीन सय ६० ग्राम सुनका गरगहना फेला परेको हो । आन्तरिक उडानबाट विराटनगर जान लागेका कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारीबाट सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ। उनीहरूको ब्याग एक्सरे मेसिनमा देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

    विमानस्थलका अनुसार दुई करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबरका गरगहना छन्। थप अनुसन्धानको लागि उनीहरूलाई प्रहरीले राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा बुझाइएको छ । केही दिन अगाडी आन्तरिक विमानस्थलबाट प्रहरीको आँखा छली नेपालगन्ज पुर्याइएको सुन नेपालगन्ज प्रहरीले पक्राउ गरेको थियो ।

  • असोज १५ भित्र पोल भाडा नतिरे प्राधिकरणले टेलिफोन र इन्टरनेटको तार काट्ने

    असोज १५ भित्र पोल भाडा नतिरे प्राधिकरणले टेलिफोन र इन्टरनेटको तार काट्ने

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले असोज १५ गते भित्र इन्टरनेट र टेलिफोन सेवा प्रदायकले पोल भाडा नतिरे लाइन काट्ने भएको छ ।

    प्राधिकरणले आज एक सूचना जारी गर्दै नियमानुसार सम्झौता नगरे त्यस्ता सेवा प्रदायकहरूको तार तथा उपकरणसमेत हटाउन लागेको जानकारी दिएको हो ।

    नेपालका अधिकांश इन्टरनेट तथा टेलिफोन सेवा प्रदायकहरुले प्राधिकरणको पोललगायत संरचना प्रयोग गरी आफ्ना सेवा विस्तार गरिरहेका छन् ।

    सम्झौता नै नगरी संरचना प्रयोग गर्ने, प्रयोग गरेर पनि सोबापत प्राधिकरणलाई भाडा नै नबुझाउने, जीपीएस कोर्डिनेशन नक्सा र दूरी खुल्ने कागजातसमेत नदिने गरेको प्राधिकरणले जनाएको छ । समयमै सम्झौता नगरेका सेवा प्रदायकलाई नयाँ सेवा विस्तार गर्न पनि यसअघि नै रोक लगाइसकेको छ ।

    यसैबीचमा, प्राधिकरणले संरचना प्रयोग गरेबापत तिर्नुपर्ने भाडादर परिमार्जन गरेको छ । प्राधिकरणले यसअघि महानगर/उपमहानगरमा यसअघि प्रति किमी प्रतिवर्ष ४ हजार १०० रुपैयाँ रहेको पोल भाडा बढाएर १५ हजार रुपैयाँ पुर्‍याएको छ ।

    नगरपालिकामा यसअघि प्रति किमी प्रति वर्ष २ हजार १०० रुपैयाँ रहेकोमा बढाएर ७ हजार रुपैयाँ र गाउँपालिकामा प्रति किमी प्रति वर्ष १ हजार रुपैयाँ रहेकोमा बढाएर ७ हजार रुपैयाँ नै पुर्‍याएको छ ।

  • नेपाली सेयर बजारमा झिनो अंकको वृद्धि, ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    नेपाली सेयर बजारमा झिनो अंकको वृद्धि, ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । सेयर बजार झिनो अंकले बढेको छ । आइतबार एकैदिन ७१ अंकले बढेको बजारमा आज न्यून अंकको वृद्धि आएको हो ।सूचक जस्तै आज कारोबार रकम पनि स्थिर जस्तै रहेको छ । यसदिन करिब सवा ९ अर्बको कारोबार भएको छ ।

    सेयर बजार मापक सूचक नेप्से आज ०.२७ अंकले बढेर २९४७.७० विन्दुमा पुगेको छ । आज २२६ कम्पनीको ९ अर्ब २९ करोड रुपैयाँ बढीको १ करोड ५६ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ समूहको परिसूचक राताम्मे भएको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.४८ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह २.५४ प्रतिशतले घटेको छ ।

    आज कारोबारमा आएका २२६ कम्पनीमध्ये ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२० कम्पनीको मूल्यमा गिरावट आएको छ । १७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झण्डै ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, युनाइटेड मोदीको ४७ र नेशनल हाइड्रो ३४ करोड सहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    झिनो अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । अजोड इन्स्योरेन्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । यस्तै, सानिमा लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

    आज कालिका पावरका सेयरधनीले भने सबैभन्दा धेरै ६.४७ प्रतिशत गुमाएका छन् ।

  • नेपालबाट आशा बोकेर फर्कियो एमसीसी उपाध्यक्षसहितको टोली

    नेपालबाट आशा बोकेर फर्कियो एमसीसी उपाध्यक्षसहितको टोली

    काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमारसहितको टोली स्वदेश फर्किएको छ । ४ दिने नेपाल भ्रमण पूरा गरी फर्किएको टोलीले नेपालमा भएको संवाद सकारात्मक रहेको निष्कर्ष निकालेको छ । उपाध्यक्ष सुमारसहितको टोली आइतबार राती अमेरिका उडेको हो । उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गरेको थियो।

    सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत शीर्ष नेतृत्वसँग पनि उक्त प्रतिनिधिमण्डलले एमसीसी परियोजनाबारे छलफल गरेको थियो।
    प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र अन्य केही राजनीतिक नेतासँग पनि प्रतिनिधिमण्डलले भेटवार्ता गरेको थियो।

    सबै भेटवार्तामा एमसीसी प्रतिनिधिमण्डलले नेपालको भौतिक पूर्वाधारको विकासका लागि परियोजना महत्वपूर्ण रहेको बताउँदै सहमतिमा एमसीसी पास हुने अपेक्षा समेत गरेको छ । सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारणलाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुनेछ।

  • बजेटबारे अर्थमन्त्रीसँग सवाल-जवाफ (विस्तृतमा)

    बजेटबारे अर्थमन्त्रीसँग सवाल-जवाफ (विस्तृतमा)

    काठमाडौं । शुक्रवार संसदमा पेश गरिएको प्रतिस्थापन विधेयकका सम्बन्धमा अर्थमन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक रुपले उठेका सवालहरुमा स्पष्ट पारेको छ । आइतवार मन्त्रालयमा आयोजित ‘पोष्ट बजेट प्रेस मिट’ मा अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिव मधुकुमार मरासिनीले प्रतिस्थापन विधेययकका मुख्य मुख्य विषयहरु उपर उठेका प्रश्नहरुको जवाफ दिए । उक्त कार्यक्रममा पत्रकारबाट उठाइएका विषय र अर्थ मन्त्रीले दिएको उत्तर यस्तो छ :

    पाँच लाख परिवारलाई दश हजारका दरले राहत बाँड्ने योजना आएछ जबकि राष्ट्रिय योजना आयोगको तथ्याङ् अनुसार बहुआयामिक गरिबीको मारमा ५० लाख व्यक्ति छन् । यो पनि पहुँचवालाको खल्तीमा पुग्ने त होला ?


