दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनमा एक घरमा भएको आगलागीमा परि पाँच जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । घटनामा चार पुरुष र एक बालिका परेको इलाका कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्याललाई उदृत गर्दै स्थानीय संचारमाध्यमले लेखेको छन् । आगो कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको छ । घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनाको शव निकालिएको छ । पाँचै जनाको धुवाँमा निसासिएर मृत्यु भएको प्रहरीको भनाई छ । मृतकको नाम खुलेको छैन ।
Category: स्थानीय
-

सिन्धुपाल्चोकमा खुकुरी प्रहारबाट दुई जनाको हत्या
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ । राससका अनुसार आइतबार बेलुका चिम्लिङका विजय तामाङले मादक पदार्थ सेवन गरेको अवस्थामा स्थानीय ७० वर्षीया बासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङमाथि खुकुरी प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले घटनाको पुष्टी गरेको छ । हत्याका आरोपी विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी गराएका छन् । घटनाको थप अनुसन्धान भइरहेको समेत उनले बताएका छन् ।
-

बुटवलमा रोकेको ट्रकमा कार ठोक्कियो, तीन जनाको मृत्यु
बुटवल । रुपन्देही, बुटवल तामनगरमा सडकमा रोकेको ट्रकमा कार ठोक्किएको छ । त्यस क्रममा कारमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा कारमा सवार २ जना गम्भीर घाइते भएका छ्न् । बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगर नजिक पूर्व-पश्चिम राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा लु ३ च ४४४२ नम्बरको कार सोमबार बिहान ठोक्किएको हो । दुर्घटनामा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीको भनाई छ । घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार जारी छ । मृतक र घाइतेको सनाखत भइसकेको छैन । यो कार विवाहमा प्रयोग भएको पाइएको छ ।
-

नेपालमा १३८६ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १३८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार यस अवधीमा ११ जनाको कोभिडका कारण मृत्यु भएको छ।
सो अवधिमा ८,७०४ जना सङ्क्रमणमुक्त भएका छन्।तथ्यांक अनुसार देशभर निको हुन बाँकी सङ्क्रमितको सङ्ख्या ४५,२४८ छ । तीमध्ये अधिकांश उपत्यकाका तीन जिल्लामा छन् । काठमाडौंमा ९,८५८, ललितपुरमा ८,८६१ र भक्तपुरमा ३,१६० जना सक्रिय सङ्क्रमित रहेका छन्।विगत २४ घण्टामा ६,४४३ पीसीआर र २,८०८ एन्टिजन विधिबाट गरी कुल ९,२५१ वटा परीक्षण गरिएको छ ।
-

स्याङ्जामा जिप दुर्घटना, २ जनाको मृत्यु
स्याङ्जा । शनिबार स्याङ्जामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीलाई उदृत गर्दै राससले जनाए अनुसार शनिबार ८ः३० बजे बिरुवा गाउँपालिका–३ धोबादीमा जिप दुर्घटनामा परेको हो ।
बिरुवाबाट खालीतर्फ जाँदै गरेको ग१ज ५९३९ नंको जिप धोबादीस्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा बिरुवा–३ खालीका २६ वर्षीय बेलबहादुर थापा (चालक) र सोही ठाउँ बस्ने ३२ वर्षीय भेषबहादुर थापाको घटनास्थलमै मृत्यु भएको हो । जिप सडकबाट झन्डै ५०० मिटर तल खसेको छ। घटनास्थलबाट प्रहरीले शव उठाई परीक्षणका लागि जिल्ला अस्पताल स्याङ्जा पठाएको छ ।
-
सुनसरीमा बस र ट्रक ठोक्किए, तीन जनाको मृत्यु
सुनसरी । सुनसरीमा ट्रक र बस ठोक्किंदा भएको दुर्घटनामा कम्तिमा तीन जनाको मृत्यु भएको छ । १३ जना घाइते भएको प्रहरीले जनाएको छ । शुक्रबार राति भोक्राहा नरसिंह नगरपालिका ३ र ६ को सीमा क्षेत्र खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नंम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नंम्बरको बस ठोक्किएका हुन् । दुर्घटनापछि दुवै सवारी साधनमा आगलागी भएको थियो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा बस चालक पाँचथरका सुरेन राई, बसमा सवार एक जना पुरुष र ट्रक चालक छन् । दुई जनाको सनाखत भइसकेको छैन । दुर्घटनामा बसका कन्डक्टर झापाका रबिन ढुङ्गेल, मोरङका बिक्रम कटवाल, बसमा सवार दोलखाका मिङमा शेर्पा, बाराका दिपक श्रेष्ठ, बसका सहचालक उदयपुरका दिलकुमार बिक, बसमा सवार महोतरीका राहुलकुमार मण्डल, काठमाडौंका सादकन मिया, भारतकी मुना प्रधान, उमेश लामा, अमृता लामा, पाँचथरका पेवाहाङ जगेबु, तेह्रथुमका जितबहादुर लिम्बु र इलामका गोपाल दाहाल घाइते भएका छन् । घाइतेका अवस्था सामान्य छ ।
-
प्यूठानमा जन्ती बोकेको जिप दुर्घटना, ८ जनाको मृत्यु
प्यूठान । प्युठानमा बेहुली लिएर बेहुवाको घर तर्फ जाँदै गरेको जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको ओखरपाटा भन्ने स्थानमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानले जनाए अनुसार ६ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा ज्यान गएको हो । मृत्यु हुनेमध्ये पाँचजना महिला र तीन पुरुष छन् । गौमुखी गाउँपालिका ६ लिवाङका ३९ वर्षीय बसन्त खड्का र उनकी ११ वर्षीया छोरी एलिसा खड्काको उपचारको क्रममा मृत्यु भएको छ ।
सोही ठाउँकी ४० वर्षीया बसन्ती खड्का, २९ वर्षीय केसरी खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का, २२ वर्षीया विपना जिसी र ५० वर्षीय चालक बलबहादुर बुढामगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।दुर्घटनामा पाँच जना घाइते भएका छन् । त्यसमा बेहुवा र बेहुली पनि छन् । घाइतेमा नौबहिनी गाउँपालिका ६ की बेहुली २० वर्षीय रिमा जिसी, सोही ठाउँकी २५ वर्षीय साबित्रा जिसी, गौमुखी गाउँपालिका ६ लिवाङका १७ वर्षीय नरेश खड्का, बेहुला २५ वर्षीय दानबहादुर खड्का र २१ वर्षीया हरि बुढामगर छन् ।
घाइतेमध्ये बेहुलाबाहेक सबैको अवस्था चिन्ताजनक रहेको समेत प्रहरीले जानकारी गराएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकातर्फ जाँदै गरेको ग१ज ५० ९२ नम्बरको जिप शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो ।
-

तनहुँमा ट्रक र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु
तनङँ । तनहुँमा ट्रक र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गको दमौली डुम्रे सडक खण्डमा गतराति भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको हो । ज्यान गुमाउनेमा मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका–५ का २२ वर्षीय अनिल मगर र २१ वर्षीय विकास विक रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी गराएको छ । लु १ ख ९८३२ नम्बरको ट्रक र ग १८ प ९२२५ नम्बरको मोटरसाइकल बन्दिपुर गाउँपालिका–१ बेलभ्ञ्याङमा ठोक्किएका हुन् ।
-

चावहिलमा युवाबीच झडप, एक जना मारिए
काठमाडौं । काठमाडौं महानगरपालिका ७ स्थित चाबहिल मित्रपार्क ओरालोमा चार जना युवाबीच झडप हुँदा एक जना मारिएका छन् । मृत्यु हुनेको नाम नखुलेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त, गौशालाका अनुसार झगडामा संलग्न गुल्मी घर भई सिफल बस्ने ३८ वर्षीय रुद्रबहादुर केसी र उदयपुरको बेलटार नगरपालिका-७ घर भई चाबहिल बस्दै आएका २८ वर्षीय सुरेश दर्नाल पक्राउ परेका छन् ।
झडपमा संलग्न अर्का एक जना फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘मादक पदार्थ सेवन गरी सामान्य विषयमा विवाद भएको र त्यसले झगडाको रुपम लिएको प्रहरीको भनाई छ । झगडापछि ओरालो बाटोबाट तलतिर झर्दा गम्भीर घाइते भएका ती युवाको नेपाल भारत मैत्री अस्पताल, मित्रपार्कमा उपचारका क्रममा ज्यान गएको हो ।
-

बीना सुनुवाई भारतमा ४१ वर्ष जेल जिवन काटेका दुर्गाप्रसादकी आमाको निधन
काठमाडौं । भारतमा बीना सुनुवाई ४१ वर्ष जेल जिवन काट्न बाध्य भई गत वर्ष नेपाल र्फकन सफल दुर्गाप्रसाद तिम्सिनाकी आमाको निधन भएको छ । भारतको जेलमा बिना सुनुवाई ४१ वर्ष जेल सजाय काटेका उनी घर आएसँगै आमाको मुहारमा खुसी फर्किएको थियो । तिम्सिनाकी आमा धनमाया ८७ वर्षकी थिइन् । धनमायाको आइतबार बिहान निधन भएको नाति गोपाल तिम्सिनाले संचारमाध्यमलाई जानकारी गराएका छन् ।
इलामको माई नगरपालिका–१० लुम्बाकस्थित गाउँमा धनमायाले आफ्नो छोरालाई ४१ वर्षपछि ८ चैत २०७७ देखेकी थिइन् । दुर्गाप्रसाद मानसिक रुपमा विक्षप्त छन् । उनी अझै पूर्णरुपमा स्वस्थ भइसकेका छैनन् । छोरासँग खुलेर कुरा गर्ने आमाको धोको भने अधुरै रहेको छ । २०२४ सालमा श्रीमानको मृत्यु भएको थियो । दुर्घटनामा परेर उनको एउटा हात काट्नुपरेको थियो ।
कामको खोजीमा दुर्गाप्रसाद परदेश भासिएपछि जीवनको लामो अवधि धनमायाले अभाव र पिर चिन्तामा गुजारेकी थिइन् । कामको खोजीमा दार्जिलिङ गएका दुर्घ प्रसाद भने हत्या अभियोगमा पक्राउ परे । तर उनको पक्षमा बहस गरिदिने कोही भएन । सोहीकारण उनी जेलमा बीना सुनुवाई ४१ वर्ष रहनु पर्यो । वेस्ट बंगाल रेडियो क्लबमा उनीबारे समाचार आएपछि उनको रिहाईको बाटो खुलेको थियो ।
-

मोरङमा उखुबारीमा खाल्डो खनी पुरेको अवस्था दुई शव भेटियो
विराटनगर । मोरङको धनपालथान गाउँपालिका-७ स्थित उखुबारीमा खाल्डो खनेर दुई शव पुरिएको अवस्था भेटिएको छ । त्यसमध्ये एउटा शवको पहिचान समेत भएको छ ।
बिहीबार उत्खनन गरी निकालिएको शव धरान उपमहानगरपालिका–३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीलाई उदृत गर्दै स्थानीय संचार माध्यमले जनाएका छन् । श्रेष्ठ भक्तपुरमा बस्दै आएका थिए । प्रहरीले उनको शवबाट नेपाल टेलिकमको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला पारेको छ । श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम छ ।
एसपी जिसीका अनुसार बुधबार उत्खनन गरिएको अन्दाजी ३०/३५ वर्षका पुरुषको शव भने पहिचान भएको छैन । दुवै शवको प्रकृति एउटै भएका कारण अर्का व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेको छ ।
बुधबार निकालिएको शवको हात डोरीले बाँधिएको र घाँटीमा पनि डोरीको डाम छ । उखु काट्ने क्रममा किसानले खनेर पुरेको अवस्थामा खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । -

काठमाडौंको शंकरापुरमा माकल बालेर सुतेका दम्पत्ती मृत फेला
काठमाडौं । काठमाडौंको शंकरापुरमा एक दम्पत्ती मृत फेला परेका छन्। शंकरापुर नगरपालिका–३ स्थित बोजेनीमा बुधबार राती खाना खाएर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीय फुलकुमारी थिङ बिहीबार बिहान मृत भेटिएका हुन्।
महानगरीय प्रहरी वृत्त वौद्धका अनुसार बिहान ७ बजेसम्म पनि ढोका नखुलेपछि दुई छोराहरु सूर्यबहादुर र सुनिल थिङले ढोका फोडेर हेर्दा बाबुआमा दुबै मृतअवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले सूचना पाएपछि महानगरीय प्रहरी वृत्त वौद्ध र अपराध अनुसन्धान महाशाखाको टाली घटनास्थल पुगेको थियो। वौद्धबाट ३५ किलोमिटर टाढा भएका कारण प्रहरी बिहान १० बजेमात्र थिङ दम्पत्ती मृत भेटिएको घरमा पुगेको थियो।
प्रहरीका अनुसार थिङ दम्पत्तीले राति सुत्नुअघि माकल बालेका पाइएको छ। कोठा न्यानो बनाउनका लागि माटोको भाँडोमा कोइला बालेर छाडेका कारण निस्सास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।
प्रहरीसँगै घटनास्थलमा पुगेका डाक्टरले पनि झ्यालढोका बन्द गरेर कोइला बालेका कारण अक्सिजनको मात्रा कम भई निसास्सिएर मृत्यु भएको हुनसक्ने बताएको छ। दम्पत्ति सुतेको कोठामा कोइला बाल्न प्रयोग हुने माकल पनि भेटिएको छ।
शरीरको अन्य भागमा चोटपटक नदेखिएको कारण पनि उनीहरुको निसास्सिएरै मृत्यु भएको प्रहरीको अनुमान छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने मृतक दम्पत्तीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको छ।
-

