Category: स्थानीय

  • जगडोल झण्डा पार्कमा ४ लाख लुटिएको खबर पछी घटनास्थल पुगेको प्रहरी नै भए जिल्ल

    जगडोल झण्डा पार्कमा ४ लाख लुटिएको खबर पछी घटनास्थल पुगेको प्रहरी नै भए जिल्ल

    अमृता के सी ( रोनी )

    काठमाडौँ, असोज २०।बूढानीलकण्ठ नगरपालिका ११ स्थित जगडोल झण्डा पार्कमा दिउँसोको समयमा चार लाख नगद लुटिएको फोन आए पछी स्थानिय प्रहरीलाई दौड धुप भएको छ ।
    आइतबार दिउँसो अन्दाजी १ बजेको समयमा साँखु घर बताउने एक व्यक्तिले आफ्नो ४ लाख रुपैयाँ झन्डा पार्कमा लुटिएको भन्दै प्रहरीको १०० नम्बरमा फोन गरे पछी महानगरीय प्रहरी वृत्त बौद्धका उपनिरीक्षक सहितको टोली पैसा लुटिएको भनिएको ठाँऊ झन्डा पार्क पुगेको थियो । घटना घटेको भनिएको स्थानमा महानगरीय प्रहरी वृत्त बौद्धका उपनिरीक्षक ढुण्डिराज न्यौपाने र गोकर्ण प्रहरी प्रभागका प्रमुख रामजी घिमिरेको टोलि पुगेको थियो। प्रहरी श्रोतका अनुसार पीडित भनिएका व्यक्तीले आफु साँखुको भएको र चितवन जाने भनेर हिडेको बताएका थिए। बैंकबाट नगद चार लाख झिकेर चितवन जान लाग्दा लुटेरा भनिएकाहरुले फोन गरि सुन किन्न झन्डा पार्कमा बोलाएको बयान प्रहरीलाई दिएको प्रहरी श्रोत बताउछ । पिडकहरु पनि मोटर बाइकमा आएको र वरपर बस्ती भएकोले उनिहरुले एकान्तमा जाउ भनी झन्डा पार्क मुनीको गाँऊ पैयाटारमा बाईक राखी हिड्दै उकालो चढ्ने क्रममा लुटेको पीडितले प्रहरीलाई बताएको प्रहरीको भनाई छ । जगडोलमा झण्डा पार्क चढ्ने क्रममा पानी प्यास लागेको र लुटेराहरुले पानी दिएको त्यसपछि आफ्नो पैसा भएको झोला लिएर उनीहरु भागेको पीडितले बताएका छन् । प्रहरीले उक्त मोबाइल नंम्बरमा फोन गर्दा लुटेराहरुको नंम्बर बन्द रहेको जानकारी प्रहरी दिएको छ ।

    घटना बारे थप अनुसन्धान भैरहेको समयमा आज बुधवार पीडित भनिएका व्यक्ती नै प्रहरीसँग सम्पर्क बिहिन भएको गोकर्ण प्रहरी प्रभागका प्रमुख रामजी घिमिरेले बताए। पिडित भनिएका व्यक्ती नै सम्पर्क बिहिन भए पछी घटना शंकास्पद भएको घिमिरेले जानकारी दिए।

  • बूढानीलकण्ठको जगडोलमा सुगम ब्याडमिन्टन प्रतियोगिता शुभारम्भ

    बूढानीलकण्ठको जगडोलमा सुगम ब्याडमिन्टन प्रतियोगिता शुभारम्भ


    अमृता के सी ( रोनी )
    काठमाडौँ, असोज १९। बूढानीलकण्ठ नगरपालिकाको जगडोल भञ्ज्याङ्गमा दोस्रो सुगम ब्याडमिन्टन प्रतियोगिताको शुभारम्भ गरिएको छ। बूढानीलकण्ठ नगरपालिकाका वडाहरु ११ र १३ का वडा अध्यक्ष क्रमश राजु अधिकारी र श्रीकृष्ण श्रेष्ठले सँयुक्तरुपमा प्रतियोगिताको शुभारम्भ गरेका हुन्। प्रतियोगिता एक हप्तासम्म आयोजना हुने आयोजकले जनाएको छ । प्रतियोगिता २०७८/०६/१८ गते देखि संचालन भइ २०७८/०६/२५ गते समापन हुने जानकारी दिएका छन् ।

    सुगम बचत तथा ऋण सहकारी संस्था लि. र सुगम वेलफेयर सोसाइटीको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिता शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक संस्था सुगम सहकारीका सल्लाहकार रवि कुमार पौडेलले गोकर्णेश्वर नगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको संगम स्थल रहेको ठाउँ भञ्ज्याङ्गमा नमुना गाउँ बनेको दाबी गरे। नमुना गाँऊ बनाउन स्थानिय सरकार र स्थानिय संघ संस्थाहरुले ठूलो भुमिका निभाएको भन्दै प्रतियोगी खेलाडीहरुलाई शुभकामना दिए।

    प्रतियोगिता शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै बू.न.पा. १३ का वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठले सुगम सहकारीले सबैलाई जोड्ने काम गरेको भन्दै खेल जित्न र हार्नको लागि मात्र नभई स्वस्थ जीवनको लागि खेल अपरिहार्य भएको बताए भने बू.न. पा ११ का वडा प्रमुख अधिकारीले खेल बिनाको जीवन नै निरर्थक भएकोले ब्याडमिन्टन प्रतियोगिता आयोजक र व्यवस्थापन टिमलाई धन्यवाद सहित भोलिका दिनहरुमा पनि उक्त प्रतियोगितालाई निरन्तरता दिन अनुरोध गरे।

    “ स्वास्थ्यको लागि खेल ” भन्ने नाराका साथ वडा बू. न. पा. ११ र १३ का वडा अध्यक्षहरुले खेल खेलेर उद्घाटन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन व्यक्त गर्दै सुगम वेलफेयर सोसाइटीका अध्यक्ष श्याम राज गौतमले व्यस्त समयमा विभिन्न ठाउँमा छरिएरका दाजुभाइ संयुक्त रूपमा खेल खेल्दा आपसी भाइचारा बढ्ने बताउदैँ उकृष्ट प्रदर्शनको लागि खेलाडिहरुलाई शुभकामना दिएका थिए ।

  • स्वास्थ्य सामाग्री हस्तान्तरण

    स्वास्थ्य सामाग्री हस्तान्तरण

    सरस्वती न्यौपाने, रसुवा

    रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका भित्र रहेका आठ वटा स्वास्थ्य संस्थाहरूलाई असोज १६ गते एक कार्यक्रमबीच स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

    रसुवा ट्रेक एण्ड एक्पिडिसनको पहलमा अमेरिकी संस्था डाईरेक्ट रिलिफ एवम् माउन्टेन हट नेपालको सहयोगमा करिब १६ लाख रूपैयाँ बराबरको सामान रसुवा ट्रेकका प्रवन्ध निर्देशक बलराम न्यौपाने (दुर्गानाथ) ले कोभिड लगायत अन्य कारणले विरामीलाई अक्सिजन अभाव हुन नदिन र बिरामीहरूलाई सहज होस भन्ने उद्देश्यले अक्सिजन उत्पादन गर्ने अक्सिजन कन्सनट्रेटर ८ थान, भोल्टेज रेगुलेटर ८ थान, पिपि सेट १५ वटा, अक्सि मिटर ८ वटा नौकुण्ड गाउँपालिकाकोवडा नम्बर ६ का वडा अध्यक्ष धर्म बहादुर थोक्रालाई हस्तान्तरण गर्नुभएको हो।
    प्रवन्ध निर्देशक न्यौपानेबाट हस्तान्तरित सामग्री बुझ्दै वडा अध्यक्ष धर्म बहादुर थोक्राले तीन ओटा स्वास्थ्य चौकी र अरू ५ वटा सामुदायिक स्वास्थ्य ईकाईलाई दाताले तोके बमोजिम सम्बन्धित स्वास्थ्य संस्थामा ती सामग्री पठाउने बताउनु भयो । स्वास्थ्य प्रमुख बसन्त चालिसे, सहायक प्रमुख जिल्ला अधिकारी, दुर्गा थापा, सम्बन्धि स्वास्थ्य चौकिका ईन्चार्जहरूको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो।
    उपलब्ध भएको सामग्रीले श्वासप्रश्वास भएका बिरामीलाई उपचारमा सहजता पार्ने वातावरण तयार भएको भन्दै स्थानीयहरूले खुसी व्यक्त गरे। आगामी दिनहरूमा पनि यस्तै सहयोग पाइरहने अपेक्षा उनीहरूले राखेका थिए।
    उपचारका सामग्री उपलब्ध गराई स्वास्थ्यकर्मीहरूको मनोबल उच्च पारी दिने दाता संस्था लगायत पहल कदमी गरि गाउँवासीको हितमा अह्रोरात्र खट्ने सामाजिक अभियानता बलराम न्यौपाने धन्यवादको पात्र भएको सरस्यु स्वास्थ्य ईकाई प्रमुख निरन्जन तामाङले बताउनु भयो।

    पीपीई सेट र अक्सिमिटर प्रारम्भ सामाजिक संस्थाबाट प्राप्त भएको वताईएको छ ।

  • नेपाली काँग्रेस १४ औं गोकर्णेश्वर नगर अधिवेशनको सभापतिमा कुमार लामा निर्वाचित

    नेपाली काँग्रेस १४ औं गोकर्णेश्वर नगर अधिवेशनको सभापतिमा कुमार लामा निर्वाचित

    अमृता के सी ( रोनी )
    काठमाडौँ, असोज १६। नेपाली काँग्रेस १४ औं गोकर्णेश्वर नगर अधिवेशनमा अत्यधिक मतले सभापतिमा कुमार लामा निर्वाचित भएका छन् ।