    कोरोनाले रोजगारी गुमाई संकटग्रस्त अवस्थामा पुगेका, एकदमै पिँधमा रहेका गरिबहरुलाई स्थानीय तहमार्फत मापदण्ड बनाएर बितरण गरिन्छ । वास्तविक पीडितहरुको हातमा पुग्नेगरी मापदण्ड बनाइन्छ । यसले सांकेतिक रुपमा भएपनि केही न केही राहत महशुस गराउनेछ । नेपालमा यो यसरी लक्षित वर्गको हातमा एकैचोटी रकम स्थानान्तरण भएको यो पहिलो पटक हो । योजना आयोगका उपाध्यक्षका अनुसार यसलाई प्रगतिशील क्यास ट्रान्जेक्शन भनिन्छ । पारदर्शी र निष्पक्ष हिसावले वितरण हुनेछ ।


    एकातिर राजश्व छुट दिने अर्कोतिर राजश्वको लक्ष बढाउने अन्तरविरोधी भएन र ?

    स्वदेशी उत्पादन बढाउने, रोजगारी सृजना गर्ने र आयात प्रतिस्थापनको लक्षमा सहयोग पु¥याउने खालका उद्योगहरुलाई छुट दिएको हो । उत्पादनमूलक उद्योगहरुलाई प्रोत्साहन दिँदा राजश्व पनि बढ्छ । दीर्घकालिन हिसावले देशलाई फाइदा हुन्छ । राजश्व वृद्धि गर्ने अन्य उपायहरु पनि छन् । करको दायरा विस्तार गरेर भएपनि राजश्व वृद्धिको लक्ष पूरा गर्न सकिन्छ ।


    उद्योगमा लगानीको स्रोत नखोज्ने व्यवस्था गरेर अनियमित ढ्रगले कमाएको सम्पत्तिलाई शुद्धीकरण गर्न खोजेको जस्तो देखियो नि ?

    जुनसुकै लगानीको कुरा गरेको हैन । भ्रष्टाचारको माध्यमबाट, तस्करीको माध्यमबाट आर्जन गरेको सम्पत्ति लगानी गर्न नपाउने स्पष्ट कानुनी व्यवस्था रहेको छ । त्यो कुरामा सरकार सचेत छ । त्यसो हुन दिइदैन ।


    सहकारीले कम्पनी खोलेर लगानी गर्न पाउने नीति आएछ, यसो गर्दा जनताको सम्पत्ति दुरुपयोग हुने खतरा अझ बढ्दैन र ?
    सहकारी क्षेत्रमा थुप्रिएको पुँजीलाई विद्यमान कानुनी व्यवस्थाले लगानीको लागि ढोका खोलेको छैन । सहकारीसँग भएको ठूलो पुँजी उत्पादनको क्षेत्रमा लगानी भयो भने त्यसबाट रोजगारी सृजना हुनुको साथै राष्ट्रिय पुँजी निर्माणमा योगदान हुनसक्छ । उत्पादन वृद्धि भयो भने आयात प्रतिस्थापन गर्न र व्यापार घाटा कम गर्न समेत टेवा पुग्नसक्छ । यसको कार्यान्वयनको लागि आवश्यक कानुनी प्रवन्ध गर्ने भनिएको हो ।


    रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने भन्ने कुरा सुन्न थालेको एक दशक पुग्न लाग्यो तर कहिल्यै कार्यान्वयनमा आउन सकेन, अहिले आउछ भन्ने के ग्यारेन्टी छ ?
    हाल रेमिट्यान्सको ९० प्रतिशतभन्दा बढी उपभोगमा खर्च भइरहेको देखिन्छ । जसले गर्दा देशको उत्पादन वृद्धि हुन सकेन र नयाँ रोजगारी पनि सृजना हुन सकेन । विदेशमा कमाएको पंैसा जति दैनिक उपभोग र विलासितामा खर्च हुने ग¥यो । तर अब त्यो प्रवृत्ति बदल्छौं । रेमिट्यान्सको ३० प्रतिशत हिस्सा उत्पादनमूलक क्षेत्रमा लगाउने गरी आवश्यक व्यवस्था गर्छौ ।


    प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा वैदेशिक ऋण लिने तर विगतमा झैं झारपात उखेल्ने काममा खर्च गरेर देश उँभो लाग्छ त ?


    विगतमा त्यस्तो भएको भएपनि यो सरकारले त्यस्तो हुन दिनेछैन । उत्पादनमूलक क्षेत्रमा खर्च गर्ने गरी कार्यक्रम बनाइन्छ । झारपात उखेल्ने काममा खर्च हुँदैन अब । केही न केही उत्पादन पनि हुने र बेरोजगारहरुलाई रोजगारी पनि मिल्ने मोडालिटीमा त्यो रकम खर्च गरिन्छ ।


    राजनैतिक परिवर्तनका आन्दोलनमा मारिएका परिवारहरुलाई मासिक तीन हजार भत्ता बाँड्ने कार्यक्रमले राज्यकोषमा अनावश्यक दायित्व थपेको देखिन्छ । भोलि यो बढ्दै जान्छ, कसरी धान्न सकिन्छ ?