काठमाडौंमा छुट्टाछुट्टै स्थानमा तीन जना मृत फेला
काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा शुक्रबार तीन व्यक्ति मृत फेला परेका छन्। बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै काठमाडौं महानगरपालिका–१९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष काठमाडौं–१९ मा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीनवटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
-

मधेश प्रदेश बनेको खुसीयालीमा आज प्रदेशभर सार्वजनिक बिदा
जनकपुर । मधेश प्रदेशमा मंगलबार सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको खुशियालीमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार प्रदेश सभाबाट प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम राखिएको हो । मधेश नामको पक्षमा ८० र जनकपुरधाम राजधानीको पक्षमा ७८ जना सांसदले मतदान गरेसँगै प्रदेश नं २ ले आफ्नो स्थायी राजधानी र नाम टुंग्याएको हो । अब प्रदेश नं एक मात्र यो प्रक्रिया टुंग्याउन बाँकि रहेको प्रदेश हो ।
-

सुर्खेतमा एकै परिवारका चार जना मृत फेला
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एकै पारिवारका चारजना मृत अवस्थामा भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा एकै परिवारका चार जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
मृत्यु हुनेमा शिवालय गाउँपालिका ४, जाजरकोटकी ३५ वर्षीया कल्पा बुढासँगै उनका ९ वर्षीय छोरा निरज बुढा, अर्का ८ वर्षीय छोरा चिरञ्जिवी बुढा र कल्पाका दाइ मानबहादुर बुढाका छोरा ५ वर्षीय सोमराज बुढा छन् ।शुक्रबार बेलुका चारैजना खाना खाएर एउटै कोठामा सुतेको बताइएको छ । ससुरा बिहानै पूजाआजाका लागि मन्दिर गएर अरान्ह चार बजे फर्किदा कोही पनि उठेको नदेखेपछि शनिबार बेलुका ६ बजे प्रहरीलाई खबर गरेका थिए । उनीहरु कोठामा भित्रबाट चुक्कुल लगाएर खाटमा सुतेको अवस्थामा मृत भेटिएको डीएसपी घर्तीले बताए । चिसोमा कोइला बालेर सुतेका कारण निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
-

तनहुँमा जिप दुर्घटना, ६ जनाको मृत्यु
तनहुँ । तनहुँमा जिप दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिकामा जिप पल्टिँदा ९ महिनाकी बालिकासहित ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा ८ जना घाइते छन् । आँबुखैरेनी घुमाउनेबाट साराङघाट हुँदै बन्दीपुर जाँदै गरेको जीप वडानम्बर ६ हटियानजिकै बाक्से भन्ने ठाउँमा भीरबाट खसेको प्रहरीले जनाएको छ । ग१ज ६५५५ नम्बरको जिप भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुई जनाको उपचारका लागि बन्दीपुर अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको हो ।
बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाका अनुसार ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपान, ४८ वर्षीय सुशीलादेवी न्यौपाने, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीय विमाया गुरुङको मृत्यु भएको छ । मृत्यु हुने सबै जना वडा नम्बर ६ कै छन् । घाइते ८ जनाको थप उपचारका लागि चितवन रिफर गरिएको छ ।
-

धादिङमा बाटो खन्दा डोजरसहित पुरिएका तीन जना अझै वेपत्ता
धादिङ । धादिङमा बाटो खन्ने क्रममा डोजरसहित पुरिएका तीन जना अझै वेपत्ता छन् । सेना, प्रहरी र स्थानीयले बिहीबार दिनभर खोजी कार्य जारी राखेपनि भेटाउन सकेनन् । उनीहरुको आज पनि खोजी शुरु भएको छ । जिल्लाको रुबी भ्याली गाउँपालिकामा बाटो खन्ने क्रममा खसेको पहिरोले डोजर सहित उनीहरुलाई पुरेको हो । बिहीबार बिहान रुबी भ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीन जना पुरिएका थिए । साँझसम्म खोज्दा नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो ।
पहिरो खसेको ठाउँमा मेसिन औजार प्रयोग गर्न सकिने अवस्था नभएको र मानिसले माटो पन्छाउदा खोजी कार्य कठिन भएको प्रहरीको भनाई छ । रसुवा–तिप्लिङ सडकखण्डमा जोडिने सडकमा पहिरो खस्दा डोजरसहित चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ पुरिएका छन् । बिहीबार हेलिकप्टरबाट नेपाली सेनाका मेजर नेतृत्वको उद्धारकर्मीको टोली पुर्याइएको थियो । सशस्त्र र नेपाल प्रहरीको टोली समेत पुगेर खोजी थालेका थिए ।
-

अग्रज पत्रकार नकुल काजीको सम्मान तथा गोपीकृष्ण स्मृति ग्रन्थ लोकार्पण सम्पन्न
झापा
साहित्यकार एवम् पत्रकार गोपीकृष्ण खनालको स्मृतिमा प्रकाशित गोपीकृष्ण खनाल स्मृति ग्रन्थको एक समारोहकाबीच लोकार्पण गरिएको छ ।
गोपीकृष्ण स्मृति प्रतिष्ठानको आयोजनामा बिर्तामोडस्थित गोमेन्द्र कलेजमा बिहीबार आयोजित कार्यक्रममा प्रमुख आमन्त्रित खनाल सेवा समितिका अध्यक्ष हेमप्रसाद खनाल, आमन्त्रित शिक्षासेवी गणेशप्रसाद खनालले स्मृति ग्रन्थको लोकार्पण गरेका थिए । प्रतिष्ठानका अध्यक्ष खगेन्द्र खनालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वागत प्रष्तिष्ठानकी उपाध्यक्ष नैनकलला भट्टराईले गरेकी थिइन् ।
प्रतिष्ठानका सचिव एवम् स्मृति ग्रन्थका प्रधान सम्पादक डा. पुण्यप्रसाद पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा बिजय बरालद्वारा निर्मित बिञ्जु मिडिया कर्नरद्वारा छायांकन गरिएको स्व. खनालको जीवनवृत्त समेटिएको वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

पछिल्लो समय झापालाई कर्मथलो बनाइ नेपाली साहित्य र पत्रकारिता क्षेत्रको सेवा गर्दै आएका गोपीकृष्ण खनालको गत २०७५ साल साउनमा सवारी दुर्घटनामा परी अकल्पनीय निधन भएको थियो ।
भारत पश्चिम बंगालको शिलगढीमा रहँदा स्थानीय बाडुली द्वैमासिक हुँदै नेपाली पत्रकारिता क्षेत्रमा प्रवेश गरेका खनालले विवेचना मासिक, अर्धसाप्ताहिक विश्वदीप, भानु, रहर, नयाँ विचार, मनकामना, नयाँ कामना लगायतका साहित्यक एवम् साप्ताहिक समाचारमा सम्वद्ध रहेर सेवा गरेका थिए ।
सामाजिक सेवाका क्षेत्रमा ममेत सक्रिय खनाल वीरता जेसीजका संस्थापक सदस्य, सनातन धर्म सेवा समितिका सभापति, अर्जुनधारा जलेश्वर धाम, नेपाल विद्वत परिषद्, साहित्यिक पत्रकार संघ, विश्व हिन्दू महासंघ लगायत दर्जनौं संघ–संस्थामा आवद्ध थिए । स्व. खनालको स्मृतिमा प्रकाशन गरिएको ग्रन्थको लोकार्पण समारोहमा साहित्यकार कोमलप्रसाद पोखरेल, मातृका संग्रौला, चिन्तामणि दाहाल लगायतले बोलेका थिए ।
नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष केशव भट्टराईले सञ्चालन गरेको सोही कार्यक्रममा कमल भट्टराई र नरेन्द्र पराजुलीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।
प्रतिष्ठानद्वारा स्थापित गोपीकृष्ण स्मृति पत्रकारिता पुरस्कार पहिलोपटक सोही समारोहकाबीच अग्रज पत्रकार नकुल काजीलार्ई प्रदान गरिएको थियो । पचास हजार रुपैयाँ राशिको सो पुरस्कार प्रतिष्ठानकी संरक्षक तथा खनालकी धर्मपत्नी रुपादेवी खनाल, प्रमुख आमन्त्रित व्यक्तित्व लगायतले समर्पण गरेका थिए ।
-

धादिङमा बाटो खन्ने क्रममा डोजर पुरिदाँ तीन जना वेपत्ता
धादिङ । धादिङमा बाटो खन्ने क्रममा डोजर पुरिएको छ । जिल्लाको रुबी भ्यालीमा डोजरसहित तीन जना बेपत्ता भएको प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएको खबर आएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटना स्थल पैदल दूरी ४ घण्टा पर पर्छ । बिहान साढे आठ बजे प्रहरी समक्ष पहिरोमा मानिस पुगेको खबर पुगेको थियो । प्रहरीले उद्धार टोली खटाएको छ । चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको स्थानीयले बताएका छन् । घटनाबारे विस्तृत विवरण भने आइसकेको छैन ।
-

स्याङ्जामा चक्कु प्रहार गरि १६ महिने बालकको हत्या
काठमाडौं । स्याङ्जामा चक्कु प्रहार गरि १६ महिने बालकको हत्या भएको छ । जिल्लाको वालिङ नगरपालिका १० भकुण्डेमा बुधवार दिउँसो चक्कु प्रहारबाट १६ महिने बालकको ज्यान गएको हो । पर्वतको पैयूँ गाउँपालिका ५ घर भइ वालिङ १० भकुण्डेमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङले बालकलाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । उनले वालिङ १२ सिर्सेकोट घर भइ एउटै घरमा डेरा गरी बस्ने रनमाया गुरुङका १६ महिनाका छोरा साइमन गुरुङको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका साइमनलाई गह्रौँ प्राथमिक स्वास्थ्य केन्द्रले मृत घोषणा गरेको थियो । मृतककी दिदी पाँच वर्षीया साइना गुरुङको घाँटीको अगाडिको भाग र बायाँ हातको बूढीऔँलामा चोट लागेको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ । चक्कु प्रहार गर्ने जितेन्द्रलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको समेत प्रहरीले जानकारी गराएको छ । घटना के कारणले भएको भन्ने खुलेको छैन ।
-

बिजुलीबजार र मिनभवनमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंको मिनभवन र बिजुलीबजारमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मिनभवनमा बागमती प्रदेश ०२-०३१ प ७५६२ नम्बरको मोटरसाइकलले आइतबार साँझ साढे ६ बजे ठक्कर दिंदा रामेछापका ६३ वर्षीय जीवनाथ गौतमको मृत्यु भएको छ । उनको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो । गौतमलाई बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो ।
उता, बिजुलीबजारमा गएराति साढे ११ बजे नम्बर नखुलेको टिपरले ठक्कर दिंदा कालीकोटको पचालझरना घर भई भक्तपुरको व्यासी बस्दै आएका विपिन विकको ज्यान गएको छ । ठक्कर दिने टिपरको नम्बर खुलेको छैन । प्रहरीले खोजी गरिरहेको जनाएको छ । नेपालमा दुई पा्रग्रे सवारी साधनका कारण अत्यधिक मानिसको ज्यान गइरहेको छ ।
-

झारफुकमा विश्वास गर्दा काठमाडौंमै १४ वर्षिय बालिकाको मृत्यु
काठमाडौं । काठमाडौंमा झारफुकमा विश्वास गरि कथित ‘माता’को आश्रममा राखेकी एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी(२ कि १४ वर्षीय बालिकाको शनिबार मृत्यु भएको हो । केही महिनादेखि बिरामी रहेकी बालिकालाई उनकी आमाले २२ दिनअघि आफूलाई माता बताउने उमा शाही ठकुरीको काठमाडौंको नागार्जुन १ रानीवन पानी ट्याङ्कीनजिकै रहेको झारफुक केन्द्रमा लगेकी थिइन् । तर, टाउको दुख्ने समस्या लिएर ‘माता’कहाँ पुर्याएकी बालिकाको स्वास्थ्यमा कुनै सुधार हुन सकेको थिएन । तर, पनि परिवारले अस्पताल लगेको थिएन ।
शनिबार बिहान एक्कासी बालिका गम्भीर बिरामी भएपछि मात्र मनमोहन अस्पताल पुर्याइएको थियो । अस्पतालमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । बालिकाको मृत्यु भएपछि उनकी आमाले झारफुक गर्ने ठकुरीविरुद्ध कर्तव्य ज्यानको कसुरमा उजुरी दिएकी छन् । त्यही आधारमा प्रहरीले शाहीलाई पक्राउ गरेर अनुसन्धान थालेको समेत जनाएको छ । प्रहरीले यस प्रकारका अन्धविश्वासमा नलाग्न समेत सबैमा आह्वान गरेको छ ।
-