    गोकर्णेश्वर नगरपालिका स्थित सुनगाभा व्याङ्क्वेटमा आज भएको निर्वाचनमा जम्मा खसेको मत २०५ थियो। उक्त निर्वाचनमा उपा सभापतिमा बिकास श्रेष्ठ र बटुकृष्ण ढुंगेल, सचिवमा जयराम बिष्ट र रमेश प्रसाद रिजाल, सहसचिवमा गोकुल प्रसाद सिंखडा र अशोक नेपाल निर्वाचित भएका छन् ।

    कस्ले कति मत पाए?
    सभापति :-
    १)कुमार लामा – १०९

    उपा-सभापति:-
    १)बिकास श्रेष्ठ -११५
    २)बटुकृष्ण ढुंगेल -१०२

    सचिव :-
    १)जयराम बिष्ट – १३०
    २)रमेश प्रसाद रिजाल-९०

    सहसचिव :-
    १)गोकुल प्रसाद सिंखडा -१०३
    २)अशोक नेपाल -११४

  • नेपाली काँग्रेस  गोकर्णेश्वर नगर सचिवमा जयराम बिष्टको उम्मेद्वारी घोषणा

    नेपाली काँग्रेस गोकर्णेश्वर नगर सचिवमा जयराम बिष्टको उम्मेद्वारी घोषणा

    काठमाडौँ,असोज १४। नेपाली काँग्रेस गोकर्णेश्वर नगर सचिवमा जयराम बिष्टले उम्मेद्वारी दिएका छन् ।आसन्न १४ औँ नगर अधिवेशनमा “युवालाई अवसर अग्रजलाई सम्मान ” भन्ने नाराका साथ बिष्टले उम्मेद्वारी घोषणा गरेका छन् ।

    नेपाली काँग्रेस तरुण क्षेत्रीय कोषाध्यक्ष एवं गोकर्णेश्वर नगरपालिका वडा नं ३ बालुवा इकाई क्षेत्रीय प्रतिनिधि बिष्टले असोज १६ गते हुने नगर अधिवेशनमा नगर सचिवका लागि दावेदारी दिएका छन् । लामो समयदेखि समाजसेवामा सक्रिय बिष्टले सिद्धान्तनिष्ठ, सेवा र विकासमुखी राजनीति बनाउनु पर्ने बताए। बिगत पन्ध्र वर्ष देखि सामाजिक संस्था लायन्स क्लबको विभिन्न पदहरुमा रहि सेवा गरिरहेका, श्री देवि बाल सुधार मा.वि को व्यवस्थापन समितिका अध्यक्ष र स्वतन्त्र टोल सुधार समितिको समेत अध्यक्ष रहेका बिष्टले आफू सचिवमा निर्वाचित भए नेपाली काँग्रेसलाई थप क्रियासिल र चलायमान बनाउने बताए।

  • जगडोलको शाहीद पार्क वृक्षाराेपणको पार्क बन्दै सोमबार अर्को वृक्षाराेपण सम्पन्न

    जगडोलको शाहीद पार्क वृक्षाराेपणको पार्क बन्दै सोमबार अर्को वृक्षाराेपण सम्पन्न


    अमृता के सी ( रोनी )
    काठमाडौँ, असोज १२ । ४२ औं विश्व पर्यटन दिवसकाे अवसरमा नेपाल पर्यटन बाेर्ड र राष्ट्रिय शहिद तथा शान्ति पार्क, निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वन पर्यापर्टन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिकाे संयुक्त आयाेजनामा वृक्षाराेपण कार्यक्रम सम्पन्न भएको छ।

    “समावेशी वृद्धिका लागि पर्यटन” भन्ने नाराका साथ गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क, निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वनमा संस्कृती ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिब यादब प्रशाद काेइरालाको प्रमुख आतिथ्यतामा सोमबार वृक्षाराेपण कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा नेपालका लागी युनेस्को आयोगका महासचिव डा. बाबुराम अधिकारी, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऎर,संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव लक्ष्मी बस्नेत, नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेल, राष्ट्रिय शहिद तथा शान्ति पार्क, निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देल, महानगरीय प्रहरी प्रभाग गोकर्णका प्रमुख रामजी घिमिरे, पर्यटन बोर्डका पदाधिकारीहरु, स्थानिय सरकारका प्रतिनिधि लगायत स्थानिय संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका निमित्त युनेस्को आयोगका महासचिव डा. बाबुराम अधिकारीले राम्रो कामको सुरुवात गर्न सोच बनाए त्यो काम पूरा हुने बताउदै सहिद पार्क जगडोलमा अन्तर्राष्ट्रिय स्तरको युनेस्को अध्यन, अनुसन्धान, प्रयोगात्मक केन्द्र,राष्ट्रिय शहिद संग्राहलय एवं युनेस्को संग्राहलय र औषधि जन्य बोटबिरुवा रोपण गरि हर्बल पार्कको निमार्ण जस्तो तीन वटा महत्वपूर्ण कार्य गर्न खोजेको बताए।

    उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऎरले विश्व पर्यटन दिवसको शुभकामना दिदैँ देशभरीको सामुदायिक वनको संजाललाई पर्यापर्यटनको विशेष स्थलको रूपमा विकास गर्ने जमर्को गरेको भन्दै सामुदायिक वन संजाल संग जोडिन गई वातावरणलाई सुरक्षित तरिकाले मानव संस्कृतिलाई टेवा पुग्ने बताए।

    कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृती ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिब यादब प्रशाद काेइरालाले हरेक राष्ट्रको विदेशी आय आर्जन गर्ने महत्त्वपूर्ण स्रोत पर्यटन भएको बताए।साथै जगडोल अनुपम रुपले प्राकृति सुन्दर खुल्ला संग्राहलय भएकोले शहिद पार्कलाई राष्ट्रिय जगतमा अन्तराष्ट्रीय जगतको पार्क बनाउन अगाडि बढ्न अनुरोध गर्दै नेपाल पर्यटन बोर्डले हालेमालो गर्ने प्रतिबद्धता व्यक्त गरे।

    कार्यक्रममा धन्यवाद व्यक्त गर्दै राष्ट्रिय शहिद तथा शान्ति पार्क, निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देलले शहिद पार्क नेपाल सरकार, जनता र साझेदारी निकायहरूको सम्पत्ति भएकोले हातेमालो गरि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। साथै देश भरीकै सामुदायिक वनको संजाल बनाई पर्यटकीय गतिविधि बढाउने उनले बताए।

  • काठमाडौंको कपनबाट ४ वर्षिय बालक वेपत्ता

    काठमाडौंको कपनबाट ४ वर्षिय बालक वेपत्ता

    काठमाडौंं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ कपनबाट एक बालक वेपत्ता भएका छन् । प्रहरीका अनुसार भारतको बिहार घर भई कपनको टहरामा बस्दै आएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस सम्पर्कविहीन भएका हुन् । बालक सोमबार साँझ चार बजेदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

    मंगलबारसम्म पनि बालक सम्पर्कमा नआएपछि परिवारले प्रहरीको कन्ट्रोल नम्बरमा सम्पर्क गरेको बताइएको छ । बालक आफ्नै बुवाका छिमेकी साथी शंकर दाससँग गएको देखिएको खबर आएको प्रहरीले बताएको छ । तर, अहिलेसम्म सम्पर्कमा नआएपछि प्रहरीमा खबर पुगेको हो । विनोद र शंकर दुबै जना सँगै शिशाको काम गर्ने साथी भएको समेत प्रहरीको भनाई छ ।

  • रुपन्देहीमा ट्रक ठक्करबाट आमा-छोराको मृत्यु

    रुपन्देहीमा ट्रक ठक्करबाट आमा-छोराको मृत्यु

    रुपन्देही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना ५ की ४२ वर्षीया राधा भट्टराई र २२ वर्षीया महेश भट्टराई रहेको प्रहरीले जनाएको छ । उनीहरु आमा-छोरा हुन् । सैनामैनाको बुद्धनगर प्रतिक्षालयमा गाडी कुरेर बसेका उनीहरुलाई पश्चिमबाट आएको ना८ख ४४११ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले प्रहरीले जनाएको छ ।

  • नुभिवको न्यायको लागि दीप प्रज्वलन

    नुभिवको न्यायको लागि दीप प्रज्वलन

    काठमाडौं

    पोखरामा हत्या गरिएका युवा १८ बर्षीय नुभिव उप्रेतीको हत्या प्रकरणका बारेमा माईतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन तथा दिप प्रज्वलन गरिएको छ । गत २०७८ बैशाख ४ गते नुभिवको सब बिहान ६:४५ मा पोखरास्थित ताल वाराही मन्दिरअगाडि तैरिरहेको अवस्थामा फेला परेको भनि मृतककी आमा भिमा मैनाली उप्रेतीलाई करिव ७ बजे पोखरा प्रहरीले फोन मार्फत जानकारी गरेका थिए
    । रातिसम्म घर नआएपछि यसरी कहिल्यै बिना खवर घर बाहिर नगएकाले परिवारले जावलाखेल प्रहरी मार्फत हुलिया टिपाई उनी हराएको जानकारी गराएका थिए । निकै ठूलो सम्भावना बोकेका बिभिन्न टेलिचलचित्रमा बाल कलाकारका रुपमा समेत अब्बल भुमिका निर्वाह गरेका तथा गायन, लेखन र बाध्यबाधनमा निकै राम्रो दख्खल भएका नुभिव बिभिन्न सामाजिक कार्यमा समेत सक्रिय थिए । ऊनले भुकम्पका समयमा समेत युवाहरुका लागि सचेतना मुलक काममा सक्रिय रही हालको कोभिड १९ को माहामारीमा पनि आफू जस्तै युवाहरुका लागि आवाज दिदै आएका थिए ।


