काठमाडौं – लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित यो वर्ष अभियान चलाउन लागिएको हो । यो दिवस नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर विविध कार्यक्रमका साथ मनाइन्छ ।
संयुक्त राष्ट्रसङ्घले सन् १९९९ को महासभाबाट नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेको हो । सोहिकारण अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो ।
बुटवल । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडेको सवारी दुर्घटनामा निधन भएको प्रहरीले जनाएको छ । रुपन्देहीको जितगढीमा गएराति उनलाई बसले ठक्कर दिंएको थियो । गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा बुधबार बिहान निधन भएको हो । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माओवादीमा लामो समय देखि सक्रिय बञ्जाडे अखिल (क्रान्तिकारी)का पूर्व महासचिव पनि हुन् ।
बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा क्षेत्र तथा जिल्ला अधिवेशनहरु जारी छन् । यस दौरान विभिन्न जिल्लामा दुई गूट बीचमा हिंसात्मक झडप भएका खबर आएका छन् । प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा प्रहरीले रबरको गोली चलाएको छ । दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन अरु ग्यास र गोली चलेको प्रहरीले जनाएको छ । त्यहाँ विष्णुकुमार गिरी र शिव रिजालबीच जिल्ला सभापतिका लागि भएको मतदानको गणना भइरहेको थियो ।
मतगणनामा गिरीले अग्रता लिएपछि देउवा पक्षका युवाले मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा ढुंगा प्रहार गरेपछि झडपको स्थिति आएको गिरी पक्षको आरोप छ । झडपका क्रममा प्रहरीसहित ७ जना घाइते भएको खबर छ । उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार जारी छ ।
उता, रुपन्देही क्षेत्र नम्बर २ को मत गणनास्थलमा महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घबहादुर केसीमाथि मंगलबार आक्रमण भएको छ । रामचन्द्र पौडेल समूहबाट उम्मेद्वार बनेका केसीलाई पार्टी सभापति शेरबहादुर देउवा समूहले आक्रमण गरेको बताइएको छ । मतगणना जारी रहेको अवस्थामा केसीमाथि आक्रमण भएपछि मतगणना समेत स्थगित भएको छ । उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार जारी छ ।
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागीमा परि तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ छन् । ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा सोमबार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किएपछि आगलागी भएको बताइएको छ ।
कृषि पेसालाई आम्दानिको श्रोत बनाई आयआर्जन गरिरहेकी रसुवा जिल्ला कालिका गापा ३ कटुन्जे निवासी चन्द्रकुमारी न्यौपाने गाउँमा नै च्याउ खेति गरेर आत्मनिर्भर बनेकी छिन् । उहाँले मनकामना च्याउ तथा फलफुल उद्योग २०७४ सालमा स्थानीय तह र धरेलुमा व्यवसाय दर्ता गरेर काम सुरू गरेकी हुन् ।पासाङ ल्हामु राजमार्ग नजिक रहेको र च्याउको गुणस्तर राम्रो भएकै कारण बजार समस्या नभएको बताउनु हुन्छ। उहाँ लगायत उहाँको परिवारले काठमाडौंमा च्याउ खेतिबारे सिप सिकेर २०६२ सालमा बलम्वुमा च्याउ खेति गरेर बस्न थालेपछि त्यसको एक बर्षपछि थप जग्गा भाडामा लिएर अझ व्यवस्थित र व्यवसायिक च्याउ खेति गर्न थालेका हुन । उहाँहरूको त्यसैवाट जिविकोपार्जनमा थप टेवा पुगेको बताउँछन् । त्यसैबाट छोराछोरीलाई निजी स्कुल र कलेज समेत पढाउन सक्षम भएका छन् ।
