Category: स्थानीय

  • गोकर्णेश्वर नगरपालिकाले नगरका किसानहरुलाई वितरण गर्‍यो ट्याक्टर

    गोकर्णेश्वर नगरपालिकाले नगरका किसानहरुलाई वितरण गर्‍यो ट्याक्टर


    अमृता के सी ( रोनी )
    काठमाडौँ, श्रावण १ । गोकर्णेश्वर नगरपालिकाले नगरका किसानहरुलाई मिनी टेलर ( ट्याक्टर ) प्रदान गरेको छ ।नगरपालिकाको आफ्नो तर्फबाट ५० प्रतिशत अनुदान र बाँकी किसान समूह स्वयमले व्यहोर्ने गरी ट्याक्टर वितरण गरेको हो ।नगरपालिकाको कृषि विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत नगरपालिकाका इच्छुक किसानहरुको मागको आधारमा १५ वटा मिनी टेलर एक/एक वटाको दरले बुधबार एक कार्यक्रमका बीच कृषक समूहलाई वितरण गरिएको हो ।नगरपालिकाले जेठ ८ गते पनि १५ वटा ट्याक्टर ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो ।

    कृषि शाखा प्रमुख इन्दिरा खड्काले कृषिमा उन्नत प्रविधि मार्फत् श्रम र लागत घटाइ उत्पादन वृद्धि गराउन कृषकको माग अनुसार कृषकहरुलाई कृषि पेशामा प्रेरित गराउन ५० प्रतिशत अनुदानमा कृषि उपकरण मिनी टेलर वितरण गरेको बताईन् ।

    किसानलाई कृषि आधुनिकीकरण तर्फ आकर्षित गर्न र उत्पादन लागत घटाइ उत्पादन बढाउन किसान समूहलाई मिनी टेलर हस्तान्तरण गरिएको नगर प्रमुख सन्तोष चालिसेले जानकारी गराए ।

    कार्यक्रममा नगर उप प्रमुख शान्ति नेपाल, प्रमुख प्रसाशकिय अधिकृत राम प्रसाद आचार्य, शाखा प्रमुख टंकनाथ घिमिरे, नगर प्रवक्ता एवं वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, नगर प्रमुख सल्लाहकार दिपक रिसाल, वडा १ का अध्यक्ष राम मानन्धर ,वडा ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ, वडा ६ का वडा सदस्य नवराज लामा, वडा ८ का वडा सदस्य नन्दलााल श्रेष्ठ, लगायत कृषकहरुको उपस्थिति रहेको थियो ।

  • गोकर्णको सुन्ताखानमा नगर प्रमुख चालिसेले गरे बत्ती सहितको पुलको रेलिंग उद्घाटन

    गोकर्णको सुन्ताखानमा नगर प्रमुख चालिसेले गरे बत्ती सहितको पुलको रेलिंग उद्घाटन


    अमृता के सी ( रोनी )
    काठमाडौँ, असार ३० । गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित सुन्ताखानमा नगर प्रमुख सन्तोष चालिसेले बत्ती सहितको पुलको रेलिंगको उद्घाटन गरेका छन् ।बुधबार नगर प्रमुख चालिसेको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रममा उनले पुलको रेलिंगको उद्घाटन गरेका हुन् ।

    सुन्ताखान युवा क्लबको विशेष सक्रियतामा जिर्ण रहेको पुललाई मर्मत गरि रेलिंग,बत्ती र फूलले सजाइ पुललाई अझ आकर्षक बनाइएको हो । “ हाम्रो सुन्ताखान सफा राम्रो सुन्ताखान ” अभियानमा जुटेका क्लबका सदस्यहरु आफ्नो ठाउँको विकास र परिवर्तन लागि एक भइ अघि बढेको जानकारी क्लबका अध्यक्ष हरिबोल बिष्टले जानकारी गराए।बिष्टका अनुसार २० वर्ष पछि पुलले न्याय पाएको साथै सुन्ताखानको थप सुन्दरता बढाएकोले अबका दिनमा पुलबाट खसेर हुने दुर्घटना रोकथाम हुने कुरामा समेत विश्वस्त रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चालिसेले सम्पूर्ण युवाहरूलाई प्रोत्साहन र हौसला स्वरुप गोकर्णेश्वर नगरपालिकाकै सबभन्दा उत्कृष्ट नमुना रेलिंग पुल भनेर घोषणा समेत गरेका छन् ।

    कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाको उप प्रमुख शान्ति नेपाल ,गो न पा प्रमुख सल्लाहकार दिपक रिसाल,गो न पा ३ वडा प्रमुख राजेन्द्र कुमार भण्डारी, समाजसेवी किरण बिष्ट,समाजसेवी जयराम बिष्ट, क्लबका सदस्यहरु लगायत स्थानियको उपस्थिति रहेको थियो ।

  • १४ र १५ वर्षका दुई किशोरी ३ वर्षिय बालकको हत्या अभियोगमा पक्राउ

    १४ र १५ वर्षका दुई किशोरी ३ वर्षिय बालकको हत्या अभियोगमा पक्राउ

    कैलाली । कैलालीमा १५ वर्षकी एक किशोरीले ३ वर्षिय बालकको हत्या गरेको स्वीकार गरेकी छिन् । बुधबार मृत फेला परेका टीकापुर नगरपालिका–१ का साढे ३ वर्षीय विवेक विष्टको हत्या अभियोगमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ । त्यसमध्ये एक जनालाई भने सघाएको आरोप लागेको छ । कैलाली प्रहरीका अनुसार बालकलाई नातामा दिदी पर्ने किशोरीले कुलोमा धकेलेर हत्या गरेकी हुन् ।

    आफूसँगै जामुन खाने लोभमा घरबाट लिएर गएकी १५ वर्षीया किशोरीले बालकलाई जमरा कुलोको किनारबाट धकेलेको स्वीकार गरेको प्रहरीले जनाएको छ । ती किशोरीकी १४ वर्षकी साथी समेत पक्राउ परेकी छिन् । घरायसी रिसइबीका कारण बालकको हत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । उनकी साथीलाई भने बालकको खुट्टाको बाला राख्न दिएको र उनले राखिदिएपछि हत्यामा सघाएको आरोप लागेको छ ।

