Category: स्थानीय

  • संखुवासभा हत्याकाण्ड: ६ जनाकै टाउकोमा प्रहार गरि हत्या भएको खुल्यो

    संखुवासभा हत्याकाण्ड: ६ जनाकै टाउकोमा प्रहार गरि हत्या भएको खुल्यो

    धरान । संखुवासभामा भएको सामूहिक हत्या काण्डमा मारिएका ६ जनालाई नै टाउकोमा प्रहार गरि मारिएको पाइएको छ । मृतकहरुको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो । चिकित्सकका गरेको प्रारम्भिक जाँचबुझ अनुसार टाउकोमा देखिएको गम्भीर चोटका कारण उनीअरुको मृत्यु भएको देखिएको छ । टाउकोमा पछाडीबाट लौरो वा मुंग्रो जस्तो वस्तुले प्रहार गरिएको र यसले टाउकोमा गम्भीर चोट लाग्दा ज्यान गएको पाइएको छ । प्रहरीले हत्यामा प्रयोग भएको वस्तु अझै बरामद गर्न सकेको छैन ।

    प्रहरीका अनुसार हत्या सोमबार बिहान भएको हुन सक्ने अनुमान छ । मृतकको खुट्टामा जुत्ता चप्पल समेत देखिएका कारण घटना अझ रहस्यमय बनेको हो । सोमबार बिहान संखुवासभाको मादी नगरपालिका–१, उमलिङको खोला गाउँमा बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको छ ।

    ९३ वर्षीया बौद्धमान कार्की मात्र सकुशल छन् । बौद्धमानका छोरा तेजबहादुर कार्की, श्रीमती पार्वती कार्की, बुहारी कमला कार्की, तेजबहादुरकी बुहारी रञ्जना कार्की, नाति विपिन र नातिनी गोमा कार्कीको हत्या भएको छ । प्रहरीले मंगलबारबाटै घटनाबारे गम्भीर अनुसन्धान थालेको बताएको छ ।

  • गोकर्ण प्राथमिक अस्पतालमा विशेषज्ञ सेवा शुभारम्भ

    गोकर्ण प्राथमिक अस्पतालमा विशेषज्ञ सेवा शुभारम्भ


    अमृता के सी ( रोनी )
    काठमाडौं, भाद्र २१। गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णमा रहेको गोकर्ण प्राथमिक अस्पतालमा विशेषज्ञ सेवा शुभारम्भ भएको छ। आइतबार नगर प्रमुख चालिसेले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका हुन् ।

    ” गोकर्णेश्वर नगरपालिकाको चाहना स्वास्थ्य जीवनको कामना ” भन्ने मुल नाराको साथमा गोकर्ण प्राथमिक अस्पतालबाट नियमित तथा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउदै आइरहेकोमा सेवाग्राहीलाई सहज रुपमा भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले विशेषज्ञ सेवा शुभारम्भ भएको जानकारी गराइएको छ। विशेषज्ञ सेवा अन्तर्गत स्त्री रोग ,बाल रोग, जनरल फिजिसियन र रेडियोलोजिष्ट सहितका सेवा सर्वसुलभ मुल्यमा उपलब्ध गराउने भएको छ।

    स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै गोकर्ण प्राथमिक अस्पताल व्यवस्थापन समितिका सदस्य राजकुमार श्रेष्ठले वि.सं.२०३२ मा स्थापना भएको स्वास्थ्य चौकीलाई २०७६ साल असारमा गोकर्ण प्राथमिक स्वास्थ्य केन्द्र विशेषज्ञ सेवा सहित १५ शय्याको अस्पतालमा स्तरोन्नति गरिएको जानकारी गराएका थिए ।कार्यक्रममा डा .सुवास प्याकुरेलले शुभकामना मन्तब्य सहित विशेषज्ञ सेवाको बारेमा जानकारी गराएका थिए। उनले गोकर्ण प्राथमिक अस्पतालाई केन्द्रमा राखेर नगरपालिकाको दुर्गम भागहरुमा समेत स्वास्थ्यको पहुच पुर्‍याउनु पर्नेमा जोड दिएका थिए।

    कार्यक्रममा शुभकामना मन्तब्य राख्दै उप प्रमुख शान्ति नेपालले विगतको गोकर्ण प्राथमिक अस्पतालको अवस्थाबारे अवगत गराउदै लामो समयको पहल पश्चात सुबिधा सम्पन्न अस्पताल निमार्ण गरि उक्त सेवा शुचारु गर्न पाउदा खुसि लागेको जानकारी गराएकी थिइन्। उनले आफु पनि महिला स्वास्थ्य स्वयं सेविकाको रुपमा काम गरेको स्मरण गर्दै महिला स्वास्थ्य स्वयं सेविकाको सेवा सुबिधालाइ क्रमिक रुपमा वृद्दि गर्न आफुले पहल गरेको पनि जानकारी गराएकी थिइन्।कार्यक्रममा कोभिड महामारी न्यूनीकरणमा सहयोग गरेका डा. सुबास प्याकुरेललाइ दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सन्तोष चालिसेले गोकर्ण अस्पतालको क्षमता वृद्धि गर्ने क्रममा २०७६ घोषणा पश्चात अस्पतालको स्वरुपमा परिवर्तन आएको र नगरपालिकाले सबैको सहयोगमा सो अस्पताललाइ पूर्ण क्षमतामा संचालन गर्न सफल भएको बताए ।निम्न आय भएका व्यक्ति बिरामी भएको खण्डमा अन्य अस्पताल जाँदा धेरै पैसा खर्च हुने बताउदै गोकर्ण प्राथमिक अस्पतालले न्यून शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए।आगामी दिनमा पनि उक्त अस्पताललाइ नगरपालिकाको सहयोग रहने जानकारी गराएका थिए ।

    गोकर्णेश्वर वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपाल, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धर, वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, नेकपा एमाले काठमाडौं जिल्ला सचिवालय सदस्य एवं प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरि कृष्ण श्रेष्ठ, यज्ञडोल जगडोल सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देल, वडा नं ४ का वडा सदस्य जयराम महत, वडा नं ८ का वडा सदस्य नन्दलाल श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय, डा. सुवास प्याकुरेल, महानगरीय प्रहरी प्रभाग गोकर्णका प्रमुख प्र.ना.नि. रामजी घिमिरे, गोकर्ण महिला संजालको अध्यक्ष अम्बिका पौडेल लगायत गोकर्ण प्राथमिक अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, महिला स्वास्थ्य स्वयं सेविका लगायत स्थानीयको उपस्थिति रहेको थियो।

    कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष एवं गोकर्ण प्राथमिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री कुमार श्रेष्ठले अस्पतालमा अन्य सेवाहरु पनि क्रमिक रुपमा विस्तार गर्दै जाने बताए । उनले उक्त अस्पतालबाट विशेषज्ञ सेवा लिन साथै आर्थिक अवस्था कमजोर भइ अस्पताल जान नसक्नेहरुले समेत सर्वसुलभ सेवा प्राप्त गरुन् भन्ने उदेश्यले सेवाको प्रचार प्रसार गर्न अनुरोध गरेका थिए ।साथै जेष्ठ नागरिक, गरिब, अपांग भएका व्यक्ति, विपन्न परिवार, असाहय र एकल महिलाहरुलाई वडा कार्यालयको सिफारिसको आधारमा छुटको व्यवस्था गरिने समेत जानकारी दिएका थिए ।

  • रसुवामै युरोपियन स्याऊको उत्पादन तथा बिक्री

    रसुवामै युरोपियन स्याऊको उत्पादन तथा बिक्री

    सरस्वती न्यौपाने, रसुवा

    गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ ब्राबलमा ‘ब्रावाल कृषि समूह स्याउ फार्म’को इटालीबाट ल्याइएको ११ हजार फुजी, बाला र गोल्डेन जातको स्याउ फल्न थालेको छ ।

    फार्मका अध्यक्ष डिण्डुव तामाङका अनुसार एक वर्षअघि इटालीबाट ल्याएर रोपेको स्याउले यही वर्षबाट आम्दानि दिन थालेको छ । गत वर्षको असारमा ल्याएको अब आउँदो असोजबाट बेच्न मिल्ने भएको छ, उनले भने ।
    बागमति प्रदेशबाट ५० प्रतिशत र समूहबाट ५० प्रतिशत गरी करिब १३ करोड २० लाख रुपैयाँको लगानीमा स्याउ रोपेको हो, उनले भने, ‘त्यसमध्ये कोही मरे, कोहीमा फलेन र सप्रिएको बिरुवाबाट ४ किलोसम्म फल्ने छ ।’

    लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ब्रावालमा सामूहिक रूपमा चिराइतो खेति गर्ने गाउँ भनेर चिनिएको ठाउँ अबका दिनमा स्याउ फल्ने गाउँ भनेर पनि चिनिनेछ, डिन्डुपले भने । स्थानीय जातका स्याउ लगाउँदा ५ वर्षपछि मात्र उत्पादन हुने गरेको तर फुजि र वाला स्याउले एक वर्षमै आम्दानि दिन थालेपछि स्थानीय कृषकहरू यसप्रति आकर्षित हुँदै गएको छ ।

    पाखो र भिरालो जमिनलाई पनि स्याउ उत्पादन गरेर आम्दानिको स्रोत बनाएकोमा गोसाईंकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले खुसी व्यक्त गरे ।

    ठुलो स्याफ्रु हुँदै लाङटाङ तथा गोसाईंकुण्ड यहीँ पदमार्ग हुँदै जाने भएकाले स्याउ फल्ने समयमा आन्तरिक तथा बाह्य पर्यटकले समेत अवलोकन गर्न सकिने गोसाईंकुण्ड गापा वडा नं ५ का वडाध्यक्ष सिङगेडिण्डुव तामाङको भनाइ छ ।
    रसुवाको माथिल्लो भेग बिस्तारै स्याउ खेतिको लागि प्रख्यात हुँदै गएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

  • कैलालीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

    कैलालीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

    कैलाली । कैलालीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार विङ्गर र अटो रिक्सा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । शुुक्रबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरत कैलालीको गौरीगंगा नगरपालिका ४ राजीपुुरमा पूर्वतर्फ गइरहेको म१ज ३१९ नम्बरको विङ्गर र विपरीत दिशाबाट आइरहेको से१ह २५१० नम्बरको अटो रिक्सा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीको भनाई छ ।

    दुुर्घटनामा अटोमा सवार घोडाघोडी नगरपालिका ९ का २४ वर्षीय युुवराज चौधरी, २६ वर्षीय भीगम चौधरी र १९ वर्षीय जितेन्द्र चौधरीको ज्यान गएको छ । दुुर्घटनामा घोडाघोडी नगरपालिका९ कै २३ वर्षीय दीपेन्द्र चौधरी, २२ वर्षीय सुरेन्द्र चौधरी, २९ वर्षीय हरी चौधरी, १९ वर्षीय आशन चौधरी र कञ्चनपुरको वेदकोट नगरपालिक १० दैजीका २५ वर्षीय धने रावल घाइते भएका छन् । उनीहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार जारी छ । विङ्गरका चालक फरार छन् ।

  • पोखरामा छुट्टाछुट्टै स्थानमा पहिरोमा परि ३ जनाको मृत्यु, १ वेपत्ता

    पोखरामा छुट्टाछुट्टै स्थानमा पहिरोमा परि ३ जनाको मृत्यु, १ वेपत्ता

    पोखरा । पोखराका छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परि ३ जनाको ज्यान गएको छ । एक जना बेपत्ता छन् । घटनामा ५ घाइते भएको र उनीहरुको उपचार जारी रहेको बताइएको छ ।कास्की प्रहरीलाई उदृत गर्दै संचारमाध्यमले लेखे अनुसार बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पोखरा–२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको ज्यान गएको छ ।

    श्रेष्ठको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा र सुनमायाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुका ३ वर्षका छोरा सन्तोष बेपत्ता छन् । उनीहरुका ९ वर्षीय छोरा राजकुमार भने घाइते छन् । उता, पोखरा–११ भन्ज्याङ नमुनाटोलस्थित एक घरलाई पहिरोले पुर्दा ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ । पहिरोमा परेर घाइते उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    नेपालीकी छोरी १४ वर्षीया सृष्टि उपचारपछि घर फर्किएकी छिन् । श्रीमती र दुई छोरालाई सकुशल उद्धार गरिएको छ । उता, पोखरा–११ बसेरीमा पहिरोले घर पुर्दा एकदेव तिमिल्सिना, उनकी श्रीमती रितु, छोरा गिरिष घाइते भएको प्रहरीले जनाएको छ ।

  • जगडोलको शहीद पार्कमा सप्ताह व्यापी वृक्षरोपण कार्यक्रमको शुभारम्भ

    जगडोलको शहीद पार्कमा सप्ताह व्यापी वृक्षरोपण कार्यक्रमको शुभारम्भ


    अमृता के सी ( रोनी )
    काठमाडौँ, भाद्र १६ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित राष्ट्रिय शहिद तथा शान्ति पार्कमा राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियानको शुभारम्भ गरियो । बुधबार एक कार्यक्रमका बिच महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरिक्षक ढुण्डीराज न्यौपानेको प्रमुख आतिथ्यतामा राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियान सुरु गरिएको हो ।

    बूढानीलकण्ठ वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोकर्णेश्‍वर नगरपालिका नगर प्रवक्ता एवं वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, गो.न.पा. वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, गो.न.पा. ९ का वडा अध्यक्ष राजीव थापा, राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देल, गोकर्ण प्रहरी प्रभाग प्रमुख प्र.न.नि. रामजी घिमिरे, गो.न.पा.४ का सचिव नवराज सेन लगायत स्थानिय संघ संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो।

    वृक्षरोपण अभियान बारे प्रकाश पार्दै राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वनका अध्यक्ष सिग्देलले प्रधानमन्त्रीबाट देशभरी निजामती कर्मचारी, राष्ट्रसेवक प्रहरी, आर्मीबाट अभियानको रुपमा भाद्र २२ गते निजामती सेवा दिवसको दिन सम्म साताव्यापी कार्यक्रम रहेको जानकारी गराए। उनले निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वन क्षेत्रमा नै राष्ट्रसेवक कर्मचारीहरुले सुरु गरेको अभियानलाई स्थानिय संघ, संस्था,समुदाय र सरोकारवाला निकायहरुले साथ दिने बताए।साथै ” जल, जमिन र जंगलको संरक्षण र उपयोग गरौं। एक घर दुइ रुख, एक गाउँ एक वन र एक नगर अनेक उध्यानको अवधारणा साथ समितिलाई टेवा पुर्‍याउ भन्ने सन्देश दिएका थिए” ।

    कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता एवं वडा ८ का अध्यक्ष मनोज ढुंगानाले हाल सम्म नेपालको भुभाग भन्दा पनि वृक्षारोपण धेरै भएकोले कार्यक्रमले सार्थकता पाउन वृक्षारोपण गरि रोपेको विरुवालाई स्याहार, सम्भार र संरक्षणमा जोड दिनुपर्ने बताए।

    कार्यक्रमलाई सम्बोधन गर्दै महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्र.ना.उ. ढुण्डीराज न्यौपानेले महानगरीय प्रहरी वृत्त बौद्धको आयोजनामा सप्ताह व्यापी वृक्षरोपण कार्यक्रम सफल शुभारम्भ भएको बताउदै ” हरियो वन नेपालको धन” नारालाई आत्मसात गर्दै थोरै बिरुवा रोपौं तर रोपिएको विरुवाको जगेर्ना गर्न सबै लागि पर्न सुझाव दिए।

    कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै बूढानीलकण्ठ वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारीले सरकारले राष्ट्रव्यापी अभियान सुरु गरेकोले सफल बनाउन सबैलाई अनुरोध गरेका छन्।साथै वृक्षारोपणले राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वन साथै आसपासको सार्वजनिक भूभागको संरक्षण, हरियाली र सौन्दर्यतालाई बढाउने बताउदै जति बिरुवा रोपेका छौँ ती सबै विरुवालाई हुर्काउन सामुहिक रूपमा सबैले हालेमालो गर्नुपर्ने बताए।वृक्षरोपण कार्यक्रममा फल दिने साथै सौन्दर्य जातका करिब ३० बोट बिरुवा रोपिएको थियोे।

  • गोःरा पर्वको शुरूवात बिरूडा पञ्चमी

    गोःरा पर्वको शुरूवात बिरूडा पञ्चमी

    किशनसिह धामी, न्युयोर्क

    गौःरापर्वको पहिलो शुक्ल पञ्चमीकादिन बिवाहिता महिलाहरु ब्रतबसी बिहान पानीको मुहानबाट तामाका भाडाहरुमा पानी ल्याएर देवताको भण्डार लिपपोत गरि पुजा आजा गरेर ठुलो तामाको भाडोमा पाँच किसिमका गेडागुडी (गहत, केराउ, मास, गहुँ, गुरास)लाई जेठी सासु वा जेठानीबाट झोडो (सगुन) गाउँदै छान्दै केलाउँदै भिजाउँने गर्दछन् । त्यसैलाई पंचबिरुडा भन्दछन् । पंचमीका दिन भिजाएका बिरूडालाई दोश्रो षष्टिका दिन गाउँ भरका महिलाहरु बिरुडाघरमा भेला हुन्छन् र भिजाएका बिरुडालाई सगुन गाएर पानीको मुहानमा लगि धानको खेतमा उम्रेको सँ (घास) कुश, वल, रोडियोँ, बेलपत्र, ऐसेलु र फुल आदीबाट गौःरादेवीको प्रतिमा बनाएर भजन गाएर पुजा गर्दै घास विरुवाले बनाएको प्रतिमालाई धोएर लस्करै सासु, जेठानी दिदी, देवरानी बहिनीले बिरुडा घरमा ल्याउने गर्छन् । उक्त सगुनलाई फाग भन्दछन् ।