    रेडीयो, टेलिकाष्ट र गित संगितबाट आवाज दिने तथा योग ध्यानका कक्षा संचालन गर्दै आएका ऊनले आरम्भ नेपाल तथा युवा जस्ता सामाजिक संस्था मार्फत आफूजस्ता युवालाई सचेत गराऊन सक्रिय थिए । सानो उमेरमा समाजिकीकरण भै सकेका सक्रिय एक युवक यसरी उदाऊनै नपाई रहस्यमय तरिकाले हत्या हुनुले सतमाजमा मानवता हराएको हो त ? भन्ने आशंका पलाएको छ ।

    पहिले प्रहरीले अत्महत्या भनी लुकाएको यो घटनामा हाल पोखराको लेकसाइर्डस्थित सडकहरुमा पटक पटक दागाँधर्दै लखेटी लखेटी मरन्नासन्न गरी कुटेको सि.सि. टी.भी. फुटेज प्रहरीले अनुसन्धानको क्रममा पुनर जाहेरी पश्चात् प्रहरीले भेटेपछि हाल घटनामा संलग्न ३ जनालाई पुर्पक्षका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले थुनामा राखेको छ तर सि.सि.टि.भि.मै देखिएका अन्य शंकास्पद् व्यक्तिलाई खोज्न तथा तथा मृतकको लास जाचँ मुचुल्का गरीसकेपछि पनि मृतकको फोनबाट फोन गर्ने व्यक्ति र ऊनले प्रयोग गरेको फोन सेट तथा ऊनले बिल तिरेको पोखरास्थित ट्रेजर लाउन्ज सि.सि.टि.भि.फुटेज लुकाईनु तथा लेकसाईड स्थित मृतक संलग्न बिभिन्न ठाऊँमा सि.सि.टि.भि. जडान भएका ठाँऊबाट स्पष्ट रुपमा प्रहरी समेत प्रत्यक्षदर्शी हुदा हुदै एक भविष्यका कर्णधार,एक कुशल युवा कलाकारको रहस्यमय हत्या भएकाले सोह्र श्राद्धको पञ्चमी तिथि पारी कलाकार संघका अध्यक्ष श्री रविन्द्र खड्का, उपाध्यक्ष श्री मोहन निरौला, कलाकार तथा समाजसेवी विश्व वस्नेत, कलाकार अभय बराल, ममता, लेखक कलाकार जयाँ ओझा, भक्त पोखरेल,रुपेन्द्र शिवाकोटी,यादव अधिकारी समाजसेवी गोमा खनाल तथा समाजसेवी तथा चलचित्रकर्मी सरिता राजोपाध्याय, शिक्षकहरु,पत्रकारहरु, व्यवसायी, मृतकका परिवारहरु, साथीहरु तथा बिभिन्न पेशा व्यवसायीहरुको सक्रियतामा शान्तिपूर्ण आन्दोलन तथा मृतकको आत्माको चीर शान्तिका लागि दीप प्रज्वलन गरिएको थियो ।

  • बस चालक बस भित्रै मृत अवस्थामा फेला परे

    बस चालक बस भित्रै मृत अवस्थामा फेला परे

    काठमाडौँ, असोज ११ । गोकर्णेश्वर नारायणटार बागमती पुल नजिक बस भित्रै चालक मृत अवस्थामा फेला परेका छन्।

    सोमबार बिहान बा ५ ख ६५३० नं को बाबा गोकर्णेश्वर बसमा आइतबार राती सुतेका चालकलाई सहचालकले फोन गर्दा फोन नउठाए पछि आएर हेर्दा मृत अवस्थामा फेला परेका हुन्। चालक मृत अवस्थामा फेला परे पछी सहचालकले प्रहरीलाई खबर गरेका थिए । दोलखा फिरफिरे घर भई हाल मुलपानी बस्ने अन्दाजी बर्ष ४५ का बाबा गोकर्णेश्वर यातायातका चालक तुलाराम उप्रेती (बलराम) भनिने व्यक्ति मृत अवस्थामा फेला परेका हुन् । शवलाई पोष्टमार्टमको लागि अस्पताल लागिएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी गराएको छ ।

  • रसुवा जिल्लाको संक्षिप्त चर्चा

    रसुवा जिल्लाको संक्षिप्त चर्चा

    सरस्वती न्यौपाने, रसुवा

    बागमती प्रदेशको उत्तरी भागमा पर्ने रसुवा जिल्ला चीनको स्वशासित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको बिकट हिमाली जिल्ला हो । स्थानीय भाषामा ‘र’ को अर्थ भेडाच्याङग्रा र ‘सोवा’ को अर्थ चराउने वा राख्ने ठाउँ भन्ने मान्यतामा राखिएको ‘रसोवा’ नाम अपभ्रंस भएर रसुवा भन्न थालिएको भन्ने भनाई छ ।

    भौगोलिक, प्राकृतिक, सांस्कृतिक, जातीय,जैविक लगायतका विविधता रहेको यस जिल्लाको क्षेत्रफल १५१२ वर्ग किमि रहेको छ । करिव २० वटा जलविद्युत आयोजना कम्पनीहरू संचालन तथा निर्माणाधिन रहेको यो जिल्ला हाईड्रो हवको रूपमा समेत परिचित छ ।

    पूर्वमा सिन्धुपाल्चोक, पश्चिममा धादिङ, उत्तरमा चीनको स्वशासित क्षेत्र तिव्वत र दक्षिणमा नुवाकोट जिल्लासंग जोडिएको यस जिल्लाको सबैभन्दा होचो स्थान बेत्रावति (६१४ मि) र अग्लो स्थान लाङटाङ हिमाल (७,२३४ मि) रहेको छ । यसको सदरमुकाम धुन्चे (१९५० मि) उचाईमा अवस्थित छ।जिल्लाको आन्तरिक राजनैतिक विभाजनको रुपमा आमाछोदिङमो, उत्तरगया, कालिका, गोसाइकुण्ड र नौकुण्ड गरी ५ गाउँपालिकाहरू रहेका छन।

    रसुवा जिल्ला धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले धनि जिल्ला हो ।

    १. गोसाईकुण्ड
    समुन्द्री सतहवाट ४ हजार ३ सय ८० मिटरमा अवस्थित रामसार सुचिमा सुचिकृत गोसाईकुण्ड हिन्दु र बौद्व, वोन्पो धर्मावलम्बीहरूको साझा धार्मिक आस्थाको केन्द्र हो । यस क्षेत्रमा साना ठुला गरी १ सय ८ कुण्डहरू रहेका छन् ।

    २. रसुवागढी

    बि. सं. १९१२ सालमा निर्मित रसुवागढी नेपाल-चीन सिमानामा अवस्थित ऐतिहासिक महत्त्व बोकेको गढी हो ।

    ३.गत्लाङ गाउँ

    समुन्द्री सतहदेखि २३०० मिटरको उचाईमा अवस्थित गत्लाङ गाउँ एक सुन्दर पर्यटकीय स्थल हो । परम्परागत रूपमा काठले मात्र छाईने घरका छानाहरू कालो देखिने भएकाले यो गाउँ ब्ल्याक गाउँले पनि चिनिन्छ ।

    विशुद्ध तामाङ जातिको बसोबास रहेको यस गाउँमा करिव ५०० घरधुरी रहेका छन । भुकम्प पछिको पुनर्निर्माणले यस गाउँको ऐतिहासिक पहिचान संकटमा परेको छ ।

    ४. क्यान्जिन उपत्यका

    लाङटाङ हिमालको काखमा रहेको समुन्द्र सतहवाट ३,८५० मिटर उचाईमा अवस्थित क्यान्जिन उपत्यका हिमाली दृष्यावलोकनका लागि एक रमणीय स्थल हो ।

    ५. उत्तरगया-धाम

    पवित्र उत्तरगयाधाम काठमाडौंबाट उत्तरतर्फ करिब ८० किलोमिटरको दुरिमा नुवाकोट र रसुवा जिल्लाको सिमाक्षेत्र वेत्रावतिमा अवस्थित बेत्रगंगा र त्रिशूली गंगाको संगम स्थल हो । नेपाल र तिब्बतबीच विं. स.१८४९ असोज १७ गते बेत्रावति सन्धि भएकोले यस स्थानको ऐतिहासिक महत्त्व समेत रहेको छ ।

    ६ .पार्वती कुण्ड
    रसुवाको सदरमुकाम धुन्चेदेखि उत्तर करिव ३५ किमिको दुरिमा आमा छोदिङमो गाउँपालिका ३ मा अवस्थित समुन्द्र सतहबाट करिव २५०० मिटरको उचाईमा रहेको एक महत्त्वपूर्ण धार्मिक स्थल हो । गोसाईकुण्ड पुगेका शिवको खोजी गर्ने क्रममा पार्वतीले यस कुण्डमा स्नान गरेको तथा यस कुण्डमा स्नान गर्दा वर तथा सन्तान प्राप्त हुने जनविश्वास रही आएको छ ।

    ७. अन्य धार्मिक तथा पर्यटकीय स्थलहरू

    चिलिमे, तातोपानी, सान्जेन भ्याली, गोल्जुङ, तामाङ सम्पदा पद मार्ग, भाङगे खोलाको झरना, भुमेस्थान थान, घलेगढी, कालिका माई मन्दिर, लोकिल- सानो आहली, ठुलो आहली जुरेढुङगा गोसाईकुण्ड पदमार्ग, नीलकण्ठ महादेव मन्दिर, नागथली, रेडपाण्डा पार्क, मिनी गोसाईकुण्ड, शंङखपार्क, लार्च्याङटार, जुरे ढुङ्गा, बिजुली ढुङ्गा, नौकुण्ड, सातधारे हिमाल, दुधकुण्ड लगायतका थुप्रै रहेका छन् ।

  • कपनमा ढलमा बगेका बालकको शव ललितपुरमा भेटियो

    कपनमा ढलमा बगेका बालकको शव ललितपुरमा भेटियो

    काठमाडौं । अघिल्लो साता (असोज ४)मा काठमाडौंको कपनस्थित मिलनचोकबाट ढलमा बगेर वेपत्ता भएका बालको शव शनिबार राती भेटिएको छ । ललितपुर प्रहरीका अनुसार उनको शव ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका–१ घुसेलमा भेटिएको हो । असोज ४ गते साँझ ढलमा खसेका १० वर्षीय बालक उज्ज्वल विश्वकर्माको शव कपडाको आधारमा परिवारले पहिचान गरेका हुन् ।

    शव बागमती नदी किनाराबाट मूल सडकसम्म ल्याउन करिब दुई घण्टा पैदल हिँड्नुपर्ने हुन्छ । शव पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको थियो । लापरवाहीका कारण ढल खुला रहेको अवस्थामा बालकले ज्यान गुमाउनु परेको यो घटनापछि सरकारको चर्को आलोचना भएको छ ।

  • काठमाडौँस्थित गोकर्णेश्वर वडा नं ४ मा काँग्रेस इकाई सभापतिमा ज्ञानकुमार श्रेष्ठ निर्वाचित

    काठमाडौँस्थित गोकर्णेश्वर वडा नं ४ मा काँग्रेस इकाई सभापतिमा ज्ञानकुमार श्रेष्ठ निर्वाचित


    अमृता के सी ( रोनी )
    काठमाडौँ, असोज ८ । नेपाली काँग्रेसकाे १४ औं इकाई अधिवेशन नगरपालिका अन्तर्गतका वडाहरूमा धमाधम सम्पन्न भैरहेको छ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ प्रदेश “ख” को सचिव तथा गोकर्णेश्वर नगरपालिकाको उपप्रमुख शान्ति नेपाल र कोषाध्यक्ष किरण के.सी.को वडा रहेकोे गोकर्णेश्वर-४ मा अधिवेशन शुरु भएको चार दिन पछि इकाई र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत हुन नसकेपछि अन्तत आज निर्वाचन पद्धतिबाट नेतृत्व चयन भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित सुनगाभा पार्टी प्यालेसको सभाहलमा गरिएको निर्वाचनमा गो.न.पा. वडा नं ४ को इकाई सभापतिमा ज्ञान कुमार श्रेष्ठ निर्वाचित भएका छन् । उक्त निर्वाचनबाट नेपाली काँग्रेस काठमाडौँ जिल्ला क्षेत्र नं ३ प्रदेश “ख ” गोकर्णेश्वर नगरपालिका वडा नं ४ को वडा अधिवेशनमा निर्वाचित १० जना क्षेत्रीय प्रतिनिधिहरु तपशिल रहेका छन् ।

    कसले कति मत पाए ?

    १) जयराम महत – १४९
    २) सन्त कुमार श्रेष्ठ – १४६
    ३) राजेश श्रेष्ठ – १३९
    ४) किरण केसी – १३६
    ५) दयराम श्रेष्ठ – १२७
    ६) मनराज श्रेष्ठ -११८
    ७) विकेश श्रेष्ठ – ११६
    ८) सुदर्शन सिग्देल – ११२
    ९) दिपक प्रसाद ढुंगाना- ११०
    १०) रामजी श्रेष्ठ – १०८

  • नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ५ को इकाई सभापतिमा शेखर सुवेदी निर्वाचित

    नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ५ को इकाई सभापतिमा शेखर सुवेदी निर्वाचित


    अमृता के सी ( रोनी )
    काठमाडौँ, असोज ६। नेपाली काँग्रेसकाे इकाई अधिवेशन नगरपालिका अन्तर्गतका वडाहरूमा सम्पन्न भएकाे छ। सबै इकाईमा सर्वसम्मत नेतृत्व चयन गरिएकाे छ । प्राय वडामा बुथ प्रतिनिथि पनि सर्वसम्मत चयन भएकाे छ ।गोकर्णेश्वर नगरपालिकाको वडा नं ५ मा इकाई देखि क्षेत्रीय प्रतिनिधि सबै सर्वसम्मत चयन गरिएकाे छ ।

    नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ५ को इकाई सभापतिमा शेखर सुवेदी सर्वसम्मतले निर्वाचित भएका छन्। मंगलबार पिस ब्यान्केट जोरपाटीमा भएको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित श्री बहादुर योगी लगायतको टिमले सर्वसम्मत रुपमा अधिवेशन सम्पन्न गर्नको लागि महत्वपूर्ण भूमिका खेलेको र यसबाट अन्य वडाका साथै देशका अन्य क्षेत्रमा पनि सकारात्मक सन्देश गएको जानकारी गराए । नवनिर्वाचित निर्विराेध इकाई समिति यस प्रकारकाे रहेकाे छः

    सभापतिः शेखर सुवेदी

    उपसभापतिः ज्योति पुडासैनी, सन्तोष लामा

    सचिवः दिपक लामा, सन्तोष सुवेदी

    सहसचिवः दिपक सापकोटा, रामकुमार तामाङ

    सदस्यः देवकी ढुंगाना ,बिन्दा खतिवडा, सोनु लामा रिना थापा सुवेदी, संदेश बराल, राजेन्द्र लम्साल, अजय ढकाल , केशब नेपाल प्रकाश सुवेदी, लक्ष्मी राजामगर, राम बहादुर बस्नेत, लाक्पा शेर्पा, बिरेन राइ नरेश बराल, सुदिप खतिवडा, ममता पुडासैनी, दिपक पुडासैनी, दिपक बस्नेत, सुमित्रा सुनुवार चन्द्रिका लामा, आकाश लामा र प्रदिप लामा सर्वसम्मत रुपमा चयन भएका हुन् ।

  • काठमाडौंको कपनमा ढलमा खसेर एक बालक बेपत्ता

    काठमाडौंको कपनमा ढलमा खसेर एक बालक बेपत्ता

    काठमाडौं । काठमाडौंको कपनस्थित मिलन चोकमा ढलमा खसेका एक बालक बेपत्ता भएका छन्। बेपत्ता बालकको पहिचान नखुलेको प्रहरीले बताएका छ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० र काठमाडौं महानगरपालिका वडा नम्बर ६ को सीमानामा रहेको मिलनचोक तरकारी बजार नजिकैको ढलमा एक बालक खसेका हुन् ।

    मंगलबार राति साढे आठ बजेतिर बालक ढलमा खसेको महानगरीय प्रहरी प्रभाग कपनले जनाएको छ । स्थानीयले बालक खसेको देखेपछि प्रहरीमा खबर गरेका थिए । बालकको खोजी गर्न सामाखुसीबाट प्रहरी निरीक्षकको कमाण्डमा विपद व्यवस्थापनको टोली खटिएको थियो। टोलीले वरिपरिका सबै ढलमा खोजे पनि बालकलाई फेला पार्न सकेको छैन ।

  • काँग्रेस गोकर्णेश्वर-९ को इकाई सभापतिमा राजिव थापा सहित समितिमा सर्वसम्मत चयन

    काँग्रेस गोकर्णेश्वर-९ को इकाई सभापतिमा राजिव थापा सहित समितिमा सर्वसम्मत चयन

    काठमाडौँ, असोज ६ ।नेपाली काँग्रेस काठमाडौँ जिल्ला क्षेत्र नं ३ अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं ९ को इकाइ सभापति लागायतका सम्पुर्ण पदमा सर्वसम्मत चयन भएको छ ।वडा नंं ९ को इकाइ सभापतिमा राजिव थापा सहित सबै पदाधिकारी सर्वसम्मत रुपमा चयन गरेको हो ।

    अधिवेशनबाट उपसभापतिमा निर्मल खतिवडा र विष्णु केसी, सचिव केशव अधिकारी र श्रीकृष्ण कारञ्जीत, उपसचिव उमेश चालिसे, कोषाध्यक्ष अस्मिता श्रेष्ठ, सुजीत सिं ठकुरी र मनोनित कोषाध्यक्ष रोहित देवकोटा चयन भएका हुन्।

    उक्त अधिवेशन काठमाडौं क्षेत्र नं. ३ का सभापति एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। अधिवेशनलाई सम्बोधन गर्दै नगर प्रमुख चालिसेले वडा नंं ९ मा विगत देखि नै सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै आएको बताउँदै यसबाट अन्य क्षेत्रमा पनि सकारात्मक सन्देश जाने बताए।

  • गुल्मीमा पहिरोमा परि एकै परिवारका तीन दिदीबहिनीको मृत्यु

    गुल्मीमा पहिरोमा परि एकै परिवारका तीन दिदीबहिनीको मृत्यु

    गुल्मी । गुल्मीमा पहिरोमा परि एकै परिवारका तीन दिदीबहिनीको ज्यान गएको छ । मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रेसुङ्गा नगरपालिका वडानम्बर ८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । माथिबाट आएको पहिरोले एक तले पक्की घर पुरिएपछि बीचको कोठामा सुतेका तीन बहिनीको मृत्यु भएको थियो ।

    तिलक परियारको घरमा ६ जना थिए । ३ जना छोरीको मृत्यु भएको र तिलक, उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जानकारी गराएको छ । स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा तीन जनाकै शव बिहान साढे ४ बजे निकाली गुल्मी अस्पताल तम्घास पठाइएको छ । राति नै उद्धार टोली घटनास्थलमा खटिएको थियो ।

  • नेपाली कांग्रेस बूढानिलकण्ठ -११ बाट को को बने क्षेत्रीय प्रतिनीधि ?

    नेपाली कांग्रेस बूढानिलकण्ठ -११ बाट को को बने क्षेत्रीय प्रतिनीधि ?


    अमृता के सी ( रोनी )
    काठमाडौँ, असोज ६ । नेपाली काँग्रेस काठमाडौं जिल्ला क्षेत्र नं ४ अन्तर्गत बूढानीलकण्ठ नगरपालिका वडा नं ११ को इकाई सभापति लागायतका सम्पुर्ण पदमा सर्वसम्मत चयन भएको छ । वडा नंं ११को इकाई सभापतिमा राधेश्याम कार्की सहित सबै पदाधिकारी सर्वसम्मत रुपमा चयन गरेको हो ।

    बूढानीलकण्ठ नगरपालिका वडा नं ११ स्थित कपन संगित सरोवर डवलि मन्चमा मंगलबार भएको अधिवेशनबाट उपसभापति डिल्ली रिजाल र नारायण खड्का, सचिवमा आनन्द अधिकारी र सुदर्शन के सी साथै सहसचिवमा उत्तम पौडेल र सबिना देवकोटा चयन भएका हुन्।

    जेष्ठ नागरिक एवं क्रियाशिल सदस्य गुण बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको क्षेत्रीय प्रतिनिधिहरुमा आत्माराम पौडेल, शशी प्रसाद शर्मा, बिनोद चालिसे, रामकृष्ण के सी, अच्युत प्रसाद पौडेल, राजाराम बुढाथोकी, दिलिप खत्री, सन्तोष भण्डारी, युवराज संग्रौला र विशु कुमार के सी चयन भएका छन्।

    उक्त अधिवेशनबाट खस आर्य तर्फ ज्योती के सी, राजेन्द्र बुढाथोकी, राजेन्द्र अधिकारी, रमा रिजाल र पार्वती अधिकारी (के सी) निर्वाचित भएका छन् भने खुल्ला महिला तर्फ शर्मिला गौतम के सी, आरती कार्की, बविता बुढाथोकी, सुनिता घिमिरे पौडेल र सोम कुमारी घिमिरे चयन भएका हुन्।१४ औं नेपाली काँग्रेस वडा अधिवेशनमा निर्वाचित बूढानीलकण्ठ नगरपालिकाको वडा नं ११ को क्षेत्रीय प्रतिनीधिहरुको नाम तपसिल बमोजिमको छ।

  • नेपाली काँग्रेस गोकर्णेश्वर-३ को इकाई सभापतिमा श्याम बहादुर श्रेष्ठ निर्वाचित

    नेपाली काँग्रेस गोकर्णेश्वर-३ को इकाई सभापतिमा श्याम बहादुर श्रेष्ठ निर्वाचित


    अमृता के सी ( रोनी )
    काठमाडौँ, असोज ६ ।काठमाडौँ क्षेत्र नं ३ नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३ को इकाई सभापतिमा श्याम बहादुर श्रेष्ठ निर्वाचित भएका छन्। गोकर्णेश्वर वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीको प्रमुख आतिथ्यता अधिवेशन सम्पन्न भएको थियो ।

    अधिवेशनबाट वडा नं ३ को उपसभापतिमा राम कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् भने सचिवमा मैना गिरी र जन्जित के सी अत्यधिक मतले निर्वाचित भएका छन् ।उक्त अधिवेशनले कोषाध्यक्षमा निर्मला कामी, सहसचिवमा विजय श्रेष्ठ र जनक गिरी निर्विरोध निर्वाचित भएका छन्।

    अधिवेशनमा निर्वाचन समितिलाई धन्यवाद दिदै वडा अध्यक्ष भण्डारीले जो निर्वाचित भएपनी सबैको व्यक्तिगत विजय नभई काँग्रेसको विजय भएको भन्दै निर्वाचित सबैलाई बधाई तथा शुभकामना दिए।साथै सबै क्रियाशिल सदस्यहरू हातेमालो गरि अघि बढ्न अनुरोध गरे।

  • नेपाली काँग्रेस बूढानिलकण्ठ १३ मा भाई नारायण श्रेष्ठको नेत्रित्व सर्वसम्मत

    नेपाली काँग्रेस बूढानिलकण्ठ १३ मा भाई नारायण श्रेष्ठको नेत्रित्व सर्वसम्मत

    काठमाडौँ, असोज ५ ।नेपाली काँग्रेस बूढानिलकण्ठ -१३ को सभापतिमा भाइनारायण श्रेष्ठ निर्वाचित भएका छन् । बूढानिलकण्ठ नगरपालिका वडा नं १३ को सार पार्टी प्यालेसमा मंगलबार भएको वडा अधिवेशनले श्रेष्ठलाई सभापतिमा चयन गरेको हो।श्रेष्ठको अध्यक्षतामा उपसभापतिमा निवेश श्रेष्ठ र रामलाल श्रेष्ठ सचिब दिनेस श्रेष्ठ र विकास श्रेष्ठ निर्वाचित भएका छन्।

    सह सचिवमा श्याम काजी श्रेष्ठ र दिनेश नगरकोटीलाई निर्वाचित गरेको अधिवेशनमा विशाल श्रेष्ठ ,रामचन्द्र श्रेष्ठ ,संकल्प श्रेष्ठ , संकल्प श्रेष्ठ ,रोसन श्रेष्ठ ,किरण श्रेष्ठ ,राम नगरकोटी ,बिनोद श्रेष्ठ ,पार्वती श्रेष्ठ ,सुस्मिता पाण्डे ,ममता श्रेष्ठ ,संगीता श्रेष्ठ ,सहकुल कार्की ,राजेन्द्र खत्री ,कविता खत्री ,कल्पना पौडेल ,बिजेन्द्र श्रेष्ठ ,राजन श्रेष्ठ ,कल्पना श्रेष्ठ र सम्झना श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन्।

  • नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३ ईकाइ सभापतिमा किरण बहादुर बिष्टको दाबी

    नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३ ईकाइ सभापतिमा किरण बहादुर बिष्टको दाबी

    काठमाडौँ, असोज ४ । नेपाली काँग्रेसको आसन्न १४ औं अधिवेशनका लागि नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३ ईकाइ सभापतिमा किरण बहादुर बिष्टले दाबी गरेका छन्। अनुशासन,आर्थिक पारदर्शिता, पार्टी प्रतिको ईमान्दारिता र निरन्तरता नै आफ्नो उम्मेद्वारीको मुख्य आधार रहेको बताउदै बिष्टले आसन्न १४ औं अधिवेशनका लागि नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३ को ईकाइ सभापतिमा दाबी गरेका हुन् ।

    नेपाली काँग्रेसको गौरवमय इतिहासलाई सम्मान गर्दै गतिशील र बैचारिक संगठन निर्माणका लागि भन्दै बिष्टले उम्मेद्वारी घोषणा गरेका हुन्। लामो समय देखि नेपाली काँग्रेसमा सक्रिय रहेका बिष्ट अनुशासित र जुझारु नेपाली काँग्रेसलाई सहि दिशा प्रदान गर्ने कुशल छवि भएको व्यक्ती हुन् ।
    काँग्रेसको राजनीतिमा सक्रिय बिष्ट हालका पनि इकाई सभापति हुन् । उनले नगरपालिका भित्र विभिन्न सामाजिक संघ सस्थामा क्रियाशील रहदै समाजसेवामा सक्रिय भूमिका खेल्दै आउनुले उनि राजनीतिक मात्र नभई सामाजिक व्यक्तित्व पनि भएको प्रष्ट बुझिन्छ। आजसम्म कसैलाई पनि घाटा हुने काम नगरेको बताउने उनले समाजमा भए गरेका विकास निर्माणमा सहभागिता जनाउदै आएका छन् ।

    उनले अहिले सम्म आफूले पार्टी र समाजमा गरेको योगदानको कदर हुने समेत बिश्वास व्यक्त गर्दै बिगतमा भएका कमि कमजोरीलाई सच्याउदै उनले विधि पद्धतिमा रहेर पार्टीलाई सक्रिय बनाउने, काम गर्दा सबैसँग सल्लाह गरेर मात्र गर्ने र आउँदै गरेको चुनावमा पार्टीलाई अत्याधिक मतका साथ जिताउने गरी काम गर्ने योजना बनाएर आफूले इकाई सभापतिका लागि उम्मेद्वारी घोषणा गरेकोले सबै क्रियाशिल दाजुभाई दिदीबहिनीहरुलाई अत्यधिक मत दिई निर्वाचित गर्न समेत आग्रह गरेका छन् ।

  • संखुवासभा हत्याकाण्ड: थप चार जना अनुसन्धानको दायरामा

    संखुवासभा हत्याकाण्ड: थप चार जना अनुसन्धानको दायरामा

    काठमाडौं । केही साता अघि एकै परिवारका ६ जनाको सामुहिक हत्या भएको घटनामा थप चार जनामाथि अनुसन्धान शुरु भएको छ । सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनामाथि अनुसन्धान शुरु गरेको हो । प्रहरीले पहिचान भने खुलाएको छैन । घटनामा उनीहरुको संलग्नता वा प्रत्यक्षदर्शी भएपनि घटना लुकाएको हुन सक्ने आशंका प्रहरीको छ ।

