अन्तुपोखरीको कथा भैंसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

रासस२२ वैशाख, इलाम । इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी चरन क्षेत्र थियो । विसं २०४० सम्म यहाँ चार गाउँका मान्छेले भैँसी चराउँथे । एकापट्टि पानीको आल थियो । अन्त पानी सुके पनि यहाँ कहिल्यै सुक्थेन । वरिपरि घर थिएन । जङ्गल पनि थिएन । तर, दिउँसै रात परेजस्तो सुनसान हुन्थ्यो । त्यो… Continue reading अन्तुपोखरीको कथा भैंसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

कर्मचारी र विद्यार्थी संगठन खारेजबारे बालेनको यस्तो स्पष्टीकरण

२२ वैशाख, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेज कुनै पनि पार्टीविरूद्धको लडाइँ नभएको बताएका छन् । विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेजको विरोध भइरहेका बेला उनले सरकारको निर्णय प्रणाली बचाउने प्रयास भएको बताएका हुन् । ‘यो कुनै पार्टीविरुद्धको लडाइँ होइन । यो प्रणाली बचाउने प्रयास हो… Continue reading कर्मचारी र विद्यार्थी संगठन खारेजबारे बालेनको यस्तो स्पष्टीकरण

विपि राजमार्गको रोशी खोलामा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

२२ वैशाख, काठमाडौं । काभ्रेपलाञ्चोको रोशी खोलामा आएको बाढीका कारण फसेका माइक्रोबसबाट ८९ जना यात्रुको सकुशल उद्धार भएको छ ।सोमबार राति एक्कासी बाढी आएपछि बीच खोलामा माइक्रो बसमा यात्रीहरु फसेका थिए । ती सवारी साधन र यात्रीहरुलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको हो । जिल्ला प्रहरी प्रमुख एसपी… Continue reading विपि राजमार्गको रोशी खोलामा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

काभ्रेको खानीखोलामा बागमती नदीले बगाउँदा एक जनाको मृत्यु

१८ वैशाख, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोलामा बागमती खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । बागमती खोलाको घुम्तीबाट बगाएका खानीखोला –७ निवासी सेते रुम्बाको मृत्यु भएको खानीखोला गाउककपालिका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए । उनका अनुसार घुम्तीबाट बगेका रुम्बाको शव काभ्रे र मकवानपुरको सिमाना सिक्रे दोभानमा भेटिएको हो ।

सरकारको डोजर चल्दा देशभर आतंक : रास्वपाले भन्यो- प्राधिकरण बनाउ

तस्बिरः रत्न श्रेष्ठ÷रासस

काठमाडौँ, वैशाख २० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सरकारलाई सुझाव दिएको छ। आइतबार बसेको पार्टी सचिवालय बैठकले मुलुकभरको अव्यवस्थित बसोबासलाई सम्बोधन गर्न र वास्तविक भूमिहीनको समस्या समाधान गर्न यस्तो सुझाव दिने निर्णय गरेको हो। पार्टी प्रवक्ता मनिष झाका अनुसार रास्वपाले आफ्नो वाचापत्रको बुँदा नं.… Continue reading सरकारको डोजर चल्दा देशभर आतंक : रास्वपाले भन्यो- प्राधिकरण बनाउ

घर भत्किएपछि ७ हजार ७८९ जना सुकुमबासी सरकारको सम्पर्कमा

RSS

२० वैशाख, काठमाडौं । सरकारले बागमती र यसका सहायक नदी किनारका बस्तीमा डोजर चलाएपछि ७ हजार ७८९ जना सुकुमबासी सरकारको सम्पर्कमा आएका छन् । प्रधानमन्त्री कार्यालयका अनुसा आफूलाई सुकुम्बासी दाबी गर्दै कुल १८१६ परिवारले दर्ता गराएका छन् । सम्पर्कमा आएकामध्ये ७९४ जनालाई सरकारद्वारा व्यवस्थित होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिएको छ। दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा आएका बाँकी… Continue reading घर भत्किएपछि ७ हजार ७८९ जना सुकुमबासी सरकारको सम्पर्कमा

कर्मचारीमाथि सरकारको डण्डा : दलीय र आधिकारिक ट्रेड युनियन खारेज

२० वैशाख, काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनको व्यवस्था हटाएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमा ट्रेड युनियन हटाउने व्यवस्था राखिएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ जारी गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्मचारी ट्रेड युनियन हटाउने… Continue reading कर्मचारीमाथि सरकारको डण्डा : दलीय र आधिकारिक ट्रेड युनियन खारेज

लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोबर यात्रा सञ्चालन गर्न लागेकोमा नेपालको आपत्ति

२० वैशाख, काठमाडौं । सरकारले नेपाली भूमि नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोबर यात्रा सञ्चालन गर्न लागेको आपत्ति जनाउँदै भारत र चीनलाई पत्र पठाएको छ । सरकारले नेपाली भूमि नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोबर यात्रा सञ्चालन गर्न लागेको आपत्ति जनाउँदै भारत र चीनलाई पत्र पठाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता… Continue reading लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोबर यात्रा सञ्चालन गर्न लागेकोमा नेपालको आपत्ति

मौसम प्रतिकुल साताभर, विभिन्न स्थानमा वर्षाको सम्भावना

rss

२० वैशाख, काठमाडौं । मौसमविदले अहिलेको मौसमी अवस्थामा तत्काल उल्लेख्य सुधार नहुने जनाएका छन् । जल तथा मौसम विज्ञान विभागका मौसमविदले यो साताभर देशभर नै वर्षाको सम्भावना औंल्याएका छन् । सबैभन्दा धेरै प्रभावित गण्डकी प्रदेश हुने छ । गण्डकीको तराई, पहाड र हिमाल भेगमा यो हप्ताभरी नै हिमपात तथा वर्षाको सम्भावना छ । एक–दुई ठाउँमा… Continue reading मौसम प्रतिकुल साताभर, विभिन्न स्थानमा वर्षाको सम्भावना

आज रास्वपा सचिवालय बैठक बस्दै

तस्बिरः रत्न श्रेष्ठ÷रासस

२० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा स्थानीय तह उम्मेदवार छनोटको रूपरेखाबारे छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए । साथै महाधिवेशन कार्यविधि र संसदीय दलको विधान संशोधनको विषय पनि बैठकको कार्यसूचीमा राखिएको छ । साथै विविध शीर्षकमा समसामयिक… Continue reading आज रास्वपा सचिवालय बैठक बस्दै

रोल्पा सडक दुर्घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयको प्रतिक्रिया सार्वजनिक

काठमाडौं, वैशाख १९ गते । रोल्पाको थवाङमा भएको भीषण जिप दुर्घटनाबारे तीन दिनपछि प्रधानमन्त्री कार्यालयले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ । २० जनाको ज्यान जाने गरी भएको दुर्घटनामा प्रधानमन्त्री, सत्तारुढ दल र यातायात मन्त्री मौन थिए । त्यसको सामाजिक संजालमा व्यापक आलोचना भएसँगै आज प्रधानमन्त्री कार्यालयले एक स्पष्टीकरण सार्वजनिक गरेको छ । जसमा भनिएको छ,… Continue reading रोल्पा सडक दुर्घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयको प्रतिक्रिया सार्वजनिक

सुनसरीमा दुर्घटना हुँदा सिटी र साइकल चालकको मृत्यु

१९ वैशाख, विराटनगर । सुनसरीको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी र दुहबीमा सवारी दुर्घटना हुँदा दुई जना पुरुषको मृत्यु भएको हो । एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार इटहरी उप–महानगरपालिका १७, पकलीस्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नं। १–०२–००२ स ६६९५… Continue reading सुनसरीमा दुर्घटना हुँदा सिटी र साइकल चालकको मृत्यु

रोल्पामा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो

रुकुम पश्चिम, वैशाख १८ गते । तिर्थयात्राको लागि बिहीबार रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाने क्रममा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउने २० जनाको पहिचान भएको छ । दुर्घटनामा घाइते भएका १ जना भने उपचारपछि घर फर्किएका छन् । हिजो दिउँसो रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा लु। १ ज। ४१६७ नम्बरको जीप भीरबाट ८ सय मिटर… Continue reading रोल्पामा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो

रोल्पा जिप दुर्घटना : आज पनि उद्धारको काम जारी

१८ वैशाख, रोल्पा । थवाङ गाउँपालिका–१, रोल्पामा २० जनाको ज्यान जानेगरी भएको जिप दुर्घटनास्थलमा थप खोज तथा उद्धार कार्य पुनः सुरु गरिएको छ । बिहीबार पानी परेकाले र रात परेपछि खोज तथा उद्धार स्थगित गरिएको थियो । रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार आज बिहानैबाट सुरक्षाकर्मीहरु घटनास्थलमा परिचालित भइसकेका छन् । उनका अनुसार आज… Continue reading रोल्पा जिप दुर्घटना : आज पनि उद्धारको काम जारी