    अविवाहिता महिलाहरुले यो ब्रत बस्ने चलन छैन । खास गरेर बिवाहित महिलाहरुले पतिको दिर्घायु र निःसन्तान महिलाले सन्तान प्रप्तिकालागि यो ब्रत बस्ने गर्दछन् । र बेलुकि पुजा आजा गरि फाग गाउदै, नाच्दै, डेउडा खेल्दै रात बिताउँने गर्छन् ।
    सप्तमीको बिहान सोहि प्रकृयाले बिरुडा धोएर बेलुकि त्यो प्रतिमा सहित त्यसै अनुसार नयाँ प्रतिमा बनाएर त्यसलाई धागोले बेरेर गुरु, वा पुजारीद्वारा ती डोराहरुलाई (शुद्ध) अप्सने काम गरिन्छ । यसरि पूजा गरिने बिधिलाई सप्तमी भनिन्छ । अष्टमी पछि ती डोराहरु महिलाले घाटिमा बाधने गर्छन जो आक्रषण तरीकाले बनाएका हुन्छन् । यसलाई स्थानीय भाषामा दुब्धागो भनिन्छ । पुरुषले जनै लाए जस्तै महिलाले दुबधागो लाएर प्रत्येक बिहानीमा पुजा गर्ने गर्छन् । त्यो सप्तमीको रातभरी जागाराम रहेर भजन गीत सगैँ नाचगान गरेर रात बिताउँछन ।


    अष्टिमीका बिहान ती प्रतिमालाई दुलहीको रुपमा सजाएर बिरुडाघरबाट सबै महिलाहरुले पालो पालो गरि आफ्नो टाउकोमा राखेर कमिलाको तातिझै एकै लाइनमा एक पछि आर्कोले क्रमैसंग बोकेर नाच्दै, गाउँदै खेल्दै बिरुडाले पुज्दै मन्दिरमा लाने गर्छन जुन दर्शकहरुका लागि सबैभन्दा आकर्षक पक्ष मानिन्छ ।


    अलग अलग गाउँबाट मन्दिरमा आउँदा दिदी र बहिनीका नाताले स्थापित प्रतिमाहरुको भेटहुँदा दिदीलाई बहिनीले दण्डवत गर्ने चलन छ । त्यहाँ केही समय उभिने गर्छन् । अनि त्यहाँबाट दिदी बहिनी दुबैलाई बाजा गाजा, भोकर, दमाहा सगुन फाग नाच गानसंगै फुल र बिरुडाले पुज्दै मन्दिरमा पुर्याइन्छ तब सम्म हजारौमा महिला पुरुषको अपार मेलाको उपस्थिति भइसकेको हुन्छ । मन्दिरको अगनमा नचाइन्छ खेलाइन्छ । धामी झाँक्रिलाई कमाइन्छ र देवता समर्पित प्रशाद दिने आसिस दिने गर्छन् । त्यस पछि ती ब्रतालु महिलाहरुका लागि गोःरामा चढाएका फलपूmलहरु महिलाहरुको बिशाल हुलका बिचमा आकास तर्फ फाल्छन् जसलाई “फलफटकाउन” भनिन्छ । जसले यो प्रसादलाई आकासमै समाउन सक्छ त्यसलाई शिबपार्वतीको बरदान पाउने बिश्वास गरिन्छ । क्रमशः फलफटकाइसके पछि ब्रतालू महिला सौभाग्यको प्रतिक शिब पार्वतीको प्रशादका रुपमा नयाँ दुबधागो लगाउने चलन छ । परम्परा अनुसार उक्त दुबधागो ग्रहण गर्नलाई गौरादेबीको सौभाग्यको प्रतिक मानि आफ्नो सम्पुर्ण शरीर पवित्र हुने बिश्वास छ र यो कार्य सकेपछि गौरामा चढाएको पञ्च बिरुडाले सम्पुर्ण आफन्तले ठुलाले सानोलाई पुज्ने गर्छन् र आपसमा बाडेर प्रसादका रुपमा लिन्छन् । परापुर्बकालदेखि मनाउँदै आएको महेश्वर र गौरिदेबीको पुजाआजा गरिने यो पर्वमा श्रद्धालुहरू अहिलेसम्म विश्वासकासाथ मनाउँने गर्छन् ।

  • दार्चुलामा बाढी र पहिरोमा परि ३ जनाको मृत्यु, दुई घाइते-दुई वेपत्ता

    दार्चुलामा बाढी र पहिरोमा परि ३ जनाको मृत्यु, दुई घाइते-दुई वेपत्ता

    दार्चुला । दार्चुलामा बाढी पहिरोमा परि तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते र दुई जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी तथा उद्धार गर्न नेपाली सेनाको टोली हेलिकोप्टर लिएर दार्चुला पुगेको छ । आइतबार राति आएको बाढीमा परी दुहु गाउँपालिका–१ बासपालिका नरसिंह महर, उनकी श्रीमति कौशा महर र दुहु गाउँपालिका–५, दुल्लामका मनुवा डडालको मृत्यु भएको हो । प्रहरीका अनुसार कालागाड खोलामा राति १० बजे आएको बाढीले घरसहित बगाउँदा उनीहरुको ज्यान गएको हो ।

    घटनामा दुहँ गाउँपालिकाकै जनकराम पार्की र उजेलीदेवी डडाल गम्भीर घाइते भएका छन् । निजाङगाड खोलाको बाढीले बगाएका स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की भने बेपत्ता रहेको प्रहरीले जनाएको छ । जिल्लामा बाढीले दार्चुला–तिंकर सडकमा पर्ने मोटरेबल पुल, दुइटा झोलुंगे पुल र आधा दर्जन घर बगाएको छ । बाढीका कारण दार्चुला तिंकर सडक खण्डको निजाङगाड पुल बगाउँदा दुहुँ र व्याँस गाउँपालिकाको आवत– जावत बन्द भएको छ ।


    बाढीले दुहुँ–३, को श्रीवगडका पूर्णबहादुर बम, नरेन्द्रबहादुर बम, दिपक बम, रणबहादुर बम, धिरेन्द्र बम र शेरबहादुर बमको घर बगाएको समाचार छ । महाकाली नगरपालिका–१,को श्रीबगडमा देवबहादुर बम, अमरबहादुर बम, सुन्दर बहादुर बम र जित हादुर बमको होटल तथा पसल बगाएको प्रहरीले जानकारी दिएको छ ।

  • काठमाडौंको फोहोर उठ्न नसकेपछि मेयरले गुहारे प्रधानमन्त्रीलाई

    काठमाडौंको फोहोर उठ्न नसकेपछि मेयरले गुहारे प्रधानमन्त्रीलाई

    काठमाडौं । काठमाडौं महानगरपालिकासहित अहिले काठमाडौंका गल्लीगल्ली र घरघरमा फोहोर थुप्रिएको छ । उपत्यकाका सडक र चोकमा फोहोर भरिएर वर्षाको समयमा शहर नै कुरुप हुन थालेपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेर बहादुर देउवालाई गुहार्नु परेको छ । फोहोर व्यवस्थापन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा समेत सकारात्मक भएको बताइएको छ । सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतले प्रधानमन्त्रीलाई भेटेका छन् ।

    देउवाले जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनको पहल समेत लिएका छन् । सिसडोलसम्म जाने बाटो वर्षाका कारण विग्रिएपछि फोहोर उठ्न बन्द भएको बताइएको छ । महानगरपालिकाले सिसडोलसम्म फोहोर बोकेका गाडी लैजान सडक निर्माणको पहल गर्न प्रधानमन्त्रीलाई भनेको हो । प्रधानमन्त्रीले समेत तत्काल सडक विभागका महानिर्देशकलाई टेलिफोनमार्फत तत्काल बाटो बनाउन निर्देशन दिएका छन् । बाटो निर्माण हुनेवित्तिकै तुरुन्तै फोहोर उठाउन सकिने महानगरले बताएको छ । महानगरपालिकाले बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइट छिटो निर्माण सकेर हस्तान्तरण गर्न समेत भनेको छ ।