    तपाई हामी अहिले जुन राजनीतिक व्यवस्थामा छौं, यो ल्याउनको लागि कयौंले प्राण दिएका छन् । उनीहरुका परिवारलाई राज्यले निराश पार्नु न्यायसंगत हुँदैन । परिवर्तनको आन्दोलनमा योगदान गरेका, ज्यानको बलिदान गरेका आस्रित परिवारहरुको संरक्षण गर्ने दायित्व राज्यको हो । यही दायित्वबोध गरेर हामीले थोरै सम्झन खोजेको मात्र हो । राज्यले हामीलाई सम्झेको रहेछ भन्ने कुराको महशुस गराउनु र उनीहरुलाई निराश हुन नदिनु हामी सवैको कर्तव्य हो । राज्यको सम्झनास्वरुप मासिक तीन हजार उपलब्ध गराउने भनिएको हो । सामाजिक सुरक्षा कोषलाई आत्मनिर्भर बनाएर उक्त दायित्व घटाउन गर्न सकिन्छ । हामीले सामाजिक सुरक्षा कोषमा राज्यको कोषबाट पैंसा हालिरहनु नपरोस भनेर कोषलाई आत्मनिर्भर बनाउने योजना पनि बनाइरहेका छौं ।


    ठूला बडाले चढ्ने महंगा कारमा कर बढाउनुपर्नेमा सर्वसाधारण चढ्ने मोटरसाईकलमा कर बढाउनुभएछ । यो कस्तो खालको नीति हो ?


    खासमा यो आयात प्रतिस्थापनसँग जोडिएको विषय छ । कच्चा पदार्थ मात्र आयात गरी स्वदेशमै मोटरसाईकलहरु, गाडीहरु स्वदेशमा एसेम्बल्ड गरेर सुलभ दरमा उपभोग गर्न पाइयोस् भन्ने उद्देश्यले यस्तो गरिएको हो । विद्युतीय गाडीहरु, विद्युतीय बसहरु स्वदेशमै उत्पादन होउन् भन्ने आशय हो । स्वदेशी उद्योगलाई प्रोत्साहित गर्ने उद्देश्यमा आधारित भएर यसो गरिएको हो । तत्काल केहीलाई असर परेको देखिए पनि दीर्घकालीन हिसावले राष्ट्रको हितमा निर्णय गरिएको हो ।


    स्रोत सुनिश्चित नभएका १४०० सडक आयोजना स्थगित गर्नुभएछ । मन्त्रीको दवावमा कस्ता कस्ता काम हुने रहेछन भन्ने कुरा बुझ्ने मौका पाइयो । हाम्रो कर्मचारीतन्त्र पनि कस्तो रहेछ मन्त्रीले जे भन्यो खुरुखुरु त्यही मान्दिने ?


    यस्तो पनि हुने रहेछ भन्ने कुरा मैले पनि पहिलो पटक थाहा पाएँ अर्थमन्त्रालयमा आएर । मैले भन्दिएर तपाईले पनि थाहा पाउनुभयो । अब त्यस्तो नगरौं भन्ने कुरामा अर्थमन्त्रालयको अहिलेको टीम सचेत छ । त्यही कारण नै हामीले स्रोत विनाका आयोजना स्थगित गर्ने गरेका हौं । वित्तीय अनुशासन कायम गर्ने दिशामा यो निर्णयले महत्वपूर्ण काम गर्नेछ भन्ने विश्वास छ ।


    प्रतिस्थापन विधेयकमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष राख्नुभएको रहेछ, यो पूरा हुन्छ भन्ने कुरामा विश्वास गर्न सकिएन । यसमा के भन्नुहुन्छ ?
    तपाईले अहिले विश्वास गर्नु पनि पर्दैन किनकि काम भएपछि विश्वास गर्ने हो । हामी काम गरेर देखाउने पक्षमा छौं । अहिले तपाईको कुरा ठिकैछ । लक्ष प्राप्त भएपछि आफै विश्वास गर्नुहुनेछ ।


    शिक्षा क्षेत्रमा पढ्दै कमाउदै कार्यक्रम अघि सारिएको छ । यो कस्तो खाले कार्यक्रम हो ?
    अहिले हरेक प्रदेशमा ४÷४ वटा विद्यालयमा नमूनाको रुपमा यो कार्यक्रम संचालन गर्ने लक्ष राखिएको छ । प्राविधिक र व्यवसायिक शिक्षाको परिणामुखी अभ्यास गर्ने उद्देश्यले यो कार्यक्रम अघि सारिएको हो । सुर्खेत लगायत देशका केही स्थानहरुमा यसको व्यवहारिक अभ्यास भइरहेको छ । त्यो सफल पनि छ । त्यसैलाई नीतिमा रुपान्तरण गरेर देशभर विस्तार गर्न खोजिएको हो । विद्यार्थीहरुले सैद्धान्तिक कुराको सिक्नुको साथसाथै उत्पादनका काममा सरिक भएर आय आर्जन गर्ने मोडालिटी हो ।


    मासिक १० प्रतिशतका दरले विकास खर्च गर्ने भनिएको रहेछ । के यो संभव छ ?
    यसलाई सम्भव तुल्याउने गरी योजना तयार भइरहेको छ । पुँजीगत खर्च बढाउने गरी सोचिएको हो । यो हामी गरेर देखाउछौं । अहिले यसमा धेरै भन्नुभन्दा पनि काम भएपछि देखिनेछ ।

  • नेपाली सेयर बजारमा उच्च अंकको कमब्याक

    नेपाली सेयर बजारमा उच्च अंकको कमब्याक

    काठमाडौं । सेयर बजारले उच्च अंकले बाउन्स ब्याक गरेको छ । गत हप्ता तीव्र उतरचढाव आएको बजार आज ७१ अंकले कमब्याक गरेको हो ।

    हाइड्रोपावर, फाइनान्स, विकास बैंक समूहको सेयरमा चमक आउँदा नेप्सेमा उछाल आएको हो । यी समूहका अधिकांश कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ ।

    सूचकमा उछाल आए पनि कारोबार रकममा भने खासै बढोत्तरी आउन सकेन । आज करिब साढे ९ अर्बको कारोबार भएको छ ।