काठमाडौंमा दस वर्ष गोब्रे च्याउ खेति गरेर बसिरहेको उहाँको परिवार जब २०७२ सालमा भुकम्प आयो त्यसपछि मंसिरमा आफ्नो गाउँ कटुन्जेमा आई आफ्नै जग्गामा परालको टनेल हालेर च्याउ खेतिको सुरूवात गरेका हुन्।
बर्षमा तीन पटक मात्र च्याउ खेति हुने भएर नै मिहेनतका साथ पराललाई काटेर टुक्रा गरी सफा पानीले पखालेर उसिनेर सेलाऐपछि प्लास्टिकको पोको पारेर त्यसमा च्याउको बीउ राखी पोकालाई अध्यारो कोठामा राखेपछि करिव एक महिना पछि खानको लागि तयार हुन्छ ।
श्रीमानको साथ सहयोगको कारण नै सफलता सम्भव भएको भन्न रूचाउने उहाँ आज सफल कृषकको रूपमा परिचित हुनुभएकी छिन् । उहाँसँग प्रतिकिलो दुई सयको दरले बिक्री हुने च्याउको तीन वटा टनेल रहेको छ । तीन टनेलवाट पाँच सय ९० पोका च्याउ उत्पादन हुने गर्दछ ।मंसिर, पुस र माघ सिजन सकिने वेला हो भने असार र साउनमा लगाईदैन । फागुन लागेपछि फेरी च्याउ उमार्न सुरू गरिन्छ ।
उत्पादित च्याउ कालिकास्थान, धुम्तिवजार, बेत्रावति लगाएत सदरमुकाम धुन्चेमा लगेर वेच्ने गरेका छन्। उनका अनुसार कहिले त उपभोक्ताले हारालुछ नै गर्दा रहेछन् । उनलाई सुरूमा च्याउ खेति गर्नकालागि कृषि कार्यालय, धरेलु शाखा, परिवर्तन पात्रले सहयोग गरेका रहेछन् ।कन्ये जातका च्याउ खेति गरिरहनु भएकि चन्द्रकुमारीले २८ फिट लामा र २२ फिट चौडाईका तीन वटा परालको घर बनाएकी छिन् ।
उनी भन्छिन; “च्याउ खेतिबाट कहिले मासिक एक लाख र कहिले बार्षिक चार लाख आम्दानी हुने गर्दछ ।त्यसले नै जीवन गुजारा गर्न मद्दत पुगेको छ ।सायद मिहेनतको फल राम्रै हुन्छ ।”उहाँको च्याउको व्यापार लकडाउनमा समेत राम्रो भएको रहेछ । यसै वर्ष सिताके च्याउ खेतिवारे तालिम लिएपछि लगानि गर्न सके सिताके च्याउ पनि गर्ने उहाँको सोच रहेको बताउछिन्।
यसै च्याउ खेतिवाट गाउँमै सफल महिला उधमी बन्नु भएकी चन्द्रकुमारी न्यौपाने रसुवामा सफल च्याउ खेति कृषिको रूपमा चिरपरिचित नाम हो ।उनको अन्य कृषिबालीहरु भएतापनि तरकारी र फलफुल भन्दा च्याउलाइ वढी प्राथमिकता दिईएको छ ।
बैतडी । बैतडीमा आइतबार भएको जीप दुर्घटना मृत्यु हुनेको संख्या ६ पुगेको प्रहरीले पुष्टी गरेको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ३८ वर्षीय दीपक मालीको मृत्यु भएको छ । यसअघि घटनास्थलमै ५ जनाको मृत्यु भएको थियो ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मालीलाई उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेको म१ज ३१० नम्बरको जिप दुर्घटनामा परेको हो ।
बैतडी । बैतडीमा आइतबार जन्ति बोकेको जिप दुर्घटनामा परि कम्तिमा चार जनाको मृत्यु भएको छ । प्रहरीलाई उदृत गर्दै नेपालको सरकारी संचारमाध्यम गोरखापत्रले लेखे अनुसार मृतक मध्ये तीन जनाको सनाखत भइसकेको छ । दुर्घटनामा दशरथ चन्द नगरपालिका–६, का खेमसिंह कार्की, प्रेम चन्द, र तारा थापाको ज्यान गएको छ । दुर्घटनामा थप मानिस परेको हुन सक्ने बताइएको छ । खोजी कार्य जारी छ ।
दशरथचन्द नगरपालिका–६, का राजु चन्द र अर्क चन्द घाइते रहेको र उनीहरुको उपचार जारी रहेको समाचारमा उल्लेख छ । राती सवा ८ बजे भएको दुर्घटनाका कारण उद्धारमा कठिनाई भइरहेको बताइएको छ । दशरथचन्द नगरपालिका–४,कलुवाडको मोडमा जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परेको जिप दशरथचन्द नगरपालिका–२ देहिमाण्डौको थलाल गाउँबाट जन्ती बोकेर दशरथ चन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको थियो ।