    घटना घटाएपछि पोल खुल्ने डरले उनी साथीको घरमा गएर किताब लगेको, चाँदीका बाला साथीलाई लुकाउन दिएको अनुसन्धानबाट खुलेको हो । ती किशोरीहरुले बालकका ती बाला बजारमा लगेर बिक्रिसमेत गर्न खोजेको खुलेको छ ।

  • दार्चुलामा पहिरोमा पुरिँदा कम्तिमा तीन जनाको मृत्यु

    दार्चुलामा पहिरोमा पुरिँदा कम्तिमा तीन जनाको मृत्यु

    काठमाडौं । दार्चुलामा पहिरोमा पुरिएर एकै परिवारका दुईसहित कम्तिमा तीन जनाको ज्यान गएको छ । प्रहरीका अनुसार जिल्लाको नौगाढ गाउँपालिका ३ खार भन्ने स्थानको चौखुट्टेमा भिषण वर्षाका कारण पहिरो गएको हो । पहिरोले एकै घरका दुई र थप एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घर पुरिंदा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उनकी तीन महिनाकी नातिनी मन्जरी ठगुन्नाको मृत्यु भएको छ ।

    घट्ट जाने क्रममा आएको पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको समेत ज्यान गएको छ । तीनै जनाको शव पहिरोबाट निकालिएको छ । नौगाढ गाउँपालिका ३ कै १८ वर्षीया हरमती ठगुन्ना सामान्य घाइते भएकी छिन् । यस गाउँपालिकामा पहिरोले ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना समेत बगाएको छ ।

  • लायन्स क्लबको सप्ताह व्यापी सेवा कार्यक्रम सम्पन

    लायन्स क्लबको सप्ताह व्यापी सेवा कार्यक्रम सम्पन

    अमृता के सी ( रोनी )

    काठमाडौँ,असार २४ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतका २७ वटा लायन्स क्लब र २ वटा लियो क्लबहरुको संयुक्त आयोजनामा लायन्स सेवा हप्ता सम्पन्न भएको छ ।सात दिन सम्म लगातार विभिन्न स्थानमा सामाजिक काम गरे पछी बुधबार गोकर्णेश्वर नगरपालिका स्थिति वर्ड युथ स्कुलमा भएको समापन कार्यक्रमको उद्घाटन डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको छ ।

    कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का फस्ट भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, डिस्ट्रिक क्याबिनेट सेक्रेटरी लायन धर्म शरण श्रेष्ठ, डिस्ट्रिकका जोन चियर पर्सन,रिजन चियर पर्सन लगायतका सम्पूर्ण लायन तथा लियो लिडरहरुको उपस्थिति रहेको थियो।

    प्रतेक अंग्रेजी वर्षको जुलाई १ तारिकबाट लायन्स क्लबहरुको नयाँ कार्यकाल सुरू हुने र त्यही सुरुको १ हप्तामा विविध सेवाका कार्यहरु गरि मनाउने गरिन्छ।कार्यक्रममा हामी सेवा गर्छौं भनी सेवा भावले अघि बढेको लायन्स क्लब र लियो क्लबहरुले संयुक्तरूपमा साताव्यापी खाद्यान्न वितरण, सरसफाइ कार्यक्रम, वृक्षारोपण, स्वास्थ्य सामग्री वितरण,विपद व्यवस्थापन तालिम,जनावरलाइ खाना खुवाउने ,मधुमेह परिक्षण, कोभिड जागरुकता कार्यक्रम लगायतका सेवा हप्तामा कार्यक्रम गरेको कार्यक्रमका संयोजक श्रीधर पौडेलले जानकारी गराए।

    कार्यक्रमलाई सम्बोधन गर्दै डिस्ट्रिक गभर्नर कार्कीले सेवा हप्ता भरी गरेको सेवा कार्यको लागि धन्यवाद दिदै लायन वर्ष २१/२२ सफल बनाउन “एउटा प्रभाव पारौं ” भन्ने उनको नारालाई आत्मसात गर्न समेत सम्पूर्ण लायन तथा लियो लिडर र सदस्यहरुलाई अनुरोध समेत गरेका छन्।संयुक्तरूपमा सेवा हप्ता मनाउने २७ वटा लायन्स क्लबहरुमा लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर, माकलबारी, रोयल हिमालयन, गुप्ती गणेश, थर्ड आइ, नयाँपाटी फ्रेन्ड्स, इन्फिनिटी, टिम एभरेष्ट, गौरवशाली, सुन्दरीजल, क्रिएटिभ ओमन, राइजिंग सन, सिम्रिक, नयाँपाटी भिक्टोरियस, बागमती नर्थ, एकेडेमिक, कोलाबोरेटर, जर्नी, पन्चशिल ,गेटवे, दर्पण, मनहरा, उत्तरबहिनि, भद्रकाली, साँखु, एस एम एस, बूढानिलकण्ठ नेवा पुच, र लियो क्लबहरुमा लियो क्लब अफ काठमाडौँ गोकर्णेश्वर र लियो सिम्रिक रहेका छन् ।

  • लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरियसद्वारा अक्सिजन बैंकको स्थापना

    लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरियसद्वारा अक्सिजन बैंकको स्थापना


    अमृता के सी ( रोनी )
    काठमाडौँ, असार १८ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरियसको आयोजनामा अक्सिजन बैंकको स्थापना गरेको छ । अक्सिजन बैंकको उद्घाटन पूर्व गभर्नर एवं हालका मल्टिपल डिस्ट्रिक- जीएसटि कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाले गरेका हुन् ।

    लायन वर्ष २०२१/२२ को लायन सप्ताह पारेर जुलाई १ तारिकका दिन गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल स्थित बिपि चोकमा अक्सिजन बैंकको उद्घाटन गरिएको हो।हाल १५ सिलिन्डर अक्सिजनबाट सुरु गरिएको उक्त बैंकलाई संस्थागत गरि विस्तार गर्ने लक्ष्य रहेको संचालकहरुले बताएका छन् ।
    कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का फस्ट भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, डिस्ट्रीक क्याबिनेट सेक्रेटरी लायन धर्म शरण श्रेष्ठ, टिम एरिया लिडर लायन श्रीधर भण्डारी, गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा प्रमुख राम मानन्धर, लायन मनोज सुवेदी, लायन उमेश ढुंगाना लगायतका लायन्स लिडर र लायन सदस्यहरुको उपस्थिति रहेको थियो।

