Category: स्थानीय

  • जन्ती बोकेको जिप दुर्घटनामा परि गोरखामा तीन जनाको मृत्यु

    जन्ती बोकेको जिप दुर्घटनामा परि गोरखामा तीन जनाको मृत्यु

    काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटे स्थित फिरफिरे भन्ने स्थानमा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ । प्रहरीका कअनुसार यस घटनामा तीन जनाको मृत्यु भएको छ । सोमवार चितवनको जिरौनाबाट जन्ती आएको बा १४ च ७८१ नम्वरको स्करपिओ जिप रोकिराखेको अवस्थामा एक्कासी गुडेर दुर्घटनामा परेको हो ।

    दुर्घटनामा काठमाडौं महानगरपालिका–१६ का कमलप्रसाद न्यौपाने, गोरखाको सिरानचोक गाउँपालिका चनौटेका देवी पोखरेल र नवलपरासीको कावासोती नगरपालिका–१४ का कृष्णप्रसाद सिग्देलको मृतयु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी गराएको छ । गाडी रोकेर चालक बाहिर निस्केको समयमा गाडी गुडेको बताइएको छ । गाडी सडकबाट करिव दुई सय मिटर तल खसेको थियो । घटनाबारे प्रहरीले छानविन थालेको बताएको छ ।

  • फास्ट ट्रयाकमा लोडर दुर्घटनामा तीन चिनियाँ कामदारको मृत्यु

    फास्ट ट्रयाकमा लोडर दुर्घटनामा तीन चिनियाँ कामदारको मृत्यु

    काठमाडौं । फास्ट ट्रयाकमा लोडर दुर्घटनामा परी तीन जना चिनियाँ नागरिकको मृत्यु भएको छ। मकवानपुरको बकैया गाउँपालिका(११ भेटेपाखास्थित फास्ट ट्रयाकको निर्माणस्थलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवाललाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।

    सोमबार साँझ करिब ५ लोडर ब्याक गर्ने क्रममा ५० मिटर तल खसेको थियो। त्यसमा सवार एक नेपालीसहित ६ जना चिनियाँ नागरिक घाइते भएका थिए। उनीहरुलाई उपचारको लागि हेटौडा अस्पताल लगिएको छ । सो क्रममा क्रममा गम्भीर घाइते भएका तीन जना चिनियाँ नागरिकको मृत्यु भएको हो ।

  • बबरमहलमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

    बबरमहलमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको बबरमहलमा स्कुटर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गत राति पौने १२ बजे बा ६१ प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिएको थियो । सो क्रममा चालक डडेलधुरा घर भइ काठमाण्डौको कोटेश्वर बस्ने २६ वर्षका केविन श्रेष्ठको ज्यान गएको हो । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको वीर अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे ज्यान गएको छ ।दुर्घटनाको कारण खुलेको छैन ।

  • बुबाको हत्याको आरोपमा प्यूठानमा छोरा पक्राउ

    बुबाको हत्याको आरोपमा प्यूठानमा छोरा पक्राउ

    प्यूठान । प्युठानमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। नौबहिनी गाउँपालिका(४ खबाङ खप्रेटा बस्ने ८३ वर्षीय बुवा जंगबहादुर सुनारको हत्या गरेको आरोपमा ३० वर्षीय छोरा तुलेलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो।

    मादक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा बुवामाथि ढुंगा प्रहार गरेका थिए। ढुंगा प्रहार गर्दा बुवा जंगबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाको खबरपछि इलाका प्रहरी कार्यालय लुङबहानेबाट प्रहरी खटिएको थियो। सो टोलीले उनलाई पक्राउ गरेको हो।

  • कोटेश्वरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    कोटेश्वरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको कोटेश्वरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गतराति प्रदेश नम्बर ०३–०२००५ प ५८७७ नम्बरको मोटरसाइकल कोटेश्वरमा अनियन्त्रित भइ नालीमा खस्दा २२ वर्षका सचिन श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका काभ्रे उग्रतारा गाउँपालिका वडानम्बर ७ का श्रेष्ठको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनाको कारण खुलेको छैन ।