लमही । दाङको लमहीमा बस दुर्घटनामा परेको छ । दुर्घटनामा २९ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२(००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका(३ नारायणपुरमा गएराति १ः४५ बजे दुर्घटनामा परेको हो ।
वडा प्रहरी कार्यालय लमहीका अनुसार गम्भीर अवस्थाका ७ जना घाइतेको बाँकेको कोहलपुरमा उपचार जारी छ । अन्य घाइतेहरुको लमही अस्पतालमै उपचार भइरहेको प्रहरीले छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसको पट्टा भाँचिएको र बस अनियन्त्रित भइ पल्टिएको बयान चालकले दिएका छन् ।
अमृता के सी ( रोनी ) काठमाडौँ, मंसिर ४ ।नेपाली काँग्रेस १४ औं अधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नं ३ ( ख) को सभापतिमा बिमल ठकुरी अत्याधिक मतले निर्वाचित भएका छन्।
शुक्रबार गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित सुनगाभा पार्टी प्यालेसमा सम्पन्न उक्त अधिवेशनको उपसभापति बच्चुराम शर्मा कुइकेल र बिकेस श्रेष्ठ, सचिवमा जयराम महत र मुरारी प्रसाद भण्डारी निर्वाचित भएका छन् भने सहसचिवमा इन्दिरा ढकाल (दाहाल) र रेखा बस्नेत निर्वाचित भएका छन् ।
अमृता के सी ( रोनी ) काठमाडौँ, मंसिर ४ ।नेपाली काँग्रेस काठमाडौं १४ औं अधिवेशन अन्तर्गत क्षेत्र नं ३ ( क) को सभापतिमा श्रीराम चालिसे निर्वाचित भएका छन् । उक्त अधिवेशनमा चालीसेको प्यानल विजयी भएको छ। चालिसेको प्यानलबाट उपसभापतिमा केशव प्रसाद पुडासैनीले र पविन भट्ट निर्वाचित भएका छन् भने सचिवमा पनि सोहि प्यानलका ईश्वर पुडासैनी र राजेश थापा, सह सचिवमा लक्ष्मी पुडासैनी (दुर्गा) र गंगा लामा निर्वाचित्व बनेका छन् ।
शुक्रबार सम्पन्न अधिवेशनमा सभापतिमा विजयी बनेका चालिसेले ७६ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी चन्द्रदिप लामा ( काजु )ले ५३ मत प्राप्त गरेका थिए।
भैरहवा , नेपाली का्रग्रेसका दुई गुटबीच भैरहवामा झडप भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेशसभा अधिवेशनको मतगणनाका क्रममा दुई पक्षबीच झडप भएको हो । यस क्रममा कम्तिमा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । प्रदेश नम्बर ३ (कं को मतगणनास्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा शुक्रबार राति मतगणना स्थलमा कांग्रेस कार्यकर्ताबीच झडपको अवस्था सिर्जना भएको हो ।
देउवा र पौडेल पक्षले प्यानल बनाएरै भएको निर्वाचनपछि मतगणनास्थलमा झडप भएको छ । मतपरिणामको क्रममा पौडेल पक्षका पुरण श्रेष्ठले अग्रता लिएपछि मुखमा मास्क लगाएर गएका युवाको समूहले अचानक आक्रमण गरेको स्थानीय संचारमाध्यमले लेखेका छन् । श्रेष्ठले उक्त समूहको आक्रमणबाट क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्त गम्भीर घाईते भएको समेत जानकारी गराएका छन् । पन्तको नाकमा गम्भीर चोट लागेको र उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको बताइएको छ । मतगणना अहिले बन्द भएको छ ।
उदयपुर । काममा खटिएका प्रहरी चढेको ट्रक दुर्घटनामा परि उदयपुरमा २४ जना प्रहरी घाइते भएका छन् । २४ जना प्रहरीको टोली गएराती दुर्घटनामा परी घाइते भएको सरकारी समाचार माध्यम गोरखापत्रले लेखेको छ । उनीहरुको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । घाइते मध्ये दुई जनाको अवस्था चिन्ताजनक छ । एकजना सामान्य उपचारपछि फर्केका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमका अनुसार कामको सिलसिलामा कटारीबाट गाईघाटतर्फ आउने क्रममा प्रहरी कार्यालयको बा १ ग २१६७ नम्बरको ट्रक दुर्घटनामा परेको हो । राती करिब ९ बजेको समयमा गाईघाट–कटारी सडकखण्डको उदयपुरगढी गाउपालिका ७ अँधेरी भन्ने ठाउँमा दुर्घटना भएको थियो । ओरालोमा ट्रकको ब्रेक फेल भई दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