    दोस्रो लहरको कोरोना भाइरसको कारण धेरै जस्तो कोरोना संक्रमितलाई श्वासप्रश्वासमा समस्या आई अक्सिजनको आवश्यकता परेको अवस्था छ । कोरोना कहरमा संक्रमित बिरामीहरु अक्सिजनको कारण जीवन मृत्यु संग लडिरहेको समयमा हस्पिटल देखि अक्सिजन प्लान्टमा सम्म अक्सिजन नभएर देशमा अक्सिजनको चरम अभाव सिर्जना भएको थियो। कोरोना महामारीको विषम परिस्थितिमा लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसले दिनरात नभनी बिरामीको जीवन रक्षाको लागि अक्सिजनको व्यवस्था गरि बिरामीको घर सम्म निशुल्क अक्सिजन पुर्‍याइदिएको जानकारी क्लबका संस्थापक अध्यक्ष विख्यात प्रसाद थपलियाले बताए ।अक्सिजन किन्न नसक्नेहरुको लागि भोलिका दिनमा समस्या नहोस् भन्ने उदेश्यले अक्सिजन बैंकको स्थापना गरेको थपलियाले बताए।निषेधाज्ञाको प्रतिकूल परिस्थितिमा बिरामीको जीवन रक्षाको लागी अक्सिजन नभई नहुने भएकोले सबैलाई सेवा पुर्‍याएको तर सहज परिस्थितिमा निम्न आयस्रोत भएका र अक्सिजन नपाएर समस्यामा परेका व्यक्तिहरुलाई मात्र निशुल्क अक्सिजन प्रदान गर्ने उदेश्यले अक्सिजन बैंकको स्थापना गरेको उनले बताए।

  • लायन्स फुड बैंकद्वारा बालगृह र विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण

    लायन्स फुड बैंकद्वारा बालगृह र विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण


    अमृता के सी ( रोनी )
    काठमाडौँ, असार १६ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को आयोजनामा लायन्स फुड बैंकबाट बालगृह र विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ।

    कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, पूर्व गभर्नर एवं हालका मल्टिपल डिस्ट्रिक- जीएसटि (ग्लोबल सर्भिस टिम) कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल,सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ,टिम एरिया लिडर लायन श्रीधर भण्डारी,लायन रमेश लामा,लायन उमेश ढुंगाना, लायन विख्यात प्रसाद थपलिया लागायत लायन्स लिडर तथा लायन्स सदस्यहरुको उपस्थिति रहेको थियो।

    कोभिड-१९ को दोस्रो लहरको विषम परिस्थितिमा खाद्यान्न अभावमा भोको पेट बस्न नपरोस् भन्ने उदेश्यले ४४ विपन्न परिवार,३ वटा बालगृह र गुरुकुल लगायतका संस्थाहरु खाद्यान्न सामाग्री वितरण गरेको डिस्ट्रिक गभर्नर श्रेष्ठले जानकारी गराए ।लायन्स क्लबले गोकर्णेश्वर नगरपालिका स्थित सुनाैलाे पाईला,सुनाैलाे सन्सार, उत्तर बाईनि गुरुकुल, उत्तर बाईनि साधना केन्द्र, लब पर्साद बाल गृह, समुन्नत महिला मन्च र ४४ विपन्न परिवारलाई खाद्यान्न सामाग्री सोमबार वितरण गरेको हो।लायन्स क्लबले वितरण गरेको सामाग्रीहरुमा २० किलोको ८२ बोरा चामल,नुन ,दाल र मसेउरा लगायतका सामाग्री रहेको थियो।

    हामी सेवा गर्छौँ भन्ने उदेश्य लिएर देशको हरेक क्षेत्रमा समस्याका साथै असहज स्थिति हुँदा जहाँ आवश्यकता त्यहाँ लायन्स भनेर अग्रपंक्तिमा खडा भइ लायन्स क्बलले साथ सहयोग गर्दै आइरहेको जानकारी पूर्व गभर्नर लायन भेटुवालले गराए।भेटुवाले निषेधाज्ञाको कारण भाडामा बस्ने,विपन्न परिवार साथै बालगृहमा आश्रय लिएकाहरुलाई खाद्यान्न अभाव भएकोले आवश्यकता अनुसारको खाद्यान्न सामाग्री वितरण गरेको बताए।

  • सुनसरीमा भयानक सडक दुर्घटना, तीन जनाको मृत्यु

    सुनसरीमा भयानक सडक दुर्घटना, तीन जनाको मृत्यु

    सुनसरी । सुनसरीमा भएको भयानक सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तिब्र गतिमा रहेको हायस माइक्रोले पिकअप भ्यान र मोटरसाइकललाई एक साथ ठक्कर दिएको प्रहरीले जनाएको छ । आइतबार बिहान ८ बजे कोशी गाउँपालिका वडा नम्बर ८ नङ्खु टोलस्थित पूर्वपश्चिम राजमार्गमा यो र्दुघटना भएको हो । प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरका अनुसार दुर्घटनामा दुई जना घाइते छन् ।

    पूर्वबाट पश्चिम जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले विपरीत दिशाबाट आउँदै गरेको स६प ४६६१ नम्बरको मोटरसाइकल र को१च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो। दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ का २८ वर्षीय उदय साह, मोटरसाइकल पछाडि सवार मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर वडा ७ का ४० वर्षीय अक्षय कुमार गुप्ता गम्भीर घाइते भएका थिए।

    उनीहरूको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा ज्यान गएको छ । दुर्घटनामा हायस चालक नुवाकोट विदुर नगरपालिका वडा नम्बर १३ का ३५ वर्षीय विवश तामाङ र हायसका सहचालक २५ वर्षीय नारायण बत्स्याल घाइते भएका छन् । उनीहरुको विराट नर्सिङ होममा उपचार जारी छ ।

  • बूढानीलकण्ठ नगरपालिकाद्वारा सिन्धुपाल्चोकका बाढी-पहिरो प्रभावितलाई २५ लाख सहयोग

    बूढानीलकण्ठ नगरपालिकाद्वारा सिन्धुपाल्चोकका बाढी-पहिरो प्रभावितलाई २५ लाख सहयोग


    अमृता के सी ( रोनी )
    काठमाडौँ, असार ११। बूढानीलकण्ठ नगरपालिकाले सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावितलाई २५ लाख सहयोग प्रदान गरेको छ।

    सिन्धुपाल्चोकमा असार १ गते साँझ आएको लगातारको वर्षा पछि मेलम्चीको बाढीले भौतिक संरचना सँगै ठूलो धनजनको क्षति पुर्‍याएको थियो ।हेलम्बु गाँऊपालिकाको तिम्बु, किउल, गणेशेबगर, चनौटे, ग्याल्थुम लगायतका क्षेत्रका करिब १५० घरधुरी विस्थापित भएका छन्। मेलम्ची नगरपालिकामा मेलम्ची बजार सम्म बाढि पसेर कयौं घरहरू डुबानमा परी ठूलो धनजनको नाश गरेको थियोे ।साथै पाँचपोखरी थाङ्पाल गाँउपालिकामा समेत बाढी पहिरोले क्षति पुर्‍याएको छ।छिमेकि जिल्ला सिन्धुपाल्चोकमा प्राकृति प्रकोपले परेको क्षति प्रति बूढानीलकण्ठ नगरपालिकाले दुःख प्रकट गर्दै सहयोग स्वरुप नगद २५ लाख आर्थिक सहयोग पठाएको छ। सहयोग २५ लाख रकम मध्ये मेलम्चि नगरपालिकालाई १० लाख, हेलम्बु गाँउपालिकालाई १० लाख र पाँचपोखरी थाङ्पाल गाँउपालिकामा ५ लाख प्रदान गरीने गरी असार १० गते उक्त स्थानीय तहहरुमा चिठ्ठि पठाइएको प्रशासकिय अधिकृत जयराम गजुरेलले बताए।
    नगर प्रमुख उद्दव प्रसाद खरेलले सम्पूर्ण सिन्धुपाल्चोक बासीहरुलाई प्राकृति प्रकोपले निम्त्याएको विपदको सामना गर्दै पुनःस्थापना तथा पुनर्निमाण कार्यमा जुट्ने साहस मिलोस् भन्ने कामनाका साथ विस्थापित परिवारहरुको पुनस्थापना तथा संरचना पुनर्निमाणका लागि नगरपालिकाको तर्फबाट सहयोग प्रदान गरिएको बताए ।

  • गोकर्णमा ट्रिपरले ठक्कर दिँदा एकको मृत्‍यु

    गोकर्णमा ट्रिपरले ठक्कर दिँदा एकको मृत्‍यु


    अमृता के सी ( रोनी )
    काठमाडौँ, असार ११।काठमाडौँको गोकर्णेश्वरमा ट्रीपरले ठक्कर दिँदा शुक्रबार बिहान एक जनाको ज्यान गएको छ ।

    जगडोलबाट गोकर्ण तर्फ जादैँ गरेको साइकल चालकलाई गोकर्णेश्वर नगरपालिका ९ मा बा ४ ख ८२२९ नम्बरको ट्रीपरले ठक्कर दिँदा अन्दाजी ३० वर्षका एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।

    उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो । ट्रीपर चालकलाई प्रहरीले हिरासतमा लिएको छ भने मृतकको परिचय अझै खुलेको छैन ।घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ।

  • काठमाडौँ पूर्वि भेगका २२ वटा लायन्स क्लबहरुले संयुक्तरुपमा सेवाका कार्यक्रम गर्दै

    काठमाडौँ पूर्वि भेगका २२ वटा लायन्स क्लबहरुले संयुक्तरुपमा सेवाका कार्यक्रम गर्दै

    अमृता के सि (रोनी)

    काठमाडौँ, असार १०। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतका करिब २२ वटा क्लबहरुले संयुक्तरुपमा सेवाका कार्यक्रम गर्दै लायन्स सप्ताह मनाउने भएका छन् ।

    लायन्स क्लब ३२५ ए १ को मंगलबार मामाघर रिसोर्टमा बसेको बैठको निर्णय अनुसार लायन्स वर्षको आरम्भ भएको दिन जुलाई १ तारिख देखि ७ जुलाई सम्म लायन्स सप्ताह मनाउने भएको हो ।
    आगामी असार ११ गते हुने क्याबिनेट बैठकमा सहभागी हुने, संयुक्त प्रोजेक्ट प्लान बनाउने र स्थानीय सरकारसंग सहकार्य गरी अघि बढ्ने बिषयमा समेत बैठकले निर्णय गरेको छ ।
    लायन वर्ष २०२१/२२ को जुलाई १ देखि ७ सम्म सातै दिन सेवाका कार्यक्रमहरु गर्ने जानकारी जिएमटि डिस्ट्रिक कोर्डिनेटर धर्म शरण श्रेष्ठले विश्व न्युजलाई जानकारी गराए। क्लबहरुले संयुक्तरुपमा गर्ने कार्यक्रमहरुमा लायन्स फुड बैंकबाट खाद्यान्न वितरण, रक्तदान, वृक्षारोपण र जनचेतनामूलक लगायतका रहेका छन् ।

    कार्यक्रममा टिम एरिया लिडर लायन श्रीधर भण्डारीले सम्पूर्ण लायन लिडर र सदस्यहरुलाई फुटेर होइन जुटेर एकैसाथ लायनिजमको यात्रामा अघि बढ्न र लायन्स सप्ताह मनाउन अनुरोध समेत गरेका छन् ।

  • बूढानीलकण्ठ नगरपालिकाद्वारा आफ्नै स्वामित्वमा पिकनिक स्थल र जिप फ्लायर निर्माण गर्ने घोषणा

    बूढानीलकण्ठ नगरपालिकाद्वारा आफ्नै स्वामित्वमा पिकनिक स्थल र जिप फ्लायर निर्माण गर्ने घोषणा


