तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान दोस्रो पटक भाँचियो

८ असार, मन्थली । जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा नं ७ भटौलीको ठेडीखोला जोड्ने तामाकोसी नदीमा निर्माणाधीन पुल आज दिउँसो भाँचिएको हो । यसअघि निर्माणाधीन अवस्थामा पुल सम्पन्न गर्ने उद्देश्यले तीव्रता पाइरहेको अवस्थामा बीच भागको एउटा स्पान दुई महिना अगाडि भाँचिएको थियो… Continue reading तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान दोस्रो पटक भाँचियो

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिनुहुँदै । तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय / रासस

८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको छलफलमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न पेट्रोलियम अन्वेषण कार्यको नतिजा एवं भावी कार्यदिशाबारे प्रधानमन्त्री ओलीलाई… Continue reading मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा आरोपपत्र दायर

८ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ । कोषका सदस्यसचिव डा थापा, तत्कालीन सदस्यसचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा घनश्याम खतिवडासमेत १४ जना र दुई कम्पनीउपर पशुपति क्षेत्र विकास कोष-सार्वजनिक… Continue reading पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा आरोपपत्र दायर

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

८ असार, इलाम । इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको बा८९ प २२६६ नंको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये बझाङको… Continue reading इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

एसिसी पुरुष यु–१६ : नेपालले सिङ्गापुर विरुद्ध बलिङ गर्दै

८ असार, काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत सिङ्गापुरविरुद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियाको युकेएम ओभलमा भर्खरै भएको टसमा सिङ्गापुरले टस जितेर पहिला ब्याटिङ रोजेको छ । यससँगै नेपालले पहिला बलिङ गर्दैछ । एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिकाअनुसार उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा… Continue reading एसिसी पुरुष यु–१६ : नेपालले सिङ्गापुर विरुद्ध बलिङ गर्दै

पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन

८ असार, काभ्रेपलाञ्चोक । यहाँको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा विषादीरहित तरकारी सङ्कलन गर्न लक्षित कृषि उपज सङ्कलन तथा बजार केन्द्र स्थापना गरिएको छ । रासायनिक विषादीको प्रयोग नगरी जैविक विषादीको मात्र प्रयोग गरी उत्पादिन भएका तरकारी सङ्कलन गर्न उक्त केन्द्र स्थापना गरिएको हो । केन्द्र स्थापनार्थ लवग्रीन नेपाल नामक संस्थाको रु… Continue reading पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन

इरानमा बम खसालेपछि ट्रम्पको धम्की, के भने ?

(Photo by Mandel NGAN / AFP)

८ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको फोर्दो, नटान्ज र इस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बम हमला गरे लगत्तै एक सम्बोधन गरेका छन् । ट्रम्पले ती हमला निकै सफल भएको दावि गरेका छन् । यसबाट इरानको मुख्य प्रशोधनस्थल फोर्दोमा बमको फूल पेलोड खसालिएको उनले बताए । इरानी सरकारी सञ्चारमाध्यमहरूले फोर्दो केन्द्रको एक भाग… Continue reading इरानमा बम खसालेपछि ट्रम्पको धम्की, के भने ?

देशैभरी फैलियो मनसुन : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

file

८ असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहदा आंशिकदेखि साधारणतया बदली रहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि… Continue reading देशैभरी फैलियो मनसुन : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ स्तरोन्नति

८ असार, म्याग्दी । सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना समयअघि नै सम्पन्न भएको छ । सडक स्तरोन्नतिका लागि सहरी विकास तथा भवन आयोजना बागलुङ र निर्माण कम्पनी काठमाडौँबीच २०८१ साल चैत १९ गते रु तीन करोड १९ लाख २० हजार ६८० मा ठेक्का सम्झौता भएको थियो… Continue reading लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ स्तरोन्नति

इजरायल र इरान युद्धमा अमेरिका घुस्यो, तीन आणविक केन्द्रमा बम आक्रमण

(AP Photo/Manuel Balce Ceneta)

८ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीन मुख्य आणविक केन्द्र फोर्डो, नातान्ज र इस्फहानमा हवाई आक्रमण गरेको बताएका छन् । यस आक्रमणले क्षेत्रीय तनाव र युद्धको सम्भावना बढाएको छ। यस घटनाले विश्व अर्थतन्त्र र तेल कारोबारमा पनि प्रभाव पार्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन्। राष्ट्रपतिले आफ्नो सामाजिक सञ्जाल मार्फत भने, सबै… Continue reading इजरायल र इरान युद्धमा अमेरिका घुस्यो, तीन आणविक केन्द्रमा बम आक्रमण

नाइजेरियामा आइएसआइएसको आक्रमण, ३४ सैनिकको मृत्यु

file

एजेन्सी८ असार, काठमाडौं । नाइजेरियाको दक्षिणपश्चिमी भागमा, मालीको सीमा नजिकै रहेको सैनिक अड्डामा इस्लामिक स्टेट (आइएसआइएस) ले गरेको सशस्त्र आक्रमणमा कम्तीमा ३४ जना सैनिकको मृत्यु हुनुका साथै १४ जना घाइते भएका छन् । रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा आक्रमण बिहीबार बानी बङगौको क्षेत्रमा भएको जनाएको छ । उक्त आक्रमणमा आक्रमणकारीहरूले आठ वटा गाडी र… Continue reading नाइजेरियामा आइएसआइएसको आक्रमण, ३४ सैनिकको मृत्यु

इरानमा रहेका नेपालीको भारतीय सहयोगमा उद्धार गरिँदै

(250620) -- HAIFA (ISRAEL), June 20, 2025 (Xinhua) -- Israeli security and rescue forces work at the scene of a missile attack from Iran, in Haifa, northern Israel, on June 20, 2025. A fresh barrage of missiles launched from Iran struck northern Israel on Friday, wounding 21 people and causing significant damage in the coastal city of Haifa, according to Israel's national emergency service Magen David Adom (MDA). (Miki Schauder/JINI via Xinhua)

७ असार, काठमाडौं । इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ । भारत सरकारको सहयोगमा उनीहरुको उद्धार गरिने परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राससलाई बताइन् । इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति आफूले भारत सरकारसँग आग्रह गरेको जानकारी दिँदै उनले त्यसप्रति भारत सकारात्मक रहेको बताइन् । परराष्ट्रमन्त्री डा राणाले भनिन्, “इरानमा… Continue reading इरानमा रहेका नेपालीको भारतीय सहयोगमा उद्धार गरिँदै

प्रतिनिधिसभामा रास्वपाः प्रतिपक्षका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठक बिहिष्कार गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू वेल अगाडिबाट बाहिर निस्किदै । तस्बिर: रत्न श्रेष्ठ/रासस

७ असार, काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल हरेक दिन जसो जारी छ । सत्तापक्षका सांसदलाई विधेयकका विविध पक्षमा आफ्ना मन्तव्य व्यक्त गर्न सभामुखले समय दिएर नाम घोषणा गर्नासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बैठक पक्षबाट बाहिरिन थालेका छन् । यहाँ रोचक पक्ष के छ भने विपक्षी दलका सांसदको छलफलमा भाग लिने पालो आएपछि… Continue reading प्रतिनिधिसभामा रास्वपाः प्रतिपक्षका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर

कालीगण्डकी ‘करिडोर’ अवरुद्ध, पहिरो रोकिएन

७ असार, गुल्मी । शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर निरन्तरको पहिराका कारण आज पनि बन्द नै रह्यो । कालीगण्डकी गाउँपालिका –१ अन्तरगत हर्मीचौर–अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । पहिरो रोकिएकाले सडक सञ्चालन गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गङ्गाबहादुर सारुले बताए । “सडक माथिबाट लगातार सुक्खा पहिरो झरिरहेको… Continue reading कालीगण्डकी ‘करिडोर’ अवरुद्ध, पहिरो रोकिएन

दश मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न

७ असार, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न १० वटा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न भएको छ । आज सङ्घीय मामिला तथा समान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, स्वास्थ्य तथा जनसङ्ख्या, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विनियोजन… Continue reading दश मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न

चितवनमा सवारी दुर्घटनाः सात जनाको मृत्यु, १८ घाइते

७ असार, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छभने अन्य १८ जना घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठक्किँदा उनीहरुको मृत्यु भएको हो । घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल… Continue reading चितवनमा सवारी दुर्घटनाः सात जनाको मृत्यु, १८ घाइते

डावरटोल खानेपानी आयोजना निर्धारित समय अगावै सम्पन्न

७ असार, सिरहा । यहाँको धनगढीमाई नगरपालिका–१३ स्थित डावरटोलमा निर्माणाधीन दश करोडभन्दा बढी लागतको खानेपानी आयोजना निर्धारित समयभन्दा अगावै सम्पन्न भएको छ । विसं २०८० असार २५ गते दुई वर्षभित्र सम्पन्न गर्ने लक्षसहित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरसँग आयोजना सम्झौता भएको थियो । उक्त निर्धारित समय सकिनु २० दिन अगावै निर्माण सम्पन्न भएको… Continue reading डावरटोल खानेपानी आयोजना निर्धारित समय अगावै सम्पन्न

डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

७ असार, ढोरपाटन । बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा खानेपानी आयोजना सुरू भएको साढे एक दशक बित्यो । तर अहिलेसम्म उक्त आयोजना सम्पन्न हुन सकेको छैन । गाउँमा ‘एक घर, एक धारा’ बनाउने गरी सुरू भएको आयोजना अलपत्र हुँदा स्थानीय निराश छन् । स्थानीयको खानेपानी समस्या समाधानका लागि विसं २०६७ मा ओखरगैंडा खानेपानी आयोजना सुरू भएको… Continue reading डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

दुम्कीबास दाउन्ने सडकमा निरन्तर सास्ती

पूर्वपश्चिम राजमार्गअन्गर्तत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिकामा पर्ने विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएपछि एक्साभेटरबाट यात्रुको उद्धार गरिँदै । काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको यात्रुवाहक बसलाई मध्यराति करिब १२ः१० बजेको समयमा विनयी खोलामा आएको बाढीले बगाउँदा तीन जना शिशुसहित ३८ यात्रुलाई एक्साभेटरको सहयोगमा उद्धार गरिएको हो । तस्बिर सौजन्य ः जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर / रासस

७ असार, मध्यविन्दु । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट आवतजावत गर्न समस्या भएको छ । वर्षासँगै बढेको विनयी खोलाको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे हुँदा नारायणगढ–बुटवल खण्ड चार दिनदेखि ठप्प छ । यात्रु, सवारी चालक र सर्वसाधारणले अत्यन्त कठिन परिस्थितिको सामना गरिरहेका छन् । बिहीबार राति काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको… Continue reading दुम्कीबास दाउन्ने सडकमा निरन्तर सास्ती

बुटवल–नारायणगढ सडक : विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

७ असार, मध्यविन्दु । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी खोलामा डाइभर्सन निर्माण नगरिने भएको छ ।गत पुस २६ गते दुम्कीवास पुल भाँचिएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन गरिँदै आएकोमा खोलामा आउने बाढीले बगाउन थालेपछि अब डाइभर्सन निर्माण नगरिने भएको हो । गत बिहीबार राति विनयी खोलामा डाइभर्सनबाट जाँदै गरेको बस नै खोलाले बगाए पछि पुनःडाइभर्सन… Continue reading बुटवल–नारायणगढ सडक : विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

राजनीतिक सङ्कट कम गर्ने प्रयासमा थाई प्रधानमन्त्रीको सेनाका कमान्डरसँग भेट

Thailand's Prime Minister Paetongtarn Shinawatra, center, leaves after talking to reporters at Government house in Bangkok, Thailand, Thursday, June 19, 2025. (AP Photo/Sakchai Lalit)

एजेन्सी७ असार, काठमाडौं । थाई प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले शुक्रबार एक सेना कमान्डरसँग मेलमिलापको वार्ता गरेकी छिन् । उनले आफ्नो सरकारलाई अपदस्थ गर्ने धम्की दिने सङ्कटलाई कम गर्न सङ्घर्ष गर्दा लिक भएको फोन कलमा ती कमान्डरको आलोचना गरेकी थिइन् । विवादास्पद अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी एवं एक वर्षभन्दा कम समयदेखि पदमा रहेकी पेटोङटार्नले पूर्व कम्बोडियाली… Continue reading राजनीतिक सङ्कट कम गर्ने प्रयासमा थाई प्रधानमन्त्रीको सेनाका कमान्डरसँग भेट

इरान–इजरायल युद्धः कूटनीतिक समाधानका लागि अवसरको खोजी गरिँदै

(250619) -- NABLUS, June 19, 2025 (Xinhua) -- Members of Israeli forces detain a Palestinian during a military operation in Balata refugee camp, east of Nablus in the West Bank, on June 19, 2025. (Photo by Nidal Eshtayeh/Xinhua)

एजेन्सी६ असार, काठमाडौं । युरोपेली शक्तिहरूले शुक्रबार जेनेभामा इरानसँग वार्ता सुरु गरेका छन् । इरानसँगको वार्तामा युरोपेली मुलुकका नेताहरूले कूटनीतिक समाधानका लागि अवसरको ढोकाको बारेमा छलफल गरेका हुन् । इजरायलले शङ्कास्पद इरानी आणविक अनुसन्धान केन्द्रलगायत लक्ष्यमा रातभर दर्जनौँ आक्रमण गरेपछि इरानले इजरायलविरूद्ध क्षेप्यास्त्र प्रहार गरेको थियो । इरानका विदेशमन्त्री आबास अराघचीसँग जेनेभामा भएको वार्तामा युरोपका… Continue reading इरान–इजरायल युद्धः कूटनीतिक समाधानका लागि अवसरको खोजी गरिँदै

मुद्रास्फीति बढ्दै जाँदा जापानमा चामलको मूल्य दोब्बर

एजेन्सी७ असार, काठमाडौं । मे महिनाको १२ महिनामा जापानमा चामलको मूल्य दोब्बर भएको तथ्याङ्कले शुक्रबार देखाएको छ । मुद्रास्फीतिमा भएको तीव्रताले प्रधानमन्त्री सिगेरु इशिबामाथि अर्को महिनाको प्रमुख चुनावअघि नयाँ दबाब खडा गरेको छ । अक्टोबरमा उनले पदभार सम्हालेपछि उनको प्रशासनका लागि सार्वजनिक समर्थन सबैभन्दा तल्लो तहमा झरेका कारण आंशिक रूपमा जीवनयापनको लागतमा निराश भएपछि संसद्को… Continue reading मुद्रास्फीति बढ्दै जाँदा जापानमा चामलको मूल्य दोब्बर

बिपी राजमार्गमा राति १० घण्टा यातायात सञ्चालनमा रोक

६ असार, काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान ५ः०० बजेसम्म करिब दश घण्टा १५ दिनका लागि सडक सञ्चालनमा रोक लगाइने भएको छ । काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको आजको बैठकले उक्त निर्णय गरेको हो । मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त राजमार्गमा सञ्चालन हुने… Continue reading बिपी राजमार्गमा राति १० घण्टा यातायात सञ्चालनमा रोक

संसद्मा प्रतिपक्षीको विरोध, प्रधानमन्त्रीको प्रश्नोत्तर प्रभावित

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठक बिहिष्कार गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू वेल अगाडिबाट बाहिर निस्किदै । तस्बिर: रत्न श्रेष्ठ/रासस

६ असार, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले विरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सासंदहरुको प्रश्नको जवाफ दिने निर्धारित कार्यक्रम प्रभावित भएको छ । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरे लगत्तै दुवै दलका सांसद आफ्नो आसनबाट उठेर विरोध जनाए । त्यसपछि सभामुख घिमिरेले विरोधमा… Continue reading संसद्मा प्रतिपक्षीको विरोध, प्रधानमन्त्रीको प्रश्नोत्तर प्रभावित

अन्धविश्वासविरुद्धको आवाज हो ‘मोहर’

६ असार, काठमाडौं । आगामी साउन २३ मा प्रदर्शन हुने चलचित्र ‘मोहर’ ले देवीदेवताको सेवाका नाममा कन्या बालिकालाई ‘देउकी’ बनाउने जस्ता अन्धविश्वासविरुद्ध जनचेतना जगाउने लेखक तथा निर्देशक ओम प्रतीकले जानकारी दिएका छन् । आज यहाँ कमलपोखरीस्थित एक चलचित्र भवनमा चलचित्रमा समावेश शिर्ष गीतको श्रव्यदृश्य सार्वजनिक गर्न आयोजित कार्यक्रममा निर्देशक प्रतीकले बालिकामाथि हुने परम्परागत सामाजिक हिंसाका… Continue reading अन्धविश्वासविरुद्धको आवाज हो ‘मोहर’

स्कटल्याण्डविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

६ असार, काठमाडौं । स्कटल्याण्डमा जारी टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले टस हारेर पहिला बलिङको निम्तो पाएको छ । स्कटल्याण्डको ग्लासगोमा भर्खरै भएको ट्समा स्कटल्याण्डका कप्तान रिची बेंरिग्टनले टस जितेर ब्याटिङ रोजेका छ्न । आजको खेलमा नेपाली टोलीमा एक खेलाडी परिवर्तन भएको छ । नेपालले बिहीबार भएको नेदरल्याण्ड्स विरुद्ध खेलेको टिमबाट करण केसीलाई… Continue reading स्कटल्याण्डविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु

६ असार, सिरहा । यहाँको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज दिउँसो मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१००३ प ३२३० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको साइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले… Continue reading मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु

देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँ : प्रधानमन्त्री

काठमाडौँ, ६ असार : प्रधानमन्त्री ओली-सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार काठमाडौँ चक्रपथको कलङ्की-कोटेश्वर खण्डमा नवनिर्मित ग्वार्को फ्लाई ओभरको समुद्घाटन कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्बिर : गोपाल दाहाल/रासस

६ असार, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा नवनिर्मित ‘फ्लाई ओभर’ ले ग्वार्कोसहित आसपासका क्षेत्रमा हुने सवारी जामको समस्या समाधान गर्ने बताएका छन् । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा नवनिर्मित फ्लाई ओभरको उद्घाटन गर्दै उनले सरकारले बहुआयामिक र चौतर्फी ढङ्गले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गरे ।… Continue reading देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँ : प्रधानमन्त्री

ढुङ्गा प्रहारबाट युवकको मृत्यु

६ असार, दमक । ढुङ्गा प्रहारबाट यहाँको कमल गाउँपालिकामा एक युवाको ज्यान गएको छ । यसरी ज्यान जानेमा कमल गाउँपालिका–४ का ३५ वर्षीय सूर्यविक्रम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी प्रमुख राजन लिम्बूका अनुसार बिहीबार साँझ ५ः३० बजे मृतक लिम्बू र सोही ठाउँका ३७ वर्षीय देवेन्द्र लावतीबीच एकापसमा विवाद भएको थियो… Continue reading ढुङ्गा प्रहारबाट युवकको मृत्यु