२० जनाको ज्यान जाने गरी भएको दुर्घटनाबारे छानविन गर्न समिति गठन

१७ वैशाख, काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो भएको भीषण जिप दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ। मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले जारी गरेको विज्ञप्तिअनुसार आजै भएको सचिवस्तरीय निर्णयबाट उक्त समिति गठन गरिएको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक यादव ढकालको संयोजकत्वमा गठित… Continue reading २० जनाको ज्यान जाने गरी भएको दुर्घटनाबारे छानविन गर्न समिति गठन

रोल्पामा जिप दुर्घटना, कम्तीमा २० जनाको मृत्यु

१७ वैशाख, काठमाडौं । रोल्पामा जिप दुर्घटनामा परि कम्तिमा २० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार रुकुम पुर्वबाट जलजलातर्फ गइरहेको जिप भिरबाट ८ सय मिटर तल खसेको थियोे । घटनास्थलबाट २० जनाको मृत्यु भइसकेको प्रहरीले बताएको छ । थप विवरण आउन बाकी छ ।

सरकारले महत्वपूर्ण कानून ल्याउन संसद छलेपछि विपक्षी दलको बैठक बस्दै

१७ वैशाख, काठमाडौं । विपक्षी दलहरुको बैठक आज बस्दैछ । आज बिहान साढे ११ बजे एमाले संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।विपक्षी दलहरुको बैठक बुधबार कांग्रेस संसदीय दलको कार्यालयमा भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको थियो । उक्त बैठकमा श्रम संस्कृतिबाहेक चार दल सहभागी भएका थिए । आज फेरि एमालेको कार्यालयमा बस्न लागेको नेकपाका प्रमुख… Continue reading सरकारले महत्वपूर्ण कानून ल्याउन संसद छलेपछि विपक्षी दलको बैठक बस्दै

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

बुटवल, बैशाख १६ गते । रुपन्देहीको देवदहमा बुधबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २७ जना यात्रु घाइते भएका छन् । बुटवल–बर्दघाट सडक खण्डअन्तर्गत देवदहको गणेशनगरस्थित प्रतीक्षालयनजिक माइक्रो बस र ईभी माइक्रो एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । बुटवलबाट बर्दघाटतर्फ जाँदैगरेको लु. १ ख. ७२८५ नम्बरको माइक्रो बस र… Continue reading रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

सरकारी कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी दिन सुरु

१६ वैशाख, काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ । पाइलट परियोजनाको रुपमा उक्त कार्य आज बुधबारदेखि कार्यन्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले १५ दिनमै कर्मचारीलाई तलब दिने कार्यको शुभारम्भ गरे । महालेखा नियन्त्रक कार्यालयका कर्मचारीहरूलाई तलब प्रविष्ट गर्ने प्रणाली… Continue reading सरकारी कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी दिन सुरु

काठमाडौंका सबै सुकुमवासी बस्तीमा शुक्रबारबाट डोजर चल्ने, यस्तो छ आदेश

१६ वैशाख, काठमाडौं । काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुमवासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार एक विज्ञप्ति जारी गर्दै यही वैशाख १८ बिहान ७ बजेबाट एकै पटक खाली गराउने काम सुरु हुने जनाएको छ । ‘काठमाडौं जिल्ला भित्रका विभिन्न पालिकाहरुका नदि किनाराका बस्ती एंव सरकारी, पर्ति, सार्वजनिक… Continue reading काठमाडौंका सबै सुकुमवासी बस्तीमा शुक्रबारबाट डोजर चल्ने, यस्तो छ आदेश

खानेपानी डिभिजनका तत्कालीन प्रमुखविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

१६ वैशाख, काठमाडौं । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । यादवको सुरू नियुक्ति मिति २०४७ असार ३१ गतेदेखि २०८० पुस ९ सम्मको अवधि जाँच गर्दा सम्पत्तिको स्रोत नखुलेको दाबीसहित बुधबार विशेष अदालतमा… Continue reading खानेपानी डिभिजनका तत्कालीन प्रमुखविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

काङ्ग्रेसले एक साताका लागि खुलायो सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्री

तस्बिरः गोपाल दाहाल/रासस

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि अनलाइन फारम एक हप्ता खुला गरेको छ । आज सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्यतामा बसेको बैठकले यसबारे निर्णय गरेको हो । ‘१५ औं महाधिवेशनकालागि जिल्ला कार्यसमितिबाट क्रियाशील नविकरण र प्रतिनिधि सभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता नेपाली कांग्रेसको… Continue reading काङ्ग्रेसले एक साताका लागि खुलायो सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्री

काठमाडौंका थप दुई दर्जन बस्तीमा डोजर चलाउने सरकारको योजना

१६ वैशाख, काठमाडौं । सरकारले काठमाडौंका दुई दर्जन बस्तीमा डोजर लगाउने भएको छ । काठमाडौं महानगरपालिकाको वडानम्बर ३ अन्तर्गतको खाडीपाखा, नारायणटोल र रानीबारी, वडा नम्बर ४ को बालुवाटार र धुम्बाराहीको बस्ती हटाउन लागेको हो । त्यस्तै, काठमाडौं महानगरकै वडा नम्बर १० देवीनगर, शान्तिविनायक र शंखमुल, वडा नम्बर ११ को वंशीघाट, १४ को जागरणमार्ग, बल्खु, १५… Continue reading काठमाडौंका थप दुई दर्जन बस्तीमा डोजर चलाउने सरकारको योजना

नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन

१६ वैशाख, काठमाडौं । पछिल्लो समय पश्‍चिम एसियामा बढ्दो द्वन्द्वका कारण हवाई मार्गमा देखिएको अवरोध तथा विश्व पर्यटन बजारमा आएको अस्थिरताबीच नेपाल पर्यटन बोर्डले सीमा जोडिएको छिमेकी मुलुक भारतमा लक्षित पर्यटन प्रवर्द्धन अभियानलाई तीव्रता दिएको छ । सोही रणनीतिअनुसार भारतको नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वैवाहिक गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्ड र… Continue reading नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन

आज देशका धेरैजसो स्थानमा हावाहुरीसहित वर्षा, सतर्क रहन आह्वान

१६ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५ः४५ हुरी चल्न सुरु हुने र १७ वैशाख… Continue reading आज देशका धेरैजसो स्थानमा हावाहुरीसहित वर्षा, सतर्क रहन आह्वान

बुटवलमा स्कुटर दुर्घटना, २ को मृत्यु, एक घाइते

१६ वैशाख, बुटवल । तीन जना चढेको स्कुटर दुर्घटना हुँदा बुटवलमा दुईको मृत्यु भएको छ । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको लु३४प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भएर पल्टिँदा कपिलवस्तु बाणगंगा नगरपालिका ७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका ११ कालिका नगरकी १८ वर्षीया पूर्णीमा मगरको मृत्यु भएको हो । मंगलबार साँझ… Continue reading बुटवलमा स्कुटर दुर्घटना, २ को मृत्यु, एक घाइते

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

File तस्बिर : हरिराम भेटुवाल / रासस

काठमाडौँ, वैशाख १५ गते । नेपाल प्रहरीले महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न ठाउँमा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, सोही ठाउँका… Continue reading काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

१५ वैशाख, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका लागि डिप ट्युबवेल जडान भएपछि खेतीपातीमा नयाँ आशा पलाएको हो । प्रगतिटोलका किसान परमानन्द जोशी सिँचाइ सुविधा पुगेपछि निकै उत्साहित देखिन्छन् । ‘पहिले सिँचाइको अभाव हुँदा खेतमा जति मेहनत गरे पनि उब्जनी सन्तोषजनक… Continue reading डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

भूमि मन्त्रालयका कार्यक्रम होटेल र रिसोर्टमा गर्न रोक

काठमाडौँ, वैशाख १४ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी खर्च कटौती र वित्तीय अनुशासन कायम गर्न आफ्ना मातहतका सबै निकायलाई नयाँ निर्देशन जारी गरेको छ । मन्त्रालय र यस अन्तर्गतका कार्यालयहरूले अबदेखि आफ्ना कुनै पनि औपचारिक कार्यक्रमहरू होटेल तथा रिसोर्टमा आयोजना गर्न पाउने छैनन् । मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले… Continue reading भूमि मन्त्रालयका कार्यक्रम होटेल र रिसोर्टमा गर्न रोक

सात वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने

काठमाडौँ, वैशाख १४ गते । मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्याङ्कनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ । नयाँ सरकार गठनपछि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बित्तिकै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो दस्तावेज तयार पार्ने निर्णय गरेका थिए । मन्त्रालयका अनुसार यो स्थितिपत्रले मुलुकको वर्तमान आर्थिक अवस्थाको वस्तुनिष्ठ चित्र प्रस्तुत… Continue reading सात वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने