Category: स्थानीय

  • चिरिबाबु लगातार दोस्रो कार्यकालका लागि बने ललितपुरको मेयर

    चिरिबाबु लगातार दोस्रो कार्यकालका लागि बने ललितपुरको मेयर

    ललितपुर । चिरिबाबु महर्जन लगातार दोस्रो कार्यकालका लागि ललितपुर महानगरपालिकाको मेयरमा निर्वाचित बनेका छन् । नेपाली कांग्रेसका उनी गठबन्धनबाट उम्मेदवार बनेका थिए । महर्जन ४२ हजार ७२२ मतसहित विजयी भए । उनले नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारको भन्दा १८ हजार १६२ मत बढी ल्याए ।

    ब्यन्जनकारले २४ हजार ५६० मत मात्रै पाए । दोस्रो कार्यकालका लागि निर्वाचित मेयर चिरिबाबु महर्जनले यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा हरिकृष्ण ब्यञ्जनकारलाई ३ सय २६ मतले पराजित गरेका थिए । यो पटक भने भारी मतान्तरले महर्जन विजयी भएका छन् ।

    मेयरका उम्मेदवार रहेका राप्रपाका अष्ट महर्जनले ५हजार ५५४ मात्रै मत पाए । ललितपुर महानगरको उपप्रमुखमा नेकपा एमालेकी मन्जली शाक्य निर्वाचित भइन् । उनले २५ हजार ८४ मत ल्याएर जित हासिल गर्दा निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत पाए । बज्राचार्य गठबन्धनबाट उपमेयर पदमा उम्मेदवार थिए ।

    राप्रपाकी स्वर्णिमा शाक्यले ७ हजार ७७८ र स्वतन्त्र उम्मेदवार अजरमान जोशीले ७ हजार २९ मत पाए । जोशी कांग्रेसबाट असन्तुष्ट बनेर उम्मेदवार बनेका थिए । उमेदवार नै नभएको रुख चिह्नको उपमेयरमा नौ हजार ६२१ मत खसेको थियो ।

  • वीरगन्जमा पनि एमालेको ठूलो हार, महानगरमा सिंह विजयी

    वीरगन्जमा पनि एमालेको ठूलो हार, महानगरमा सिंह विजयी

    वीरगन्ज । वीरगञ्ज महानगरपालिकामा एमालेले ठूलो हारा बेहोरेको छ । यस महागरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भए । एमालेका उम्मेदवार विजय कुमार सरावगीभन्दा २२ हजार ५५५ मत बढी ल्याएर राजेशमान मेयरमा निर्वाचित भएका हुन् । निर्वाचनको मुखमा एमाले छिरेका सरावगीलाई जनताले भने विश्वास गरेनन् । कुल ३२ वडा रहेको वीरगन्जमा राजेशमानले ४६ हजार २१५ मत पाए । विजयले मात्र २३ हजार ६७१ मत ल्याउन सके ।

    एक लाख २४ हजार ६४७ मतदाता रहेकोको यो महानगरमा ७५.२४ प्रतिशत अर्थात ९३ हजार ७ सय ८२ मत खसेको थियो । अघिल्लो पटक तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट मेयरमा उठेका राजेशमान सरावगीसँग पराजित भएका थिए । तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा उठेका विजयले १९, ३९३ मत ल्याउँदा राजेशमान १२, १६५ मत ल्याएर तेस्रो बनेका थिए । यसपटक दुवैले दल बदलेर चुनावी मैदानमा आएका हुन् ।

    राजेशमान लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर जसपामा पुगेका हुन् भने विजय जसपा त्यागेर एमालेबाट उम्मेदवार बनेका हुन् । उपमेयरमा निर्वाचित इम्तियाजले ३० हजार ७८ मत पाए । उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवारले ९५६८ मतमात्रै पाए । वीरगञ्जमा ३२ वटा वडामध्ये १३ वटा वडामा जसपा, ९ वटामा कांग्रेस, ८ मा एमाले र २ लोसपाले जितेको छ ।

  • रेनु दाहाल दोस्रो पटक भरतपुरको मेयर

    रेनु दाहाल दोस्रो पटक भरतपुरको मेयर

    चितवन । नेकपा माओवादी केन्द्रकी रेनु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि दोहोरिएकी छिन् । मंगलबार बिहान रेनुले ५२ हजार ३० मत पाइन । एमालेका उम्मेदवार विजय सुवेदीले ३९ हजार ५८१ मत पाए । रेनु र विजयबीचको मत अन्तर १२ हजार ४४९ छ । मतगणनाको परिणाम सार्वजनिक भएपछि माओवादी कार्यकर्ताहरुले विजय उत्सव मनाउन शुरु गरेका छन् । मत गणनास्थल औद्योगिक प्रदर्शनी केन्द्र वरपर माओवादी कार्यकर्ताहरुको भिड बढेको छ ।

    भरतपुरको मेयरका लागि माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल र एमाले नेता विजय सुवेदीबीच प्रतिस्पर्धा भएको थियो । सत्ता गठबन्धनको साझा उम्मेदवार रेनुविरुद्ध नेपाली कांग्रेसका बागीको रुपमा जगन्नाथ पौडेलले पनि प्रतिस्पर्धा गरेका थिए । पौडेलले १४ हजार ७२८ मत पाएका छन् ।