    घटनामा संलग्न रहेको आरोपमा स्थानीयवासी लोकबहादुर कार्कीलाई भने प्रहरीले शुरु मै पक्राउ गरि सार्वजनिक समेत गरिसकेको छ । लोकबहादुर र उनका भाईका बयानका आधारमा थप मानिस अनुसन्धानमा तानिएका हुन् । मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले शुक्रवार लोकबहादुरका भाइले लुकाएको अवस्थामा भेटाएको थियो । अहिले पुनः प्रहरी घटनास्थलमा खटिएको छ । गत भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।

  • बौद्ध प्रहरी वृत्तद्वारा ३५ हजार गाँजाका बोटहरु काटी नष्‍ट गरियो

    बौद्ध प्रहरी वृत्तद्वारा ३५ हजार गाँजाका बोटहरु काटी नष्‍ट गरियो


    अमृता के सी ( रोनी )
    काठमाडौँ, असोज ३ । महानगरीय प्रहरी वृत्त बौद्ध कार्यालय प्रमुख प्रहरी नायब उपनिरीक्षक ढुण्डीराज न्यौपानेको नेतृत्वमा गाँजाका बोटहरु काटी नष्‍ट गरिएको छ।

    शनिबार बौद्ध प्रहरी वृत्तको नेतृत्वमा खटिएको टोलिले गोकर्णेश्‍वर नगरपालिका वडा न.१ स्थित ओख्रेनी, मुलखर्क र चिलाउने एरियामा गाँजाका बोटहरु काटेर नष्ट गरेको छ। लागु औषधमा पर्ने गाँजा प्राकृतिक रुपमा उत्पादन हुने साथै व्यवसायिक रुपमा खेती गरेको पाइएकोले करिब ३५ हजार गाँजाका उम्रेका बोटहरु काटी नष्‍ट गरिएको जानकारी गोकर्ण प्रहरी प्रभागका प्रमुख प्रहरी नायब निरीक्षक रामजी घिमिरेले दिए। पछिल्लो समयमा युवा देखि वृद्धहरु सम्म नसामा फसेर दिनहुँ घटना घटी रहेकोले प्रहरीले दुर्व्यसनि न्यूनीकरण गर्न जनसमुदायलाई लागु औषधको सम्बन्धमा जनचेतना गराउने साथै गाँजाका खेतिलाई रोक लगाएको छ।

    कार्यक्रममा बौद्ध प्रहरी वृत्तका टोलि, गोकर्ण प्रहरी प्रभागका टोलि लगायत गोकर्णेश्वर नगरपालिका स्थानीय क्लब, संघ र संस्थाहरुको उपस्थिति रहेको थियो ।

  • काठमाडौँको १३८ वटै वडामा असोज ५ गते नेपाली कांग्रेसको वडा अधिवेशन

    काठमाडौँको १३८ वटै वडामा असोज ५ गते नेपाली कांग्रेसको वडा अधिवेशन

    काठमाडौँ, असोज २। काठमाडौँको १३८ वटै वडामा नेपाली कांग्रेसको वडा अधिवेशन हुने भएको छ।अधिवेशनको तयारी सम्बन्धमा केन्द्रीय निर्वाचन समितिबाट तोकिएका निर्वाचन अधिकृत सहित बैठक बसेर अधिवेशन प्रक्रिया शुरू गरेको छ। देशका विभिन्न जिल्लाका वडाहरुमा अधिवेशन भए पनि काठमाडौँ जिल्लाका ११ स्थानीय तहका १३८ वडामा भने अधिवेशन भएको थिएन।

    पार्टी जिल्ला कार्यालय ज्ञानेश्वरमा शुक्रबार बसेको बैठकले भोलि असोज २ गते शनिवार सम्म निर्वाचन अधिकृत तोकेर अधिवेशन प्रक्रिया शुरु गर्ने लगायतका निर्णयहरु गरेको छ।

    काठमाडौँ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगिए संगै अव असोज ५ गते सबै वडामा अधिवेशन गर्ने तयारीलाई तीव्र पारिएको छ। त्यसै क्रममा वडा अधिवेशनको व्यवस्थापन र परिचालनका लागि जिल्ला सभापति सबुज बानियाँको अध्यक्षतामा बैठक बसेर अधिवेशनको मिति तय गरिएको हो।

  • बर्दियामा बँदेल मार्न थापेको पासोमा परि एकै परिवारका तीनको मृत्यु, छिमेकी पक्राउ

    बर्दियामा बँदेल मार्न थापेको पासोमा परि एकै परिवारका तीनको मृत्यु, छिमेकी पक्राउ

    बर्दिया। बर्दियामा बँदेल मार्न थापेको पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएको छ । प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाधयमले जनाए अनुसार बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका ३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले घटनाको पुष्टी गरेका छन् । उनका अनुसार शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला उनीहरू छिमेकीले बँदेलका लागि धान खेतमा थापेको विद्युतीय पासोमा परेका हुन् । खेतमा विद्युतीय पासो थाप्ने छिमेकी ८३ वर्षिय राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्त्रधान भइरहेको प्रहरीले जनाएको छ ।

  • संखुवासभा हत्याकाण्ड: एकै व्यक्तिले गरेको प्रहरीको भनाई, आरोपित पक्राउ

    संखुवासभा हत्याकाण्ड: एकै व्यक्तिले गरेको प्रहरीको भनाई, आरोपित पक्राउ

    संखुवासभा । संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्यामा एक जना मात्र व्यक्तिको संलग्नता देखिएको प्रहरीले जनाएको छ । साथै प्रहरीले हत्या आरोपित व्यक्तिलाई पक्राउ समेत गरेको छ । प्रहहरीका अनुसार हत्या आरोपमा शनिबार बिहान छिमेकी २६ वर्षीय लोकबहादुर कार्की पक्राउ परेका छन् । उनलाई आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने कार्यक्रम छ ।

    पक्राउ परेका युवक मृतकका भतिजो नाता पर्छन् । मानसिक रोगको सिकार बनेका उनले औषधी समेत खाइरहेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको वस्तु भेटिएको छ । साथै उनको घर भित्र रहेको लुगामा समेत रगत लत्पत्तिएको भेटिएको छ । प्रहरीले रगत र मृतकको डिएनए भिडाएसँगै उनलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

    हत्या उनी एक्लैले गरेको समेत बताइएको छ । सुरुमा तेजबहादुरको हत्या गरेपछि परिवारका सदस्यको हत्या भएको थियो । गत सोमबार मादी नगरपालिका १ का बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको हो ।

    प्रहरीका अनुसार व्यक्तिगत रिसिइवीका कारण उनले हत्या गरेको स्वीकार गरेका छन् । आफुलाई हेप्ने गरेको, पागल भन्ने गरेको र केही समय अगाडी आफ्नी आमाको लडेर भएको मृत्युमा समेत तेजबहादुरलाई उनले आशंका गर्ने गरेका थिए । सोही कारण उनको हत्या गरि बदला लिन चाहेको देखिएको छ ।

  • छिरिङ डोल्मा शेर्पा फाउन्डेसन र लायन्स क्लब अफ शेर्पाजद्वारा राहत बितरण

    छिरिङ डोल्मा शेर्पा फाउन्डेसन र लायन्स क्लब अफ शेर्पाजद्वारा राहत बितरण

    दोलखा, भाद्र २४

    छिरिङ डोल्मा शेर्पा फाउन्डेसन र लायन्स क्लब अफ नेपाल शेर्पाजको संयुक्त आयोजनामा लपिलाङ -५, कालिन्चोव्क दोलखाका पहिरो पीडितलाई राहत वितरण गरेका छन् । कालिन्ङचोक गापा लापिलाङ वडा ४, इकाई इन्चार्ज सहदेव खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा फाउण्डेसनका अध्यक्ष शेर्पाले राहत प्रदान गरेका हुन् ।

    पहिरो पिडितहरुलाई ३५६ ब्लाकेन्ट, १०८ ऊनी सुइटर, ४००० पिस मास्क र ४००० लिटर स्यानिटाइजर बितरण गरेका छन् । कार्यक्रममा बोल्दै शेर्पाले; “फाउण्डेसनले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने” बताएका छन्।

  • मुख्य सचिब बैरागीले राष्ट्रिय शहिद पार्क पुगेर गरे वृक्षारोपण

    मुख्य सचिब बैरागीले राष्ट्रिय शहिद पार्क पुगेर गरे वृक्षारोपण

    काठमाडौं भाद्र २४ ।गोकर्णेश्वर नगरपालिका स्थित राष्ट्रिय शहिद तथा शान्ति पार्कमा नेपाल सरकारका मुख्य सचिब शंकरदास बैरागिकाे प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । निजामति सेवा दिवस २०७८ को अवसरमा निजामति ऐन जारि मिति २०१३ भाद्र २२ काे सम्झनामा तत्कालिन प्रधान मन्त्रि टंक प्रशाद आचार्य र तत्कालिन मुख्य सचिब चन्द्र बहादुर थापाको शालिक समेत शिलान्यास गरिएको छ।


    निजामति क्षेत्र व्यवस्थापन समिति र बियुराे ८१ नेपालको आयोजनामा बुधबार भएको कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागीले यज्ञडोल सामुदायिक वनमा निर्माणधीन निजामती स्मारकको शिलान्यास गरेका हुन् ।निर्माणाधीन निजामती स्मारकमा तत्कालीन समयमा पहिलो पटक निजामती सेवा ऐन जारी गर्न नेतृत्व लिएका उनीहरुको शालिक बन्न लागेको हो। अगामी एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको राष्ट्रिय शहीद तथा शान्ति पार्क, निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रबर्द्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी गराए ।

    कार्यक्रममा पूर्व मुख्यसचिव थापाका आफन्त डा पार्थिवेश्वर तिमल्सिना, समितिका अध्यक्ष सिग्देल लगायत वक्ताले निजामती इतिहासमा महत्वपूर्ण काम गर्नुभएका दुई व्यक्तित्वको शालिक निर्माणले भावी पुस्तालाई सकारात्मक सन्देश प्रवाह गर्ने जानकारी गराए । चालु आर्थिक वर्षमै शालिक निर्माण सम्पन्न गरी अर्को वर्ष देखि निजामती सेवा दिवसको मूल कार्यक्रम स्मारक स्थलमै गर्ने लक्ष्य राखिएको समेत जानकारी गराइएको थियो ।सो अवसरमा स्मारक निर्माणस्थलमा कपुर, अमला,धुपी, रुद्राक्ष लगायत ५० जातका बिरुवा पनि रोपिएको थियो ।कार्यक्रममा पूर्व मुख्यसचिव थापाले ९० वर्ष अघि लेखेको पुस्तक ‘छोटो रामायण’ को दोस्रो संस्करण विमोचन गरिइएको थियो । विद्यालय तहका विद्यार्थीलाई रामायणका मुख्य कुरा बुझ्न सजिलो होस् भनी थापाले यो पुस्तक रचना गरेको उनको नातिनी विद्या भण्डारीले जानकारी गराइन ।

    सो अवसरमा मुख्यसचिव वैरागीले चालु आर्थिक वर्षभित्र दुवै शालिक निर्माण सकिने गरी काम गर्न निर्देशन दिए । राष्ट्रिय शहीद तथा शान्ति पार्क, निजामती (स्मारक) निर्माणको कार्य योजना स्वीकृतिको बेलामै मन्त्रिपरिषद्ले कर्मचारीले पदभार ग्रहण गर्नुअघि स्मारकमा माल्यार्पण गर्ने व्यवस्था अर्को वर्षदेखि कार्यान्वयनमा ल्याइने समेत जानकारी गराएका थिए ।कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विज्ञान सचिव सुरेश आचार्यले स्मारक क्षेत्रमा निर्माण हुन लागेको युनेस्को ग्रामको अवधारणाले धेरै विषयलाई जोड्ने बताए । वन मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले सामुदायिक वनमा स्मारक निर्माण गरेर पनि वन संरक्षण गर्न सकिन्छ भन्ने उदाहरण जगडोल सामुदायिक वनले प्रस्तुत गरेको जानकारी दिए ।

    निर्माणाधीन राष्ट्रिय शहीद स्मारकसँगै निजामती स्मारक असी प्रतिशत भौतिक प्रगति भएर काम अलपत्र भएको समितिका अध्यक्ष सिग्देलले जानकारी गराएका छन् । शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत निर्माण सुरु भएको आयोजना मन्त्रालय खारेजीसँगै हाल शहरी विकास मन्त्रालयमार्फत् सञ्चालनमा छ । शहरी विकास तथा भवन निर्माण विभागले जिम्मा लिएको चार वर्ष पूरा भएपनि काममा प्रगति हुन सकेको छैन । डाँफे–गौरी–पर्वत–सुनौला–खिम्ती जेभीले स्मारक निर्माण ठेक्का पाएको छ । पछिल्लो समय विभागले पनि ध्यान नदिँदा कामममा ढिलाइ भएको स्थानीयवासीको गुनासो रहेको छ ।

    विभागबाट आयोजना प्रमुखका रुपमा काम गरिरहेका वरिष्ठ डिभिजनल इञ्जिनीयर मचाकाजी महर्जन अब पनि काम नगर्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राख्ने गरी तयारी भइसकेको जानकारी गराएका छन् । चालु आर्थिक वर्षभित्रमा अलपत्र रहेका आयोजनाका सबै काम सम्पन्न गरी स्मारक सञ्चालन हुने उनको भनाइ छ ।

  • बूढानीलकण्ठनगरपालिका द्वारा ४५ दिने एडभान्स सिलाई कटाई तालिम सुरू

    बूढानीलकण्ठनगरपालिका द्वारा ४५ दिने एडभान्स सिलाई कटाई तालिम सुरू

    काठमाडौँ, भाद्र २४। बूढानीलकण्ठ नगरपालिका वडा ११ स्थित सूर्यमुखी महिला समूहकाे भवनमा “गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम” (मेडपा) अन्तर्गतकाे ४५ दिने एडभान्स सिलाई कटाई तालिम सुरू भएकाे छ ।“सीप सिकाै, सीपकाे सदुपयाेग गरी उद्यमी बनाै” नारका साथ उपप्रमुख रमा देवी राइद्वारा कपडा सिएर यस तालिम उट्घाटन गरिएकाे हो ।

    बूढानीलकण्ठ नगरपालिकाले दक्ष जनशक्ति उत्पादन गरि गरिबी निवारण गर्नका लागि विभिन्न कार्यक्रमहरु ल्याएको छ।यसका लागि नगरपालिकाले विभिन्न समयावधीमा सिपमुलक कार्यक्रमहरू संचालन गर्दै आएकाे छ । जस अन्तर्गत बुधबार एक कार्यक्रम बिच एडभान्स सिलाइ कटाइ तालिमको सुरु भएकाे हो ।

    तालिमका लागि नगरपालिकाले रू. ३ लाख १५ हजारकाे लागत छुट्टाएकाे छ। सीप सिकाउनका लागि ७ वटा कपडा सिलाउने मेसिन, १ वटा इन्टरलक मेसिन, २ वटा आइरन, १३ प्रकारका कपडाहरू लगायतका सिकाईका लागि आवश्यक सरसामान खरिद गरिएकाे छ । उपलब्ध मेसिनहरू तालिम पश्चात उत्कृष्ट प्रशिक्षार्थीहरूलाइ कुल रकमकाे ८० प्रतिशत छुटमा बिक्री गरिने जानकारी गराईएको छ ।

  • साइकल स्वस्थ जीवनको पर्याय

    साइकल स्वस्थ जीवनको पर्याय

    कुमार न्यौपाने, न्युयोर्क

    सन् २०१८ मा संयुक्त राष्ट्रसंघ महासभाले जुन ३ लाई साईकलको दिन अर्थात ‘साइकल डे ‘ भनेर घोषणा गरेसंगै साईकलसंगको मानव सम्बन्ध र आगामी दिनमा यसको प्रयोग अत्याधिक रुपमा बढ्दैछ भन्ने पुष्टि भएको छ । यो मानवको स्वास्थ्य, स्वच्छ वातावरण र सुगम र सहज यात्राको बिषय पनि बनेको छ । यस अर्थमा साईकलको बिश्वव्यापी मान्यताले साईकलको इतिहासको कदर भयो र यसका यात्रीहरुकालागि खुसीको खवर बन्यो । यस खबरले जीवन गुजाराका लागि साईकलमा भर पर्ने एउटा मजदुर कति खुसी भयो होला थाहा भएन तर करोडौं साईकल यात्रीहरुको प्रतिनिधि पात्रको रुपमा साईकललाई नै आफ्नो व्यवसाय बनाई टुर डे फ्रान्स जस्तो प्रतियोगीताको लगातार सातौं पटकको किर्तिमानी बिजेता लान्स आम्स्ट्रङ्ग या विश्वशान्ति नारा बनाइ साईकलबाट नै संसार घुमेका किर्तिमानी नेपाली साईकल यात्री पुष्कर शाह पनि खुसी भए होलान ।


    जर्मन आविष्कारक वारोन भन ड्राइसले सन १८१७ मा प्याडल विनाको साईकल बनाएपछि फ्रेन्चहरुले साईकलको डिजाइनहरुमा परिमार्जन गर्दै लगे । क्रमिक रुपमा साईकलको आकार प्रकार र विकसीत सुबिधाहरुमा भएका परिवर्तनहरु आजपर्यन्त पनि कायमै छन । युग अनुसारको सुहाउँदो साईकलहरु बजारभरी पाइन्छ । बिश्वको उपभोग्य बस्तुहरुको उत्पादन, माग र त्यसको आपूर्तिलाई हेर्ने हो भने आज चीन बिना कल्पना गर्न नसकिने भएको छ । अन्य उपभोग्य सामानहरु जस्तै साईकलमा पनि चीनियाँ उत्पादनले बिश्वको ९.७ अरव डलरको साईकलको व्यापार मध्ये झण्डै ४०% (३.७ अरव) माग पूर्ति गर्ने रहेछ । कुनै बेला विश्वको साईकलको देश भनेर चिनिने चीन आर्थिक सम्बृद्धिसंगै साईकललाई मोटरकारले प्रतिस्थापन गर्दैछ । ठुलो जनसंख्या भएका देशहरुमा साईकलको प्रयोग घट्दै जाँदा वातावरण प्रदुषण बिन्दु चाँहि बढ्दै गएको प्रमाणहरु भेटिदैछन । पर्याबरणको संरक्षण हेतु नेदरल्याण्ड, डेनमार्क, अन्य स्केण्डीनेभियन देशहरु, जापान, कोरीया, कम्बोडिया, फ्रान्स र अन्य युरोपीय देशहरु साथै अमेरीकाले साईकल र साईकल यात्री सम्बन्धि नीति बनाई लागू गरेका छन । विश्वभरी साईकलको प्रयोगमा बिबिधता देखिएको छ । हिजोको दिनमा बाध्यताको रुपमा वा जिविकोपार्जनको लागि प्रयोग हुँदै आएको साईकल आज स्वस्थ जीवन, ओलम्पिक खेल, व्यवसायिक गतिविधि, रोमाञ्चक खेल (माउन्टेन बाईकिङ्ग) र यात्राको पर्याय बनेको छ
    केही समयदेखिको बसोवासको अनुभवले यो न्युयोर्क सहरको साईकल जीवन हेर्दा मिश्रित प्रकारको देख्छु । यँहा साईकलमा रोमाञ्कता छ र अर्कोतिर नैराश्यता । नैराश्यतालाई बिषय बनाई न्युयोर्केली साईकल यात्रीहरुको टाउको दुखाई भनेर लेख नै छापेको न्युयोर्क टाइम्स भन्छ, साईकलको सुरक्षा भएन अनि पर्याप्त साईकल स्ट्याण्डहरु खै ? यस सहर र वरपर झण्डै २० लाख साईकल छन । दैनिक साईकलबाट ओहोरदोहोर गर्नेको संख्या मात्रै झण्डै ६ लाख छन तर साईकल स्ट्याण्डहरु जम्मा ५६ हजारको लागि मात्र ! भएका साईकल स्ट्याण्डहरुपनि थोत्रा र पुराना साईकलहरुको थुप्रोले भरिएका । ति जंक (फोहोर) मानिने थोत्रा साईकलहरुको उचित व्यवस्थापन नभएसम्म साईकल स्ट्याण्ड थपेपनि समस्या जहाँको त्यही हुने देखिन्छ । छाना तथा सुरक्षा नभएका कारण छोटो वा लामो समयको लागि साईकल अड्याउन पनि मुश्किल छ । केही घण्टाका लागि साईकल बिसाउँदा नै सिङ्गै साईकल वा साईकलका महत्वपुर्ण भागहरुको चोरीको विगविगीले साईकल यात्रीको टाउको दुखाएको छ । सहरका कयौं साईकल बिसौनीहरुमा ताल्चा मारिएको भाग मात्रै भेटिनुले साईकलको असुरक्षाको मापन गर्न सकिन्छ र आफु बस्ने घर, अपार्टमेण्टमा साईकल राख्ने ठाँउको अभावले ईच्छा हुँदाहुँदै पनि साईकल किन्न नसकेकाको पिडा पनि उत्तिकै छ ।


    साईकलको उज्यालो पाटो पनि छ । विश्वव्यापी रुपमै साईकलको प्रयोगमा हिजो भन्दा बढोत्तरी हुदैछ । साईकलको स्वर्ण समय भनेर मानिने यो कोरोना कालले साईकलको महत्वलाई नयाँ उचाइमा पुर्याएको छ । १,३५० माइल साईकल बाटाहरु भएको न्युयोर्क सहरमा साइकलको लागी बाटाहरु थपिदै छन र साईकल बिसौनीहरु पनि व्यवस्थित र सुविधासम्पन्न बन्नुपर्छ भन्नेमा सबै जागरुक देखिन्छन । साईकलको अर्को अनौठो लाग्ने पक्ष छ त्यो हो यँहा पाईने साईकलमा प्रकारहरु । सानो ठुलो, सस्तो महँगो, होचो अग्लो, मोटो पालतो, गह्रुङ्गो, हलुङ्गो, व्यवसायिक, खेलकुदको लागी, शारीरिक फरकपन भएकाहरुको लागी, सामान बोक्नको लागी, बच्चाहरु डुलाउनको लागी, बिद्युतीय, या सोलारबाट चल्ने या दोब्र्याएर लैजान मिल्ने (फोल्डिङ्ग) साईकलहरुले साईकल यात्रीहरुलाई रौनकता थप्दो छ । सहरले व्यवस्था गरेको सिटीवाइक नाउँका साईकलहरु पनि प्रसस्त नै छन । आफैले सिटिवाइक एप डाउनलोड गरी साईकल बिसौनिबाट साईकल लिई मन लागेको ठाँउ जाने र नजिकैको बिसौनीमा छोड्न मिल्ने साईकलको सहर बनाउने योजना अनुसार हाल भएको १८ हजार सीटीबाइकको संख्यामा थप गरी ४० हजार बनाउने भन्ने योजनाले साईकल र साईकल यात्रीहरुको हितमा काम हुदैछ भन्ने देखिन्छ ।
    लण्डनको भन्दा एकतिहाई कम साईकल स्ट्याण्ड भएको न्युयोर्क सहरले व्यवस्थित गर्न नसकेको अर्को पाटो सववेमा साईकल अड्याउनको लागी स्ट्याण्डहरुको अभाव । न्युयोर्कमा सववे भने झैं लण्डनका अण्डरग्राउण्ड ट्रेन सिस्टममा टाढाका जागीरे यात्रुहरुकोलागी निकै राम्रो व्यवस्था भएको पाइन्छ । यस्तो पुर्वाधारमा बेइजिङ्ग, टोकियो र सोल अव्वल मानिन्छन । युरोपका कयौं सहरहरुले साईकललाई साच्चिकै माया गरेका छन, नेदरल्याण्ड र डेनमार्कका प्रधानमन्त्रीहरु नै नियमीतरुपमा साईकल चढी कार्यालय जाने भएकोले आज ती देशहरु मोटरजन्य प्रदुषणलाई उल्लेख्यरुपमा कम गर्न सक्षम भएका छन । विश्व पर्यावरण, नागरीक स्वास्थ्य, साईकल यात्रीहरु र बटुवाहरुको हितकोलागी कोपनहेगनाइजेसन मोडलको साईकल सम्बन्धी पुर्वाधारको बिकास आजको आवश्यकता हो भनि विज्ञहरु बताउँदैछन ।
    आफ्ना कुराहरु ठुला र लामा परियोजनाहरु नभएपनि काठमाडौंका केही सडकहरु, पाटनको मुख्य सडक तथा भक्तपुरको बाटोहरुमा साईकल मैत्री बाटोहरु बन्दै जानु सकारात्मक कुरा हो । पुष्कर शाह लगायत कयौं साईकल यात्री तथा सम्बन्धित संघसंस्थाहरुको बारम्वारको माग, परामर्श र आव्हनमा नेपालमा पनि साईकल मैत्री सडक बनाउन पर्ने र साईकलको सुविधाकोलागी राज्यले लगानि गर्नुपर्ने बिषय सुन्न पाईदैछ ।
    साईकल चलाउन सबैलाई मनपर्छ होला । एकताका भनेको सुनिन्थ्यो कि चितवन तिर साईकल चलाउन नजान्ने छोरीमान्छेको बिहे नै हुन्न । हाम्रो तिर चितवनको जस्तो नभएतापनि दिदीहरुले सिक्नको लागि भाडामा साईकल ल्याउनुहुन्थ्यो, त्यसैको मौका छोपी साईकलसंग नजिकिन पाउँथें । १८९० ताका न्युर्योकको हार्लेमतिर महिला उत्थानको नारा संगै साईकल चलाउन सहरले नै सिकाउदै गर्दा १९९० तिर मेरो दिदीहरु चाँहि स्वतस्फुर्तरुपमा साईकल चलाउन जान्नुपर्छ भन्दै सिक्दैथिए । स्वतन्त्रता र उत्थानको आन्दोलनमा होमिएको साईकलसंगको मेरो त्यस्तो अविष्मरणीय सम्बन्ध त छैन तर केही सम्झनाहरु भने पक्कै छन ।
    सानोमा दिदीहरुले सिक्नको लागी भाडामा ल्याउने फुच्चे साईकलहरु मौका पाउँदा घुमाएको भरमा सिकेको मलाई साहिँलो दाजुले रक्सौलबाट सिटिजन घडिसंगै ल्याइदिनुभएको मझ्यौलो साईकलले निकै खुसी दिएको थियो । एसएलसी परीक्षा र ट्युसनको चक्करले नयाँ साईकल जुराइदियो । हेटौंडा वरपर साईकल कुदाएको सम्झना ताजै छ, पछि काठमाण्डौंमा साईकलसंग खासै नाता रहेन । त्यसपछिको बाह्र पन्ध्र बर्षको समय मोटरसाईकल र मोटरगाडी भनेरै बित्यो । अघिल्लो महिना आल्बनि घुम्ने क्रममा छोरीको करले भाडामा लिएको साईकलको छोटो यात्रा नै उ बेलाको साईकलको यात्रा सम्झाउने माध्यम बन्यो । हरिया घाँसबीचका गोरेटो बाटोहरुमा साईकल कुदाएको गहिरो आनन्दपुर्ण सम्झनाले मन पुलकित भयो । हाल बसोवास रहेको इष्ट भिलेजको पिटर कुपर अपार्टमेण्टमा साईकलको लागी स्टोरेज छ छैन बुझ्दैछु, तिव्र गतिको यो व्यस्त सहरमा आफु र परिवार सुहाउँदो साईकल किन्ने सोच्दैछु ।
    भनिन्छ नि हजारौं माइलको यात्रा पनि पहिलो पाईलाबाटै सुरु हुन्छ त्यही नै सही, यो एउटा सानो पहलले विश्व जलवायु परिवर्तनको उग्रतालाई मत्थर पार्न झिनो काम गरोस र आफ्नै वरपरको पर्यावरण र स्वास्थ्य जोगाउन साईकल किन्ने मेरो सोचाईसंग धेरैको सोचाई मिलोस ।