    सेयर बजार मापक सूचक नेप्से आज ७१.४३ अंकले घटेर २९४७.४२ विन्दुमा पुगेको छ । आज २३१ कम्पनीको ९ अर्ब ४४ करोड रुपैयाँ बढीको १ करोड ७१ लाख कित्ता बढी सेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये सामूहिक लगानी कोष बाहेक बाँकी सबै समूहको परिसूचकमा हिरयाली छाएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ६.३७ प्रतिशतले बढेको छ । यस्तै, विकास बैंक ५.१३ प्रतिशत, फाइनान्स र उत्पादनमूलक समूहको परिसूचक ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    आज कारोबारमा आएका २३१ कम्पनीमध्ये १८९ कम्पनीको सेयर मूल्य बढेको छ भने २९ कम्पनीको मूल्यमा गिरावट आएको छ । १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे ७७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, युनाइटेड मोदीको ४५ र अपी पावर ३१ करोड सहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    उच्च अंकले बढेको बजारमा आज एक दर्जन बढी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । राष्ट्रिय बीमा कम्पनी, फर्स्ट माइक्रोफाइनान्स, अपी पावर, नेशनल, आँखुखोला, छ्याङ्दी, पाँचथर पावर, लिबर्टी इनर्जी र सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    यसैगरी, हिमालयन पावर, सिनर्जी पावर, ङादी पावर र शिवश्री हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।बढ्दो बजारमा आज सिटिजन्स् म्युचुअल फण्ड १ का इकाईधनीले सबैभन्दा धेरै ३.५८ प्रतिशत गुमाएका छन् ।

  • मेलम्ची पुनः काठमाडौं ल्याउने समय सीमा चैतलाई तोकियो

    मेलम्ची पुनः काठमाडौं ल्याउने समय सीमा चैतलाई तोकियो

    काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको काम चैत मसान्तभित्र सक्ने गरि समय सीमा तोकेको छ । त्यसपछि काठमाडौंमा नियमित खानेपानी आपूर्ति हुने अर्थमन्त्री जनार्दन शर्माले बताए । बाढी र पहिरोका कारण मेलम्ची क्षेत्रमा ठूलो क्षति पुगेको छ । यो काम पुरा गरि काठमाडौंमा पुनः पानी ल्याउनु चूनौतिपूर्ण मानिएको छ । मेलम्चीमा आवश्यक मर्मत तथा पुनःस्थापन गरी पानी आपूर्ति गर्ने अर्थमन्त्रीले प्रतिस्थापन बजेटमार्फत घोषणा गरेका छन् । गत असारमा मेलम्चीमा आएको बाढीले अम्बाथानस्थित हेडवर्क्सलगायतमा क्षति पुर्‍याएको छ ।

    यहाँ करिब ८ किमि सडक संरचना बगाउँदा आयोजना अवरुद्ध बनेको हो । मेलम्ची बजारदेखि हेडवर्क्ससम्मको करिब २१ किमिमध्येको ८ किमि सडक बगेको छ । मुहान क्षेत्रको सडक र अम्बाथानका दुईवटा बेलिब्रिज, तिम्बु र हल्देका मोटरेबल पुल बगाएको छ । मुहान नजिकैको इन्जिनियरिङ क्याम्प र सुरक्षा पोस्ट बाढीले बगाएको छ । क्याम्प बगाउँदा आयोजना निर्माणमा संलग्न ठेकेदार कम्पनीका एक चिनियाँ र दुई भारतीय मजदुरको ज्यान गएको छ ।

  • सरकारले घटायो ३७ अर्ब ऋणको लक्ष्य, राजस्व भने बढाउने

    सरकारले घटायो ३७ अर्ब ऋणको लक्ष्य, राजस्व भने बढाउने

    काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा लिने लक्ष्य लिएको सार्वजनिक ऋणको लक्ष्य घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार बजेटले आन्तरिक तथा वैदेशिक ऋणको अंश करिब ३७ अर्ब रूपैयाँले घटेको छ । संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले घटेको ऋणबाट नेपाली जनतामा रहेको ऋणभार सानो अंशमा भएपनि कम हुन जाने बताए । अनुत्पादक क्षेत्रमा सार्वजनिक ऋणको उपयोगले भविष्यमा साँवा तथा ब्याज भुक्तानीका लागि राजस्वको ठूलो हिस्सा छुट्याउनु पर्ने, भावी पुस्तालाई ऋणको भार थपिन जाने, निजी क्षेत्रमा प्रवाह हुने वित्तीय स्रोत संकुचित हुने जोखिम रहने उनले बताएका छन् ।

    सार्वजनिक ऋणलाई राष्ट्रिय आवश्यकता, पुँजी निर्माण, उच्च प्रतिफलयुक्त र उत्पादनशील क्षेत्रमा मात्र उपयोग गर्ने नीति लिइएको उनको भनाई छ । चालु आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट १० खर्ब ५० अर्ब ८२ करोड र वैदेशिक अनुदानबाट ५९ अर्ब ९२ करोड व्यहोरिने छ। चालु, पुँजीगत र वित्तीय हस्तान्तरण तर्फ विनियोजित खर्चमा राजस्व र वैदेशिक अनुदानबाट व्यहोर्दा ५ खर्ब २२ अर्ब ९ करोड न्यून हुने देखिन्छ। वित्तीय व्यवस्था तर्फको विनियोजित रकम समेत समावेश गर्दा कुल विनियोजनमा न्यून हुने रकम मध्ये वैदेशिक ऋणबाट २ खर्ब ८३ अर्ब ९ करोड र आन्तरिक ऋणबाट २ खर्ब ३९ अर्ब व्यहोरिने अर्थ मन्त्रस्ले जानकारी दिए ।

  • आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य

    आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य

    काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशत राख्ने लक्ष्य लिएको छ।

    शुक्रबार अर्थमन्त्री जनार्दशन शर्माले बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै आर्थिक वृद्धिदर लक्ष्य ७ प्रतिशत राख्ने लक्ष्य राखेको बताए ।

    अध्यादेश मार्फत प्रस्तुत भएको बजेटले लिएको ६.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई परिमार्जन गर्दै प्रतिस्थापन विधेयकमार्फत ०.५ प्रतिशत थपिएको हो ।

    यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६ प्रतिशत रहने लक्ष्य राखिएको थियो।