    उपमेयर तर्फ पनि नेपाली कांग्रेसका चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ । उनले ५२ हजार ८०३ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ५२ हजार ८०३ मत पाएकी छन् । भरतपुरमा नेकपा एमाले र राप्रपाले तालमेल गरेका थिए । मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङ उम्मेदवार थिए । तर उनीहरु दुबै जना भारी मत अन्तरले पछि परेका छन् ।

  • सुन भन्दै इटा बेच्न खोजेपछि…

    सुन भन्दै इटा बेच्न खोजेपछि…

    दाङ । दाङको तुलसीपुरमा माटोको इँटालाई सुन भनी झुक्याएर बिक्रि गर्न खोजेपछि पाँच जना प्रहरीको फन्दामा परेका छन् । पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका ६ खाङ्ग्रानाका २६ वर्षीय राजकुमार बुढा, २४ वर्षीय प्रकाश खड्का, दार्चुलाको व्यास गाउँपालिका २ का २३ वर्षीय सुरेन्द्र सिंह धामी रहेका छन् । यसैगरी सल्यानको शारदा नगरपालिका १ की ४९ वर्षीया सावित्रा बुढाथोकी र सल्यानकै कुमाख गाउँपालिका १ की ३० वर्षीया गीता बुढा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

    हिजो आइतवार राति तुलसीपुर उपमहानगरपालिका ६ को एकान्त होटलमा नक्कली सुन बिक्री, वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट झोलाभित्र लुकाइ राखेको माटोको दुई वटा पक्की इँटा र सुनजस्तो देखिने धातुको टुक्रा एक थान बरामद गरिएको प्रहरीले बताएको छ ।

  • नेपालमा पहिलो पटक देखिएको अफ्रिकन स्वाइन फिभर रोग कति घातक ?

    नेपालमा पहिलो पटक देखिएको अफ्रिकन स्वाइन फिभर रोग कति घातक ?

    काठमाडौं । नेपालमा पहिलो पटक अफ्रिकन स्वाइन फिभर रोग पुष्टी भएकोछ । काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बङगुरमा उच्च मृत्युदर देखा परेपछि चैतको अन्तिम साता नमुना संकलन गरिएको थियो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र त्रिपुरेश्वरमा मलिकुर र सिरोलोजिकल विधिबाट परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोग प्रारम्भिक नतिजा प्राप्त भएको हो । नेपालमा पहिलो पटक संक्रमणको आशंका भएकाले रोग पुष्टि गर्न विश्व पशु स्वास्थ्य संगठन नमुना पठाइएकोमा २ जेठमा अफ्रिकन स्वाइन फिभर रोग पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

    पशु विभागबाट खटिएका प्राविधिक टोलीले प्रदेश सरकार र स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायसँग सहकार्यमा काठमाडौं कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रगिरी, टोखा र दक्षिणकाली क्षेत्र, ललितपुरको गोदावरी क्षेत्र र भक्तपुरको चाँगुनारायण क्षेत्रमा संक्रमण फैलिएको र हालसम्म १०१९ सुँगुर बङगुर गरेको प्रतिवेदन आएको जनाएको छ ।

    घरपालुवा सँगुर, बङ्गुर र जंगली बँदेल प्रजातिमा विषाणुको कारण लाग्ने अफ्रिकन स्वाइन फिभर रोग उच्च मृत्युदर भएकाले अति खतनाक महामारीजन्य सरूवा रोग हो । तर यो पशुबाट मानिसमा सर्दैन । यस रोग भएका जनावरमा उच्च ज्वरो (१०४ देखि १०७ डिग्री), कान पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने छट्पटाउने जस्ता लक्षण देखिन्छन् ।

    यस्ता लक्षण भएका सुँगर, बङ्गुर वा त्यसका पाठापाठी मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा सजिलै संक्रमण फैलिने विभागले जनाएको छ । यस रोगविरुद्धको हालसम्म कुनै खोप उपलब्ध नभएकाले कुनै पनि स्थानमा अस्वाभाविक रुपमा सुँगर, बङगुर मरेमा तत्काल संघ, प्रदेश र स्थानीय तहमा रहेका पशु सेवासँग सम्बन्धित निकायलाई खबर गर्ने विभागले आग्रह गरेको छ ।

  • काठमाडौं महानगर : केशव स्थापित तेस्रोमा झर्दा बालेनको मत ४० हजार नजिक

    काठमाडौं महानगर : केशव स्थापित तेस्रोमा झर्दा बालेनको मत ४० हजार नजिक

    काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको ४० हजार नजिक पुगेको छ । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पच्छयएकी छिन् । एमाले उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन् । आइतबार बिहानसम्मको तथ्यांक अनुसार सिर्जनाले २२ हजार ७२ मत पाउँदा एमाले उम्मेदवार केशव स्थापितले २१ हजार ५७१ मत पाएका छन् ।

    सिर्जना र केशवको मत अन्तर ५०१ छ । स्वतन्त्र उम्मेदवार बालेन साह र सिंहबीचको मत अन्तर भने १६ हजार ९३४ छ । अझै करीव ९० हजार मत गन्न बाँकी छ ।

  • धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल विजयी

    धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल विजयी

    धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । हमालले निवर्तमान मेयर कांग्रेसका नृपबहादुर ओडलाई झण्डै दोब्बर मत ल्याएर पराजित गरे । अघिल्लो निर्वाचनमा हमाल ओडसँग पराजित भएका थिए । हमालले ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत ल्याए । निकटतम् प्रतिस्पर्धी ओडले १४ हजार ८१७ मत मात्रै पाए । तेस्रो भएका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याए ।

    २०७४ सालको स्थानीय तहको चुनावमा हमाल कांग्रेसका ओडसँग २७ सय मतान्तरले पराजित भएका थिए । तर यसपटकको चुनावमा कांग्रेसले माओवादी, एकीकृत समाजवादीको साथ पाउँदा पनि ओडले लज्जास्पद हार व्यहोरेका छन् । उपमेयरमा भने एमालेकी कन्दकला राना विजयी भएकी छन् । मतगणनाको सुरूआतदेखि अग्रता लिएकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई २८०९मतान्तरले पराजित गरेकी हुन् ।

    रानाले १५ हजार ४७९ मत पाउँदा अधिकारीले १२ हजार ६७० मत मात्रै प्राप्त गरिन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६६०९ मत ल्याइन् । १९ वटा वडा रहेको धनगढीमा कांग्रेसले ११ वटा वडा जितेको छ भने एमालेले ६ वटा र माओवादीले २ वटा वडा जितेको छ । वडानम्बर १,२,३,४,५,१४,१५,१७,१९,९ र १३ कांग्रेसले जितेको छ । एमालेले ७, ८, १०, ११, १२ र १८ र माओवादी केन्द्रले ६ र १६ नम्बर वडा जितेको छ ।

  • भरतपुरमा रेनुको अग्रता ७ हजार भन्दा माथि

    भरतपुरमा रेनुको अग्रता ७ हजार भन्दा माथि

    भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा ८९ हजार ७७५ मत गणना भएको छ । यस क्रममा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता ७ हजार कटाएकी छिन्. । आइतबार बिहानको मत परिणाम अनुसार रेनुले ३५ हजार २३० पाएकी छिन् । एमाले उम्मेदवार विजय सुवेदीले २७ हजार ७६५ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर ७ हजार ४६५ छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८५२ मत पाए ।

    भरतपुरमा सत्ता गठबन्धनका दलहरु तालमेल गरेर चुनाव लडेका थिए । नेकपा एमाले र राप्रपाले पनि तालमेल गरेर उम्मेदवारी दिएका थिए । सत्ता गठबन्धनको तर्फबाट उपप्रमुख पदमा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रसेन अधिकारी पनि फराकिलो मत अन्तरले अगाडि छन् । उनले राप्रपाकी उपप्रमुख उम्मेदवार हिमला गुरुङलाई १५ हजारभन्दा बढी मत अन्तरले पछाडि पारेका छन् ।

  • मकवानपुरमा मिनि ट्रक दुर्घटना, ४ जनाको मृत्यु

    मकवानपुरमा मिनि ट्रक दुर्घटना, ४ जनाको मृत्यु

    काठमाडौं । हेटौंडाबाट काठमाडौं आउँदै गरेको मिनी ट्रक दुर्घटनामा पर्दा ४ जनाको मृत्यु भएको छ । हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको मिनि ट्रक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ सिमखोलामा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार घाइते भएका ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

    दुर्घटना तीव्र गतिका कारण भएको अनुमान प्रहरीले गरेको छ । गाडी सडकमा पल्टिएको थियो । यात्रु भने पुलमुनि सिमखोलामा खसेका थिए । दुर्घटनापछि उपचारका लागि पठाएकामध्ये ३ जनाको हेटौंडामा र एकको काठमाडौंमा मृत्यु भएको हो । मृतकको पहिचान भइसकेको छैन ।

  • भरतपुरमा रेनुको अग्रता ६५०० भन्दा माथि

    भरतपुरमा रेनुको अग्रता ६५०० भन्दा माथि

    भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता ६ हजार ५ सय भन्दा माथि पु¥याएकी छिन् । शनिबार साँझसम्म ७९ हजार ९१० मत गनि सक्दा रेनुले ३१ हजार १२२ मत पाइन् । नेकपा एमालेका विजय सुवेदीले २४ हजार ५८२ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १० हजार ९७८ मत आएको छ ।

    जगन्नाथले अपेक्षा भन्दा राम्रो मत पाएका छन् । उनले एमालेको भोट काट्दा रेनुलाई फाइदा भएको छ । उपमेयरमा नेपाली कांग्रेसका म्मेदवार चित्रसेन अधिकारी १४ हजार ४२७ मतसहित अगाडी छन् । उनले ३३ हजार ५३१ मत पाउँदा राप्रपाकी उम्मेदवार हिमला गुरुङले १९ हजार १०४ मत पाएकी छन् ।

  • विष्णु पौडेलको गढ बुटवलमा जब कांग्रेसको झण्डा फहरियो

    विष्णु पौडेलको गढ बुटवलमा जब कांग्रेसको झण्डा फहरियो

    बुटवल । बुटवल उपमहानगरपालिकामा साढे दुई दशकपछि एमालेको विरासत अन्त्य भएको छ । यस उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्‍डेय ३० हजार १३० मतसहित विजयी भए । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार बाबुराम भट्टराई भन्दा ७ हजार ५३३ मत धेरै ल्याए । उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उम्मेदवार सावित्रादेवी अर्याल २४,९०४ मतसहित विजयी भएकी छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार चीनबहादुर गुरुङले १६,९८० मत ल्याए । बुटवलमा ६३ हजार १७ मत खसेको थियो । कांग्रेससहितको ५ दलीय गठबन्धनको बलमा २५ वर्षपछि बुटबलमा कांग्रेसल आफ्नो झण्डा फहराउन सफल भयो । बुटवलका १९ मध्ये ११ वडा कांग्रेसले जितेको छ । एमाले ५ वडामा खुम्चिएको छ ।

    स्वतन्त्र, गठबन्धनबाट रुख चिन्हमा चुनाव लडेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक÷एक वडा जितेका छन् । २०७४ को चुनावमा प्रमुख, उपप्रमुखसहित १६ वडा एमालेले जितेको थियो । २०५४ देखि यहाँ एमाले हारेको थिएन । यो एमालेका प्रभावशाली नेता विष्णु पौडेलको क्षेत्र समेत हो ।

  • गठबन्धनको बलमा हेटौडामा भत्कियो एमालेको ३० वर्ष पुरानो गढ

    गठबन्धनको बलमा हेटौडामा भत्कियो एमालेको ३० वर्ष पुरानो गढ

    हेटौडा । सत्तारुढ गठबन्धनको बलमा हेटौंडा उपमहानगरपालिकामा एमालेको ३० वर्ष पुरानो गढ भत्किएको छ । हेटौडाको मेयरमा एकीकृत समाजवादीकी मिना लामा र उपमेयरमा कांग्रेसका राजेश बाँनिया विजयी भएसँगै एमालेको गढ भत्किएको हो ।लामाले एमालेका अनन्त पौडेल र बाँनियाले एमालेकै सुमित्रा काफ्लेलाई पराजित गरे । लामा २०७४ सालको निर्वाचनमा एमालेबाट हेटौंडाको उपमेयर बनेकी थिइन् ।

    पार्टी विभाजन पछि उनी समाजवादीमा आएकी हुन् । लामालाई कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट साथ थियो । मेयरमा लामाले २३ हजार ७५ मत प्राप्त गरिन् । उनका प्रतिद्वन्द्वी एमालेका पौडेलले २० हजार ९ सय ८ मत पाए । उपमेयरमा बाँनियाले ३२ हजार ५ सय ९३ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९ सय ९ मत पाइन् ।

    हेटौंडा उपमहानगरपालिकामा ७३ हजार ४ सय १४ मत खसेको थियो । हेटौडामा २०४९ सालदेखि एमालेले विजय हाँसिल गर्दै आएको थियो । २०७४ मा भएको निर्वाचनमा हेटौंडाको मेयर, उपमेयरसहित १२ वडामा एमाले विजयी भएको थियो । यस निर्वाचनमा एमालेले मात्र ९ वडाध्यक्ष मात्र जित्न सक्यो । अघिल्लो निर्वाचनमा ५ वटा वडाध्यक्ष जितेको कांग्रेसले ८ वडामा जित निकाल्यो । एकीकृत समाजवादी र माओवादी केन्द्रले एक, एक वडामा जिते ।

  • ६८३ स्थानीय तहमा आयो नतिजा, कुन पार्टीको कति जित ?

    ६८३ स्थानीय तहमा आयो नतिजा, कुन पार्टीको कति जित ?

    काठमाडौं । एक महानगरपालिकासहित देशभर ६८३ स्थानयि तहको नतिजा सार्वजनिक भएको छ । शनिबार बिहानसम्म मोरङको विराटनगर महानगरपालिकासहित देशभरका ६८३ स्थानको परिणाम सार्वजनिक भएको छ । वैशाख ३० मा ७५३ स्थानीय तहमा एकै पटक स्थानीय तहको निर्वाचन भएको हो । परिणामअनुसार ३०४ स्थान जितेर कांग्रेस पहिलो स्थानमा छ । दोस्रोमा रहेको एमालेले १८६, माओवादी केन्द्रले ११६ पालिका प्रमुख जितेको छ । जनता समाजवादी पार्टीले २३, नेकपा एकीकृत समाजवादीले १७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानमा जित हात पारेको छ ।

    राप्रपा, नेपाल लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायतले २७ स्थानमा जितेका छन् । मतगणनामा प्रमुखतर्फ कांग्रेस १९, एमाले १७, माओवादी ७, जसपा ११, एकीकृत समाजवादी २, लोसपा ६ र अन्य दलले ५ स्थानमा अग्रता लिएको आंकडा छ । उपप्रमुखतर्फ कांग्रेस २७९, एमाले २१२, माओवादी १२०, जसपा २५, एकीकृत समाजवादी २१, लोसपा ९ र अन्यले १७ पालिकामा जितेका छन् । काठमाडौं, भरतपुर, पोखरासहित ५ महानगर र ६५ गाउँपालिकाको परिणाम बाँकी छ ।

  • काठमाडौंमा स्थापित र सिंहबीच दोस्रो स्थानमा प्रतिस्पर्धा, बालेन धेरै अगाडी

    काठमाडौंमा स्थापित र सिंहबीच दोस्रो स्थानमा प्रतिस्पर्धा, बालेन धेरै अगाडी

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाइरहँदा दोस्रो स्थानमा भने केशव स्थापित र सिर्जना सिंहबीचको अन्तर कमभएको छ । बालेनले अहिलेसम्म ३३ हजार २६० मत पाइसकेका छन् । उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा १५ हजार ५६८ मत अगाडी छन् । स्थापितले १७ हजार ६ सय ९२ मत ल्याएका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७ हजार ५ सय ७९ मत ल्याएकी छिन् । केशव र सिर्जनाको मतान्तर ११३ मा घटेको छ ।

  • रेनुको अग्रता ५ हजारमाथि

    रेनुको अग्रता ५ हजारमाथि

    भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले आफ्नो अग्रता ५ हजार कटाएकी छिन् । गणना भएको कुल ६९६१२ मत मध्ये ठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले २७०७८ मत पाएकी छन्। उनले राप्रपासँग गठबन्धन गरेको नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ५०१८ मतले पछि पारेकी हुन् । सुवेदीले २२०६० मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ४ सय १४ मत पाएका छन्।

    उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्। गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले २९१३२ मत पाएका छन्। उनलाई एमालेसँग गठबन्धन गरेको राप्रपाका हमिला गुरूङले १७१६६ मतसहित पछ्याइरहेकी छन्।

  • महानगरमा पहिलो रिजल्ट : विराटनगरमा कांग्रेस विजयी

    महानगरमा पहिलो रिजल्ट : विराटनगरमा कांग्रेस विजयी

    विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला र उपमेयरमा शिल्पा कार्की निर्वाचित बनेका छन् । मेयरमा काङ्ग्रेस उम्मेदवार नागेशले ३० हजार १७० मत प्राप्त गरे । एमालेबाट मेयरका उम्मेदवार सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार ७९५ र राप्रपा उम्मेदवार प्रह्लाद साहले ५ हजार २१६ मत पाए ।

    एमाले उम्मेदवार कार्कीले २५ हजार ६८० मत ल्याइन् । उनले जसपाका उम्मेदवार अमरेन्द्र यादवलाई हराएकी हुन् । यादवको १४ हजार २१९ मत आयो । राप्रपा उम्मेदवार विन्दा लुइँटेलले ६ हजार ४०१ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार ११७ मत प्राप्त गरिन् । महानगरपालिकामध्ये नतिजा आउने विराटनगर पहिलो बनेको छ ।

  • चितवनमा विनासकारी हुरि, तीन जनाको मृत्यु

    चितवनमा विनासकारी हुरि, तीन जनाको मृत्यु

    चितवन । चितवनमा शुक्रबार साँझ भीषण हावाहुरी र वर्षा भएको छ । जसमा परि तीन जनाकाे मृत्युु भएको छ । हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि घिमिरेलाई उदृत गर्दै संचार माध्यमले जनाएका छन् । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर ज्यान गएको छ 

    भरतपुर महानगरपालिका ११ भोजाड जंगलस्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको अटोलाई रूख ढलेर च्याप्दा भरतपुर ११ लामाटोल बस्ने वर्ष ५० का  प्रदीपकुमार लामा र अटोमा सवार परिचय नखुलेकी अन्दाजी ५०/५१ वर्षकी महिलाको घट्नास्थलमा नै मृत्यु भएको हो ।

    यस्तै हावा हुरीको कारण रूख ढल्दा भरतपुर महानगरपालिका ११ बसेनी चोकमा बिशाल चोकबाट बसेनीतर्फ जाँदै गरेको ना १ ज ६१४० नम्बरको म्याजिकलाई किच्दा म्याजिकमा सवार भरतपुर ११ बस्ने वर्ष ४८ को लोकनाथ न्यौपानेको घटनास्थलमा नै मृत्यु भएको घिमिरले बताए । चितवनमा हुरिले ठुलो भौतिक क्षती समेत गरेको छ । विस्तृत विवरण आउने क्रममा छ ।

  • नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी

    नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी

    नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दीन राई निर्वाचित भएका छन् । मेयरमा निर्वाचित विष्टले २३ हजार ४ सय ६० मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी एमालेका पशुपति दयाल मिश्राले ११ हजार ६ सय ७५ मत प्राप्त गरेका छन् ।

    उपमेयरमा निर्वाचित राईले १७ हजार ९ सय ५० मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शान्तिदेवी ढकालले १० हजार ९ सय १५ मत प्राप्त गरिन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपालगंज उपमहानगरपालिका राप्रपाले जितेको थियो । हाल राप्रपाका महामन्त्री धवलशमशेर राणा २०७४ सालको स्थानीय तह निर्वाचनमा १२ हजार ५ सय १५ मत ल्याएर निर्वाचित भएका थिए ।

  • धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमालको छलाङ

    धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमालको छलाङ

    धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता दोब्बर पारेका छन् । ४२ हजार २३० मतगणना भइसक्दा हमालले नेपाली कांग्रेसका नृपबहादुर ओडलाई ९५५७ मतले पछि पारेका छन् । हमालले १९ हजार १४७ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका ओडले ९ हजार ५५७ मत पाएका छन् ।

    यहाँ मेयरमा तेस्रो स्थानमा रहेका नेकपा एमालेका रणबहादुर चन्दले ४६६४ मत ल्याएका छन् । उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ८८१५ मत ल्याएकी छिन् । एमालेकी कन्दकला रानाले ८१४१ मतका साथ पछ्याइरहेकी छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५०३६ मत पाएका छन् ।

  • टिकापुरमा रेशम चौधरीको पार्टीले जित्यो मेयर

    टिकापुरमा रेशम चौधरीको पार्टीले जित्यो मेयर

    कैलाली । कैलालीको टीकापुर नगरपालिकाको मेयर रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले जितेको छ। चौधरी भने व्यक्ति हत्याको अभियोगमा जेलमा छन् । चौधरीको अगुवाइमा केही महिनाअघि मात्र पार्टी दर्ता भएको थियो । पहिलो प्रयासमै पार्टीले स्थानीय तह चुनावमा पहिलो जित निकालेको हो । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डंगौरा थारूले सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार नवराज रावललाई ३ हजार बढी मतले हराए ।

    थारूले ९६४२ मत पाए । रावलको ६६४२ मत आयो । थारू यसअघि टीकापुर ७ मा वडाध्यक्ष थिए । उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका खडक साहले जिते । साहले नागरिक उन्मुक्तिबाट उम्मेदवारी दिएकी उल्कादेवी विश्वकर्मालाई हराए ।

  • ललितपुरमा ११ औं पटक वडाअध्यक्ष बन्न सकेनन् ८१ वर्षिय व्यञ्जनकार

    ललितपुरमा ११ औं पटक वडाअध्यक्ष बन्न सकेनन् ८१ वर्षिय व्यञ्जनकार

    ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १० मा यसअघि १० पटकसम्म वडा अध्यक्ष निर्वाचित हुँदै आएका नरसिंह व्यञ्जनकार ११ औं पटक पनि वडाअध्यक्ष बन्ने लक्ष्यका साथ चुनावमा होमिएका थिए । उनी स्वतन्त्रबाट लड्ने र जित्ने गर्थे । यसपटक भने पराजित भएका छन् । उनी आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले हारेका छन् । ८१ वर्षीय नरसिंहले ५४३ मत पाए । उनका ४४ भतिज रविनमानले ८२५ मत ल्याए ।

    रविनमान नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन् । नरसिंह स्वतन्त्र रुपमा चुनाव लड्दा पुतली चुनाव चिह्न पाएका थिए । नरसिंह २०२९ सालमा पहिलो पटक वडाध्यक्ष बनेका थिए । त्यसयता ललितपुर महानगरपालिका वडा नम्बर १० मा उनले निरन्तर नेतृत्व गरेका थिए ।

  • २७ हजार मत गन्दा भरतपुरमा रेनु दाहाललाई १६१७ मतको अग्रता

    २७ हजार मत गन्दा भरतपुरमा रेनु दाहाललाई १६१७ मतको अग्रता

    भरतपुर । चितवनको भरतपुर महनगरपालिकमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता फराकिलो बनाएकी छिन् । कांग्रेसका बागी उम्मेदवारको चूनौतिका बीच रेनुले २७ हजार २६ मत गणना भइसक्दा एमालेका उम्मेदवार विजय सुवेदी भन्दा १६१७ मत बढी ल्याएकी छिन् ।

    यहाँ माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको छ । रेनुले ९८०१ मत ल्याउँदा सुवेदीले ८१८४ मत ल्याएका छन् । स्वतन्त्र तथा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४४३९ मत पाएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ११७४० मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ६६६८ मत पाएकी छिन् ।

  • भरतपुरमा अग्रता बढाउँदै रेनु, काठमाडौंमा बालेनको रेस जारी

    भरतपुरमा अग्रता बढाउँदै रेनु, काठमाडौंमा बालेनको रेस जारी

    काठमाडौं । काठमाडौं महानगरमा बालेनको रेस जारी रहँदा भरतपुर महानगरपालिकामा भने रेनु दाहालले अग्रता बढाएकी छिन् । भरतपुरमा पाँचवटा वडाका २१ हजार ७ सय ५४ मत गनिसक्दा मेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहाल नेकपा एमालेका विजय सुवेदी भन्दा ३७३ मत अगाडी छिन् ।

    पाँच नम्बर वडाको गणना सकिँदा मतान्तर फराकिलो बनेको हो । पछिल्लो अपडेट अनुसार दाहालले ७ हजार ४ सय ७१ मत पाउँदा सुवेदीले ७ हजार ९८ मत ल्याएका छन् । मेयर पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ३ हजार ६ सय ३ मत पाएका छन् ।

    यता, काठमाडौं महानगरपालिकामा भने बालेनले १३ हजार १८९ मतका साथ अग्रता कायम राखेका छन् । उनलाई केशव स्थापितले ७ हजार १०६ मतका साथ पच्छ्याइरहेका छन् । सिर्जना सिंहको ६ हजार २४७ मत आएको छ ।

  • पोखरा र हेटौडामा समाजवादीको कडा टक्कर

    पोखरा र हेटौडामा समाजवादीको कडा टक्कर

    काठमाडौं । निर्वाचन अगाडी कम आँकेको एकीकृत समाजवादीले पोखरा महानगरपालिका र हेटौडा उपमहानगरपालिकाबाट आफु अब्बल रहेको सन्देश दिएको छ । पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर एक हजार ७५२ पुर्‍याएका छन् । कुल २८ हजार १६० मत गन्दा आचार्यले ११ हजार ८१२ र एमाले उम्मेदवार कृष्ण थापाले १० हजार ६२ मत पाएका छन् ।

    मेयर पदका राप्रपा उम्मेदवार शंकर प्रसाद खरलले १२७१ मत पाएका छन् । यहाँ उपमेयरमा नेपाली कांग्रेसकी उम्मेद्वार कोपिला रानाभाटले एमाले उम्मेदवार मञ्जुदेवी गुरुङसँगको मतान्तर ६४७ पुर्‍याएकी छन् । रानाभाटले १२ हजार १३० र एमालेकी मञ्जुदेवी गुरुङले ११ हजार ४८३ मत पाएकी छन् ।

    पोखरामा नेकपा एकीकृत समाजवादीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साथ दिएका हुन् ।

    उता, हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामाले अग्रता लिएकी छन् । कुल २७ हजार ७५४ मत गणना हुँदा लामाले ५५ मत अगाडी छिन् । उनलाई राप्रपाका उम्‍मेरवार दीपकबहादुर सिंहले पच्छ्याइरहेका छन् । यहाँ एमाले तेस्रो स्थानमा झरेको छ ।

    लामाले ८ हजार ८४५ मत प्राप्त गर्दा सिंहले ८ हजार ६९० मत पाएका छन् । उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ एमालेकी सुमित्रा काफ्लेभन्दा ३ हजार ६७८ मतले अगाडि छन् । राजेशले ११ हजार ७११ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्ले ८ हजार ३३ मत पाएकी छन् ।

  • विजय जुलुस मनाउने क्रममा करेन्ट लाग्दा सल्यानमा दुई जनाको मृत्यु

    विजय जुलुस मनाउने क्रममा करेन्ट लाग्दा सल्यानमा दुई जनाको मृत्यु

    सल्यान । निर्वाचनपछि आयोजित विजय जुलुस मनाउने क्रममा सल्यानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। कुल १५ जनालाई करेन्ट लागेकोमा दुई जनाको ज्यान गएको हो । कुमाख गाउँपालिकामा निर्वाचित पदाधिकारीको विजय जुलुस मनाउन गएका दुई जनाको मृत्यु भएको हो।

    रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सल्यानको कुमाख गाउँपालिकाको सिमाना कुमाख–२ मा गुडिरहेको गाडीमा सवार यात्रुलाई बिजुलीको तारले छुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

    कुमाख गाउँपालिका–१ का २६ वर्षीय लोकेन्द्र राना र २२ वर्षीय गोपाल बुढामगरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुमित खड्कालाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । बसको छतमा पार्टीको झन्डा समातेर बसिरहेका यात्रुलाई बिजुलीको तारले छुँदा करेन्ट लागेको थियो।

  • गोकर्ण विष्टको क्षेत्रमा एमाले निकै कमजोर, कांग्रेस र माओवादीले खोसे स्थानीय तह

    गोकर्ण विष्टको क्षेत्रमा एमाले निकै कमजोर, कांग्रेस र माओवादीले खोसे स्थानीय तह

    तमघास । नेकपा एमालेका प्रभावशाली नेता गोकर्ण विष्टको निर्वाचन क्षेत्रमा एमाले निकै कमजोर देखिएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा बलियो उपस्थिति जनाएको यस क्षेत्रमा एमाललेले जितेका स्थानीय तह माओवादी केन्द्र र कांग्रेसले खोसेका छन् । गुल्मीको मालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रका देवीराम अर्याल अध्यक्षमा र नेपाली कांग्रेसका उपेन्द्र अर्याल उपाध्यक्षमा निर्वाचित भए । अघिल्लो पटक यहाँ एमालेले जितेको थियो ।

    गोकर्णकै गृह पालिका इश्मामा गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी भयो । यसअघि यहाँ एमालेले जितेको थियो । समाजवादीकी नेतृ राम कुमारी झाक्रीको गृहपालिका मदानेमा समेत यस पटक कांग्रेसले जितेको छ । यो विगतमा एमालेको पकड क्षेत्र थियो । मालिका गाउँपालिकामा यस पटक एमालेले वडा सदस्यसम्म जित्न सकेन । १२ वटा स्थानीय तहहरुमध्ये ९ वटा स्थानीय तहको मतगणना सकिँदा कांग्रेस र माओवादीले चार चार स्थानीय तह जितेका छन् । एमालले मात्र दुई तहमा जितेको छ ।

  • भरतपुरमा रेनुले पुनः लिइन् अग्रता

    भरतपुरमा रेनुले पुनः लिइन् अग्रता

    भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा पुनः माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छिन् । वडा नम्बर ४ को मतगणना सकिंदासम्म माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायम गरेकी हुन् । उनले ५ हजार ७१८ मत पाएकी छन् । नेकपा एमालेका विजय सुवेदीले ५ हजार ६८९ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ६८८ मत पाएका छन् ।

    उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ९८५ मतसहित अग्रता लिएका छन् । राप्रपाकी हिमला गुरुङको पक्षमा ४ हजार ६४५ मत परेको छ । नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ३ हजार ५०१ मतसहित निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवारले १ हजार ६३३ र राप्रपाका उम्मेदवारले ८८० मत पाएका छन् ।

  • विप्लवको वडामा माओवादी केन्द्रको प्यानल विजयी

    विप्लवको वडामा माओवादी केन्द्रको प्यानल विजयी

    बुटवल । नेत्रविक्रम चन्द (विप्लव)को गृह नगर कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित निर्वाचित भएका छन् । वडा नम्बर ९ को अध्यक्षमा माओवादी केन्द्रका राम गोपाल चौधरी (थारु) ले ७ सय ८२ मत ल्याएर निर्वाचित भएका हुन । थारुका प्रतिस्पर्धी नेकपा एमालेका अशोक मल्लले ५ सय ५६ मत प्राप्त गरे। सो वडामा विप्लव नेतृत्वको नेकपाबाट स्वतन्त्र उम्मेदवारी दिई पुतली चुनाव चिह्नबाट माल बहादुर घर्तिमगरले प्रतिस्पर्धा गरेका थिए । उनले ५ सय १७ मत प्राप्त गरी तेस्रो भए ।

    वडा सदस्य तर्फ माओवादी केन्द्रका जोख बहादुर पुन र राम नरेश थारुले निर्वाचन जित्दा विप्लवका स्वतन्त्र उम्मेदवार रमेश चौधरी र विजयविक्रम शाह तेस्रो भए । माओबादी केन्द्रकी लक्ष्मी भट्टराईले महिला सदस्य जित्दा विप्लव नेतृत्वको नेकपाकी स्वतन्त्र उम्मेदवार सविता कुमारी घर्ति दोस्रो बनिन् । दलित महिला सदस्य तर्फ माओवादी केन्द्रकै सरिता विकले चुनाव जित्दा एमालेकी फुलमाया सुनार दोस्रो र नेकपाकी स्वतन्त्र उम्मेदवार शान्ति दमाई तेस्रो भइन् ।

    शिवराज नगरपालिकामा विप्लव नेतृत्वको नेकपाबाट भेषराज भुसालले नगर प्रमुख पदमा उम्मेदवार छन् । सोही वडाको शिवगढीस्थित भगवानपुरमा नेत्र विक्रम चन्द (विप्लव) को घर र पार्टी केन्द्रीय कार्यालय समेत छ । २०७४ को स्थानीय तहको निर्वाचनमा सो वडा माओवादीले जितेको थियो ।

  • कीर्तिपुरमा ढल्यो एमालेको विरासत, कांग्रेसको सानदार जित

    कीर्तिपुरमा ढल्यो एमालेको विरासत, कांग्रेसको सानदार जित

    काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेकपा एमालेको विरासत ढलेको छ । यहाँ मेयर र उपमेयरसहित ४६ जनप्रतिनिधि नेपाली कांग्रेसबाट निर्वाचित भए । एमालेले मात्र दुई महिला सदस्य जितेको छ । २०७४ को चुनावमा एमालेले मेयर, उपमेयर, ७ वटा वडाध्यक्षसहित ३४ जनप्रतिनिधि जितेको थियो । एमालेका रमेश महर्जनले कांग्रेसका राजकुमार नकर्मीलाई दुई हजार ६०० भन्दा बढी मतान्तरले हराएका थिए ।

    यस पटक कांग्रेसले राजकुमारलाई नै उम्मेदवार बनाएको थियो । एमालेले निवर्तमान मेयर रमेश महर्जनको साटो केशरत्न बज्राचार्यलाई उम्मेदवार बनाएको थियो । कांग्रेसले मेयर, उपमेयर, १० मध्ये ९ वडाध्यक्ष र ३३ वडा सदस्य जितेको छ । नकर्मी ९ हजार ४३ मतका साथ मेयरमा निर्वाचित हुँदा एमालेका बज्राचार्यले ५५०७ मत मात्र पाए ।

    उपमेयरमा कांग्रेसकै शुभलक्ष्मी शाक्य निर्वाचित भएकी छिन् । उनले ८६६५ मत ल्याउँदा एमालेकी उम्मेदवार विन्दु महर्जनले ७२०६ मत पाइन् । माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बनेका शिवशरण महर्जनले ४०९० र उपमेयरका उम्मेदवार सुशीला बस्नेतले २२४० मत ल्याए ।

  • भरतपुरमा मतान्तर बढाउदै रेणु, दोस्रोमा एमाले

    भरतपुरमा मतान्तर बढाउदै रेणु, दोस्रोमा एमाले

    भरतपुर । भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालको मत अन्तर बढेको छ । आइतबार बिहानसम्म कुल २ हजार ५८१ मत गणना हुँदा रेनुले ९८० मत पाएकी छन् ।

    उनलाई पछ्याइरहेका नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ८७१ मत पाएका छ । नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३२६ मत पाएका छन्  ।