    अमृता के सी ( रोनी )
    काठमाडौँ, असार १० ।काठमाडौँ स्थित बूढानीलकण्ठ नगरपालिकाले नगर भित्र आफ्नै लगानीमा पिकनिक स्थल र जिप फ्लाएर निर्माण गर्ने भएको छ। बूढानीलकण्ठ नगरपालिकालाई स्वच्छ शान्त समृद्ध पर्यटकीय नगर निर्माण गर्ने पारीकल्पना गर्दै आफ्नो आठौं नगर सभामा पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधिको विकासका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रिसोर्ट सहितको वनभोज स्थल र जिप फ्लाएर निर्माण गरिने उल्लेख गरिएको छ ।नगरपालिकाले वडा नं १ मा रिसोर्ट सहितको वनभोज स्थल र वडा नं १३ रातमाटे डाँडामा वनभोज स्थल र जिप फ्लाएर निर्माण गरिने उल्लेख गरेको हो ।
    बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्दव प्रसाद खरेलको अध्यक्षतामा नगर सभाको उद्घाटन शत्रमा “पर्यटन पूर्वाधार समृद्धिको आधार” भन्ने नारा तय गरेर नगरपालिकाले दुई स्थानमा वनभोज स्थल र एक स्थानमा जिप फ्लाएर निर्माण गर्ने जनाएको हो ।

  • नेपाल मेडिकल कलेजको लापरवाहीले बिरामीको मृत्यु भएको आफन्तको आरोप

    नेपाल मेडिकल कलेजको लापरवाहीले बिरामीको मृत्यु भएको आफन्तको आरोप

    पुरुषाेत्तम घिमिरे,काठमाडौं

    जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको लापरवाहीका कारण बिरामीको मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन् । कोभिड संक्रमणपछि अस्पताल भर्ना भएका जोरपाटीका ४० बर्षीय प्रकाश लामाको मंगलबार साँझ निधन भएको हो । सामान्य अवस्थामा उपचार गराइरहेका उनको सोमबार एक्कासी स्वास्थ्य अवस्था बिग्रेको आफन्तको भनाई छ । मृतकका दाजु प्रदीप लामाका अनुसार सोमबार राती अस्पतालमा अक्सिजन सकिएको थियो ।

    बिना अक्सिजन २ घण्टा सम्म बिरामीलाई राख्दा भाइको अकालमा ज्यान गएको उनले बताए । उनको मृत्युपछि आज आफन्तले अस्पताल परिसर घेरेर विरोध समेत गरेका थिए । अक्सिजन नभए अस्पतालले बेलैमा जानकारी गराउनु पर्ने उनीहरुको भनाई छ । अस्पताल प्रशासनको तर्फबाट भने यो घटनाबारे कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।

  • बूढानीलकण्ठ नगरपालिकाले असारे नगर सभा गर्दै

    बूढानीलकण्ठ नगरपालिकाले असारे नगर सभा गर्दै


    अमृता के सी ( रोनी )
    काठमाडौँ,असार ८ ।बूढानीलकण्ठ नगरपालिकाको आठाैँ नगरसभा हुने भएको छ। नगर सभा भर्चुअल माध्यमद्वारा आगामी असार ९ गते आयोजना गरिएको हो ।नगरसभाको प्रत्यक्ष प्रसारण विभिन्न स्थानिय संचार माध्यमबाट गरिने नगर प्रमुख उद्दव प्रसाद खरेलले बताए ।

    संविधानमा र स्थानिय तह संचालन ऐन २०७४ मा व्यवस्था भए अनुसार प्रत्येक आर्थिक वर्षमा नगरसभाकाे बैठक ६ महिनाकाे अन्तरालमा बस्ने गरेकाे छ, जसलाइ असारे र हिउदे नगरसभा भन्ने गरिन्छ ।असारे नगरसभामा वार्षिक रूपमा हुने आर्थिक कार्यक्रमहरू,बजेट तथा अनुमान पारित गरि वार्षिक कार्यक्रम तयार गरिन्छ भने हिउँदे नगरसभामा आगामी ६ महिनामा कार्यतालिका अनुसार कार्यक्रमहरूलाई प्रभावकारी तरिकाले संचालन गर्नकाे लागि छलफल गरिन्छ ।

    आर्थिक वर्ष २०७८/०७९ काे बूढानीलकण्ठ नगरको पहिलाे नगरसभा हुन लागेकाे जानकारी गराउदैँ नगर प्रमुख खरेलले नगरवासीहरुलाई सल्लाह सुझाव साथै प्रतिक्रिया दिन चाहेमा नगरपालिकाकाे उजुरी पेटी अथवा सामाजिक संजाल मार्फत दिन समेत अपिल गरेका छन् ।

  • लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ द्वारा सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावितहरुलाई सहयोग

    लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ द्वारा सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावितहरुलाई सहयोग


    अमृता के सी ( रोनी )
    काठमाडौँ, असार ७। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा बाढी पहिरो प्रभावितहरुको लागि राहत प्रदान गरेको छ।सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको लगातारको वर्षा पछि मेलम्ची र इन्द्रबतिमा आएको बाढीले भौतिक संरचना सँगै धनजनको क्षतिको साथै कयौं बेघर भएका छन्।हालको विषम परिस्थितिमा राहतको लागि उक्त ठाँउबाट अपिल भैरहेको छ ।शुक्रबार लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का डिस्ट्रिक गभर्नर टंक बहादुर श्रेष्ठ, पूर्व गभर्नर एवं हालका मल्टिपल डिस्ट्रिक- जीएसटि (ग्लोबल सर्भिस टिम) कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल, लगायत लायन्स लिडर र लायन्स सदस्यहरु राहत सामाग्री लिएर मेलम्ची पुगेका थिए।लायन्स क्लबका डिस्ट्रिक गभर्नर लायन टंकबहादुर श्रेष्ठले नगरपालिकाले अनुरोध गरे बमोजिमका सामग्रीहरु नगर उप प्रमुख भगवती नेपाललाई हस्तान्तरण गरेका थिए।लायन्स क्लबले पहिलो चरणमा केहि सहयोग गरेको र आगामी दिनमा आवश्यकता अनुसार सकेको सहयोग गर्दै जाने डिस्ट्रिक गभर्नर श्रेष्ठले जानकारी गराएका थिए ।