काठमाडौं, मंसिर ३ । नेपाली काँग्रेस काठमाडाैँ क्षेत्र नं ४ प्रदेश ( क) काे १४ औँ अधिवेशनको सभापतिमा विमल होडा निर्वाचित भएका छन्।
शुक्रबार भएको निर्वाचनमा समितिको उपसभापतिमा राजनराज थापा र भाेला थापा, सचिवमा गाेपालप्रसाद आचार्य र सुजन सङ्गत निर्वाचित भएका छन् भने सहसचिवमा विद्या ढुङ्गाना र रूपा थापा क्षेत्री निर्वाचित भएका छन्।
उक्त अधिवेशनमा हाेडाले ७६ मत प्राप्त गरे भने उपबिजेता दिनेश मालीले ४६ मत प्राप्त गरेका थिए।
अमृता के सी ( रोनी ) काठमाडौँ, मंसिर ३। नेपाली काँग्रेस काठमाडौं १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्र नं ४ ( ख ) को सभापतिमा रामप्रसाद लुइँटेल निर्वाचित भएका छन्।
बूढानिलकण्ठ नगरपालिका वडा नं १० मा भएको अधिवेशनले लुइँटेललाई सभापति सहित कार्यसमितिको उप सभापतिमा श्यामकृष्ण श्रेष्ठ र दिलिप खत्री, सचिवमा मनोज सिग्देल र अम्बिका राना, सहसचिवमा मदनदास श्रेष्ठ र प्रमोद अधिकारी निर्वाचित भएका छन् भने कोषाध्यक्षमा शर्मिला कार्की चयन भएकी छिन्।
त्यसैगरी प्रदेश प्रतिनिधिहरुमा: शर्मिला कार्की,बाबुराम लामा, सानुकान्छा श्रेष्ठ, ध्रुव खड्का, रेखा परियार, ज्ञान माया श्रेष्ठ, गोकुल बरुवाल, बिष्णु माया खत्री, सन्तोष खड्का, खिला नाथ सापकोटा,नारद प्रसाद भण्डारी, संजय अर्याल, बिशु प्रकाश के.सी., शशी प्रसाद शर्मा, केशव ढकाल, कान्ता दाहाल, सुलोचना पौडेल र हरीरत्न श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
रोल्पा । रोल्पामा बिहीबार साँझ भएको बस दुर्घटनामा कम्तिमा चार जनाको मृत्यु भएको छ । जिल्लाको माडी गाउँपालिका–२ जलजलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरील जनाएको छ । दाङको घोराहीबाट रोल्पाको थबाङ जाँदै गरेको ना ३ ख ५५१८ बस बिहीबार बेलुका पौने ६ बजे शहीद मार्गमा पर्ने माडी गाउँपालिका– २ जलजलामा सडकबाट १०० फिट तल खसेको छ ।
दुर्घटनामा ३ पुरुष र एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटनामा १७ जना घाइते भएका छन् । उपचारका लागि ३ जनालाई जिल्ला अस्पताल लिबाङ ल्याइएको छ । अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार जारी छ । मृतकको पहिचान भइसकेको छैन ।
काठमाडौं । काठमाडौंमा डेरा भाडामा लिएका मानिसले नक्कली नोट छापेर किनमेल गरेको पाइएको छ । प्रहरीले बुधबार साँझ यस काममा संलग्न रहेको अभियोगमा ५ जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्न रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई बुधबार साँझ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ की ५६ वर्षीया गोमा श्रेष्ठ, सोही ठाउँकी ४१ वर्षीया पुष्पा थापामगर, रामेछाप सिरुवारी गाउँपालिका–२ का २६ वर्षीय समरोज थापामगर, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–२ का १९ वर्षीय चिरञ्जीवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती रहेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकामा नक्कली पैसा लिएर सामान खरिद गर्दै हिँडिरहेको अवस्थामा गोमा श्रेष्ठलाई शङ्कास्पद अवस्थामा फेला पारेर खानतलासी गर्दा नक्कली नोटसहित पक्राउ गरिएको थियो । पक्राउ गोमा श्रेष्ठसँग गरिएको अनुसन्धानका क्रममा थप चारजनालाई नक्कली पैसा छाप्न प्रयोग गरिने मेसिनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकासँग सक्कलीजस्तो देखिने नक्कली नोट रु ६५ हजार ३३५, नक्कली नोट बनाउन प्रयोग गरिने प्रिन्टर मेसिन, कागज, कागज टाँस्न प्रयोग गरिने फेविकल दुई थान, किप्याड मोबाइल एक थान, स्क्रिनटज मोबाइल एक थान, लालीगुँरास छाप भएको छाप एक थान, कागज काट्न प्रयोग गरिने कैँची एक थान बरामद भएको जनाएको छ ।
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रमुख अतिथि बनेर आफ्नो नगरपालिका आउने भएपछि महोत्तरीको रामगोपालपुर नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिएको छ । उनी नगरपालिकाका विभिन्न वडामा निर्माण भएका स्वास्थ्य केन्द्र भवनको उद्घाटनका लागि सो नगरपालिका जान लागेका हुन् ।
बिदा आज बुधबारका लागि दिइएको छ । नगर प्रमुख अशोककुमार मण्डलले मंगलबार सूचना जारी गर्दै जिल्लाका आधारभूत स्वास्थ्य केन्द्रहरु वडा नं २, ३, ४, ६, ७, ८ र ९ को उद्घाटन कार्यक्रमका लागि सार्वजनिक बिदा दिएको उल्लेख गरेका छन् । कार्यक्रम बुधबार मध्याह्न १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्र, रामगोपालपुर५ मा हुनेछ ।
अमृता के सी ( रोनी ) चितवन, कात्तिक ३०। नेपाल जेसीजको आयोजना तथा नारायणगढ लेडि जेसीजको आतिथ्यतामा १४ औं राष्ट्रिय लेडी जेसीज एकेडेमी चितवनमा आइतबार सम्पन्न भएको छ ।
लेडी जेसिज एकेडेमीका निर्देशक कृृति गुुभाजुु शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल जेसिज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल, नारायणगढ लेडि जेसीजकी २०२१ शाखा अध्यक्ष सम्झना प्रधान, सह संयोजक नारायणगढ लेडि जेसीजको पूर्व अध्यक्ष जेसी कृृपाराज भण्डारी लगायत नेपाल जेसीजका राष्ट्रिय पदाधिकारीहरु, पूर्व राष्ट्रिय पदाधिकारीहरु, नेपाल भरीका शाखाका शाखा अध्यक्षहरु, प्रत्येक शाखाका कार्य समिति पदाधिकारीहरु र सदस्यहरुको उपस्थिति रहेका थियो ।
कार्यक्रममा महिलाहरुको क्षमता र व्यक्तित्व विकासका लागि तालिम तथा अभिमुुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । तालिममा प्रशिक्षण सन् १९९८ का राष्ट्रिय अध्यक्ष डा. दिपक शाक्य र नारायणगढ लेडि जेसीजको तालिम आयुुक्त २०२१ अनिता श्रेष्ठ अधिकारीले दिएका थिए। उक्त दुई दिने लेडि एकेडेमी कार्यक्रममा उपस्थित जेसीज पदाधिकारीहरु, शाखाका कार्य समिति पदाधिकारीहरु र सदस्यहरुलाई प्रमाण पत्र र प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल जेसिज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले कार्यक्रम धेरै फलदायी बताउँदै युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा नेपाल जेसिज अग्र पङ्क्तिमा रहेको बताए। साथै कार्यक्रममा सहभागी सबैलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
भक्तपुर । भक्तपुरमा मोटरसाइकल दुर्घटनामा परि चालकको ज्यान गएको छ । प्रहरीका अनुसार जिल्लाको मध्यपुरठिमी नगरपालिका ४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मंगलबार बिहान सवा चार बजे बागमती प्रदेश ०३ ०२७ प २३५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक घर भई भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको हो । उनको उपचारको क्रममा मध्यपुरथिमि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाको कारण भने खुलेको छैन ।
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । कात्तिक १६ मा उनी पाँच दलीय गठबन्धनका तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । मंगलबार साढे १२ बजे बस्ने बैठकमा उनले विश्वासको मत लिने समय तय भएको हो । प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको पाँचौ बैठक आज बस्दैछ ।
सोमबार सत्तारुढ पाँच दलिय गठबन्धनको बैठक बसि उनलाई विश्वासको मत दिने निर्णय गरेको छ । साथै कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र समेत निर्माण गरिएको छ । कांग्रेस सांसद शेखरचन्द्र थापाको नेतृत्वमा सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल समेत बनाइएको छ ।
मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा मध्यरातमा भिषण आगलागी भएको छ । आगलागीमा १७ वटा घर र ३ वटा घुम्ती पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिन कच्ची घर भत्काउन ुपरेको छ । दमकल नभएका कारण आगोलागी नियन्त्रण गर्न कठिन भएको स्थानीयले जनाएका छन् । आगो करीव ४ घण्टाको प्रयासपछि मात्र नियन्त्रणमा आएको हो । गतराती साढे १२ बजेतिरबाट खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी सुरु भएको हो । रातभर स्थानीय र सुरक्षाकर्मी आगो नियन्त्रणमा खटिएका थिए ।
आगो साढे ४ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । गमगढी बजारका घरहरु काठैकाठले बनेका र एकअर्कासँग जोडिएकाले आगो नियन्त्रणमा लिन कठिन भएको थियो । आगो निभाउने क्रममा गोरख मल्लको एउटा कच्ची घर भत्काइएको छ । आगलागीमा मानवीय क्षति नभएको समेत बताइएको छ । धनमालको क्षतिको विवरण संकलन भइरहेको छ ।
मुस्ताङ । मुस्ताङमा आइतबार आएको भिषण हिउँ पहिरोमा परी सयौं चौरी वेपत्ता भएका छन् । ११ जना मानिस घाइते भएका छन् । जिल्लाको थासाङ गाउँपालिका २ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परि बेपत्ता भएको राससले लेखेको छ । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई बेप भएका हुन् ।
हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडा अध्यक्ष नरप्रसाद हीराचनले जानकारी गराएका छन् । भागदौड मच्चिदा सामान्य घाइते भएका कोबाङको जनआदर्श अमरसिङ माविका ११ जना शिक्षक विद्यार्थी जोमसोममा उपचारपछि घर फर्किएका छन् । हिमपहिरो आएको क्षेत्रमा भएका गोठाला सुरक्षितरुपमा सम्पर्कमा आएका छन् ।
१३० याक चौँरीमध्ये बाइनाकुलरले हेर्दा १०, १२ मात्र देखिएको र बेपत्ता चौँरी हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताएका छन् । हिमपहिरोले जङ्गलमा रुख ढलाएको छ । वन्यजन्तुको बासस्थानमा क्षति पुगेको छ । हिमपहिरोपछि बोस्की खोलामा पानीको सतह बढेको थियो । बेनी(जोमसोम सडकमा केही समय यातायात आवतजावत बन्द भएको थियो । नाउरीकोट गाउँको घरभित्र पसेको हिउँ पग्लिएर हिलाम्मे भएको छ । घरको छाना र आँगनमा सुकाएको बिस्कुन तथा खेतबारीको अन्नबालीमा पनि हिउँपहिरोले क्षति पुगेको छ ।
जङ्गलमा चर्न गएका गाई, भैँसी र भेडा पनि हताहत भएको हुनसक्ने वडाध्यक्ष हीराचनले बताए । उवा र फापरबालीमा क्षति पुगेको छ । सांसद प्रेमप्रसाद तुलाचन, प्रदेशसभा सदस्य चन्द्रमोहन गौचन, महेन्द्र थकाली, प्रजिअ शर्मालगायत सुरक्षा अधिकारीको टोलीले स्थलगत निरिक्षण गरेका छन् । क्षतिको विवरण सङ्कलन भइरहेको कोवाङ प्रहरी चौकीका प्रमुख नेत्र जिटीले बताएका छन् ।
हिउँसो ११ः४० मा ठूलो आवाज हिउँको मुस्लो आएपछि भागाभाग भएको थियो । हिम पहिरोको धक्बा नाउरिकोट गाउँ, बोक्सी खोला नजिक बेनी, जोमसोम सडकसम्म आउँदा त्रसित भएर भागाभाग भएको जनआदर्श अमरसिङ माध्यमिक विद्यालयका प्रअ खेम गुरुङले बताए का छन् ।
रोल्पा । रोल्पामा आइतबार बिहान भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिप दुर्घटनामा माडी गाउँपालिका– ६ का ५१ वर्षिया रुद्र घर्ती, ४७ वर्षीया चौसरा कामी, ५५ वर्षिया टेकबहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो । सोही स्थानका १८ वर्षीया लिला पुन मगरको भने उपचारको क्रममा मृत्यु भएको छ । जिपमा सवार ६ जनामध्ये अब २१ वर्षीया बिना घर्ती र ६१ वर्षिया पञ्चना विकको उपचार जारी छ । दुर्घटनाको कारण भने खुलेको छैन ।
जनकपुर । धनुषाको जनकपुरधाम उप महानगरपालिका, रुपैठामा आइतबार रातिसम्म जारी गरिएको निषेधाज्ञाको समय ३० कात्तिकसम्म लम्ब्याइएको छ । साम्प्रदायिक सद्भाव बिग्रिने जोखिम रहेको भन्दै यहाँ नारा जुलुस, हुलहुज्जत गर्न रोक लगाइएको हो । स्थानीय प्रशासनले जनकपुरधाम वडा २० रुपैठामा शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० बजेसम्म लागु हुने गरि निषेधाज्ञा जारी गरेको थियो ।
शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञालाई कात्तिक ३० गते राति १० बजेसम्म थपिएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जनाएका छन् । पूर्वमा जलाद नदीको कल्ली बाँध, पश्चिममा जनकपुर जटही मार्गको दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्बा जाने बाटो र दक्षिणमा देबपुरा निमचौकदेखि बहुअर्बा जाने बाटोसम्म निषेधाज्ञा आदेश जारी भएको छ ।
रुपैठामा छठकै दिनदेखि तनाव रहँदै आएको छ । एक समूहले छठ पर्व मनाउन रोक लगाएपछि दुई पक्षबीच विवाद भएको हो । विवादले शनिबार उग्र रुप लिएपछि निषेधाज्ञा आदेश जारी भएको हो ।
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका १ इमाडोलमा स्कुटर दुर्घटनामा परि चालकको ज्यान गएको छ । स्कुटर आफै अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीको अनुमान छ । शनिबार राति करिब १ बजेतिर बागमती प्रदेश ०२(०२६ प ८१५५ नम्बरको स्कुटर दुर्घटनामा परेको हो । ललितपुरको लामाटार बस्ने ३७ वर्षीय विनोद बुढाथोकीको दुर्घटनामा परि ज्यान गएको छ । दुर्घटनाग्रस्त स्कुटर नजिकै उनलाई घाइते अवस्थामा फेला पारिएको थियो । ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उनको उपचारका क्रममा ज्यान गएको हो ।
रौतहट । रौतहटमा कार दुर्घटनामा चार जनाको ज्यान गएको छ । यमुनामाई गाउँपालिका ५ जुनखुनुवामा शनिबार राति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना भएको प्रहरीले जनाएको छ । युके १२ सी २९०० नम्बरको कार सडक भन्दा तल खाल्डोमा रहेको पानीमा डुबेको अवस्थामा भेटिएको थियो । कारको सिसा फुटाएर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै डाक्टरहरूले चारै जनालाई मृत् घोषणा गरेको प्रहरीको भनाई छ । मृतकको पहिचान खुलेको छैन । उनीहरु भारतीय नागरिक भएको हुन सक्ने अनुमान गरिएको छ ।
धनुषा । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकामा पर्ने देवपुरा रुपैठामा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरमा शनिबार दिउँसोदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो । जनकपुर उपमहानगरमा पर्ने देवपुरा रुपैठामा सम्प्रदायिक सदभाव खल्बलिने गतिविधि बढेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले रुपैठामा साम्प्रदायिक सदभावमा खलल पुग्नेगरी नारा, जुलुस र हुलहुज्जत गरिरहेको बुझिएकोले शान्ति शुरक्षा अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको जानकारी गराएका छन् । निषेधाज्ञा अवधिभर स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ (क) बमोजिम कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, घेराउ, र सभाजस्ता क्रियाकपाल गर्न नपाउने प्रमुख जिल्ला अधिकारी बास्तोलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आदेश उल्लंघन गर्ने जोसुकैलाई प्रहरीले कानुन बमोजिम कारबाही गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । रुपैठामा छठकै दिनदेखि तनाव शुरु भएको थियो । एक समूहले छठ पर्व मनाउन रोक लगाएपछि दुई पक्षबीच विवाद हुँदै आएको छ ।
अमृता के सी ( रोनी ) काठमाडौं, कात्तिक २५। अनन्त गोकर्णेश्वर नगरपालिकाको जोरपाटी सुन्दरीजल सडक कालोपत्रे हुने भएको छ।लामो समय देखिको स्थानियहरुको चासो र समस्या बनेको उक्त सडक खण्ड कालोपत्रे सम्बन्धि नगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले जारी गरेको उक्त सूचनामा जोरपाटी सुन्दरीजल सडक यहि २०७८ साल कात्तिक २७/ २८ गते कालोपत्रे (पिच) हुन गइरहेको र सडक निर्माण कार्यलाई बलियो र मजबुत बनाउन कालोपत्रे (पिच) गर्नु भन्दा एक हप्ता अगाडी देखि सडकलाई सुख्खा राख्नु पर्ने हुँदा कोहि कसैका तर्फबाट सो सडकमा पानि राख्ने/पानी पोख्ने कार्य नगरी सहयोग गरिदिन सडक किनाराका आम नागरिक लगायत सरोकारवाला सबैलाई अनुरोध गरेको छ ।
कैलाली । कैलालीमा दुई समूह बीचको झडपमा क्रममा एक जनाको हत्या भएको छ । चक्कु प्रहार गरेर एक युवकको हत्या भएको प्रहरीले जनाएको छ । मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै दुई समूहबीच भएको झडप भएको थियो । घटनामा लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या भएको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार पूर्व रिसिबीलाई लिएर दुवै समूहबीच झडप भएको पाइएको छ । प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा चार जनालाई नियन्त्रणमा लिएको छ । तर, नाम भने सार्वजनिक भएको छैन ।
काठमाडौं । सल्यानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामा ९ जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार सल्यानको कपुरकोटमा भएको बस दुर्घटनामा मृत्यु हुने १२ जनामध्ये ९ जनाको सनाखत भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा दाङको बबई गाउँपालिका–६ कि ६० वर्षिया दैली चलाउने, बबई गाउँपालिका–५ कि ६५ वर्षकी कलादेवी बुढाथोकी, सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का तिलक वली, सल्यानकै शारदानगर नगरपालिका–२ कि प्रभा चलाउने, सोही ठाउँकी ६५ वर्षकी मीना डाँगी, शारदा नगरपालिका–३ कि ३६ वर्षकी लीला बुढाथोकी रछन् ।
दुर्घटनामा परी रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ कि मीना शाही, दाङको शान्तिनगर गाउँपालिकाकी सावित्रा केसी र घोराही उपमहानगरपालिका–१० कि ३६ वर्षकी रुपा केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । सल्यानका प्रहरी प्रमुख डीएसपी गोविन्द थापाका अनुसार घटनास्थलमा ६ जनाको र अस्पतालमा ६ जनाको गरी १२ जनाको मृत्यु भएको हो ।
सल्यान सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना १ ख १५५२ नम्बरको बस आइतबार विहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको थियो । दुर्घटनामा कम्तीमा १८ जना घाइते भएका प्रहरीले बताएको छ ।
घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अरु घाइतेको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले तीव्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ । बस सडकबाट २०० मिटर तल खसेको थियो ।