    आर्थिक वृद्धिदर लक्ष्य बढाइए पनि मुद्रास्फितिको दरलाई भने ६.५ प्रतिशतमा यथावत राखिएको छ ।

  • दीर्घ रोगीलाई मासिक ५ हजार दिने सरकारको घोषणा, कोरोना खोपलाई ५ अर्ब

    दीर्घ रोगीलाई मासिक ५ हजार दिने सरकारको घोषणा, कोरोना खोपलाई ५ अर्ब

    काठमाडौं । सरकारले दीर्घ रोगीहरूलाई मासिक ५ हजारका दरले रकम दिने भएको छ।

    संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले यस्ता गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

    सरकारले क्यान्सर, मिर्गौला रोगलगायतका गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार रकम दिन लागेको हो।

    २०७४ को आम चुनावको मुखमा तत्कालीन शेरबहादुर देउवा सकरारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र स्पाइनल इन्जुरी भएर प्यारालाइसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो ।

    त्यस्तै सरकारले बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गरेको छ । यसरी कटौती गर्दा बचत भएको ५ अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

  • सांसद र मर्यादापालकबीच घम्साघम्सी,अर्थमन्त्रीले पेश गरे बजेट प्रतिस्थापन विधेयक

    सांसद र मर्यादापालकबीच घम्साघम्सी,अर्थमन्त्रीले पेश गरे बजेट प्रतिस्थापन विधेयक

    काठमाडौं । प्रतिनिधिसभामा नेकपा एमालेको अवरोधबीच प्रतिस्थापन विधेयक पेश भएको छ।

    शुक्रवार बसेको प्रतिनिधि सभाको तेस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन हुनेगरी विधेयक पेश गरेका हुन्।

    संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न र वर्तमान आर्थिक परियोजनाहरुलाई पूर्णता दिन बजेट परिमार्जन गर्नु परेको अर्थमन्त्री शर्माले बताएका छन्।

    अर्थमन्त्री शर्माले विधेयक पेश गरिरहँदा एमाले सांसद र मर्यादापालक बिच घम्साघम्सी भएको थियो।

  • एमसीसी उपाध्यक्ष भेटघाटमा व्यस्त, आज प्रधानमन्त्री र प्रचण्डलाई भेट्ने

    एमसीसी उपाध्यक्ष भेटघाटमा व्यस्त, आज प्रधानमन्त्री र प्रचण्डलाई भेट्ने

    काठमाडौं । अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारसहितको टोली अहिले काठमाडौंमा छ । बिहीबार आइपुगेको यो टोली भेटघाटमा व्यस्त रहेको छ । टोलीले बिहीबार नै विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेको थियो । शुक्रबार भने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

    नेपालको संसदबाट सम्झौता अनुमोदन गराउन यो भ्रमणले पहल गर्ने भएको छ । बिहीबार ओलीसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग छलफल गरिसकेको छ । नेताहरुसँगको छलफलमा सुमारले एमसीसी कुनै सैन्य रणनीति नभएको स्पष्ट पारेकी छिन् । उनले एमसीसीलाई विवादमा नल्याउन समेत आह्वान गरेकी छिन् ।

    प्रधानमन्त्री देउवा यस पटक संसदबाट एमसीसी पारित गर्ने तयारीमा छन् । सत्तारूढ गठबन्धनमा माओवादी र एकीकृत समाजवादी यसको विपक्षमा छन् । पास भएपनि परिमार्जन हुनुपर्ने उनीहरुको माग छ । एमालेले भने सरकारमा हुँदा समर्र्थन गरेको यो कार्यक्रम प्रतिपक्षमा हुँदा मौन बसेको छ ।

  • दैलेखमा ग्यास र पेट्रोल भएको चिनियाँ टोलीद्वारा पुष्टी, चार हजार मिटर ड्रिलिङ हुने

    दैलेखमा ग्यास र पेट्रोल भएको चिनियाँ टोलीद्वारा पुष्टी, चार हजार मिटर ड्रिलिङ हुने

    काठमाडौं। चिनियाँ प्राविधिक टोलीले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टी गरेको छ।

    नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टी गरेको हो।

    चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यहाँ ग्यास र पेट्रोल भएको उल्लेख छ।

    चिनियाँ टोलीले प्रतिवेदन पठाएपछि उत्खननका लागि थप प्रक्रिया अघि बढाइएको विभागका भूगर्भविद् डा। सुधीर रजौरेले बताए।

    ‘सर्भे गरिएको स्थानमा ग्यास र पेट्रोल छ भन्ने प्रमाणित भयो’, उनले भने, ‘अब कुन भू–भागमा कति परिमाणमा पेट्रोलियम पदार्थ वा ग्यास छ भनेर अन्तिम सर्भे हुनेछ।’

    कोरोना भाइरस संक्रमणको कारण देखाउँदै विज्ञ तथा प्राविधिकको टोलीलाई चीन सरकारले आउने अनुमति दिएको छैन। अहिले विज्ञ टोली चीनको प्राकृतिक स्रोत मन्त्रालयको अनुमति कुरेर बसेको उनको भनाइ छ।

    ‘चारवटा क्षेत्रमा गरिएको सर्भेको नतिजा सकारात्मक देखिएको छु, उनले भने, ‘टोली आउनासाथ धमाधम काम सुरु हुन्छ ।’

    दुबै देशका सरकारबिच जीटुजी सम्झौताअनुसार काम सुरु भएकाले यसलाई निरन्तरता पाउने विभागले जनाएको छ।

    ‘विस्तृत सर्भे र ड्रिलिङको काम पनि अहिलेसम्म सकिन्थ्यो होला। कोभिडका कारण झन्डै डेढ वर्ष अन्वेषणको काममा ढिलाइ भएको छ’ भूगर्भविद् रजौरेले भने।

    दैलेखका विभिन्न ठाउँमा २०७६ असोजदेखि अन्वेषणको काम सुरु गरिएको थियो । विभागले श्रीस्थान, पादुका, कोटिला, दैलेख बजार तथा कर्णाली राजमार्ग आसपासका क्षेत्रमा ड्रिलिङको काम सकिएको जनाएको छ।