हुम्लाको तापक्रम माइनस १२ डिग्री सेल्सियसमा झर्यो, जनजीवन कष्टकर
हुम्ला । शुम्लामा हिमपातका कारण तापक्रम झर्ने क्रम जारी छ । यहाँ शुक्रबार बेलुकादेखि लगातार हिमपात जारी छ । हुम्ला सदरमुकाम सिमकोट हिउँमा पुरिएको छ । यहाँ एक फिट जमेको हिउँका कारण स्थानीयलाई घरबाट बाहिर निस्कन समस्या भएको राससले लेखेको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेको छ । जाडो अत्यधिक भएपछि मानिसहरुलाई सास्ती बढेको हो ।
हिमपातका कारण नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी गराएका छन् । जिल्लामा यस वर्षकै ठूलो हिमपात भएको छ । चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेको खबर छ ।
-

भारतमा ओमिक्रानका कारण एक जनाको मृत्यु भएको पुष्टी
नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र बनेको छ । यसैबीच, भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित एक जनाको मृत्यु भएको पुष्टी भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ओमिक्रोनका कारण मृत्यु भएको यो पहिलो घटना हो । मन्त्रालयका अनुसार राजस्थानको उदयपुरमा ओमिक्रोनबाट संक्रमित एक वृद्धको मृत्यु हो ।
मन्त्रालयका सचिव लव अग्रवालका अनुसार उनमा डायबिटिज लगायतका स्वास्थ्य समस्या थियो । भारतमा ओमिक्रोनको पहिलो केस १२ डिसेम्बरमा केरलामा पुष्टि भएको थियो । त्यसअघि विश्वमा सबैभन्दा पहिले २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा ओमिक्रोन पुष्टि भएको थियो । हाल ओमिक्रोनबाट संक्रमित हुनेहरुको संख्या तीव्ररुपमा वृद्धि भएपछि विभिन्न देशहरुले चिन्ता व्यक्त गरेका छन् ।
-

कलङ्कीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
गएराति सवा २ बजे कलङ्कीको सब वे मा प्रदेश ३-०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलको पछाडि बस्ने धादिङ घर भइ काठमाडौं नैकाप बस्ने २७ वर्षकी सोफिया श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक गोरखाका ३१ वर्षका रामशरण ढकालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार जारी छ । ढकालले मापसे गरेको खुलेको छ ।
-

पाँचथरको फालेफुङमा आगलागी, तीन वटा घर जले
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा आगलागी भएको छ । बुधबार राति भएको आगलागीमा तीनवटा घर घर जलेको प्रहरीले जनाएको छ ।
स्थानीय जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागीमा मेयोङवासहित रामजीत राई र मनबहादुर राईका घर जलेका छन् । तीनवटा घर जल्दा त्यहाँ रहेका आईएमईको शाखा काउन्टरसहित छ वटा पसल जलेको प्रहरीले जनाएको छ ।
आगो स्थानीय, प्रहरी र फिदिमबाट गएका दमकलको सहायताले निभाइएको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । सुख्खायाम भएको कारण नेपालमा अब आगलागी का घटना बढ्ने गर्छन् ।
-

तनहुँमा नवजात शिशुसहित दुई जनाको शव भेटियो
तनहुँ । तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जनाको शव भेटिएको छ । राससका अनुसार व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी गराएका छन । स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उनले बताए । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
उता, आँबुखैरेनी गाउँपालिका–३ शिवालय मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ । मन्दिर नजिकैको धर्मशालाको पेटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छैन ।
-

कुपन्डोलमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु
काठमाडौं । ललितपुरको कुपण्डोलमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार राति सवा १ बजे बा ९५ प ५३३४ नम्बरको मोटरसाइल बिजुलीको पोलमा ठोक्किदा मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका ९ छम्पी घर भई मंगलबजार बस्ने ३१ वर्षका राजु तामाङको ज्यान गएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक मंगलबजारका ३६ वर्षका दिपेश तामाङको ट्रमा सेन्टरमा उपचार जारी छ ।
-