  • खुल्ने भए गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालयहरु

    खुल्ने भए गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालयहरु

    काठमाडौँ, भाद्र १३ । गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालयहरु भाद्र १५ गते देखि भौतिक रुपमा संचालन हुने भएका छन्।

    नगरपालिकामा भाद्र १३ गते बसेको नगर शिक्षा समितिको बैठकले आगामी भाद्र १५ गते देखि सुरक्षा मापदण्ड सहित विद्यालयहरु खोल्ने निर्णय गरेको हो ।

    कोभिड १९ को दोस्रो लहर बढे संगै बैशाख १६ गते देखि बन्द गरिएका नगरपालिका भित्रका शैक्षिक संस्थाहरु खोलिने भएका हुन् ।गोकर्णेश्वर नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाको सूचना:-

  • बुद्ध शिक्षाको प्रवद्धर्नका लागि हिमालय मैत्री फाउण्डेसन नेपालको स्थापना

    बुद्ध शिक्षाको प्रवद्धर्नका लागि हिमालय मैत्री फाउण्डेसन नेपालको स्थापना


    काठमाडौँ, भाद्र १२ ।बौद्ध ६ तीनचुली स्थित भुवालडाँडामा हिमालय मैत्री फाउण्डेसन नेपालको उद्घाटन भएको छ ।शुक्रबार एक कार्यक्रम बिच फाउण्डेसनका संस्थापक संरक्षक खेन रिम्पोछे फुर्वा दोर्जेले फाउण्डेसनको उद्घाटन गरेका हुन् ।

    फाउण्डेसनको उद्घाटन कार्यक्रम अघि फाउण्डेसनको कार्यालयमा लामा गुरु उर्गेन लामाको नेतृत्वमा हरित तारा पुजा (ढोल्छ्योक) भएको थियो । ९ जनाको कार्यसमिति रहेको फाउण्डेसनको उपाध्यक्ष छिरिङ गुरुङ, सचिव आचार्य बुद्ध लामा र कोषाध्यक्ष समाजसेवी याङ योञ्जन रहेका छन् ।

    फाउण्डेसनका अध्यक्ष आचार्य थुप्तेन (अशोक लामा)ले बुद्ध शिक्षाको प्रवद्धर्नका साथै धर्म संस्कृतिको संरक्षणका लागि फाउण्डेसनले कार्य गर्ने बताए। साथै उनले फाउण्डेसनको प्रशिक्षण कक्षमा बौद्ध शिक्षाको ज्ञान, ध्यान कक्षा, सम्भोटालिपी कक्षा सञ्चालन गरिने जानकारी दिए।

    कार्यक्रमलाई सम्बोधन गर्दै फाउण्डेसनका संस्थापक संरक्षक खेन रिम्पोछे फुर्वा दोर्जेले नेपालमा बौद्ध धर्म संस्कृतिको विकास र संरक्षणमा फाउण्डेसनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने साथै सामाजिक परिवर्तन, सामाजिक विकास र चारित्रिक विकासका लागि समेत कार्य गर्ने बताए।उनले बौद्ध शिक्षाको विकासका लागि समेत समुदाय सचेत भएर कार्य गर्नुपर्ने बताए।

  • ललितपुरमा बाढीले बगाउँदा एक जनाको मृत्यु, एक वेपत्ता

    ललितपुरमा बाढीले बगाउँदा एक जनाको मृत्यु, एक वेपत्ता

    ललितपुर । दक्षिण ललितपुरस्थित बाग्मती गाउँपालिका ६ आश्राङ र वडा नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । एक जना वेपत्ता छन् । प्रहरीका अनुसार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया सञ्जु सिङतानको मृत्यु भएको हो । उनीसँगै रहेकी करीव आठ वर्षीया बालिका बेपत्ता छिन् । उनको पहिचान खुलिसकेको छैन । घटना शुक्रबार साढे ४ बजेतिरको हो । खोला तर्ने क्रममा उनीहरुलाई खोलाएको बगाएको प्रहीले जनाएको छ । बालिकाको खोजी भइरहेको छ ।

  • मकैबारीमा  किशोरीको  शरिरको तल्लो भाग नभएको अवस्थामा शव भेटियो

    मकैबारीमा किशोरीको शरिरको तल्लो भाग नभएको अवस्थामा शव भेटियो


    काठमाडौँ, भाद्र १०।कालिकोटमा एक किशोरीको शव मकैबारीमा भेटिएको छ।गत शुक्रबार देखि हराएकि खाँडाचक्र नगरपालिका-६ की १६ वर्षीया किशोरी निरु विकको शव मकै बारीमा भेटिएको कालीकोट प्रहरीले बताएको छ।

    उनको शव मंगलबार दिउँसो घर नजिकैको मकै बारीमा भेटिएको हो। प्रहरीका अनुसार निरुको शरीर जंगली जनावरले क्षत विक्षत पारेका छन् ।साथै निरुको शरीरको तल्लो भाग नभेटिएको र शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको छ ।घटनाको थप अनुन्धानका लागि कालिकोटका प्रहरी नायव उपरीक्षक डिएसपी चक्रबहादुर शाहको नेतृत्वमा सदरमुकाम मान्मबाट प्रहरी टोली खटिएको बताइएको छ।

  • पत्रकारलाई गाली बेइजती गर्नेविरुद्ध मुद्दा दायर, दुई वर्षको जेल सजाय माग

    पत्रकारलाई गाली बेइजती गर्नेविरुद्ध मुद्दा दायर, दुई वर्षको जेल सजाय माग

    काठमाडौं । टेलिभिजन कार्यक्रम ‘गरिबका लागि न्याय’ का पत्रकारमाथि गाली बेइजती गर्ने भक्तपुर ठिमीस्थित द्रब्य बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष विरेन्द्र जयना र सोही सहकारीका सचिव नरेन्द्रप्रसाद ढकालविरुद्ध मुद्दा दायर भएको छ । जयना साफ ऐजुकेशन फाउण्डेशनका संचालक, सुप्रिम स्कुलका अध्यक्ष तथा प्रधानाध्यापक समेत हुन् । एक सय जनाभन्दा बढी कानुन व्यवसायीको सहकार्यमा संचालित ‘गरिबका लागि न्याय’ कार्यक्रमका पत्रकारमाथि दुव्र्यवहार र गाली बेइजती गर्ने जयना र ढकालविरुद्ध जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर भएको हो । मेघा न्युज नेटवर्कद्धारा संचालित कार्यक्रममार्फत गरिब र अन्यायमाम परेकाको विषयबस्तु उजागर गर्ने र निःशुल्क रुपमा कानुनी सहायता दिने गरिएको छ ।

    कार्यक्रमका प्रस्तोता बिकल गिरीले सहकारी संस्थाले गरेको अनियमितताबारे बुझ्न खोज्दा जयना र ढकालले गाली बेइजती गरेका थिए । होटेल तथा गोप्य स्थानमा भेट्न खोज्ने जयनाले महाराजगञ्ज चोक नजिक एक रेष्टुरेन्टमा पत्रकारलाई भेट्न बोलाएर अनियमितताको विषय बाहिर नल्याउन भन्दै आर्थिक प्रलोभन देखाएको पत्रकार गिरीले जानकारी दिएका छन् । पत्रकार प्रलोभनमा नपरेपछि यदि विषय बाहिर ल्याए राम्रो नहुने भन्दै धम्की दिएका थिए ।


    उनले पत्रकारलाई डर, धम्की दिने, बल प्रयोग गर्ने, अपशब्द बोल्ने र भक्तपुरका करिव दुई सय भन्दा बढी सहकारीलाई पत्राचार गर्दै बेइजतीसमेत गरेका छन् ।
    बेइज्जती गरे वा गराएमा निजलाई २ वर्ष सम्म वा २० हजार रुपैयाँ सम्म जरिवाना वा दुबै सजाय हुने कानुनी व्यवस्था छ । विद्युतीय वा अन्य आमसंचारका माध्यमबाट बेइजती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्ष सम्म कैद र दश हजार रुपैयासम्म जरिवाना गरिने उल्लेख छ । उनीहरुलाई २ वर्ष कैद र २० हजार जरिवाना गरी कानुन बमोजिम जरिवाना क्षतिपूर्ति तथा अदालती खर्चसमेत विपक्षीबाट भराउन माग गरिएको छ ।


    जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्कुल तथा सहकारीको संचालकले सम्पुर्ण काम निजी स्वार्थमा प्रयोग गरेको लिखित जानकारी आएपछि अनुसन्धानमा लागेका बेला पत्रकार गिरीले बेइजती तथा दुव्र्यवहार सहनु परेको बताएका छन् । गिरीले बाबुकृष्ण भासिंक, पदमकृष्ण भासिंक श्रेष्ठ र कृष्णभक्त भासिंकको लिखित निवेदनका आधारमा जयनासँग गत साउन २५ गते अन्तर्वार्ताका लागि समय लिएका थिए ।

    गिरीको तर्फबाट दायर गरिएको मुद्दामा भनिएको छ, ‘०७८ साउन २५ गतेका दिन अध्यक्षसँग अन्तरर्वार्ता लिन जाँदा आफुले गरेका गलत कामका कर्तुत सम्पूर्ण बचतकर्ता तथा शेयर सदस्यहरुले थाहा पाउने भएकोले करिव १६ जना हेर्दै लडाकु जस्ता देखिने व्यक्तिहरु जम्मा गरी अन्तरर्वार्ता दिनुको साटो अफिसको चुक्कुल लगाई हामीलाई अपमानजक शब्दहरु प्रयोग गरी शारीरिक तथा मानसिक रुपमा तर्साउने काम गरी त्यहाबाट बेईजतिपुर्ण तरिकाले अन्तरवार्ता दिन नमानि निकालेको र मलगायत मेरो संचार गृह मेघा न्युज नेटवर्क प्रालि. समेतको नाम उल्लेख गरी गुण्डा र गुण्डागर्दी गरेको भन्ने शब्द प्रयोग गरी भक्तपुर जिल्लाका करिव २०० वटा सहकारीमा पत्र समेत पठाई मिति २०७८ साउन ३० गते बिहान ८ बजेदेखि आफ्नो कार्यालयमा बैठक समेत गरेको हुँदा उक्त शब्दहरुले म फिरादीलगायत मेरो संचार गृह समेतको सामाजिक प्रतिष्ठानमा गम्भीर आँच आउने कार्य गरेको हुँदा कारबाही गरी न्याय इन्साफ पाऊँ ।’


    सहकारी, स्कुल र फाउण्डेशन समूहमा खोलिएको छ । संस्था फाईदामा गएपछि ६४.५ प्रतिशत शेयरधनीलाई निर्णय नगराई मनोमानी रुपमा आर्थिकलगायत अन्य कार्य गर्ने, अवैध रुपमा संचालक समितिको अध्यक्ष परिवर्तन गर्ने, निवेदक बहुमत शेयरधनी हुँदा समेत कुनै निर्णय प्रकृयामा सहभागि नगराउने गरेको आरोप समेत जयनामाथि लगाएका छन् ।

    द्रब्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ब्यक्तिगत रुपमा लिएको ऋण चुक्ता गरिसक्दा समेत फाउण्डेशनको ऋण चुक्ता नहुँदासम्म धितोको रुपमा रहेको जग्गा वर्ष बितिसक्दा समेत फुकुवा नगरेको, आफु ६४.५ प्रतिशतको धनि भएकोले फाउण्डेशनको ऋण चुक्ता गर्दा समेत त्यसमा क्लियरिङ भएको चेक बैकको शाखा प्रवन्धकसँगको मिलेमतोमा कानुन बिपरित पुणः रिभर्स गर्न लगाई अवैध रुपमा वित्तिय अपराधको काम गरेको आरोप समेत उनीमाथि लगाइएको छ ।

  • लुक्ला जान खोप अनिवार्य, नभए पिसिआर नेगेटिभ हुनुपर्ने

    लुक्ला जान खोप अनिवार्य, नभए पिसिआर नेगेटिभ हुनुपर्ने

    काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका प्रवेश गर्न कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाउनु पर्ने भएको छ । खोप लगाएको नभए पीसीआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य हुनुपर्ने निर्णय गाउँपालिकाले गरेको छ । गाउँपालिकाले त्रिभुवन विमानस्थल र लुक्ला विमानस्थललाई पत्र लेख्दै गाउँपालिकामा हवाईजहाज तथा हेलिकप्टरमार्फत प्रवेश गर्ने सबै यात्रुले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको वा पीसीआर नेगेटिभ भएको रिपोर्ट भएको अवस्थामा मात्र यात्रा गराउने निर्णय गरेको जनाएको छ ।

    खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अनुसार सो गाउँपालिका भित्र भने ९८ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । लुक्ला सगरमाथाको प्रवेशद्धार हो । अब नेपालमा पदयात्राको सिजन शुरु हुन लागेसँगै गाउँपालिकाले सुरक्षा सतर्कता बढाएको हो ।

  • कोभिड-१९ विरुद्धको खोप फाइजरलाई अमेरिकामा पूर्ण प्रयोगको अनुमति

    कोभिड-१९ विरुद्धको खोप फाइजरलाई अमेरिकामा पूर्ण प्रयोगको अनुमति

    काठमाडौं । कोभिड-१९ विरुद्धको खोप फाइजरलाई अमेरिकाले पूर्ण प्रयोगको अनुमति दिएको छ । अमेरिकाको औषद्यि तथा खाद्य विभागले दुईवटा डोज लगाउन मिल्ने फाइजरलाई पहिलोपटक यस्तो अनुमति दिएको हो ।

    यो खोपलाई यसअघि आपतकालिन प्रयोगको अनुमति दिइएको थियो । १६ वर्षभन्दा माथिका नागरिकलाई यो खोप अब पूर्णरुपमा लगाउन मिल्ने अनुमति विभागले दिएको बीबीसीले जनाएको छ ।

    खोप लगाउन अधिकांश अमेरिकीले नचाहिरहेको बेला फाइजरले यस्तो अनुमति पाएको हो । लगभग ४४ हजार जनालाई खोप लगाइएको तथ्यांकपछि एफडीएले यस्तो निर्णय लिएको हो ।

    एफडीएका कार्यकारी प्रमुख जेनेट वुडककले सुरक्षा, प्रभावकारिता र निर्माणको गुणस्तरलाई लिएर सर्वसाधारण ढुक्क हुनसक्ने बताए । तर, १२ देखि १५ वर्ष उमेरका नागरिकलाई अहिले पनि आपतकालिन प्रयोगको लागि अनुमति दिइएको छ । अहिले अमेरिकाले नागरिकलाई निःशुल्करुपमा खोप वितरण गरिरहेको छ । अब स्थायीरुपमै फाइजरले कोभिडविरुद्धको प्रयोगको अनुमति प्राप्त गरिरहेको छ ।

  • लायन दिपेन्द्र सिम्खडाले आफ्नो जन्म दिन सुनौलो पाइला बाल आश्रममा मनाए

    लायन दिपेन्द्र सिम्खडाले आफ्नो जन्म दिन सुनौलो पाइला बाल आश्रममा मनाए

    अमृता के सी ( रोनी )

    काठमाडौं, भाद्र ६। लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ ए १ को चिफ एरिया कोर्डिनेटर लायन दिपेन्द्र सिम्खडाले आफ्नो जन्म दिन बालबालिकाहरु संग मनाएका छन्। गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित सुनौलो पाइलाका अभिभावकबिहिन बालबालिकाहरुलाई खाद्यान्न र एक दिनको खाना सहित सम्पूर्ण परिवारका साथ सिम्खडाले बाल आश्रममा जन्म दिन मनाएका थिए।

    उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का निवर्तमान डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले जन्म दिनको शुभकामना दिँदै हामी सेवा गर्छौं भनी सेवाभावले जसले समाजमा केही दिन्छ त्यही व्यक्तिले नै जीवनमा सफलता प्राप्त गर्न सक्ने बताएका थिए। साथै सुनौलो पाइलाका छोराछोरीको सुनौलो भविष्य निमार्णमा लायन्स क्लब डिस्ट्रिक ३२५ ए १ ले सकेको साथ र सहयोग गर्ने बताए।कार्यक्रममा फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ लगायत लायन्स लिडर तथा सदस्यहरुले शुभकामना व्यक्त गरेका थिए ।

    लायन्स क्लब अफ काठमाडौं धापाखेलको आयोजनामा हंगर रिलिफ कार्यक्रम अन्तर्गत सिम्खडाले आफ्नो भाद्र ५ गते परेको जन्मदिन सुनौलो पाइलामा रहेका बालबालिका संग मनाएका हुन् ।बालबालिकाहरु संग जन्म दिन मनाउन पाउदा हर्ष साथै आत्म सन्तुष्टि मिलेको भन्दै सामाजिक सेवामा अग्रपंक्तिमा खडा उनले विगत एक दशक देखि जन्म दिनको दिनमा ठूला भोज तथा रमझममा भन्दा पनि त्यस्ता फजुल खर्चलाई कटौती गरि विभिन्न ठाउँमा पुगि सहयोग अनि सेवा गरि अरु भन्दा भिन्न तरिकाले जन्मदिन मनाएको बताए। साथै विभिन्न संघसंस्था वृद्ध आश्रम साथै बालगृह संचालन गरि सेवा गरि रहेकाहरुलाई प्रोत्साहन स्वरुप सकेको सेवा र सहयोग गरी मानवीय कर्तब्य पुरा हुने पनि उनि बताउछन्।

    संस्थाकी अध्यक्ष रोजिना बिष्टले सहयोगी मनहरुप्रति आभार प्रकट गर्दै संस्थाले गर्दै आएको गतिविधि साथै वस्तुस्थिति बारेमा जानकारी गराइन् । २०७२ सालको भूकम्प र अन्य कारणले बेसाहारा भएका बालबालिकाहरुलाई लालनपालन देखि आवस, स्वास्थ्य र शिक्षा दिने उदेश्यले २०७५ साल भाद्रमा स्थापित सुनौलो पाइला संस्थामा हाल १४ जना असाहय बालबालिकालाई सुरक्षित आवास र असल अभिभावकत्व प्रदान गरिरहेको छ। राष्ट्रिय युवा संघका केन्द्रिय निर्वाचन विभागका सचिब समेत रहेका सिम्खडाले सोहि दिन आफ्नो जन्म दिनको अवसर पारेर नेपाल खेलकुद महासंघको कार्यालयलाई एक थान डेस्कटप सेट र प्रिन्टर प्रदान गरेका छन् भने मनाङको बाढी पहिरो पिडितलाई रु १० हजार समेत सहयोग गरेका छन् । त्यसै गरि भाद्र ६ गते उनको बुवाको पुण्य तिथि भएको हुँदा सोहि संस्थामा रहेका बालबालिकाहरुलाई खाना खुवाउने समेत जानकारी गराएका थिए ।

  • नौलिन भद्रकाली मन्दिरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशनले गर्‍यो रक्तदान

    नौलिन भद्रकाली मन्दिरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशनले गर्‍यो रक्तदान

    अमृता के सी ( रोनी )

    काठमाडौँ, भाद्र ६ । गिरिजा प्रसाद कोइराला फाउण्डेशन काठमाडौं क्षेत्र नं. ४ (२) मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।सामाजिक क्रियाकलाप सक्रिय जिपि कोइराला फाउण्डेशनले बूढानीलकण्ठ नगरपालिका वडा नं १३ नौलिन भद्रकाली मन्दिर परिसरमा शनिबार रक्तदान आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ६९ जना रक्तदाताले रक्तदान गरेका थिए।

    रक्तदान कार्यक्रम जिपि कोइराला फाउण्डेसन क्षेत्र नं ४ (ख) का अध्यक्ष बिजेन्द्र श्रेष्ठकाे सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथिको रुपमा पूर्व स्वास्थ्यमन्त्री एवं काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापा र विशेष अतिथिमा बागमती प्रदेश सभा सदस्य न्हुच्छेनारायण श्रेष्ठ सहभागि भएका थिए। स्थानीय युवाहरूकाे सक्रिय सभागितामा सम्पन्न रक्तदान कार्यक्रममा सांसद गगन थापाले फाउण्डेसनले समाजसेवाकाे क्षेत्रमा पुर्‍याइरहेकाे याेगदान मूल्यांकनयाेग्य भएकाे बताउँदै फाउण्डेसनकाे क्षेत्र नं ४ ख ले बूढानीलकण्ठको विविध क्षेत्रमा गरेको कार्यको प्रशंसा गरेका छन् ।

    “रक्तदान नै जीवनदान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै गरिएको कार्यक्रममा सय जना भन्दा बढी रक्तदाताहरु सहभागी भए पनि स्वास्थ्य साथै विविध कारण रक्तदाता कम भएको कार्यक्रम संयोजक विजेन्द्र श्रेष्ठले बताए। साथै उनले कोभिड १९ को विषम परिस्थितिमा रक्त अभाव भइ रगतको लागि हस्पिटलमा बिरामीका परिवारले भोग्नु पर्ने समस्या कम गर्न साथै बिरामीको जीवन रक्षा गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको बताए।कार्यक्रममा रक्तदाता र सहयोगीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो।

  • अन्तराष्ट्रिय युवा दिवसको अवसरमा यज्ञडाेल (जगडाेल)सामुदायिक वनमा वृक्षारोपण गोडमेल तथा पुनरोंपण कार्यक्रम

    अन्तराष्ट्रिय युवा दिवसको अवसरमा यज्ञडाेल (जगडाेल)सामुदायिक वनमा वृक्षारोपण गोडमेल तथा पुनरोंपण कार्यक्रम


    अमृता के सी (रोनी)
    काठमाडौँ, भाद्र ६।अन्तराष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युनेस्काे संघसंस्था तथा क्लबहरुको राष्ट्रिय महासंघको आयोजनामा गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वनमा वृक्षारोपण गोडमेल तथा पुनरोंपण गरिएको छ। वातावरण समितिले संयोजन गरेको कार्यक्रममा गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यता सम्पन्न भएको हो।

    कार्यक्रममा सामुदायिक वनमा पहिले रोपेका वृक्षहरुको गोडमेल गरि फल दिने साथै सौन्दर्य जातका बोट बिरुवा रोपण गरिएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चालिसेले समृद्धिका लागि पर्यापर्यटन माध्यमबाट सामुदायिक वनमा वृक्षहरुको गोडमेल, हेरविचार गरी खाली ठाउँमा वृक्षरोपण गरि संरक्षण गरे आगामी दिनमा राम्रो हुने बताए।साथै उनले युवाहरुमा नयाँ जोस, जागर र उत्साह भएको हुँदा युवा शक्तिलाई सहि मार्गदर्शन गरि समृद्ध नेपाल बनाउन सबैले हालेमालो गर्नुपर्ने बताए।

    नेपाल युनेस्काे संघसंस्था तथा क्लबहरुको राष्ट्रिय महासंघका अध्यक्ष आनन्द राज त्रिपाटीको सभापतित्वमा शुक्रबार सम्पन्न कार्यक्रममा राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देल, दिपक सरकार, केदारनाथ दाहाल लगायत सामुदायिक वनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

  • बूढानीलकण्ठ नगरपालिकाले कोभिड विरुद्धको पहिलो डोज खोप नलगाएका लाई १३ वटै वडाबाट खोप दिने

    बूढानीलकण्ठ नगरपालिकाले कोभिड विरुद्धको पहिलो डोज खोप नलगाएका लाई १३ वटै वडाबाट खोप दिने

    अमृता के सी ( रोनी )

    काठमाडौँ, भाद्र ४ । बूढानीलकण्ठ नगरपालिकाले कोभिड १९ विरुद्धको पहिलो मात्रा खोप नलगाएकाहरुको लागि १३ वटै वडाबाट खोप संचालन गर्ने भएको छ। खोप लगाउने लक्षित समूह भित्र पर्ने १८ वर्ष माथिका विधार्थी र ४० माथिका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको चाइनिज भेरोसेलको पहिलो मात्रा खोप भोलि भाद्र ०८ गते प्रदान गरिने भएको हो।

    नगरपालिकाका सबै वडामा खोप केन्द्र सञ्चालन गरीने जनस्वास्थ्य महाशाखाले जनाएको छ। खोप भाद्र ८ गते एक दिनका लागि मात्र प्रदान गरिने भएकाले बिहान ९ बजे देखि ४ बजे सम्म खोप सेवा लिन नगरपालिकाले अनुरोध गरेको छ।

    कोभिड १९ रोगको रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि नेपाल सरकारबाट निर्धारित उमेर समुह अन्तर्गत ४० वर्ष माथिका व्यक्तिहरु साथै १८ वर्ष भन्दा माथिका विधार्थीलाई खोप प्रदान गरिने भएको हो। १८ वर्ष भन्दा माथिका विधार्थीलाई विधार्थी परिचयपत्रको आधारमा र ४० वर्ष भन्दा माथिकालाई आफ्नो उमेर खुल्ने परिचयपत्रको आधारमा खोप लगाइने जानकारी गरेको छ।

    सूचना :-

  • गोकर्णेश्वरका नगर प्रमुखले दक्षिणकालीमा मन्दिर शिलान्यास गरे

    गोकर्णेश्वरका नगर प्रमुखले दक्षिणकालीमा मन्दिर शिलान्यास गरे


    अमृता के सी ( रोनी )
    काठमाडौं भाद्र, ३। गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले प्राचीन दक्षिणकाली माता मन्दिर निमार्णको शिलान्यास गरेका छन् ।दक्षिणकाली नगरपालिका वडा नं ५ स्थित नगर्चु-गोरखनाथ डांँडामा निर्माण गर्न लागिएको मन्दिर गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा बन्न लागेको हो। बिहिबार एक औपचारिक कार्यक्रमको बिच गोकर्णेश्वर र दक्षिणकाली नगरपालिका प्रमुखले मन्दिर निर्माण शुभारम्भ गरेका हुन् ।


    कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगर प्रमुख चालिसेले धार्मिक ठाउँको प्रवर्द्धन र विकासमा धार्मिक क्षेत्रमा जस्ले पनि सहयोग गर्न सकिने बताउदै मन्दिरको शिलान्यास गर्न पाउँदा खुसी लागेको बताए।

    कार्यक्रमलाई सम्बोधन गर्दै दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतले वडा नं ५,६ र ९ वडाको संगम स्थल रहेको नगर्चु-गोरखनाथ डाँडामा अवस्थित प्राचिन धरोहर पुरानो दक्षिणकाली माताको मन्दिर पौराणिक शैलिमा आकर्षित र व्यवस्थित बनाउने जानकारी गराए।उनले गोकर्णेश्वर नगरपालिकालाई धन्यवाद दिदै दुई नगरपालिका बिचमा सुमधुर सम्बन्धलाई अझ बढी विकसित गर्ने बताए।साथै तीन महिना भित्र मन्दिर निर्माण गरेर पुर्णता दिने बताए।

    दक्षिणकाली नगरपालिकाको आयोजनामा बिहिबार सम्पन्न उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद आचार्य लगायत नगरपालिकाका विभिन्न शाखाका प्रमुख र दक्षिणकाली नगरपालिकाको उप मेयर बसन्ती डँगोल तामाङ लगायत दक्षिणकाली नगरपालिका विभिन्न शाखाका प्रमुख र वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो।

  • रसुवामा पहिरोले घर पुर्दा एकै घरका ४ जनाको मृत्यु

    रसुवामा पहिरोले घर पुर्दा एकै घरका ४ जनाको मृत्यु

    रसुवा । रसुवामा पहिरोले घर पुर्दा एकै घरका चार जनाको मृत्यु भएको छ । गतराती अविरल वर्षाका कारण पहिराले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्‍यु भएको राससले जनाएको छ । मृत्‍यु हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका ५ कोलडाँडा निवासी ३२ वर्षीया कमला गलान, ११ वर्षीया सोफीका गलान, आठ वर्षीया सुकमाया गलान र सात वर्षीय आशीष गलान रहेको बताइएको छ । प्रहरीका अनुसार राति करिब ३ बजे घरभन्दा ५० मिटरमाथिबाट पहिरोसँगै झरेको लेदोले घर पुरिँदा सुतिरहेका अवस्थामा चारै जनाको घटनास्थलमै मृत्‍यु भएको हो ।

    घरभित्र सुतेका श्रीमती, छोरा, छोरी सबै पुरिएको र बाहिर सुतेका श्याम गलान घाइते अवस्थामा भेटिएका थिए । घटनास्थल सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिणमा रहेको छ । शव परीक्षणका लागि नुवाकोटस्थित त्रिशूली अस्पताल पठाइएको छ । आज बिहानैदेखि स्थानीय बासिन्दा, नेपाल प्रहरी, नेपाली सेना विष्णु दलगण र सशस्त्र प्रहरीसमेतको खोजीमा जुटेका थिए ।

  • बूढानीलकण्ठमा मेयर छात्रवृत्ति

    बूढानीलकण्ठमा मेयर छात्रवृत्ति

    काठमाडौं, भाद्र २ ।बूढानीलकण्ठ नगरपालिकाभित्र स्थायी रूपमा बसाेबास गर्ने विद्यार्थीहरूलाई मेयर छात्रवृत्ति प्रदान गरिने भएको छ।नगरपालिकामा बसाेबास गर्दै आएका गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई उच्च तथा प्राविधिक शिक्षामा सहयाेग पुर्‍याउने उदेश्यले मेयर छात्रवृत्तिकाे आयाेजना गरिएकाे नगर प्रमुख उद्धव खरेलले बताएका छन्।

    यो कार्यक्रम अन्तर्गत नगरपालिकाबाट ८ जना विद्यार्थी र श्रीबूढानीलकण्ठ मा. वि. द्वारा २ जना गरी जम्मा १० विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने छ । छात्रवृत्तिमा छनाैट हुनका लागि विद्यार्थीहरूले २०७८ साल भाद्र १५ गते भित्र नगरपालिकाकाे शिक्षा, युवा तथा खेलकुद महाशाखामा निवेदन दिनु पर्नेछ ।

    साे छात्रवृत्ति डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ काेर्षकाे लागि उपलब्ध छ। काेर्षहरूकाे अवधी ३ वर्षकाे रहकाे छ भने मान्यता ओभरसियर वा +२ बराबरकाे रहकाे छ ।

    विद्यार्थीहरूले कक्षा १० मा अङ्ग्रेजीमा न्युनतम डि+, विज्ञान र गणितमा न्युनतम सी ग्रेड ल्याएकाे हुनुपर्ने छ । सामाजिक समानता सुनिश्चित गर्नका लागि २ जना नगरकाेटी, २ जना दलित र अन्य ४ विद्यार्थीहरूलाई नगरपालिकाले छात्रवृत्ति प्रदान गर्ने छ ।सो छात्रवृत्तिमा आवेदन दिन इच्छुक विद्यार्थीहरूले सि.टि.इ.भि.टी. (CTEVT) बाट २०७८ सालमा लिइने प्रवेश परिक्षामा उतीर्ण भएकाे हुनुपर्ने छ ।

  • गोकर्णेश्वर नगरपालिकाका मेलमिलाप कर्ताहरुले खाए शपथ

    गोकर्णेश्वर नगरपालिकाका मेलमिलाप कर्ताहरुले खाए शपथ


    अमृता के सी ( रोनी )
    काठमाडौं, भाद्र १। गोकर्णेश्वर नगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलाप कर्ताहरुलाई शपथ ग्रहण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। शपथ ग्रहण कार्यक्रम नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    आइतबार गोकर्णेश्वर नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा उप प्रमुख एवं न्यायिक समिती संयोजक शान्ति नेपालले मेलमिलाप कर्ताहरुलाई शपथ ग्रहण गराएकी थिइन्। कार्यक्रममा मेलमिलाप कर्ताहरुलाई शपथ ग्रहणका साथै अभिमुखीकरण तालिम समेत गराइएको थियो।कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद आचार्य, वडा नं १ का वडा अध्यक्ष राम मानन्धर, नगरका विभिन्न शाखाका पदाधिकारीहरु लगायत मेलमिलाप कर्ताहरुको उपस्थिती रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चालिसेले शपथ लिएका सहजकर्तालाई नगरको न्यायीक क्षेत्र संग जोडिएको बताउदै नगर भित्रको झैझगडा, विकृति , विसंगती जस्ता नराम्रो कुराहरूमा सर्वसाधारण जनताहरुलाई आपसमा मेलमिलाप गराइ समाजमा शान्ति, अमन चयन राख्न मेलमिलापकर्ताहरुले ठूलो सहयोगी भुमिका खेल्ने बताए ।साथै उनले भने ” नगरको सबै वडाहरुमा मेलमिलापकर्ता हुँदा न्यायीक क्षेत्रमा नगरपालिकाले ठूलो फड्का मार्ने कुरामा नगरपालिकाले विश्वास लिएको बताए “।

    नगर उप प्रमुख एवं कार्यक्रमका सभापती नेपालले मेलमिलापकर्ताको आवश्यकता, गर्नुपर्ने काम, कर्तव्य र अधिकारबारे जानकारी गराइन्।उनले मेलमिलाप कर्तालाई कुनै पनि उजुरी र मुद्दालाई कसैको पक्ष/विपक्ष नभनि दुबै पक्षलाई समझदारीको रूपमा आफ्नो ढंगले वडामै मेलमिलाम गराउन आग्रह गर्दै आज सम्म मेलमिलाप कर्ताले गरेको कार्यको प्रशंसा समेत गरिन्।नगरको ९ वटा वडामा गरि करिब ६१ जना मेलमिलाप कर्ता र ४ जना अधिवक्ता समेत सुचिकृत हुन आएको जानकारी गराइन्।न्यायीक समिति, नगरपालिका र वडाका मेलमिलाप कर्ता मिलेर नगरको न्यायीक समितिमा परेका उजुरी जस्तै घरेलु हिंसा, सिमाना, विकृती, विसंगति लगायतका मुद्दाहरुलाई मेलमिलाप गरि पठाउन सहज वातावरण सिर्जना भएको बताइन्।

  • लायन्स क्लब अफ काठमाडौं जर्नीद्वारा गोकर्णेश्वर मन्दिरमा फलफूल, पानी, माक्स र सेनिटाइजर वितरण कार्यक्रम

    लायन्स क्लब अफ काठमाडौं जर्नीद्वारा गोकर्णेश्वर मन्दिरमा फलफूल, पानी, माक्स र सेनिटाइजर वितरण कार्यक्रम