    करिब १० वर्षअघि पनि दैलेखमा बलेको ग्यासकै कारण नेपालको कुनै भू–भागमा पेट्रोलियम पदार्थ हुनसक्छ भन्दै केही अन्तर्राष्ट्रिय कम्पनीले नेपालका विभिन्न १० वटा जिल्लामा अन्वेषण सुरु गरेका थिए।

    विभिन्न कारणले अन्वेषणका काम हुन नसकेपछि सरकारले सम्झौता रद्द गरेर चीनसँग नयाँ सम्झौता गरेको थियो। तत्कालीन समयमा ७२ लाख बढी अमेरिकी डलर खर्च गरिएको खानी तथा भूगर्भ विभागको तथ्यांकमा उल्लेख छ।

    चार हजार मिटर ड्रिलिङ हुने

    अन्वेषणको अन्तिम चरणमा जमिनमुनि चार हजार ५०० मिटर गहिरो ड्रिलिङ गरिने भएको छ। विभागले दिएको जानकारी अनुसार यही ड्रिलिङपछि मात्र कति परिमाणमा ग्यास वा पेट्रोल छ भनेर थाहा हुनेछ।

    यो काम पहिलो सर्भे गरिएको कुनै स्थानभित्र हुनसक्छ, अहिले स्थान भन्न मिल्दैन खानी तथा भूगर्भ विभागले जनाएको छ। अन्वेषणको पछिल्लो प्रतिवेदनलाई आधार मान्ने हो भने दैलेखको कुनै भूभागभित्र ग्यास वा पेट्रोल छ भनेर सहजै अनुमान गर्न सकिने देखिएको हो।

    नेपाल र चीन सरकारले भने पेट्रोलियम पदार्थको उत्खननका लागि सन् २०१७ मा सम्झौता गरेको थियो । सोहीअनुसार विभिन्न चरणमा काम सुरु भइरहेका छन् । रासस

  • पाँच वर्षमा १० अर्ब डलर लगानी स्वीकृत गर्ने लगानी बोर्डको लक्ष्य

    पाँच वर्षमा १० अर्ब डलर लगानी स्वीकृत गर्ने लगानी बोर्डको लक्ष्य

    काठमाडौं । लगानी बोर्डले आगामी पाँच वर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने लक्ष्य लिएको छ । बोर्डले पाँच वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक निजी साझेदारीका परियोजना व्यवस्थापन गर्ने सहितका लक्ष्य राखेको छ । ती लक्ष्य समेटिएको रणनीतिक योजना आज बोर्डले सार्वजनिक गरेको छ ।

    बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी बोर्डको १०औँ वार्षिकोत्सव समारोहमा उक्त योजना सार्वजनिक गरेका छन् । उक्त योजनमा कम्तीमा एक लाख रोजगारी सिर्जना गर्न सहयोग गर्ने र प्रभावकारी लगानी प्रवर्द्धनका लागि वातावरण निर्माणमा योगदान पुर्‍याउने उल्लेख छ । रणनीतिक योजनामा लगानी बोर्डलाई सार्वजनिक निजी साझेदारीको उत्कृष्ट केन्द्रका रुपमा विकास गर्न महत्वपूर्ण पाँच मूल लक्ष्यसमेत लिइएको छ ।

    परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास तथा समन्वय, सहकार्य र साझेदारीसहित चारखम्बे योजनासहित आर्थिक समृद्धिका लागि नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने सोच पनि योजनामा छ । बोर्डले पूर्वाधारको विकास महत्वपूर्ण रहेको निष्कर्षका साथ काम गरिरहेको छ ।

    बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले पूर्वाधार विकासलाई तीव्ररुपमा अघि बढाउन लगानी बोर्डले लगानीयोग्य परियोजनाको सूची तयार गरेको जानकारी दिए । बोर्डका अनुसार सरकारले अहिले मुख्यतः सिमेन्ट र विद्युत् उत्पादन लगायतलाई बढावा दिइरहेको छ ।

  • रोकिएन् नेपाली सेयर बजारको पहिरो, दुई दिनमै नेप्से १०५ अंकले घट्यो

    रोकिएन् नेपाली सेयर बजारको पहिरो, दुई दिनमै नेप्से १०५ अंकले घट्यो

    काठमाडौं । सेयर बजारमा पहिरो जाने क्रम जारी छ । यससाता आइतबार १०८ अंकले घटेको बजार सोमबार १६२ अंकले कमब्याक गरे पनि त्यसयता फेरि ओरालो लागेको हो ।

    पछिल्ला दुई दिनमै नेप्से १०५ अंकले घटेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा कडाइ गरेपछि शुरु भएको नेप्सेको ओरालो यात्रा अझै जारी रहेको हो । पछिल्ला ३ सातामा मात्रै नेप्से करिब साढे ३ अंकले घटिसकेको छ ।

    सूचकसँगै कारोबार रकममा पनि दैनिक गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज कारोबार रकम १ अर्बले घटेर साढे ६ अर्बमा सीमित भएको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से ६०.०२ अंकले घटेर २८७६.५९ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४२७ रुपैयाँ बराबरको १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ३.२९ प्रतिशतले घटेको छ । यस्तै, अन्य समूहको परिसूचक पनि ३.२३ प्रतिशतले घटेको छ ।

    आज कारोबारमा आएका २२५ कम्पनीमध्ये जम्मा ३८ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा १७८ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे ४० करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, अरुण भ्याली साढे २४ करोड र स्वरोजगार लघुवित्त २४ करोड सहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    उच्च अंकले घटेको बजारमा आज लाइफ इन्स्योरेन्स कर्पोरेशनको सेयर मूल्य सबैभन्दा धेरै ६.०६ प्रतिशतले घटेको छ । यसैगरी, गुडविल फाइनान्स, एनआइबीएल समृद्धि १ फण्ड, सिभिल लघुवित्त र गुह्येश्वरी मर्चेन्टको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    घट्दो बजारमा पनि आज सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

  • काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा, छानो राख्न शुरु

    काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा, छानो राख्न शुरु

    काठमाडौं । ऐतिहासिक तथा पुरातात्विक सम्पदा बसन्तपुरस्थित काष्ठमण्डप पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ । अब छानो छाउने काम सुरु गरिएको हो । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माण गरि छानो राख्न थालिएको हो ।

    सातौँ शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिको प्रयोग गरेर झिङ्गटीको छानो छाउने काम सुरु गरिएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यलाई उदृत गर्दै राससले लेखेको छ । उनका अनुसारकाष्ठमण्डप सम्पदाको पुनःनिर्माणको काम निरन्तर छ । काष्ठमण्डपको ऐतिहासिकतालाई बचाएर काष्ठमण्डपको पुनःनिर्माण हुने उनले बताएका छन् ।

    काष्ठमण्डप सम्पदा पुरानै प्रविधिबाट निर्माण गर्नु विश्वका लागि नमूना भएको उनले बताए । काष्ठमण्डप सम्पदा पुनःनिर्माणका लागि हालसम्म रु ११ करोड ५० लाख खर्च भएको छ । काठैकाठको प्रयोग, झिङ्गटीका छाना, चारकुने इँटाका गरा, लेसाइलो माटोको लिपाइ, मिहिन बुट्टा कुँदिएका काठको विशाल संरचना काष्ठमण्डपमा पाइन्छ ।

  • नेपाली सेयर बजारमा फेरि गयो पहिरो, कारोबार साढे ७ अर्बमा सीमित

    नेपाली सेयर बजारमा फेरि गयो पहिरो, कारोबार साढे ७ अर्बमा सीमित

    काठमाडौं । सेयर बजारमा फेरि पहिरो गएको छ । सोमबार एकैदिन कीर्तिमानी १६२ अंकले बढेको बजार आज फेरि उच्च अंकले घटेको हो ।

    यस साता सेयर बजारमा तीव्र उतरचढाव देखिएको छ । आइतबार एकैदिन १०८ अंकले घटेको बजार सोमबार १६२ अंकले बढेको थियो भने आज फेरि ४४ अंकले घटेको छ ।

    सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्ब बढीले घटेर साढे ७ अर्बमा सीमित भएको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से ४४.१८ अंकले घटेर २९३६.६१ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२२ कम्पनीको ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १६१ रुपैयाँ बराबरको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड र अन्य समूहबाहेक बाँकी सबैको परिसूचक राताम्मे भएका छन् ।होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.९९ प्रतिशतले घटेको छ । निर्जीवन बीमा र माइक्रोफाइनान्स समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज कारोबारमा आएका २२२ कम्पनीमध्ये जम्मा ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा १७४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झण्डै ६२ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, अरुण भ्याली ३४ करोड र अपी पावर १९ करोड सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    दोहोरो अंकले घटेको बजारमा आज आरएमडीसी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ७.७३ प्रतिशतले घटेको छ । यसैगरी, रुरु जलविद्युत् ७.०१ प्रतिशत, प्रोग्रेसिभ फाइनान्स, फर्स्ट माइक्रोफाइनान्स, माउन्टेन इनर्जी, आरएसडीसी माइक्रोफाइनान्स र नयाँ सारथी लघुवित्तको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
    घट्दो बजारमा पनि आज सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

  • जनगणना २५ कात्तिकबाट ९ मंसिरसम्म हुने निश्चित

    जनगणना २५ कात्तिकबाट ९ मंसिरसम्म हुने निश्चित

    काठमाडौं । १२ औं राष्ट्रिय जनगणनाको मिति तोकिएको छ । यसअघि २५ जेठबाट शुरु भई ८ असारमा सकिनु पर्ने जनगणनाको काम कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय तथ्यांक विभागले तयार पारेको जनगणना तालिका स्वीकृत गरेको हो । तालीका अनुसार कात्तिक २५ गतेबाट मंसिर ९ गतेभित्र देशभरि एकसाथ राष्ट्रिय जनगणना हुने गरि तालिका तय भएको हो ।

    अब गणक, सपरीवेक्षकसहितका कर्मचारीलाई तालिम दिएर विभागले कार्यस्थलमा खटाउने छ । तालीम कार्यक्रम भदौ र असोजको पहिलो साता सम्म सकिसक्ने तयारी छ । त्यसपछि स्थानीय तहहरुमा जनशक्तिसहित विभागले तयारीको काम थाल्ने छ । असोजभित्र ३९ हजार गणक छनोट गरी कात्तिक १३ गतेबाट चारदिने तालिम दिने तयारी छ । जनगणनामा प्रत्येक घरमा एकजना सुपरिवेक्षक खटिएर घरमुलीबाट विवरण संकलन गरिने छ ।

  • अमेरिकी दूतावास भन्छ : हामी एमसीसीको स्वस्थ बहसको पक्षमा छौं

    अमेरिकी दूतावास भन्छ : हामी एमसीसीको स्वस्थ बहसको पक्षमा छौं

    काठमाडौं । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने वा नगर्ने भन्ने विषयले बहसको उचाई छोएको छ । यस विषयमा नकारात्मक टिप्पणी बढी आइरहेका छन् । केही दिन अगाडी गृह मन्त्रालयले एमसीसीका सम्बन्धमा नकारात्मक टिप्पणी नगर्न भन्दै विज्ञप्ती निकालेको थियो । तर, अमेरिकी दुतावासले भने अमेरिकी सरकार स्वस्थ्य बहसको पक्षमा रहेको बताएको छ ।

    काठमाडौंस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे तथ्यमा रहेर हुने बहसको पक्षमा अमेरिकी सरकार रहेको बताएको हो । दूतावासले आफू अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको र एमसीसीबारे पनि तथ्यमा आधारित भएर हुने बहसलाई स्वागत गर्ने बताएको हो । दूताबासले सोमबार साँझ ट्वीट गर्दै ‘लोकतन्त्रमा आफ्नो विचार शान्तिपूर्ण ढंगले व्यक्त गर्ने अधिकार रहेको समेत बताएको छ । मंगलबार एमसीसीका उपाध्यक्षको नेपाल भ्रमण हुँदैछ ।

  • रसुवामै युरोपियन स्याऊको उत्पादन तथा बिक्री

    रसुवामै युरोपियन स्याऊको उत्पादन तथा बिक्री

    सरस्वती न्यौपाने, रसुवा

    गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ ब्राबलमा ‘ब्रावाल कृषि समूह स्याउ फार्म’को इटालीबाट ल्याइएको ११ हजार फुजी, बाला र गोल्डेन जातको स्याउ फल्न थालेको छ ।