  • म्याग्दीमा मोटरमाइकल दुर्घटना, एक जनाको मृत्यु

    म्याग्दीमा मोटरमाइकल दुर्घटना, एक जनाको मृत्यु

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-६ बाङ्गेपहिरोमा बिहीबार बिहान मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।

    किसानको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका-२ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको छ । बिहान ३ बजे मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको थियो । उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ ।

  • मोरङबाट दुई नक्कली भारतीय चिकित्सक पक्राउ

    मोरङबाट दुई नक्कली भारतीय चिकित्सक पक्राउ

    विराटनगर । मोरङको दुई स्थानमा क्लिनिक सञ्चालन गरिरहेका दुई जना नक्कली चिकित्सक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ परेका दुवै जना भारतीय नागरिक हुन् । दार्जिलिङ रानीगञ्ज पानसाली पञ्चायत घर भएका २७ वर्षीय पर्सनजित बर्मन र दार्जिलिङकै २९ वर्षीय सनोड मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी गराएका छन् ।

    बर्मनले पथरी शनिश्चरे नगरपालिका वडा– १ फिलिम हल लाइनमा श्रीराम पाइल्स क्लिनिक सञ्चालन गर्दै आएको प्रहरीले बताएको छ । मण्डल सुन्दरहरैचा नगरपालिका– ३ स्थित गछिया चौकमा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका थिए । प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार दुई जनाले नै नेपाल मेडिकल काउन्सिलबाट अनुमति पत्र पाएका छैनन् । क्लिनिक सञ्चालन गरी डाक्टर हुँ भन्दै ठगी गरेको उजुरी परेपछि पक्राउ गरेको उनले बताए ।

  • शिवपुरीमा आगलागी, निभाउन हेलिकोप्टरबाट खन्याइयो पानी

    शिवपुरीमा आगलागी, निभाउन हेलिकोप्टरबाट खन्याइयो पानी

    काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको शिवपुरी राष्ट्रिय निकुञ्जको तारेभिर क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा लिन समस्या देखिएको छ । मङ्गलवार दिउँसोदेखि लागेको डढेलो निभाउने प्रयास भइरहेको छ । दिउँसा हेलिकोप्टरबाट पानी खन्याइएको छ । तर, त्यसले पनि आगो नियन्त्रणमा आइसकेको छैन ।

    प्रहरीका अनुसार साँझ पछि हेलिकोप्टरको प्रयोग रोकिए पनि दमकल तथा अन्य माध्यमबाट आगो निभाउने प्रयास भइरहेको छ । दमकल, पानी ट्याङ्कर, निकुञ्जका सेना र प्रहरीको सहायतामा आगो निभाउने गरिएको थियो । धेरै ठाउँमा आगो फैलिएकाले निभाउन समस्या भएको प्रहरीले जनाएको छ ।

  • एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्रीको जिल्लामा कांग्रेस पूर्वजिल्ला सभापति निष्काशित

    एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्रीको जिल्लामा कांग्रेस पूर्वजिल्ला सभापति निष्काशित

    काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरा कांग्रेसका निवर्तमान सभापति कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीविपरीत गतिविधि गरेको भन्दै कांग्रेसले मंगलबार सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत रहेका मल्ललाई कांग्रेसको सदस्यबाट निकालेको हो। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरि यस्तो जानकारी गराएका छन् । मल्ललाई साधारण सदस्यसमेत नरहने निष्काशनमा परेका हुन् ।

    ‘कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई कांग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ,’ विज्ञप्तिमा भनिएको छ। पछिल्लो समय मल्ल पक्षले डडेल्धुरामा नेकपा एमालेसँग मिलेर चुनाव उठ्ने निर्णय गरेका थिए ।

  • टिपरको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्यु

    टिपरको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्यु

    काठमाडौं । भक्तपुरमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । गएराति साढे १२ बजे थिमि नगरपालिकाको चारदोबाटोमा बा ४ ख ८५८१ नम्बरको टिपरले वाग्मती प्रदेश ०२–०२३ प ७७६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरका चालक काभ्रे घर भइ अहिले भक्तपुरको चाँगुनारायण बस्ने ३२ वर्षका ज्ञानेन्द्र मल्ल ठकुरीको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते ठकुरीको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

  • डोल्पामा एकिकृत समाजवादीले दुई गाउँपालिका अध्यक्षमा खाता खोल्यो ?

    डोल्पामा एकिकृत समाजवादीले दुई गाउँपालिका अध्यक्षमा खाता खोल्यो ?

    काठमाडौं । डोल्पाका दुई गाउँपालिकाको अध्यक्ष पदमा एक जनाको मात्र मनोनयन दर्ता भएको छ । यसससँगै अनौपचारिक रुपमा एकिकृत समाजवादीले खाता खोलेको छ । तर, यसको औपचारिक घोषणा भने निर्वाचन पछि मात्र हुने छ । काइके गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराए ।

    डोल्पाकै छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा पनि एकीकृत समाजवादीका उम्मेदवारको मात्र मनोनयन दर्ता भएको छ । काइके गाउँपालिकाको अध्यक्षमा अंगदकुमार राना र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा सेनाङ गुरूङले उम्मेदवारी दर्ता गराएका हुन् ।

  • भरतपुरमा रेणु दाहालविरुद्ध एमाले र राप्रपा तालमेल गर्दै

    भरतपुरमा रेणु दाहालविरुद्ध एमाले र राप्रपा तालमेल गर्दै

    काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल हुने भएको छ। उपमेयर, दुई वटा वडाध्यक्ष र केही सदस्य पद पाउने भएपछि राप्रपाले एमालेलाई सघाउने निर्णय गरेको छ । यहाँ गठबन्धनबाट माओवादी नेत्री रेणु दाहाल उमेदवार छिन् । गठबन्धनमा असन्तुष्टी जनाएको कांग्रेसका केही नेताले स्वतन्त्र उमेदवारी समेत दिने तयारी गरेका छन् ।

    राप्रपाले चितवनको भरतपुर र माडी नगरपालिकाका मेयरको उम्मेदवार घोषणा गरेको थियो। तर, राति केन्द्रीय तहमै सहमती भएपछि भरतपुरमा तालमेल हुने भएको हो। सहमतीअनुसार भरतपुर महानगरपालिकाको वडा नम्बर १५ र २६ मा राप्रपाले उठाउने वडाध्यक्षलाई एमालेले सहयोग गर्नेछ।

    वडा नम्बर ४, ११, १६, १९ र २४ मा मित्रवत प्रतिष्पर्धा गर्ने र बाँकी वडामा एमालेका उम्मेदवारलाई राप्रपाले सघाउने सहमती भएको छ। एमालेले महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ ।

  • बुटवलमा वृद्ध दम्पत्ति मृत भेटिए

    बुटवलमा वृद्ध दम्पत्ति मृत भेटिए

    बुटवल । बुटवलको जंगलमा दम्पत्ति मृत अवस्थामा भेटिएका छन् । बुटवल उपमहानगरपालिका–७ शिवनगर सामुदायिक वनमा बुटवल ११ बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी पत्नी ५५ वर्षीया कमला श्रेष्ठको शव भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीका अनुसार आइतबार दम्पत्तिको शव भेटिएको हो।

    उनीहरु चैत ६ गते गोरखामा आफन्त भेट्न भन्दै घरबाट हिँडेको तर, घर नफर्किएपछि खोजी गर्दै जाँदा आइतबार शव भेटिएको डीएसपी केसीले बताएका छन् । उनीहरुले विष खाएको अनुमान गरिएको छ । घटनास्थलमा तन्ना ओछ्याएर खाने बस्ने गरेको समेत पाइएको छ । यस विषयमा थप अनुसन्धान सुरु गरेको समेत प्रहरीको भनाई छ । छोरा वैदेशिक रोजगारीमा रहेको र घरमा बुहारी र छोरीसँग बस्दै आएको खुलेको छ।

  • धादिङमा भारतीय यात्रु बोकेको कार र बस ठोक्किए, ५ जनाको मृत्यु

    काठमाडौं । पृथ्वी राजमार्गको धादिङ, थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा कम्तिमा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङतर्फ आउँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । दुर्घटनामा कारमा सवार ५ जनाको नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवम् एवक्ता जागेश्वर भण्डारीले जानकारी गराएका हुन् ।

    दुर्घटनामा कारका चालक तनहुँको खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतको उत्तरप्रदेशका ४० वर्षीय बिमलचन्द्र अग्रवाल, ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल, ५५ वर्षीय राकेश अग्रवालको मृत्यु भएको छ । घाइते उनीहरुको उपचारका क्रममा चालक डिलबहादुर र बिमलचन्द्रको टिचिङ अस्पताल र अन्यको ट्रमा सेन्टरमा मृत्यु भएको समाचारमा उल्लेख छ ।

    बसमा सवार धादिङ नीलकण्ठ नगरपालिका ११ का २४ वर्षीय राम परियार घाइते भएका छन् । घाइतेको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । मृत्यु भएकाहरु चारजना एउटै गाउँको रहेको प्रहरीले जनाएको छ । ओभरट्याक गर्ने क्रममा बस र कार ठोक्किएको बताइएको छ । उनीहरु नेपाल घुम्न ७ वैशाखमा आएको र सोमबार दिल्ली फर्कने तयारीमा रहेको समाचारमा उल्लेख गरिएको छ ।

  • काँडाघारीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    काँडाघारीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको काँडाघारीमा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बा ५० प ९९३६ नम्बरको मोटरसाइकल बिहान साढे ५ बजेतिर अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो ।

    दुर्घटनामा ओखलढुङ्गाको सुनकोसी गाउँपालिका ६ का अन्दाजी ३२ वर्षका कमल आले मगर र अन्दाजी २२ वर्षका गोपाल आले मगरको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । काठमाडौं उपत्यकामा अत्यधिक सवारी चाप र तिव्र गतिका कारण दुई पांग्रे सवारी साधनमा बढी मानिसको ज्यान जाने गरेको छ ।

  • प्रदेश सांसद झाको निधन

    प्रदेश सांसद झाको निधन

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की मधेस प्रदेश सांसद डिम्पल झाको निधन भएको छ । उनी रौतहटको स्थायी बासिन्दा हुन् । लोसपा नेता तथा संघीय सांसद अनिल झाकी जीवनसाथी उनी क्यान्सरबाट पीडित थिइन् । झा मधेस प्रदेशमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री समेत बनेकी थिइन् । अल्पायुमै भएको उनको निधनप्रति शोक व्यक्त गरिएको छ ।

  • आगलागीमा परि जुम्लामा चार बालबालिकाको मृत्यु

    आगलागीमा परि जुम्लामा चार बालबालिकाको मृत्यु

    काठमाडौं । जुम्लाको तिला गाउँपालिका ३ कुडारी सार्कीवाडा गाउँमा शुक्रबार राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको हो । मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दलाई उदृत गर्दै राससले जनाएको छ ।


    ‘आगलागीबारे राति ११ः४५ बजे हामीलाई जानकारी भयो’ प्रहरी नायब उपरीक्षक चन्दले भने, ‘सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो ।’ आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको उनले बताए । आगलागीका कारण बेहोस भएका मानसिं र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपाचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । मृतक चारै बालबालिकाको शव परीक्षणका लागि प्रतिष्ठानमा ल्याउँदै गरेको उनले बताए । घटना कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सप्तरीमा मोटरसाइकल जुध्दा तीन जनाको मृत्यु

    सप्तरीमा मोटरसाइकल जुध्दा तीन जनाको मृत्यु

    काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरमा दुई मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०२४१ प.२२९६ नम्बरको र सोही दिशाबाट जाँदै गरेको प्र१–०२०४१ प.९५२४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुर्घटना भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।

    उनका अनुसार मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका ३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षका सन्दीप यादव र २८ वर्षका बुच्चु भन्ने रंजित यादव छन् । गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

  • कपिलवस्तुमा सेनाको गणभित्रै गोली लागेर महिला सैनिक जवानको मृत्यु

    कपिलवस्तुमा सेनाको गणभित्रै गोली लागेर महिला सैनिक जवानको मृत्यु

    कपिलवस्तु । कपिलवस्तु, गोरुसिंगेमा रहेको सेनाको शमशेर दल गणमा गोली लागि घाइते भएकी सैनिक जवानको मृत्यु भएको छ । स्थानीय संचारमाध्यमले जनाए अनुसार गणको भित्री पोस्टमा कार्यरत झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीया कोपिला राजवंशीको भैरहवास्थित युनिभर्सल कलेजमा बिहीबार बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नायब उपरीक्षक जेसी शाहलाई उदृत गर्दै संचारमाध्यमले यसको पुष्टी गरेका हुन् ।

    राजवंशी गोली लागेको अवस्थामा बुधबार साँझ ७ बजे फेला परेकी थिइन् । गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल मेडिकल कलेज लगिएको हो । उनको पेटमा दुई वटा गोली लागेको थियो । राजवंशी आफैंले गोली चलाएर आत्महत्या गरेको प्रहरीको अनुमान छ ।

  • बझाङमा भूकम्पको धक्का महसुस

    बझाङमा भूकम्पको धक्का महसुस

    काठमाडौं । बझाङमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । जिल्लाको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको हो । भूकम्पको धक्का बझाङसहित छिमेकी जिल्लासम्म महसुस गरिएको छ । भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भइसकेको छैन ।

  • भक्तपुरमा बिस्केट जात्राको रथमा च्यापिएर एक जनाको मृत्यु

    भक्तपुरमा बिस्केट जात्राको रथमा च्यापिएर एक जनाको मृत्यु

    काठमाडौं । भक्तपुरमा बिस्केट जात्राको रथको पाङ्ग्रामा च्यापिएर भएको घटनामा एक जनाको मृत्यु भएको छ । बिस्केट जात्राको अन्तिम दिन सोमबार पौने पाँच बजे गहिटीबाट बंशगोपाल तर्फ लैजाँदै गरेको रथ नासमाना चोकमा पुग्दा सूर्यविनायक नगरपालिका ५ का ७१ वर्षका दुर्गामान कस्पाललाई पाङ्ग्राले च्यापेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उनको उपचारका क्रममा ज्यान गएको हो । पाग्राले चेपेर गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • आजबाट निर्वाचन आचार संहित लागु, के-के गर्न पाइदैन ?

    आजबाट निर्वाचन आचार संहित लागु, के-के गर्न पाइदैन ?

    काठमाडौं । आगामी बैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनका लागि आजबाट आचार संहिता लागु हुँदैछ आज मध्यरातिदेखि लागु हुने भएको छ । आचार संहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गरिसकेका छन् । निर्वाचन आयोगका अनुसार आजबाट मतदानको दिनसम्म यो आचार संहिता कार्यान्वयन हुने छ । आचारसंहिता लागु भएपछि कुनै पनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार प्रसार गर्न पाइँदैन ।

    स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेला लगायतका काम गर्न पाइदैन । कुनै कार्यक्रम गर्नुभन्दा ७२ घण्टा अगाडि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्छ । योजनाको शिलान्यास, उदघाटन, सर्वेक्षण लगायतका काम गर्न पनि पाइँदैन । यसैगरी कुनै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापन लगायतका काम गर्न पनि पाइँदैन, गर्नै परे निर्वाचन आयोगको अनुमति लिनुपर्छ ।

    दलको निर्वाचन चिह्न, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट, झोला लगायत पनि बोक्न हुँदैन । तर उम्मेदवारले ‘ए–फोर’ आकारको कागजमा आफ्नो व्यक्तिगत विवरण खुलाएर वितरण गर्न भने मिल्छ । निर्वाचन प्रचारप्रसारको काम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइन्छ । प्रचार प्रसारका लागि हेलिकप्टर प्रयोग गर्न पाइन्छ तर दुई दलका मुख्य प्रचारकमात्र हेलिकप्टरमा हुनुपर्छ ।

    तर साइकल, रिक्सा, ठेलागाडा,बयलगाडा, टाँगा लगायतका सवारी साधन चुनाव प्रचारमा प्रयोग गर्न भने नपाइने निर्वाचन आचार संहितामा उल्लेख छ । आचारसंहिता सरकार, निजी क्षेत्र, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार माध्यम, गैरसरकारी संस्था, विद्यालय, विश्वविद्यालय, शिक्षक, कर्मचारी तथा मतदातालाई समेत लागु हुने निर्वाचन आयोगले जनाएको छ ।

  • काठमाडौंको गोकर्णमा महिलाको शव फेला, हत्या भएको आंशका

    काठमाडौंको गोकर्णमा महिलाको शव फेला, हत्या भएको आंशका

    काठमाडौं । काठमाडौंको गोकर्णमा महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार गोकर्ण नगरपालिका ६ स्थित जगडोल पार्क नजिकै जंगलमा महिलाको शव फेला परेको हो । महानगरीय परिसर काठमाडौंका अनुसार शव बिहीबार बेलुका करिब छ बजेतिर फेला परेको हो। महिलाको पहिचान भने खुलेको छैन । प्रहरीका अनसार ३०\३५ वर्ष उमेरको जस्तै लाग्ने महिलाको शव भेटिएको हो । महिलाको शरीरमा रगत समेत भेटिएका कारण हत्याको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान टोली घटनामा पुगेको र छानविन भइरहेको बताएको छ । थप विवरण आउन बाँक छ ।

  • ललितपुरमा कारको ठक्करबाट एक बालकको मृत्यु

    ललितपुरमा कारको ठक्करबाट एक बालकको मृत्यु

    काठमाडौं । ललितपुरको लुभुमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बुधबार बेलुका साढे ५ बजेतिर बा १६ च ३६८७ नम्बरको कारको ठक्करबाट रामेछाप मन्थली नगरपालिका पुराना गाउँ घर भइ ललितपुरको लुभुमा बस्ने विमला पुरीका दुई वर्षका छोरा आर्यनको ज्यान गएको प्रहरीले जनाएको हो। कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

  • सर्लाहीमा गोली प्रहार गरि भारतीय नागरिकको हत्या

    सर्लाहीमा गोली प्रहार गरि भारतीय नागरिकको हत्या

    सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा बुधबार साँझ गोली हानि एक भारतीय नागरिकको हत्या भएको छ । प्रहरीका अनुसार सदरमुकाम मलङ्गवा नगरपालिका–८, स्थित ओम पेट्रोल पप्प नजिकै अज्ञात व्यक्तिले प्रहार गरेको गोली लागेर भारत विसनपुर आधार पञ्चायत घर भएका अन्दाजी ३५ वर्षीय इन्दल महतोको मृत्यु भएको हो । महतोमाथि बुधबार साँझ ७ः३० बजेतिर गोली प्रहार भएको स्थानीय संचारमाध्यमले लेखेका छन् ।

    घाइते महतोलाई उपचारका लागि मलङ्गवास्थित प्रादेशिक अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । महतोलाई बीआर ३० ए ८५४५ नम्वरको मोटरसाइकलमा भारततर्फबाट आउँदै गर्दा मोटरसाइकलमै आइरहेका अज्ञात व्यक्तिले गोली प्रहार गरेर फरार भएका हुन् । महतो किन मलङ्गवा आइरहेको थिए भन्ने चाँही खुलेको छैन ।

  • काठमाडौंको चोभारमा बनेको सुख्खा बन्दरगाह आजबाट संचालनमा आउने

    काठमाडौंको चोभारमा बनेको सुख्खा बन्दरगाह आजबाट संचालनमा आउने

    काठमाडौं । काठमाडौंको चोभारमा निर्माण सम्पन्न भएको सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आउने भएको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दरगाहको उद्घाटन गर्ने छन् । बन्दरगाह नेपाल इन्टरमोडल यातायत विकास समितिमार्फत संचालनमा आउन लागेको हो । काठमाडौं सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि समुन्द्री बन्दरगाह हुँदै व्यवसायीहरुले भित्र्याएको माल वस्तु सिधै काठमाडौंमै जाँच पास गर्न सकिन्छ । यसले आयात तथा निर्यात लागत कम हुने बताइएको छ ।

    वीरगञ्ज नाकाबाट मालवस्तु बोकेर डिजिटल लकिङ लगाएर काठमाडौं आएका कन्टेनरलाई बन्दरगाहमा भित्र्याउँदै आज बन्दरगाह सञ्चालनको घोषणा गरिने भएको छ । यसअघि सरकारले बन्दरगाह सञ्चालनका लागि आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरेको थियो । बन्दरगाह क्षेत्रलाई भन्सार क्षेत्र घोषणा, आन्तरिक पारीबहनको सुविधा, चार किल्ला निर्धारण, भन्सार प्रमुख नियुक्ति र सुरक्षाको प्रबन्ध बन्दरगाहमा भइसकेको छ । बन्दरगाहभित्र रहने भन्सार, क्वारेन्टिन र प्रशासन संरचनामा जनशक्ती परिपूर्ति भइसकेको छ ।

    अब मंगलबारदेखि नेपाली व्यवसायीले समुन्द्री बन्दरगाह हुँदै तराईका पाँच नाकाबाट आयात गर्ने माल वस्तु बोकेको कन्टेनर सीमा क्षेत्रमा आवश्यक प्रक्रिया पुर्‍याएपछि सिधै काठमाडौं आउनेछन् । विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६० करोड लागतमा बन्दरगाह र करिब २० करोडमा इन्टरमोडल यातायात विकास समितिको प्रशासनिक संरचना निर्माण गरिएको हो ।

  • बाह्रबिसेमा ग्यास सिलिण्डर पड्किँदा तीन बालबालिकाको मृत्यु

    बाह्रबिसेमा ग्यास सिलिण्डर पड्किँदा तीन बालबालिकाको मृत्यु

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा खाना पकाउने ग्याँस सिलिन्डर पड्किएर भएको घटनामा तीन बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराका मिनबहादुर तामाङको घरमा आइतबार घटना भएको हो । बेलुकी ७ बजे ग्याँस सिलिण्डर पड्किएर घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

    सो क्रममा उनका १० वर्षीय छोरा इशाक, कुमार तामाङका ६ वर्षीय छोरा सरगम र छिमेकी पदम तामाङका साढे २ वर्षीया छोरी दिव्याको ज्यान गएको हो । आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । आगलागीबाट मीनबहादुर समेत घाइते भएको र उनको उपचार चलिरहेको बताइएको छ ।

  • दुई छोराछोरीसहित आमाले गरिन् आत्महत्याको प्रयास, छोराछोरीको ज्यान गयो

    दुई छोराछोरीसहित आमाले गरिन् आत्महत्याको प्रयास, छोराछोरीको ज्यान गयो

    महोत्तरी (रासस) । महोत्तरीको औरही नगरपालिका १ मा शुक्रबार राति दुई छोराछोरीसहित आमाले पोखरीमा हाम फाल्दा दुवै छोराछोरीको डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय विश्वजित कर्णकी पत्नी २६ वर्षीया बन्दना कर्णले राति १० बजे गाउँमै रहेको महादेव मन्दिरको पोखरीमा आफ्ना चार वर्षीया छोरी विद्या र आठ महिनाको छोरा अध्यान्सुसहित पोखरीमा हाम फालेकामा दुवै छोराछोरीको डुबेर मृत्यु भएको हो।

    महिलाले छोराछोरीसहित पोखरीमा हाम फालेको स्थानीयले थाहा पाएपछि तीनै जनाको उद्धार गरी पोखरी बाहिर ल्याएर उपचारका लागि स्थानीय राधाकृष्ण अस्पताल लगिएपछि चिकित्सकले दुवै छोराछोरीलाई राति नै मृत घोषणा गरेको थियो भने आमा बन्दनाको अवस्था सामान्य रहेको छ। प्रहरीले घटना पश्चात गए राति ११ बजे नै मृतक बालबालिकाका आमा बुवा दुवैलाई नियन्त्रणमा लिएको छ। घटनाबारे आवश्यक अनुसन्धान पनि अगाडि बढाइएको प्रहरीले जनाएको छ।

  • भक्तपुरमा जग्गा प्लटिङको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

    भक्तपुरमा जग्गा प्लटिङको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

    काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका ९ स्थित ताथलीमा जग्गा प्लटिङ गरिएको स्थानमा ढिस्को खस्दा पुरिएर दुई कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । खाल्डो खन्ने क्रममा ढिस्कोले पुरिएर काभ्रे स्थायी घर भएका ५० वर्षीय वर्षमान तामाङ र ३२ वर्षीय चतुरमान तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । घटनापछि स्थानीयले आन्दोलन समेत गरेका छन् । स्थानीय र पीडित पक्षले शुक्रबार अबेरसम्म मृतकको शव समेत उठाउन दिएका थिएनन् ।

    स्थानीयहरूका अनुसार उक्त स्थानमा करिब ३० रोपनीभन्दा धेरै जमिनमा अवैध रुपमा प्लटिङ गरिएको थियो । उक्त प्लटिङमा बिहीबार पनि पर्खाल लगाउने काम भइरहेको थियो । तर जग्गाधनीले खाडल नपुगेको भन्दै शुक्रबार पनि थप खाडल खन्न लगाएको बताइएको छ । शुक्रबार सोही स्थानमा पर्खालका लागि खाडल खन्ने क्रममा ढिस्को खसेर दुई जना कामदार पुरिएका हुन् ।

  • सुन्दरीजलमा टिपरको ठक्करबाट दुई बालिकाको निधन, दिनभर स्थानीयको विरोध

    सुन्दरीजलमा टिपरको ठक्करबाट दुई बालिकाको निधन, दिनभर स्थानीयको विरोध

    काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल नयाँपाटीमा टिपले किचेर दुई बालिकाको मृत्यु भएपछि सो क्षेत्र दिनभर असान्त बनेको छ । स्थानीयले प्रशासनको वेवास्ता र टिपर चामलको लापरवाहीको विरोधमा दिनभर जसो विरोध गरिरहे । बुधबार बिहान दिदीबहिनी सृष्टि र श्रेया घिसिङलाई बुबासँगै विद्यालय जाने क्रममा टिपरले किचेको थियो । स्थानीयका अनुसार टिपरले ब्याक गरेर बाइकमा सवार उनीहरुलाई किचेको हो ।

    सृष्टि नौ वर्षकी थिइन् । उनी वल्र्ड युथ इन्टरनेशनल स्कूलमा कक्षा तीनमा पढ्थिन् भने चार वर्षकी श्रेया एलकेजीमा पढ्ने विद्यार्थी हुन् । छोरीहरुलाई स्कुल पु¥याउन हिँडेका उनीहरुका बुबा रोहनको नेपाल मेडिकल कलेज अत्तरखेलमा गम्भीर अवस्थामा उपचार जारी छ । यउो घटनापछि टिपर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ । बा ४ ख ६९६८ नम्बरको टिपरको ठक्करबाट स्कुल जाने बेला बालिकाको ज्यान गएपछि स्थानीय निकै आक्रोशित बनेका हुन्
    ।