    अमृता के सी ( रोनी )
    काठमाडौं, श्रावण ३२।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गत लायन्स क्लब अफ काठमाडौं जर्नीले फलफूल, पानी, माक्स र सेनिटाइजर वितरण गरेको छ।गोकर्णेश्वर मन्दिर परिसरमा सोमबार लायन्स क्लब जर्नीले गरेको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, गो.न.पा. वडा नं ८ का वडा अध्यक्ष मनोज ढुंगाना, गोकर्ण प्रहरी प्रभाग प्रमुख रामजी घिमिरे लगायत लायन्स क्लब जर्नीका पदाधिकारीहरुको उपस्थित रहेको थियो।

    गोकर्णेश्वर मन्दिरमा साउनको अन्तिम सोमबारमा शिवजीको पुजा आराधना सहित ब्रत थन्काउने ब्रतालुको भिडभाड हुने भएकोले श्रद्धालु भक्तजनहरुको सुरक्षाको लागि माक्स र सेनिटाइजर वितरण कार्यक्रम गरिएको वर्ष २१/२२ का अध्यक्ष लायन विशाल भण्डारी जानकारी गराए।साथै धार्मिक ठाउँमा विशेष गरि पर्वहरुमा श्रद्धालु भक्तजनलाई रोक्न नसकिने भएकोले संक्रमण दिनहुँ बढी रहेको विषम परिस्थितिमा संक्रमणलाई बढ्न नदिन कार्यक्रमको आयोजना गरेको बताए।

    “हामी सेवा गर्छौं ” भन्ने भाव बोकेर सेवामा समर्पित लायन्स क्लब अफ काठमाडौं जर्नीले मन्दिरमा आउनु भएको साथै बोलबम जाने भक्तजनहरुलाई सेनिटाइजर लगाइ दिदै फलफूल, पानी, र माक्स करिब ३०० जनालाई वितरण गरेको थियो ।

  • १ केजी गाँजाको धुलो (पोल्याण्ड ) सहित काठमाडौं -६ भृकुटीचोकबाट एक जना पक्राउ

    १ केजी गाँजाको धुलो (पोल्याण्ड ) सहित काठमाडौं -६ भृकुटीचोकबाट एक जना पक्राउ


    काठमाडौं, श्रावण ३२ ।काठमाडौं महानगरपालिका ६ स्थित भृकुटीचोकबाट १ केजी गाँजाको धुलो (पोल्याण्ड ) सहित एक जना पक्राउ परेका छन्। लागुऔषध विक्रि वितरण भई रहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलिले शनिबार बेलुका करिव ५.३० बजेको समयमा चेक जांच गर्दा नियन्त्रित लागुऔषध गाँजाको धुलो (पोल्याण्ड) १ के.जि ३२ ग्राम सहित एक व्यक्तिलाई पक्राउ गरेको हो।

    पक्राउ पर्ने पाँचथर स्थायी घर भई हाल काठमाडौं -६ कपन तेन्जिङचोक बस्ने बर्ष २३ को दिपेन भारती हुन् ।उनललाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहिको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाएको छ।

  • गोकर्णेश्वरको गाम्चामा गाम्चा युवा क्लबको शुभारम्भको साथमा वृक्षरोपण गरियो

    गोकर्णेश्वरको गाम्चामा गाम्चा युवा क्लबको शुभारम्भको साथमा वृक्षरोपण गरियो


    अमृता के सी ( रोनी )
    काठमाडौँ, श्रावण ३०। गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित गाम्चा युवा क्लबको समुद्घाटन तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेले क्लबको उद्घाटन गरेका हुन्।नगरपालिका प्रमुख चालिसेले क्लब द्वारा आयोजित वृक्षरोपण समेत गरेका थिए ।

    शनिबार आयोजित कार्यक्रममा क्लबका सचीव कुमार नगरकोटिले अतिथीहरुलाई स्वागत गर्दै भने गाम्चाको चौतर्फी विकास साथै पर्यटकीय गाउँ बनाउने उदेश्यले क्लबको स्थापना गरेको बताए ।साथै सडकको पेटिमा फूलका बोट बिरुवा रोपेर सुन्दर सडक बनाइ सरसफाईलाई बढि प्राथमिकता दिने समेत बताए।

    “आफ्नो ठाउँ आफै बनाउ” भन्ने नारा सहित सम्पन्न कार्यक्रमको सभापतित्व जुठे नगरकोटिले गरेका थिए भने उक्त कार्यक्रममा गोकर्णेश्वर नगर उप प्रमुख शान्ति नेपाल, गो.न.पा. वडा नं ३ वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, गो.न.पा. ३ वडा सदस्य लक्ष्मि भण्डारी, गो.न. पा. ३ वडा सदस्य लक्ष्मण गोलें,गोकर्ण प्रहरी प्रभाग प्रमुख रामजी घिमिरे, समाजसेवी जयराम बिष्ट, समाजसेवी राम राज थापा स्थानीय संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, सहयोगीदाताहरु लगायत स्थानीयहरुको उपस्थित रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख नेपालले युवा शक्तिले परिवर्तन ल्याउन सक्ने भएकोले यसको सहि सदुपयोग गरी नगरकै उत्कृष्ट गाउँ बनाउन क्लबलाई बधाई तथा शुभकामना दिइन्।भने नगर प्रमुख सन्तोष चालिसेले गाम्चामा जोस जाँगरका साथ युवाहरु विउँझिएको र नयाँ उर्जा थपिएको भन्दै नगरबाट गर्नुपर्ने साथ र सहयोग गर्ने बताए।साथै उनले युवाहरु एकजुट भए भने असम्भवलाई सम्भव बनाउन सकिने बताउदै वृक्षरोपण गरी रोपेको वृक्षहरुको हेरविचार समेत गर्न सुझाव दिए।

    वृक्षरोपण कार्यक्रममा जगडोल भञ्ज्याङ देखि गाम्चा पिपलबोट सम्म करिब ११५ फूलका बोट रोपण गरिएको थियो ।उक्त वृक्षाको सुरक्षा गर्नका लागि जालि विभिन्न संघ–संस्था, समाजसेवी, व्यापारी लगायतका व्यक्तिहरुद्वारा सहयोग प्रदान गरिएको थियो ।

  • बाबुले स्याल भगाउन चलाएको गोली लागेर पाल्पामा छोराको मृत्यु

    बाबुले स्याल भगाउन चलाएको गोली लागेर पाल्पामा छोराको मृत्यु

    काठमाडौं । पाल्पामा बाबुले हानेको भरुवा बन्दुकको गोलीले लागेर छोराको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका ६ तल्लोतालका ५६ वर्षीय कर्णबहादुर लम्तरीले मकैबारीमा आएको स्याललाई भगाउन गोली हान्ने क्रममा ३६ वर्षीय छोरा धनबहादुरलाई गोली लागेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार टाउकोमा गोली लागेका धनबहादुरको घटनास्थलमै ज्यान गएको हो । मृतक धनबहादुर स्थानीय नारायण माविका प्राथमिक विद्यालयका शिक्षक हुन् । कर्ण बहादुरलाई प्रहरीले पक्राउ गरेकोछ । घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।

  • कैलालीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

    कैलालीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

    कैलाली । कैलालीमा जिप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । कैलालीको भासु भिरबाट जिप खस्दा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । धनगढीबाट छुटेको प्रदेश ३–०१ ००२३ च ९०५९ नम्बरको जिप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको चुरे गाउँपालिका ६ की ३६ वर्षीया दुर्गा साउँद र डोटीको जोरायल गाउँपालिका १ की पाँच वर्षीया एलिसा खड्काको निधन भएको छ । दुर्घटनामा जोरायल १ का जीप चालक रमेश खड्का, २८ वर्षीया निर्मला खड्का र चुरे गाउँपालिका ६ का सुशील साउँद घाइते छन् । दुर्घटनाको कारण खुलेको छैन । घाइतेहरुको उपचार जारी रहेको छ ।

  • काठमाडौंमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौंमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौंमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गतराती एक बजे काठमाडौंको अनामनगरमा रोकि राखेको प्रदेश–३ ०१–००६ ख ०७९७ नम्बरको टिप्परमा बा २ ब ७५९८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सुर्खेतका २९ वर्षीय सन्देश बुढाथोकीको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बुढाथोकीको उपचारका क्रममा सिभिल अस्पताल नयाँबानेश्वरमा ज्यान गएको हो । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौंकै नयाँ बसपार्कमा आफैँ चढेको बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ । लु २ ख ५२ ४२ नम्बरको बसबाट ओर्लिएका कपिवस्तुका ८० वर्षीय कुतबुल्ला मुसलमानलाई त्यही बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । मंगलबार बेलुका साढे सात बजे दुर्घटनामा भएकोमा राति ११ बजे उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा ज्यान गएको हो । बस चालकलाई प्रहरीले पक्राउ गरेको बताएको छ ।