    फार्मका अध्यक्ष डिण्डुव तामाङका अनुसार एक वर्षअघि इटालीबाट ल्याएर रोपेको स्याउले यही वर्षबाट आम्दानि दिन थालेको छ । गत वर्षको असारमा ल्याएको अब आउँदो असोजबाट बेच्न मिल्ने भएको छ, उनले भने ।
    बागमति प्रदेशबाट ५० प्रतिशत र समूहबाट ५० प्रतिशत गरी करिब १३ करोड २० लाख रुपैयाँको लगानीमा स्याउ रोपेको हो, उनले भने, ‘त्यसमध्ये कोही मरे, कोहीमा फलेन र सप्रिएको बिरुवाबाट ४ किलोसम्म फल्ने छ ।’

    लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ब्रावालमा सामूहिक रूपमा चिराइतो खेति गर्ने गाउँ भनेर चिनिएको ठाउँ अबका दिनमा स्याउ फल्ने गाउँ भनेर पनि चिनिनेछ, डिन्डुपले भने । स्थानीय जातका स्याउ लगाउँदा ५ वर्षपछि मात्र उत्पादन हुने गरेको तर फुजि र वाला स्याउले एक वर्षमै आम्दानि दिन थालेपछि स्थानीय कृषकहरू यसप्रति आकर्षित हुँदै गएको छ ।

    पाखो र भिरालो जमिनलाई पनि स्याउ उत्पादन गरेर आम्दानिको स्रोत बनाएकोमा गोसाईंकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले खुसी व्यक्त गरे ।

    ठुलो स्याफ्रु हुँदै लाङटाङ तथा गोसाईंकुण्ड यहीँ पदमार्ग हुँदै जाने भएकाले स्याउ फल्ने समयमा आन्तरिक तथा बाह्य पर्यटकले समेत अवलोकन गर्न सकिने गोसाईंकुण्ड गापा वडा नं ५ का वडाध्यक्ष सिङगेडिण्डुव तामाङको भनाइ छ ।
    रसुवाको माथिल्लो भेग बिस्तारै स्याउ खेतिको लागि प्रख्यात हुँदै गएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

  • नेपाली सेयर बजारमा कीर्तिमानी उछाल, नेप्से एकैदिन १६२ अंकको बढ्यो

    नेपाली सेयर बजारमा कीर्तिमानी उछाल, नेप्से एकैदिन १६२ अंकको बढ्यो

    काठमाडौं । सेयर बजारमा कीर्तिमानी उछाल आएको छ । हिजो एकै दिन १०८ अंकले घटेको बजारमा आज १६२ अंकले वृद्धि भएको हो ।

    नेप्सेमा एकैदिन डेढ सय बढी अंकले वृद्धि भएको सेयर बजार इतिहासमै पहिलो पटक हो । यसअघि नेप्से एकैदिन ९५ अंकले बढेको थियो ।

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फ सेयर कर्जामा कडाइ गरेपछि पछिल्लो तीन सातामा करिब ४०० अंकले घटेको नेप्से आज एकैदिन १६२ अंकले कमब्याक गरेको हो ।

    नेप्से निरन्तर ओरालो लागेपछि आज अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई पूँजी बजारको समस्या समाधन गर्न आग्रह गरेका थिए । गभर्नर अधिकारीले पनि आवश्यक प्रक्रिया मिलाइने प्रतिबद्धता जनाएपछि लगानीकर्ता उत्साहित हुँदा बजारले कीर्तिमानी बढाइ गरेको हो ।

    आज सेयर बजार मापक सूचक नेप्से १६१.९२ अंकले बढेर २९८०.७९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२४ कम्पनीको ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०७ रुपैयाँ बराबरको १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक समूह सबैभन्दा धेरै ९.९२ प्रतिशतले बढेको छ । यस्तै, फाइनान्स र हाइड्रोपावर समूह पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    आज कारोबारमा आएका २२४ कम्पनीमध्ये २११ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा ८ कम्पनीको मूल्यमा गिरावट आएको छ । ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ४६ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्ट्रलरीको झन्डै २७ करोड र माथिल्लो तामाकोशी २५ करोड सहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    तेहेरो अंकले बढेको बजारमा आज करिब ६ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्नेमा अधिकांश विकास बैंक, फाइनान्स र हाइड्रोपावर कम्पनी रहेका छन् ।

    नेशनल हाइड्रो, गोर्खा फाइनान्स, श्रीइन्भेष्मेन्ट, गुह्येश्वरी, मर्चेन्ट, सेन्टर, समृद्धि, रिलायन्स फाइनान्स, एक्सल, लुम्बिनी, मितेरी, गरिमा, ज्योति, कर्णाली, महालक्ष्मी, कामनासेवा, सांग्रिला, साइन रेसुंगा, सप्तकोशी, ग्रीन डेभलपमेन्ट, मुक्तिनाथ र सिन्धु विकास बैंकको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    यसैगरी, नेपाल टेलिकम, सानीमा माइ, अपी, वरुण, एचआइडीसील, ङादी, दिव्यश्वरी, सिनर्जी पावर, माउन्टेन, सिनर्जी पावर, युनाइटेड मोदी, छ्याङ्दी, हिमालयन पावर, नेपाल हाइड्रो, पञ्चकन्यामाइ, कालिका पावर, आँखुखोला, जोशी, माथिल्लो तामाकोशी, घलेम्दी, पाँचथर पावर, रसुवागढी, हिमाल दोलखा, लिबर्टी र युनाइटेड इदिमार्दी हाइड्रोपावरका सेयरधनीले पनि ठ्याक्कै १० प्रतिशतले कमाएका छन् ।

    यस्तै, रिडी हाइड्रो अरुण भ्याली, जानकी, बेस्ट, गुडविल फाइनान्ससहित ३५ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

    उछाल आएको बजारमा आज नेपाल इन्भेष्टमेन्ट बैंकका डिबेञ्चरधनीले सबैभन्दा धेरै १.९४ प्रतिशत गुमाएका छन् ।