    लायन्सका पूर्व गभर्नर भेटुवालका अनुसार “खाद्यान्न चाहिन्न ” भन्ने माग बिपतमा परेकाहरुको छ।बाढी र पहिरोको कारण मेलम्चि क्षेत्र पुर्ण रूपमा डुबानमा परेकोले घरहरू क्षतिग्रस्त साथै मानिसहरू बेपत्ता समेत भइ धनजनको क्षति भएको छ। बिपतमा परेकाहरूले बस्ने, सुत्ने, लगाउने, दैनिक आवश्यकताका सरसामान तथा ढुंगा र जालि उपलब्ध गराईदेउ भन्ने नारा सहित आन्दोलन गरेको जानकारी विश्व न्युजलाई गराए।लायन्स क्लबले हालको परिस्थितिलाई मध्य नजर गर्दै सहयोग लिएर पुन मेलम्ची जाने वाचा समेत गरेको बताए।

    जहाँ आवश्यकता त्यहाँ लायन्स भन्दै सेवा भावले अघि बढेको क्लबले बिपत्तिमा परेकाहरुको लागि मास्क ५ सय थान, टुथ ब्रस ५ सय थान ,टुथ पेस्ट ५ सय थान, स्यानीटरी प्याड ५ सय प्याकेट,हात धुने साबुन ५ सय थान,बच्चाहरुको लागि १३५ जोर लुगा, बल्यांकेट १५० थान, झुल सय थान साथै २२ सय केजी तरकारी लगायतको सामाग्री हस्तान्तरण गरेको थियो।आपत बिपतको घडिमा सहयोग गरेकोमा उप प्रमुख भगवती नेपालले लायन्स क्लबलाइ धन्यवाद दिएकी थिइन् ।

  • मेलम्ची र हेलम्बुका बाढी पिडितलाई कागेश्वरी मनहोरा नगरपालिकाको १०/१० लाख सहयोग घोषणा

    मेलम्ची र हेलम्बुका बाढी पिडितलाई कागेश्वरी मनहोरा नगरपालिकाको १०/१० लाख सहयोग घोषणा


    अमृता के सी ( रोनी )
    काठमाडौँ, असार ३। कागेश्वरी मनोहरा नगरपालिकाले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपलिकाको विपद राहत कोषमा १० /१० लाखको दरले सहयोग प्रदान गर्ने भएको छ। सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको लगातारको वर्षा पछि मेलम्चीमा आएको बाढीले भौतिक संरचना सँगै धनजनको क्षति पुर्‍याएको छ । हेलम्बु गा.पा को तिम्बु, किउल,गणेशे बगर,चनौटे,ग्याल्थुम लगायतका क्षेत्रका करिब १४० घरधुरी विस्थापित छन्।हालको विषम परिस्थितिमा राहतको लागि उक्त ठाँउबाट अपिल भैरहेको छ।

    कागेश्वरी मनहोरा नपाले आज बिहान नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बैठक बसी २०७८ साल असार १ गते अविरल वर्षाले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा मेलम्ची खोला तथा इन्द्रावती नदीमा आएको बाढीले धनजनको अकल्पनीय क्षति पुग्न गएको हुँदा राहत स्वरूप मेलम्ची नगरपालिका तथा हेलम्बु गाउँपालिकको विपद राहत कोषमा १० /१० लाख रुपैयाँका दरले कागेश्वरी मनोहरा नगरपालिकाको तर्फ बाट सहयोग गर्ने निर्णय भएको नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी गराए साथै उक्त प्राकृतिक प्रकोपबाट घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै, मृत्यु भएका दिवंगत व्यक्तिहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार प्रति समबेदना व्यक्त गरेको छ ।

  • मन्त्री कृष्ण गोपाल श्रेष्ठले गरे निर्माणाधीन राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति (स्मारक) को अवलोकन भ्रमण

    मन्त्री कृष्ण गोपाल श्रेष्ठले गरे निर्माणाधीन राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति (स्मारक) को अवलोकन भ्रमण


    अमृता के सी ( रोनी )
    काठमाडौँ,जेठ ३१। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका अध्यक्ष कृष्ण गोपाल श्रेष्ठले यज्ञडोल (जगडोल) सामुदायिक वनमा निर्माणाधीन राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति,स्मारकको अवलोकन भ्रमण गरेका छन्।

    कार्यक्रममा विश्व वातावरण दिवसको अवसर पारेर मन्त्री श्रेष्ठले वृक्षारोपण गरेका थिए ।आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य मार्फत निर्णय भए बमोजिम काठमाडौँको यज्ञडोल जगडोल सामुदायिक वनमा युनेस्को संग्राहलय ग्राम निर्माणका लागि समेत उनले स्थलगत निरीक्षण गरेका हुन् ।
    सोमबार भएको सो निरीक्षण अवलोकन भ्रमणमा क्षेत्र नं ३ का सांसद कृष्ण राई, युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिब डा.बाबुराम अधिकारी, जिल्ला समन्वय समिति काठमाडौंका सदस्य उद्दब भण्डारी, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, नेकपा एमाले गोकर्णेश्वर नगर अध्यक्ष उद्दब बिष्ट, लगायतको उपस्थिति रहेको थियो ।

    उक्त कार्यक्रममा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिब डा. बाबुराम अधिकारी र राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति (स्मारक) यज्ञडोल जगडोल सामुदायिक बन पर्या-पर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले स्वागत गरेका थिए भने अध्यक्ष सिग्देलले राष्ट्रिय शहीद तथा शान्ति पार्क निर्माणको हाल सम्मको वस्तु स्थिति, प्रगति विवरणका साथै भाबि योजना एवं समस्याका बारेमा जानकारी गराएका थिए ।

  • धनुषामा पोखरीमा डुबेर ज्यान गुमाएका बालिकाका परिवारले प्रदेश सरकारबाट नगद सहयोग पाउने

    धनुषामा पोखरीमा डुबेर ज्यान गुमाएका बालिकाका परिवारले प्रदेश सरकारबाट नगद सहयोग पाउने

    जनकपुर । धनुषामा पोखरीमा डुबेर ज्यान गुमाएका पाँच बालिकाका परिवारलाई प्रदेश सरकारले सहयोग घोषणा गरेको छ । प्रदेश नं २ सरकारले जनही एक, एक लाख सहयोग गर्ने घोषणा गरेको हो ।


    धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि मुसहरनिया गाउँपालिका ६ स्थित पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिताको ज्यान गएको हो ।

    प्रादेशिक अस्पतालमा मृतक बालिकाको शव परीक्षणपश्चात परिवारलाई जिम्मा लगाइएको छ । मृतक पाँचै जनाको शव परीक्षणपश्चात गाउँ लगेर अन्तिम संस्कार गरिएको छ । अधिक गर्मीको समयमा माछापालन गर्न खनिएको खाल्डोमा पा्रडी खेल्न छिरेका बालिकाहरुको मृत्यु भएको हो ।

  • धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

    धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

    जनकपुर । धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बीचमा रहेको पोखरीमा डुबेर पाँच जना बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पोखरीमा पौडी खेल्ने क्रममा १० देखि १३ वर्ष उमेर समूहका ५ जना बालिकाको डुबेर ज्यान गएको हो ।

    माछा पालना गर्न नयाँ पोखरी खनिएको र सोही पोखरीमा पौडी खेल्ने क्रममा बालिकाको ज्यान गएको हो । प्रहरीका अनुसार बालबालिका गोठालो गएका थिए । अत्यधिक गर्मी रहेको त्यस समय बालिकाहरु पौडी खेल्न जाँदा डुबेपछि उनीहरुसँगै गएका बालकहरुले आफन्तलाई खबर गरेका थिए ।

    आफन्तले तत्काल प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ पुगेको प्रहरीको टोलीले ५ जना बालिकाको शव निकालेको हो । प्रहरीले पोखरी वैध वा अवैध हो भन्नेबारे अनुसन्धान थालेको जनाएको छ ।

  • लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसको आकस्मिक रक्तदान सम्पन्न

    लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसको आकस्मिक रक्तदान सम्पन्न


    अमृता के सी ( रोनी )
    काठमाडौँ,जेष्ठ २६ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोभिड–१९ का कारण जारी भएको निषेधाज्ञाले राजधानी सहित देशका धेरै जसो अस्पताल र रक्तकेन्द्रमा रगतको चरम अभाव भएपछि कान्तिपुर अस्पताल रक्त संचारको प्राविधिक सहयोगमा बुधबार रक्तदान कार्यक्रम गरिएको हो।स्वास्थ्य मापदण्डअनुसार सुरक्षित तवरले गरिएको कार्यक्रम काठमाडौँ महानगरपालिका वडा नं ६ नयाँबस्तिमा बिहान ९ बजे देखि दिउँसो १ बजे सम्म संचालन गरिएको हो ।कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसको संस्थापक अध्यक्ष विख्यात प्रसाद थपलियाले नमुना बौद्ध चेस क्लब, काइजेन फर किड्स प्रि स्कुल एण्ड डे केयर सेन्टर, श्री बागमती रुद्रेश्वर समाज, काठमाडौं महानगरपालिका वडा नं ६ परिवार र नेपाल युथ फिटनेस एण्ड क्यालिस्थेनिक्सको सहयोग रहेको जानकारी गराए।

    उक्त आकस्मिक रक्तदानमा ५० पिन्ट रगत संकलन भएको आयोजकले विश्व न्युजलाई जानकारी गराए। हालको विषम परिस्थितिमा खेर जाने रगत स्वास्थ्य व्यक्तिलाई हरेक तीन महिनामा एक पटक रक्तदान गर्न समेत आयोजकले सम्पूर्ण रक्तदाताहरुलाई अनुरोध गरेको छ।कार्यक्रममा धेरै जना रक्तदाताहरुले रक्तदान गर्न इच्छा देखाए पनि स्वास्थ्य लगायतको कारणले गर्दा रक्तदान गर्न नसकेको जानकारी गराउदै कार्यक्रममा उपस्थित सम्पूर्णलाई आयोजकले धन्यवाद समेत दिएको छ।

  • कपन सिद्देश्वर मन्दिर क्षेत्रबाट लागु पदार्थ सहित तिन जना पक्राउ

    कपन सिद्देश्वर मन्दिर क्षेत्रबाट लागु पदार्थ सहित तिन जना पक्राउ


    अमृता के सी ( रोनी )
    काठमाडौँ,जेष्ठ २६ ।बूढानिलकण्ठ नगरपालिका वडा नं १० कपन सिद्देश्वर मन्दिर क्षेत्रबाट लागु पदार्थ सहित तिन जना पक्राउ परेका छन्।महानगरीय प्रहरी प्रभाग कपनको टोलीले मन्दिर क्षेत्रमा लागु औषध सेवन तथा बिक्रि बितरण भई रहेको सूचना प्राप्त हुनासाथ जेष्ठ २५ गते साँझ करिब ५ बजेको समयमा उक्त क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ परेकाहरुको साथ तथा निजहरु बस्ने घर कोठामा खानतलासी गर्दा डाईजिपाम २७ थान नोफिन ३२ थान फेनेर्गान ५९ थान गरी जम्मा ११८ थान तथा लागु औषध बिक्रिबितरणको लागी प्रयोग हुने ठूलो सानो गरी रबर जम्मा ३५० ग्राम र प्रयोग भइसकेको डाइजिपाम , फेनेर्गान नोफिनको खाली एम्पुल जम्मा १२९ थान फेला परेको थियो।

    उनीहरुलाई आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

  • विषालु च्याउ खाँदा इलाममा दुई जनाको मृत्यु

    विषालु च्याउ खाँदा इलाममा दुई जनाको मृत्यु

    इलाम । इलाममा विषालु च्याउ सेवनबाट दुई जनाको मृत्यु भएको छ । राससका अनुसर इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा ज्यान गएको हो । ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राईको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैले गत शनिबार इलाम नगरपालिका वडा नम्बर ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए।

    जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार टीकाबहादुरको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो। जीतबहादुरको आफ्नै घरमा मृत्यु भएको समाचारमा उल्लेख छ । वीरमान र उनकी पत्नी विष्णुकुमारी पनि बिरामी छन्। उनीहरूलाई बिएण्डसी हस्पिटलमा उपचारका लागि ल्याइएकोमा निको भएर घर फर्केका छन् ।

  • लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरियसको आकस्मिक रक्तदान कार्यक्रम

    लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरियसको आकस्मिक रक्तदान कार्यक्रम


    अमृता के सी ( रोनी )
    काठमाडौँ, जेष्ठ २५ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरियसको आकस्मिक रक्तदान हुने भएको छ।

    कोरोना लहरको विषम परिस्थितिमा हस्पिटलमा रगतको चरम अभाव सिर्जना भइ बिरामीको रगत अभावमा ज्यान सम्म जाने साथै बिरामिका परिवारले रगत संकलनमा भोग्न परेका समस्या केही हदसम्म न्यूनीकरण गर्ने उदेश्यका साथ रक्तदान कार्यक्रम गर्न लागेको जानकारी लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसको संस्थापक अध्यक्ष विख्यात प्रसाद थपलियाले गराए।यहि जेष्ठ २६ गते बुधवार रुद्रेश्वर महादेव मन्दिर परिसर नयाँ बस्तिमा बिहान ९ बजे देखि १ बजे सम्म हुने रक्तदान कार्यक्रममा सहभागी हुनका लागि समेत थपलियाले अनुरोध गरेका छन् ।

  • जोरपाटीमा बोरा भित्र मान्छेको खुट्टा भेटियो

    जोरपाटीमा बोरा भित्र मान्छेको खुट्टा भेटियो


    अमृता के सी ( रोनी )
    काठमाडौँ,जेष्ठ २५ ।काठामाडौँ महानगरपालिका वडा नं ६ स्थित नयाँ बस्तीमा बोरा भित्र मान्छेको खुट्टा भेटिएको छ।नयाँबस्ती एरिना फुटसल नजिकैको फोहोर फाल्ने ठाउँमा मान्छेको घुँडा भन्दा मुनिको एउटा खुट्टाको मात्र भेटिएको प्रहरी श्रोतले जनाएको छ ।घटनास्थलमा पुगेको महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार आज बिहान बोरामा पोको पारेर फ्यालिएको र जलेको अवस्थामा मानिसको एउटा खुट्टा फेला परेको हो ।घटनास्थलमा बेवारीसे खुट्टा संगै ब्लेड र सिम कार्डहरु समेत फेला परेको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौंको टोली पनि घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। खुट्टा कस्को हालसम्म सनाखत हुन सकेको छैन ।

  • सुदुरपश्चिमका मूख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

    सुदुरपश्चिमका मूख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

    धनगढी । सुदुरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले आज संसदबाट विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा एमालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोहीकारण मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएका हुन् । यहाँ एमालेका माधव नेपाल पक्षका सांसदले फ्लोर क्रस गर्ने सम्भावना छ ।

    सो अवस्थामा भट्ट पुनः मूख्यमन्त्रीमा कायम रहने छन् । उक्त प्रस्तावको विरूद्ध मतदान गर्न नेकपा एमालेले ह्विप भने जारी गरेको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ह्वीप जारी गर्न पार्टी संसदीय दललाई निर्देशनसमेत दिएको छ। राससका अनुसार एमाले प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई मुख्यमन्त्री भट्टले राखेको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप लगाउने निर्देशनसहित पत्र पठाएका छन्।

    सुदूरपश्चिम प्रदेश सभामा ५२ सदस्य छन्। मुख्यमन्त्री भट्टले २७ मत ल्याएमा उनको कुर्सी जोगिने छ । प्रदेशसभामा नेकपा एमालेका २४, नेकपा माओवादीका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी जसपाका दुई सांसद छन् । एमालेका २४ मध्ये ९ जना मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा छन् ।

  • बूढानीलकण्ठ नगरपालिकाको खोप लगाउने कार्यक्रम यस्तो छ

    बूढानीलकण्ठ नगरपालिकाको खोप लगाउने कार्यक्रम यस्तो छ


    अमृता के सी ( रोनी )
    काठमाडौँ, जेष्ठ २४ ।बूढानीलकण्ठ नगरपालिकामा चिनिया भेरोसेल खोपको पहिलो डोजका लागि स्थान र दिन तोकिएको छ ।६० देखि ६४ वर्ष उमेर समूहका नगरवासीलाई तलको स्थान र मितिमा खोप लगाइने नगरपालिकाले जानकारी दिएको छ।

    सूचना:-

  • निषेधाज्ञाको मौकामा जुवाको दाउ, दाङबाट ६ जना पक्राउ

    निषेधाज्ञाको मौकामा जुवाको दाउ, दाङबाट ६ जना पक्राउ

    घोराही । निषेधाज्ञाको समयमा जुवाको खालमा बसेका ६ जनालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ । उनीहरुको साथबाट करिब डेढ लाख रुपैयाँ नगद बरामद भएको राससले लेखेको छ ।

    शनिवार बेलुका घोराही उपमहानगरपालिका १५ मा रहेको एक होटलमा जुवा खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट गएको टोलीले होटल सञ्चालकसहित ६ जना जुवाडेलाई पक्राउ गरेको हो । । जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकृत एवम् प्रवक्ता मुकुन्दप्रसाद रिजालका अनुसार उनीहरुको साथबाट नगद एक लाख ३९ हजार रुपैयाँ र एक गड्डी तास बरामद भएको छ ।

  • सिरहामा औषधी व्यवसायीमाथि गोली प्रहार

    सिरहामा औषधी व्यवसायीमाथि गोली प्रहार

    मिर्चैया । सिरहामा गोली प्रहारबाट एक औषधि व्यवसायी घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ४ मा अज्ञात समूहले शनिबार बेलुकी गोली चलाएको हो ।

    घटनामा मेडिकल सञ्चालक अन्दाजी ४२ वर्षिय सामसागर साफी घाइते छन् । साफीमाथि दुइटा गोली लागेको प्रहरीले जनाएको छ । उनको बायाँ तीघ्रा र बायाँ हातमा गोली लागेको छ । साफीको मंगलम् अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको समेत प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको छ ।