चिसोमा कठ्याङ्ग्रिएर धनुषा र सप्तरीमा दुई जनाको मृत्युु
जनकपुर । पछिल्लो सातायता बढेको चिसो र शीतलहरले धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका-४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेको स्थानीय संचारमाध्यमले लेखेका छन् ।
यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उता चिसोले कठ्याङ्ग्रिएका सप्तरीका ठाकुरको उपचारका लागि अस्पताल लैजान नपाउँदै मृत्यु भएको हो ।
अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाका चार स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले सूचना जारी गरी विद्यालय बन्द गरिएको जनाएका छन् ।
-

बेत्रावति-धाममा ३० हजार श्रद्धालुहरूले श्राद्ध गरे
सरस्वती न्यौपाने, रसुवा
रसुवा र नुवाकोटको संगमस्थल बेत्रावति धाममा पौष शुक्ल औंशीको अवसर पारेर ३० हजार भन्दा बढी श्रद्धालूहरूले श्राद्ध गरेका छन । देशका विभिन्न स्थानहरु; जुम्ला, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा लगाएका टाढा/टाढाको मानिसहरू समेत यस पवित्र भुमिमा आफ्नो दिवङगतहरूको सम्झनामा पितृहरुको नाममा तर्पण दिएको स्थानीय समाजसेवी शशी डंगोलले बताएका छन् ।
चार-धाम मध्येको एकधाम वेत्रावति हिन्दु धर्मावलम्बीको पुराण अनुसार भगवान शिवले कालकुट विष पिई त्यसको राप शान्त पार्न भौतारिएर हिडेका अवस्थामा त्रिशूल प्रहार गर्दा उत्पन्न भएको त्रिशूली नदि र महादेवले नै बेतको लौरोले खोपेर उत्पति भएको वेत्रगंगास्थित फलाखु खोलाको संगमस्थल समेत भएकोले पवित्र भुमिका रूपमा परिचित छ ।

पुस १८ गते श्राद्व गर्न आएका एक श्रद्वालु शुन्दर श्रेष्ठ बताउनुहुन्छ। चारगया मध्ये एक गयाको रूपमा परिचित उतरगया एक पवित्रभुमी गोसाईकुण्ड, सलाखु, फलाखु, त्रिशूली गंगा मिसिएको ठाउँ सफा स्वास्थ आफ्नो दिवङगतहरूको सम्झनामा श्राद्व गरि पिण्ड सेलाउन पाउँदा स्वर्गमा बास हुने विश्वासले नै हाम्रो धर्म संस्कार,संस्कृति परम्परा ले गर्दा नै हामी मानिस मानिस भएर बाचेका छौ।
यस पवित्रभुमी उतरगयाधाममा २०४९ सालमा योगी नरहरीनाथले कोटी होम लगाएपछि झनै बेत्रावतिको धार्मिक महत्त्व बढेको हो ।
उतरगया क्षेत्रको ईतिहास
नेपाल र तिब्बतबीच १८४९ सालमा भएको ऐतिहासिक बेत्रावति सन्धि पनि यही ठाउँमा भएको तथ्य छ । सिगात्सेसम्म नेपाली गोर्खाली सेना चिनको छिङ महाराजाको ठुलो संख्यामा आएका सेनासंग पछि हट्न बाध्य भएका नेपाली गोर्खाली सेना र चिनियाँ सेनाको लडाइँ रसुवा र नुवाकोटको सिमाना वेत्रावतिमा भएपछि दुवैले ठुलो क्षति व्यहोरे पछि नेपाल- तिव्वत- चीनबीच सन १७९२ अक्टोबर ५ मा सन्धि गरेका थिए ।
धार्मिक आस्था बोकेको उतरगया
बेत्रावति सन्धिलाई विजय उत्सवको रूपमा मनाउन गोरू जुधाई परम्परा सुरू भएको धार्मिक मान्यता समेत रहेको छ । यस उतरगयाधाममा हरेक जात जातिले पितृकार्य गर्ने स्थल, पौषे औशीमा श्राद्व, गाईजात्रामा लाखे नाच, ठुलो एकादशीमा फुलको डोली ल्याउने र भजन किर्तन गरी नदी तार्ने, माघेसंक्रातिमा गोरू जुधाई गरिने, फागुमा सामुहिक होली, रामनवमी पर्व तथा कृष्ण जन्माष्टमीमा विषेश मेला लाग्ने गर्दछ ।
