उदयपुरमा आगलागी, २ जनाको मृत्यु

file

८ वैशाख, काठमाडौं । उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का छन् । आगोमा जलेर अस्मिता खड्का घाइते छिन् । उनको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ । आज बिहान करिब पौने ३ बजेबाट लक्ष्मीनारायणको… Continue reading उदयपुरमा आगलागी, २ जनाको मृत्यु

भूपदेव शाह बने रास्वपा महामन्त्री

७ वैशाख, काठमाडौं । रास्वपाले भूपदेव शाहलाई महामन्त्री चयन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । शाह यसअघि पार्टीमा केन्द्रीय सदस्य थिए । काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले पद छाडेर रास्वपा प्रवेश गर्दा भूपदेव पनि उनीसँगै सचिवालयमा थिए । प्रमुख स्वकीय सचिव… Continue reading भूपदेव शाह बने रास्वपा महामन्त्री

तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो

सिरहाकाे लहान नगरपालिका-२१ कालाबन्जरमा शनिबार साँझ आएको विनाशकारी हावाहुरीले पूर्णरूपमा क्षति भएकाे झुप्रो (घर)को भग्नावशेष देखाउँदै भगुनीदेवी सदाय । मुसहर बस्तीका कुल ४२ घरपरिवारमध्ये हावाहुरीले आधाभन्दा बढी घरमा क्षति पुर्‍याएको छ । पीडित परिवारका लागि लहान नगरपालिकाले आज स्थलगत निरीक्षण गरी त्रिपाल, चामल, नुन र तेलसहितको तत्काल राहत सामग्री हस्तान्तरण गरेको छ । तस्बिर : सुदिप राउत / रासस

काठमाडौँ, ६ वैशाख । नेपालमा कतै भारी वर्षा भइरहँदा तराईमा भने तापक्रम बढ्दो क्रममा छ । तातो अझै बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् सरोज पुडासैनीका अनुसार मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग साथै उपत्यका र खोँचहरूमा तातो दिन तथा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पश्चिमी… Continue reading तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो

कोरलानाका जोड्ने कागबेनी–छुसाङ सडक स्तरोन्नति गरिँदै

मुस्ताङ, ६ वैशाखः छिमेकी मुलुक चीन र भारतलाई जोड्ने कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले मुस्ताङको कागबेनी–छुसाङ खण्डको तीव्रगतिमा कालोपत्र तथा स्तरोन्नति गरिरहेको छ । हिउँदयामको अत्यधिक चिसो, हिमपात र गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण रोकिएको कोरला नाका जोड्ने कागबेनी–छुसाङ खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएको हो । नौ दशमलव आठ किलोमिटर रहेको उक्त खण्डको… Continue reading कोरलानाका जोड्ने कागबेनी–छुसाङ सडक स्तरोन्नति गरिँदै

वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगञ्ज घण्टाघर क्षेत्रमा अतिक्रमण हटाइँदै वीरगञ्ज (पर्सा), ६ वैशाखः पर्साको वीरगञ्जस्थित घण्टाघर आसपासको क्षेत्रमा सडक डिभिजन कार्यालय हेटौँडाले आइतबार डोजर प्रयोग गरी अतिक्रमण गरेर निर्माण गरिएका घर, टहरा तथा अन्य संरचनाहरू भत्काइँदै । वीरगञ्जको गण्डकचोकदेखि–मितेरी पुलसम्म अतिक्रमण गरेर निर्माण गरिएका घर टहरालगायतका संरचना भत्काएको छ । तस्बिरः हिमाल लम्साल\रासस

वीरगन्ज (पर्सा), ६ वैशाखः सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानैदेखि वीरगञ्जमा मुख्य सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा भत्काउन सुरु गरेको छ । त्रिभुवन राजपथअन्तर्गतको गण्डकचोकदेखि मितेरीपुलसम्म सडकको बीच भागबाट दायाँ–बायाँ २५–२५ मिटर सडक विस्तारका लागि अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सुरु गरिएको हो । सडक डिभिजन हेटौँडा कार्यालयले अब बिहान पाँच बजेदेखि करिब… Continue reading वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

सिरहा, ६ वैशाखः जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको छ । अघिल्लो वर्षको तुलनामा यसपटक उत्पादन बढ्ने अपेक्षा गरिए पनि ‘मधुवा’ रोग र हुरीका कारण मञ्जर र टिकुला (चिचिला) झरेपछि किसानहरू चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार करिब नौ हजार २५ हेक्टर क्षेत्रफलमा लगाइएको आँपमा यस वर्ष मञ्जर निकै राम्रो लागेको… Continue reading हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

यसरी फेरिदैछ रुपाको रुप

वासुदेव पौडेल / रासस गण्डकी, ६ वैशाखः अबको तीन वर्षमा रुपाताल क्षेत्रले कतिलाई मोहित बनाउला ? अहिले नै अनुमान लगाउन कठिन हुनसक्छ । लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको सो ताल पर्यावणीय, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले उत्कृष्ट गन्तव्य तर्फ लम्किरहेको छ । यसका लागि जलस्रोत तथा… Continue reading यसरी फेरिदैछ रुपाको रुप

एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

नेपालगन्ज, ६ वैशाखः बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बिएए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान गुलरिया नगरपालिका–७ स्थित तुलापुरमा ठक्कर दिँदा गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमि लामिछाने र उनका करिब सात वर्षीय नाति रिहान्सको… Continue reading एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

File : तस्बिर ऋषि बहादुर राई (रासस)

सिरहा, ६ वैशाखः शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवानन्कारकट्टी गाउँपालिका–२ मकरामपुर का ६० वर्षीया किसुनवती यादव रहेकी छन् । स्थानीय विन्देश्वर यादवकी श्रीमती किसुनवती शनिबार साँझ घरमै बसिरहेको अवस्थामा आएको तीव्र गतिको हावाहुरीले घरको जस्तापाता उडाएको थियो । जस्तापाता उडेसँगै घरको पर्खाल भत्किँदा… Continue reading हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ, ५ वैशाख । परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको बताए । गोँगबु आवास क्षेत्र सुधार समितिले आज आयोजना गरेको ‘नयाँ वर्ष–२०८३ को शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले त्यसका लागि सरकारले आवश्यक काम गर्न सुरु गरिसकेको बताए । मन्त्री खनालले भने, “जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिएर परिवर्तनको बाटो रोजेका… Continue reading सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

काठमाडौँ, ५ वैशाखः काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ्चालन हुने जानकारी दिइन् । हरेक शनिबार सञ्चालन हुने यो कार्यक्रम अवधिमा सवारीसाधन प्रवेश निषेध गरिनेछ ।… Continue reading आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

तराई क्षेत्रमा तापक्रम बढ्दै

काठमाडौँ ४ वैशाख । आज पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । कतैकतै तातो बढिरहेका बेला आज पनि केही जिल्लामा मध्यमसम्म वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले अझै केही दिन कोशीलगायत केही क्षेत्रमा मौसम बदली भइरहने र तराईका क्षेत्रमा तातो बढ्ने जानकारी… Continue reading तराई क्षेत्रमा तापक्रम बढ्दै

सुनसरीमा दुर्घटना, बाढी–डुबान र आपराधिक गतिविधिले वर्षभरि चुनौती

धरान (सुनसरी) ४ वैशाख । अघिल्लो वर्ष सवारी दुर्घटना, बाढी, पहिरो र डुबानले सुनसरी जिल्लाले बहुआयामिक चुनौती झेल्नु परेको थियो । पूर्व–पश्चिम राजमार्ग तथा सहायक सडकहरूमा भएका दुर्घटनामा कैयौँले ज्यान गुमाए भने दर्जनौँ घाइते भए । तीव्र गति, लापरबाही र सडक सुरक्षाको कमजोर कार्यान्वयन दुर्घटनाका प्रमुख कारणका रूपमा देखिए । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा… Continue reading सुनसरीमा दुर्घटना, बाढी–डुबान र आपराधिक गतिविधिले वर्षभरि चुनौती

डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

अछाम, ४ वैशाखः अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका–३ बल्दे का ३५ वर्षीय पहलसिंह बुढा र १३ वर्षीय छोरा नरि बुढा छन् । वैशाख ३ गते बेलुकाको समयमा कर्णालीपारि सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटेर ल्याउने क्रममा कर्णाली नदीमा एक्कासि डुङ्गा… Continue reading डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

काठमाडौँ, ४ वैशाखः प्रधानमन्त्री वालेन्द्र शाहले आज मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) का अवसरमा सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले यस अवसरमा माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुने उल्लेख गर्दै आमाहरुप्रति सम्मान प्रकट गर्नुका साथै देशलाई आमाको प्रतीकका रूपमा लिँदै नेपालको उज्ज्वल भविष्यको कामना गरेका छन्… Continue reading मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

काठमाडौंमा सडकआश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु

काठमाडौँ, ४ वैशाख । काठमाडौँ महानगरपालिकाले सडकआश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु गरेको छ । उद्धारमा महानगर प्रहरी बल, नेपाल प्रहरी, मानव सेवा आश्रम र वडाका जनप्रतिनिधिसहित सरोकारवाला सहभागितामा हरेक दिन तीन सिफ्टमा उद्धार कार्य हुने कामपाले जनाएको छ । काठमाडौँलाई सडकआश्रित सहयोगापेक्षीमुक्त सहर बनाउन कामपाले नेपाल प्रहरी, मानव सेवा आश्रम र स्थानीयहरूको सहभागिताका सडकमा… Continue reading काठमाडौंमा सडकआश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु

एमालेद्वारा वडा, पालिका र जिल्ला तहमा निर्वाचनको समीक्षामा

काठमाडौँ, ३ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको तल्लो तहबाट समीक्षा गर्न थालेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले निर्वाचनमा बेहोर्नुपरेको पराजयको समीक्षाका लागि वडा कमिटी, पालिका कमिटी र जिल्ला कमिटीमा काम सञ्चालन भइरहेका बताए । उनले ती तीनै तहले समीक्षा प्रतिवेदन प्रदेश कमिटीलाई पठाउने… Continue reading एमालेद्वारा वडा, पालिका र जिल्ला तहमा निर्वाचनको समीक्षामा

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा), ३ वैशाखः यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् । बगनासकाली गाउँपालिका–९ चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल र चापपानी भुसालगाउँका ३९ वर्षीय शरण भुसाल मृतावस्थामा भेटिएका हुन् । बस्यालको हिजो बुधबार र भुसालको आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब… Continue reading कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

‘ह्विलचेयरले दियो खुसी’

महोत्तरी, ३ वैशाखः पछिल्ला तीन वर्षयता कैयन चाडपर्व आएगए तर पक्षघातले थलिएका महोत्तरीको बर्दिबास–११ खयरमाराका ६६ वर्षीय पूर्णबहादुर भुजेललाई कुनै प्रवाह भएन । यसपालिको नयाँवर्ष २०८३ को प्रारम्भ भने उहाँका लागि सम्झनलायक बनेको छ । मधेसमा नयाँवर्षमा मनाइने जुडशीतल पर्वको पहिलो दिन मङ्गलबार भुजेलले घुमफिर गर्न सहयोगी हुने ‘ह्विलचेयर’ पाएका छन् । त्यसैले यसपालिको नयाँ… Continue reading ‘ह्विलचेयरले दियो खुसी’

कर्णाली विश्वको आरोग्य हब बन्न सक्ने ठूलो आधार

कर्णाली, ३ वैशाखः प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत गरे । योग विज्ञानदेव संस्कृति विश्वविद्यालय हरिद्वारका पिएचडी शोधार्थी… Continue reading कर्णाली विश्वको आरोग्य हब बन्न सक्ने ठूलो आधार

ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

चितवन, २ वैशाखः जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ । ट्राफिक नियम उल्लङ्घनको अभिलेख प्रणाली लागू भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका आठ हजार ९८२ वटा कागजपत्र फिर्ता लैजान कार्यालयले सर्वसाधारणसँग आग्रह गरेको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार विसं २०८० देखि ट्राफिक… Continue reading ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

राससझापा, २ वैशाख । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित सशस्त्र प्रहरी बलको बीओपीमा कार्यरत सहायक प्रहरी हवल्दार ३५ वर्षीय सचिन तामाङको मोटरसाइकल दुर्घटनामा आज साँझ मृत्यु भएको छ । पाँचथरको फिदिम–१२ घर भएका तामाङ सवार मे७प ९६५ नंं को मोटरसाइकल आज अपराह्न ५ः३० बजेतिर मेचीनगर–२ दुर्गा मन्दिरस्थित मदन भण्डारी राजमार्गमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय… Continue reading मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

राजविराज (सप्तरी), १ वैशाखः हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित सप्तकोशी ब्यारेजमा नुहाउने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहा बस्ने दिपेन्द्र यादवका १७ वर्षीय छोरा रिपेशकुमार यादवको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । प्रहरी निरीक्षक कार्कीका अनुसार रिपेश साथीहरूसँग कोशी ब्यारेजको गोलघर… Continue reading नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

नयाँ वर्षमा मस्त झुम्यो पोखरा

गण्डकी, १ वैशाखः नयाँ वर्ष २०८३ को स्वागतसँगै पर्यटकीय राजधानी पोखरा यतिबेला मस्त झुमिरहेको छ । नयाँ वर्षको छेको पारेर लेकसाइडमा आयोजना गरिएको फेवा नयाँवर्ष महोत्सवले बेग्लै रौनक ल्याएको छ । रङ्गीचङ्गी तुल, ध्वजापतका र प्रवेशद्वारले पोखराको लेकसाइड क्षेत्र सिँगारिएको छ । नयाँवर्ष मनाउन पोखरा आएका पर्यटकले यहाँका होटल भरिभराउ छन् । लेकसाइड क्षेत्री पसल… Continue reading नयाँ वर्षमा मस्त झुम्यो पोखरा

पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न

RSS

भादगाउँ, १ वैशाखः भक्तपुरको प्रसिद्घ बिस्का जात्राको पाँचौँ दिन आज साँझ भेलुखेलस्थित यसीँख्योमा ५५ हात लामो यसीँ (लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाएको लिङ्गो आज तान्त्रिक विधिपूर्वक पूजाआजा गरी साँझ ५ः४९ मिनेटमा ढालिएको हो । भैरवनाथको प्रतीक मानिने लिङ्गोमा बाँडिएको अष्टमातृकाको प्रतीक आठ वटा… Continue reading पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु

RSS

काठमाडौँ, १ वैशाखः नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ आजदेखि सुरु गरेको छ । पार्टीका सभापति गगनकुमार थापाले काठमाडौँ महानगरपालिका–३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै अभियानको शुभारम्भ गरे । अभियानको सुरुआत गर्दै उनले सक्नेले यस अभियानमा सहयोग गर्न र नसक्नेले असहयोग नगर्न आग्रह गरे । “मैले पार्टी सभापतिका रूपमा भनेँ, एउटा सोचका साथ… Continue reading कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौँ, ३० चैत । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको उक्त छलफलमा चालु आर्थिक वर्ष २०८२–८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम, दीर्घकालीन पूर्वाधार विकास, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सुशासन तथा सामाजिक क्षेत्रका विविध विषयमा कुराकानी भएको छ । सहभागी सांसदहरूले आ–आफ्ना निर्वाचन क्षेत्रका… Continue reading प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा ताला

काठमाडौँ, ३० चैत । वर्षौँदेखि बक्यौता नतिरी बसिरहेका भृकुटीमण्डप परिसरमा रहेका स्टल, बुथ तथा भवनमा ताला लगाइएको छ । समाज कल्याण परिषद्ले आज मातहतका जग्गा र जमिन भाडामा लिई विभिन्न व्यक्ति एवं सङ्घसंस्थाहरूले विगत लामो समयदेखि भाडा नबुझाइ सञ्चालन गरिरहेका स्टल, भवन, बुथमा ताला लगाएको हो । बक्यौता बुझाउन पटक–पटक पत्राचार एवं सार्वजनिक सूचना प्रकाशित… Continue reading भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा ताला

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी, ३० चैतः बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको हो । उक्त केन्द्रबाट जिल्ला सदरमुकाम बेनीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गलाघाट–२ को बगरफाँट र ६ को डम्मराका बासिन्दा लाभान्वित भएका छन् । पाँच वर्षको प्रयासपछि केन्द्र स्थापना भएको… Continue reading मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा ,डुङ्गाको सहायतामा नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै

राससटीकापुर, ३० चैतः कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ । विक्रम संवत् २०८३ असोज १७ गतेसम्म पुल निर्माणको काम सक्ने गरी नेपाल सरकारसँग निर्माण कम्पनीसँग सम्झौता भएको र सम्झौता मिति अगाडि नै पुल निर्माण सक्ने गरी काम भइरहेको निर्माण कम्पनीका इञ्जिनियर धिरेन्द्र सहनीले जानकारी दिए ।… Continue reading कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा ,डुङ्गाको सहायतामा नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै