रियाद, साउदी अरब, ९ मङ्सिर (रासस–एएफपी) । साउदी अरबले केही विदेशी बासिन्दाहरूको लागि रक्सी खरिदमा प्रतिबन्धहरू खुकुलो पारेको छ । साउदी अरबमा कार्यरत विदेशी कूटनीतिज्ञ र प्रिमियम भिसाधारकहरूले एएफपीसँग भने, “सरकारले हालैका दिनहरूमा रक्सी बिक्रीको बारेमा कुनै बयान नदिएको भए पनि स्रोतका अनुसार तथाकथित प्रिमियम आवासीय दर्जा भएका गैर–मुस्लिम व्यक्तिहरूले अब रियादमा रहेको देशको एकमात्र… Continue reading साउदी अरबमा विदेशीका लागि मदिरा खरिद खुकुलो पारियो
Category: समाचार
एनपिएलः सन्दीपको उत्कृष्ट बलिङमा विराटनगर लगातार विजयी
काठमाडौँ, ८ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा विराटनगर किङ्ग्स विजयी भएको छ । विराटनगर लगातार आफ्नो तेस्रो खेलमा विजयी भएको हो । आजको खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई नौ रनले हराएको हो । जितका लागि १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरको खेलमा नौ… Continue reading एनपिएलः सन्दीपको उत्कृष्ट बलिङमा विराटनगर लगातार विजयी
नेप्से परिसूचक ४७ अङ्कले बढ्यो
काठमाडौँ, ८ मङ्सिरः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव २२ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा एक दशमलव ८१ प्रतिशतले बढेर दुई हजार ६४७ दशमलव ४४ अङ्कमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ८४ अङ्कले बढेर ४५६ दशमलव… Continue reading नेप्से परिसूचक ४७ अङ्कले बढ्यो
मुख्य सचिवमा अर्याल नियुक्त
काठमाडौँ, ८ मङ्सिरः नेपाल सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ । आजको मन्त्रिपरिषद्को निर्णयले अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिए । हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण यही मङ्सिर १० गते अनिवार्य अवकाशमा जाँदैछन् ।
एनपिएलः ऐरीको अलराउण्डर प्रदर्शनमा सुदूरपश्चिमको तेस्रो जित
काठमाडौँ, ८ मङ्सिरः कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्डर प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज कर्णाली याक्सविरुद्ध जीत निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४० रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली याक्स १९ दशमलव दुई ओभरमा ९४ रनमा अलआउट भयो । सुदूरपश्चिमको जीतमा कप्तान ऐरी ब्याटिङ र बलिङ… Continue reading एनपिएलः ऐरीको अलराउण्डर प्रदर्शनमा सुदूरपश्चिमको तेस्रो जित
सीमाबाट हुने अवान्छित गतिविधि र राजस्व चुहावट नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन
काठमडौँ, ८ मङ्सिरः गृहमन्त्री ओमप्रकाश अर्यालले रुपन्देहीको सिद्धार्थ नगरपालिकास्थित भैरहवा–बेलहियामा निर्माणाधीन एकीकृत जाँच चौकी र सशस्त्र प्रहरी बल नेपालको डण्डास्थित त्यहाँको सीमा सुरक्षा गुल्मको निरीक्षण भ्रमण गरेका छन् । मङ्गलबारबाट लुम्बिनी प्रदेशबाट सुरु हुन लागेको प्रदेशस्तरीय सुरक्षा गोष्टीको पूर्वसन्ध्यामा उनले आज यहाँ आएको अवसरमा निरीक्षण भ्रमण गरेका हुन् । मन्त्री अर्यालले आजै लुम्बिनी पुगेर मायादेवी… Continue reading सीमाबाट हुने अवान्छित गतिविधि र राजस्व चुहावट नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन
दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता टोलीलाई प्रधानमन्त्रीको बधाई
काठमाडौँ, ८ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता भई नेपाल र नेपालीको शिर उच्च राख्न सफल टोलीलाई बालुवाटारमा बोलाएर बधाई ज्ञापन गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी र सम्बद्ध पक्षलाई बोलाएर उहाँले पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा इतिहास रचेकामा बधाई दिएकी हुन् । यो उपलब्धि नेपाली खेलकुदकै लागि ऐतिहासिक… Continue reading दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता टोलीलाई प्रधानमन्त्रीको बधाई
मध्यपहाडी राजमार्गः पोखराको हरिचोक–याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा
कास्की, ८ मङ्सिर । मध्यपहाडी (पुष्पलाल) लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालबाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्दछन् । पाँचथरबाट सुरु हुने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग पोखराबाट–बाग्लुङ हुँदै पश्चिमी सिमाना बैतडीको झुलाघाट जोड्छ । कास्की खण्डमा पर्ने पोखरा महानगरपालिकाको हरिचोकदेखि याम्दीसम्मको निर्माणाधीन राजमार्गसमेत अहिले स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ… Continue reading मध्यपहाडी राजमार्गः पोखराको हरिचोक–याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा
जेन जी आन्दोलनमा चितवनबाट फरार बन्दी झापामा पक्राउ
झापा, ८ मङ्सिर । जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी यहाँ पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए । प्रहरीले खोजतलासका क्रममा उनलाई घरबाटै आइतबारपक्राउ गरेको जनाएको छ… Continue reading जेन जी आन्दोलनमा चितवनबाट फरार बन्दी झापामा पक्राउ
कोटेश्वरसहित छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ, ८ मङ्सिर । काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । कोटेश्वर चोकस्थित सडकमा बा ३ ख ७३८७ नम्बरको बसले किचेर सोही बसका सहचालक भक्तपुर नगरपालिका १० घर भएका ४१ वर्षीय सुरेन्द्र लागेको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । गुडिरहेको बसबाट खस्दा सोही बसले किचेर गम्भीर घाइते… Continue reading कोटेश्वरसहित छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु
एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदान रकम
काठमाडौँ, ८ मङ्सिर । सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन शुरु गरेको सामाजिक सुरक्षा कोषमा झण्डै रु एक खर्ब बराबरको योगदान रकम पुगेको छ । कोषका अनुसार हालसम्म कूल योगदान रकम रु ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार तीन सय ६२ बराबर पुगेको छ । कोषमा हालसम्म सूचीकृत रोजगारदाता २२ हजार तीन सय… Continue reading एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदान रकम
एनपिएल : कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन ?
कमलकुमार बस्नेत–राससकाठमाडौँ, ८ मङ्सिरः यही मङ्सिर १ गतेदेखि सुरु भएको क्रिकेटको महाकुम्भ अर्थात् नेपाल प्रिमियर लिग ९एनपिएल०अन्तर्गत आज ‘विश्राम दिन’ । जसअनुसार आज कुनै पनि खेलको तालिका छैन । कूल ३२ मध्ये आठ खेल भइसकेका छन् । विश्रामपछिको दिन अर्थात् सोमबारका लागि भने दुई खेल राखिएका छन् । प्रतियोगितामा हालसम्म सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स… Continue reading एनपिएल : कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन ?
विवाह पञ्चमीमा माछा–मासु र मदिरा बिक्री वितरणमा रोक
जनकपुर, ८ मङ्सिरः विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाममा आजदेखि तीन दिनसम्म माछा÷मासु र मदिरा बिक्री वितरणमा जिल्ला प्रशासन कार्यालय धनुषाले रोक लगाएको छ । आज राति १२ बजेदेखि १० गते राति १२ बजे सम्मका लागि उक्त रोक लगाएको हो । विवाहपञ्चमी महामहोत्सव यही मङ्सिर ९ गते सुरक्षित, मर्यादित र सौहार्द्रपूर्ण वातावरणमा मनाउने सन्दर्भमा बसेको सरोकारवालासँगको बैठक… Continue reading विवाह पञ्चमीमा माछा–मासु र मदिरा बिक्री वितरणमा रोक
नुवाकोट पुगेर प्रचण्डले भने : निर्वाचनको विकल्प छैन
त्रिशूली (नुवाकोट), ७ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा जारी अस्थिर राजनीतिक परिवेषलार्ई निर्वाचनमार्फत समाधान गर्न सकिने बताएका छन् । नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ मा आज घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री दाहालले नेपाली नागरिकको आत्मनिर्णयको अधिकार जोखिममा परेकाले त्यसको पुनःस्थापनाका लागि एकमात्र विकल्प निर्वाचन रहेको बताए । त्यसका लागि तोकिएको समयमा निर्वाचन… Continue reading नुवाकोट पुगेर प्रचण्डले भने : निर्वाचनको विकल्प छैन
पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयातमा समस्या
काठमाडौँ, ७ मङ्सिरः विगत पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा नेपाली व्यवसायीहरु समस्यामा परेका छन् । गत असार २४ गते नेपाल–चीन सिमानामा रहेको लेन्दे खोलामा आएको बाढीले रसुवागढीस्थित मितेरी खोलाको पुल बगाएपछि हालसम्म केरुङ नाका बन्द छ । पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै अलपत्र अवस्थामा रहेको… Continue reading पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयातमा समस्या
विराटनगरमा महेश बस्नेत चढेको गाडीमा जेन-जीको आक्रमण
काठमाडौँ, ७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले आफू चढेको गाडीमा आज बिहान मोरङको विराटनगर विमानस्थल परिसरमा रातो मसी छ्याप्ने प्रयास भएकामा चिन्ता व्यक्त गरेका छन् । नेता बस्नेतले मसी छ्याप्ने दुई युवा अर्पित कुँवर र सञ्जोग गौतम नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएको जानकारीमा आएको उल्लेख गर्दै उक्त घटना लोकतान्त्रिक मूल्यमान्यताविरुद्ध… Continue reading विराटनगरमा महेश बस्नेत चढेको गाडीमा जेन-जीको आक्रमण
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
काठमाडौँ, ७ मङ्सिर । कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण—२ आसपास केन्द्रविन्दु भएर आज साँझ ५ः१९ मिनेट जाँदा चार ‘रेक्टरस्केल’को भूकम्प गएको हो । यसअघि गत कात्तिक २१ गते अछामको बाबला आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो ।
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौँ, ७ मङ्सिर : सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ । आज न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आदेश जारी गर्दै प्रसार्इंलाई तत्काल थुनामुक्त गर्न आदेश गरेको हो । अदालतको… Continue reading दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढ्यो
काठमाडौँ, ७ मङ्सिरः यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज धितोपत्र कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढेर दुई हजार ६०० दशमलव २२ को बिन्दुमा पुगेको हो । आज ३३४ कम्पनीको एक करोड ३३ लाख ८१ हजार ९२६ कित्ता शेयर ७६ हजार २८… Continue reading नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढ्यो
पत्रकार खनिया मृत भेटिए
काठमाडौँ, ७ मङ्सिरः पत्रकार दीपेन्द्र खनिया मृत भेटिएका छन् । काठमाडौँ महानगरपालिका–१० बानेश्वरनजिक थापागाउँमा उनी बस्दै आएको घरमा पत्रकार खनिया आज मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । घरको चौथो तलाको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । पत्रकार… Continue reading पत्रकार खनिया मृत भेटिए
एनपिएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न आठ भारतीय पक्राउ
काठमाडौँ, ७ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) मा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा आठ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत आन्द्र प्रदेश प्रकासम जिल्ला पामुर गाउँ घर भई काठमाडौँ महानगरपालिका–२६ सामाखुशी बस्ने ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब,… Continue reading एनपिएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न आठ भारतीय पक्राउ
नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
लागोस, ७ मङ्सिर (रासस–एएफपी) नाइजेरियामा बन्दुकधारी एक समूहले आक्रमण गरी ३०० भन्दा बढी विद्यार्थी र शिक्षकहरूलाई अपहरण गरेको एक इसाई समूहले शनिबार बताएको छ। अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरियाको नाइजर राज्यमा रहेको सेन्ट मेरिज को–एजुकेशन स्कुलमा शुक्रबार बिहान बन्दुकधारीले आक्रमण गरी २५ जना केटीलाई अपहरण गरी लगेका थिए । क्रिश्चियन एसोसिएसन अफ नाइजेरिया ९क्यान०… Continue reading नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
सूर्यविनायक-धुलिखेल सडक निर्माणमा तिव्रता दिन मन्त्री कुलमानको निर्देशन
काठमाडौं, ७ मंसिर । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ । यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत रहेको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ मिटर सडक खण्ड विस्तार… Continue reading सूर्यविनायक-धुलिखेल सडक निर्माणमा तिव्रता दिन मन्त्री कुलमानको निर्देशन
म्याङलुङ–तमोर लुबुघाट सडकखण्ड स्तरोन्नति गरिँदै
तेह्रथुम, ७ मङ्सिरः म्याङलुङदेखि तमोर लुबुघाटसम्मको १८ किलोमिटर सडकखण्डको स्तरोन्नति भइरहेको छ । एक सातायता म्याङलुङ नगरपालिका–१ र २ ले संयुक्त रूपमा सडक स्तरोन्नति गरिरहेको छ । म्याङलुङ–१ का वडाध्यक्ष बुद्धिराज लिम्बूका अनुसार काम सम्पन्न भएपछि हिसाब गरेर आधा–आधा बजेट दुवै वडाले व्यहोर्ने छन् । म्याङलुङ–२ का वडाध्यक्ष राजकुमार लिम्बूले ८० प्रतिशत सडक स्तरोन्नतिको काम… Continue reading म्याङलुङ–तमोर लुबुघाट सडकखण्ड स्तरोन्नति गरिँदै
शनिबार एकै दिन देशभर विपद्का १८ घटना, सावधानी अपनाउन प्राधिकरणको आग्रह
काठमाडौँ, ७ मङ्सिरः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ६ मङ्सिरमा देशभर १८ विपद्का घटना भए । त्यसमा आगलागीका मात्र १५ घटना थिए । उदयपुर, रौतहट, बारा, काठमाडौँ र कपिलवस्तुमा आगलागीका दुई–दुईवटा घटना घटेका छन् । मकवानपुर, चितवन, कास्की र कैलालीमा आगलागीका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भयो । सो दिन मनाङको… Continue reading शनिबार एकै दिन देशभर विपद्का १८ घटना, सावधानी अपनाउन प्राधिकरणको आग्रह
चितवनमा बोलेरो दुर्घटना, एकको मृत्यु
मुग्लिन (चितवन), ७ मङ्सिर । सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार कालिका नागरपालिका–११ सिद्धि कल्याण चौरस्थित भित्री सडकमा सिद्धिबाट कल्याणचौरतर्फ गइरहेको बा१८च८९७३ नम्बरको बलेरो गए राति १०ः३० बजे अनियन्त्रित भई दुर्घटना हुँदा चालक खैरहनी नगरपालिका–४ का राममणि न्यौपानेको मृत्यु भएको हो । दुर्घटनामा… Continue reading चितवनमा बोलेरो दुर्घटना, एकको मृत्यु
व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य
नारायण अधिकारी – राससचितवन, ७ मङ्सिरः अवैध अण्डा रोकिएपछि नेपाली किसानले अण्डाको लागत मूल्य पाएका छन् । निर्वाचनका कारण भारतीय सीमाक्षेत्रमा कडाइ गरिएसँगै अवैध रूपमा छिर्ने गरेको अण्डा रोकिएको छ । यससँगै नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी वृद्धि भएको हो । किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स… Continue reading व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य
दुर्गा प्रसाईले फिर्ता लिए विरोधका सबै कार्यक्रम
काठमाडौँ, ७ मङ्सिरः राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तापछि महाअभियानले विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको हो । सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गर्नुभएको छ । वार्तामा महाअभियानले उठाएका २७ बुँदे… Continue reading दुर्गा प्रसाईले फिर्ता लिए विरोधका सबै कार्यक्रम
राजधानीमा एमालेले गर्यो प्रदर्शन
काठमाडौँ, ६ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज राजधानीमा प्रदर्शन र र्याली आयोजना गरेको छ । काठमाडौँकेन्द्रित जनसभाका लागि आज भृकुटीमण्डप र आसपासका क्षेत्रमा एमालेले प्रदर्शन गरेको हो । संविधान र लोकतन्त्रका लागि आयोजित जनसभा पार्टीको जनपरिचालनअन्तर्गतको अन्तिम चरणका रूपमा आयोजना गरिएको सो पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए । पार्टीको… Continue reading राजधानीमा एमालेले गर्यो प्रदर्शन
निर्वाचनमा भाग लिने कांग्रेसको औपचारिक निर्णय
पाटन (ललितपुर), ६ मङ्सिरः नेपाली कांग्रेसले देशमा उत्पन्न वर्तमान अवस्थाको उचित राजनीतिक निकास निर्वाचन नै भएको निष्कर्ष निकाल्र्दै निर्वाचनमा भाग लिने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन नै वर्तमान राजनीतिक अवस्थाको उचित निकास… Continue reading निर्वाचनमा भाग लिने कांग्रेसको औपचारिक निर्णय